बेश्याबृत्ति कानुनी रुपमा अपराध नभएको प्रहरी प्रमुख एसएसपी उत्तम काकीको दाबी
काठमाडौं, चैत २९ । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम कार्कीले बेश्याबृत्ति अपराध नभएको बताउनुभएको छ । आपसी समझदारीमा यौन सम्बन्ध राख्न पाईने कि नपाईने भन्ने बहस चलिरहेको बेला काठमाडौं प्रमुख कार्कीले बेश्याबृत्ति अपराध नभएको बताउनुभएको हो ।काठमाडौं प्रहरीले आईतबार गत वर्षको अपराध विश्लेषण सर्वजनिक गर्दै बेश्याबृत्तिलाई कुनै कानुनले अपराध नमानेको दाबी गर्नुभयो । कतिपय अवस्थामा बेश्याबृत्तिले सामाजिक बिकृतिको रुप लिए पनि यस उपर कानुनी दण्डको व्यवस्था नभएको जिकिर गर्नुभयो ।
उहाँले सामाजिक बिकृति फैलाउनेलाई नागरिकले गर्ने गुनासोका आधारमा पक्राउ गर्ने गरिए पनि प्रहरीसँग बेश्यावृक्ति गर्नेलाई कारवाही गर्ने कानुन नै नरहेको बताउनुभयो । काठमडौं प्रहरी प्रमुख कार्कीले सहमतिमा यौनसम्बन्ध राख्नेले नै सम्बन्धमा समस्या आएपछि बलत्कारको आरोप लगाउने गरेको खुलासा गर्नुभयो ।
लिभिङ् टुकेदर, गल फ्रेण्ड–ब्वाई फ्रेण्ड संस्कृति र बैदेशिक रोजगारीले बलत्कारका घटनामा बृद्धि भएको एसएसपी कार्कीको जिकिर छ । काठमाडौं प्रहरीको तथ्याङ्क अनुसार ४० लाख काठमाडौंबासीलाई एक हजार चोरले दुःख दिइरहेका छन् ।
एसएसपी कार्कीले ती एक हजार चोरलाई नियन्त्रण गर्न नसकिएको स्वीकार गर्नुभयो । उहाँले ती चोरलाई विभिन्न आर्थिक उपार्जनका कार्यक्रम मार्फत पर्नुस्थापन गर्न सकिए मात्र काठमाडौंबाट चोरीको समस्या समाधान गर्न सकिने बताउनभयो ।
यो वर्ष ४ हजार ८ सय ५९ अभियुक्तमध्ये ४ हजार ५ सय ६३लाई पक्राउ गर्न काठमाण्डौं प्रहरी सफल भएको छ । अब काठमाडौंका २ सय ८६ अभियुक्तलाई मात्र पक्राउ गर्न बाँकी रहेको प्रहरीको भनाई छ ।


0 comments
Write Down Your Responses