कपिलवस्तु, असार २४ – कपिलवस्तुको पिपरा गाविस– २ स्थित बुलाडिहवामा श्रीमानले नै आफनी श्रीमतीको हत्या गरेको खुलेको छ ।
सोमवार मध्य रातमा महताब आलमले यौन सम्पर्क गर्न नदिएको झोकमा आफ्नी श्रीमती मेराजुन निशालाई हत्या गरेको प्रहरीले जनाएको छ । घटनापछि मृतकका बुवा मोहोम्मद रफिकलले दिएको किटानी जाहेरीपछि प्रहरीले महताब, उनका भाई अफताब आलम र बुवा हबिबुर विरुद्ध दिएको किटानी जाहेरीपछि उनीहरुलाई प्रहरीले पक्रेको थियो ।
घटनाको प्रारम्भिक अनुसन्धान र सोधपुछपछि यौन सम्पर्क गर्न अस्विकार गरेको आक्रोशमा महताबले गरेको खुलेको प्रहरी उपरीक्षक बिक्रम गुरुङले बताए । ‘मेहेताबले श्रीमतीको हत्या गरेको प्रहरी समक्ष स्विकार गरेका छन्,’ मेहताबसँग प्रहरीले गरेको सोधपुछ र प्रारम्भिक अनुसन्धानबारे श्रीमतीको आफुले हत्या गरेको उनले बताएका हुन् ।
मेहताबले राति २ बजेतिर सुतिरहेकी आफ्नी श्रीमतीको हातले घाँटी च्यापेर हत्या गरेका थिए । विवाह भएको ढेड महिनादेखि नै मेहताव र मेराजुन निशाबीच यौन सम्पर्कका बिषयमा झैझगडा हुँदै आएको थियो ।
अर्काेतर्फ घरमा कामको बाँडफाडलाई लिएर समेत दुवैबीच विवाद रहँदै आएको थियो । सो हत्यामा आफ्नो मात्र हात रहेको महताबले प्रहरीलाई बताएका छन् । घटना आक्रोशबस भएको उनले प्रहरी समक्ष बयान दिएका छन् । दाइजोको रुपमा ससुराली पक्षले २ लाख रुपैयाँ दिएको महतबतले बताए ।
दाइजोको निहुँमा ३ जना मिलेर छोरीको हत्या गरेकोे मृतकका बुवा मोहोम्मद रफिकलले आरोप लगाएका छन् । बिवाह अघि दाईजोको रुपमा दिने तय गरिएको ५ लाखमध्ये एक लाख रुपैयाँ दिन ढिलो गरेकोले ३ जना मिलेर छोरीको घाँटी थिचेर हत्या गरेको उनको भनाई छ ।
www.ratopati.com
नेपालमा पनि लैंगिक अनुपात हेर्ने हो भने पुरुषको तुलनामा महिलाको संख्या बढि छ । तर लैंगिक असन्तुलन नै पैदा गर्ने खालको भने होइन । विश्वमा एउटा यस्तो देश छ जहाँ महिलाको संख्या भने पुरुषको संख्या डरलाग्दो गरी कम छ । त्यहाँ हरेक १ सय महिलाका लागि ८६ जना पुरुषमात्र छन् ।
विश्वको सबैभन्दा ठूलो देश रुसमा पुरुषको लैंगिक अनुपात निकै कम रहेको हो । झण्डै साढे १४ करोड जनसंख्या रहेको रुसमा यस्तो लैंगिक असन्तुलन हुनुको कारण छोरीहरु धेरै जन्मिएर भने होइन । त्यहाँ जन्मिने बच्चामा छोरी भन्दा छोराको संख्या नै बढि छ । अझ १ देखि १४ वर्ष उमेरका बालबालिकाको लैंगिक अनुपातको कुरा गर्ने हो भने त हरेक १ सय बालिकाका लागि १ सय ६ बालक छन् ।
पछिल्लो समयमा छोरा बढि जन्मिएपनि महिलाको संख्या पुरुषको भन्दा निकै बढि हुनुको मुख्य कारण भने दोश्रो युद्धलाई लिइएको छ । दोश्रो विश्वयुद्धमा धेरै रुसी पुरुष सैनिकले ज्यान गुमाएका थिए । जसका कारण सैनिकका विधवाको संख्या निकै उच्च भएको थियो । अहिले पनि वृद्धा सैनिक विधवाहरुको संख्या रुसमा उच्च छ ।
क्षेत्रफलको हिसाबले विश्वको सबैभन्दा ठूलो देश रुसमा विश्वको सबैभन्दा ठूलो रेल संजाल पनि छ । रुसको द ट्रान्स साइबेरियन रेलवे ९ हजार २ सय किलोमिटर सम्म फैलिएको छ । मस्कोदेखि सुरु भएर यो रेल एसियासम्म पुग्दछ । यो रेलवेको पूरै रेलयात्रा गर्न १ सय ५२ घण्टा २७ मिनेट लाग्दछ ।
रुसमा फूलप्रति अचम्मको अन्धविश्वास छ । रुसमा कुनैपनि पुरुषले आफुलाई मन परेको महिलालाई एक दर्जन गुलाफको फूल दिन सक्दैनन् ।
त्यहाँ यस्तो मान्यता छ की जोर संख्यामा फूल दिनु हुँदैन, बिजोर संख्यामा दिनुपर्छ । जोर संख्यामा प्रेमी प्रेमिकालाई फूल् दिएमा भाग्य खराब हुने मान्यता रुसीहरुमा छन् ।
रुसको राजधानी मस्को विश्वको यस्तो सहर हो जहाँ सबैभन्दा धेरै अर्बपछि बस्दछन् । त्यहाँ ७५ जना अर्बपति छन् । यो संख्या न्युयोर्कका अर्वपतिको संख्या भन्दा तिनगुण बढि हो ।
रुसको क्षेत्रफल विश्वको कुल भुभागको ९ प्रतिशत भन्दा बढि छ । यसको क्षेत्रफल १७ करोड ७५ हजार वर्गकिलोमिटर छ ।
www.onlinekhabar.com

काठमाडौं, २४ असार । पछिल्लो समय सुनचाँदीको भाउ निरन्तर घटिरहेको छ ।
अन्तराष्ट्रिय बजारको मूल्य ओरालो लागेसँगै नेपालमा पनि सुनचाँदीको मुल्य निरन्तर घटिरहेको हो । सुनचाँदी व्यवसायीका अनुसार पछिल्लो एक महिनादेखि अन्तर्राष्ट्रिय बजारमा निरन्तर सुनचाँदीको भाउ घटिरहेको छ ।
नेपालमा एक महिनामै सुनको मुल्यमा ३ देखि ४ हजारले कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको प्रतितोला ३ सय रुपैंयाँ तथा चाँदीको तोलामा २० रुपैंयाँले मूल्य घटेको छ ।
नयाँ मूल्य अनुसार छापावाल सुन प्रतितोलाको ५० हजार ५ सय, तेजावी सुनको ५० हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ भने, चाँदी प्रतितोलाको ६ सय ६५ रुपैंयाँ पुगेको छ । मुल्य घटेसँगै बजारमा सुनचाँदीको कारोबार बढेको व्यवसायी दीपेन्द्र सुनारले दैनिक नेपाललाई जानकारी दिए ।
dainiknepal.com

आदरणीय आमा/बाबा ! अभागी छोरीको तर्फबाट हजुरहरुलाई ढोग छ ।
बाबा/आमा ! खै कहाँबाट सुरु गरुँ लेखाइ यात्रा । तीनवर्षको लामो बिछोडलाई कागजको सानो टुक्रामा लिपिबद्ध गर्न सक्ने सामथ्र्य मसँग छैन । तर पनि मनको बह पोख्ने प्रयास गर्दैछु । मेरो यो पत्रले हजुरहरुलाई मप्रति झनै क्रोध बढ्न सक्छ ।
पत्रप्राप्त गरेपछि हजुरहरु अपमानबोध भए सरह आक्रोशका ज्वारभाटाहरु मप्रति फुटाउन सक्नुहुन्छ । हजुरको छोरी भएकाले हजुरहरुले जे–जस्तो भने पनि, तिरस्कार गरेपनि, सजाए दिएपनि, हिजोका दिनमा
जसरी हाँसी–हाँसी सहेको थिएँ, आज पनि सहनेछु, भोली पनि सही रहनेछु ।
म घरकी जेठी छोरी । पहिलो सन्तानलाई काखमा राख्न पाउँदा आमा र बाबाले दिउँसै खुशीको चन्द्रमा झुल्केको आभाष गर्नु हुन्थ्यो । म ठूलो हुँदासम्म मैले नखाँदा आमाको गलामा खाना छिर्दैनथ्यो । म नसुत्दा बाबा रातभरि जागाराम बसेको मलाई अहिले पनि सम्झना छ ।
तर समयको हुरीले आज मेरा बाबा–आमा, घरपरिवार सबैसँग म धेरै टाढा भएको छु । भयानक अपराध गरे जस्तो कहालीलाग्दो सजाय व्यहोरिरहेको छु । जसलाई शव्दमा बयान गर्न सक्ने सामथ्र्य मसँग छैन ।
आफू जन्मिएको अनि हुर्किएको घर मबाट धेरै टाढा पनि छैन । एउटै शहरमा हामीहरुले गुजारा गरिरहेका छौं । एउटै सडकमा दिनहुँ हाम्रा पाइलाहरु लम्कन्छन् ।
एउटै हावाको झोकाले हामीलाई स्पर्श गरिरहन्छ । सूर्यको ताप, बादलको छायाँ अनि हामीलाई भिजाउने वर्षाको थोपाहरु एउटै हो । हामीले पिउने पानीको वितरण प्रणालि पनि एउटै छ । तर विडम्वना मान्नुपर्छ, म भीडमा हराएको मान्छे जस्तो आफन्तहरु मेरा लागि बिरानो छन् । म आफन्तहरुको बथानमा टुहुरो÷अनाथ सन्तान जस्तो दिनचर्या बनाउन बाध्य छु । हुन त यसमा मेरो पनि दोष छ । बाबा–आमाले मेरो लागि धेरै कुरा सोंच्नु भएको थियो । त्यो उहाँको अधिकार र कर्तव्य पनि हो । तर प्रेमको बतास अनौठों आकर्षण बोकेर उड्दो रहेछ ।
यसले छोएपछि उडाउँछ भन्ने थाहा हुँदा–हुँदै यसका झोकाहरुसँग पैठेजोरी गर्दै यसैमा लिप्त भएर उडनका लागि मन यतिधेरै आतुर हुने रहेछ कि, यसबाट अलग हुन न मैले सकेँ, न अरु कसैले नै सक्छ जस्तो मलाई लाग्छ । तसर्थ मैले प्रेमको संसारमा पाइला राखेर गल्ती नै गरे भन्ने पक्षमा पनि छैन् । यसका आफ्नै मूल्य र मान्यता हुँदा रहेछन् । बाल्यकालदेखि नै शान्त, सरल अनि मिजासिलो बन्नुपर्छ भनेर अर्ति उपदेश पाएकाले प्रेमको सवालमा कठोर बन्न सकिन ।
मान्छे–मान्छे एउटै हो, काटेपछि सबैको रगत आउँछ, सबैले खाना खान्छन्, हावा, पानी अनि घाम सबैलाई चाहिन्छ भन्ने कुरा पढ्दै र सुन्दै आएको छु । त्यसैले मनको मझेरीमा जातभातको तराजुमा मान्छेहरुलाई जोखेर राख्ने काम मबाट हुन सकेन ।
मेरो मनले शितलता प्राप्त गरेको व्यक्तिलाई जीवनसाथीका रुपमा रोज्न पुगे । उसँग म धेरै खुशी पनि छु । उसले आफ्नोतर्फबाट मलाई सक्दो खुशीहरु दिइरहेको छ । भौतिक रुपमा संसारको सबै एशोआरामा उसले किनेर दिएको छ भन्ने पक्षमा त म छैन । तर दुईछाक राम्रोसँग खान दिएको मेरो मान्छेले मनको खुशी यति धेरै दिएको छ कि मलाई लाग्छ म संसारको सबैभन्दा खुशी नारी हुँ । समय, परिस्थिति अनि भाग्यले साथ दियो भने भौतिक सुखहरु पनि मैले प्राप्त गर्नेछु ।
तपाईहरुलाई चिढाउनका लागि, तपाईहरुको मन दुःखाउनका लागि या तपाईहरुसँग प्रतिष्पर्धा वा प्रतिशोध साट्नका लागि मैले यो कुरा भनि रहेको छैन । तपाईहरुलाई केवल जानकारी मात्र दिन खोजेको हुँ, बास्तवमै तपाईको छोरी श्रीमतीकारुपमा अत्यन्त खुशी छे ।
तपाईहरुले मेरो बिबाह नहुँदा सधैजसो असल, राम्रो, सभ्य जुवाई पाऔं भनेर जसरी बारम्बार भगवान सामु प्रार्थना गर्नु हुन्थ्यो, तपाईँहरुको प्रार्थनाकै कारण मेरो लागि भगवानले असल साथी जुराई दिनुभएको हो । फरक यति हो, हजुरहरुले नखोजेर मैले नै उहाँलाई खोजेँ, अनि रोजँे । श्रीमतीका रुपमा म संसारको सबैभन्दा खुशी श्रीमती हुँ जस्तो लाग्छ । अनि बुहारी, भाउजुका रुपमा पनि हाम्रो घरमा म अत्यन्त प्रिय र सम्मानित छु ।
बाबा–आमासँग हुँदा जे खान्थे, जसरी निदाउँथे, त्यसरी नै यहाँ बसिरहेको छु । यहाँका मान्छेले खाने अनाज, सुत्ने बिछौना पनि उस्तै छ । पानीको स्वाद उही हो । तर बाबा–आमा दुःखका साथ भन्नु परिरहेको छ, छोरीका हिसाबले म संसारकै सबै भन्दा दुःखी बन्न पुगेको छु । आफैलाई संसार देखाउने आमा–बाबालाई हेर्न मन लाग्दा तस्विर छुनुपर्ने, बोल्न मन लाग्दा अतीततर्फ फर्कनु पर्ने, आर्शिवाद चाहिँदा तपाईँहरुको झझल्कोलाई पछ्याउनुपर्ने । भाइबहिनी अनि इष्टमित्रहरुसँग भेट्नका लागि आफ्नै आमाबाबाले देख्लान भनेर एकान्त खोज्नुपर्ने ? यो कस्तो बाध्यता ! यो कस्तो विवशता !
लेखक
तपाईहरु नै भन्नुहोस् आफन्तहरुको वियोगमा बाँचिरहेको तपाईँको यो छोरीले साँच्चै नै प्रेम विवाह गरेर गम्भीर अपराध गरेकै हो ? जानी–जानी वा अन्जानमा अपराध गर्नेहरुले पनि निश्चित समयको काराबास पाउँछन् । उनीहरुलाई सुधरिनका लागि मौका दिइन्छ । तर मैले जतिबेला जोसँग पनि हुन सक्ने अमरप्रेमका कारण अग्रजहरुबाटै यति भयानक सजाय पाएको छु कि अनाथ व्यक्तिको जस्तो दिनचर्या बनेको छ । दशैं, तिहार, तीज किन आउँछ जस्तो लाग्छ । अनि कसैले थाहा नपाउने गरी एक्लै बसेर समाजमा विभेदको रेखा कोर्ने
ठेकदारहरुलाई अनगिन्ती श्रापहरु दिन्छु । यदि समाजमा जातभातको खाडल नकोरिन्थ्यो भने आज म मेरो आमाबाबाहरुको समीपमा हुने थिए । उहाँहरु छोरीको खुशीमा रमाउनु हुन्थ्यो । आखिर कसले बनाएको हो जातभातको रेखा ? मान्छेहरुलाई उसको बानी, व्यबहार, कर्मका आधारमा ठूलो सानो भन्नुपर्ने हो । समाजमा त्यही किसिमको स्थान हुनुपर्ने हो तर जातकै आधारमा किन यति धेरै पक्षपात किन ? कथित ठूलो जात भनिएको खलकमा जन्मिदैंमा कर्म नगरेमा त्यो मान्छे समाजमा नायक, अभियन्त, लिडर, सफल व्यक्ति बन्नै सक्दैन भन्ने
कुरा किन सबैले बिर्सिएका छन् ? अनि कथित तल्लो जातको खलकमा जन्मिएको व्यक्ति पनि इमान्दार, सिपयुक्त, मेहनती, क्षमतावान छ भने त्यो मान्छे पनि सफल बन्न सक्छ भन्ने कुरालाई किन थाहा पाएर पनि बुझ पचाउने काम यहाँ भइरहेको छ ? आखिर हामीले विभेदको रेखा कोरेर कसलाई खुशी बनाउन खोजिरहेका छौं ? मान्छे–मान्छे एउटै हो, सफल्ता र असफलता, राम्रो र नराम्रो उसको कर्मले निर्धारण गर्छ भन्ने कुरालाई पनि बंगाउन खोज्ने दुस्प्रयास किन हामीले नै गरिरहेका छौं ? तसर्थ माइती देशमा मप्रति निकृष्ट व्यवहार भएपनि छोरी भएका नाताले तपाइहरुप्रतिको माया, श्रद्धा कम गर्न सक्ने साहस म मा छैन ।
तपाईहरुले मलाई तिरस्कार गरिरहनुहोस् म मेरो मनको सिंहासनमा हजुरहरुलाई जिन्दगीभर सुरक्षित तवरबाट राखि रहनेछु । आजसम्म म तपाईहरुको शहर जसलाई तपाईहरु जस्तै अग्रजहरुले जातभातको तराजुमा जोखेर फरक मूल्य र मान्यताको धरातलमा रहेर बनाउनु भयो । सायद अब म तपाईहरुको यो क्रूरताले भरिएको शहरमा धेरै दिन मेरो सानो संसारलाई जोगाउन सक्दैन ।
पाइला–पाइलामा अनेककोणबाट उठाइने प्रश्न अनि तिरस्कारको लबेदालाई सहन सक्ने शक्ति अब मसंग छैन । त्यसैले एक्लो सही हामी यहाँबाट धेरै टाढा जाने निष्कर्षमा पुगेका छौं ।
जहाँ हामीलाई कसैले धारे हात लगाउँदैन, मेरा कारण मेरो बाबुआमालाई जुन ठाउँले अपमान बोध गराउँदैन, त्यस्तो ठाउँमा गएर बचेको जीवन बिताउने योजना हामीले बनाएका छौं । तपाईहरुले त आडम्बरी यो समाजलाई सजिलै भन्न सक्नु हुन्छ होला मेरो जेठी छोरी मरि सकि भनेर, तर म मेरो बाबा–आमालाई कल्पनामा समेत यो अवस्थामा पुगेको हेर्न सक्दिन । त्यसैले हाम्रो सन्तानलाई यी सबै घटना र परिघटनाहरुको बारेमा जिन्दगीभर थाहा नदिनका लागि यहाँबाट धेरै टाढा जाँदैछु ।
मलाई थाहा छ आफन्तसंगको वियोगमा मेरो आयु छोटो हुनेछ । पलपल म मर्नेछु । त्यसैले छोरीको कोणबाट आज पराजित भएर आफ्नो शहर छाडेर जाँदैछु । छोरीको जन्म पनि सदैभरी हार्नकै लागि हुँदो रहेछ । कदम–कदममा हार, पराजय, अपमान छोरीहरुको दिनचर्या हो । पुरुषप्रधान राज्य व्यवस्थाभित्र पिल्सिएका सबै छोरीहरुको दर्दनाक अवस्था यस्तै छ ।
सायद छोराहरुले यस्ता कार्य गर्दा उ घरपरिवारको बाइलो भने पक्कै पनि बन्न पर्दैन । तर छोरीहरुलाई अपमान र तिरस्कारको घुट जिन्दगीभरि पिउनुपर्छ । यो पत्र बुबाआमाले पाउँदासम्म हामी धेरै टाढा पुगिसकेका हुनेछौं । सदा–सदाका लागि, टाढा बनि सकेका हुनेछौं ।
उही तपाईकी अभागी छोरी (पुष्पाञ्जली)
(नम्रता उपन्यासबाट)

तनहुँ सदरमुकाम दमौलीमा बुधबार दिउँसो चर्को घाम थियो। यहाँको तापक्रम ३३ डिग्री सेल्सियस थियो । जोकोही पनि हत्तपत्त सडकमा निस्कन हिचकिचाउने बेला थियो ।
मध्याह्नतिर एकाएक प्रायः सबै बजारबासीका आँखा आकाशतिर तेर्सिन थाले। विद्यालय, पसल, सडक तथा खुला स्थान जताततै मानिसले आकाशतिर आँखा लगाउँदै गरेको दृश्य यत्रतत्र देखिएको थियो ।
आकाशमा कहिल्यै नदेखिएको दृश्य देखेपछि सनग्लास लगाएरै भए पनि दुर्लभ दृश्य नियाल्ने मौका छाडेनन् दमौलीबासीले ।
सूर्यको ठीक मुन्तिर बाक्लो इन्द्रेणी आकारको घेरा देखेपछि व्यास ११ का भरत गुरुङले फेसबुकमा पोस्ट गरिहाले, ‘हैन के भाको यस्तो रु
अहिलेसम्म भएको थिएन । एकपटक आकाशतिर हेरिहाल्नुस् त।’ उनको स्टाटसमा कमेन्टको ओइरो लागिहाल्यो ।
ठीक त्यसैबेला सत्यवती उच्च माविकी शिक्षिका सराह ढकालले आफ्नो क्यामेरामा कैद गरेको दृश्य फेसबुकमा पोस्ट गरिन्। पानी पर्दा इन्द्रेणीमात्र देखेका दमौलीबासीका लागि त्यो दुर्लभ दृश्य थियो।
दिउँसो एक बज्दा दमौलीबासी अधिकांशका फेसबुक वाल सुनौला दृश्यले भरिइहाले। सबै आफ्नो अनुभव सेयर गर्दै अड्कलबाजी गरिरहेका भेटिन्थे।
राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको सुन्न बसेका बुढापाका पनि त्यो छाडेर आकाशमा देखिएको दृश्यका कारणबारे अड्कलबाजी गरिरहेका भेटिए।
‘अब पृथ्वीमा प्रलय आउन लाग्योु, व्यास १० को एक चिया पसलमा भेटिएका वृद्धले ठोकुवा गरे, ‘यो त्यसैको लक्षण हो।’
पराशर कलेजमा संवाददाता पुग्दा त्यहाँका प्रिन्सिपल अमृत भण्डारी र विज्ञान शिक्षक दिवस खनाल पनि त्यसैबारे चर्चा गर्दै थिए।
खनालले भने, ‘ओजन तहनजिकै जम्मा भएको फोहोरका कारण यस्तो भएको हो।’
उनले प्रकाशमा सातवटा रङ मिलेर बन्ने दृष्टान्त दिँदै पानी परेका बेला प्रकाशलाई अवरोध गर्दा सात रङमा फैलिएजस्तै ओजोन तहमा फोहोर जम्मा हुँदा त्यसले पनि प्रकाशलाई अवरोध गरेर इन्द्रेणी रङ देखिएको प्रस्टीकरण दिए।
शिक्षक खनालले सूर्यकै मुन्तिर देखिएको घेराको कारणबारे भने अनुसन्धान हुनुपर्ने बताए।
तनहुँ, लमजुङ र कास्कीका धेरैजसो भागबाट देखिएको सूर्यमुन्तिरको इन्द्रेणी रङको घेरा यसअघि कहिल्यै नदेखिएको दुर्लभ दृश्य थियो।
यसको कारणबारे विभिन्न अड्कलबाजी भैरहँदा विज्ञहरूले अनुसन्धान गरेर वास्तविकता सार्वजनिक गर्नुपर्ने व्यास नगरपालिका निर्बुका विकास अधिकारीले बताए। आजको अन्नपूर्ण पोस्टमा समाचार छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

स्याउको जुस सोडा भन्दा हानिकारक छ, यसले कलेजो, मुटु लगायतलार्ई हानी पुर्याउछ
किन स्याउको जुस तपाईका लागि सोडा भन्दा हानिकारक छ?
’स्याउको जुस तपाईका निम्ति सोडा भन्दा हानिकारक छ’ यो रहस्य गत हप्ता संचार माध्यमद्धारा सार्वजनिक हुनासाथ भाइरल बन्न सफल भयो । धेरैजसोको प्रश्न थियो सबैले मनपराउने फल स्याउको जुस जुन प्रत्येक फलफुल पसलमा सजाएर राखिएको हुन्छ किन स्वास्थका लागि हानिकारक छ ।
गाजर र गाजरको जुस तथा सुन्तला र सुन्तलाको जुस बिचमा के भिन्नता छ भन्ने कुरा जान्न आवश्यक छ । एकै पटकमा तपाईले पाँच वटा सुन्तला खानसक्नु हुन्न तर त्यतीकै मात्राको सुन्तालाको जुस भने तपाईले सुरुप्पै पार्नु सक्नु हुन्छ ।
जब फलबाट जुस बनाइन्छ त्यस बखत यसबाट फाइबर तथा केस्रा हराएर गैसकेको हुन्छ र यसमा फाइवरको ठाउँ सुगरले द्रुत गतिमा लिइसकेको हुन्छ । जुसमा आवद्ध सुगरले तपाईले प्रयोग गर्ने अरु खानाहरु भन्दा शरीरमा वेग्ले असर पार्न सक्छ जस्तो तपाईलाई लाग्दैन? पक्कै पनि यसले असर गर्छ ।
तल उल्लेखित संख्याहरुलाई हेरौं
आधा लिटर स्याउको जुसमा करिव ८ चिया चम्चा चिनिको मात्रा जम्मा हुन्छ । तर आधा लिटर सोडामा मात्र ६ चिया चम्चा चिनि जम्मा हुन्छ ।
यसैगरि, एक ग्लास स्याउको जुसमा जति चिनिको मात्रा आबद्ध हुन्छ त्यस भन्दा बरु एक ग्लास कोलामा कम चिनिको मात्रा उपलब्ध हुन्छ । मीठो सोडामा भन्दा स्याउको जुसमा धेरै मात्रामा चिनि आबद्ध हुने भएकाले जुस भन्दा बरु चिनि भएको सोडा स्वाश्थयका लागि राम्रो भनिएको हो ।
तपाईले सोडा तथा स्याउको जुस सेवन गरेपछि त्यसमा आबद्ध गुलियो पदार्थ तपाईको कलेजोमा पुग्छ र यसले तपाईको ब्लड सुगर र इन्सुलिनलाई घोच्ने काम गर्न थालिहाल्छ । यस्ता जुसमा फ्रक्टोज तथा गुलियो मात्रा हुने भएकाले यीनीहरु समस्याको कारक बनिदिन्छ । तर यी जुसहरु सेवन गर्नाले शरीरमा कसरी समस्या उत्पन्न हुन्छ त ? यसका बारेमा यी बिज्ञले धेरै ठाउँमा छलफल गरिसकेका छन् । उनका अनुसार यो तपाईको कलेजो तथा ब्लड सुगर लेभलका लागि अति हानिकारक छ ।
फलको जुसमा सोडा भन्दा बढी फ्रक्टोज तथा गुलियो मात्रा आबद्ध भएता पनि फलमा आबद्ध फ्रक्टोज भने प्राक्रितिक रुपले भैरहने गुण हो ।
हो त, फल तथा केही सागसब्जीमा फ्रक्टोजको मात्रा प्राक्रितिक रुपले आबद्ध रहन्छ जसमा फाइवर तथा पोषणको मात्रा पनि हुन्छ । जब हाम्रो शरीरमा यो फ्रुक्टोजको मात्रा प्रवेश गर्छ, शरीरलाई राम्रो गर्छ । हाम्रो पाचनमा सुधार आउछ जसका कारण अनावश्यक फ्रुक्टोज उत्पादन गर्ने ग्रन्थिलाई यसले नियन्त्रण पनि गरिदिन्छ । तर जुसमा आबद्ध फ्रक्टोज भन्ने तत्व फलमा भन्दा कैयौ गुण बढी हुने भएकाले जुुुस लाभदायक छैन भन्न खोजिएको हो ।
धेरै फलहरुमा ग्लुकोज भन्दा पनि फ्रुक्टोजको मात्रा बढी हुन्छ । स्याउ तथा सुन्तलामा ग्लुकोजको भन्दा झण्डै दुई गुण बढी फ्रुक्टोजको मात्रा आबद्ध रहन्छ ।
फलको रस ननिकालेसम्म यो समस्याको कारक हुनसक्दैन । तर फलको रस निकाल्ना साथ यसबाट फाइबर र पोषण तत्व भागेर जान्छ । एउटा स्याउमा चिनिको मात्रा मध्यम खालको रहन्छ तर जब यसबाट रस निकालिन्छ, यसको फाइवर र पोषण तत्व हराएर जान्छ । अनि यो हाइ सुगर फ्रक्टोज बमका रुपमा परिणत भएर जान्छ ।
जब फलबाट फाइबर हराएर जान्छ यसले कलेजोमा बोसो जम्मा पार्ने, रक्त संचारमा बाधा पुर्याउने, मोटोपना निम्त्याउने, शरीर सुनिने लगायतका समस्याहरु देखा पर्छ ।
हुनत स्वास्थका हिसावले कोला, सोडा तथा स्याउको जुस मध्ये कुनै पनि लाभदायक छैन र यसको आयात निर्यातमा निशेधाज्ञा जारी गरेपनि हुन्छ ।
कतिपयलाई के लाग्छ भने स्याउको जुस तथा फलफुललाई दहीका साथ खाँदा स्वादिलो हुन्छ । तर यसले हाम्रो शरीरमा पुर्उने हानी तथा नोक्सानीका बारेमा भने होस पुर्उन अति आवश्यक छ ।
हामी के चाहान्छौ भने जानकारीको अभावमा कसैले पनि चिनीको सिकार हुन नपरोस् ।
जेजे भर्जिन मानव शरीरमा थोपरिन सक्ने अनावश्यक तौल कसरी घटाउन सकिन्छ भन्ने कुराका विशेज्ञ मानिन्छन् । उनको सल्लाह पछ्याएर लाखौ मानिसहरुले आफ्नो शरीरको अनावश्यक तौल घटाएर स्वस्थ जीवन यापन गरिरहेका छन् । उनको सल्लाह मनन गरेर तपाईहरुले समेत फाइदा लिन सक्नु हुन्छ भन्ने विश्वास हामीले लिएका छौं

एसएलसीमा पास हुनु नै ठूलो कुरा हो झन देशमै टपर हुनु त गौरवाम्वित कुरा हो । देशका लागि केही गर्ने अवसर हो । तर यहाँ एक युवक एसएलसीमा ९८ प्रतिशत ल्याएर पनि आतंकवादी बनेका छन् । देशको लागि केही अवसर पाएका उनी देशकै दुश्मन बनेका छन् ।
उनको नाम हो निवटन’ । पूरा नाम इसाक अहमद । भारतको दक्षिण कश्मीरमा पुलवामा जिल्लाको आतंकवादग्रस्त त्राल शहरमा उनी बस्दै आएका थिए । १९ वर्षका उनी यसै वर्षको मार्चा अर्थात चार महिना पहिलेदेखि आतंकवादी संगठनमा लागेका छन् । यो खबर उनका परिवारले पुष्टि गरेका छन् । र पुलिस स्रोत अनुसार उनी आंतवादी संगठनको तल्लो तहको कमाण्डर नै बनेका छन् ।
उनका पिता मोहम्मद इब्राहिमले भनेका छन् कि उनी डिसेम्बर महिनामा कलेजमा फिस बुझाउने वहानामा घरबाट निस्केका थिए । प्रहरीका अनुसार यी किशोर का कमाण्डर बुरहान मुजफ्फर नामका आतंकवादी हुन्, जो स्कुल पिन्सिपल छोरा थिए । त्रालमा उनी आतंकवाद बढाउँदै युवाहरुलाई आफ्नो संगठनमा आकिर्षत गरिरहेका छन् ।
त्यसै क्रममा इसाक पनि आतंकवादी संगठनतर्फ आकर्षित भएका हुन् । इसाकले २०११ सालमा कक्षा १० को एसएलसीमा ९८ प्रतिशत नतिजा ल्याएर भारतमै टपर भएका थिए । दक्षिण कश्मीर रेञ्जका एक वरिष्ठ पुलिस अधिकारीले भनेका छन् कि पछिल्लो १८ महिना अवधिमा १०० किशोर युवक आतंकवादी संगठनमा सामेल भएका छन् । उनी आतंकवादी बनेपछि प्रहरीले उनलाई मार्न स्पेशल फोर्स खटाएको छ । एजेन्सी
dainiknepal.com
विश्वका महिलाहरु ब्रा लगाउँछन् । तर, गलत साइजको ब्राले स्वास्थ्यमा गम्भीर असर पर्ने विज्ञहरुले बताएका छन् । एक अनुमानअनुसार करिब ८० प्रतिशत महिलाहरु गलत साइजको ब्रा लगाउँछन् भने शारीरिक अभ्यासका क्रममा स्पोर्ट्स ब्रा पनि लगाउँदैंनन् ।
तर, फिजियोथेरापिष्टहरुले भने ब्रा किन्नुअघि आफ्नो छातिको साइज लिन सुझाव दिएका छन् । गलत ब्रा लगाउनाले उमेर नपुग्दै स्तन झोलिने समस्या हुन्छ । यो समस्या सर्जरीले मात्र समाधान गर्न सकिन्छ ।
फिजियोथेरापी चार्टर्ड सोसाइटीकी सामी मार्गो भन्छिन्, ‘गलत साइजको ब्राले स्तनको आकार बिगार्नेमात्र होइन, घाँटी, काँध, कम्मर दुख्नेलगायतका गम्भीर स्वास्थ्य समस्या निम्तन्छन् ।’
यस्तै, गलत ब्राले छालासम्बन्ध समस्या निम्त्याउँने पनि विज्ञहरुको भनाई छ । आजकाल निकै टाइट ब्रा लगाउने चलन छ ।
तर, यस्ता ब्राले छालाको समस्याका साथै रगतको आवागमन घटाउने, स्नायु प्रणालीमा असर गर्ने हुन्छ ।
जसको परिणाम टाउको दुख्ने समस्या निम्त्याउँछ । विशेषज्ञ मार्गोका अनुसार हरेक महिलाहरुका लागि स्पोर्ट्स ब्रा आवश्यक छ ।

विश्वको सबैभन्दा ठूलो सोसल नेटवर्किङ साइट फेसबुकमा गालीगलौज तथा आपत्तिजनक तस्वीर र सामाग्रीहरु पोष्टिनु आजकल सामान्य बन्दै गएको छ । यद्यपि फेसबुकले यस्ता सामाग्रीलाई बन्देज लगाउनका लागि विभिन्न उपायहरु अपनाउने गर्छ तथापि फेसबुक प्रयोगकर्ताहरुले फेसबुकमा ‘असभ्यपना’ लाई छाड्न सकेका छैनन् ।
सायद फेसबुकको यहीँ दोषबाट मुक्ति पाउनकै लागि होला ब्राजिलमा ‘नयाँ फेसबुक’ सुरु भएको छ । यो नयाँ सोसल नेटवर्किङ साइटको खास विशेषता भन्नु नै यसमा गालीगलौजगर्न तथा आपत्तिजनक र अश्लील सामाग्रीहरु कुनैपनि रुपमा पोष्ट गर्न पूर्णतया बन्देज गरिएको छ ।
विश्वमा सबैभन्दा धेरै रोमन क्याथोलिक धर्माबलम्बी रहेको ब्राजिलको इभान्जेलिकल क्रिस्चियन समूहले फेसग्लोरिया नामको सोसल साइट गएको महिला सार्वजनिक गरेको हो । सार्वजनिक भएकेा एक महिनामै यसका प्रयोगकर्ताको संख्या १ लाख पुगेको छ ।
फेसग्लोरियामा आपत्तिजनक तथा अश्लील मानिएका विभिन्न ६ सय शव्दहरुमा प्रतिबन्ध लगाइएको छ । कसैका पोष्ट मन पराउनका लागि फेसबुकको लाइक जस्तै यसमा एमेन नामक बटन छ ।
स्मरण रहोस् सन् २०१३ मा मुस्लिमका लागि लक्षित गर्दै अमाल्याण्ड नामक सोसल साइट खुलेको थियो । यो साइटका प्रयोगकर्ता अहिले ३ लाख २९ हजार पुगिसकेका छन् । यो साइटमा मुस्लिम महिला प्रयोगकर्ताका लागि विस्तृत गोपनीयताको व्यवस्था पनि छ । त्यसका साथै दैनिक प्रेरणादायी इस्लामकि कथनहरु पनि सो साइटमा छन् ।
ब्राजिलमा हालै सुरु भएकेा फेसग्लोरिया अहिले केवल पोर्चुगिस भाषामा मात्र उपलब्ध छ । यद्यपि निकट भविष्यमै अन्य भाषाका साथै यसको मोबाइल एप समेत उपलब्ध गराउने लक्ष्य यसका निर्माताको छ । फेसग्लोरियाका वेब डिजाइनर एटिल्ला ब्यारोस भन्छन्, ‘फेसबुकमा कैयन् हिंसा तथा पोनोग्राफीका सामाग्री देख्न सक्नुहुन्छ ।
त्यसकारण हामीले एउटा नयाँ संजाल सिर्जना गर्ने सोँच बनायौँ जहाँ इश्वर, प्रमका साथै इश्वरका बचनहरु फैलाउन सकियोस् ।’ यो साइटमा तेश्रो लिंगी तथा समलिंगी सम्बन्धि सामाग्रीहरुमा पनि बन्देज लगाइएको छ ।
फेराज दी भास्कोन्सेलोस सहरका मेयर एसिर डस सान्तोसले समेत यो साइटमा अहिलेसम्म १६ हजार डलर लगानी गरिसकेका छन् । यो साइट निर्माताले उनकै अफिसमा बसेर यसको विकाश गरेका हुन् ।
फेसग्लोरी विश्वव्यापी नेटवर्क रहेको भन्दै उनीहरुले यसको अंग्रेजीका साथै सबैजसो भाषाको डोमेन समेत खरीद गरिसकेको बताएका छन् । विश्वका सबै ठाउँमा फेसबुक र टि्वटरलाई माथ लिने लक्ष्य उनीहरुको छ ।
(अनलाइन खबरमा प्रकाशित सामग्री साभार)

काठमाडौं, २३ असार । सडकमा सुनचाँदीका टुक्रा खसेपछि बहराइचमा ट्राफिक जाम भएको छ ।
भारतको यूपी राज्यस्थित बहराइच जिल्लामा एक्कासी एक मोटरसाइकलबाट भारी मात्रामा सुन र चाँदीको टुक्रा खसेपछि सडकमा टिप्नेको घुईचो लागेको हो । मोटरसाइकलबाट सुनचाँदीका टुक्रा खस्दै गरेको देखेपछि गाउँलेहरु टिप्नका लागि उर्लेर सडकमा आएका थिए ।
बहराइचबाट नानापारातिर गइरहेको एक युवकको मोटरसाइकलमा राखिएको बन्द झोलाबाट यो गहना खसेको थियो । झोलामा चाँदी र सुनका साना–साना गहना थिए । जुन सडकमा लगातार खसिरहेका थिए ।
त्यसका हिरा मोतीका टुक्रा पनि भेटिएका थिए । पुरै सडक फरक फरक मोतीले भरिएको थियो । त्यहाँका स्थानीयले कम्पतीमा पनि करोडौंको सुन सडकबाट पाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । एजेन्सी

अर्जेन्टिना: अजेन्टिनामा एक व्यक्तिले आफ्नै मुद्दा लड्दै आएका वकिलको गोली हानी हत्या गरेका छन् । वकिलको हत्या पश्चात आफैलाई पनि गोली हानेर आत्महत्या गरेको समाचारमा जनाइएको छ ।
कार्लोस मर्टिनीज नाम गरेका ती हत्याराले नाबालिकालाई यौन शोषण गरेको आरोप लागेको थियो । ल फार्म नजिकै रेष्टुरेन्टमा खाजा खादै गरेका वकिल एर्नेस्टो गोन्जालेजलाई ६ गोली हानिएको प्रहरीले बताएको छ ।
वकीललाई ६ गोली प्रहार गर्नुको पछाडी कार्लोस निकै आवेगमा आएर हत्या गरिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । हालै भएको घटनामा प्रहरी अधिकारीले भनेका छन् 'चरम रिसकै कारण वकिलको हत्यापछि आत्महत्या गरिएको हुनसक्छ । '
annapurnapost.com

२३ असार, फ्लोरिडा । अमेरिकाको फ्लोरिडा राजयमा एक शिक्षिकालाई २२ वर्षको सजायँ सुनाइएको छ । अंग्रेजी पढाउने नाममा किशोरहरुलाई शारिरिक सम्बन्ध बनाउने गरेको उनीमाथि आरोप छ । यहि क्रममा उनी गर्भवती पनि भइन् ।
अदालतमा सफाई दिनेक्रममा उनले आफ्नो बच्चाको बुवा (किशोर छात्र) ले आफूलाई माया गर्ने गरेको बताएकी थिइन् ।
फ्लोरिडामा बस्ने ३० वर्षीया शिक्षिका जेनिफर फिचरले चार वर्षसम्म तीन किशोरहरुलाई यौन शोषण गरेको बताइएको छ
किशोरहरुलाई यौन शोषण गर्नु अपराध हुने थाहा नभएको बताउने उनले आफूलाई आफ्नो कार्यप्रति अपसोस भएको बताएकी छिन् । उनी भन्छिन्, ‘यदि म आफ्नो विगतमा जान सक्ने भए, म आफ्ना ती सबै गल्तीहरु मेट्ने थिएँ ।’
आफूले नाइट क्लब र बारमा गएर अरु पुरुषहरुलाई पनि भेट्ने र उनीहरुसँग पनि शारिरिक सम्पर्क गर्ने खुलासा गरेकी छिन् ।
फिचर ती तीन किशोरमध्ये एकको बच्चाकी आमा बन्न लागेकी छिन् तर अदालतले उनको प्रेम सम्बन्धलाई भने खारेज गरेको छ । अदालतले महिला शिक्षिकाको यो अपराधलाई कुनै पुरुष शिक्षकले गरे बराबार मान्दै उनलाई २२ वर्षको सजाय सुनाएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

पकंज शर्मा-झापा, २३ असार ।
तपाई कतै कोहीसँग फोनमा रमाईलो गर्दे हुनुहुन्छ वा कसैसँग फोनमा यौन र रोमान्सका कुरा गर्नु गर्नुहुन्छ । होशियार । यदि त्यसो हो भने तपाई फस्नपनि सक्नु हुन्छ । फोनमा रमाईलो कुरा गर्न र यौन प्रस्तावलाई स्वीकार्दा झापामा यस्तै भएको छ ।
कुनै अपरिचित युवतीले फोनमा गरेको यौन प्रस्तावमा सचेत नभएर युवतीलाई भेट्न जाँदा झापा बिर्तामोडका एक यवकले ५० हजार त गुमाउनु पर्यो नै अनेकन सास्तिपनि ब्यहोर्नु पर्यो । बिर्तामोडका ब्यापारी रवि अग्रवाललाई मोवाईलबाट सम्पर्क गरि यौन प्रस्ताव राख्ने लोभले ६० लाख वाध्यताले तिर्न सहमत हुदां झापा प्रहरीले जोगाएको छ ।
घटना अनुसार झापा बिर्तामोडका अग्रवाललाई ब्यवसायिक कामले बिर्तामोडस्थित देउराली होटल एण्ड लजमा इलाम २ की २६ बर्षिय कमला मास्केले भेट्न बोलाइन । फोनमा हुने गरेको संवादले भेट्न पुगेका ती युवकले रमाईलो गर्नेपनि सोच बनाई होटल पुगेका थिए । गफैमा रमाइलो गर्नै सहमति भए अनुसार उनीहरु कोठाभित्र पसे । तर कोठाभित्र पस्नासाथ अचानक ढोका खोलेर केही युवाहरु प्रवेश गरे र महिलालाई बलात्कार गर्न खोजेको भन्दै व्यवसायीलाई डर धम्की दिए । ती युवाहरुले बलात्कारको आरोपमा फसाइदिने भन्दै जबरजस्ती नागैं पारेर मोबाइलमा फोटो खिचे ।
इज्जत जाने डरले व्यापारीले तत्कालै नगद ५० हजार र ६० लाख पछिदिने सहमतिमा कागज गरे । कागज गरेपछि ती युवाहरुको पञ्जाबाट उम्कन पाएका उनी केही दिन गुपचुप बसे । तर बाँकी रकमकालागि युवाहरुले अग्रवाललाई पछ्याउन थालेपछि उनीले प्रहरीमा उजुरी दिएका थिए ।
इलाका प्रहरी कार्यालय,विर्तामोडलाई उजुरी गरेपछि घटनामा सलंग्न इलाम ८ का ३४ बर्षिय राज भन्ने राजीव सुवेदी र इलाम २ की २६ बर्षिय कमला मास्केलाई पक्राउ गरिएको छ । उनीहरुलाई मानव अपहरण तथा शरीर बन्धक बनाई फिरौती रकम लिएको आरोपमा मुद्धा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक संजय राउतले बताए । घटनामा सलंग्न ३ जना फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
via /hamrosandesh.com

काठमाडौं, आषाढ २३ । नेपाली बजारमा केही दिनदेखि सुनको मूल्य घट्दै आएको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्यमा प्रतितोला तीन सय रुपैयाँ कमी आएको छ ।
बुधबार छापावाल सुन प्रतितोला ५० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ५० हजार आठ सय रुपैयाँ थियो । सोमबार भने छापावाल सुनको मूल्य ५१ हजार रुपैयाँ प्रतितोला थियो ।
त्यसैगरी सोमबार ५० हजार साय सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको तेजाबी सुन मंगलबार ५० हजार पाँच सय ५० हुँदै बुधबार ५० हजार दुई सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
एकसाता देखि स्थिर रहेको चाँदीको मूल्य भने बुधबार प्रतितोला २० रुपैयाँले कमी आएको छ । बुधबार नेपाली बजारमा चाँदी प्रतितोला ६६५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि एक सातासम्म मूल्य स्थिर रहँदै चाँदी प्रतितोला ६८५ रुपैयाँमा कारोबार भएको थियो ।

काठमाडौं ।
पछिल्लो समयमा सबै किसिमका मानिसले प्रयोग गर्नै पर्ने सवारी साधन बनिसक्यो हवाइ जहाज अर्थात विमान । संसारभरीमा हरेक समय कम्तिमा १० लाख मानिस आकाशमै उडिरहेको अवस्थामा हुने तथ्याङ्कले देखाउँछ ।
यहाँ विमानबारे केही जानकारी प्रस्तुत गरिएको छ जुन आश्चर्यजनक समेत लाग्न सक्छन् । विमान चढ्ने मानिसका लागि उपयोगी पनि हुन सक्छन् ।
अत्याधुनिक विमानस्थलमा हुने बोडी स्क्यानरमा तपाइँको जाँच हुँदा सुरक्षाकर्मीले तपाइँको नग्न शरीर देख्दैनन् । संसारभरीका अत्याधुनिक विमानस्थलमा बोडी स्क्यानरबाट नग्न शरीर हेर्ने प्रविधीमा सुधार गरिएको छ ।