आफ्नो ब्लगमा नेपाललाई संझदै बलिउडका सुपरस्टार अमिताभ बच्चनले सन् १९५४ मा पहिलो पटक हिमालयको देश पुगेको बताए ।
उनले नेपाल आफ्नो पहिलो विदेश यात्रा पनि भएको बताएका छन् ।
उनले लेखेका छन्-‘विकास र परिदृश्यको दृष्टिकोणले नेपालमा धेरै नै परिवर्तन आएको छ तर भारतीय चलचित्रप्रति त्यहाँका जनताको प्रेम बनिरहेको छ ।’ आफ्नो पिताले घनिष्ठ साहित्कारसँग भेट्ने इच्छा राखेपछि हामी नेपाल पुगेका थियौं, अमिताभले नेपाल संझदै लेखेका छन् । यसपछि पनि आफू चलचित्र छायांकनका लागि नेपाल पुगेको उनले बताए ।
अमिताभले ट्विटरमा नेपालमा आएको महाभूकम्पले पारेको क्षतीबाट गहिरो दुख लागेको लेेखेका थिए । उनले भूकम्प प्रभावित नेपालीलाई सहयोग गर्ने इच्छा पनि राखेका छन् ।

नायक राजेश हमाल अहिले नेदरल्याण्ड पुगेका छन् । उनले त्यहाँ पुगेर सहयोग राशी जुटाएको बताएका छन् । भूकम्प पीडितहरुका लागि हमालले विभिन्न संचारमाध्यमबाट सहयोगका लागि अपिल गरेको बताए । उनले दिनभरमा ९० लाख नेपाली रुपैयाँ संकलन भएको पनि बताए ।
यो रकमलाई विभिन्न फाउन्डेशनको मार्फत नेपालका भूकम्प प्रभावित क्षेत्र र त्यहाँका बासिन्दामाझ पुर्याइने हमालको भनाई छ । उनले फेसबुकमा यो कुराको जानकारी गराउँदै आउँदो बिहिबार नेपाल र्फकने पनि बताए ।
भूकम्पबाट प्रभावित भएकाहरुलाई बलिउड र हलिउडबाट सहयोगको अपिल भएपनि नेपाली कलाकार सुस्ताएको गुनासो आइरहेको थियो । अहिले नेपाली चलचित्रकर्मीहरु सहयोगका लागि सक्रिय हुन थालेका छन् ।

नविन अर्याल
१८ वैशाख, काठमाडौं । कीर्तिपुरबाट तरकारी किन्न कालिमाटी बजारमा आएकी सीता भुसाल तरकारीको भाउ सुनेर छक्क परिन् । घरबाट निस्कँदा सोचेकोभन्दा धेरै सस्तो भाउमा ताजा तरकारी पाएपछि उनी छक्क परेकी हुन् ।
‘भूकम्प आएपछि अहिले तरकारीको भाउ सस्तो पाएँ’ भुसालले अनलाइनखबरसँग भनिन्- ‘विपतका बेलामा तरकारी पाउनु नै ठूलो कुरा हो, ताजा तरकारी सस्तैमा पाइयो ।’
कलंकीबाट तरकारी किन्न आएकी रमा जोशीले बजारमा तरकारी ताजा पाइएको बताइन् । ‘सबैले तरकारीको हाहाकार हुन्छ भन्थे, तर सबै तरकारी ताजा पाइएको छ’ उनको भनाइ थियो । अघिल्ला दिनको तुलनामा शुक्रबार तरकारीको भाउ निकै सस्तिएको उनले बताइन् ।
‘बजारमा तरकारीको अभाव हुन्छ कि भनेर उपभोक्ता डराउने भन्दा पनि तरकारी बिक्दैन कि भनेर व्यवसायी डराउनुपर्ने बेला आएको छ’ व्यवसायी विजय कुमारले भने- ‘भूकम्पको सुरुवाती दिनमा भन्दा अहिले तरकारीको भाउ धेरै घटेको छ ।’
बजारमा मागभन्दा आपूर्ति बढेपछि तरकारीको भाउ हृवात्तै घटेको हो । भूकम्प आएको सुरुका ३/४ दिन तरकारी अत्यन्तै महंगो भए पनि बिहीबारदेखि भाउ घट्न थालेको व्यवसायी बताउँछन् । व्यवसायीका अनुसार भूकम्प आउनु अगाडिभन्दा अहिले तरकारीको भाउ ३० देखि ४० प्रतिशतसम्म भाउ घटेको छ ।
भूकम्पको त्रासबाट ठूलो संख्यामा मानिसहरु राजधानी छाडेर घर गएपछि तरकारीको भाउ घटेको हो । ‘बजारमा तरकारी धेरै आएको छ, किन्ने मानिसहरु घरतिर लागे’ कालिमाटी बजारकी खुद्रा व्यापारी वृन्दा कटुवालले भनिन्- ‘किन्ने मानिस नभएपछि तरकारी कुहिने डर छ ।’
अहिले तरकारीको व्यापार ५० देखि ६० प्रतिशत घटेको व्यवसायी बताउँछन् । बजारमा पर्याप्त मात्रामा ताजा तरकारी आएको हुँदा अभाव हुने कुनै संकेत देखिँदैन । बजारमा ताजा तरकारी रोजी-रोजी खरिद गर्न सकिन्छ ।
भूकम्प आएको ३/४ दिनसम्म भने तरकारी निकै महंगिएको थियो । त्यतिबेला आपूर्ति कम भएको र खाने मानिसको संख्या धेरै भएको हुँदा तरकारीको भाउ चर्किएको थियो । शुक्रबार कालिमाटी तरकारी बजारमा पुग्दा तरकारी किन्ने उपभोक्ता भन्दा व्यवसायीको संख्या बढी देखिन्थ्यो ।
मंगलबार र बुधबार किलोको ८० रुपैयाँमा बिक्री भएको ब्रोकाउली शुक्रबार ४० रुपैयाँमा बिक्री भएको छ । भूकम्प अगाडि करेलाको भाउ १२० रुपैयाँसम्म थियो, शुक्रबार ४५ रुपैयाँ घटेको छ ।
बोडी, घिरौंला, काँक्रो, बन्दा, मसरुमलगायतका तरकारीको मूल्य आधा सस्तो भएको छ । भूकम्प आउनु अगाडि किलोको १६० रुपैयाँमा बिक्री हुने मसरुम ८० रुपैयाँसम्म बिक्री भएको छ ।
कालिमाटीकी खुद्रा व्यवसायी सुमिना ढुंगानका अनुसार शुक्रबार देखि तरकारीको आपूर्ति बढेको छ । बिहीबारसम्म बजारमा तरकारीको अभावजस्तै रहेको बताउँदै उनले शुक्रबार एक्कासी बढी तरकारी आएको बताइन् ।
आलु र प्याजको भाऊ पनि घट्यो
आलु तथा प्याज व्यापारी देवीकुमारी कुँवर भूकम्प अगाडि भन्दा अहिले आलु प्याजको भाउ घटेको बताउँछिन् । मागअनुसारको आलु प्याज आपूर्ति भइरहेको बताउँदै उनले साँखु, पाँचखाल र भारतबाट आयात भइरहेको जानकारी दिइन् ।
‘आलु प्याज भनेजति छ, तर बिक्री छैन’ कुँवरले भनिन्- ‘एउटा पसलले दैनिक सरदर ६०/७० बोरा आलु बेच्ने गरेकोमा अहिले मुस्किलले २० बोरा बिक्री हुन्छ ।’
कालिमाटी तरकारी बजारमा धादिङ, पाँचखाल, तराईका विभिन्न जिल्ला र भारतबाट तरकारी आउने गर्छ । यही अवस्था रहिरहने हो भने शनिबारदेखि तरकारीको भाउ झनै घट्ने व्यवसायीले बताए ।
भूकम्प पीडितलाई तरकारीको राहत
व्यवसायीहरुले बिक्री नभएको तरकारी विभिन्न संघ-संस्थामा मार्फत भूकम्प पीडितलाई उपलब्ध गराएका छन् । शुक्रबार मात्रै १५/२० गाडी तरकारी राहतका रुपमा विभिन्न जिल्लामा पठाएको व्यवसायी कटुवालले जानकारी दिइन् ।
सबै व्यवसायीहरु तरकारी सकेसम्म कम मूल्यमा राहतका लागि बिक्री गर्ने, नभए निःशुल्क भए पनि पीडितलाई उपलब्ध गराउने सोचाइमा देखिएका छन् ।
काठमाडौ, वैशाख १८ । अपराधिक मानसिकता भएकाहरुलाई महाविपत्ति पनि सुवर्ण अवसर जस्तो हुदोरहेछ । यस्तै भएको छ भक्तपुरमा ।
भक्तपुरमा महाभुकम्पबाट २६१ जनाले ज्यान गुमाइसकेका छन । उद्दार कार्यमा खटिनुपर्ने १७ वर्षे युवक महाभुकम्पको मौका छोपी बलत्कारमा उत्रिए ।
भक्तपुर दुवाकोट–५ वेसीगाउँ बस्ने १६ वर्षीया युवतीलाई बुधबार साँझ जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने सिन्धुली वस्तीपुर–५ का १७ वर्षीय सुरेशकुमार लोलाई प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।npnewsline.blogspot.co. भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाण्डौ । फेसबुकले भूकम्प प्रभावित नेपालका लागि दुई दिनमै १ करोड डलर (करिब १ अर्ब रुपैयाँ) भन्दा भन्दा बढी रकम संकलन गरेको छ ।
टाइम डट कमका अनुसार फेसबुकमा भूकम्प प्रभावित नेपालमा भइरहेको राहत कार्यलाई सहयोग गर्न सकिने व्यवस्था मिलाइएको दुई दिनमै सहयोग रकम १ करोड डलर भन्दा बढी संकलन भएको हो ।
फेसबुकका संस्थापक मार्क जुकरवर्गले उक्त रकम नेपालका भूकम्प पिडितहरुका लागि सहयोग गरिने बताएका छन् ।
जुकरबर्गले उक्त रकममा फेसबुकका तर्फबाट २० लाख डलर थपिने समेत पनि बताएका छन् । सहयोग रकम कहिले र कसरि नेपाल आइपुग्छ सो कुरा खुलाइएको छैन ।

पोखरा वैशाख, १८— दीपक पुन वैदेशिक रोजगारीका लागि वैशाख १३ गते कतार उड्दै थिए । सेक्युरिटी गार्डका लागि उनको भिसा आएको थियो । दीपक आमा अमकला र बाबु बेलबहादुरका कान्छा छोरा हुन् । कान्छा छोराको भिसा आएपछि बेलबहादुरले जेठा छोरा अमर भनिने अमबहादुरलाई अह्राए, ‘छोरा, भाइलाई उडाएर आउ ।’
दाजुभाइ भएर काठमाडौं आएका अमबहादुर र दीपक काठमाडौंको सुन्धारास्थित मुनाल गेस्ट हाउसमा बसे । १३ गते फ्लाइट भएकाले १२ गते घुमफिरसँगै धरहरा चढ्ने योजना बनाए । दुवै दाजुभाइले धरहराबाट उपत्यका हेरेर ओर्लंदै थिए । ओर्लंदै धरहराको छैटौँ तलामा आइपुग्दा धरहरा बेसरी हल्लियो । सबैले ‘भूकम्प आयो’ भन्दै चिच्याएको आवाज आयो । उनीहरू छिटोछिटो तल ओर्लन कोसिस गर्दै थिए । ‘त्यसपछि मलाई केही थाहा भएन, म बेहोस भएँ छु, अनुहारमा बेसरी चोट लागेको रहेछ । होसमा आएपछि दाइलाई खोजेँ,’ भाइ दीपक भन्छन्, ‘दाजु धरहराको भग्नावशेषले पुरिएको बताइयो । तर शरीर भने फेला परेन ।
’ शनिबारको भूकम्पले कास्की लेखनाथ नगरपालिकाका पुन परिवारमा पनि भूकम्प ल्यायो । लेखनाथ ढुंगेपाटनस्थित पोखरा विश्वविद्यालयमा बीबीए अन्तिम सेमेस्टरमा अध्ययनरत अमबहादुरले ज्यान गुमाए । बाबु बेलबहादुर भन्छन्, ‘भाइलाई छोडेर आऊ भनेर पठाएको छोरो कहिल्यै फर्किएन ।’ शनिबार साँझै अमबहादुरको क्षतविक्षत शरीर भेटियो, उनको मुटु भने चलिरहेकै थियो । तर, अस्पताल नपुर्याउँदै बाटैमा अमबहादुर रहेनन् । यो खबर पोखरामा बाबुआमाले थाहा पाउन बेर लागेन । बेलबहादुरले छोराको दाहसंस्कार लेखनाथमै गर्न चाहे । र, उनले पोखराबाटै शव ल्याउन गाडी पठाए । विदेश उड्न हिँडेका दीपक दाइ अमरको शव लिएर फर्के । ‘अमरले पढेर बैंकमा काम गर्छु भनेको थियो,’ बाबु बेलबहादुर भन्छन्, ‘यो हाल देख्नुपर्यो ।www.ratopati.com

शनिबारको मध्य दिन धरहराबाट कोही एकाएक भुँइमा खस्यो । कहाँ दुख्यो बताउन सक्ने कुनै ठाउँ थिएन । अझ भनौं, जिउँदो छ भन्ने प्रमाणका लागि पनि थिचिनबाट जोगिएका खुट्टाहरु छाम्नुपर्ने अवस्था थियो । त्यो अरु कोही नभएर मेरो देश थियो ।
उसै पनि रोग लागेर धोद्रो भएको मेरो देश अचानक त्यति माथिबाट भुँइमा पछारिन पुग्यो । पीडाको आजसम्म पनि कसैले अनुमान लगाउन सकेको छैन । ७/८ म्याग्निज्युडमा आएको सिस्मिक वेभले करोडौं म्याग्निच्युडको दुःखका तरंगहरु छोडेर गयो । जुन मेरो देशको भारवहन भन्दा ज्यादै बाहिरको थियो ।
यो दुखका बेला धेरै साहित्य मिसाएर म यहाँहरुलाई अझ बढी दुखी बनाउन चाहदिँन । यो बेला कसैको मन दुखाउन साहित्य जरुरी नै छैन । आजसम्म कतैबाट पनि भूकम्पको एकिन विवरण प्राप्त भएको छैन । र, लाग्छ यो विवरण आउन अझै केही महिना लाग्नेछ ।
वर्षौं अगाडि निस्क्रिय बनिसकेको स्थानीय निकाय र आफ्नै उद्दार गर्न नसकेको केन्ऽको कारण पनि यसको बिस्तृत विवरण लम्बिने आँकलन गर्न सकिन्छ । विवरण जे सुकै होस् यो कुराचाँहि पक्का हो, वास्तविक क्षती सरकारले अहिले दिएको तथ्यांक भन्दा धेरै बढी भएको छ ।
यो विपतका बेला धेरै घरबारबिहीन भएकाहरु अहिले सडकमा छन् । घर भएकाहरु पनि मरिने डरले सडक, चौरतिरै छन् । अहिले चिन्ता घरबारविहीन भएकाहरुसँगै घरबारविहीन नभएकाहरुको पनि गर्नुपर्ने बेला भएको छ । जो किस्ता किस्तामा मृत्युसँग लडिरहेछ छन् ।
जाजरकोटमा २६ जनाको मृत्यु हुँदा पनि जोगाउन नसक्ने प्राबिधिक अबस्था बोकेर बाँचेको हाम्रो सरकारलाई अहिले यो माहाबिपत्ति उसको क्षमता भन्दा धेरै बाहिरको कुरा हो । यस्तो अबस्था भएको सरकारको आश र भरोशा गरेर बस्नु बीरबलको खिचडी पकाइ भन्दा कम हुँदैन । देशको यो विषम परिस्थितिमा देशमा बाँचेका प्रत्येक नागरिकहरु सरकार हुन् । देशको नागरिकता भएका प्रत्येक ब्यक्ति सुरक्षाकर्मी हुन् भन्ने कुरा भुल्नु हुँदैन । घरमा आनन्दसँग खुट्टा खापेर सरकारलाई धारे हात लगाउनेहरुको अहिले ज्यादै बिगबिगी बढेको देखिन्छ । उनीहरुले त्योभन्दा अगाडि आफू पनि सरकार नै भएको कुरा भुल्नुहुँदैन ।
फोटो खिच्नका लागि र सरकारलाई गाली गर्नकै लागि २/४ वटा कम्मल बाँडेर गमक्क पर्नेहरु पनि प्रशस्तै छन् । देशका चर्चित लेखकहरु त घाइतेहरुको शरीरमाथि कुल्चदै कुल्चँदै सरकार खोज्न झण्डा बोकेर बालुवाटार पनि पुगेछन् ।उनीहरुमाथि अहिले दयाभन्दा बढी केही गर्न सक्ने अवस्था छैन ।
मेरो सरकारको तल्लो तहसँग कुनै गुनासो छैन । तर, माथिल्लो मन्त्री तहका नेताहरु बोल्दा भने अलि विचार पुर्याउनु हुन अनुरोध छ । गृहमन्त्री लगायत उच्च ओहोदाका मन्त्रीहरु जनतासामु प्रस्तुत हुँदा रीस र आवेगभन्दा पनि नरम र सहज ढंगबाट प्रस्तुत हुन जरुरी छ । उहाँहरुको सानो साहनुभूतिको शब्दले पनि घाउ शीतल हुन सक्छ । अहिले पहिलो चरणको सरकारले क्रमश यसरी उद्दारको प्रक्रिया अगाडि बढाउनु पर्छ भन्ने मेरो धारणा हो ।
१. सबै भन्दा पहिला आधा सास लिएर कसैको हातको प्रतीक्षामा बसेका घाइतेहरुको उद्दार महत्वपूर्ण हुन्छ ।
२. बिस्तारै घाइतेको उद्दारसँगसँगै शवहरुको खोजतलास गरेर दाहासंस्कार गरिनुपर्छ, जसले गर्दा महामारी निम्त्याउनबाट जोगाउन सकिन्छ ।
३. बाँचेर पनि मरेको अनुभव गरिरहेका प्रत्येक नागरिकको गास बास र कपासका लागि विभिन्न योजनाहरु ल्याइनुपर्छ । जसअन्तर्गत त्रिपाल, खानेपानी र शौचालय प्रथामिकतामा राख्दा महामारी नियन्त्रणमा ठूलो सकारात्मक असर पुग्ने गर्दछ ।
४. माथिका सबै कुरा पूर्ण भइसकेपछि पुर्नवास र पुनःनिर्माणका प्रक्रियाहरु अगाडि बढाउन आवश्यक छ । यो सरकारले गर्न सक्ने कामको क्रमागत सूची भयो । यसबीच सरकारको प्रत्येक कदम सँगसँगै हामीहरु पनि अगाडि बढ्नुपर्ने हाम्रो दायित्व हो । सरकारले सिन्धुपाल्चोकमा घाइते उद्दार गर्दै गर्दा काठमाडौं खानादेखि प्रत्येक कुराको वितरण हामीहरु समानान्तर रुपमा पनि गर्न सक्छौं ।
यो के गर्नु पर्ने भन्ने कुराको सामान्य आंकलन भयो अब के भैराखेको छ भन्ने कुरातिर जाउँ ।
अरुबेला जे भए पनि यो विपतको घडीमा सरकारलाई गाली र नारा बाजी गरेर बस्नु एउटा नालाकीपनको हदभन्दा बढी मचाँहि अरु केही देख्दिँन । अहिले सरकारलेआफूले सकेको गरेको नै छ । यो अहिलेको बिपत्ति हाम्रो सरकारको क्षमताभन्दा धेरै बाहिरको भएको कारण हामीले सरकारको एकदम कम अनुभूति गरिरहेका छौं ।
सरकारले काम नै नगरी निदाएर बस्यो भन्नु मूर्खता शिवाय अरु केही हुन सक्दैन । धेरै विकटका गाउँहरुमा हाम्रो क्षमताभन्दा बाहिर भएका कारण नै सहयोग पुगेको छैन । तर, हामी खुशी हुन सक्ने थुप्रै कारणहरु पनि बनेका छन् ।
गोरखाका धेरै सरकारी अधिकारीहरु नपुगेको गाउँहरुमा पनि अन्य ठाँउबाट सिर्जनशील युवाहरु पुगेर राहत वितरण गरेका खबरहरु आइरहेका छन् । यसकारण केही भएकै छैन, सरकारले केही गरेन भन्ने जस्ता नकारात्मक समाचारहरु फैलाउँदा हाम्रा अनलाइन समाचारहरुको पाठक त बढ्लान, तर त्यसले दिएको असर कदापी सकारात्मक हुन् सक्दैन । समाचार दिनु उनीहरुको कर्तब्य हो, तर अतिरन्जित गरेर दुखमाथि दुख थपिदिनु एउटा अत्याचार हो । यहाँबाट पनि एउटा भूकम्पको परकम्पन महसुस गर्न सकिन्छ ।
जहाँसम्म बिदेशी सहयोग अस्वीकृतिको कुरा छ, पहिलो कुरा त हामीसँग एउटा मात्र अन्तराष्ट्रिय विमानस्थल छ । त्यसकारण पनि ब्यबस्थापन गर्न गाह्रो परिरहेको छ । दोश्रो कुरा, यतिबेला अरु सामाग्रीभन्दा पनि देशमा उद्दार गर्न सक्ने जनशक्ति र ट्रान्सपोर्टको साधन बढी चाहिएको छ, यसकारण अनावश्यक पुनर्संरचनाको सामानलाई अहिले मगाउनु आवश्यक छैन । पहिला मान्छे बच्यो भने न घर चाहिने हो । त्यस्तै प्रतिकूल हावापानीका बीच रहन गाह्रो पर्ने उद्दार टोली पर्यो भने उद्दार उसैको गर्नुपर्ने आवश्यक हुन्छ ।
