चीन र ताईवानका राष्ट्रपतिले ६६ वर्षपछि हात मिलाए
२१ कार्तिक,एजेन्सी। केही वर्ष यता तीब्र विवादमा रहेका देश चीन र ताईवानका राष्ट्रपतिले एक अर्कासंग हात मिलाएका छन् । ६६ वर्षपछि दुई देशका राष्ट्रपतिहरुको हात मिलान संभव भएको हो। सन १९४९ मा छु्ट्टिए यता दुइ देशबीचको सम्वन्ध सहज छैन् ।चीनका राष्ट्रपति शि जिनपिङ र ताइवानका राष्ट्रपति मा यिङ ज्युले सिंगापुरमा एक दुर्लभ तथा महत्वपुर्ण वार्ता अघि हात मिलाएका हुन्।
चीनले ताईवानलाई सधै आफ्नो अभिन्न अंग मान्दै आएको परिपृक्ष्य भएको दुइ देशको भेट वार्तालाई अर्थपुर्ण रुपमा हेरिएको छ।
सिंगापुरमा एक होटलमा हुँदै गरेको वार्तामा कुनै सहमतिमा भने हस्ताक्षर नहुने र वार्ता मुलत सम्वन्ध सुधारको संकेतका रुपमा हुन लागेको बताइको छ।
वार्ताअघि ताइवानमा भने केही व्यक्ति दुइ देशबीचको वार्ताको विरोध गरेका छन्। उनिहरुले ताइवान चीनको भाग बन्न लागेको संकेत यो वार्ता भएको भन्दै विरोध प्रदर्शन गरेका हुन्।
वार्ता अघि ताइवानका राष्ट्रपति माले भने चिनियाँ राष्ट्रपतिसंग भेट्नु ठुलो अवसर भएको र यसलाई खेर जान दिन नहुने प्रतिक्रिया दिएका छन्।
उनले गएराति आफु चाँडै नै ओछ्यानमा गएको र कुनै किसिमको ‘नर्भस’ अनुभव नगरेको प्रतिक्रिया पनि उनले दिएका थिए । nepaliheadlines.com
0 comments
Write Down Your Responses