स्वर्गीय डा. रञ्जनाका साथीहरुको उनकी बहिनीलाई पत्र
एस पी रिमाल

स्वर्गीय डा. रञ्जना
प्रिय बहिनीहरु,
यी शब्द रञ्जनाले देखेका हरेक सपनालाई साकार पार्ने अठोटका लागि आँशुका थोपाले लेख्दैछौं हामी ।
समय र प्रकृति साह्रै निर्दयी भएको यस कठोर  घडीमा तिमीहरुका कोमल मनमा कति ठूलो बज्रपात प¥यो होला, आंकलन गर्ने शक्ति हामीहरुसँग छैन ।
मानसिक रुपमा ठूलो आघात पुगेर मन बिचलित होला । हृदय भक्कानो छाडेर रोइरहेको होला । आँखाबाट आँशु निरन्तर खसिरहेको होला ।
पानीरुपी आँशु सकिए होलान् । ‘एेया’ गर्दा सम्झिे बाबा तथा ममतामयी आमा गुमाएके अनुभव भइरहेको होला । पढाइ लेखाई र पालन पोषण गर्ने अभिभावक गुमाएको महशुस भइरहेको होला । लाग्छ त्यस्तै, हुन्छ पनि त्यस्तै । किनकि तिमीहरुले  आधारस्तम्भ ढलेको छ । हाम्रो पनि प्रिय साथी गुमेको छ । हाम्रा आँखामा आँशु थामिएका छैनन् भने तिमीहरुको के हालत होला ।

शोकको यो घडीमा हामी  झन् बढी संयमित हुनुपर्छ । कर्तव्य तथा लक्ष्यलाई उच्च आत्मबलका साथ अगाडि बढाउनु पर्दछ । चुनौतिको सामना तथा कर्तव्यको परीक्षा यस्तै घडीमा हुन्छ मानव जातिको ।


बहिनीहरु, प्रकृतिले कयौं पटक क्रुर र निर्दयी निर्णय सुनाउँछ, तानाशाहले भन्दा चर्काे ।  त्यससलाई स्वीकार्नु बाहेकको विकल्प नै दिँदैन । आत्मसात गर्नु सिवाय अन्य केही रहँदैन ।


जाने मान्छे गएपछि फर्केर आएको छैन र कठोर मनले स्विाकार्नुपर्छ, तिमीहरुकी ममतामयी दिदि र हाम्री प्रिय साथी पनि फर्केर आउँदिनन् ।  तर, मानव जातिले युगौँदेखि त्यस्ता व्यक्तिहरुलाई भावनात्मक रुपमा सदैव जिवित राख्ने अनेकन प्रयास गरेको छ । त्यसैले त हामी मानव अरु प्राणी भन्दा भिन्न छौं ।
शोकको यो घडीमा हामी  झन् बढी संयमित हुनुपर्छ । कर्तव्य तथा लक्ष्यलाई उच्च आत्मबलका साथ अगाडि बढाउनु पर्दछ । चुनौतिको सामना तथा कर्तव्यको परीक्षा यस्तै घडीमा हुन्छ मानव जातिको ।

तिमीहरु तिनै जना बहिनीहरुलाई तिम्रा लक्ष्यमा पुग्नका लागि रन्जना हरेक पल संघर्षरत रहिन् जुन जग जाहेर छ । हरेक क्षण आफ्ना कैयन इच्छा तथा आकांक्षालाई हाँसीखुशी तिलान्जली दिदैं तिम्रा सपनाहरुको रक्षा गरिन्, जगेर्नाे गरिन् । इच्छाएको बिषयमा स्नातकोत्तर गर्ने एक चिकित्सकको ठूलो सपना र कठोर तपस्या हुन्छ । तर, तिम्रा सपनामा क्लेश भरको अङ्कुश नलागोस ।तिमीहरुलाई निःसन्देह, बिना रोकटोक आफ्नो सपनाको बाटोमा लम्किन मिलोस् भन्ने अभिप्रायले बिना संकोच इच्छाएको विषय नपढेर परिवर्तन गरिन् होला उनले ।

आज उनको भौतिक शरीर छैन , तर उनको सपना पूरा गर्नुपर्ने कर्तव्य यही बज्रपातको बिचमा ठिङ्ग उभिएको छ ।
हामी तिम्री मामातामयी र कर्तव्यनिष्ठ दिदीलाई फर्काउन त सक्दैनौं तर उनका हरेक आशा, इच्छा तथा आकांक्षालाई तिमीहरुको माध्यमबाट पूर्ण गराउन तिमीहरुसँग हरेक पाइलामा सदैव साथ छौं  र रहनेछौँ । उनको सपना पूरा गर्न र गराउन हामी कुनै कसर बाँकी राख्ने छैनौ ।
आज उनको भौतिक शरीर छैन , तर उनको सपना पूरा गर्नुपर्ने कर्तव्य यही बज्रपातको बिचमा ठिङ्ग उभिएको छ ।
हामी तिम्री मामातामयी र कर्तव्यनिष्ठ दिदीलाई फर्काउन त सक्दैनौं तर उनका हरेक आशा, इच्छा तथा आकांक्षालाई तिमीहरुको माध्यमबाट पूर्ण गराउन तिमीहरुसँग हरेक पाइलामा सदैव साथ छौं  र रहनेछौँ । उनको सपना पूरा गर्न र गराउन हामी कुनै कसर बाँकी राख्ने छैनौ ।
तिमीहरु पनि त्यो उचार्इमा पुग्नु जुन उचार्इ उनको सपना थियो । जुन उचार्इमा पुर्याउन उनले अहोरात्र मेहनत गरेकी थिइन् । र, तिमीहरुलाई  जुन उचार्इमा पुर्याउन उनले आफ्ना कैयन सपना हाँसी हाँसी तिलान्जली दिएकी थिइन् ।


समयसँगै बहँदै जाँदा दृढताका साथ कर्तव्यनिष्ठ हुँदै जब तिमीहरु उनले कल्पेको उचार्इको बिन्दुमा पुग्नेछौ, यो समाज र देशका लागि केही गर्नेछौ । अनि मात्र सही अर्थमा उनीप्रति श्रध्दा सुमन हुनेछ। उनको अभिभावकत्वको उच्च सम्मान हुनेछ । उनको आत्माले शान्ति पाउनेछ । यस कठिन घडीमा निरुत्तर रहेको प्रश्नको उत्तर निस्कनेछ ।यतिबेला उनी छैनन् तर उनको आत्माले हामीमाथि ठूलो जिम्मेवारीको आशा गरेको छ ।
स्तब्ध तर कर्तब्यबोध सम्पूर्ण जुनियर रेजिडेन्ट दाजु तथा दिदीहरु
विपि स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
एस पी रिमालको फेसबुकबाट
swasthyakhabar.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses