पाकिस्तानको बाटोबाट भारत घुस्यो आतंकवादी आईएस, दिल्लीमा हंगामा -
काठमाडौं, १० मंसिर । विश्वलाई स्तब्ध पार्नेगरी फ्रान्सको पेरिसमा हमला गरेको आतंकवादी संगठन इश्लामिक स्टेट (आईएस) भारत प्रवेश गरेको छ ।
भारतीय सीमा सुरक्षा बल (बीएसएफ)ले सार्वजनिक गरेको रिपोर्टमा ४५ औं पटक भारत छिर्न प्रयास गरेको आईएस पाकिस्तानको बाटो हुँदै भारत–पाकिस्तान सीमा क्षेत्र काश्मिर आईपुगेको जनाइएको छ ।
बीएसएफका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै भारतीय च्यानल आजतकले लेखेको छ–आईएसले पाकिस्तानबाट आफ्ना आतंकवादी लडाकूलाई भारतको कश्मीर पुगाएको छ । र मद्दत पनि गरिरहेको छ ।
भारतीय गृह मन्त्रालयलाई प्राप्त खुफिया रिपोर्ट अनुसार आईएसले पाकिस्तानको पेशावरका ३० जनालाई कश्मीर पठाएको छ जसले आतंकवादी लडाकूलाई भारत छिर्न सहयोग गर्नेछन् । साथै आईएसले भारत पाकिस्तान सीमा क्षेत्रका आतंकवादी संगठन जैश–ए–मोहम्मद, लश्कर–ए–तैयबा र हिजबुल मुजाहिदीनलाई पनि सघाइरहेको खुलासा भएको छ । तीनै संगठनको बैठकले आईएसका लडाकू भारत प्रवेश गराउन नयाँ योजना बनाएको बताइएको छ । तर, उक्त योजना सार्वजनिक गरिएको छैन् ।
बीएसएफका महानिरीक्षक राकेश शर्माले जम्मू–कश्मीरमा पाकिस्तानबाट पछिल्लो वर्ष मात्रै सीज फायरको उल्लंघन गरी आतंकवादी घुसपेठ गराउने कार्यमा ४५ प्रतिशतले वृद्धि भएको बताए । आईएसलाई भारत पठाउन पाकिस्तानका नेता एवं जमात उद दावा प्रमुख हाफिज सईदले सीमा नजिकका आतंकवादी शिविरमा गएर आतंकवादी हमला भड्काइरहेको बीएसएफ अधिकारीले आशंका गरेका छन् ।
आईएस लडाकूको टोली काश्मिर प्रवेश गरेपछि भारतमा हंगामा मच्चिएको छ । दिल्लीमा विहीबार मात्रै आपतकालिन बैठक बसेर आईएसविरुद्ध सुरक्षा योजना बनाउन सुरु गरिएको समाचार जनाइएको छ । (एजेन्सीको सहयोगमा)
dainiknepal
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses