नाकाबन्दीको आन्दोलनमा सहभागी हुन मधेसी नेता फकाउँदै बाबुराम
काठमाडौं, ११ असोज । एमाओवादी परित्याग गरेका बाबुराम भट्टराईले संयुक्त मधेसी मोर्चाका नेतालाई आइतबार टेलिफोन गरी आफूलाइ पनि मधेस आन्दोलनमा सहभागी गराउन आग्रह गरेका छन् ।उनले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावनाका अध्यक्ष महेन्द्र यादवलाई टेलिफोन गरेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
मधेसी नेतालाई भट्टराईले भने, मधेस र मधेसीका माग जायज भएकाले म पनि तपाईँहरुसँगै सहभागी हुन्छु । मधेस आन्दोलन निर्णायक हुनुपर्ने मेरो मान्यता अनुसार नै पार्टी परित्याग गरेको हुँ ।
dainiknepal.com


0 comments
Write Down Your Responses