काठमाडौं, श्रावण २७ । काठमाडौंको त्रिचन्द्र क्याम्पसअगाडि माइक्रो बसको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ ।
जेब्रा क्रेसिङबाट बाटो काटिरहेको अवस्थामा बा १ ज ९१३६ नम्बरको माइक्रो बसको ठक्करबाट ओखलढुंगा बिगुटारका २६ वर्षीय नाम्गेल शेर्पाको ज्यान गएको हो ।
उनको काठमाडौं मोडल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । शेर्पा वैदेशिक रोजगारीका लागि मलेसिया जाने तयारीमा थिए ।
यसैविच, ठक्कर दिएर पैदलयात्रुलाई घाइते बनाएपछि आक्रोसित त्रिचन्द्र क्याम्पसका विद्यार्थीले माइक्रो बसमा आगजनी गरेका छन् ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो । आगजनीबाट माइक्रो बस ध्वस्त भएको छ ।
imagekhabar.com

डा. केदार कार्की , पशुपंक्षि काटछाट गरी तीनका शरीरबाट मानिसलाई खान हुने तन्तुलाई मासु भनिन्छ । तर यसरी तयार गरिएको मासु कि त उचित तरिकाले नपकाईएमा वा बेलैमा उचित संचयको व्यवस्था नगरिएमा मासु विग्रन सक्छ । अनि मासु अस्वादिलो मात्र हैन, विषाक्त गराउन पनि सक्छ अनि विरामी पनि पर्न सकिन्छ । मासु हामीले नचाहँदा नचाहादै पनि जिवाणु विषाणु तथा संक्रमण अनि तीनको मासुजन्य तन्तुमा हुने गतिविधिले मासु कुहिन सक्छ, जसका कारण मासु विग्रने गर्छ । यस्ता जिवाणु विषाणु या त वध पशुबाट आउन सक्छ, अथवा मासु वध र काटछाट कार्यमा संलग्न व्यक्तिबाट पनि हुन सक्छ वा वध गर्न प्रयोग गरिने पानी, अचानो, औजारबाट पनि सर्न सक्छ । भनिन्छ, मासुलाई लामै समयसम्म सुरक्षित रुपमा संचय गर्न सकिन्छ तर अनन्तकालका लागि भने हैन ।
मासुमा हुन सक्ने संक्रमणः
मासु विगार्न सक्ने जिवाणु, विषाणु, वध गरिने पशु जिवित हुँदै पनि हुन सक्छन् पशु हेर्दा स्वस्थ्य देखिए पनि, सुसुप्त अवस्थाको संक्रमण रहेछन् वा वध गर्ने स्थलको सरसफाईको अवस्था, वध गर्ने कार्यमा संलग्न व्यक्तिको स्वास्थ्य एवं व्यक्तिगत सरसफाईको अवस्था सरसफाईमा प्रयोग हुने दुषित फोहोर पानी तथा वध गर्न तथा मासु काटछाट गर्न प्रयोग गरिने सामग्री र औजारबाट पनि मासुमा प्रदुषण गराउन सक्छन् । एनथ्राक्स, क्षयरोग, व्रुसेलोसीस, सालमोनेलोसीस, लिष्ट्रीयोसीस, ट्राइकोनोसीस, टिनीएसीस, नाम्ले रोग, यी रोगबाट पशुबाट उत्पादित मासुको प्रयोग गर्नाले मानिसमा सर्न सक्छ । यस्ता रोगी पशुहरु सकभर वध अघि नै गरिने जाँचबाट निषेध गरिनु पर्छ ता की यिनका मासु मानिसको खाद्य श्रृंखलामा नपरुन् । यति गर्दा पनि वध गर्दा हुन सक्ने मासुमा प्रदुषणबाट हाम्रो जस्तो मुलुकको परिवेशमा भने बच्न गाह्रो छ । यसरी प्रदुषण गराउने श्रोत भनेका वध गरिने पशुको रगत अनि लादिलाई प्रमुख मानिन्छ । यसैले रगत, आन्द्रा, भुँडि अनि भित्र्यासलाई मासुको श्रेणीमा राखिन्न । वधस्थल, वधशाला अनि मासु काटछाँट गर्दा पोको पार्दा ओसार पसार पार्दा मासु प्रदुषण गर्न सक्ने जीवाणुमा, सालमोनेला सिगेला, इ।कोलाइ, प्रोटीयस, स्टाफकोकस, कलस्ट्रीडियम, वेलचाइ, व्यासीलस, औरिएस, तथा गोबर लादीबाट आउने स्ट्रेपटोकोकस पर्छन् । यी जीवाणु हाम्रा वधस्थलको सरसफाइ प्रयोग गरिने पानी अनि सामग्री औजार कामदारबाट प्राप्त हुन्छन् ।
यस बाहेक हाम्रो आफ्नो परिपेक्षमा कतिपय अवस्थामा भूईमा नै गरिने वध काटछाटमा धुलो हिला, माटोमा मासु लत्पतिन पुग्यो भने क्ल्सस्टीडियम, वोटुलीनम, अनि ढुसीहरुमा पेनिसीलीयम, म्युकर क्लाडोस्पोरियम, अलटरनेरीया, स्पोरोट्राइकम अनि थामनीडियम हामीले भन्ने गरेको मासुमा मिस्सी प्रदुषण गराउन सक्छन् । यी जीवाणु, विषाणु तथा ढुसी मासुको टुक्रामा आफ्नो उपनिवेश स्थापना गर्छन् अनि मासुको प्राकृतिक स्वरुपलाई विखण्डन गराउन अनि हामीले सोचेको मासु विषाक्त हुन पुग्छ । त्यस्ता मासुको प्रयोग गर्दा झाडा पखाला लाग्ने अथवा खाद्यय विषाक्त प्रयोगकर्तामा हुन सक्छ । राम्ररी मासु पकाएमा यस्ता जीवाणु विषाणु अनि ढुसी त नष्ट हुन्छन् तर तीनले उत्पादित विषाक्त अनि स्पोर भने नष्ट हुदैनन् । यस्तो मासु खाने व्यक्ति पनि यिनको संक्रमणमा पर्न सक्छन् तर मानिसको पेट, आन्द्रामा हुने जीवाणुले यिनको पहिलो मुकावला गर्लान्, नसकेमा मानिस विरामी पर्न सक्छन् ।
यस्ता मासु प्रदुषणको परीक्षण के ?
पशुवधशालामा पशु वध अघि गरिने जाँच तथा पशु वधपछि गरिने जाँच क्रममा सम्बन्धित रोग अनुसार गरिने विविध खाले प्रयोगशाला परीक्षणबाट थाहा पाउन सकिन्छ । तर यतिले मात्र खाद्य स्वास्थ्य सुरक्षाको पूर्णाभूति गराउन सकिन्न । यसका लागि सम्पूर्ण मासु उद्योग श्रृंखलामा, रोक्न सकिने जति जोखिम चरणवद्द रुपमा पहिचान गरी, जुन ठाउँमा देखिए त्यही नै सुधारको उपाय अपनाईयो भने केहि गर्न सकिन्छ ।
विग्रेको मासुमा देखिने लक्षणः
मासु संचय गर्दा उपलब्ध अक्सिजनका आधार वा उपलब्ध हुन नसक्दा आधारमा मासुको स्वरुपमा आउने परिवर्तनका अनुसार मासु विग्रन, विर्गेको थाहा पाउन सकिन्छ । जस अनुसार अक्सिजन उपलब्ध भएको अवस्थामा जीवाणुको विकास हुने हुँदा साथै ढुसीको पनि यस्ता विग्रेको मासुको सतह चिपचिपे हुनु, स्वभाविक रंगको साटो, फिक्का वा कालो निलो हुने, ग्यास उत्पादन हुने, गन्धमा फरक हुने बोसो पग्लेर जाने हुन्छ । अक्सिजन उपलब्ध नहुँदा पनि बाँच्न सक्ने जीवाणुले मासु विगारेमा, मासु कुहिएर दुर्गन्धित हुने, ग्याँस उत्पादन तथा अमिलो हुन सक्छ । मासु उत्पादन श्रृंखलाको सबै ठाउँमा, सबैले आफूले अपनाउनु पर्ने पूर्व सावधानी अपनाईयो भने मात्र मासु गोठदेखि ओठसम्म सुद्ध सफा रहन्छ ।
मासु संचय गर्ने नै हो भने ० डिग्री फरेनहाईट वा त्यो भन्दा कम तापक्रममा राख्ने । त्यसो गरियो भने मासुजन्य तन्तुमा हुने सबै खाले गतिविधि निस्कृय पार्छ र मासुको गुणस्तर विर्गान सक्ने सबै खाले विषाणु , जिवाणु तथा ढुसीको प्रदुषण संक्रमणबाट बचाउछ । चिस्यार राखेको मासु अलिकति बासी जस्तो लाग्न सक्छ । त्यही तापक्रममा तयार गर्नुहोला वा प्रेशर कुकरमा पकाउनु होला।
मासु संरक्षण तथा सुरीक्षत गर्ने विधि प्रविधि
क) चिस्याउने ख) पकाउने ग) जल विग्रहीकरण घ) रसायनको प्रयोग ङ) अम्ल्याउने च) विकिरण गर्ने
चिस्याएर राखेको मासु कती दिन सुरक्षित हुन्छ ?
राँगाको मासु १२ महिना, बंगुर बदेलको मासु ६ महिना, खसी, बोका, भेडा च्याङग्राको मासु ६ देखि ९ महिना, कुखुराको मासु ३ देखि ६ महिनासम्म राख्न सकिन्छ ।
मासु किन पकाईन्छ ?
मासुलाई अत्याधिक तापक्रममा पकाउँदा जनस्वास्थ्यलाई असर गर्ने सबै खाले जिवाणु , विषाणु नस्ट पार्दछ । यस वाहेक मासुलाई १५० देखि १६० डिग्री फरेनहाइट तताइ सुरक्षित गर्न सकिन्छ । यस तापक्रममा सबै नभए पनि धेरै जिवाणु विषाणु नस्ट हुन्छन् । यसरी पकाएका मासुका परिकार फ्रिजमा राखि संरक्षण गर्नु पर्ने हुन्छ । यस वाहेक यदि मासुलाई २५० डिग्री फरेनहाइटमा पकायो भने हाम्रो स्वास्थ्यका लागि असर पार्न सक्ने सबै खाले जिवाणु विषाणु नस्ट भएर जान्छन् । यसरी पकाएको मासु अलि लामो समयसम्म सुरक्षित राख्न सकिन्छ । यस वाहेक मासुलाई जलविग्रहिकरण गरी सुरक्षित राख्न सकिन्छ त्यो हो सुकुटी ।
यस वाहेक हाम्रो परम्परागत मरमसालाको प्रयोगले पनि मासु सुरक्षित राख्न सकिन्छ । यी मरमसालाले मासु सुरक्षित मात्र गर्दैनन् बरु मासु को स्वाद नै मिठो पार्छ । हेर्दैमा खाउ खाउ लाग्ने बनाउँछ । साथै धेरै दिन सुरक्षित राख्न मद्दत गर्छ । यसरी प्रयोग गर्ने मासला प्राकृतिक स्वरुपमा हुनुपर्छ ।
यस वाहेक मासुलाई अम्लीकरण गरेर पनि संरक्षित गर्न सकिन्छ । यसो गर्दा मासुमा हुने कार्वोहाडेटलाई अम्ल अर्थात एसिडमा परिवर्तन गर्नु पर्ने हो जसको असरका कारण मासु जिवाण, विषाणुको संख्या वृद्धि हुदैन जसले मासु विग्रनबाट बचाउछ पनि । अन्यत्रका अभिलेख हेर्ने हो भने मासुलाई विकिरणको माध्यमबाट पनि संरक्षित गरिन्छ । त्यो प्रविधिको चर्चा अलिपछि गरौला । यस प्रविधिको प्रयोग पनि माथि भने जस्तै हो दशैमा तपाईले बध, वली चढाएको पशुपंक्षिबाट प्राप्त हुने मासु सके चाडै पकाउनु होला पकाउन झन्झट लागे डिप फ्रिज वा फ्रिजमा राख्नु होला । पकाएको मासु राम्रो सित छोपेर फ्रिजमा राख्नु होला खाना खाने वेलामा राम्रो सित तताउनु नै वेश हुन्छ । यसो गरी चाडबाडको वेला खाएको मासुबाट स्वास्थ्यमा असर नगर्ला की ।
www.aajakokhabar.com.

