३० बैशाख, एजेन्सी ।
नेपालमा ७ रेक्टर स्केल भन्दा माथिको पराकम्पन गएको १ दिन पछि भूकम्पबाट प्रभावित भैरहने जापानमा पनि ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ । जापानको मियागी क्षेत्रमा ८ दशमलव ८ रेक्टर स्केलको भूकम्प भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
भूकम्प पछि प्रशान्त महासागरमा सुनामीको चेतावनी समेत जारी गरिएको छ । भूकम्पले गरेको क्षतिबारे भने विवरण आएको छैन ।
नेपालमा गत बैशाख १२ मा ७ दशमलव ९ रेक्टर स्केलको भूकम्प भएको थियो भने बुधबार २९ गते समेत ७ दशमलव ४ रेक्टर स्केलको भूकम्प भएको थियो ।
बुधबार भूकम्प गएको क्षेत्रमा सन् २०११ मा भूकम्प पछी आएको सुनामीले विनाशलीला मच्चाएको थियो । त्यतिबेला १८००० मानिस मारिएका थिए ।www.nepaliheadlines.com

काठमाडौं,बैशाख ३० । बुधवार विहान २:१० मा काठमाडौं केन्द्र भएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको छ।
बैशाख १२ गतेको महाभूकम्पपछि त्रासमा बाँचेका नेपालीलाई बुधबार बिहान नहुँदै भूकम्पले काठमाडौं केन्द्र बनाएपछि त्रसित बनेका छन् ।
त्यसैगरी राती ३:१० मा भरतपुर केन्द्र भएर ५.२ म्याग्निच्यूडको भूकम्प गएको छ। वैशाख १२ गतेको शक्तिशाली भूकम्पपछि काठमाडौंलाई केन्द्र बनाएर पहिलोपटक भूकम्प गएको हो ।
मंगलबार दिउँसो गएको ठूलो भूकम्पको केन्द्र दोलखाको सुनखानी थियो ।

२९ वैशाख, काठमाडौं । पहाडमा भूकम्प आउँदा त्यसको कम्पनभन्दा बढी पहिरोको डर बढेको छ ।
रामेछापबाट स्थानीयवासीले दिएको जानकारीअनुसार भूकम्पसँगै पहाडबाट पहिरो झरिरहेको दृश्य देखिएको थियो । दोलखामा भूकम्पसँगै पहिरोले कुहिरीमण्डल धुलो उडेको छ ।
स्याङजामा भूकम्पसँगै बाटोको ढुंगो खस्दा गुडिरहेको ट्याक्सी किचिएर आगलागी भएको छ ।
रसुवाको धुञ्चेमा मंगलबार भूकम्पसँगै गएको पहिरोको दृश्य इन्टरनेशनल फेडेरेशन अफ रेडक्रसले सार्वजनिक गरेको छ ।
www.onlinekhabar.com

काठमाडौं : नेपालमा पुनः आज आएको शक्तिशाली भूकम्पले हालसम्म २१ जनाको मृत्यु भएको छ ।
दोलखाको सुनखानी केन्द्रबिन्दू भएको ७.३ म्याग्निच्यूटको भूकम्पले दर्जनौको सख्यामा हताहती भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
आजको भूकम्पमा दोलखामा दश , सिन्धुपाल्चोकमा चार, काठमाडौंमा तीन, सिन्धुलीमा दुई र सर्लाही र सुनसरीमा एक/एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बैशाख १२ मा ७.६ म्याग्निच्यूटको भूकम्प गएयताको यो सबैभन्दा शक्तिशाली भूकम्प हो । मध्यान्ह १२ बजेर ५६ मिनेटमा गएको यो भूकम्पको धक्का पूर्वी नेपाल, मध्य नेपाल, काठमाडौ उपत्यका, पश्चिम नेपाल र भारतका केही भागसम्म महसुस भएको छ ।
शक्तिशाली भूकम्पपछि स-साना धक्काको कम्पन लगातार भइरहेकोछ । ७.३ म्याग्निच्यूटको भूकम्प गएपछि ६ वटा साना पराकम्पन भएका छन् । मंगलबार मध्यान्हदेखि यतामात्रै ५.६, ५.४, ६.३, ५,५.१, र ५.२ म्याग्निच्युटका पराकम्पनको धक्का महसुस भइसकेको छ ।
आठ हजार बढी मानिसको ज्यान लिएको बैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण त्रसित बनाएका मानिस आजको शक्तिशाली भूकम्पपछि झनै आतंकित भएका छन् ।
annapurnapost.com

