स्याङ्जामा पनि त्रास, ६७ घरपरिवारलाई सुरक्षित स्थानमा बस्न आग्रह
स्याङ्जा: म्याग्दीमा थुनिएको कालीगण्डकी नदीबाट हुन सक्ने क्षतिको पूर्वानुमान गरि स्थानीय स्याङ्जा जिल्ला प्रशासनले सेतीवेणीका ४२ घरपरिवार र आधीमुहानका २५ घरपरिवारलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।शनिवार राती म्याग्दीमा थुनिएको कालीगण्डकी एकैचौटी खुल्दा हुनसक्ने जोखिम न्यूनिकरण गर्न स्थानीय प्रशासनले सेतीवेणी र आधीमुहानका बासिन्दालाई घरका सामान दोश्रो तलामाराखी अग्लो ठाउमा सुरक्षित भएर बस्न सूचना प्रवाह गरेको हो ।
कालीगण्डकी 'ए' जलबिद्युत परियोजनाका ३ वटै टर्वाइन संचालनगरी पानी खपत गराउन पूर्ण क्षमताको १ सय ४४ मेगावाट बिद्युत उत्पादन गरिएको छ । यतिवेला कालीगण्डकी नदीमा पानीको प्रवाह घटेको प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरेले जानकारी दिईन ।
म्याग्दीको काफलडाडा खस्दा बैसरीमा थुनिएको कालीगण्डकी एकैचोटी खुल्यो भने पनि स्याङ्जाको मिर्मि, आधीमुहान र सेतीवेणी आइपुग्न ३ देखि ४ घण्टा समय लाग्ने बताइएको छ ।
प्रशासनले स्थानीय जनतालाई पाल्पा र स्याङ्जाका स्थानीय रेडियोबाट नदी थुनिएको जानकारी दिइएको छ । स्थानीय प्रहरी प्रशासनलाई पनि सजग गराइएको छ । कालीगण्डकी 'ए' जलबिद्युत परियोजना सुरक्षित रहने दावी परियोजनाले गरेको छ ।
annapurnapost.com


0 comments
Write Down Your Responses