काठमाडौं: नेपाल राष्ट्रबैंकले सुन आयातको कोटा पाँच किलोले बढाएको छ।
अहिले दैनिक १५ किलो सुन आयात गर्ने कोटा रहेकोमा राष्ट्रबैंकले त्यसलाई २० किलोमा पुर्याएको छ।
सुन सस्तो भएको तथा माग बढेकोले राष्ट्रबैंकले आयात गर्ने कोटाको सिमा बढाएको हो।
राष्ट्रबैंकले गरेको व्यवस्था अनुसार वाणिज्य बैंकले मात्र सुन आयात गर्न पाउँछन्।
वाणिज्य बैंकले पालो प्रणाली अनुसार सुन आयात गर्ने गरेका छन्।
राष्ट्रबैंकले बढाइएको सिमा असोज मसान्तसम्ममा मात्र लागु हुने जनाएको छ।
विगतमा पनि राष्ट्रबैंकले विवाहको सिजनमा सुन आयातको कोटा बढाउने गरेको थियो।
यसैबीच केही दिनयता स्थिर रहेको सुनको मुल्य मंगलवार प्रतितोला पाँचसयले बढेको छ।
annapurnapost.com
२७ साउन । चितवनको भरतपुरमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । एक गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
मङ्गलबार भरतपुरबाट नारायणगढतर्फ जाँदै गरेको ना४ख १८६३ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको ना२८प ५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । ठक्करबाट घाइते भएकी धनकुटाको मुगा गाविस घर भई भरतपुर बस्ने ३० वर्षीया सुजाता राईको मृत्युभएको प्रहरीले जनाएको छ । आफ्नै श्रीमान्ले चलाएको मोटरसाइकलमा उनी सवार रहेको प्रहरीको भनाइ छ ।
राईको उपचारका क्रममा अपराह्न भरतपुरमा मृत्युभएको हो । उनको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ । गम्भीर घाइते मृतककी श्रीमान् हेमन्तकुमार राईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
www.etajakhabar.com

मलेसिया, २७ साउन । मलेसियामा गैरकानूनी हैसियतमा रहेको आरोपमा ४६ जना नेपाली कामदार पक्राउ परेका छन् ।
उनीहरुलाई मलाकास्थित विभिन्न स्थानहरुबाट पक्राउ गरिएको त्यहाँस्थित अध्यागमन अधिकारीलाई उध्दृत गर्दै समाचार संस्था बर्नामाले जनाएको छ । आजको कान्तिपुरमा खबर छ । ती स्थानहरुमा गत साता धरपकड गरि उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ । पक्राउ पर्नेमा ४६ नेपालीसहित १० जना पाकिस्तानी, २० जना बंगलादेशी, १२ जना इण्डोनेसियाली, २१ जना बर्मेली र १/१ जना भारतीय र भियतनामी छन् ।

काठमाडौं, २६ साउन । हतियाधारी समुहको आक्रमणमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली पाइलट राजु भण्डारीको मृत्यु भएको छ ।
शुक्रबार अफ्रिकी मुलुक मालीमा भएको आक्रमणमा अन्य दुईजना युक्रेनियन, एकजना दक्षिण अफ्रिकी र एक मालियन पाइलटको पनि निधन भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचार एजेन्सीले जनाएका छन् ।
ललितपुर जाउलाखेलका घर भएका पाइलट भण्डारीसहितको टोली राजधानी बामाको नजिकैको सेभारे सहरको बाइब्लोज होटलमा बसेका बेला बन्दुकधारीले आक्रमण गरेका थिए ।
इस्लामिक लडाकुहरुको आक्रमणमा परी भण्डारीसहित संयुक्त राष्ट्रसंघका १२ कर्मचारीको मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको छ ।
dainiknepal.com

– सास गनाउने गरेको छ भने मुखमा सुकुमेल हाली समय लगाए चुस्ने गर्नुस् । यसमा पाइने सुगन्धले सासलाई ताजा राखी दुर्गन्ध हटाउँछ ।
– भोक नलाग्ने, बान्ता हुने, अपच हुने आदि समस्या छन् भने सुकुमेल खानाले कम हुन्छ ।
– तिर्खा लागिरहन्छ अथवा घाँटी पोल्ने गरिरहन्छ भने सुकुमेल मिसाइएको पानी पिउँदा राम्रो हुन्छ ।
– छातीमा कफ जमेको छ र सास लिन गाह्रो भइरहेको छ भने सुकुमेल खानाले कफ बाहिर निस्कन्छ र शरीरलाई राहत मिल्छ ।
– रुघाखोकी लागेको छ अथवा घाँटी खसखस भइरहने समस्या छ भने सुकुमेललाई पिसेर महसँग खानुपर्छ ।
– सुक्खा खोकी लागेको छ भने सुकुमेल, तोरीको तेल र चिनी मिसाएर खानुपर्छ । यसले कफ बाहिर निकाल्न मद्दत गर्छ ।
– ज्वरो आएर जीउ पोलेको छ भने सुकुमेल खानाले सहज महसुस हुन्छ ।

झापा : झापाकी एक गर्भवतीको पेटमा भएको शिशुको मुटु बाहिर देखापरेको छ । मेची अञ्चल अस्पताल भद्रपुरमा आज स्वास्थ्य परीक्षण गर्दा डाँगीबारी–८ की केरुङ थरकी २९ वर्षीया गर्भवतीको बच्चाको मुटु बाहिर देखिएको मेची अञ्चल अस्पताल भद्रपुरका रेडियोलोजिस्ट डा सञ्जयकुमार गुप्ताले जानकारी दिए ।
नियमित स्वास्थ्य जाँचका लागि अस्पताल पुगेकी उनको भिडियो एक्सरे गर्दा शिशुको मुटु बाहिर रहेको र आन्द्रा पनि बाहिर तथा मेरुदन्ड नै उल्टो देखापरेको उनले बताए ।
शिशुको इपिथेलियल टिस्यु विकासका क्रममा पूर्ण रुपमा विकास नहुँदा ग्यस्ट्रोकाइसिस हुने बताउँदै डा गुप्ताले भने–“यस्तो समस्या वंशाणुगत रुपमा पनि देखिन्छ, धूमपान, मद्यपान, कम उमेर र बढी उमेरमा गर्भवती बन्दा पनि यस्तो समस्या देखापर्छ ।”
गुप्ताले यसअघि पनि बनियानी–४ की श्रुति कार्की दाहालको भिडियो एक्स रे गर्दा मुटु बाहिर रहेको बच्चा रहेको जनाउँदै उनलाई थप उपचारका लागि धरान सिफारिस गरेका थिए । दाहालको गत साल चैत ७ गते शल्याक्रियापछि शिशु निकालिएको थियो ।
annapurnapost.com
काठमाडौँ : एउटै व्यक्तिले राजधानीमा बसी राजधानी बाहिरका विभिन्न १० जिल्लाबाट पत्रिका प्रकाशन गरेको खुलासा भएको छ ।
नेपाल प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले रासससँग कुरा गर्दै एक व्यक्ति अनेक पत्रिका प्रकाशन गर्ने ठूलो गिरोह सक्रिय भई राज्यको सम्पत्ति दोहन भएको प्रमाणित भएकाले छिट्टै कारबाहीको दायरामा ल्याउने जानकारी दिए ।
पत्रिका प्रकाशन गर्ने व्यक्ति वा सम्पादकबाट हुबहु पत्रकारिता गरिएकाले त्यस प्रकारका सञ्चार गृहलाई राज्यको सुविधा पाउनबाट वञ्चित गरिने उनले बताए । उनले पत्रिकाको नाम भने बताउन चाहेनन् । यद्यपि कारबाही भएपछि स्वतः प्रमाणित हुने बताए ।
