ठूलो भूकम्प हल्ला मात्रै’
काठमाडौं,जेठ ९ – वैशाख १२ गते नेपालमा महाभूकम्प गएपछि लगातार पराकम्पन महसुस भइरहेका बेलामा नेपालमा फेरि महाभूकम्प जान्छ भन्ने हल्ला हावागारी गफ भएको राष्ट्रिय भूकम्पमापन केन्द्रका निर्देशक लोकविजय अधिकरीले बताएका छन् ।
भूकम्पका बारेमा शक्तिशाली देशहरुले अहिलेसम्म पूर्वानुमान गर्न नसकेको उल्लेख गर्दै यो गर्न पनि नसकिने बताए ।
उनले अहिले भएको हल्ला निराधार भएको बताउँदै ठूलो भूकम्प गएकाले पराकम्पन अझै केही समयसम्म जान सक्ने बताए । निर्देशक अधिकारीले विगतमा चिली, हाइटी, इन्डोनेसियालगायतका देशमा गएको भूकम्पपछि लामो समयसम्म पराकम्पन गएकाले नेपालमा अझै केही समय पराकम्पन जान सक्ने बताएको समाचारपत्रमा खबर छ ।
www.ratopati.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

1 comments

http://enepalese.com/2015/05/22848.html

Write Down Your Responses