नेपालमा गत १२ बैशाखमा भयानक भूकम्प भयो । हजारौंको ज्यान लिने र लाखौंलाई घरबारविहिन बनाउने यो भूकम्पपछि पनि सयौंको संख्यामा पराकम्पन भैरहेका छन् ।
नेपाल सँधै भूकम्पको जोखिममा रहेको क्षेत्र हो । भूकम्पका लागि तयार रहनु बुद्धीमानी हुने विज्ञहरुको सुझाव छ ।
भूकम्पको समयमा के के तयारी गर्नु पर्छ ?
१
कम्तिमा ३ दिनका लागि विजुली र पानीको विकल्प
भूकम्पको समयमा विद्युत र खानेपानीका लाइनहरु अवरुद्ध हुन पुग्छन् । टेलिफोनले समेत काम गर्दैन । यो बनाउने निकाय समेत आफै प्रभावित हुने हुँदा भूकम्पको समयमा कम्तिमा तीन दिनका लागि विद्युत नभएपनि र खानेपनी देखि टेलिफोनविहीन हुन सकिने कुरा प्रति तयार रहनु पर्छ ।
२ खाना, पानी र रेडियो
भूकम्पको समयमा खाने कुराको समस्या हुने हुँदा कम्तिमा २-३ दिनलाई पुग्ने खाना र पानी तयारी अवस्थामा राख्नु पर्छ । त्यसको साथमा प्राथमिक उपचारका लागि एउटा सानो प्याकेट, आगो निभाउने उपकरण र सके सम्म एउटा रेडियो साथमा राख्नु पर्छ । ताकि भूकम्प आएर बाहिर निस्कन परेमा साथमा लैजान सकियोस ।
३ सम्पर्कमा रहने तरिका
भूकम्पको समयमा जता ततै हल्ली खल्ली र तनाव हुन्छ । यस्तो समयमा परिवारका सदस्यहरुबीच सम्पर्क हुनु सबैभन्दा महत्वपूर्ण हुन्छ । भूकम्प आएपछि कसरी सम्पर्कमा रहने भनेर तयारी गर्नु राम्रो हुन्छ । यस्तो समयमा बैकल्पिक नम्बर वा अन्य माध्यमको पनि विकल्प सोंचिराख्नु राम्रो हुन्छ ।
४ फर्निचर वा उपकरण नढ्ल्ने गरी राख्नुस्
घरमा वाटर हिटर देखि ठूला उपकरण र अन्य फर्निचर समेत नढल्ने गरी राख्नुस् । ठूला भूकम्पमा घरका सामानहरु पल्टिर समेत कतिपय मानिसको मृत्यु भएका घटना भएका छन् । आगो टिप्ने वा ठूला उपकरण घरमा राख्दा विशेष चनाखो हुनु पर्छ ।
५ विमाको विचार गर्नुस्
भूकम्पको समयमा जनधन दुवैको क्षति हुन सक्छ । त्यसैले सके सम्म आफ्नो घर र परिवारका सदस्यको विमा गरि राख्नुस् ।www.nepaliheadlines.com
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

२४ वैशाख, काठमाडौ । भूकम्पको महाविपत्तिका कारण आर्थिक समस्या परेकाले राजधानीवासीलाई तीन महिनाको डेरा भाडा मिनाहा गर्न डेरावाल संगठनका नेताले माग गरेका छन् ।
डेरावालका नेता रामकृष्ण शर्मा
भूकम्पले राजधानीका घरहरु भत्किएका र व्यापार व्यवसायसमेत चौपट भएकाले डेरावालहरुलाई कम्तिमा तीन महिनाको भाडा मिनाहा गर्नुपर्ने डेरावाल मञ्चका अध्यक्ष रामकृष्ण शर्माले अनलाइनखबरलाई बताए । व्यापार व्यवसाय तहस-नहस भएकाले अब डेरावालहरुले भाडा तिर्न नसक्ने उनले बताए ।
‘अहिले भूकम्पले लाखौं नागरिक डेराबाट विस्थापित भएका छन्, डेरामा बसेकाहरुको पनि कमाइ खाने उपाय बन्द भएको छ,’ शर्माले भने, ‘त्यसैले कम्तिमा तीन महिनासम्म निःशुल्क डेराको ब्यवस्था मिलाउनुपर्छ भन्ने हाम्रो माग हो ।’
