सरकारले दियो भारतलाई कडा चेतावनी, भारतीय अधिकारीलाई गराइयो सचेत
बिहीबार, १० मंसिर
काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले नेपाली सर्वसाधारणलाई गाली हानेको नेपाल सरकारले पुष्टि गरेको छ ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दै भारतीय एसएसबी नेपालको सीमानाकाबाट करिब एक सय मिटर भित्र पसेर चार नेपाली नागरिकमाथि गोली हानेर फरार भएको उल्लेख गरेको छ । सरकारले घटनाको सत्य तथ्य अनुसन्धान गरि नेपाललाई जानकारी गराउन पनि भारत सरकारलाई आग्रह गरेको छ ।
सरकारले घटनामा संलग्न एसएसबीका जवानहरुलाई कारबाही गरि नेपाललाई जानकारी गराउन आग्रह गर्दै विज्ञप्ती निकालेको हो ।
रिराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तीमा सुनसरी जिल्लाको हरिपुर ७ को पुवी टोलमा नेपाल भारत सीमाको दशगजाबाट १०० मिटर भित्र बुधबार बिहान ६ः२० बजे भारतीय सीमा सुरक्षा बलले हानेको गोली लागेर चार नेपालीहरु घाइते भएका छन्, एसएसवीले नेपालको भूमिमा पसेर नेपालीमाथि गोली हानेको विषयमा भारतीय दूतावासमार्फत भारत सरकारलाई ध्यानाकर्षण गराएका छौं भनिएको छ ।
सरकारले आगामि दिनमा यस्तो घटना हुन नदिन भारतीय सुरक्षाकर्मी र अधिकारीहरुलाई सचेत समेत गराएको छ ।
सरकारले दोषिलाई कडा कारबाही नगरिएसम्म पीडितले न्याय नपाउने उल्लेख गरेको छ । तर, बुधबार नै भारतीय दुतावासले विज्ञप्ती निकालेर नेपालीहरुमाथि गोली नहानीएको दाबी गरेको थियो ।
nepalsandesh
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses