अञ्जु, प्रियंका र शिवले भूकम्प पीडितका लागि यसरी गरे कार्यक्रम
काठमाडौं । चाडपर्व होस् वा उत्सव, विदेश भ्रमण नेपाली कलाकारको लागि अवसर मात्र नभएर आर्थिक स्रोतको माध्यम हुँदै आएको छ।त्यस्तै अवसर पाएर गायिका अन्जु पन्त, नायिका प्रियंका कार्की र गायक शिव परियारको समूह वेलायतको विभिन्न सहरमा कार्यक्रम गरी फर्किएको छ। नयाँ वर्षको अवसर पारी बि.जे.जी. ग्रुपले आयोजना गरेको सो कार्यक्रममा दर्शकको उपस्थिति भने न्यून रह्यो।
नेपालमा गएको महाभूकम्पको असर कार्यक्रममा प्रत्यक्ष पर्यो। कार्यक्रमको पूर्व तयारी भइसकेकाले कार्यक्रमलाई स्थगित नगरी भूकम्प पीडितको सहयोगार्थ कार्यक्रम गरिएको थियो। वेलायतको विभिन्न शहरमा आयोजित ५ ठाउँबाट संकलित ५ लाख रुपैयाँ भूकम्प पिडितलाई सहयोग गरिने भएको छ।
साथै गायिका अन्जु पन्तले कार्यक्रमबाट आएको सम्पूर्ण पारिश्रमीक पीडितहरुलाई दिने बताएकी छिन् र गायक शिव परियार तथा नायिका प्रियंका कार्कीले पनि नेपाल फर्किए लगतै राहत तथा उद्धामा खटिने र आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
वेलायत बसाईको क्रममा नायिका प्रियंका कार्कीले डिजाइनर अन्जली केसीको आउटफीटमा फोटो शुट गर्न भ्याइन् भने अन्जु पन्तले पनि आफ्नै स्वर रहेको निप्रेश उप्रेतीको खुसी एल्बममा समावेश एक गीतको भिडियोमा अभिनय गरेकी छिन्।बि.जे.जी. ग्रुपले यसअघि मह जोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको साथमा गरेको कार्यक्रम अत्यधिक सफल भएको थियो।
स्रोत : कला सेतोपाटी


0 comments
Write Down Your Responses