घर भत्किएर डेराबाट विस्थापित भएकाहरुलाई तत्काल अस्थायी डेराको व्यवस्था मिलाउनुपर्ने शर्माले बताए ।
डेराबाट हटाइए आन्दोलन
भूकम्पको भौतिक एवं आर्थिक मारमा परेका डेरावालहरुलाई सहयोग गर्नुपर्ने बेलामा कतिपय घरबेटीले डेरा खाली गर् भन्न थालेको शर्माले गुनासो गरे । भूकम्प आएको दुई महिनासम्म घरबेटीले डेरावाललाई हटाउन नपाइने उनले बताए ।
‘सामान्य अवस्थामा पनि ३५ दिनको म्याद नदिई डेरावाललाई हटाउन पाइँदैन,’ डेरावालका नेता शर्माले भने- ‘यस्तो विपतका बेलामा कम्तिमा दुई महिनाको म्याद नदिई डेरावाललाई घर छाडेर जा भन्न पाइँदैन ।’
भूकम्पका बेलामा घरबेटीले भाडावाललाई कुनै पनि बाहानामा निकाला गरेमा आफूहरुले आन्दोलन गर्ने शर्माले चेतानवी दिए ।
यस्तो बेलामा भाडा बढाउने होइन, तीन महिनाको भाडा छुट दिनपर्छ
भूकम्पको महाविपत्ति परेका बेला राजधानीमा कतिपय घरबेटीले डेरावाललाई तत्काल डेरा सर्ने आग्रह गर्न थालेको शर्माको गुनासो छ । आफ्नै परिवारका सदस्यलाई कोठा आवश्यक परेको भन्दै घरबेटीहरुले राजधानीमा धमाधम डेरा खाली गर्न लगाइरहेको उनले बताए ।
‘अहिले घर भत्किएर मान्छेहरु चौरमा बस्नुपर्ने बाध्यता भइरहेका बेला तत्काल अर्को डेरा कहाँ खोज्ने ?’ शर्माले अनलाइनखबरसँग भने- ‘घरबेटीका आफन्तको घर भत्किएको छ भने उनीहरु पालमा बसुन्, तर डेरामा बसिरहेकाहरुलाई यही बाहनामा घरबाट निकाल्न पाइन्न ।’
भाडा बढाउनेमाथि कारवाहीको माग
महाविपत्तिको मौका छोपेर कतिपय घरबेटीहरुले डेराभाडा बढाउन थालेको शर्माले बताए । महंगी बढेका कारण जनाउँदै भाडा बढाउने र बढेको भाडा तिर्न अस्वीकार गरिए आफैलाई कोठा आवश्यक परेको भन्दै खाली गर्न लगाउने गरिएको उनले बताए ।
विपत्तिमा परेर व्यवसाय चौपट भएकाले बढी भाडा त के अहिलेकै भाडासमेत डेरावालले तिर्न नसक्ने शर्माले बताए । यस्तो बेलामा भाडा बढाउने होइन, तीन महिनाको भाडा छुट दिन उनले घरबेटीहरुसँग आग्रह गरे ।
विपतमा परेर खाने बस्ने समस्यामा रुमलिएका डेरावालहरुमाथि भइरहेको आर्थिक शोषणबारे ध्यान दिन र भाडा बढाउनेमाथि कारवाही गर्न शर्माले सरकारसँग मागसमेत गरेका छन् । उनले अनलाइनअखबरसँग भने- ‘हाम्रो मागको सुनवाइ भएन भने बन्द लगायतका आन्दोलनका कार्यक्रम घोषणा गर्छौं । ‘
www.onlinekhabar.com

मानिसको शरीरको लागि बेसारको विशेष महत्व हुन्छ। यसको प्रयोगबाट हुने फाइदाहरुका बारेमा पनि बुझिराखौ :
-एक गिलास तातो मीठो दूधमा एक चम्चा बेसार मिसाएर पिउनाले शरीरको भित्री चोटमा आराम हुन्छ।
-बेसार मिसाईएको तातो मीठो दुध बिहान बेलुका लगातार पाँच दिन पिउनाले मुख भित्रको निनाउ आराम हुन्छ।
-एक चिम्टी बेसार प्रतिदिन खानाले भोक बढाउंछ। यस्को सेवन गर्नाले आँतमा लाभ हुन्छ।
