मध्यरातमा नायिकाको घरमा भीषण आगलागी
एजेन्सी । बलिउड नायिका रिया सेनको मुम्बईको अंधेरीस्थित घरमा शनिबारराति भीषण आगलागी भएको छ ।
राति करिब साढे १ बजे नायिका रिया र उनकी आमा मुनमुन सेन रहेको समयमा छैठौं फ्ल्याटबाट आगलागी सुरु भएको थियो । घटनाबारे जानकारी पाएपछि ढिलागरी दमकल पुगेपनि घरका दुईवटा फ्ल्याट ध्वस्त भएका छन् ।
ट्विटरमार्फत रियाले मध्यरातमा घरमा आगो लागेको र दमकल १ घन्टापछि मात्रै आएको भन्दै देशमाथि नै शर्म लागेको टिप्पणी गरेकी छन् ।


0 comments
Write Down Your Responses