काठमाडौं, २१ साउन । सशस्त्र प्रहरी बलभित्रको भ्रष्टाचारले संगठनकै अधिकारीहरुको शिर निहुरीन थालेको छ ।
सशस्त्रका आईजीपी कोषराज वन्तले केही अधिकृतलाई हातमा लिएर संगठनभित्र ब्रम्हलुट गर्दै आएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सेटिङ मिलाएकाले आफुलाई कसैले छुन नसक्ने भन्दै उनले असुलीलाई अझै बढाएको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।
सशस्त्रभित्र कति धेरै भ्रष्टाचार छ भन्ने कुरा हालै डिआईजी दुर्गाबहादुर कुँवरले खोलेका छन् । हालै राजिनामा दिएका उनले सशस्त्रको नेतृत्व भ्रष्ट भएको भन्दै ट्वीटरमा लेखेका छन् ।
राजिनामा दिएर बिदेश घुमघाममा रहेका उनले ट्वीट गरेका छन्–‘जब भ्रष्टाचारले सीमा नाघ्छ, भ्रष्टहरुले शासन गर्छन्, तथ्य कुरा तोडमोड हुन्छ र सत्य मौन हुन्छ ।’ आईजीपी वन्तलाई लक्षित गरी उनले यस्तो लेखेका हुन् ।
स्रोतका अनुसार बिदेशी पिआरका कारण उनले राजिनामा दिएको भनिएपनि आईजीपी वन्तसँगको टकरावकै कारण उनले जागिर छाडेका हुन् ।
सशस्त्रका भावी आईजीपीका रुपमा हेरिएका कुँवर एकजना क्षमतावान् अधिकृतका रुपमा पनि सशस्त्रमा चिनिन्थे । तर आईजीपी वन्तले आफ्ना बिरोधीहरुको करिअर सखाप पार्ने नीति लिंदै आएका छन् ।
पहिला एआईजी ठाकुरमोहन श्रेष्ठ पक्षका प्रहरीलाई उनले छानी छानी कारबाही गरेका थिए । अहिले कृष्ण तामाङ, जीवन थापा र प्रकाश ओझासँग उनको सम्बन्ध राम्रो छैन ।
संगठनभित्र के भइरहेको छ भन्ने एआईजीलाई समेत थाहा हुँदैन । केही सिमित व्यक्तिहरुलाई हात लिएर उनले संगठनमा ब्रम्हलुट मच्चाउँदै आएका छन् ।
अवकाश हुन करिब ६ महिना मात्र बाँकी भएकाले पनि सशस्त्रमा भ्रष्टाचार बढ्दै गएको छ । संगठनभित्र वन्तले कुन हदसम्मको लुट गरेका छन् भन्ने कुरा पूर्वडिआईजी कुँवरको ट्वीटबाट पनि थाहा हुन्छ ।
बजेटमा भ्रष्टाचार मात्र नभई सीमा कार्यालयमा समेत मोलतोल गरेर नियमित पैसा पठाउनेलाई मात्र उनले सरुवा गर्दै आएका छन् । आम्दानी हुने कार्यालयमा आफु निकटलाई मात्र राख्दै आएको स्रोत बताउँछ ।
dainiknepal.com

काठमाण्डु, साउन– नेपालमा गाईको मासु खाने कल्पना पनि गरिन्न । गाईको मासु खाने समुदायका मानिसहरुले पनि नेपालमा खाँदैनन् । यसको प्रमुख कारण नेपालमा गाई काट्न कानुनले नै रोकेको छ । गाई गोरुको मासु मुसलमानहरुका लागि सामान्य उपभोग्य वस्तु हो । तर नेपालका धेरैजसो मुसलमानहरुले गाईको मासु खाएका हुँदैनन् । तर हिन्दु नेपालीहरु विदेश पुगेपछि चाहीँ गाईको मासु खान्छन् । कामको सिलसिलामा वा स्थायी बसोबासका लागि विदेश पुगेका धेरै नेपालीहरुले गाईको मासु खाएको बताएका छन् ।
जापान, बेलायत, अस्ट्रेलिया, अमेरिकामा बस्ने नेपालीहरुले गाईको मासु खाएको उल्लेख गरे । केहीले झुक्किएर, केहीले स्वेच्छाले त केहीले बाध्यताले खाएको उल्लेख गरे । जापानको राजधानी टोकियोमा नेपाली रेस्टुरेन्ट सञ्चाल गरिरहेकी मञ्जु किरणले भनिन्, ‘ घरमा ल्याएर खाएको छैन ।रेस्टुराँतिर जाँदा पोलेको विफ खाने गरेकी छु ।’ अरु जनावरको मासु भन्दा गाईको मासु स्वादीलो हुने खानेहरुको अनुभव छ । धेरैजसो मुलुकमा अन्य भन्दा गाईको मासु महंगो नै छ । तर पनि खानेहरुले खान्छन् । मञ्जु भन्छिन्, ‘ देशअनुसारको भेष गर्नै पर्यो ।
धर्म नेपालमा मानेकै छ नी ।’ केही वर्षदेखि अस्ट्रेलियामा रहेका मनिष रेग्मीले आफ्ना २५ नेपाली साथी मध्ये ७ जनाले अक्सर गाईको मासु खाने गरेको जानकारी दिए । तर ८० प्रतिशत भन्दा बढीले चाखेका चाहीँ छन् । मनिष भन्छन्,‘ नेपालमा हिन्दू राष्ट्र चाहियो भन्नेहरु यहाँ आएपछि गाईको मासु खान्छन् ।’ अमेरिकामा बसोबास गर्दै आएका कृष्ण लामिछाने र मनिष निरौलाले अमेरिकामा बसोबास गर्ने कुनै पनि हिन्दु नेपालीले गाईको मासु खाएको आजसम्म थाह नपाएको उल्लेख गरे । विद्यार्थी भिसामा यसै वर्ष अमेरिकाका पुगेका काठमाण्डुका सुशान्त भन्छन्,‘ गाईको मासु सिधै खाइन्न, तर मासुजन्य पदार्थ मिसिएको खानै पर्छ ।’ कतिपय अवस्थामा गाईको मासु छ भन्ने थाह पाएर पनि त्यही खानु पर्ने बाध्यता हुन्छ । सुशान्त भन्छन्,‘ दिनभर काम र कलेजले १० मिनेट पनि फुर्सद हुँदैन ।
कोठामा खाना बनाएर खाना खाने समय हुँदैन । अनि बाहिर किनेर खाँदा गाईको मासु मिसिएको पनि पर्छ । भोक लागेपछि मान्छेले गाईको हो कि कुकुरको मासु छुट्टयाउँदैन ।’ पाँच वर्ष अघि मेलवर्न पुगेका कोविद तिम्सीनाको मतमा नेपालीले विदेशमा गाईको मासु खानु पर्ने विशेष केही कारणहरु छन् । पहिलो त धेरैजसो झुक्किएर खाइहाल्छन् । एक पटक खाएपछि बाटो खुलिगयो । अर्को कारण भनेको त्यहाँका कसाइहरुले एउटै मेसिनबाट भेडा, कुखुरा र गाई काट्छन् । यसकारण पनि लसपस हुन्छ । कोविद भन्छन्,‘ भुटेको आलु खान जाँदा अचार पनि दिन्छन् रेस्टुरेन्टमा । अचारमा गाईको हाडको झोल पनि मिसिएको हुँदो रैछ ।’ अस्टे«लियामा दुध वा दुधबाट मात्रै बनेका पसल छन् । मुसलमानहरुका लागि मात्रै हलाल सेन्टर छन् । तर हिन्दूहरुका लागि बेग्लै पसल छैनन् । यसकारण पनि नेपालीहरुले गाईको मासु खान्छन् । कोविद्ले थपे,‘ गाईको मासु खानेहरुले पुजा गर्ने गाइ खाएको हैन भन्छन् र अस्ट्रेलियाको गाई नेपालको जस्तो हैन पनि भन्छन् ।
झापाबाट डेनमार्क पुगेका प्रकाशका अनुसार डेनमार्कमा प्लस टु सकेर पढ्न आएका भर्खरका केटाहरु सबैजसाले गाईको मासु खान्छन् । खाडी मुलुकमा काम गर्ने नेपालीहरुले चाहीँ गाईको मासु बिरलै खाने गरेको सो क्षेत्रमा रहेका नेपालीहरुले जानकारी दिए । कातरमा काम गरिरहेका विराटनगरका उज्वल शाक्य भन्छन्,‘ नौ वर्ष भयो मैले यहाँ काम गर्न थालेको, कुनै पनि नेपालीले गाईको मासु खाएको मलाई थाह छैन । मेरो विचारमा त हामी हिन्दू भएर गाईको मासु खानु घोर पाप हो ।’ कृषि र केयर टेकरमा आकर्षक कमाइ हुने इजरायलका नेपालीहरुले पनि गाईको मासु खाने गरेको त्यहाँ कार्यरतहरुले जनाए । इजरायलमा रहेकी काठमाण्डुकी समाले भनिन्,‘ नेपालमा बाहुनले राँगा, सुँगुर घरमा लगेर खाँदैनन् । तर बाहिर त खान्छन् । यहाँको अवस्था पनि त्यस्तै हो ।

२० साउन, काठमाडौं । न्यूजिल्याण्डमा आगलागीमा परी एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ । साउथ क्यान्टबरीको वाइमेटमा होटल व्यवसाय गरेर बस्ने तेज नारायण काफ्लेसहित उनकी पत्नी र छोराको मृत्युको छ ।३९ वर्षीय काफ्लेकी पत्नी टिका काफ्ले र ९ वर्षका छोरा प्रेमको ज्यान गएको हो । आगलागीबाट उनका तीन जना जना छोरीले भने ज्यान जोगाएका छन् ।
२३ वर्षकी तुलसा, १६ वर्षकी मनिषा र १२ वर्षकी ममता आगलागीका कारण गम्भीर घाइते भएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् । उनीहरुको टीमरु हस्पतालमा उपचार भइरहेको छ ।क्वीन्स रोडमा उनीहरुले संचालन गरेको एभरेष्ट रेष्टुराँको भवनमा आगलागी हुँदा उनीहरुको ज्यान गएको हो । रेष्टुराँको माथिल्लो तलामा सुतिरहेका बेला बिहानीपख आगलागी भएको थियो ।
काफ्लेकी माहिली छोरी मनिषाले झ्याल फुटाएर बाहिर निस्कि काकालाई फोन गरेकी थिइन् । त्यसपछि मात्र प्रहरी र अग्नि नियन्त्रकले उद्दार गरी तीन छोरीलाई अस्पताल पुर्याएका थिए भने बाबुआमा र छोराको निधन भइसकेको थियो ।
उनीहरुले संचालन गर्ने रेष्टुँराको किचनबाट आगो लाग्न सुरु भएको प्रारम्भिक अनुमान गरिएको छ गैरआवासीय नेपाली संघ न्यूजिल्याण्डका अध्यक्ष चक्र थापाले काफ्ले दम्पत्ति र छोराको निधन भएको पुष्टी गरे ।काफ्ले नौ बर्ष पहिले न्यूजिल्याण्ड पुगेका थिए सन् २०१३ मा परिवारलाई लगेका थिए । १८ महिनाअघि काफ्लेले यो रेष्टुँरा किनेर क्रिस्टचर्चबाट त्यहाँ सरेका थिए ।आगलागीको घटनापछि सानो आकारमा रहेको न्यूजिल्याण्डको नेपाली समुदायमा शोक छाएको छ ।

