फेरि गयो भूकम्पको पराकम्पन
काठमाडौं । आइतबार पनि दुई वटा भूकम्पको पराकम्पन गएको छ । आइतबार बिहान सात बजेर ६ मिनेटमा दोलखा केन्द्र भएर ४ दशमलव २ म्याग्नेच्युडको पराकम्पन गएको साढे तीन घण्टापछि विहान १० बजेर ३८ मिनेटमा फेरि दोलखा नै केन्द्र भएर ४ दशमलव ४ म्याग्नेच्युडको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।यसअघि शनिबार ४ म्याग्नेच्युडमाथिका दुई वटामात्रै पराकम्पन गएको थियो । शनिबार दिउँसो १ बजेर १४ मिनेटमा दोलखा केन्द्र भएर ४ दशमलव २ म्याग्नेच्युडको पराकम्पन गएको थियो भने अर्काे शनिबार राति १० बजेर २६ मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएर ४ दशमलव ४ म्याग्नेच्युडको पराकम्पन गएको थियो ।यस्तै शनिबार हुम्लालाई केन्द्र बनाएर ४ दशमलव ८ म्याग्नेच्युडको भूकम्प गएको थियो ।
गएको बैशाख १२ गते गोरखाको केन्द्र भएर ७ दशमलव ६ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएपछि त्यस यता ठूला तथा साना पराकम्पन आइरहेको भएपनि केही दिनयता भने साना मात्रै आइरहेको छ । यस्तै कम मात्रामा मात्रै पराकम्पन आएको छ । शक्तिशाली भूकम्प गएपछि पराकम्पन आइरहने भएकाले नआत्तिन तर सचेत रहन भूकम्पविद्हरुले सुझाव दिएका छन् ।
medianp.com


0 comments
Write Down Your Responses