केही पत्रिका र अनलाइनले रचनात्मक तथा सिर्जनात्मक पत्रकारिता गर्न छोडी हुबहु पत्रकारितालाई प्रश्रय दिएका छन्, उनीहरुलाई कारबाहीको दायरामा ल्याएपछि मात्र व्यावसायिक पत्रकारिता अगाडि बढ्ने नेपाल क्रान्तिकारी पत्रकार सङ्घका गोविन्द आचार्यले बताए ।
काउन्सिल पत्रपत्रिका तथा विद्युतीय सञ्चारमाध्यमको अनुगमन र नियमन गर्ने निकाय हो ।
काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले पत्रकार वर्गमा खोजी समाचार गर्ने बानी हराउँदै गएको, आर्थिक, सामाजिक र चाखलाग्दा समाचार सङ्कलन गर्ने अभिरुचिको सट्टा अन्य पत्रपत्रिका, अनलाइन र राससका समाचार हुबहु प्रकाशन तथा प्रसारण गर्ने बानी बस्दै गएको खुलासा गरेका छन् ।
पत्रपत्रिका प्रकाशन गरेबापत राज्यले वर्गीकरणका आधारमा पत्रपत्रिकालाई लोककल्याणकारी सुविधाबापत मासिक रकम उपलब्ध गराउँदै आएको छ । ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका दैनिक, साप्ताहिक अर्धसाप्ताहिक, पाक्षिक, मासिक, द्वैमासिक र त्रैमासिक, साहित्यक पत्रिकालाई क्रमशः करिब ३० हजार, २४ हजार, १९ हजार र १३ हजार उपलब्ध गराउँदै आएको प्रेस काउन्सिल नेपालका सदस्य सुदर्शन आचार्यले बताए।
यसवर्ष काउन्सिलले ८२२ पत्रपत्रिकालाई वर्गीकरणमा सिफारिस गरेको छ । वर्गीकरणमा सिफारिस भएका उक्त पत्रिकाले राज्यसँग करिब रु २२ करोड नगद बुझेको सूचना विभागले जनाएको छ ।
काउन्सिलले पत्रकार आबद्ध विभिन्न सङ्घसंस्थासँग समाचारमा गुणस्तरीयता कायम राख्न पटक पटक छलफल चलाएको छ । अन्ततः वर्गीकरणका समयमा पत्रकार आबद्ध संस्थाका अगुवाले उच्चकोटीको वर्गमा सिफारिस गर्न दबाब दिने गरेको काउन्सिलले बताएको छ ।
यसअघि, नेपाल प्रेस काउन्सिलले नेपाल पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, क्रान्तिकारी पत्रकार सङ्घका अध्यक्ष तथा प्रतिनिधिसँग गुणस्तरीय समाचार लेखनमा सहयोग गर्न छलफल तथा परामर्श गरेको थियो ।
समाचारमा गुणस्तरीयता कायम गर्न नेपाल पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार सङ्घबीच साझा धारणा बन्नुपर्ने नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले बताए ।
केही पत्रकारले व्यावसायिक धर्म उल्लङ्घन गरेको, सरकारी तथा गैरसरकारी संस्थाको माग बोकेको, दलगत स्वार्थमा लिप्त भएको तथा आचारसंहिता नमानेको, व्यक्तिको चरित्रहत्या गरेको विज्ञापनलाई समाचार बनाइएको, एउटै व्यक्तिले १० वटासम्म पत्रिका प्रकाशन गरी लोककल्याणकारी सुविधा असुल गरेका कारण प्रकाशक तथा सम्पादकलाई कारबाहीको दायरामा ल्याउन लागिएको हो ।
अध्यक्ष कार्कीले राससबाट उत्पादित समाचारको व्यापक हुबहु प्रयोग भएको जनाएका छन् । उनले समितिलाई अनधिकृत प्रयोग भएका समाचारको प्रतिलिपि राखी काउन्सिलमा उजुरी दर्ता गराउन आग्रह गरे । उनले उजुरी प्रमाणित भएमा उक्त पत्रिकालाई वर्गीकरणमा समावेश नगर्ने ठोकुवासमेत गरे ।

