पैसा कमाउन परदेश पुगेर पराईसँग प्रेममा परेपछि…
कतार । पछिल्लो समयमा वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेसँगै विदेशिने महिलाहरुको संख्या पनि उल्लेख्य रहेको छ ।
पतिलाई स्वदेशमै छाडेर विदेशिने महिलाहरु पनि कम छैनन् । तर स्वदेशमा भएको पति र परिवार छाडेर विदेश जाने महिलाहरु अर्केसँग प्रेममा परेको र त्यसकै कारण प्राणै त्यागेको घटना भने कम छन् ।
तर वैदेशिक रोजगारीका लागि कतार पुगेकी मकवानपुरकी रिना थापामगर भने कतारमै काम गर्ने कास्कीका श्याम थापासँग प्रेममा परेर दुवै जनाले आत्महत्या गरेकी छन् ।
घरमा फोन गरेर उनले श्रीमान्लाई आफूले गल्ती गरेको र आत्महत्या गर्न लागेको सुनाएकी थिइन् । तर पतिले भने आत्महत्या नगर्न र उसैसँग विवाह गरेर खुसीसाथ बस्न आग्रह गरेपनि उनीहरु एक होटलमा मृत भेटिएको जनाइएको छ ।
कतारको होटलमा काम गर्ने रिना र सेक्युरिटी गार्ड रहेका श्याम दुवैको शब अस्पतालमा राखेर अनुसन्धान जारी राखिएको छ ।

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses