१२ वर्षीया छोरी बलात्कारको अभियोगमा बाबु पक्राउ
प्युठान । आफ्नै १२ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा प्यूठानमा एक जना पक्राउ परेका छन्। १२ वर्षकी छोरीलाई बलात्कार गरेको भन्दै स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए।अभियोग लागेका हंशपुर-८, का रमेश सुनारलाई अस्थायी प्रहरी पोष्ट बड्डाँडाबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो। आमाले दोस्रो बिहे गरेपछि पिडीत बालीका आफ्नो बुबा र हजुरआमासँग बस्दै आएकी थिइन् । अभियुक्त सुनारले आफ्नै १२ वर्षीय छोरीलाई यसअघि पनि करणी गरेको अभियोग लागेको छ।
बुधबार बेलुका जबरजस्ती करणी गर्न खोज्दा छोरीले नमानेपछि बुबाले उनलाई कुटपिट गरेपछि यो घटना बाहिर आएको हो। अहिले जिल्ला प्रहरीले उनलाई नियन्त्रणमा लिई हिरासतमा राखेर अनुसन्धान थालेको प्यूठान प्रहरी प्रमुख डिएसपी तुलबहादुर कार्कीले बताए।
पिडित बालिकालाई जिल्ला स्वास्थ्य कार्यालयमा स्वास्थ्य परीक्षणका लागि लगिएको छ। अभियुक्तलाई अभियोग पुष्टि भएमा ८ वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने अधिवक्ता एवं जिल्ला बालकल्याण समितिका अध्यक्ष मेघराज भट्टले जानकारी दिए।
अभियुक्त पीडीत बालिकाको सहोदर बुबा भएकाले हाडनाता र जबरस्ती करणीसम्बन्धी मुद्दा लाग्ने कानुनी प्रावधान छ।


0 comments
Write Down Your Responses