काठमाडौं, २६ साउन । राजधानीका सरकारी अस्पतालमै अवैध गर्भपतन गराउने गरेको खुलासा भएको छ ।
ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा कार्यरत डा. नुतन शर्माले अवैध गर्भपतन गराएको भन्दै निलम्बन गरिएको हो । प्रसूती तथा स्त्री रोग विशेषज्ञ डा शर्मालाई नेपाल मेडिकल काउन्सिलको फुल हाउसले तीन महिनाका लागि आइतबार निलम्बन गरेको हो ।
उनलाई गर्भपतनका लागि लिंग पहिचान गरेको र गर्भपतन गर्न उत्प्रेरित गरेको अभियोगमा काउन्सिलले निलम्बन गरेको हो । अस्तापलमा उनले महिलाको गर्भ चेकजाँच गरी छोरी भए गर्भमै मारिदिने गर्थिन् ।
काउन्सिलले अस्पताल र गर्भपतनमा संलग्न अन्य स्वास्थ्यकर्मीलाई पनि कारबाही गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको छ ।नेपालको कानुन अनुसार लिंग पहिचान गरी गर्भपतन गर्न पाइदैन । काउन्सिलले चिकित्सकीय आरचासंहितालाई समेत ख्याल नगरेर कानुन विपरितको कार्य गरेको भन्दै यस्तो निर्णय गरेको जनाएको छ ।

एजेन्सी– एक खतरनाक कार दुर्घटनापछि एक युवती कोमामा पुगिन् । उनको होस् आउन ७० दिन लाग्यो । जब उनको होस् आयो तब उनले ७० दिनसम्म उनसँगै रहेर हेरचाह गर्दै आएका आफ्नो प्रेमीसँग यस्तो प्रश्न सोधिन् कि उनको प्रेमीलाई त्यो पल निकै गाह्रो भयो ।
तर, उनले हिम्मत हारेनन् । समाचार अनुसार कुरा चीनको हो । चीनको लिओनिंग प्रान्तको अंशान सहरमा बस्ने युवती फू जुन एक कार दुर्घटनामा घाइते घयन् र कोमामा पुगिन् । ७० दिनपछि होस् आएपछि उनले आफ्नो प्रेमीलाई भनिन्, ‘तिमी यहाँ के गरिरहेका छौँ ? मलाई किन बचायौँ र मेरो किन सेवा गर्यौँ ? म बिहे गर्न चाहदैन किन कि म कसैको लागि बोझ बनेर बस्न सक्दिन ।’ ७० दिनसम्म आफ्नो प्रेमीकासँग रहेका चेनले प्रेमीकाका लागि आफ्नो जागिर पनि छाडेका थिए । फूको प्रश्नबाट चेनलाई निकै पीडा भयो तर उनले हिम्मत भने हारेनन् । उनले त्यसपछि पनि फूको सेवा गरिरहेका छन् । यस विषयले मिडियामा रामे स्थान पायो र उनको प्रेमको सफलताको कामना पनि भइरहेको छ । kathmandutoday.com
मुम्बई । अभिनेता अक्षय कुमार, उनकी सासु आमा डिम्पल पाडिया र श्रीमति ट्विंकल खन्नालाई भारतको सर्वोच्च अदालतले नोटिस जारी गरेको छ । यी तिनैजनाले घरेलु हिंसा गरेको भन्दै अदालतमा उजुरी परेपछि अदालतले उनीहरुलाई नोटिस जारी गरेको हो ।
अक्षयका ससुरा राजेश खन्नाका लिभ इन पार्टनर रहेकी अनिता आडवाणीले यी तिन जनाले आफूमाथि हिंसा गरेको भन्दै अदालतमा उजुरी दिएकी थिइन् । अभिनेता राजेश खन्नाको निधन भएपछि मात्रै अनिताले आफूमाथि अन्याय भएको सार्वजनिक गरेकी थिइन् ।
यसअघि अनिताले बम्बे हाइकोर्टमा अक्षय, ट्विंकल र डिम्पलविरुद्ध घरेलु हिंसा गरेको भन्दै केस दर्ता गराएकी थिइन् ।बम्बे हाइकोर्टले अनिता राजेश खन्नाकी श्रीमती नभएको भन्दै मुद्दा खारेज गरिदिएको थियो ।
त्यसपछि अनिता सर्वोच्च अदालत पुगेकी थिइन् । अक्षयकुमारलाई कानुनी सल्लाह दिंदै आएको ‘आईसी’ फर्मका अनुसार अहिलेसम्म अक्षयलाई यस किसिमको पत्र नआएको हुँदा सबै डकुमेन्ट हेरेर जवाफ के लेख्ने भन्नेमा निर्णय गर्ने जानकारी दिएको छ ।

काठमाडौं, २६ साउन । हिजोको तुलनामा आज सुनको मुल्य आकासिएको छ ।
हिजो ४७ हजार ७ सय प्रतितोलामा कारोबार भएको छापावाला सुनको मुल्य आज ५ सयले बढेर ४८ हजार २ सयमा पुगेको सुनचाँदी व्यवसायी महासघंले जनाएको छ ।
तेजाबी सुनको मुल्यमा पनि बृद्धि भएको छ । प्रतितोला ४७ हजार ९ सय ५० रुपैयाँ कायम गरिएको छ भने चाँदीको मुल्यपनि बढेको छ ।
हिजो ६ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ६ सय ८० पुगेको सुनचाँदी ब्यवसायी महासघंको बेवसाइटमा उल्लेख छ ।
internetkhabar.com

एजेन्सी । भनिन्छ, प्रधानमन्त्री देश चलाउने पदीय जिम्मेवारी बोकेको मानिस हो । त्यो पदका थुप्रै सीमा हुन्छन् । गैरकानुनी बस्तुको उपभोग र संरक्षण दिन पनि पाइदैन् । तर, यहाँ अवैध यौनधन्दा चलाउने एक यौनकर्मी महिलाको काखमा सुत्न प्रधानमन्त्री समेत जाने गरेको खुलासा भएको छ ।
बेलायतको राजधानी लण्डनकी एक यौनकर्मी महिलाले सनसनीपूूर्ण खुलासा गरेकी छिन् ।
मसाज पार्लरको नाममा राजधानी लण्डनमा २० वर्षदेखि यौनधन्दा चलाउँदै आएकी ४२ वर्षीय माइरा लिंग फोर्बले देशका प्रधानमन्त्री समेत यौनसम्पर्कको सन्तुष्टि लिन आफूसँग सुतेको खुलासा गरेकी हुन् ।
उनका अनुसार बेलायतका पाँच वटा प्रधानमन्त्रीले उनीसँग शारीरिक सम्पर्क राखेका छन् । बेलायतमा उनी चर्चित व्युटिसियन मानिन्छिन् । तर, प्रहरीले छापा हान्दा उनको मसाज पार्लरमा यौनधन्दा हुने रहस्य २० वर्षपछि खुलेको हो ।
प्रहरीको सोधपुछमा माइराले बेलायतका प्रतिष्ठित व्यक्तित्वहरुसँग शारीरिक सम्पर्क राख्दै आएको बताएकी छिन् । यूकेका पूर्व प्रधानमन्त्री एडवर्ड हीथले पनि उनीसँग शारीरिक सम्पर्क राखेको खुलासा भएको छ । प्रधानमन्त्री एडवर्ड पदमा भएकै बेलादेखि उनका खास ग्राहक हुन् ।
यूकेका पूर्व प्रधानमन्त्री एडवर्ड हीथ ।
यौनधन्दा चलाएको भन्दै माइराविरुद्ध २०१४मा एउटा उजुरी परेको थियो । जसमा माइराले कलिला बच्चाहरुलाई यो धन्दामा लगाएको आरोप लगाइयो । तर, माइराले अर्कै खुलासा गरिन् । माइराले भनिन्-‘पूर्व प्रधानमन्त्री उनको काखमा सुत्न अधिकांश समय आउथे र उनी खास ग्राहक थिए ।
उनले देशकै प्रधानमन्त्रीको सहयोगमा यौनधन्दा सञ्चालन गर्दै आएको पनि खुलासा भएको छ । यो बीचमा उनी दुई पटक जेल परिसकेकी थिईन् । तर, उनलाई प्रधानमन्त्रीले नै बचाएका थिए । अहिले माइरा प्रहरीको हिरासतमा छिन् । उनको मुद्दामा २० दिनपछि उच्च अदालतले फैसला गर्दैछ । बेलायतमा वेश्यावृति धन्दा गर्न बन्देज छ ।