५० लाखको मूल्य तोक्ने मधेसी नेतालाई खुल्लापत्रः हामीलाई लखेट्न बाध्य नपार्नुस्
आदरणीय नेताज्यूहरुनमस्कार !
हतियार उठाए ५० लाख दिन्छु भन्नुभयो । २० रुपैया दिएर बालबालिकाहरुलाई ढुङगा मुढा गर्न तथा कालो झन्डा बोक्न लगाउनुभयो । अधिकारको कुरा गर्नुहुन्छ के यो बाल अधिकारको हनन होईन ? के ति बालबालिकाहरु लाई थाहा छ कि उनीहरुले ढुङगा हान्दा कसलाई हानेको हो र किन हानेको हो अथवा कालो झन्डा कसलाई र किन देखाएको हो ? कदापी थाहा छैन । प्रजातन्त्रको कुरा गर्नुहुन्छ के तपाइहरुलाई थाहा छ प्रजातन्त्रको अर्थ ? यदी छ भने आन्दोलन अप्रजातान्त्रिक किन ?
म यही देशमा बस्ने मधेसी मुलको नागरिक हु र म तपाइहरुलाई सोध्न चाहन्छु कि मेरो मुल्य तोक्ने अधिकार तपाइहरुलाई कसले दियो ? आन्दोलन जारी छ र ४० भन्दा धेरैले ज्यान गुमाइसकेको छ र घाइते कती छ्न कती । अनि मर्नेहरुमा नेताको सङ्ख्या चाही कती छ ? सायद एउटा पनि होईन होला । त्यसैले हामी जनताको रगत बगाएर जुन मुख्यमन्त्रीको मुकुट लाउने सपना देख्नुभएको छ त्यो नदेखे नि हुन्छ किनभने त्यसको लागि जनमत चाहिन्छ रगतको खोला होईन । म तपाईंहरुलाई एकचोटी फेरी स्पष्टिकरण दिन चाहन्छु कि हामीले निर्वाचनको बेला नै तपाईंहरुको बहिष्कार गरिसकेका छौ ।
सोझा साझा जनताको रगतको होली खेल्ने नेताज्यूहरुलाई सावधान गर्न चाहन्छु कि लाखौको सङ्ख्यामा रहेको मधेसी मध्ये एकदुइ हजार आफ्ना कार्यकर्तालाई सदरमुकाममा लगेर देखाउदै गरेको नौटङ्की बन्द गर्नुस न त भने हामी मधेसी नै तपाईंहरुको प्रतिकार गर्नुपर्ने हुन्छ । मधेसबाट लखेट्नुपर्ने अवस्था आउँछ ।
सोझा साझा जनताको रगतको होली खेल्ने नेताज्यूहरुलाई सावधान गर्न चाहन्छु कि लाखौको सङ्ख्यामा रहेको मधेसी मध्ये एकदुइ हजार आफ्ना कार्यकर्तालाई सदरमुकाममा लगेर देखाउदै गरेको नौटङ्की बन्द गर्नुस न त भने हामी मधेसी नै
तपाईंहरुको प्रतिकार गर्नुपर्ने हुन्छ ।
हो सरकार पक्षबाट पनि हतार देखियो संविधान जारी गर्ने बेला तर त्यो भन्दा धेरै हतार देखाउनुभयो तपाईंहरुले आफ्नो अहङ्कार र घमन्डलाई वार्ता र तपाइहरुको बिचमा उभ्याउन । त्यसैले हठ छोड्नुस र राष्ट्रलाई पहिलो प्राथमिकतामा राख्दै वार्तामा बस्नुस र मधेस तथा देश दुबैको फाइदा हुने मध्यमार्गी बिकल्पको खोजी गर्दै राष्ट्रलाई निकास दिने प्रयास गर्न सादर अनुरोध गर्न चाहन्छु । देश रहे मात्र हामी रहनेछौ ।
धन्यवाद ।
निवेश कुमार/मधेसी छोरा
गौर, रौतहट ।dainiknepal.com


0 comments
Write Down Your Responses