विपतका बेला हाम्रा पुराना पुरातात्विक र बहुमूल्य संरचनाका अवशेषहरु जहाँ त्यहीँ छरिएका छन् । सहयोगीका रुपमा आएका जो कोहीबाट ती हाम्रा सम्पतिमाथि गिद्दे नजर लाग्ने सम्भावनाका कारण पनि बिदेशी सहयोग नियन्त्रण जरुरी छ । अहिले भावनामा बगेर सबैलाई छोड्दा भोलि यो भन्दा ठूलो अर्काे भुइँचालो नजाला भन्न सकिँदैन ।
सहयोग गर्ने क्रममा व्यक्तिभन्दा बढी संस्थागत हिसाबका सहयोगहरु बढी प्रभावकारी हुन्छन् त्यो स्वाभाविक हो । केही विश्लेषकहरुले दलहरुलाई आफ्ना जत्था तयार गरेर संगठित हुन आह्वान पनि गर्नुभएको छ । तर, मलाई यो अलिक अप्ठेरो महसुस भैराखेको छ । भोलि यही कारण राहत र सहयोगमा पनि राजनीति सुरु भएर, यो फलानो पार्टीको मान्छे, त्यसलाई उसैले सहयोग गर्छ भन्नेखालको परिस्थिति आयो भने सायद त्यो भूकम्प आएको भन्दा बढी नमीठो क्षण बन्न सक्छ । त्यसकारण पनि संगठित हुँदा कुनै जात धर्म र दल विशेष भन्दा पनि मानवताको नाताले एउटा सहयोगी संगठन विशेष भयो भने राहत प्रभावकारी हुन्थ्यो कि भन्ने मेरो अनुमान हो ।
जस्तो, रेडक्रस, स्काउट जस्ता संस्थाहरुबाट वा आफ्नै कुनै सहयोगी संस्थाको नाम राखेर संगठित हुन् सकियो भने त्यो प्रभावकारी हुनसक्छ होला ।
अहिले हामी चरम संक्रमणकालीन अवस्थामा गुज्रिरहेका छौं । रेडक्रसले सित्तैमा बाँडेको, टीन ब्यापारीहरुले पैसा लिएर दिएको, १५ को चाउचाउलाई ५० भनेको, भाडामा अत्यधिक महंगी गरेको र घर फोरेर चोरी गरेको खबरले यो आलो घाउमाथि नुनचुक छर्ने काम गरेको छ । यस्तो सुन्दा लाग्छ, मेरो देशबाट मानवता पनि भुइँचालो सँगसँगै लागेछ ।
यो विपतको घडीमा यसरी धेरै मानवता गिरेका मूर्दा आत्माहरु भडि्कने प्रवल सम्भावना हुन्छ । स्थानीयस्तरमा यस्ता साना दोषी आत्माहरु सक्रिय हुन्छन् भने माथिल्लो निकायमा ठूलाखाले दोषी आत्माहरु सक्रिय हुन्छन् जसले आधा बिदेशी राहत आफ्नो भुँडीमा फिल्टर गरेर मात्र बाँकी अरु निकाल्ने गर्छन् । यहाँ त्यस्ता दोषी आत्माहरु धेरै छन्, जो हिजोबाटै कसैको रगत चुसेर आफ्नो बोसो बढाइरहेका छन् ।
एउटा भुइँचालो गइसकेको अवस्थामा अब हामी जोगिनुपर्ने यस्ता दुष्ट आत्माहरुको अर्को महाभुइचालोबाट हो । यसका लागि सरकारले राहत वितरणको एउटा संयन्त्र बनाउनु पर्छ र प्रत्येक वितरण प्रक्रियाको हरहिसाब राख्नु आबश्यक छ । यदि कसैले अनिमितता गरेको पाइएमा उसलाई गोली हानेर भूकम्पले मर्नेहरुको सुचिमा नाम चदाउँदा पनि कम्तिमा पाप लाग्दैन ।
अन्त्यमा, यसरी एउटा महाभूकम्प गइसके पछाडि देशमा त्यसको पराकम्पन सँगसँगै अरु क्षेत्रमा पनि भूकम्प गइरहने सम्भावना धेरै हुन्छ । ढुङ्गामाटोका घरहरुमा गएको भूकम्पले दुखाउन छुटेका ठाँउहरु आस्थाको घरमा जाने राहतको भूकम्पले दुखाउन नपरोस् । मैले देशसँग अहिले राखेको सबैभन्दा ठूलो आशा यही नै हो ।
www.onlinekhabar.com

काठमाडौं । शनिबार गएको महाभुकम्पले चर्चित गायक राजेश पायल राईको लाखौ लगानी डुुबेको छ । राजेशले करिब ५० लाखको लगानीमा सन्चालन गरेको रेष्टुरेन्ट ध्वास्त भएको छ ।
काठमाडौंको कमलपोखरीमा राजेशको लगानीमा सन्चालन भएको ‘दर्शन नमस्ते’ रेष्टुरेन्ट ध्वास्त भएको हो । राजेशले केही महिनाअघि मात्रै रोष्टुरेन्टको उद्घाटन गरेका थिए ।
उनले एक अनलाइन सँग कुरा गदै आफ्नो ५० लाखभन्दा बढी लगानी डुबेको बताए । रेष्टुरेन्टसँगै मोटरसाइकल लगायतका उनका सामग्रीहरु पनि पुरिएको उनले बताए ।
राजेश कार्यक्रमको शिलशिलामा पूर्वतिर छन् । उनले टेलीफोनमा कुरा गदै मेहेनत गरी कमाएको लगानी डुब्दा दु:ख लागेको बताए । उनले भने, ‘ कला प्रस्तुत गरेर मेहनेतले कमाएको पैसा डुब्दा दु:ख लागेको छ ।’npnewsline.blogspot.co.il भिडियो हेर्न तलको बाकस थिच्नुहोस

भुँइचालो भन्नाले पृथ्विको कम्पन हो। जो भू गर्भीय गडबडीमा आउने गर्छ। यसको कम्पन लाई रेक्टर स्केलमा नापिन्छ। आठ रेक्टर स्केलभन्दा धेरै परिमाणका भूकम्पलाई ठूला भूकम्प र त्योभन्दा साना ६ रेक्टर स्केलसम्मका भूकम्पलाई मझौला भूकम्प भनिन्छ। त्यस्तै ६ रेक्टर स्केलभन्दा साना चार रेक्टर स्केलसम्मका भूकम्पलाई साना भूकम्प भनिन्छ।
किन जान्छ भूकम्प ?
जमीनबाट ८० देखि एक सय किलोमिटर तलसम्मको पृथ्वीको माथिल्लो भाग धेरै टुक्रामा विभाजित छ। प्राविधिकहरू यी टुक्रालाई टेक्टोनिक प्लेटु भन्छन्। यस्ता प्लेटहरू समुद्रमा डुंगा तैरिरहेजस्तो एस्थेनोस्फेएरमा तैरिएर निश्चित दिशामा हिँडिरहेका छन्। यसरी हिँड्ने क्रममा यस्ता प्लेटहरू कहीँ एक अर्काबाट टाढा जान्छन् भने कहीँ नजीक आएर ठोक्किन्छन्। यसरी प्लेटहरू ठोकिँदा, एक प्लेट अर्कोका मुनि घुस्दा वा घोटिने क्षेत्रमा दबाब सिर्जना हुँदा शक्ति सञ्चय हुँदै जान्छ। केही समयसम्म यस्तो शक्ति सञ्चित भएर रहन्छ, तर जब यस्तो शक्ति उक्त क्षेत्रमा रहेको चट्टानले थाम्ने क्षमताभन्दा बढी हुन्छ, तब पृथ्वीको माथिल्लो तहमा रहेका चट्टानसमेत फोरेर भएभरको ऊर्जा एकैचोटि बाहिर निस्कन्छ।
यसरी सयौँ वर्षदेखि सञ्चित ऊर्जा एक्कासि निस्कँदा भूकम्प जान्छ। टेक्टोनिक प्लेटहरूको सिमाना जहाँ जहाँ पर्छ ती क्षेत्रमा भूकम्प जाने गर्छ। यस्ता सिमानाहरूमा प्लेटहरू एकआपसमा ठोकिने, एक प्लेट अर्कोमा घोटिएर तेर्सो गरी चिप्लिने, दुई प्लेट टाढा जाने र एक प्लेट अर्कोमुनि घुस्ने क्षेत्र पर्दछन्। जसमा नेपाल पनि एक हो जुन इन्डियन प्लेटको माथि रहेको छ। त्यसैले यहाँ नियमितजसो कहीँ न कहीँ थाहै नपाइने, साना र ठूलामध्ये कुनै न कुनै प्रकारका भूकम्प गइरहन्छन्।
करिब पाँच करोड वर्ष पहिले दक्षिणतर्फबाट आइरहेको इन्डियन प्लेट उत्तरमा रहेको युरेसिएन प्लेटसँग ठोक्किन पुगेको विश्वास प्राविधिकहरूको छ। उक्त ठोक्काइपछि पनि इन्डियन प्लेट उत्तरतर्फ सर्ने क्रम रोकिएको छैन। इन्डियन प्लेट उत्तरतर्फ सर्ने क्रम तिब्बत र नेपालबीचमा भने प्रतिवर्ष एक इन्चका दरले चालू छ।
भुइँचालो जाँदा के गर्ने?
• धैर्य गर्ने : घरभित्र भए भित्रै र बाहिर भए बाहिर नै बस्ने। घरभित्र वा बाहिर गर्नाले चोटपटक लाग्नसक्छ।
• घरभित्र भए ढोका, फुट्न सक्ने वा खस्नसक्ने गह्रौं वस्तुदेखि टाढा बस्ने।
• पहिले नै सुरक्षित भनेर चिनिएका ढोकाको चौकोस, मन्दिर, टेवुल, खाट जस्ता फर्निचरमुनि वा त्यस्तै सुरक्षित स्थानमा बस्नुपर्छ।
• ‘घुँडा टेकी गुडुल्की, ओत लागी समात’ को विधि अपनाउने।
• बालबालिका र पाल्तु जनावरलाई सुरक्षितसाथ राख्ने। बालबालिका र पाल्तु जनावरलाई सम्भव भएसम्म आफ्नै साथमा सुरक्षित स्थानमा राख्ने। विषेशगरी उनीहरुका अंग सुरक्षित भए/नभएको सुनिश्चित गर्ने।
• भुइँचालाको समयमा सकेसम्म घर नछाड्ने र छोड्नैपर्ने अवस्था आएमा नआत्तिइकन निस्कने। हतार गर्दा चोटपटक लाग्न सक्छ। सम्भावित आगोबाट सावधान रहने। बाहिर निस्कँदा विद्युतीय लिफ्ट प्रयोग नगरी भर्यानङ प्रयोग गर्ने।
• घरबाहिर भए रुख, साइनबोर्ड, भवन, विद्युतीय तार वा खम्वा नभएको खुला ठाउँमा जाने।
• कम्पन नरोकिँदासम्म टाउको सुरक्षित तरिकारले छोप्ने।
• सवारी साधन चलाइरहेको अवस्थामा भुइँचालो गए सवारी साधनको गति विस्तारै कम गर्दै बाटोको छेउतिर लगेर रोक्नुपर्छ। सवारी साधनलाई एक्कासि रोक्दा झन् ठूलो दुर्घटना हुन सक्छ। सवारी साधन रोक्दा आकाशे पुल, ठूलो बिजुलीका पोल वा लठ्ठा, अग्ला रुख, सुरुङ र साइन बोर्डको छेउमा रोक्नुहुँदैन।
• जहाँ जुन अवस्थामा भए पनि सावधान रहने। भिडभाडमा भए आफूलाई जोगाउने। घर बाहिर भए, साइनबोर्ड, भवन, विद्युतीय तार वा खम्बा नभएको खुला ठाँउमा जाने।
• यदि भुइँचालोबाट घर भत्किएर पुरिइहाल्यो भने विश्वस्त भएर खोजी तथा उद्दार टोलीको प्रतीक्षा गर्नुपर्छ। यस्तो अवस्थामा सिठ्ठी, सुसेली, बजाएर तथा बज्ने सामान भेटिए त्यसलाई बजाएर उद्दारकर्मीलाई थाहा दिने प्रयास गर्नुपर्छ।
• घरभित्र भए भुइँचालोको कम्पन रोकिएपछि मात्र घर बाहिर निस्कने। यस्तो अवस्थामा दौडने, चिच्च्याउने र धकल्ने जस्ता कार्य नगर्ने।www.dcnepal.com