मोर्चालाई समर्थन नगरेपछि रेडियो स्टेसनमा पेट्रोल बम प्रहार
परासी, १० मङ्सिर । नवलपरासीमा रहेको सामुदायिक रेडियो ‘परासी’मा गए राति पेट्रोल बम प्रहार गरिएको छ ।
राति करिब दश बजेको समयमा अज्ञात समूहले रेडियो स्टेसनमा पेट्रोल बम प्रहार गरेको उक्त रेडियोले जनाएको छ । बम प्रहारबाट कार्यालय परिसरमा रहेको लु१८प ४००१ नम्बरको मोटरसाइकल जलेको छ । आगलागीबाट मोटरसाइकल पूर्ण रुपमा ध्वस्त भएको छ ।
बम प्रहार गर्नुअघि ९८५७०४५८९४ नम्बरको मोबाइलबाट रेडियोमा फोन गरी धम्की पनि दिइएको थियो ।
रेडियोका अध्यक्ष सुमनगोपाल आचार्यले घटनाको भत्र्सना गर्नुभएको छ ।
यसैबीच रेडियो परासीले आजदेखि अनिश्चितकालका लागि आफ्नो प्रसारण बन्द गरेको छ । रेडियो स्टेसनको सुरक्षा नभएको तथा पटकपटक धम्की आउने क्रम जारी रहेको पृष्ठभूमिमा आज बिहानदेखि अनिश्चितकालका लागि प्रसारण बन्द गरिएको रेडियोका प्रबन्ध निर्देशक मेघराज गौतमले बताउनुभयो ।
dainiknepal
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses