३५ ट्रक राहत सामग्रीसहित यसरी आइन ममता
भारतीय मिडिया बदनाम भयो । हेलिकोप्टर समेत विवादमा तानियो तर ममता भने सीमा सम्म मात्र आइन तर ३५ ट्रक राहत सामग्री लिएर.... भारतको पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीले नेपाललाई ठूलो परिमाणमा राहत सामग्री हस्तानतरण गरेकी छिन् ।


पश्चिम बंगला राज्य सरकारको तर्फबाट ममताले मेची पुल सम्म आफै आएर राहत सामग्री हस्तान्तरण गरेकी हुन् ।   ममता नेतृत्वको पश्चिम बंगाल सरकारले नेपालका भूकम्प पीडितका लागि सहयोगस्वरुप ठूलो परिमाणमा राहत सामग्री प्रदान गरेपछि उनको प्रसंसा भएको छ । मुख्यमन्त्री ममता बनर्जीले नेपाल सरकारका भवन निर्माण तथा सहरी विकासमन्त्री डा नारायण खड्कालाई सोमबार काँकडभिट्टामा ती राहत सामग्री हस्तान्तरण गरेका हुन् ।
 ३५ वटा ट्रकमा रहेको राहत सामग्रीमा एक लाख त्रिपाल, त्रिपालसँगै कम्बल र खाद्य सामग्री छन् । राहत सामग्री ३५ ट्रकमार्फत नेपाल प्रवेश गराई प्रभावित क्षेत्रमा पठाइएको थियो । हस्तान्तरणपछि मुख्यमन्त्री बनर्जीले नेपालमा आएको विनाशकारी भूकम्पले आफूलाई दुःखी बनाएको र विपद्मा पीडितलाई भावनात्मक रुपमा सहयोग गरेको बताइन् ।  उनी मेची पुल सम्म आउँदा उनलाई सञ्चार कर्मीले घेरेका थिए ।
नेपालमा राहत वितरणका क्रममा भारतीय मिडिया र भारतीय सेनाको ब्यवहारको आलोचना भैरहेको समयमा छिमेकी राज्यकी मुख्यमन्त्री ममताको ब्यवहार भने उदाहरणीय भएको टिप्पणी कतिपयले गरेका छन् ।
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses