श्रीमानसँगको रिसमा आफु जल्न खोज्दा छोराको ज्यान गयो
जविराज । श्रीमानसँग रिसाएर सदरमुकाम राजविराजकी एक महिलाले काखे छोरासहित आत्मदाह प्रयास गर्दा छोराको मृत्यु भएको छ भने आमा गम्भिर घाइते भएकी छन् ।घरमा कोही नभएका बेला आत्मदाह प्रयास गर्दा उनका छोरा डेढ वर्षीया प्रिन्स साहको घटनास्थलमै मृत्यु भएको छ।गम्भिर घाइते सकुन्तलाको राजविराज र धरानमा उपचार हुन नसकेपछि काठमाडौं लैजाने तयारी भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
राजविरास्थित अञ्चल अस्पतालको आकस्मिक सेवाका इन्चार्ज सि अहेव आर।के। दियालीले घाइतेको ७० प्रतिशत शरिरको भाग जलेको बताए।
घटनाका बेला सकुन्तलाका श्रीमान् प्रकाश साह घर बन्धकी राखी ऋण उठाउन बैंक गएको र सासु इन्द्रमाला साह घरायसी समान किन्न बजार गएको प्रहरी नायव उपरिक्षक नारायणप्रसाद चिमरियाले बताए ।
कोठाभित्रबाट धुँवा देखेपछि सोही घरमा डेरा लिई बसेकी विद्यार्थी चन्द्रप्रभा यादवले होहल्ला गरेपछि जुटेका रजनीश ठाकुर, बिनोद मण्डललगायतका छिमेकीहरुले ढोका तोडेर घाइतेलाई अस्पताल पुर्या एका थिए।आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।


0 comments
Write Down Your Responses