१५ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीले भूकम्प पीडितहरुको उद्धार, राहत र पुनःस्थापनाको काम प्रभावहीन भएको निष्कर्ष निकालेको छ । साथै भुकम्प प्रभावित क्षेत्रमा प्रमुख नेताहरु जाने र उद्धार तथा राहतमा खट्ने एमाओवादीले निर्णय गरेको छ ।
मंगलबार बसेको एकीकृत माओवादीको स्थायी कमिटीको बैठकले भूकम्प पीडितहरुले पानी, औषधि उपचार र त्रिपाल समेत नपाएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।
बैठकपछि एमाओवादी अध्यक्ष प्रचण्डले भने, ‘भूकम्प प्रभावित क्षेत्रमा राहत वितरणमा विभेद भयो भन्ने जनगुनासो आइरहेको छ । हामीले यसलाई गम्भीर रुपमा लिएका छौं । प्रमुख नेताहरुलाई उद्धार तथा राहतको कामका लागि जिल्ला-जिल्लामा खटाउँछौं ।’
भूकम्प गएलगत्तै प्रचण्डले एमाओवादी र ३० दलीय मोर्चाका नेता-कार्यकर्ताहरुलाई राहत, उद्धार र पुनःस्थापनाको काममा खटिन निर्देशन दिएका थिए ।
प्रचण्डले केन्द्रीयस्तरमा सर्बदलीय संयन्त्र बनाउन र राहतलाई पारदर्शी तथा व्यवस्थित ढंगले वितरण गर्न आफूले प्रधानमन्त्रीलाई सुझाव दिएको जानकारी गराए । त्यसका लागि तत्काल व्यवस्थापिका संसदको विशेष अधिवेशन आह्वान गर्नुपर्ने उनले बताए ।
‘मैले प्रधानमन्त्री र गृहमन्त्रीलाई आजै टेलिफोन गरी भूकम्प प्रभावित क्षेत्रमा राज्यको उपस्थिति प्रभावकारी भएन भनेर भनिसकेको छुँ,’ प्रचण्डले भने, ‘सरकारले अहिले गरिरहेको काम अव्यवस्थित भएकाले जनताले राहतको महसुस गरिरहेका छै्रनन् ।’

काठमाडौ, वैशाख १५ - ठूला खाले भूकम्पपछि विभिन्न खाले हल्ला र भ्रम फैलिन्छ । केही असामाजिक, उच्छृंखल, बदमास र अराजक तत्त्वहरूबाट कुप्रचारको प्रयास हुन्छ । आज यस्तो हुँदैछ है । भोलि यति वा उति बजे फेरि जाला जस्तो भ्रम फिँजाएर मज्जा लिनेको कमी हुन्न ।
सबै जना घर छाडेर हिँडेमा चोरी र लुट गर्न सजिलो हुने नियतले पनि यस्तो गरिन्छ । हरेक विकसित, अल्पविकसित र विकसित मुलुकमा विनाशकारी प्रकृति प्रकोपपछि यस्तो अवस्था उत्पन्न हुन्छ । सर्वसाधारणमा अन्धविश्वास सिर्जना गरेर यतिखेर व्यक्तिगत फाइदा लुट्नेको पनि कमी हुन्न ।
यस्तोमा स्वविवेकको प्रयोग गर्नु र भरपर्दो सरकारी तथा गैरसरकारी सञ्चार माध्यमबाट यथार्थ जानकारी लिएर घरभित्र वा बाहिर सुरक्षित व्यवस्थापन गरेर धैर्यतासाथ अघि बढ्नु उचित हुन्छ । हिन्दु पत्रिकाको अनुसार नेपालमा शनिबार गएको भुइँचालो ८० वर्षभन्दा बढीको अवधिमा हिमालय शृंखलाकै सबभन्दा नराम्रो हो । तर, भौगोलिक अवस्था र अहिलेको जनघनत्वको हिसाबले नेपालमा भयावह मानवीय हताहती भए पनि विश्वमा सन १९०० देखि अहिलेसम्म १७ वटा यस्तै प्रकृतिका भूकम्पहरू गइसकेका छन् । यी सब त्यो परिस्थितिमा अप्रत्याशित र असहनीय नै थियो ।
ती मुलुकका बासिन्दा र सरकारले त्यो स्थितिको मिलेर सामना गरी पुनर्निर्माणमा लागेको तथा पुरानै अवस्थामा फर्केको देखिन्छ । सन् १९०६ को ३१ जनवरीमा दक्षिण अमेरिकी मुलुक इक्वेडरको तटदेखि टाढा ८.८ रेक्टर स्केलको भुइँचालोपछि सुनामी जाँदा कम्तीमा ५ सयको मृत्यु भयो । धेरै दिनसम्म यसको प्रभाव रह्यो । प्रविधि र साधनस्रोतको विकासको हिसाबले त्यो बेला उक्त मुलुकका लागि यो अकल्पनीय घटना थियो । विभिन्न आदिवासी समूहको बसोबास भएको त्यो मुलुकमा नागरिकले एक अर्कामा सही सूचनाको परवाह गर्दै एकभएर यसको समाधान गरी स्थितिलाई सामान्य बनाए ।
सन १९२२ को ११ नोभेम्बरमा चिली र अर्जेन्टिनाको बोर्डरमा सुनामीलाई निम्तो दिनेगरी ८.५ रेक्टरको कम्पन गयो । यसबाट चिलीको पूरा समुद्री तट बर्बाद भयो । त्यसैगरी रुसको सुदूर पूर्वको कामचाट्कामा सन १९२३ को फेब्रुअरी ३ मा ८.५ रेक्टरको झट्का गयो । सन १९५२ को ४ नोभेम्बरमा उक्त क्षेत्रमा ९ रेक्टर स्केल तीव्रताको भुइँचालो जाँदा हवाई क्षेत्रमा ९.१ मिटरसम्म छाल उठेको थियो । ईश्वरको कृपा भएमा कसैको केही बिग्रन्न भनेझैं त्यहाँ कुनै क्षति भएन ।
भनिन्छ त्यहाँकावासीले नआत्तिई परिस्थितिको सामना गरे । यसले कम हताहती हुनुका साथै भौतिक क्षतिको पुनर्निर्माणमा सहयोग पुर्यायो । सन् १९३८ को १ फेब्रुअरीमा इन्डोनेसियाको बन्द समुद्रमा माथि उल्लेखित प्रकृतिको भूकम्प जाँदा सुनामी आयो ।
त्यो क्षेत्रमा बस्नेले पहिले तीतो अनुभवबाट पाठ सिक्दै यस्तो परिस्थितिमा एक अर्काको क्षमता र ज्ञानको साटासाट गर्दै अघि बढ्े । तिब्बती प्लेटहरूको गतिविधिलाई नेपालमा भुइँचालो मुख्य कारण मानिन्छ । त्यही तिब्बतमा सन् १९५० को १५ अगस्तमा ८.६ तीव्रताको भूकम्पमा कम्तीमा ७ सय ८० का ज्यान गयो । शोकको त्यो घडीबाट बाहिरिन उनीहरूलाई पनि समय लागेको थियो । तर, सामुदायिक मेलमिलापमा विश्वास राख्ने उनीहरू ढिलोचाँडो पुरानो स्थितिमा पुनरागमन गरे । सन् १९५७ को ९ मार्चमा अमेरिकी राज्य अलास्काको आन्द्रियानोफ द्वीपहरूमा ८.६ तीव्रताको जाँदा १६ मिटरसम्म अग्लो सुनामी गयो ।
सन १९६४ को २८ मार्चमा अलास्कामा ९ रेक्टर स्केलको भूकम्प जाँदा सुनामीमा १ सय २८ सहित १ सय ३१ को ज्यान गयो । सन १९६५ को ४ फेब्रुअरीमा उक्त क्षेत्रमै ८.७ गतिको झट्कामा ११ मिटरसम्म सुनामी उठ्यो । तर, सन् १९६० को २२ मेमा दक्षिण चिलीमा ९.५ तीव्रतासँगै सुनामीले १ हजार ७ सय १६ को ज्यान लियो । यसले चिलीलाई गहिरो शोकमा लग्यो । त्यहाँ महिनौंसम्म कम्पनहरू महसुस भइरहे ।
धेरै दिनसम्म अस्थायी शिविरमा बसेका उनीहरूलेपछि यस्तो अवस्थामा आश्रय लिन सक्ने घरभित्रै मजबुत थलोहरूको निर्माण गरे । घर निर्माणमा वैज्ञानिक मापदण्डमा जोड दिन थालियो । यस्तो खाले प्रकोपको भविष्यवाणी गर्ने संसारमा अहिलेसम्म कुनै यन्त्र वा सूत्रको विकास भएको छैन । त्यही भएर सन २०१० को २७ फेब्रुअरीमा कसैले अनुमान वा भविष्यवाणी गर्नै नपाउँनेगरी चिलीमै ८.८ रेक्टरको झट्कासहित सुनामी जाँदा थप ५ सय २४ ले ज्यान गुमाउनुपर्यो ।
सन् १९६३ को १३ अक्टोबरमा रुसको कुरिल द्वीपमा ८.५ तीव्रताको जाँदा पनि केही भएन । यसबाट सबै भुइँचालोले क्षति नै गर्छ भन्ने होइन । यो कुन ठाउँमा र कसरी गयो भन्नेमा भर पर्छ ।
सन् २००४ को २६ डिसेम्बरमा इन्डोनेसियामा गएको ९.१ रेक्टर स्केलको भूकम्पसहित आएको सुनामीमा दर्जनौं मुलुकमा २ लाख ३० हजारको ज्यान गयो । त्यहाँ पनि धेरै घण्टौं र दिनसम्म झट्का र कम्पनहरू महसुस भए । एक दशकपछि पनि त्यसको प्रभाव कायमै छ । त्यहाँको समग्र आर्थिक तथा सांस्कृतिक वातावरणमा यसको प्रभाव पर्यो । तर, त्यहाँ दलीय स्वार्थ र जातीय द्वन्द्वलाई थाँती राखेर सबैजना मुलुक बनाउनमा लागे । एक दशकमै त्यहाँको सामाजिक, सांस्कृतिक र ऐतिहासिक धरोहरलाई पुरानै अवस्थामा फर्काइयो ।
सन् २००५ को २८ मार्चमा इन्डोनेसियाकै उत्तरी सुमात्रामा ८.६ रेक्टर स्केलको शक्तिशाली झट्काले थप १ हजार ३ सयको ज्यान लियो । जानिफकारहरूका अनुसार यसअघिको अनुभवका कारणले पूर्व सतर्कता र सचेतनाका कारण त्यहाँ कम क्षति भएको थियो । पटक–पटकको भुइँचालोले जमिन र घर दुवै कमजोर भएकाले यसले निरन्तरता लिन सक्छ । सन् २००७ को १२ सेप्टेम्बरमा सुमात्रामै ८.५ रेक्टरको भुइँचालोमा फेरि २५ को ज्यान गयो ।
अनेक थरी ज्ञान, विज्ञान र प्रविधियुक्त अहिलेको समयमा पनि भूकम्पको त्राही जारी छ । २०११ को ११ मार्चमा जापानको उत्तरपूर्वी तटदेखि टाढाको क्षेत्रमा ९ रेक्टरको भुइँचालोमा १८ हजारभन्दा बढीको मृत्यु भयो । संवेदनशील भौगोलिक वनावटका कारण जापानमा भूकम्पको लामै इतिहास छ । अति विकसित र उच्च प्रविधिमा राम्रो पहुँच राख्ने जापानले पनि यसको भविष्यवाणी गर्न वा रोक्ने उपाय खोज्न सकेको छैन । उसले भूकम्प प्रतिरोधक भवन निर्माण र नागरिकबीच सही जानकारी प्रभावमा जोड दिएको छ ।
बुझ्नुपर्ने के छ भने तटीय वा सामुन्द्रिक क्षेत्रमा भूकम्प जाँदा मौसमविद्हरूले सुनामीको चेतावनी जारी गर्नसक्छन् । तर, उनीहरूसँग भूकम्पको पूर्व र किटान भविष्यवाणी गर्ने क्षमता वा हैसियत छैन । यस बारेमा अहिलेसम्म खोज जारी नै छ । उदाहरणको रुपमा सन २०१२ को ११ अप्रिलमा इन्डोनेसियाकै उत्तरपूर्वी सुमात्रामा ८.६ तीव्रताको भूकम्प जाँदा अन्तर्राष्ट्रिय विद्हरूले दुई दर्जनभन्दा बढी मुलुकहरूमा सुनामीको चेतावनी जारी गरे । तर यसअघि नै भूकम्प जाने भविष्यवाणी गर्न सकेनन् । त्यसैगरी भूपरिवेष्ठित राष्ट्रहरूमा पनि भूकम्प आउने वा नआउने किटानी गर्ने कुनै संयन्त्र छैन ।
विश्वको जुनसुकै कुनामा किन नहोस्, रहस्मय प्रकृति प्रकोप भुइँचालो जाँदा सबैको अनुभव उही हुन्छ । आफैंलाई पर्दा बढी पीडा हुनु स्वाभाविक हो । मनन गर्नैपर्ने कुरा के छ भने यो जहाँ र जतिसुकै बेला जानसक्छ । तर, कमजोर भवन निर्माण र हतास एवं हतारमा उम्कन खोज्दा ज्यान जाने हो । घरभित्र र बाहिर हामी जुनसुकै परिस्थितिमा रहेको बेला पनि यो प्रकोप आइलाग्न सक्छ । त्यस्तोमा एक छिन सोचेर पाइला चाल्नु उपयुक्त हुन्छ । कुनै पनि घटना भएपछि वा हुन थालेपछि आत्तिएर वा छटपटिएर वा चिच्याएर समाधान निस्कन्न । त्यसका लागि सोचविचार गर्नैपर्छ । सरकारले मित्र एवं छिमेकी राष्ट्रहरूसँग सहयोग मागेझैं हामी पनि नजिकको छरछिमेक र स्थानीयको सहयोगले हातेमालो गर्दै अगाडि बढ्न सक्छौं ।
(एजेन्सीहरूको सहयोगमा)

काठमाण्डु, १५ वैशाख – मंगलबार बिहान ५ बजेर ५ मिनेट जाँदा रसुवा आसपास केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प गएको छ ।
त्यसअघि गोरखा केन्द्रबिन्दु बनाएर बिहान ४ बजेर ११ मिनेट जाँदा ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
योसँगै अहिलेसम्म चार रेक्टरभन्दा माथिको ९८ वटा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।
उनका अनुसार मंगलबार बिहान मात्र पाँच वटा भूकम्प गएका छन् । सोमबार २४ घण्टाभित्र १३ वटा भूकम्प गएका थिए । रासस

१५ वैशाख, काठमाडौ । भूकम्पको त्रासदी कम भएको भूकम्पविद्हरुले बताइरहे पनि पछिल्लो १० घण्टामा काठमाडौ आसपासकै क्षेत्रमा ५ पटक भूकम्प गएको छ ।
दुई घण्टाअघि काठमाडौमा ४.३ म्याग्नेच्यूटको भूकम्प गएको छ भने चार घण्टाअघि काभ्रेको बनेपामा ४.३ म्याग्नेच्यूटको भूकम्प गएको छ भने सोही समयमा काठमाडौको कीर्तिपुर केन्द्र बनाएर ३.९ म्याग्नेच्यूटको भूकम्प गएको छ । तीनै पटकको भूकम्प १० किलोमिटर गहिराईमा गएको थियो ।
यस्तै, चितवनको भरतपुरमा ७ घण्टाअघि ४.८ र १० घण्टा अघि पुनः कीर्तिपुर केन्द्र बनाएर ४.५ म्याग्नेच्यूटको भूकम्प गएको छ । भूकम्पको त्रासदी अहिले पनि उस्तै रहेपछि काठमाडौबासीहरु अझै घर फर्किन सकिरहेका छैनन् ।

भक्तपुर घर भई हाल अमेरिकाको न्युयोर्कमा बस्दै आएका विष्णुमान महर्जनले १४ जना परिवारिक सदस्य गुमाउँछु भनेर कल्पना समेत गरेका थिएनन् होला। तर, दैव संजोग यस पटकको भुकम्पले १४ जनाको उनको परिवार चुडेर लगेको छ।
जसको पीडाले उनी कसैसँग दोहोरो सम्वाद गर्न गाह्रो भएको छ। उनलाई भेट्न भीड लाग्ने गरेको छ। उनको जीवनमा भुकम्पको ठूलो वज्रपात परेपछि उनी आईतवार नेपाल फर्केका छन्।
धार्मिक कार्य गरिरहेको वेला जम्मा भएका उनका पारिवारिक सदस्यहरुले उनलाई सधैको लागि छोडेर गएका हुन्। अहिलेसम्मकै पीडादायी यो घटनाले अमेरिकामा वस्ने सवैलाई स्तव्ध वनाएको छ । दुईदिनदेखि न्युयोर्कस्थित रिजउडमा वसिरहेकी दुर्गा अधिकारीका आँखामा आँसु रोकिएको छैन्।
सामाजिक सन्जाल र टेलिभिजनका दृष्यले उनी भक्कानिएको देख्न सकिन्छ। श्रीमान र छोराका साथ यहाँ वसिरहेकी उनी नेपालमा रहेका तीन छोरीहरुलाई सम्झेर दिनरात सुत्न नसकेको बताईन्।
यो दुवै अवस्थाबाट यहाँ वस्ने नेपालीहरु गुज्रिरहेका छन्। पीडालाई कम गर्दै उनीहरु एक ठाउँमा भेला भएर शान्तिको लागि दीप प्रज्ज्वलन गरिरहेका भेट्न सकिन्छ। हिजो शनिबार न्युयोर्कको ज्याक्सन हाईटस्थित डाईभर्सिटी प्लाजामा जम्मा भई उनीहरूले दीप प्रज्वलन गरे। हातमा भुकप्म भग्नावेशष पोष्टर र मैन वत्ति लिएर प्रार्थना गरे जुन दोस्रो दिनसम्म जारी छ। यस वाहेक विभिन्न ठाउँहरू वाल्टिमोरदेखि वेष्टकोष्ट क्यालिफोर्नियासम्म यसप्रकारका गतिविधिहरु देख्न सकिन्छ। जसमा नेपालीसहित विदेशी समुदायहरुको उपस्थिति भेटिन्छ। ज्याक्सन हाईटमा आयोजित दीप प्रज्ज्वलन कार्यक्रममा यहाँस्थित काउन्सिल मेम्वर डेनिल डम लगायत विदेशी मिडियाहरू पनि उपस्थित थिए।
लगातारको भुकम्प र त्यसको क्षतिले उनी एक ठाउँमा जम्मा भई प्राथना गर्ने र चन्दा संकलन गर्ने कार्यहरु पनि शुरु गरेका छन्। एनआरएन अध्यक्ष खगेन्द्र जिसीले भुकम्पका कारण भएको मानिविय क्षतिप्रति गहिरो समवेदना प्रकट गर्दै एउटा भेला डाके र भुकम्प पीडितहरुको लागि आर्थिक संकलन शुरु गरेका छन्।
यतिखेर अमेरिकास्थित सवै नेपाली संघ संस्थाहरु पीडितहरुको लागि आर्थिक संकलन गरिरहेका छन्। विभिन्न संघ संस्थाहरुले आर्थिक संकलन कार्य गरेकोमा एनआरएन अमेरिकाले सवैलाई सम्वन्वय गरि एक मुष्टरुपमा सहयोग नेपाल पुर्याउने कार्यक्रम भएको बताईएको छ । पछिल्लो समय सम्म २० हजार भन्दा माथी रकम जम्मा भैसकेको वताईएको छ।
२०१० सालको जनगणनाले यहाँ वस्ने नेपालीहरुको संख्या ६० हजार जति वताएपनि २ देखि ३ लाख नेपालीहरु वसेको अनुमान गरिन्छ।

काठमाडौ, वैशाख १५ - सोमबार बिहान ८:३० बजे । गोगबु बसपार्कमा मेला लागेको जस्तै थियो । हजारौं मानिस थुप्रिएका थिए । काठमाडौंमा भूकम्पबाट त्रसित उनीहरु सबैको एउटै उद्धेश्य थियो, छिटोभन्दा छिटो सवारीसाधन समात्ने र भूकम्पीय हिसाबमा जोखिम काठमाडौं उपत्यकाबाट बाहिरिनु थियो ।
धादिका ३० वर्षिय विशाल सिलवाल त्यहि हुलमा झोला बोकेर सवारी साधन कुरिरहेका भेटिए । तर सवारीसाधन प्रयाप्त नहुदा उनले विहान ६ बजेदेखि गाडी कुरिरहेका थिए । उनले भने, 'घर परिवार उत्तै छ । यहा बसेको घर भत्कियो । यहा अझै भूकम्पको जोखिम देखिएको छ । परिवारलाई उता केही भएको छैन । म पनि त्यतै गरेर सुरक्षित हुन्छु ।’
विशालमात्र होइन, सुनसरीका सोमत राई, सिन्धुलीका वीरबहादुर बमजन, इन्द्रबहादुर घिसिङ, मकवानपुरका रोमी सेडाई पनि हजारौ यात्रु जस्तै घर जान आतुर थिए ।
सरकारले उपत्यकाबाट बाहिर जाने र बाहिरबाट आउने यात्रुबाहक सवारीसाधनको तत्कालका लागि ७ दिन रुटपरमिट खारेज गरेको छ । मुलुकमा महाभूकम्पको असरले गर्दा राजधानी बाहिर जाने मानिस बढेपछि यातायात व्यवस्था विभागले उपत्यका आउन र जाने सम्पूर्ण सवारी विना रुट परमिट जान आउने पाउने भएका हुन् ।
यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्टिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजुुदुर संगठन र नेपाल यातायात मजदुर संघको सयुंक्त रुपमा बसेको बैठकले सोमबार यात्रुलाई सहज रुपमा सेवा दिन संमन्वयन गर्ने निर्णय गरेका हुन् ।
व्यवस्था विभागका महानिर्देशक मधुसुदन ब्रुर्लाकोटीले सोमबार राजधानी बाहिरबाट दुई सयभन्दा बढी यात्रुबहाक सवारी हिडेको बताए । सवारी साधनले बढी भाडा लिएमा तत्काल कारवाही हुने भनिएको छ । महानिर्देशक ब्रुर्लाकोटीको नेतृत्वमा रहेको केन्द्रिय अनुगमन समितिले निरिक्षण गर्ने छ । काठमाडौं आउने र जाने सवारीको टाफिक प्रहरीले सम्पूर्ण रेकर्ड राख्ने निर्णय भएको छ ।
बैठकमा महानिर्देशक बु्रर्लाकोटीसहित यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला, टाफिक प्रहरीका एसएसपी गणेशबहादुर गुरुङ, नेपाल याताया स्वतन्त्र मदजुर संगठनका महासचिव भिमज्यावा राई र नेपाल यातायात मजदुर क्षेत्रिय संघका अध्यक्ष जगनाथ गौतम थिए ।
कंलकीमा पसल गरेर बस्ने सोमत राई छिटो भन्दा छिटो घर जान चाहन्थे. । करिब ११ बजे भेटिएका उनले भने, यता बचिन्छ कि बचिन्न थाहा छैन । सुनसरीमा गएमा त खुला क्षेत्र छ, सहजै बच्न सकिन्छ । उनले कलंकीमा व्यवसाय गर्ने गरेको घर भूकम्पका कारण भासिएको थियो ।
सिन्धुली बेसारेका वीरबहादुर बमजन सवारी साधन नपाएपछि हिडेरै घर जाने तयारीमा भेटिए । बीपी लोकमार्गमा सवारी साधन नचलेपछि ३ दिन लगाएर हिडेरे जाने उनले बताए । जग्गा प्लानिङमा पर्खाल लगाउने डकर्मीको काम गर्ने उनले भने, े भुइचलो आउछ भन्ने डरले घर जान लागेको हो ।सिन्धुली रानी चुरीका इन्द्र घिसिले परिवारको चिन्ता र राजधानीमा खतरा बढिरहेकोले जान लागेको बताए ।

काठमाण्डु, १४ वैशाख– शनिबार मध्यान्ह ११ः५५ बजे देशका विभिन्न भागमा आएको विनाशकारी भुकम्पमा परी देशभर ३७२६ जनाको मृत्यु भएको छ भने ६९४४ जना घाइते भएका छन् ।
देशभर भएको मृतक र घाइतेको विवरणः उपत्यकामा मृतकको संख्याः काठमाण्डु ९१४, भक्तपुरमा २३६ ललितपुर १५५ उपत्यकामा घाइतेको संख्याः काठमाण्डु २४०० भक्तपुर ९६६ ललितपुर ८६९ उपत्यका बाहिर मृत्यकको संख्याः पूर्वी क्षेत्रमा ५० मध्यक्षेत्रमा २१३८ पश्च्मि क्षेत्रमा २३१ मध्य पश्चिम क्षेत्रमा २ उपत्यका बाहिर घाइतेको संख्याः पूर्व क्षेत्रमा ११० मध्यक्षेत्रमा २२८१ पश्चिम क्षेत्रमा २९८ मध्य पश्चिम क्षेत्रमा २० घाइतेमध्ये मध्यपश्चिम क्षेत्रमा ३ जना उपचार पश्चात डिस्चार्ज भएको प्रहरीले बताएको छ । सोमबार दिउँसोसम्म काठमाण्डुमा ७०६, भक्तपुरमा २३२, ललितपुरमा १५२, पूर्व क्षेत्रमा २९, मध्यक्षेत्रमा १८५७, पश्चिम क्षेत्रमा १३३ र मध्य पश्चिम क्षेत्रमा २ जनाको शव बुझेको प्रहरीले बताएको छ ।

भारतीय वायु सेना र नेपाली सेनाको टोलीद्वारा उद्धार गरी काठमाडौं ल्याइएकी महिला र उनको बच्चा । तस्वीर : एपी
१४ वैशाख, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले ८२ बर्षपछि नेपालमा आएको शनिबार आएको महाभूकम्पले भएको विनास पछिको व्यवस्थापन ठूलो चुनौतिको रुपमा रहेको बताएका छन् । उनले हाल भैरहेको उद्धार, राहत र पुनःस्थापनाको काम प्रभावकारी नभएको स्वीकार समेत गरे ।
संविधानसभा अध्यक्ष सुभाषचन्द्र नेम्वाङले व्यवस्थापिका संसद सचिवालय सिंहदरबारमा सोमबार आयोजना गरेको संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलहरुको सामूहिक बैठकमा प्रधानमन्त्री कोइरालाले सो धारणा राखेका हुन् ।
अध्यक्ष नेम्वाङले मुलुकमा महाविपत्ति आएको बेलामा यसको व्यवस्थापन गरी पीडितहरुको उद्धार, राहत, पुनःस्थापना र पुनर्निमाणलाई गतिदिन विधायीकालाई पनि सक्रिय पार्ने उद्देश्यले बैठक आयोजना गरेका थिए ।
सो बैठकमा प्रधानमन्त्री कोइरालाले भने, ‘यो ठूलो चुनौति हो, लरतरो हैन,’ उनले भने, ‘सबै ठाँउबाट उद्धारको अनुरोध आएको छ । तर पर्याप्त उपकरण र उद्धार विशेषज्ञहरुको अभावमा एक साथ धेरै स्थानमा उद्धारकार्य अगाडि बढाउन सकिएको छैन ।’
प्रधानमन्त्री कोइरालाले यो महाविपत्तिबाट पीडित नेपाली नागरिकको उद्धार, राहत र पुनस्थापनाको कार्यमा सरकार संवेदनशील भएको पनि बताए । यो दुःखद घडीमा सबै नेपालीले मन बचन र कर्मले सहयोग गर्नुपर्नेमा जोड दिए ।
यो आकस्मिक चुनौतिको सामनाका सम्बन्धमा सरकारले सर्वदलीय बैठक गरेर समन्वित ढंगले काम गरिरहेको जानकारी उनले गराएका थिए । प्रधानमन्त्री कोइरालाले प्रभावित क्षेत्रमा टेण्ट, खानेपानी, खाद्यान्न, औषधी, चिकित्सक एवं स्वयंसेवकहरु पठाउने काम भैरहेको जानकारी दिए ।
घाइतेहरुको स्वास्थउपचारको लागि रगत अभाव हुन नदिन रक्त संकलनका लागि सबै राजनीतिक दलहरुबाट आह्वान भएको र राष्ट्रिय विपत्तिकोबेला विदेशी मित्र राष्ट्रहरुले आर्थिक, भौतिक र स्वयसेवी एवं उद्धारकार्यमा दक्ष जनशक्ति पठाएर सहयोग गरिरहेकोमा प्रधानमन्त्रीले सन्तोष व्यक्त गरे ।
१४ वैशाख, काठमाडौं । बालाजुको माछापोखरीस्थित लुम्बिनी गेष्ट हाउसको ध्वस्त भवन भित्रबाट एक महिलाको जीवितै उद्धार गरिएको छ ।
विनाशकारी भूकम्पको पहिलो धक्कामै ढलेको लुम्बिनी गेष्ट हाउसको ध्वस्त संरचनाभित्र सशस्त्र प्रहरीले उद्दार गर्ने क्रममा पुरिएको ४८ घण्टापछि ती महिलाको जीवितै उद्धार गरिएको हो ।
घाइते अवस्थामा भेटिएकी महिलालाई उपचारका लागि बालाजुको जनमैत्री अस्पतालमा भर्ना गरिएको सशस्त्र प्रहरीले जनाएको छ । यसैबीच सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले घाइतेलाई उद्धार गरेर राखिएका विभिन्न अस्पतालको निरीक्षण गरि उपचारमा कुनै कमी हुन नदिन आग्रह गरेका छन् ।
भूकम्पका कारण घर छाडेर विभिन्न स्थानमा बस्दै आएकाहरुमा सरुवा रोगहरुको खतरा बढेको छ ।
शनिबार विहान ११ बजेर ५६ मिनेटमा ७.८ रिक्टेर स्केलको भूकम्प गएको थियो । त्यसपछि पनि पटक पटक भूकम्पको धक्का महसुस भएपछि अधिकांश मानिस घर बाहिर बसेका छन् ।
घर आसपासका खाली ठाउँमा मानिसहरु त्रिपालमा बसेका छन् । टुँडिखेल, संविधानसभा भवन लगायत खुला ठाउँहरुमा पनि मानिसहरु पाल टाँगेर बसेका छन् ।

१४ वैशाख, काठमाडौं ।
संविधानसभाका सदस्यले भूकम्प पीडितका लागि एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन् ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको आग्रहमा सो निर्णय गरिएको हो । संविधानसभामा हाल कायम रहेका सदस्य सबैले सो सहयोग गर्नुपर्ने छ ।
सभाध्यक्ष नेम्वाडका अनुसार त्यसरी प्रदान गरिने सहयोगको राशि रु दुई करोड ५८ लाख २५ हजार ७७० हुनेछ । त्यसमा विपक्षी दलका नेता, विभिन्न समितिका सभापतिको पारिश्रमिकसमेत जोडिएको छ ।

१४ वैशाख, काठमाडौँ ।
प्रि–मनसुनसँगै स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको छ ।
खासगरी पहाडी भेगमा मेघ गर्जनसहित साँझपख अझै तीनदिनसम्म निरन्तर वर्षा हुने मौसमविद् वरुण पौडेलले जानकारी दिए ।
दिउँसो मौसममा केही सुधार आउने र साँझमा एक÷दुई घन्टा पुनः वर्षा हुने उहाँले बताउनुभयो । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा हालसम्म ४.५ मिलिमिटर वर्षा भएको छ ।
मौसमविद् पौडेलले प्रिमनसुनको समय भएकाले वर्षा हुने सामान्य र नियमित प्रक्रिया भएको र भूकम्पसँग यसले कुनै सरोकार नराख्ने भएकाले पानी पर्दैमा नआत्तित सर्वसाधारणलाई आग्रह गरे ।
भूकम्पका कारण राजधानी उपत्यकाका तीनवटै जिल्लामा खुला स्थानमा बसेका सर्वसाधारणलाई आइतबार साँझ परेको झरीले निकै सास्ती दिएर त्रासदीपूर्ण वातावरण सिर्जना गरेको थियो ।
ठूलो समूहमा पालमुनि बसेका सर्वसाधारणलाई पानीले निकै सास्ती दिएको थियो । आज पनि अधिकांश सर्वसाधारण भूकम्पको त्रासले खुला स्थानमा बसिरहेकाले पानी परेमा निकै सास्ती व्यहोर्नुपर्नेछ । रासस

९० सालको भयानक भूकम्पले हाम्रो प्यारो जन्मभूमि नेपालमा ठूलो उत्पात गरेको साढे चार वर्ष भयो। त्यो उत्पातमा असंख्य धन र जनसमेत धेरै नाश हुन गई के ठूला, के साना प्रायः सबैलाई ठूलो आपत् आइपरेको थियो।
परिआएको दुःख धैर्यबलले सम्हाली हुन सकेसम्मको उपाय गर्नु संकटबाट पार हुने बाटो हुनाले पहिलो अवस्थामा पुरिएका मानिसलाई खनी खोस्री झिक्ने, बचाउने, घाइतेहरूलाई औषधिको प्रबन्ध गर्ने, निराश्रय र निर्वस्त्र भई अलपत्र परेकालाई अन्न, बस्त्र, कम्बल दिने, बस्ने ठाउँ नपाई रहेकालाई पाल्न छाप्रो टहरो बाँस रबर टिन पाता इत्यादि पुर्याई दिने, नपाइरहेकालाई पाल छाप्रो टहरो बाँस खर टिन पाता इत्यादि पुर्याइदिने, पुरिएका धनमाल उकासी भत्केका घरको मानमत्ता रक्षा गरिदिने समेत झटपट हुनुपर्ने, काम पल्टन समेत लगाई चाहिने कुराको हारगुहार सहायता इत्यादि जेजे काम भएको थियो सबैलाई थाहै छ।
भताभुङ्ग लथालिङ्ग भएका घरवास फेरि खडा गरी सबैले चाँडो विश्राम गर्न पाऊन् भन्ना निमित्त यहाँ चार भञ्ज्याङभित्र र पहाड मधेसको समेत जंगल खोलिदिइ दुनियाका निमित्त लखन रुपैयाको काठपात बेदाममा छोडियो।
ठाउँठाउँ भट्टा बनाई पोलाएको करोडन इट, गोदाममा मौजाद रहेको, हजारन लकडी, देशबाट झिकाएको टिन पाता किलाकाँटाहरू सरल मोलमा पाउने प्रबन्ध पनि भयो।
नेपालमा भएजति कालीगड पनि पहिले दुनियाका निमित्त छोडिए। भत्किई बिग्रिई खण्डहर सरह शून्य उदासलाग्दो भइरहेका सहर गाउँहरूमा ठाउँठाउँ थुप्रिरहेको र सडकको र दुनियाका नासिएका घरको माटोसमेत भर्ती कुल्ली राखी फ्याँक्न लगाइयो।
फण्ड खोली दिनहीन दुःखीहरूलाई त्यसबाट बक्स पाउने बन्दोवस्त पनि हुन गयो। सानाठूला सबैलाई एकै बाजी त्यस्तो ठूलो भूकम्पको मारबाट उठ्नलाई फण्डबाट मात्र नपुग्ने, थातवासको कुरा हुनाले पर्खिरहन पनि नहुने, दाम नभए सानोतिनो काम पनि टक्कै अड्कने, पुगिसरी आउनेहरूसँग पनि सबैका घरमा नगद महजुद नरहने खोजमेल गरुन् भने अर्कालाई पनि उस्तै परिरहेको, ऋण काढ्नातिर लागून् भने स्वार्थी सुदखोरहरू पहिले त्यस्तो अवस्थामा पत्यारै नगर्ने, पत्याइहाले भने पनि ऋणीलाई संकष्ट परेको मौका छोपी बेढव बढी व्याज घीउ खानी खोज्ने भई दुःखीहरूमाथि दुःख थपिन जान भई धेरैजसोलाई आर्थिक संकट पर्न जानाले शोचनीय अवस्थामा रहिरहनुपर्ने भएको देखिँदा तिनीहरूलाई त्यो संकटबाट उकास्ने महलवसरि बिना व्याजमा चार वर्षको भाखा गरी सापट दिनानिमित्त मोरु पचास लाख रुपैया पर सारियो त्यसमध्ये मोरु २९८२३१-६२ सापटीको रुपमा गयो।
यी सबै प्रम्बन्ध र मद्दतबाट भूकम्पपीडित सबैले उत्साह बढाई थोरै समयमा नै सुविस्तैसँग आफ्नो थातबास तयार गरी जहान बच्चा मालमत्ता थान्को लगाई आनन्दसँग बस्न पाई आफू अरु उद्योगधन्दातिर लाग्न पाए त्यति मात्र होइन, कसैले त साविक दुईतलेको तीनतले, तीन तलेको चारतले पुराना छाँटकाँटको ठाउँमा नयाँ छाँटकाँटको ठूलो र सुविस्ताको घर तयार गरेका छन्।
देवालय पाटी पौवाहरू पनि धेरै नै बने यति हुन गएकोले अैले देख्ने नया मानिसले हेर्दा नेपालमा भूकम्पको मार त्यत्तिको भएको थियो के त भनेजस्तो दृश्य प्रत्यक्षै देखिरहेछ। यतिसंम यति चाडो हुन सक्नु सानो सन्तोषको कुरा होइन। भूकम्पको त्यत्रो मारमा परेको नेपाल आफ्नै बलले फेरि यति चाँडो खडा भयो भन्ने कुरा छापामा छापिएको तिमीहरू सबैले देखे सुनेकै होलाऊ।
कोहीकोही जंगी निजामति जागिरदार रजौटाप्रोहितहरूले तम्सुक लेखी संस्थातर्फबाट सापट लिएको रुपैयाँ कसैले आफ्ना जागिरबाट कटट गराई कसैले आफ्नै घरघरानाबाट ल्याई बुझाइसकेका छन्। ती जागिरदारमध्ये धेरै ऐले पनि जागीरैमा बहाल छन् तापनि तिनीहरूले सोधभर्ना गर्नालाई आधा पेटमा गुजारा गर्नु परेको पनि सम्झीराखेकै छु।
त्यो दैवी दुर्घटनामा भत्केका घर पर्खालले मिची अकाल मृत्यु भएकाहरूको आत्माको शानित र उद्धारको खातिर आफूले महाकाली किनारामा गरेको सहस्र गोदानको पुण्य अर्पण र सप्ताह लगाउने काम पनि भयो शास्त्रानुसार तिनीहरूको अवश्य उद्धार हुन गई तिन्को परत्र सुध्रन गएको हुनुपर्दछ दुर्गतिको लक्षण पनि केही कतै देखिदैन सुनिदैन।
आफ्ना इच्छाले श्रद्धा गरी अर्पण गर्न ल्याएको द्रव्य यस काममा उठेको फण्डमा राखिदिने बन्दोबस्त भएकोले कुल जम्मा मोरु १०७४६१३-७९ नोटकंरु २७३३१।।.।।३ आएको हो त्यसमध्ये नानी नानी कमान्डर इनचीफ जनरल पद्मशंशेर जंग–राणा र नानी फ.क.ज. मोहनसंशेर जंग राणा प्रवृत्ति ६ जना (फ.क.ज. बबरसंशेर, द.क.ज. केसरसंशेर, ज. सिंहसंशेर, ज. कृष्णसंशेर, ज. शंकरसंशेर) हाम्रा भतिजाहरूतर्फबाट र सीताभवन महारानी भाउजू औ हामी र हाम्रा बडामहारानीबाट गरी दश लाख चालीस हजार मोरु जम्मा हुन आयो, विदेशमा रहेका नेपाली र नेपालमा रहेका गुरुपुरोहित भारदार दुनियाबाट र नेपालमा रहेका विदेशीहरूबाट गरी मोरु ३४९१३।७९ नोटकंरु ४२९४।। चन्दा आएको थियो।
स्नेहले विशेष सहानुभूति प्रकट गरी बृटिश जापानी हिन्दुस्थानी सज्जनहरूले पनि नोटकंरु २३०३७।२।।३ पठाएका थिए । सो आएको जम्मै दाम फण्डमा जम्मा हुन गएको छ।
यो फण्डबाट यहाँ नेपाल खाल्डाका र पहाडका समेत अकिञ्चन दीनदुःखीहरूलाई जिल्लाजिल्ला गाउँगाउँसम्म डोर पठाई अन्न बस्त्र बाँड्ने, ब्यु मासिएकालाई ब्यु दिने, दुनियादारको भत्केको घर छाप्रो कटेरा बनाउनलाई दाम दिने माटो मिल्काइदिने इत्यादि काममा गरी जम्मा मोरु ५४४४।६८ नोट कंरु ३८४२।।। खर्च भइसकेको छ।
सोबाहेक भूकम्पले भत्केको बिग्रेका देवदेवालय पाटी पौवाहरूको जीर्णोद्धारको खर्च, भूकम्पोद्धारसम्बन्धी काम गर्नालाई नया थप भएका कामदार कारिन्दाहरूको तलब मसलन्द रेलभाडामा भएको खर्च अधी फण्डतर्फबाट भइरहेको थियो तापनि तिमीहरूलाई मद्दत र सुविस्ता होओस् भन्ने मनसायले सो खर्च पनि सरकारतर्फबाटै गर्ने बन्दोबस्त मिलाएकाले अब फण्डपट्टी नोट कंपनीको पनि मोहरै गरी जम्मा मोरु ५६०९५६। बाकि रहने गराई सापटीवाला तिमी दुनियाहरूलाई पाटीमा सोधभनी गरिदिने बन्दोबस्त गरिएको छ।
प्यारा प्रजा हो
यस्तो दैवी चोट हामीलाई मात्र परिआएको होइन, कालचक्रको हेरफेरले अन्तअन्त पनि परेको सुनिएकै छ। त्यस्तो परि आउँदा त्यहाँका वासिन्दाहरूले धैर्यधारण गरी दुःखबाट शिक्षा लिई उद्योगधन्दातिर झन् मन बढाई आफ्नो आँत र मेहनतको जोरले ती अघिभन्दा बलिया भई निस्कने गर्दछन्।
यही नेपालमा पनि शक्ति सिंहदेवका पालामा भूकम्पको उत्पात् भएको थियो भन्ने इतिहासको लेख देखिन्छ। त्यत्तिको टाढाको के कुरा सय वर्ष अगाडि १८९० सालमा पनि यस्तै उत्पात्ले धेरै धनजन घर देवालय सहरको नास गरेको रहेछ।
त्यसबेला ती भूकम्पले पछारिएका प्रजाहरू केवल आफ्नै आँट र उद्योगका जोरले फेरि उक्सिएका थिए भन्ने पनि बुझिन आउँछ। यी कुराहरूले सदा सर्वदा उद्योगमा दत्तचित्त भई प्रजा प्राणीहरूले आफ्नो जीवन सुजीवन बनाउँछु र स्वावलम्बी भई आफ्नो देशको उन्नति गर्नु असल मार्ग हो भन्ने देखाइरहेको छ।
दैवी विपत् परी हानिनोक्सानी भएमा सो हानिको पूर्तिको लक्ष्य गरी विशेष परिश्रम लगाई उद्योग गर्नतिर नलागे अघिका परिस्थितिसम्म पुग्न पनि गाह्रो हुने हुन्छ । उद्योगधन्दाको ख्याल सुखमा भन्दा दुःखको अवस्थामा हुने गर्छ।
सांसारिक जीवनमा सँधै सुखको दिन मात्र आइरहँदैन केहीले कस्तै परि आउँदछ, कहिले कस्तै मुलुकमा लडाइँभिडाइको काम परि आयो भने अवस्था अनुसार जस्तो परिआउँदा सो बेहोरी मिठोमसिनोको ख्याल छोडी स्वास्थ्यलाई हानि नगर्ने रुख्खासुख्खा सादा चीज जो पाइन्छ, त्यो पनि आधा पेट खाएर निर्वाह गरी जुन काम गर्नाले आफ्नो मुलुकको परिस्थिति सप्रने र आफ्नो तरफको भलाइ पनि हुने हुन्छ, त्यतैतिर ती मुलुकका प्रजाहरू लाग्ने गर्छन् जस्तो लडाइँ भिँडाइ, उस्तै देशमा परिआएको दैवी दुर्घटना पनि दैवी लडाइँजस्तो हो।
अकस्मात् त्यस्तो दैवी परिआएपछि घरबास तयारी गरी जहानबच्चाको थान्को लगाउनामा दत्तचित्त भएझैं तिमीहरूले क्षतिपूर्तितिर जाँगर बढाई उद्योगधन्दामा लागी मितव्ययीको बानी बसाली सकेसम्म चाँडो स्वावलम्बी हुने, धन्दामा पनि दत्तचित्त हुने बेला थियो।
अवस्थाअनुसार खस्रोधस्रो लगाई रुख वा सुख्खा खाईकन पनि निर्वाह चलाई, सौखिनी फजुल खर्च घटाई, खेतीवालाले अन्नको उब्जा बढाउने, एक बाली हुनेमा २-३ लगाउने र बढी दाम आउने वस्तु पैदा गर्ने, कपडा बुन्नेले बढी कपडा बुनी तयार गरी सो तयार भएका मालको प्रचार बढाउने, गाइवस्तु पाल्नेले त्यसतर्फको उन्नतिमा लाग्ने, व्यापारीहरूले व्यापार बढाउने, शिल्पकार कालिगडहरूले शिल्प र कालिगडी काम तर्फ विशेष यत्त्र पुर्याउने, यस्तै अरु जजस्को जुनजुन काम छ उसमा हौसला बढाई परिश्रम साथ उद्योगधन्दातिर लागे त्यसबाट बढी आर्जन गरेको धनले आफ्नो निर्वाह चलाई थोडबहुत जो सकिन्छ साँच्दै जन सकिने भई देशमा उद्योग बढे देशको पैसा देशैमा रहने र अरु तरहबाट आफ्नो भलाई साथसार्थ देशको पनि भलाई हुने कुरा जानेबुझेकै होलाऊ, नजान्ने नबुझ्नेले पनि जान्नुबुझ्नु योग्य छ।
यही मितव्यायी हुने स्वावलम्बी हुने तरफ अर्थात् चाहिँदो बाज्जी मात्र खर्च गर्ने र, आफ्नो भरमा आफू उभ्भिन सक्ने सद्रुणतर्फ हाम्रा प्यारा प्रजाको चित्त आकर्षण गर्नखातिर भूकम्पपछि कुनै बेजरुरी देखिएको वस्तु देशदेशान्तरबाट आउनै बन्द गर्ने, कुनै अनावश्यक वस्तुमा भन्सार बढाउने, कुनै आवश्यक वस्तुमा घटाउने गरेको र, उद्योगपरिषद् स्थापन र स्वदेशी चीजको प्रदर्शनी आदिको प्रबन्ध गरी बाटो देखाउने उपाय पनि भएको हो।
विचार गर, मुलुकको उन्नति र अवनति त्यहाँका बासिन्दा प्रत्येकको आत्मीक बलको उन्नति र अवनतिसँग सम्बन्ध राख्तछ, उन्नतिको चाहना कस्लाई हुँदैन। देशकाल अवस्था र आफ्नो हविगत इत्यादि कुराको विचारको ठीक तौल पु्र्याई उपातिर लाग्नुपर्छ।
टाढासम्म विचारको नजर अगाडि फैलाई, धैर्य र जाँगर दुई हातमा लिई उपाय उद्योगतिर लागेपछि गरेअनुसार अवश्य केही न केही फाइदा नभई रहँदैन । यिनै कुरा मौका परेमा तिमीहरूलाई बराबर सम्झाई बोध गराउने।
कोसिस गर्दै रहेको हुँ मुलुकको बहत्तरी प्रजालाई सुख कसरी हुन सक्ला भन्ने ध्यानमा हामी निरन्तर लागिरहेको तिमीहरूले देखेजानेकै होलाऊ । सो सापट गएको रुपैयाँको म्याद पुगेपछि संस्थाको शोधभर्ना आउनुपर्नेमा कतिले बुझाई पनि सके, बुझाउन बाँकी राख्नेलाई ऐले वर्षा
र खेतिपातिको काम पर्न गएकाले कार्तिकसम्मको म्याद पनि फेरि थप गरिएको छ। सो म्यादसम्ममा पनि शोध बुझाउन नल्याएको पक्षमा सो सापटको रुपमा गएको रुपैया लिखतबमोजिम धितो लेखिएको घरबाटै उपर गर्ने कुरा तम्सुकैमा लेखिएको र, आम इस्तिहार समेत भई राखेका हुनाले त्यही घर पक्री लिलाम गर्न केही बाधा थिएन।
त्यसो गर्दा भत्केको घर सबैलाई एकैचोटि तयार गर्नुपरेको पर्खेर विस्तार गर्ने अवसर नभएकोले कालिगढको र अरु ज्यालादारीको महगीले बढी खर्च पर्न गए पनि आफ्नो थातवास चाँडो जोरी बस्नालाई पुरानो आफ्नो सामानसमेत काम लाग्नेजति काममा लगाई ती घरहरूमा तिनीहरूको निजायति धन पनि केही न केही कसेको परेको होला, त्यस्तो घर लिलाम हुन जाँदा तिनीहरूको मन कल्पनातीत कुरा त छँदैछ, लिलाम लिनेले भरसक किफायतैमा हात लाउन खोज्ने भई तिनबाट सुफत मोल नपाइने स्वभावै हुनाले जेनकेन गरी बल्लबल्ल उभ्याएको वासस्थान काम दाममा अर्काको हातमा पर्न जाने भई ती घरवालाहरू फेरि विनास्थानका हुन जाने छाँट देखिन आयो।
कोही कोहीले ता सोही घर साहूलाई भोगबन्धक दिने गरी कर्जा लिई शोध बुझाउन ल्याएका छन् भन्ने पनि सुनिन्छ, धितो लेखिए घर सर्कारैमा भोगबन्धक राखिने गरी भने पनि दुवैथरीलाई पछिसम्मको टन्टा छुट्ने भएन।
फेरि प्रजाहरूको बासको सुख पनि तिनीहरूका हातमा हुने भएन। ब्यांकबाट कर्जा मिल्ने प्रबन्ध हुन गएमा पनि ऋणमाथि झन् ब्याज थपिँदै जाने भयो । भाखा पाए तिर्ने थियौं भन्ने यस्तो भनाइ पनि सुनियो।
के चार वर्षको भाखा कम थियो र ? त्यो चार वर्षको ब्याज सयकडा पाँचका दर्ले मात्र दिनुपरेको भए पनि कति तिनुर्पे भइसक्ने थियो, आफैं हिसाप गरी हेर, यी सबै कुरा परिस्थिति र ऋणीहरूको अवस्था विचार गरी हेर्दा सर्कारको हारगुहारबाट तनमनधन लगाई प्रजाहरूले ऐले पाइरहेको विश्रामको सुख सपना जस्तो मात्र हुने भई पहिलो भूकम्पको घाउ परिँदा नपुरिँदा तिनीहरूले फेर दोस्रो दुःखको अवस्थाको अनुभव गर्नुपर्ने होल भन्ने छाँट देखिन लाग्यो।
हेर, सर्कार र दुनियाको सम्बन्ध बाबुछोराको जसतै हो, त्यति मात्र होइन, शरीरमा साना ठूला हरेक अंगप्रत्यंग बेग्लाबेग्लै रहेको छता पनि ती सबै मिली एक शरीर एक ज्यान बनेको छ।
शरीरभर फिजिने ज्ञान शक्तिको मूल कामानी शिरमा रहेको छ। त्यतैबाट शरीरका सारा अवयवहरूको सञ्चालन हुने हुनाले शिरलाई ‘उत्तमांग’ अंगप्रत्यंगमा जो सुखदुःख पर्दछ, त्यो शिरले र शिरमा जे पर्दछ त्यो अंगप्रत्यंगले अनुभव गर्दछ उसमा पनि कुनै अंगमा चोटपटक लाग्न जाँदा त्यसका साथसाथ अरु अंगले पनि केही न केही दुःख अनुभव नगरी रहन्न भन्ने सबै अंगसँग सम्बन्ध राख्ने उत्तमांगमा त झन् विशेष मात्रामा असर पुग्न जान्छ भन्ने स्पष्टै छ जस्तो शरीरको उत्तमांग शिर, उस्तै प्रजाहरूका उत्तमांग सर्कार हुन्।
अर्थात् राज्यका अंगप्रत्यंग प्रजाहरू र उत्तमांग सर्कार बनिरहेका छन्। ती सबै मिली एक शरीर एकज्यू भएको हुन्छ । सरकारलाई परेको सुख दुःखमा प्रजाले र प्रजालाई परेको सुखदुःखमा सर्कारले सहानुभूति देखाई सहयोग गर्नु स्वाभाविक हुनुपन्र्यै कुरा हो।
सरकारलाई पनि प्रजातर्फको फिकर मात्र होइन कि सरकार्रले खुद बनाउनुपर्ने दर्बार सर्कारि या घर अड्डअस्पताल असवावघर धरहरा नया बाटो ठाउँठाउँका पाटी पौवा पुराना शिल्पस्थान देवालय इत्यादि जगैदेखि बनाउनुपर्ने जीर्णोदार कारिन्दाहरूको तलबमसलन्द रेलभाडा बाटा खर्चसमेत गरी सयका लाठी एकको बोझ भने झैं त्यसतर्फ पनि सर्कारलाई बोझ कम परेको छैन, अझ पनि खर्च बराबर हुँदैछ तापनि हार्दिक भावभक्ति राखी सर्कारको कल्याण चिताई आफ्ना परिश्रमको जोरले स्वदेशको कल्याणतिर लागिरहेका पुत्रवत् प्रजामा यी विशेषगरी यस्तै ठूलो दुर्घटना परेमा हार्दिक स्नेहसाथ हुन सकेसम्म हारगुहार गरी रक्षा गर्नु सर्कारको कर्तव्यै हो, सोहीअनुसार त्यो भयानक भूकम्पमा तिमी प्रजाहरूको उद्धार निमित्त सकभर गरी अघि यही ठाउँमा ‘यस अवस्थामा मैले गर्नुपर्ने गरिरहेको छु अब पनि गरी हुनेसम्म गर्नामा बाकी राख्ने छैन’ भनेको तिमीहरूले सम्झीराखेकै होलाऊ।
यी सबै कुराको ख्याल साथसाथै संस्थाका ऋणी प्रजाहरूले सो ऋणको खातिर चिन्ता लिइरहेका छन् भन्ने सुनिए बुझिएको र तिनीहरूले ऋण लिएको दाम अकार्थमा लाएको नभई अघि भनेबमोजिम जुन कामका निमित्त लिएको छ सोही स्ववासी घर वास खडा गर्नेमा लगाएको, सो लगाउँदा भएको खर्चको दाम पनि आफ्नै सहबासी कालिगढ ज्यामी आदि प्रजामा फिजिन गएको समेत सबै कुराको ख्याल राखी यो पटक आफ्ना प्यारा प्रजालाई चिन्ता र संटबाट पार गराउने उद्देश्यले यो भूकम्पोद्धार संस्था तर्फबाट तमसुक गराई सापट गएको २९८२३१६.६२ मध्ये फण्डको जगेराबाट भर्ना हुने मोरु ५६०९५६ कटाई बाँकी मोरु २४२१३६०.६२ जम्मै तिमीहरूको सुखशान्तिको खातिर माफी गरिदिएको छु।
कोहीकोही जंगी निजामति जागिरदार रजौटाप्रोहितहरूले तम्सुक लेखी संस्थातर्फबाट सापट लिएको रुपैयाँ कसैले आफ्ना जागिरबाट कटट गराई कसैले आफ्नै घरघरानाबाट ल्याई बुझाइसकेका छन्। ती जागिरदारमध्ये धेरै ऐले पनि जागीरैमा बहाल छन् तापनि तिनीहरूले सोधभर्ना गर्नालाई आधा पेटमा गुजारा गर्नु परेको पनि सम्झीराखेकै छु। घरघर माटाका चुला भनेजस्तो सानालाई सानै, ठूलालाई ठूलै चोट परेको छ । सुख दुःखको वेदना सबैलाई उही हो।
त्यसौ हुनाले तिनीहरूले चार वर्षको भाखामा सोध बुझाउने कवुल गरी तम्सुक लेखी संस्थाबाट लिएको सापटी सोध भई आइसकेको भए पनि फिर्ता गरिदिने प्रबन्ध हुनेछ। आजसम्म अरु जुन जुन सज्जनहरूले आफ्नै परिश्रमको कमाइले होओस् वा साहु काडेर होस् सोध बुझाउन ल्याएका छन्, तिनलाई पनि यो बुझाएको दाम फिर्ता लिदने बन्दोबस्त हुने छ। पाउने छौं खातिर जामासँग सुखशान्तिपूर्वक विश्रम गरुन । ईश्वरमा धर्ममा र सरकारमा अटल रही उद्योग बढाई सुजीवन गराउँदै रहुन् ।
यो भूकम्पोद्धार सम्बन्धी सुरुदेखि आखिरतक हरेक विषयमा आडरबमोजिमको आफ्ना आफ्ना कामकाममा नानी कम्पाउन्डर इन चीफ पश्चिमतर्फ का कम्पाउन्डिङ जनरल लगायत हाम्रा भाइछोराहरूबाट र नायव बडागुरुज्यू भाइभारदार अफिसर कर्मचारीबाट औ स्वयंसेवकहरूबाट पनि परिश्रम र तन्देही साथ काम भई चांडो सन्तोष मिल्ने बाटो बन्न गएकाले पल्टनीय जवानहरू र पुलिहरूलाई एक लाख इनाम र विशेष काम गर्नेहरूलाई धन्यवाद नेकीपत्र मानपत्र तक्माहरू समेत अघो बाँडी कृतज्ञता पनि प्रकट गरिसकिएकै छ। ती राम्रो काम गर्नेहरूलाई समाप्तिको यो अवसरमा पनि फेरि धन्यवाद गर्दछु।
काठमाडौं, वैशाख १४ – शनिबार गएको महाभूकम्पपछि आज तेस्रो दिन भूकम्पका झट्काहरु आउने क्रम कम भएको छ । विस्तारै राजधानीको जनजीवन सामान्य बन्दै गएको छ । यद्यपि, महाविपत्तलाई भोगेका सर्वसाधारणमा त्रास भने अझै बाँकी रहेको छ ।
यसैबीच गृहमन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै स्थिति सामान्य बन्दै गएको उल्लेख गर्दै पसलहरु खुला राखी दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज गरिदिन, यातायात व्यवस्था संचालन गरिदिन र आ आफ्नो सेवा, व्यवसाय सुचारु गरिदिनई जनजीवनलाई सामान्य बनाउने कार्यक्रमा सबैले सकारात्मक सहयोग गर्न आग्रह गरेको छ । मन्त्रालयले खानेपानीको प्रयोग उमालेर मात्र गर्ने सडेगलेका चिजवस्तुहरुको व्यवस्थापन गरी वातावरण स्वच्छ बनाइराख्न पनि आग्रह गरेको छ । यता, ह्वाटस्एप र फेसबुकजस्ता समाजिक सञ्जालमा भूकम्पलाई लिएर अनावश्यक हल्ला र समाचार संप्रेशण गर्ने काम जारी रहेको छ । फेसबुक र ह्वाटस्एपमा पोस्ट गरिएको विभिन्न समाचार र मेसेजमा ७.८ रेक्टर स्कलेलपछि अझै ठूलो भूकम्प जाने कुरा उल्लेख गरिएको छ । यस्ता, समाचारले सर्वसाधारणमा त्रास फैलाउने काम गरिरहेको छ । यद्यपि, विशेषज्ञहरुले भने भूकम्पको पूर्वानुमान गर्न नसिकने बताएका छन् । सामाजिक सञ्जालमा यतिबेला नासा र सिएनएनलाई उद्धृत गर्दै ८.२ रेक्टर स्केलको भुकम्प जाने खबरले चर्चा पाएको छ । नेपालमा मात्र नभएर भारतमा समेत यस्तै हल्ला फैलिएको भारतीय मिडियाहरुले जनाएका छन् । यता, गृहमन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै त्यस्ता अनावश्यक हल्लाको पछि नलाग्न आग्रह गरेको छ । साथै त्यस्ता गलत समाचार सम्प्रेषण गर्नेलाई कारवाही समेत गर्ने चेतावनी दिएको छ ।

१. भुकम्पको वरिपरिको समयमा जीबनचर्या अत्यब्यस्त्य हुने भएकोले खाना र पानीजन्य प्रदुषण बिकराल हुन्छ ! उमालेको पानी र पकाएको तथा ताजा खानको अभावको कारण झाडावान्ता, टाइफाइड्, जन्डिस, आउँ, रुघाखोकी, फ्लु, आदि फैलने समस्या हुन्छ ! तसर्थ सकभर उमालेको पानी र ताजा खाना खाने ब्यबस्था मिलाऔं !
२. भूकम्प पश्चात आएको बर्षाको कारण भिजेर बालबालिका तथा बृद्धबृद्धालाई निमोनिया, ब्रोंकाइटिस, दम, एलर्जी आदि रोग लाग्ने खतरा हुन्छ तसर्थ यस्तो जोखिम बर्गलाई तातो खानापानी खुवाउने, घाममा बसाल्ने अनि समयमा उपचार गर्ने आदि गर्नुपर्दछ !
३. रक्तचाप, मधुमेह, मानसिक रोग, दम, हर्मोनजन्य रोग आदिका औषधि नियमित सेवन गरिरहेका व्यक्तिहरुले औषधि कुनैपनि हालतमा छोड्नु हुँदैन !
४. भूकम्पको कारण केटाकेटी, धेरै सम्बेदनशील व्यक्ति तथा बुढाबुढीहरु तर्सिने, नराम्रा सपना देख्ने, डराउने, आत्तिने, नसुत्ने गर्न सक्दछन तसर्थ यस्ता समुहलाई सान्त्वना, भरोसा, आशा र सामुहिक बसाइमा राख्नुपर्दछ ! धेरै तनाब र अवसाद भएमा चिकित्सक वा मनोपरामर्शदाताबाट सहयोग लिनुपर्दछ !
५. जीवनरक्षक उपचार जस्तै अक्सिजन, रगत, डाइलाइसिस् आदिको सहारा लिइरहेकाहरुलाई उपचारमा प्राथमिकता दिनुपर्दछ !
६. भूकम्पको कारण आफन्त तथा घरसम्पत्ति गुमाएकाहरुको मनोदशा बिकराल हुन्छ तसर्थ उनीहरुलाई सबैले सहयोग, भरोसा एबम आड दिनुपर्दछ ! धेरै तनाब र आक्रोशजन्य पीडाको कारण हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप जस्ता आकस्मिक समस्या आउन सक्छन !
७. सामान्य चोट लागेपनि टिटानसको सुइ, ड्रेसिंग, झोलिलो खाना तथा संक्रमण रोक्ने औषधि सेवन गर्नुपर्दछ !
८. यस्तो विषम मौसम एबम वातावरणमा फ्रिजमा राखेको पानी, कोल्ड ड्रिंक्स, अल्कोहल आदिको सेवन गर्नुहुँदैन !
९. सबैले आफ्नो घर अगाडि सरसफाई गर्नुपर्दछ ! पानी जम्न दिनुहुँदैन ! जमेको पानी र भत्केका पर्खालको कारण मलेरिया, डेंगु जस्ता कीटजन्य रोग लाग्न सक्दछ !
१०. प्राप्त भएसम्म रोगप्रतिरोग क्षमता बढाउन सागसब्जी, फलफुल, गेडागुडी, दाल, अन्डा, प्रशस्त पानी आदि सेवन गरेर आफ्नो स्टामिना बडाउन कोशिस गर्नुपर्दछ !
……..डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिशेषज्ञ …………..
यो पोष्ट डा रवीन्द्र समिरको फेसबुक पोष्टबाट साभार गरिएको हो ।