एजेन्सी ।
यदि तपाइँ सुत्ने बेलामा फोन अफ गर्ने बानी छ र फोनलाई आराम मिलोस भनेर त्यसो गर्नु हुन्छ भने त्यसको कुनै फाइदा नहुने अध्यनले देखाएको छ ।
सुत्ने बेलामा फोन गर्दैमा फोनको ब्याट्रिलाई कुनै फाइदा नहुने विज्ञहरुको भनाइ छ ।
मोबाइलको ब्याट्रीको जीवन कति लामो हुने भन्ने बनाउने बेलामा नै तय हुने भएकाले स्वीच अफ गर्दैमा ब्याट्रीको जीवन नबढ्ने उनीहरुको भनाइ छ ।
मोबाइल फोनको ब्याट्रीको जीवन ३०० देखि ५०० फूल चार्ज र फुल्ली डिस्चार्ज्ड हुने भएका कारण ब्याट्री जोगाउन फोन अफ गर्नु नपर्ने विज्ञहरुको सुझाव छ ।
बरु तातो ठाउँमा राख्दा भने ब्याट्रीको चार्ज छिटो घट्ने बताइएको छ ।

२०७२ जेठ ५ गते
मुम्बई । भारतमै चर्चित ‘हिट एन्ड रन केस’मा मुम्बइको उच्च न्यायलयबाट जमानत पाएपछि बलिउडका स्टार सलमान खानले विवाह गर्ने चर्चा सुरु भएको छ ।
फिल्मी बजारमा यस्तो चर्चा सुरु भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार अहिले चलचित्र ‘बजरंगी भाइजान’को छायांकनमा काश्मिरमा रहेका सलमानले यही वर्षभित्र विवाह गर्ने मनस्थिति बनाएका छन् ।
यो बर्ष सबै कुरा राम्रै भएमा सलमान खानले बिहे गर्ने लगभग पक्का छ । ‘हिट एन्ड रन केस’बाट उनले सफाही पाए या केश धेरै समय लम्बियो भने सलमानको २०१५को अन्तिम सम्म बिहे हुने सम्भावना बढेको हो ।
तर सलमानले को सँग विहे गर्छन् भन्ने चर्चा पनि चलिरहेको छ । अहिले सलमान लूलिया वांतुर नाम कि रोमानियाको टेलिभिजन पत्रकार तथा कलाकारको प्रेममा रहेको बताइएको छ । चलचित्र ‘बडीगार्ड’ को सुटिंगको बेला चिनजान भएको सलमान र लूलिया वांतुर बिस्तारै माया प्रेम बसेको थियो ।
सलमानसँगको पहिलो भेटमै लूलिया प्रेममा परेकी हुन् । करिब २ बर्ष अघि देखि यी जोडी निरन्तर सम्पर्कमा रहेका छन् । केहि समय अघि भारत आएको लूलिया वांतुर डेढ़ महिना सम्म सलमान र सलमानको परिवार सग बसेकी थिन ।
भारतीय सञ्चारमाध्यमका अनुसार सलमानको विवाह लुलियासँगै हुने बताइएको छ । त्यसका लागि परिवारका सदस्हरुले अहिले देखि तयारी थालेका छन् । यसबारेमा सलमानले कुनै प्रतिक्रिया दिएका छैनन् ।

सउल । कोरियामा एक नेपालीले आत्महत्या गरेका छन । कास्की घर भएका रामहरी बरालले आफू सुत्ने कोठैमा झुन्डिएर आत्महत्या गरेका हुन् ।
कोरियाको हवासङसिमा काम गर्दै आएका बराल बिहान ८ बजेसम्म पनि काममा नआएपछि खोजी गर्दा मृत्त भेटिएका हुन् ।
बन्द कोठाभित्र झुन्डिएको अवस्थामा मृत फेला परेको घटनाका प्रतक्षदर्शीलाई उद्धृत गर्दै श्रम सहचारी अनिल गुरुङले बताए ।
अविवाहित बरालले आत्महत्या अघि फेसबुकमा लामो स्टाटस लेखेका थिए । जसमा उनले आफूसंँग भएको पैसाको विवरण खुलाउदै भूकम्प पीडित र आफन्तलाई दिन लेखेका छन् ।
ईपीएस प्रणाली अन्तर्गत कोरिया आईपुगेका बरालसँगै अरु २ जना नेपाली कार्यरत छन् ।
www.onlinekhabar.com

खेलाडीको भूकम्प अनुभव
काठमाडौं : भूकम्प आएको पहिलो दिन वैशाख १२ गते राष्ट्रिय टोलीको कराँते प्रशिक्षणका लागि रंगशालामा थिए। टोलीका सबै खेलाडी प्रशिक्षण सकेर एक्टिभ रेसका लागि फुटबल खेल्दै थिए।
मैले पनि फुटबल खेलेँ। प्रशिक्षण सकाएर खाना खान हात्तीवनस्थित घरमा गएँ। खाना खाएर यसो पल्टिएको मात्र थिएँ। छोरी काव्याले भूकम्प आयो भनेर कराइन्। आधा निद्रामा रहेकोले सुरुमा त पत्याउन सकिनँ।
छोरी आइतबारका लागि स्कुलको होमवर्क गरिरहेकी थिइन्। यसो हेरेको छोरीको हातको पेन्सिल थरथर हल्लिएको देखेँ। कुर्सी पनि हल्लिरहेको थियो। हामी तीनतला माथि बस्दै आएका थियौं। तत्काल श्रीमती र छोरीलाई अगाडि लगाएर तल झार्ने प्रयास गरेँ।
भ:याङ ओर्लंदा भित्तामा राखेको फोटो झरिरहेको थियो। हल्लिएको घरबाट लर्खरिँदै गेटबाहिर निस्किएँ। खाली खेलमा गएर यताउता हेर्दा घरहरू हल्लिरहेको थियो।
ज्यान त जोगियो जस्तो लाग्यो। तर केही बेरमा फेरि अर्को कम्पन आयो। त्यसबेला आफ्नै घर हल्लिएको हेरिरहेँ। दु:खले बनाएको घर अब ढल्ने भो भन्ने चिन्ता लाग्यो।
आफन्त र साथीहरूलाई तत्काल फोन गरेँ। धेरै समय फोन अवरुद्ध बन्यो। विस्तारै सामाजिक सञ्जालमा समाचार भाइरल हुन थाल्यो। सांस्कृतिक धरोहर ध्वस्त भएको र ठूलो जनधनको क्षति भएको देख्दा रुन मन लाग्यो। पालमा तीन दिन निराश बनेर बसियो।
चौथो दिनदेखि विस्तारै बाहिर निस्कियौं। विपत्मा परेकालाई केही गरौं भन्ने लाग्यो। खेलाडी संघका साथीहरू मिलेर खेलाडी र खेलकर्मीको तथ्यांक संकलन गर्ने काम गर्यौं।
खेलाडी कल्याणकारी कोषबाट आर्थिक सहयोग गर्ने निर्णय पनि भयो। जसका लागि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले पनि ठूलो सहयोग गर्नुभयो।
लगातार कम्पन आइरहेको छ। गत मंगलबारको ठूलो पराकम्पनले फेरि जनजीवन अस्तव्यस्त बनेको छ। मंगलबारबाट हामीले रोकिएको प्रशिक्षण सुरु गरेका थियौं। त्यही दिन फेरि भूकम्प गयो।
हाम्रो जानकारीमा १० जना खेलकर्मीको भूकम्पमा परी मृत्यु भएको छ। दर्जनौं खेलाडी घरबारविहीन भएको अवस्था छ। अहिले पनि पूरै ढुक्क हुने अवस्था छैन। म त सपनामा पनि म भूकम्पकै देख्छु।
यस्तो बेलामा एउटा खेलाडीले अर्को खेलाडीलाई सहयोग गर्नु मानवीय धर्म हो। विभिन्न संस्था र व्यक्तिको सहयोगमा हामीले राहत र उद्धारको कामलाई जारी राखेका छौं। कतिपय खेलाडी अझै सम्पर्कमा छैनन्। तथ्यांक लिने र राहतका लागि खेलाडी संघले अझै पहल गरिरहेको छ।
(पूर्वकराँते खेलाडी एवं राष्ट्रिय टोलीका प्रशिक्षक श्रेष्ठसँग गरिएको कुराकानीमा आधारित)
annapurnapost.com

काठमाडौं: नेपालमा मंगलबार बिहान फेरि अर्को भूकम्पको धक्का महसुस भएको छ। बिहान ४ बजेर ३४ मिनेटमा दोलखालार्इ केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। सोमबार जस्तै आज पनि झन्डै १२ घन्टापछि भूकम्पको अर्को धक्का महसुस भएको हो।
यसअघि सोमबार साँझ ६ बजेर २७ बजे धादिङ र गोरखालाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्यूटको भूकम्प गएको थियो। सोमबार मात्रै तीन पटक भूकम्पको पराकम्पन महशुस भएको थियो।

मानिसहरू सपना देख्छन्, कहिले राम्रो र कहिले नराम्रो अर्थात् डरलाग्दो । डरलाग्दो सपना देखेपछि मानिस पसिना–पसिना भएर ब्युँझन्छन् पनि । तर, त्यस्ता डरलाग्दा अथवा नराम्रो सपना बिरामी हुने संकेत पनि हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्. । कहिलेकाहीँ नराम्रा सपना रोगको लक्षण देखिनुभन्दा धेरै अघि पनि देखिन सक्छ ।
गत महिना अनुसन्धानकर्ताहरूले बाल्यकालमा नियमित नराम्रा सपना देख्ने व्यक्तिमा पछि गएर मानसिक समस्या देखिने बताएका थिए । ६८०० बालबालिकाबीच गरिएको उक्त अध्ययनको प्रतिवेदन ‘स्लीप’ नामक जर्नलमा प्रकाशित गरिएको थियो । अध्ययनमा दुईदेखि सात वर्षका बच्चाले हप्तामा दुई या तीनपटकसम्म नराम्रा सपना देख्ने गरेको पाइएको थियो । ती बालबालिकाले किशोर उमेर पुग्दासम्म कुनै आवाज सुनेजस्तो भ्रम सिर्जना हुने समस्या देखापर्ने अनुसन्धानकर्ताले बताएका छन् ।
बारम्बारको नराम्रा सपनाले बालबालिका भावनात्मक चोट (दुव्र्यवहार, बदमासीलगायत) को सामना गर्नुपर्ने हुनसक्ने अनुसन्धानकर्ताको भनाई छ । उनीहरुका अनुसार नराम्रा सपनाले मानिसभित्र रहेका शारीरिक समस्याको संकेत गर्छ । मानिसले निद्राको र्यापिड आइ मुभमेन्ट (रेम) को चरणमा मात्र सपना देख्छन्, रेम हरेक रात चार या पाँच चरणमा हुन्छ ।
यसका साथै थुप्रै मेडिकल समस्याका कारण निद्रा विथोलिन्छ, ‘यसको अर्थ हुन्छ, तपाई रेमको अवधिमा ब्युँझनुहुन्छ र त्यस्ता सपना सम्झनुहुन्छ ।’ क्याम्ब्रिजको पापवर्थ हस्पिटालका निद्रा अनुसन्धानकर्ता एवम् कार्डियोलोजिस्ट डा.निकोलस ओस्क्रोफ्टले भने ।
यस्तै, अनिद्राको समस्या भएका मानिसले पनि नराम्रा सपना देख्छन्, यस्तो अवस्थामा केही क्षणका लागि श्वासप्रश्वासमा पनि समस्या आउन सक्छ । स्वास्थ्य खबरपत्रिका नियमित नराम्रा सपना मुटुको समस्यासंग पनि गाँसिएको हुन्छ । अन्य मानिसभन्दा नराम्रा सपना देख्ने मानिसमा मुटुको चाल अनियमित हुने समस्या तीन गुणा बढी हुन्छ भने छाति दुख्ने समस्या सात गुणा बढी हुन्छ । मुटुको समस्या आउँदा फोक्सोमा पानी जम्ने सम्भावना हुन्छ, जसले गर्दा श्वासप्रश्वासमा समस्या आउछ ।
गहिरो निद्रामा परेका बेला अरू सबै मांशपेशीले काम नगरेपनि फोक्सोमा पानी जम्दा श्वासप्रश्वासमा भाग लिने मांशपेशीलाई भने असर पार्न सक्छ । यहीकारण मानिस गहिरो निद्राबाट ब्युँझन सक्छ । र मानिसले खराब सपना सम्झन्छ । यसका साथै मिर्गौलामा संक्रमण, रुघाखोकीजस्ता संक्रमण भएका मानिसले पनि नराम्रा सपना देख्ने अनुसन्धानकर्ताको भनाई छ । यस्तै, अति खराब सपना देख्नु पार्किन्सन रोगको प्रारम्भिक संकेत भएको न्युरोलोजिष्ट डा. रोबर्ट ब्रेनरको भनाई छ । माइग्रेनले पनि नराम्रा सपना देखाउछ । धेरैजसो महिलाले रजस्वला वरपरको समयमा अनेक थरि सपना देख्नछन् ।
कोरिया । दक्षिण कोरियामा रोजगारीका लागि आएर अवैधानिक रुपमा बसिरहेका आप्रवासी कामदारलाई सरकारले धमाधम पक्राउ गर्न लागेको छ । अध्यागमन विभागले केही दिनयता अवैधानिक कामदारलाई पक्राउ गर्दै स्वदेश फर्काइरहेको छ ।
अध्यागमनले हालै ख्यान्जुस्थित प्लाष्टिक कम्पनीमा काम गरिरहेका थापा थरका एक नेपाली युवकलाई पक्राउ गरी स्वदेश पठाएको छ । म्यानपावर कम्पनीमार्फत १२ वर्षअघि कोरिया आएका थापाले ६ वर्षे कार्यअवधि सकिएपछि अवैधानिक रुपमा लुकिछिपी काम गरिरहेको कारोबार दैनिकमा खबर छ । उनीसँगै फिलिपिन्सका २ कामदार पनि पक्राउ परेका छन् ।
अध्यागमनको बन्दी गृहमा नेपाली कामदार ल्याउने क्रम बढिरहेको थापाले बताए । यसअघि छनान क्षेत्रमा रहेको कम्पनीबाट १८ अवैधानिक नेपाली पक्राउ परेका थिए । पक्राउ पर्नेमा नेपालसहित इन्डोनेसिया, मंगोल, चीन, भियतनामलगायत मुलुकका कामदार छन् । कम्पनीबाट पाउनुपर्ने तलब-भत्ता समयमै हात नपर्दा मानसिक तनावमा परेको उनीहरुले बताएका छन् ।
विभागले अघिल्लो वर्ष प्रकाशन गरेको तथ्यांकअनुसार १९८७ नेपाली अवैधानिक थिए । तीमध्ये रोजगार अनुमति प्रणाली -ईपीएस) मार्फत आएका ९५१ थिए । अहिले यो संख्या बढेको छ । कोरियामा सबैभन्दा धेरै करिब ७० हजार चिनियाँ नागरिक अवैधानिक छन् ।

कतार : कतारस्थित बलेदिया कम्पनीमा कार्यरत नेपालीले भूकम्प पीडितलाई उद्धार तथा राहतमा सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा १० लाख ११ हजार १११ सङ्कलन गरी पठाएको छ ।
उक्त कम्पनीमा कार्यरत नेपालीहरूले विनाशकारी भूकम्पमा ज्यान गुमाउनेको स्मृतिमा दीप प्रज्जवलन तथा श्रद्धाञ्जलि अर्पण गर्दै शोकसभा कार्यक्रमको समेत आयोजना गरेका थिए ।
श्रद्धाञ्जलि कार्यक्रममा एनआरएनएएनसिसी कतारका युवा संयोजक नवराज विक, पत्रकार होम कार्की, राहत सङ्कलन समितिका संयोजक काशीराम सापकोटा, बलेदिया कम्पनीका सहायक म्यानेजर रुस्तम कार्की समाजसेवी राजाराम बानियालगायतले मुलुकको वर्तमान विपत्तिको बारेमा प्रष्ट पार्दै भूकम्पमा जीवन गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।
“एक हजार दुईसयभन्दा बढी नेपालीले थोपा थोपा गरेर सङ्कलन गर्दै रु १० लाख जुटायौँ सरकारले पीडित नेपालीलाई राम्रोसँग वितरण गरिदियोस्”– आर्थिक सङ्कलन संयोजक काशीराम सापकोटाले भने ।

४ जेठ, काठमाडौं ।
सूचना तथा सञ्चार मन्त्रालयले भूकम्पका कारण उत्पन्न महाविपत्तिको वर्तमान अवस्थामा ज्योतिषी एवम् भविष्यवेत्ताको हवाला दिँदै केही पत्रपत्रिका र सामाजिक सञ्जालमा छापिएका समाचार कपोलकल्पित एवम् भ्रामक भएको भन्दै त्यस्ता सामग्रीको विश्वास नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
उक्त मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी भूकम्पको पीडाबाट पिरोलिएका सर्वसाधारणलाई थप पीडा हुने किसिमका अनर्गल समाचार प्रकाशन प्रसारण नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
साथै उक्त मन्त्रालयले जनजीवनलाई आतङ्कित पार्ने त्यस्ता सामग्री प्रकाशन एवम् प्रसारण गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालयलाई समेत अनुरोध गरेको छ । रासस/www.nepaliheadlines.com

के तपाइ बानी सुधार्ने भन्दै आफ्ना छोराछोरीलाई डराएर अथवा धम्काउने गर्नुहुन्छ ? यदि यसो गर्नुहुन्छ भने सावधान ! बालबालिकाहरुलाई धम्काउने गरेमा उनिहरुमा डिपे्रसनको समस्या देखिन सक्ने एक अध्यनले देखाएको छ । युनिभर्सिटी अफ अक्सफोर्डले गरेको ७००० बालबालिकामाथि गरेको एक अध्यनले यो कुरा प्रमाणित गरेको हो । अध्यनमा १२ वर्ष उमेरका बालबालिका सहभागि गराइएको थियो । उनिहरुमाथि १८ वर्ष उमेर हुदासम्म ३ वर्ष अध्यन गरिएको थियो ।
खाशगरी उनिहरुको मानसिक स्वास्थ्यका बारेमा अध्यन गरिएको थियो । अनुसन्धानका अनुसार अमाबुवा र छोराछोरीका बीचमा सम्झौता हुनुपर्छ । यसैबीच उक्त अध्यनका अनुसार दशमलव दशमलव अमाबुवाले धम्काउदा छोराको तुलनामा छोरी बढी मानसिक रुपमा प्रभाबित हुने गर्दछन् ।Nepali Headlines

भूकम्प पीडितलाई मधेशमा सार्न नहुने भन्दै मधेशी नेतृ सरिता गिरीले ट्वीट गरेपछि उनको सर्वत्र निन्दा भएको छ । सञ्चार कर्मी देखि आम सर्वसाधारण र विश्लेषक सम्मले उनको कटु आलोचना गरेका छन् ।
यस्तो आलोचना गर्नेमा एमाओवादीका अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहाल पनि थपिएका छन् ।
प्रकाश दाहालले सरिता गिरीको भनाइप्रति आपत्ती जनाउँदै माफी माग्नु पर्ने बताएका छन् । नेपालमा बस्न मन नहुनेलाई सीमा कटाइदिने हुने समेत उनले लेखेका छन् ।
यो हो उनको स्ट्याटसः

एजेन्सी : बलात्कारपछि ४२ वर्षसम्म कोमामा रहेकी एक नर्सको सोमबार निधन भएको छ ।
मुम्बर्इको किङ एडवर्ड मेमोरियल अस्पतालमा ४२ वर्षदेखि कोमा रहेकी ६० वर्षीया नर्स अरुणा शानबागको निधन भएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलार्इ तीनदिनदेखि भेन्टिलेटरमा राखिएको थियो ।
भारतीय सञचारमाध्यमले जनाएअनुसर शानबाग निमोनियाबाट बिरामी परेपछि उनको उपचार भइरहेको थियो ।
भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै सोमबार बिहानै उनको निधन भएको हो । शानबागको निधनपछि मुम्बईको केईएम अस्पताल शोकमय भएको छ । अरूणा शानबाग यसै अस्पतालमा नर्सकारुपमा कार्यरत रहँदा बलात्कारको शिकार भएकी थिइन् ।
४२ वर्षअघि नर्स अरुणा शानबागलार्इ सोही अस्पतालका वार्ड ब्वार्इले आक्रमण गरी सांग्लोले बाँधेर बलात्कार गरेका थिए । त्यसपछि उनी अपांग बनिन् र बोल्न नसक्ने भइन् र अस्पतालमा भर्ना गरियो । अस्पतालमा भर्ना गरिएपछि उनको अवस्था झनै बिग्रियो ।
शानबागको जीवनबारे किताब लेख्ने लेखिका पिङ्की विरानीले यसअघि उच्च अदालतमा निवेदनपत्र दर्ता गरेर शानबागको इच्छा मृत्युको माग गरेकी थिइन् तर अदालतले उनको माग खारेज गरिदिएको थियो ।
अरुणालार्इ २३ नोभेम्बर १९७३ देखि केईएम अस्पतालमा भर्ना गरिएको थियो । पिङ्की विरानीले अरुणाको जीवनी लेखेकी हुन् । उनले उच्च अदालतमा अपिल दर्ता गर्दै अरुणाको स्थितिलार्इ देखेर उनलार्इ मर्ने अनुमति दिन माग गरेकी थिइन् ।