पत्नीलाई औषधी किन्न दुई महिनाको बच्चा बेच्नुपरेपछि
एजेन्सी । पत्नीलाई औषधी किन्नको लागि एक आदिवासीले आफ्नो दुई महिनाको बच्चा बेच्नुपरेको छ । उनले बच्चाको ७०० भारुमा एक महिलालाई बेचेका हुन् ।

कोरकुँडा ब्लकको चित्तापल्ली २ निवासी सुकुरा मुदुली र उसको पत्नी धुमुसी मुदुलीले आफ्नो बच्चालाई गत डेढ महिनाअघि छिमेकी चित्तापल्ली ३ गाउँकी आशा कार्यकर्तालाई सुम्पिएका थिए ।

उक्त गरिब दम्पत्तिले कुनै पनि सरकारी सुविधा नलिएको पाइएको छ । आफ्नी श्रीमती बिरामी हुँदा औषधी त परै जाओस् रोटी पनि किन्न नसकेपछि दुई महिनाको छोरालाई सुम्पिएर श्रीमतीको लागि औषधी र ५० किलो चामल किनेका थिए ।


उनीहरु अझै पनि बच्चाको लालनपालन गर्न सक्ने अवस्थामा छैनन् र सन्तान फिर्ता गर्न सकेका छैनन् ।

उनीहरुलाई सरकारी सेवा सुविधा उपलब्ध गराउन गृहकार्य भइरहेको एक सरकारी अधिकारीले बताए । एजेन्सीको सहयोगमा
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses