धर्मनिरपेक्षता शब्दले भारतीय संसदमा हंगामा, हिन्दुका नाममा भाँडभैलो मच्चाउने मोदीको यस्तो योजना
काठमाडौं । भारतीय संस्थापन पक्षले नेपालको संविधानमा धर्म निरपेक्षता लेखिएको निहुँमा नाकाबन्दी लागेको आरोप लागिरहेका बेला त्यसको पुष्टि हुने रबैया भारतीय जनता पार्टीले गरेको छ ।
हिन्दु अतिबादीहरुको संगठन आरएसएसको गनिनी संस्थाका रुपमा उदाएको भारतीय जनता पार्टीले धर्मनिरपेक्ष शब्दको प्रयोगमा प्रतिवन्ध लगाउनुपर्ने माग राखेको छ ।
तर, भारतीय कांग्रेसले भने भाजपाको यो माग करोडौं भारतीय जनताको अपमान गर्ने हेतुले ल्याइएको आरोप लगाएको छ । भारतीय संसदको शीतकालीन सत्रको पहिलो दिन गृहमन्त्री राजनाथ सिंहले धर्मनिरपेक्ष शब्द प्रयोग गर्न रोक्नु पर्ने बताएपछि विवाद सुरु भएको हो ।
मन्त्री सिंहले अंग्रेजी शब्द सेकुलरको औपचारिक रुपान्तरण धर्मनिरपेक्षता नभएको बताएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा संसदमा मन्त्री सिंहले पन्थनिरपेक्ष भएको बताएका थिए ।
भारतीय संविधान निर्माणताका संवैधानिक समितिका अध्यक्ष स्वर्गिय भीमराव अम्बेडकरले पनि सेकुलरको अर्थ धर्मनिरपेक्षता नभएको स्विकार गरेको सिंहको जीकीर थियो ।
गृहमन्त्री सिंहले अभिनेता अमिर खानप्रति लक्षीत गर्दै यस्तो बुझेका डा अम्बेडकरले त्यसबेला उपेक्षा र अपमान सहेर पनि भारत छाड्ने अभिव्यक्ति कहिल्यै नदिएको बताएका थिए ।
कहिदिन अघि अभिनेता खानले भारतमा धार्मिक असहिष्णुता बढेको भन्दै देशमा बस्ने नबस्ने भन्ने बारेमा निर्णय लिन बाँकी रहेको अभिव्यक्ति दिएका थिए ।
मन्त्री सिंहको भनाईपछि संसदमा बोल्दै भारतीय कांग्रेसकी अध्यक्ष सोनीया गान्धीले चर्को विरोध गरेकी छिन् । गान्धीले धर्मको नाममा वर्तमान सरकारले संसद र देशमा भाँडभैलो मच्चाउन खोजेको आरोप लगाएकी थिइन् ।
गान्धीले देशको कुनै धर्म नहुने र सबै धर्मका नागरिकको समान अधिकार रहने भएकाले यस्तो योजना नबुन्न मोदीलाई चुनौति दिएकी थिइन् । भारतीय संसदमा मोदीको दल भाजपाको अत्याधिक बहुमत रहेको छ ।
nepalsandesh
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses