धादिङमा दुई छोरीलाई विष खुवाएर आत्महत्या, झापामा बलात्कारको अभियोगमा धर्मगुरु पक्राउ
धादिङ, जेठ ९ - धादिङमा एक महिलाले दुई छोरीलाई बिष खुवाएर आफुले पनि आत्महत्या गरेकी छन् ।सागसब्जीमा प्रयोग हुने विष सेवनबाट चाँदनी र उनकी एक छोरीको मृत्यु भएको तथा गम्भीर रहेकी अर्कीलाई उपचारका निम्ति काठमाडौँ पठाइएको गजुरीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धानका लागी चन्द्रीकाका श्रीमान्लाई हिरासतमा लिएको छ ।
झापामा बलात्कारको अभियोगमा धर्मगुरु पक्राउ
यस्तै झापामा बलात्कारको अभियोगमा श्रीकृष्ण प्रणामी धर्मका गुरु मोहनानन्द भारद्वाज सुवेदीे कनकाई नगरपालिका – ४ बाट पक्राउ परेका छन् ।
माईधामस्थित श्री कृष्णप्रणामी मन्दिरमा आश्रित १४ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा आज उनी पक्राउ परेका हुन् ।
धर्मगुरुबाट आफू पटक–पटक बलात्कृत भएको उजुरी किशोरीले गरेपछि अभियुक्तलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।dcnepal.com


0 comments
Write Down Your Responses