प्रमुख तीन दलले गठन गरे बार्ता समिति
काठमाडौं, असोज ११ । प्रमुख तीन दलले संविधानप्रति असन्तुष्ट देखिएका मधेस केन्द्रित दलहरुसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरुको बैठकले तराई मधेसमा भइरहेको आन्दोलनको समीक्षा गर्दै आन्दोलनरत मधेस केन्द्रीत दलहरु वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेका हुन् ।
समितिमा नेपाली कांग्रेसका तर्फबाट वन मन्त्री महेश आचार्य र एमालेका तर्फबाट अग्नी खरेल रहेका छन ।
एकीकृत माओवादीका तर्फबाट भने समितिमा रहने सदस्यको टुंगो लागेको छैन । बैठकपछि एमाले वरिष्ठ नेता झलनाथ खनालले आन्दोलनरत मधेसी दल तथा अन्य समूहहरुसँग छलफल गरी समितिले सहमतिको प्रयास गर्ने जानकारी दिए ।
तीन दलका शीर्ष नेताहरुको बैठकमा मधेसमा जारी आन्दोलन र भारतीय पक्षबाट भइरहेको अघोषित नाकाबन्दीलगायतका विषयमा पनि छलफल भएको थियो ।magekhabar.com


0 comments
Write Down Your Responses