-बेसार छालाको परजीवी जीवाणुहरुलाई नष्ट गर्छ।
-बेसारको गाँठो पानीको साथमा पीसेर लेप तैयार गरौं र यस्को लेप नुहाउनु भन्दा अघि लगाउं । एक हप्तामा तपाईंको त्वचामा सुन्दरता देखिन्छ।
-अलिकति बेसारमा पिसेको कपूर, अलिकति सर्स्यूंको तेल मिसाएर लेप तैयार गर्नाले त्वचामा हुने रोगहरु समाप्त हुन्छ।
-दानेदार पिसेको बेसारलाई ताजा दुधको तर् मा भिजाएर अनुहारमा र हातमा लगाउं। सुकेपछि रगड़ेर निकालि दिउं। मनतातो पानीले अनुहार पखाल्ने हेर्नुस चमक कस्तो हुन्छ।
-चनाको बेसन मा सर्स्युंको तेल, बेसार र पानी मिसाएर गाढ़ा लेप तैयार गर्ने। यस घोललाई अनुहार र पूरै शरीर मा राम्रोसित लगाएर सुकेपछिर निकाल् दिने। त्वचा चमचम् हुन्छ।
-मासिक धर्मको समयमा पेट दुख्दा तातो पानीको साथमा बेसार रक्त प्रवाह ठीक हुन्छ र दुखाईबाट राहत प्राप्त हुन्छ।
-स्याना बच्चाहरुलाई रुघा खोकी भएमा आधा कप पानीमा आधा चम्चा बेसार, अलिकति गुँड़, अजवाइन, एक ल्वाङ्ग मिसाएर उमाल्ने राम्ररी उम्लेपछि छानेर मनतातो भएपछि ख्वाईदिनाले बच्चाको रुघा खोकीबाट राहत पाउंछ, बरु पेटमा यदि कब्ज छ भनेपनि ठीक हुन्छ।
-मैथी दाना र बेसारको काँढ़ा पनि मासिक सफा हुनलाई लिन सकिन्छ।
-सूजन मा बेसार र चूनाको लेप गर्नाले सूजन ठीक हुन्छ।
-बुढापाकाहरुको भनाई छ कि बेसार बिनाको खाना अलच्छीन् हुन्छ। वास्तवमा यस्तो यस्को औषधीय गुणहरुको कारण भनिन्छ। शाक्य समुदायमा मृत्यु भएको घरमा सन्तानले ७ दिन बेसार बार्ने चलन छ। बेसार नभएको खाना खानाले दुःख परेको जनाउंछ।
-बेसार प्रिजरवेटिवको पनि काम गर्छ, त्यसैले पनि अचारमा यो मसलाको अभिन्न अंग हो।
-नवजात शिशुलाई दिईने घसारा अर्थात घुट्टीमा आंबा बेसार पनि उस्को आयुर्वेदिक गुणहरुको कारणले दिईन्छ।
-बेस्सरी रुघा हुंदा बेसारको धूनी अर्थात तातो जलिरहेको गोबर गुईंठामा बेसार जलाएर त्यसबाट उठने धुवाँलाई सूँघ्ने गर्दा रुघा-सर्दीबाट आराम हुन्छ।
-भनिन्छ कि एक चम्मच बेसार प्रतिदिन सेवन गर्नाले भोक बढाउंछ। अमाशय एवं आँतको सफाई हुन्छ।
-काटीने या रक्तस्राव रोक्नको लागि पनि शुद्ध बेसार धुलो चोटमा लगाईन्छ, जस्ले गर्दा रक्तस्राव तुरंत रोकिन्छ।
-बेसार एक राम्रो एन्टीसेप्टिक एवम् एन्टीबायोटिक हो, जस्को उल्लेख आयुर्वेदमा पनि गरिएकोछ।

काबुल: अफगानिस्तानको काबुलमा मार्च महिनामा एक भीडले एक महिलाको क्रूर हत्या गरेकोमा बुधबार एक अदालतले चार व्यक्तिलाई मृत्युदण्डको सजाय तोकेको छ ।
ती महिलाको हत्याले मुलुकलाई स्तब्ध पारेको थियो भने महिलाको समानताको अधिकार सुनिश्चित गर्न तथा उनीहरूलाई हिंसाबाट जोगाउन अधिकारीलाई आह्वान गरिएको थियो ।
मार्च १९ का दिन २७ वर्षीया महिला फार्खुन्दाले कुरानको प्रति जलाएको आरोप लगाउँदै उनलाई क्रुद्ध भीडले कुटेर मारेको थियो । यसका लागि १९ प्रहरी अधिकारीका साथमा ४९ व्यक्तिमाथि आरोप लगाइएको थियो ।
यस विषयमा शनिबार सुनुवाइ आरम्भ भएको थियो र दुई दिनमै उक्त निर्णय दिइएको छ । अफगानिस्तानको न्याय प्रणाली ढिलो मानिन्छ र यो निर्णय निकै छिटो आएको बताइन्छ । अदालती सुनुवाइलाई राष्ट्रिय टेलिभिजनमा सार्वजनिक गरिएको थियो र त्यसमा सार्वजनिक अभिरुचि ठूलो भएको बताइएको छ ।
न्यायाधीश साफियुल्लाह मोजादेदीले अफगानिस्तानको काबुल प्रारम्भिक अदालतमा बुधबार ती चार व्यक्तिलाई मुत्युदण्डको निर्णय सुनाएका हुन् । उनले आठ प्रतिवादीलाई १६ वर्षको कारवासको सजाय सुनाए भने १८ व्यक्तिमाथि लगाइएको आरोप हटाएका थिए ।
न्यायाधीश मोजादेदीले १९ प्रहरीमाथि शनिबार निर्णय गर्नुहुनेछ र त्यसको घोषणा आइतबार सुनाइनेछ ।
प्रतिवादीहरूलाई यस मुद्दामा पुनरावेदनको अधिकार छ । उनीहरूमाथि आक्रमण, हत्या, उक्साहटको आरोप लगाइएको थियो । प्रहरीमाथि आफ्नो कर्तव्य पालना नगरेको र आक्रमण रोक्न असफल भएको आरोप लगाइएको छ ।
मृत्युदण्ड पाउनेमा फार्खुन्दाले कुरान जलाएको आरोप लगाउने व्यक्ति परेका छन् । यसै गरी फार्खुन्दामाथि दुई ठूलो ढुङ्गा हान्ने, उनीमाथि गाडी चलाउने चालक तथा उनको शरीरमा आगो लगाउने व्यक्तिलाई पनि मृत्युदण्डको निर्णय सुनाइएको छ ।
फार्खुन्दाका भाइ मुजिबुल्लाहले अदालतले बहुसङ्ख्यक प्रतिवादीप्रति दया देखाएको भनी आफ्नो परिवार क्रुद्ध भएको बताए ।
फार्खुन्दाको हत्याले अफगानिस्तानमा धेरैलाई स्तब्ध बनाएको थियो । यस विषयमा राष्ट्रपतीय अनुसन्धानमा उनले मुसलमानको धार्मिक ग्रन्ध नष्ट नगरेको देखिएको थियो । फार्खुन्दाको हत्याको घटना मोबाइल फोनमा रेकर्ड गरिएको थियो र त्यसलाई सामाजिक सञ्जालमा राखिएको थियो ।
यो भिडियोमा प्रहरी केही नगरिकन उभिएका केही प्रहरी अक्रमणमा सरिक भएका देखाइएको छ । फार्खुन्दाका परिवारले अदालतलाई आरोपितलाई कानुन अनुसार दण्ड दिन आग्रह गरेका थिए ।
annapurnapost.com

एजेन्सी ।
मुम्बइको एक अदालतले बलिउड सुपरस्टार सलमान खानमाथि १३ वर्ष अगाडीको एक मुद्धामा लागेका सबै ७ आरोप पुष्टी गरेपछि उनी जेल जाने सम्भावना बढेको छ ।
सलमान खान माथि सन् २००२ मा लागेको हिट एण्ड रन मुद्धामा उनीमाथि लागेका सबै ७ आरोप सही भएको ठहर गर्दै फैसला सुनाउँदा सलमान खानले आँखाबाट आँसु झारेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
सलमान खानलाई हिरासतमा लिइएको छ । सलमान खानका परिवारका अन्य सदस्यका अनुहार पनि मलिन देखिएको सञ्चार माध्यमले जनाएका छन् ।
सलमानमाथिको मुद्धामा १० देखि १५ वर्ष सम्मको जेल सजायको फैसला हुन सक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
सन् २००२ मा मुम्बइमा सलमानको गाडीको ठक्करबाट एक ब्यक्तिको निधन भएको थियो भने अन्य ४ जना घाइते भएका थिए ।