भारतीय नाकाबन्दीको विरोधमा भारतीय दुतावास अगाडी जे देखियो
काठमाडौं, असोज ११ । भारतले सुरु गरेको अघोषित नाकाबन्दीले नेपालमा त्यसको प्रभाव सुरु भएको छ । जस्लाई नेपालीले भारतको अत्याचारको खुलेर प्रतिकार गर्ने जनाउ दिएका छन् । जसको विद्यार्थी संगठनहरुले खुलेर बिरोध प्रदर्शनका कार्यक्रमहरु थालीसकेका छन् ।जस्को पहिलो शृखला एमाले निकट भातृसंगठन अनेरास्ववियुले आइतबार साँझ लैनचौर सिथ्त भारतीय दूतावास अगाडि सडकमा गुन्द्रुक र ढिंडो पकाएर सांकेतिक बिरोध गर्दै विद्ययार्थीहरुले दाउरामा पकाइएको गुन्द्रुक र ढिंडो मज्जैले पकाएर खाए ।
ढिडो र गुन्द्रुत खाँदै उनीहरुले भने हामी आफ्नै उत्पादन खाएर बाँच्न सक्छौं, तर उत्तरसँग कुनै हालतमा झुक्दैनौं । उनीहरुले भारतलाई कडा रुपमा नयाँ सन्देश दिन यस्तो कार्यक्रम गरेको जानकारी दिए ।
यसैबिच आज विभिन्न विद्यार्थी संगठनले उसले गरेको अघोषित नाकाबन्दीको बिरोधमा भारतीय राजदुताबास अगाडि प्रदर्शन गर्दैछन् ।
नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, लगायत विद्यार्थी संगठनले दिउँसो ३ बजे भारतीय राजदुतावास अगाडि प्रदर्शन गर्न लागेका हुन् । तस्बिर सौजन्य : बाबु छत्कुली


0 comments
Write Down Your Responses