हो अनुहार सफा गर्ने पनि विभिन्न तरिका हुन्छन । तपाईंलाई अनौठो लाग्न सक्छ अनुहार सफा गर्ने पनि कुनै तरीका हुन्छ भनेर । तर यो जानी सकेपछि तपाईलाई अचम्म लाग्न पनि सक्छ अनुहार धुँदा पनि मानिसले कति गल्ती गर्दो रहेछ भनेर । त्यसैले अनुहार धुने बेलामा ख्याल गर्नुहोस् ।
यसो गर्नाले अनुहारको छाला स्वस्थ्य रहन्छ ।
१) सावुन या बडीवासले अनुहार नधुनुहोस् किनकी तपाईंको अनुहारको अन्य अंगको तुलनामा मुकावला असाध्दै संवेदनशील हुन्छ ।
२) तपाईंको अनुहार ड्राइ छ भने तपाईंले केसर, मह, र दुध युक्त फेसवासको प्रयोग गर्नुहोस् ।
३) यदि तपाईको अनुहार चिल्लो छ भने तपाईंले एलोभेरा मिन्ट या नीम युक्त फेसवासको प्रयोग गर्न सक्नुहून्छ ।
४) फेस वास गर्दा एकदमै तातो र एक दमै चिसो पानी पनि प्रयोग नगर्नुहोस् ।
५) ताजा, सफा र मनतातो पानी प्रयोग गर्न सक्नुहुन्छ । अनुहारको फोहरलाई विस्तार मिचेर हटाउनु होस् ।
६) जहिले पनि अनुहारलाई विस्तारै विस्तारै पुछ्ने गर्नुहोस् जोड्ले नपुछ्नु होस् ।
७) विशेष परिस्थितिमा बाहेक २ पटक फेसवासले अनुहार सफा गर्नु होस् ।
८) मेकअप पछि अनुहार पखाल्नुहुँदै छ भने पहिले मेकअपलाई हटाउनु होस् । www.etajakhabar.com

नेपालगन्ज : नेपाल सदभावना पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नयाँ बन्ने संविधान अन्तरिम संंविधान भन्दा पछाडि फर्कने प्रयत्न नगर्न चेतावनी दिएका छन् ।
लोकतान्त्रिक मधेशी मोर्चाद्धारा आयोजित विरोध सभालाई नेपालगन्जमा सम्बोधन गर्दै सदभावना अध्यक्ष महतोले अन्तरिम संविधान मधेसवादी दलको बटमलाईन भएको बताए ।
उनले गलत संविधान निर्माण हुन लागेको बताउँदै भने–हाम्रो अन्तिम बटम लाईन अन्तरिम संविधान हो, त्यो यताउता भएमा त्यो अनर्थ हुने छ ।’
उनले मधेसलाई पहाड मिलाएर प्रदेश बनाउने कुरा कुनै पनि हालतमा स्वीकार्य नहुने बताए । ‘मधेसी धर्तीलाई पहाडमा मिलाइए त्यो हामीलाई स्वीकार्य हुँदैन’ उनले भने, ‘त्यो देशको लागि समेत अनर्थ हुने छ ।’
उनले झापा, मोरङ, सुनसरी तथा कैलाली र कञ्चनपुरलाई समेत मधेसबाट छुटयाउने कुरा अस्वीकार्य भएको बताए । ‘त्यो खाका आयो भने हामी मान्दैनौँ’, महतोले भने ।
उनले मधेसी दल र नेताबाट विगतमा भएका स्वीकार्दै यसको लागि आत्मालोचना गर्न आफू तयार रहेको बताए ।
‘विगत हामी पनि गल्ती गरियो, मधेशी पाटी विभाजन भएर १३ वटा भयो’ उनले भने, ‘यो सबै मन्त्री बन्नलाई भएको थियो, विगतको गल्तीलाई हामी आत्मालोचना गर्छौँ ।
सो सभामा संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव, तमलोपाका महामन्त्री सर्वेन्द्रनाथ शुक्ला लगायतले सम्बोधन गरेका थिए । annapurnapost.com

भारत प्रशासित काश्मिर: भारत प्रशासित काश्मिरमा सङ्कास्पद हतियारधारी ठानेर सेनाले गोली चलाउदा अर्को सैनिक समूहका दुई सैनिक मारिएका छन् ।
सो गोली काण्डमा परी दवैतर्फका चारजना सैनिक घाइते भएका पनि समाचारमा जनाइएको छ । यसलाई काश्मिरस्थित भारतीय सैनिकले भुलबस हुन पुगेको घटनाका रुपमा लिएको छ ।
बुधबार काश्मिरस्थित सेनाले दिएको जानकारीअनुसार सो गोलीकाण्ड मङ्गलबार राति भएको थियो । उक्त दुर्घटना काश्मिरको पुलवामा जिल्लामा भएको अधिकारीले जनाएका छन् ।
पुलवामा जिल्लाको नुरपुरा नगरमा भएको सो दुर्घटनाको भारतीय सैनिकले पुष्टि गरेको र अनुसन्धान सुरु गरेको जनाएको छ । रातिको समयमा ड्युटीमा रहेका दुई सैनिक समूहमध्ये एकले अर्कोमाथि गोली चलाएको थियो ।
प्रहरीका अनुसार सैनिकको एक समूहले विद्युतीय धराप थापेको र सोही बाटो भएर आएको अर्को समूहका ड्युटीका सैनिकलाई सङ्कास्पद हतियारधारी ठानेर गोली चलाउदा सो दुर्घटना भएको हो ।
प्रहरीले दुवैतर्फका सैनिकले नै एक अर्को समूहमाथि गोली चलाएका थिए । सो गोली लागेर उक्त समूहमा रहेका चार जना घाइते पनि भएका छन् ।
annapurnapost.com
बन्दाकाउलीको सुप खाएर सात दिनमा सात किलो तौल घटाउने उपाय:
बंदा काउलीको स्वादिलो सुप एक हप्तासम्म सेबन गर्नुहोस् र आफ्नो शरीरको अनावश्यक बोसो पगालेर चाहे अनुसारको शरीर पाउनुहोस् ।
यदि तपाईलाई बन्दा काउलीको सुपले एक हप्तामा शरीरको अनावश्यक बोसोलाई पगालेर तौल घटाउँछ भन्ने कुराको जानकारी छैन भने आज हामी बन्दाको झोल सेवन गरेर जीवनमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने जानकारी गराउँदै छौं ।
शरीरको अनावश्यक तौल घटाउने यो अचुक बिधिको विशेषता भनेको उपचारको अवधि भर तपाईले जति बेला भोक लाग्छ आफुले चाहे जति बन्दाको सुप खान सक्नुहुन्छ ।
जति धेरै यो सुप सेवन गर्नु हुन्छ त्यति नै मात्रामा शरीरको क्यालोरी घट्छ किनकि यो सुपमा क्यालोरीको मात्रा शुन्य बराबर हुन्छ । वास्तवमा यो सुपले भोजनको काम गर्छ जसमा क्यालोरीको मात्रा शुन्य बराबर हुन्छ । अनि यसका कारण तपाईको मेटाबोलिज्ममा बृद्धि हुन्छ र परिणामसरुप तपाईले प्राप्त गरेको क्यालोरी भन्दा तपाईको शरीरको क्यालोरी घटेर जान्छ । अझै तपाईले आफ्नो शरीरको विषादी नाश गर्न सक्नुहुन्छ र शरीरलाई चाहेको आकारमा ढाल्न सक्नुहुन्छ ।
यो उपचार अवधि भर दिन बिराउन भने हुँदैन । यदि तपाई कतै यात्रा गर्दै हुनुहुन्छ वा दिनमा कतै जानुहुन्छ भने थरमसमा यो बोसो पगाल्ने सुप भर्न नबिर्सनुहोस् र आफुलाई आवश्यक परेको बखत सुप बिधि प्रयोग गर्नुहोस् ।
यो बिधिलाई सेकरेड हार्ट मेमोरियल हस्पिटलमा शरीरको तौल धेरै भएका मुटुका बिरामीहरुमा प्रयोग गरिएको थियो । तौल नियन्त्रण भए पछि मात्र अपरेशन गर्नु पर्ने भएकाले यो तौल घटाउने बिधि अपनाईएको थियो जसमा बिधि सफल प्रमानित भयो । यो बिधिलाई एड कास्पर एल एस, अकुपंचरीस्ट तथा हर्बलिस्टले समेत आफ्नो क्याबेज सुप फर सेभन डेज टु बर्न फ्याटमा उल्लेख गरेका छन् ।
अनि यो बिधि अपनाएको अवधि भर प्रसस्त पानी पिउन बिर्सिनु हुँदैन । साथै लामो अबधि सम्म यो सुप मात्र पिउने गर्नाले शरीरमा कुपोषण लाग्न सक्ने संभावना हुन्छ ।
सुपका लागि चाहिने सरदामहरु :
- एउटा ठूलो बंदा, मसिनो पारेर काट्नुपर्छ
- आधा किलो छोडाएको हरियो मटरकोसा
- २ वटा हरियो खुर्सानी, काटेको
- ६ वटा हरियो प्याज, मसिनो काटेको
- आधा किलो गाजर, मसि काटेको
- एक पाउ टमाटर, गोलो पारेर काटेको
- थोरै नुन
- थोरै मात्र मसला
सुप तयार पार्ने बिधि:
सब्जीको मीश्रणलाई एउटा भाँडामा खन्याउनुहोस् । यसमा थोरै मसला मिसाउनुहोस् । यसमा आवश्यकता अनुसार पानी मिसाउनुहोस् र यसलाई चुलोमा दश मिनेट सम्म मधुरो आगोमा उमाल्नुहोस् । तरकारी मज्जाले नपाके सम्म उमाल्नुपर्छ ।
सात दिने डायट प्लान:
पहिलो दिन:
सुप र फलफुल मात्र खानुहोस् । पानी तथा कालो चिया चिनि थोरै राखेर पनि सेवन गर्न सकिन्छ । केरा बाहेक सबै प्रकारका फलफुल खान सकिन्छ किनकि केरामा क्यालोरीको मात्रा बढी हुन्छ ।
दोस्रो दिन:
अन्य हरियो सब्जी र सुप मात्र सेवन गर्नुहोस् । सुखेको सिमि, भटमास, मकैको सट्टामा हरियो सागसब्जी खानुहोस् । राती सुप सँगै उसिनेको आलु खानुहोस् तर रातको समयमा फलफुल भने खान हुँदैन ।
तेस्रो दिन:
बिभिन्न प्रकारका सुप, सागसब्जी तथा फलफलुल खान सक्नुहुन्छ । तर राती आलु खान हुँदैन । तपाईले यो सात दिने तौल नियन्त्रण बिधि तिन दिन सम्म उपयुक्त तरिकाले अपनाउनु भएको छ भने तपाईको शरीरको तौल ४-५ किलो घटेको हुनुपर्छ ।
चौथो दिन :
चौथो दिनमा केरा र दुध खाने दिन हो । यी दुबै केरा र दुधमा प्रसस्त मात्रामा क्यालोरी तथा कार्बोहाईड्रेट लुकेको हुन्छ । तर यो चौथो दिनमा तपाईको शरीरलाई पोटासियम, कार्बोहाईड्रेट, प्रोटिन र क्याल्सियमको आवश्यक पर्छ जसले शरीरको प्रक्रियामा गडबड हुनदिदैन । सुपका साथै तीन वटा केरा तथा चाहे जति दुध पिउनुहोस् ।
पाँचौ दिन :
६-७ वटा टमाटर, छाला नभएको कुखुराको मासु तथा माछा अवश्यकता अनुसार तयार पार्न सक्नुहुन्छ । पानी कम्तीमा पनि ६-८ ग्लास पिउनुहोस् । यसले युरिक एसीडलाई सफा पार्छ । सुप कमसेकम दिनको एक पटक पिउनुपर्छ ।
छैठौं दिन :
तपाईले चाहे जति छाला नभएको कुखुराको मासु, सिमि, केराउ, माछा लगायतको सागसब्जी यो छैठौं दिनमा खान सक्नुहुन्छ । तर तारेको आलु भने खान हुँदैन । बंदाको सुप भने यो दिनमा पनि कमसेकम एक पटक पिउन बिर्सिनुहुँदैन ।
सातौं दिन :
हरियो सागसब्जी तथा खैरो चामलको भात । फलफुल तथा हरियो सागसब्जी जति खाए पनि हुन्छ । अनि सुप यो दिनमा पनि कमसेकम एक पटक पिउनु पर्छ ।
डायट प्रोग्राममा सुझाए अनुसारको सल्लाह तपाईले अपनाउनु भएकोले तपाईको शरीरको तौल ७(९ किलो घटेको हुनुपर्छ ।
यदि तपाईको तौल ७ किलो भन्दा बढी घटेको छ भने यस्तो अवस्थामा तपाईले २ दिन पछि डायट प्रोग्राम पुन सुरुवात गर्न सक्नुहुन्छ ।
व्यक्ति पिच्छे पाचन प्रक्रिया फरक हुने भएकोले यो डायट प्रोग्राम कसैका लागि अनुपयुक्त पनि हुन सक्छ ।
यो बिधि तपाईले उपयुक्त तरिकाले अपनाएका खण्डमा, बंदाको सुपले तपाईको पाचन प्रक्रियामा भएको समस्यामा एकरुपता ल्याएर तपाईको शरीरमा फुर्ती प्रदान गर्नुका साथै शरीरमा जम्मा भएको बोसोलाई पगाल्न ठूलो भूमिका खेल्छ । अनि तपाईले आफुलाई पहिला भन्दा हलुंगो, अझै फुर्तिलो र स्वस्थकर महसुस गर्नुहुनेछ । यो बिधिको विशेषता भनेकै तपाईले चाहेको अवधिमा प्रयोगमा ल्याउन सक्नुहुन्छ ।
तसर्थ मानसिक तथा शारीरिक रुपमा स्वस्थ महसुन नगरे सम्म यो प्रक्रिया अपनाउनुहोस् र जीवन सुखमय बनाउनुहोस्

मलेसिया : मलेसियाको इपोस्थित एक कम्पनीमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर एक नेपाली युवाको ज्यान गएको छ।
कम्पनीमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर धादिङको नालाङका सिजन गिरी सोमबार मृत्यु भएको हो ।
गिरी इपोको एक प्लास्टिक कम्पनीमा कार्यरत थिए । मेसिनमा प्लास्टिकको कच्चा पदार्थ लगाउने क्रममा च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको उनका आफन्त राजेन्द्र पुरीले जानकारी दिए ।
गिरिको शव पोस्टमार्टमका लागि इपो अस्पतालमा राखिएको छ् । कम्पनीले गिरीको शब बिहीबार नेपाल पठाउने भएको छ । annapurnapost.com

काठमाडौं, २० साउन । रोजगारीको अभावमा दिनहुँ नेपाली युवाहरु विदेशिने गरेका छन् । नेपालको पछिल्लो गन्तव्य खाडी मुलुकलाई मानिन्छ । प्रायजसो खाडी मुलुक नै जान्छन् । तरपनि वैदेशिक रोजगारीमा जाँदा तलबलाई मुख्य रुपमा हेरिन्छ ।
नेपालीहरु कामभन्दा पनि ज्यालालाई बढी महत्व दिन्छन् । बढी ज्याला भए जस्तोसुकै काम गर्नपनि तयार हुन्छन् । तर, नेपालमा भएका रोजगारीमा पनि ज्याला कमी हुँदा विदेश नै पुग्छन् काम गर्न नेपालीहरु ।
भर्खरै सार्वजनिक एक तथ्याङ्क अनुसार विश्वका विकसित देशले मात्रै कामदारलाई उल्लेख्य मात्रामा ज्याला दिने गरेको पाइएको छ । वर्ल्ड इकोनोमिक फोरमले बनाएको विकसित देशहरुको तथ्याङ्कअनुसार अष्ट्रेलिया तथा लग्जेम्बर्ग मुलुकहरुमा मजदुरको ज्याला धेरै छ । त्यस्तै बेल्जियम, आयरल्याण्ड, फ्रान्स, नेदरल्याण्डजस्ता मुलुकहरु पनि कामदारको ज्याला उच्च भएको मुलुकहरुमा पर्दछ ।
यी देशहरुमा मजदुरले प्रतिघण्टा औसत ८ देखि १० अमेरिकी डलर पाउँछन् । घण्टाको दरले हेर्ने हो भने यी देशमा मासिक न्युनतम पाँच लाख नेपाली रुपैयाँ कमाइ हुन्छ । त्यस्तै, सबैभन्दा कम ज्याला भएका मुलुकहरुमा मेक्सिको, चिली, हंगेरी, चेक रिपब्लिक लगायत मुलुकहरु छन् । नेपाल पनि सबैभन्दा कम ज्याला दिने देशभित्रै पर्दछ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

श्रावण २० । पछिल्लो समएमा विभिन्न खाले टिका टिप्पणीसहित नेपालका अनलाइन ब्लगहरुमा सूचना तथा संचारमन्त्री डाक्टर मिनेन्द्र रिजालको यौन प्रस्ताव र राष्ट्रिय पुरस्कारलाई जोडेर समाचार प्रकाशित भएपछि नम्रताले यस्ता विषयमा गलत र झुटा समाचार प्रकाशित नगर्न भन्दै एक नोट सार्वजनिक गरेकी छिन् ।
बुधबार आफ्नो फेसबुक पेज बाट लामो नोट लेखेर उनले यस्तो बताएकी हुन् । चलचित्र विकास बोर्डले एकसात अगाडि आयोजना गरेको राष्ट्रिय पुरस्कार वितरण समारोहमा आफू चाँडै बाहिरिएको र आफूलाई अवार्ड नदिइएको विषयमा नचाहिँदो अनुमान लगाइएको उनले बताएकी छन् । आफूलाई पहिले यी हल्लाबारे थाहा नभएको र आफ्नो मौनताको गलत अर्थ लगाइएको पनि उनले बताएकी छन् । म्युजिक भिडियो सुटिङ छोडेर उक्त समारोहमा आएकाले आफु छिट्टै त्यहा बाट बाहिरिनु परेको उनले बताएको छिन् । मनलाग्दी हेडलाइन बनाएर यस्ता समाचार बनाउँदा आफ्नो पेसा र ब्ययवसायिक क्षेत्रमाथि समेत प्रश्न उठेको भन्दै नम्रताले गुनासो गरेकी छिन् । यस्ता गलत समाचारले आफ्ना साथी, शुभचिन्तक र आफन्तमा भ्रम पर्न गएकाले यति लेखेको भन्दै उनले यसलाई कुनै प्रष्टिकरण नठान्न पनि फेसबुक मार्फत आग्रह गरेकी छन् ।