बारपाक (गोरखा), वैशाख २९ – मेरी पत्नी र छोरी ऊ त्यही झुलुङ्गे डाँडोबाट खसेको ढुङ्गोमुनि पुरिएका छन् । बारपाक आउने–जाने यात्रुलाई सो ठाउँ देखाउँदै तिनको लास झिक्न अझसम्म कसैले सघाएका छैनन् भन्नुहुन्छ बारपाक–४ का प्रकाश विक । यही वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर आएको भूकम्पले झुलुङ्गेको डाँडोमुनि हिँडिरहेका विकका पत्नी अञ्जु र छोरी प्रज्ञालाई माथिबाट खसेको ढुङ्गाले पुरेर एकै चिहान बनाइदियो । भोलिपल्टै रोजगारीका लागि दुबई जान काठमाडौँ आइपुगेका विकको यात्रा पनि रोकिदियो, त्यस दुःखद घटनाले ।
बारपाकका ७० जनाको बाँकी जीवन हरेर लगेको त्यस भूकम्पले ३०० भन्दा बढीलाई सख्त घाइते बनाएर मात्र छोडेन, तिनका घरबारसमेत उजाड बनायो । यस्तो अवस्थामा कस्ले झिकोस् तिनको लास । विक भन्नुहुन्छ, “त्यस दिन पत्नी अञ्जुले छोरी प्रज्ञालाई उपचार गराएर घर लैजाँदै थिइन् । त्यसैबेला आएको विनाशकारी भूकम्पपछि पहाडबाट खसेको ढुङ्गा र माटोले पुरेर भित्तापट्टि रहेका आमा–छोरी एकै चिहान भए । तर बाटोको छेउमै हिँडेका दुई बहिनी अरुणा र बिन्दुलाई भने बाटोमुनि फालिदिएकाले बाँच्न सफल भए । बाटोमा हिँड्ने अन्य व्यक्ति पनि त्यसै आसपासमा पुरिएका हुन सक्ने उनको अनुमान छ । त्यस घटनापछि भावविह्वल बन्नुभएका विक १३ गतेको दुबईको यात्रा त्यागेर घटनास्थलतर्फ फर्किए । तेस्रो दिन मात्र घटनास्थल पुगेका उनलाई त्यहाँ सहयोग गर्ने कोही थिए न त उहाँ एक्लैले बाटोभरि खसेका अजङ्गका ढुङ्गा पन्छाउने आँट नै गरे । भूकम्पले भत्काएर जीर्ण र कहालीलाग्दो बनाएको बाटो पनि कसरी पार गरेछु भन्ने पत्तै नपाएको उल्लेख गर्दै उनी भन्छन्, “चारैतर्फ भग्नावशेष मात्र देख्दा आफ्नो घर पनि सुरक्षित नभएको भान हुन थाल्यो । हतार–हतार घर पुग्दा भग्नावशेषमा केही खोजेजस्तो गरेर टोलाइरहेका बाबुआमा देख्दा मन थाम्न कठिन भयो र आमालाई अङ्गालो हालेर रुन थालें ।” खण्डहर बस्तीमा रहेका छिमेकका कसैलाई त्यही भूकम्पले छिनेर लगेको र कसैलाई उपचारका लागि अस्पताल पु¥याइएको दुःखद खबर बाबुआमाले सुनाए । उनले भने – पत्नी र छोरीको लास झिक्न दुई हप्तासम्म तलमाथि गर्दा पनि सम्भव भएन, प्रहरी कार्यालयमा गरेको उजुरी पनि कार्यान्वयन भएन, पाँच दिनसम्म कहीँ कतैबाट राहत पाउने स्थिति पनि नभएपछि बाँकी रहेका परिवारलाई उनले चितवनस्थित एक नातेदारको घरमा पु¥याउनुपरेको दुःखेसो थियो विकको । सुरक्षाकर्मीको सूचीमा विकका दुई परिवार बेपत्ता भएको कुरा उल्लेख छ । भूकम्प आएको भोलिपल्टदेखि नै एक हजार ४०० घरपरिवार रहेको दुर्गम र विकट बजारमै ध्यान केन्द्रित गर्नुपरेको छ सेना, प्रहरी र सशस्त्र प्रहरीले । उनीहरुले घरले पुरिएका व्यक्तिको लास निकाल्न र घाइतेलाई उपचार गराउन सघाउँदै आएका छन् । बाँचेकालाई मर्न नदिनु र खण्डहर बनेका घरबाट अन्नपातलगायतका बहुमूल्य वस्तु निकाल्नु, महामारी हुन नदिनु भग्नावशेषबाट मरेका पशुपक्षी निकालेर गाड्नुजस्ता काम प्राथमिकतामा परेकाले एक्लो ठाउँको लास झिक्न कठिन भएको हो भन्छन्, बारपाकको उत्तरी भागमा खटिनुभएका प्रमुख सेनानी सुनिलसिंह राठौर । www.ratopati.com

काठमाडौं । आज गएको शक्तिशाली भूकम्पमा परी हालसम्म एक जनाको मृत्यु र ३० जना घाइते भएका छन् । दिउसो १२ बजेर ५४ मिनेटमा गएको ७.४ रेक्टर स्केलको भूकम्पमा परी टेकुमा ११ बर्षीया किशोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । भूकम्पबाट पर्खाल भत्किपछि जुनी जयवालको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ ।
त्यसैगरी आजकै भूकम्पमा परी ३० जना भन्दा बढि घाइते भएका छन् । घाइतेहरुको वीर र टिचिङ अस्पतालमा उपचार भइरहेको छ । १२ बैषाख जति क्षति नभएको प्रारम्भीक अनुमान गरिएको छ । आजको भूकम्प भारत र अफगानिस्तानमा पनि धक्का महसुस गरिएको छ ।yeskathmandu.com

काठमाडौं, वैशाख २९ –समाजिक सञ्जालले मानिसको समय खेर फालेको भन्दै धेरै आलोचना हुने गरेका छन् । तर, आज समाजिक सञ्जाल फेसबुकका प्रयोगकर्ताहरुले नेपालको भूकम्प पीडितहरुका लागि १५ दिनभित्र १.५ अर्ब रुपैयाँ जुटाउन सफल भएका छन् ।
फेसबुक प्रयोगकर्ताले ७.८ रेक्टर स्केलको भूकम्पपछि समाजिक सञ्जालमा आइरहने नेपालका समाचारहरुलाई लाइक मात्र गर्दै बसेनन् विश्वभरका ७ लाख ५० हजारभन्दा बढी प्रयोगकर्ताहरुले राहत र उद्धारका लागि सहयोग पनि गरिरहे । फेसबुकमा राखिएको डोनेसन बटनबाट उनीहरुले नेपालका लागि सहयोग गरेका हुन् ।
‘भूकम्पबाट पीडित बनेको नेपालको सहयोगका लागि एकजुट हुने हाम्रो समाजका सबैलाई धन्यवाद दिन चाहन्छु,’ फेसबुकका सिइओ मार्क जुकरबर्गले शुक्रबार फेसबुकमा लेखेका छन् ।
गत वैशाख १२ मा गएको विनाशकारी भूकम्पबाट ८ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।
फेसबुकले नेपालमा सहयोग गर्नका लागि इन्टरनेसन मेडिकल कर्पस् (आइएमसी) सँग साझेदारी गरेको छ । फेसबुक आफैले २ मिलियन डलर सहयोग गर्ने घोषणा गरिसकेको छ ।
आइएमसीले नेपालमा मेडिकल टोली लगायत औषधी, ब्ल्यांकेट आदी पठाइरहेको छ ।
फेसबुकले दुई दिनमा नै नेपालको राहत र उद्धारका लागि १० मिलियन डलर उठाइसकेको थियो ।
‘नेपालको पुर्न निर्माणका लागि अझै धेरै गर्न बाँकी छ, हामी यसमा सहयोग गर्न तयार छौं,’ जुकरबर्गले एक व्क्तव्यमा भनेका छन् ।
www.ratopati.com