शनिबार पनि भूकम्पको धक्का, हुम्लामा नयाँ भुइँचालो
काठमाडौं : शनिबार नेपालमा पुनः भूकम्पको धक्का महसुस भएको छ । शनिबार दिउँसो १.१४ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ४.२ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको हो। गोरखा केन्द्र बिन्दु भएर आएको वैशाख १२ को विनाशकारी भूकम्पको परकम्पको रुपमा यो धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।शुक्रबार मात्रै नेपालमा ६ पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ७.१९ बजे हुम्ला केन्द्र भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको थियो। शुक्रबार राति पौने नौ बजे दोलखालाई केन्द्र बनाएर ४.२ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको थियो। यसअघि बेलुका ६.४९ बजे सिन्धुपाल्चोकलार्इ केन्द्र बनाएर ४.० म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको हो।
यो साताकै दुई ठूला भूकम्पको धक्का शुक्रबार महसुस भएको छ। धादिङ र नुवाकोटलार्इ केन्द्र बनाएर ४.४४ बजे ४.८ म्याग्निच्यूटको भूकम्प गएको थियो। त्यही स्केलको भूकम्पपछि हुम्ला केन्द्र भएर पनि गयो ।
शुक्रबार बेलुका ५.१७ बजे दोलखालार्इ केन्द्र बनाएर ४.१ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको थियो। यसअघि अपरान्ह २ बजेर ४५ बजे धादिङ र नुवाकोटलाई केन्द्र बनाएर ४.२ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएका थियो।
बिहीबार पनि ४ म्याग्निच्यूटमाथिका तीनवटा भूकम्पको धक्का महसुस भएको थियो। साना परकम्प जाने क्रम जारी रहेका त्यसबाट नआत्तिन भूकम्प मापन केन्द्रले जनाएको छ।
वैशाख १२ को ७.६ रेक्टरको विनाशकारी भूकम्पपछि हरेक दिनजसो नेपालमा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अहिलेसम्म ४।० म्याग्निच्यूडभन्दा माथिका २५.८ परकम्प गएका छन् ।
४.० म्याग्निच्यूडभन्दा मुनिका परकम्पलाई केन्द्रले आफ्नो रेकर्डमा राख्ने गरेको छैन। त्यस्ता साना परकम्प त हजारौंपटक गएको केन्द्रले जनाएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेपालमा आएका भूकम्पका पछिल्ला धक्काहरु
annapurnapost.com


0 comments
Write Down Your Responses