राष्ट्रपतिकी छोरीलाई संविधानको चिन्ता, देशले संविधान पाए आफूले वर पाउने आशा
२९ चैत, काठमाडौ । राष्ट्रपति डा. रामबरण यादवकी छोरी अनिता यादवले आफू संविधानको प्रतीक्षामा रहेको बताएकी छन् । उनले संविधान आएपछि आफूले वर पाउने आशा गरेकी छन् ।
नयाँ पत्रिकासँगको कुराकानीमा राष्ट्रपतिकी छोरी अनिताले आफू कसैसँग प्रेममा नपरेको बताइन् । विवाहका लागि अनुकूल समय मिल्नुपर्ने भन्दै उनले यो संयोग भएको बताइन् । आफ्नो भाग्यले नै मागी विवाह वा प्रेम विवाह हुने भन्नेबारे निर्धारण गर्ने उनको भनाइ छ ।
आमाको निधनपछि विचलित भएका बुबालाई आफैले सम्हालेको भन्दै उनले भनिन् ‘आमाको निधनपछि बुबा धेरै विचलित हुनुहुन्थ्यो । अहिले पनि भन्नुहुन्छ मलाई क्लिनिकबाट घर र्फकन मन लाग्दैनथ्यो । तिमीलाई सम्झेर घर फर्कन्थे ।’
बुबाले अहिलेसम्म नकुटेको भन्दै अनिताले भनिन् ‘म बच्चा छँदा उहाँले घरका ठूलालाई गाली गर्दा म सुरुमै रोइसकेकी हुन्थेँ । अब मेरो पालो आउँछ भन्ने लाग्यो ।’
बुबाका लागि मीठो, चोखो खाना पकाउने अनिताले पाहुना आएको बेला भान्साको काम पनि आफैं गर्ने गरेकी छन् । अनिता भन्छिन् ‘कहिलेकाहीँ म आफैं भान्सा हेर्छु । पाहुना आउँदा प्रायः आफैं जुट्छु । आफैं जुट्न पाइन भने चिल्लो पिरो कम गर्न भन्छु । सबैका लागि नसके पनि बुबाका लागि मीठो र चोखो पकाउँछु ।’
आफ्नो गार्डेनमा आधा घन्टा घुमघाम गर्ने उनी स्वास्थ्यलाई ख्याल गर्दै योगा गर्ने गर्दछिन् । घुमघाममा उनको विशेष रुची रहेको छ ।

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses