उपसभापति पौडेलले भाजपा नेतालार्इ भने-नाकाबन्दी खोली आपूर्ति सहज गरौं
काठमाडौँ : नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल र भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जोलीबीच बिहीबार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको उक्त भेटवार्तामा भारतसँगको सीमानाकामा उत्पन्न आपूर्ति असहजता र समसामयिक विषयमा छलफल भएको कावा सभापति पौडेलले जानकारी दिए ।

'भारतले लगाएको नाकाबन्दी र त्यसले निम्त्याएको असुविधाका बारेमा छलफल भयो', उपसभापति पौडेलले भने, 'त्यस सम्बन्धमा मैले मधेस आन्दोलन र नाकाबन्दी फरक हो, त्यसलाई छुट्याउनुपर्‍यो र आपूर्ति व्यवस्थालाई भारतका तर्फबाट सहज बनाउनुपर्‍यो भनेको छु ।”

कावा सभापति पौडेलले मधेसमा देखिएको समस्या समाधान गर्न मधेसी मोर्चासँग वार्ता भइरहेको जानकारी दिँदै चाँडो सहमतिको आधारमा समस्याको समाधान खोजिने भएकाले आपूर्ति नरोकिदिन भारतीय नेता जोलीसँग आग्रह गरेका थिए ।

सो अवसरमा भाजपा नेता जोलीले नेपालमा नाकाबन्दीले निम्त्याएको समस्याबारे केन्द्रीय सरकारसमक्ष कुरा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको पनि नेता पौडेलले बताए ।
annapurnapost
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses