४ असार, काठमाडौं । नेपालमै बसोबास गर्ने गरी दुईमहिना पहिले बैंककबाट काठमाडौं फर्केका पूर्वयुवराज पारस शाहले अहिलेसम्म निर्मल निवासमा प्रवेश पाएका छैनन् ।
थाई प्रेमिका कन्निकासँग सम्बन्ध सुरु भएसँगै बिग्रिएको पारस-हिमानी सम्बन्ध सुध्रनुको साटो सम्बन्धविच्छेदको बाटोतिर अघि बढेको छ ।
निर्मल निवासमा प्रवेश नपाएका पारस आफ्नी काकाकी छोरी शिताष्माको घरमा आश्रय लिएर बसिरहेका छन् ।
निर्मल निवासमा पस्न नपाएकै कारण पारस धीरेन्द्रकी माइली छोरी शिताष्माको घरमा बस्न शुरु गरेका हुन् । कहिलेकाँही उनी छाउनीस्थित बहिनी प्रेरणाको घरमासमेत जाने गरेका छन् । तर, अहिलेसम्म उनलाई निर्मल निवासभित्र छिर्न आमाबाबुले रोक लगाएको बताइन्छ ।
पारस कुण्डलिनी क्बलबाट शिष्ताष्माको घरमा सरेका हुन् । शिताष्माको घर आउनुअघि उनी प्रेरणाको घरमा बस्ने गर्थे ।
पारस थाइल्याण्डबाट फर्केदेखि हिमानीले एकपटक पनि भेटेकी छैनन् । उनका दुई छोरी र एक छोरा भने बुबालाई भेट्न पटक-पटक पारस बसेको ठाउँमा जाने गरेका छन् । पारसले कहिलेकाहीँ छोरालाई घुमाउने पनि गरेका छन् ।
थाइल्याण्ड गएका बेलामा पनि हिमानीले पारसलाई भेटेकी थिइनन् । त्यतिखेर पारस थाइल्याण्डको रुखंइस्थित जेलमा बसिरहेका थिए ।
बिग्रँदो स्वास्थ्य
अहिले पारसको स्वास्थ्यसमेत केही खराव भएको पारसका निकटस्थहरु बताउँछन् । शिताष्माले पारसलाई हेरचाह गरिरहेकी छिन् ।
मुुटुका रोगी पारसले नर्भिक अस्पतालमा नियमितरुपमा फलोअप चेक गरिरहेका छन् । उनी हप्तामा कम्तिमा एकपटक अस्पताल जाने गरेका छन्
पारस बैंककमा हुँदा पनि उनलाई भेट्न शिताष्मामा बेलाबेलामा थाइल्याण्ड जाने गरेकी थिइन् ।
दाम्पत्य जीवनमा उतार-चढाव
पारस थाइल्याण्ड गएदेखि नै हिमानीसँग उनको सम्बन्ध बिग्रन शुरु गरेको हो । त्यसमा पनि बैंककमा पारस प्रेमिकासँग बस्न शुरु गरेपछि हिमानी र पारसवीचको भावनात्मक सम्बन्ध पनि बिग्रन शुरु गरेको हो ।
पारसका साथीहरुका अनुसार अहिले पारस र हिमानवीचको सम्बन्ध कानुनीरुपमा मात्रै बाँकी छ । पारस काठमाडौं फर्के पनि उनीहरु वीचको सम्बन्धमा सुधार हुन सकेको छैन । पारसका आमाबाबुले नै सम्बन्ध सुधार गर्ने प्रयास नगरेको पारसका साथीको गुनासो छ ।
यसैवीच पारसकी थाई प्रेमिका कन्निकाले पारसलाई ‘श्रीमान’ भन्दै फेसबुकमा फोटो पोष्ट गरेको अर्को चर्चा छ । यसले पनि हिमानी र पारसको सम्बन्धमा झनै दरार उत्पन्न भएको बताइन्छ ।
पारसले प्रेमिका कन्निकालाई अझै बिर्सन नसकेको बताउँछन् उनका सहयोगीहरु । बैंककमा अप्ठयारो पर्दा कन्निकाले साथ दिएको र हृदयघात हुँदा उनले नै बचाएको भन्दै पारसले सधैं कन्निकाको नाम लिने गरेको पारसका साथीहरु बताउँछन् ।
तर, पारस र कन्निकाको सम्बन्धमा पनि बेलाबेलामा अवरोध आउने गरेको छ । पारस नेपाल आउने बेलामा कन्निका केही समय सम्पर्कविहीन भएकी थिइन् ।
सम्बन्ध विच्छेदको चर्चा
यसैवीच पूर्वयुवराज पारसले सम्बन्ध विच्छेद गर्न पूर्वयुवराज्ञी हिमानीलाई प्रस्ताव पठाएको चर्चा चल्न थालेको छ । पूर्वराजको परिवारले भने पारसको प्रस्तावलाई अस्वीकार गरेको बताइएको छ । यद्यपि यसको पुष्टि गर्न कसैले पनि चाहेको छैन ।
स्रोतको दाबी अनुसार, केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र र हिमानी भारत गएका बेला पारसले हजुरआमा रत्नमार्फत यस्तो प्रस्ताव पठाएका थिए । त्यसपछि रत्नलाई भेट्न पारस नारायणहिटी पुगेका थिए । अहिले पनि पारस बेलाबेलामा रत्नलाई भेट्न जाने गर्छन् ।
पारसको प्रस्तावलाई रत्नले जस्ताको त्यस्तै पुत्र ज्ञानेन्द्रलाई सुनाएकी थिइन् । ज्ञानेन्द्र र कोमलले पारसको प्रस्ताबलाई ठाडै अस्वीकार गरेको बताइएको छ । हिमानीलाई आफूहरुले कुनै पनि अवस्थामा छाड्न नसक्ने सन्देश उनीहरुले सुनाएका थिए ।
हिमानी र पारसवीच सम्बन्ध बिग्रनुमा पारसकै गल्ती भएको पूर्वराजपरिवार दम्पतिले आफ्ना नातेदाहरुलाई बताउने गरेका छन् ।
पारस थाइल्याण्ड गएदेखि नै हिमानीले पारसका आमाबाबुको साथ छाडेकी छैनन् ।
पारस थाइल्याण्ड जानुअघि ज्ञानेन्द्र र कोमल नागार्जुनमा बस्ने गरेका थिए भने पारस र हिमानी निर्मलनिवासमा बस्ने गर्थे । पारस थाइल्याण्ड गएपछि ज्ञानेन्द्र, कोमल र हिमानी निर्मल निवासमै बस्ने गरेका छन् ।
www.onlinekhabar.com

काठमाडौं । नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टले भूकम्प आउनुभन्दा १० देखि २२ सकेन्डअघि नै जानकारी दिने प्रविधि जडान गरेको छ ।
चीन सरकारको अनुदान सहयोगमा ल्याइएको यो प्रविधिलाई सबै नागरिकसम्म पुर्याउन मोबाइल एप, एफएम रेडियो, अस्पताल तथा सार्वजजिक ठाउमा साइरन प्रयोग गरिनेछ ।
नास्टले बिहीबार खुमलटारमा मुख्य सिस्टम जडान गरेको छ । कारोबार दैनिकमा समाचार छ ।

गिनिज बुकमा नाम लेखाउने रहर
काठमाडौं: एउटी आमाले एकैपटकमा तीन सन्तान जन्माएको समाचार नौलो होइन, एकै आमाले चार सन्तान जन्माएको समाचार पनि यदाकदा सुन्ने गरिन्छ तर तिम्ल्याहा छोरा जन्माएर उनीहरूलाई नर्सरीदेखि एमबीबीएस तहसम्मको परीक्षा उत्तीर्ण गराउन सफल आमाबाबुको समाचार भने सबैका लागि आश्चर्यको विषय बन्न सक्छ।
ती भाग्यमानी आमाबाबु हुन्, चितवन भरतपुर नगरपालिका पारसनगरका शिवप्रसाद देवकोटा र शकुन्तला। शकुन्तलाले २०४८ असोज ६ गते बिहान आठ मिनेटको फरकमा तीनवटा छोरा जन्माएकी थिइन्।
ती छोराहरूको नाम उनीहरूले क्रमश: सौगात, सौजन र सौरज राखिदिए।
छोराहरू हुर्केपछि उनीहरूलाई नर्सरीमा अध्ययनका लागि देवकोटा दम्पतीले काठमाडौं थलीस्थित माउन्ट एभरेस्ट बोर्डिङ स्कुलमा भर्ना गरिदिए। एसएलसी पनि उनीहरूले सोही स्कुलबाट उत्तीर्ण गरे।
तर संयोग नै भन्नुपर्छ, नर्सरीदेखि एसएलसीसम्मको अध्ययनमा उक्त स्कुलमा उनीहरूलाई जित्ने अरू कुनै विद्यार्थी आएनन्, अर्थात् कक्षा दससम्म तीन दाजुभाइले मात्र पालैपालो प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्दथे।
सोही स्कुलबाट तीनै दाजुभाइले एसएलसी विशिष्ट श्रेणीमा उत्तीर्ण गरे। एसएलसीपछि आईएससी अध्ययनका लागि तीनैजनाले माइतीघरस्थित सेन्ट जेभियर्स कलेजमा प्रवेश परीक्षा दिए, उत्तीर्ण पनि भए।
आईएससी अध्ययन सकेपछि थप अध्ययनका लागि भने सर्यो। आईएससीसम्म एकै विषय पढ्ने तीन दाजुभाइको रुचि भए पनि थप अध्ययनमा कुन विषय रोज्ने भन्नेमा समस्या पर्यो।
राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सौगातले भने, 'तीनजनामध्ये कुनैलाई मेडिकल शिक्षा पढ्ने त कुनैलाइ इन्जिनियरिङ पढ्ने इच्छा जाग्यो।
तर, बाल्यकालदेखि एकै विषय पढेका र सबै स्वभाव पनि मिल्ने हुनाले अन्त्यमा एमबीबीएस अध्ययन गर्ने सल्लाह भयो। कुरा पनि मिल्यो।'
तीन दाजुभाइ र आमाबाबुको राय मिलेपछि एमबीबीएस अध्ययनका लागि नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा भर्ना भए उनीहरू।
नर्सरीदेखि एसएलसीसम्मको अध्ययनमा उक्त स्कुलमा उनीहरूलाई जित्ने अरू कुनै विद्यार्थी आएनन्, अर्थात् कक्षा दससम्म तीन दाजुभाइले मात्र पालैपालो प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्दथे।
उक्त कलेजबाट यसै वर्ष एमबीबीएस तहको अध्ययन गरेका तीनैजना अहिले सोही कलेजले सञ्चालन गरेको अस्पतालमा इन्टर्नसिप गरिरहेका छन्।
असल चिकित्सक बनेर नेपालका दुर्गम भेगमा रहेका गरिब तथा असहाय नागरिकको सेवा गर्ने इच्छा रहेको तीनै दाजुभाइले बताए।
कार्यक्रममा तिम्ल्याहाका बाबु शिवप्रसादले छोराहरूको सफलताले आफूलाइ निकै हर्षित तुल्याएको बताए। उनले भने, 'हामीले तिम्ल्याहा छोराछोरी जन्मेका समाचार त थुप्रै पटक हेरिरहेका छौं, सुनिरहेका छौं।
तर, तिम्ल्याहा भईकन पनि छोरा हुनु, त्यसैमाथि नर्सरीदेखि एमबीबीएससम्म सँगसँगै अध्ययन गरेर एकै पटक एमबीबीएस उत्तीर्ण हुनु भनेको हाम्रो परिवारका लागि मात्र नभएर राष्ट्रकै लागि सुखद समाचार हो जस्तो लाग्छ।'
तीनै छोरालाइ थप अध्ययन तथा रोजगारीका लागि विदेश नपठाउने बरु नेपालकै कुनाकाप्चामा दु:ख पाएर बसेका नागरिकको सेवामा लगाउने उनले बताए।
तीनै छोराको सफलता र संयोग हेर्दा गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा पनि नाम लेखाउन सकिनेमा आफू विश्वस्त रहेको पनि बाबु शिवप्रसादले बताए।
आमा शकुन्तलाले बाल्यकालमा तिम्ल्याहालालाई हुर्काउँदा बेहोर्नुपरेको सबै कष्ट अहिले छोराहरूले प्राप्त गरेको सफलताले बिर्साइदिएको बताइन्।
देवकोटा दम्पतीले पहिलो सन्तानको रूपमा तिम्ल्याहाअघि एक छोराको जन्म दिएका थिए। पहिलो छोरा शौरभले पनि यसै वर्ष इन्जिनियरिङतर्फ एमईको अध्ययन सकेका छन्।
annapurnapost.com

काठमाडौं, असार ४ । परीक्षा नियन्त्रण कार्यालयले २०७१ सालको प्रवेशिका (एसएलसी) परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गर्ने भएको छ ।
परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले भने,‘कुनै प्राविधिक गडबडी भएन भने शुक्रबार नतिजा सार्वजनिक गर्छौं ।’ नतिजा प्रकाशन विषयमा छलफल गर्न कार्यालयले शुक्रबार बिहान साढे दश बजे बोर्ड बैठक बोलाएको छ ।
सानोठिमीस्थित कार्यालय परिसरमा एक सातादेखि निरन्तर नतिजा प्रकाशनसम्बन्धी काम भइरहेको छ । परीक्षार्थीको प्राप्तांकको रुजु कार्य अन्तिम चरणमा पुगेको छ ।
केही दिनयता नतिजा प्रकाशनको अन्तिम तयारीमा जुटिरहेको कार्यालयले सर्वसाधारणलाई कार्यालयको मूल गेटबाट भित्र जान दिएको छैन । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

ज्योतिष शास्त्र अनुसार छिट्टै प्रेममा फस्छन् कतै तपाइको राशि त पोरेना ? भनिन्छ जीवनमा कुनै न कुनै समयमा प्रेममा पर्छ मान्छे । प्यार निजी विश्वासमा आधारित हुने कुरा हो । प्रेमबारे मानिसका धारणा फरक फरक हुन्छन् तर सबैलाई आफ्नो पार्टनरको विषयमा चिन्ता र चासो हुन्छ ।
हरेक मानिसको प्रेमिल स्वभाव फरक फरक हुन्छ । कसले तपाइँलाई मायाँ गर्छ र कस्ले धोका दिन्छ थाहा पाउन कठिन छ । तर ज्योतिष शास्त्र भने यस्तो कुरा राशि अनुसार फरक पर्ने दावी गर्छ । मान्छेको हरेक स्वभाव जस्तै प्रेम सम्बन्धी धारणा र ब्यवहार पनि राशि अनुसार फरक हुने ज्योतिष शास्त्रको भनाइ छ । यहाँ राशि अनुसार मानिसको प्रेम ब्यवहार कस्तो हुन्छ भन्ने विषयमा चर्चा गरिएको छ ।
मेष राशि मेष राशिका मानिस आकर्षक र प्रभावशाली स्वभावका हुन्छन् । यो राशिका पुरुष शाहसी हुन्छन् र केटीहरु छिटो आकर्षित हुन्छन् । मेष राशिका ब्यक्ति हतारमा प्रेम गर्छन् । कामुक स्वभावका हुने भएका कारण यिनीहरु हतारमा शारीरिक सम्बन्ध राख्न खोज्छन् । हतारमा प्रेम गर्ने हुँदा यिनीहरुको प्रेम विछोडमा टुङ्गिन्छ ।
वृष राशि वृष राशिका ब्यक्तिलाई उत्तम श्रेणीका प्रेमी मानिन्छ । वृष राशिका ब्यक्ति प्रेम सम्न्ध राख्न माहिर हुन्छन् । यिनीहरु पनि छिट्टै प्रेममा पर्छन् । भावुक स्वभावका हुने हुँदा यिनीहरुको प्रेम असीम हुन्छ । यो राशिका मानिसको बैबाहिक जीवन पनि सुखी हुन्छ । मिथुन राशि यो राशिका ब्यक्तिका धेरै प्रेम सम्बन्ध हुन्छन् ।
त्यति मात्र होइन बहुविवाहको सम्भावना पनि हुन्छ । खासमा भन्दा यो राशिका ब्यक्ति प्रेमलाई खेलौना सम्झिन्छन् भन्दा पनि हुन्छ । यिनीहरु विवाहमा सन्तुष्ट हुँदैनन् । कर्कट राशि ज्योतिष शास्त्रका अनुसार कर्कट राशिका ब्यक्ति प्रेमको विषयमा मुडी हुन्छन् । यिनीहरु सम्बन्ध प्रति निक्कै इमान्दार हुन्छन् तर मुड अनुसार ब्यवहार हुन्छन् । यिनीहरुको बैबाहिक जीवनमा परिवर्तन आइरहन्छ । यिनीहरुको भाग्य विवाहपछि खुल्छ । सिंह राशि सिंह राशिका ब्यक्तिको आवाज सुमधुर हुन्छ
। यो राशिका पुरुषसँग केटीहरु आकर्षित हुन्छन् । यो राशिका ब्यक्तिको प्रेम सम्बन्ध धेरै जसो सफल हुन्छ । वैवाहिक जीवन पनि सफल हुन्छ । कन्या राशि कन्या राशिको मानिसहरु राम्रा प्रेमी मानिँदैनन् । यो राशिका ब्यक्ति आकर्षक ब्यक्तित्वका हुन्छन् । मानिस प्रभावित गर्ने क्षमता पनि हुन्छ । त्यसकारण यिनीहरुको सम्बन्ध धेरैसँग हुने पनि हुन्छ ।
तुला राशि ज्योतिष शास्त्रका अनुसार तुला राशिक ब्यक्ति महान प्रेमीमा पर्छन् । यिनीहरुको प्रेम गहिरो हुन्छ । तर यिनीहरु प्रेममा रहेपनि मानसिक तनावबाट गुज्रीरहेका हुन्छन् । वृश्चिक राशि वृश्चिक राशिका मानिस उच्च आदर्श प्रेमी मानिन्छन् । यिनीहरु प्रेमका लागि सर्वस्व स्वीकार गर्न तयार हुन्छन् ।
यिनीहरु प्रेममा निक्कै इमान्दार मानिन्छन् । तर इर्श्याको भावना भने यो राशिका ब्यक्तिमा प्रवल हुन्छ । यिनीहरुको त्यागी भावनाले विपरित लिङ्गका मानिसहरु आकर्षित हुन्छन् । धनु राशि यो राशिका प्रेमी संवेदनशील र नरममिजासका मानिन्छन् । यिनीहरुको स्वभाव नै सुन्दरतामा आकर्षित हुने हुँदा प्रेम टिकाउ भने हुँदैन ।
यिनीहरु प्रेममा विछोडका कारण टेन्सनमा हुन्छन् तर नयाँ साथी छिट्टै खोज्छन् । मकर राशि मकर राशिका मानिस जिद्धी पना बढी हुन्छ । ज्योतिष शास्त्रका अनुसार यिनीहरुको यही स्वभावकै कारण प्रेम सम्बन्धमा समस्या समेत भोग्छन् । यो राशिका ब्यक्तिले जीवन साथीलाई निक्कै मायाँ गर्छन् तर झगडा पनि गर्छन् जिद्धी स्वाभवका कारण । कुम्भ राशि\ ज्योतिष शास्त्रका अनुसार कुम्भ राशिका मानिस प्रेममा बढी भावुक हुन्छन् । यिनीहरु मन देखि मायाँ गर्छन् ।
निस्वार्थ प्रेम गरेपनि यिनीहरुले धोका पाउने सम्भावना बढी हुन्छ ।
प्रेममा विक्षिप्त भएपनि नयाँ साथीको खोजिमा भने यिनीहरु पनि रहन्छन् ।\\ मीन राशि मीन राशिका प्रेमी प्रेमिकाको स्वभाव माछाको जस्तो हुन्छ । यिनीहरु भावुक हुन्छन् र छिटो विपरित लिङ्गीप्रति आकर्षित हुन्छन् । प्रभाव पार्न सिपालु हुन्छन् तर यिनीहरुको प्रेम जीवनमा धेरै उतार चढाव आउँछ । बैबाहिक सम्बन्धमा गहिरो प्रेम हुन्छ
भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोस

कटहर काँचोमा तरकारी र पाकेपछि फलकोरुपमा प्रयोग हुने बहुउपयोगी फल हो । यो फल औषधीका गुणहरुले भरिपूर्ण छ । तर मानिसहरु यसको नियमित सेवन गर्दैनन् । कटहरमा महत्वपूर्ण कार्वोहाइड्रेट मात्र होइन विभिन्न भिटामिन पनि पाइन्छ । तरकारीकोरुपमा पनि खान सकिने कटहरको अचार र पापड पनि बनाउन सकिन्छ । कटहरको नियमित सेवनल् विभिन्न रोगको पनि उपचार गर्न सकिन्छ ।
अल्सरको औषधीः
कटहरको पातबाट बनेको धुलो ल्सरको उपचारमा निक्कै उपयोगी मानिन्छ । यसको हरियो पातलाई सफासँग धोएर सुकाउने र पिँधेर चूर्ण तयार गर्ने । यो सेवन गर्दा अल्सरबाट मुक्ति पाउन सकिन्छ ।
अनुहार र छालामा औषधीः
अनुहारमा छाला फुट्ने वा हात खुट्टामा पनि यस्तो समस्या भए कतहरको पात चपाएर थुक्दा सन्चो हुन्छ । यसले छालाका अन्य रोग पनि ठिक पार्छ ।
खाना पचाउन सहयोगीः
पाकेको कटहरको गुदी राम्रोसँग पानीमा उमाल्ने र यसलाई सेलाउन हालेर पानीसँग पिउँदा एकदम स्फुर्ति बढ्छ । अपचको विरामीलाई पनि यो पानीले फाइदा गर्छ ।
मधुमेहको औधषीः
कटहरको पातको रस मधुमेहका रोगीका लागि पनि उपयोगी हुन्छ । यसले उच्च रक्तचापका रोगीलाई पनि फाइदा गर्छ ।
जोर्नीको दुखाइमा औषधीः
कटहरको चोप कुनै घाउमा लगाए सन्चो हुन्छ । पिलो आउँदा पनि कटहरको चोप लगाउन सकिन्छ । त्यसैगरी यसले मालिस गर्दा जोर्नीको दुखाइ पनि कम हुन्छ ।
घाँटीको रोग सञ्चोः
कटहरको कमलो पातका गोली बनाएर सेवन गर्दा घाँटी खस खस हुने समस्याबाट मुक्ति पाउन सकिन्छ ।
कब्जियतको औषधीः
कटहरको पाकेको फल सेवन गर्दा पेटको समस्याबाट मुक्ति पाउन सकिन्छ । यसले अपच कम गर्छ भने कब्जियत हुनेहरुलाई पनि राहत दिन्छ ।

भिण्डी लोकप्रिय तरकारी मध्ये एक हो । भिण्डी खानुमा जति स्वादिष्ट छ, यो निकै गुणकारी पनि छ । आम मानिसले भिण्डीलाई स्वादका आधारमा तथा यसको चिप्लोपनाका आधारमा स्वादिष्ट तरकारीको रुपमा मात्र उपयोग गर्दै आएका छौँ ।
तर भारतीय उपमहाद्विपका केही आदिवासीले भिण्डीलाई विभिन्न रोगको उपचारमा समेत उपयोग गर्ने गरेको पाइन्छ ।
भिण्डीमा विभिन्न खाले भिटामिन तथा लवण र अन्य पौष्टिक तत्व पाइन्छ ।
यसमा भिटामिन ए, बी, सी, इ तथा क्याल्सियम, फलाम जस्ता तत्व पाइन्छ । साथै यसमा उच्चस्तरीय फाइबर समेत पाइने भएकाले स्वास्थ्यका लागि लाभदायी हुन्छ । पोषण विज्ञहरुका अनुसार भिण्डीको सेवन मधुमेहका रोगीका लागि निकै लाभदायक हुन्छ ।
भिण्डीको बिजलाई धूलो बनाउने, त्यसमा सुकमेल, दालचिनी तथा मरिचको समेत धूलो मिलाउने र यसलाई दिनहुँ मनतातो पानीमा मिलाएर पिउँदा डाइबेटिजका रोगीलाई निकै लाभ पुग्छ ।
भिण्डीको काटेको टुक्रालाई पिउने पानीमा डुबाएर रातभर राख्ने । विहान टुक्रा निकालेर बाँकी रहेको पानी खाली पेटमा पिउने गर्दा मधुमेह नियन्त्रणमा सघाउ पुग्ने बताइन्छ ।विज्ञहरुका अनुसार काँचो भिण्डी चपाएर खानाले पुरुषहरुमा यौन क्षमतामा वृद्धि हुन्छ । पानीमा भिण्डी पकाएर पिउनाले भिरिंगीका रोगीलाई समेत फाइदा गर्छ । अनलाइनखबरबाट

पर्वत(धाइरिङ), २०७२ असार ३ । जातिय विभेदका कारण समाज अधोगति तर्फ उन्मुख भएको र जातिय विभेदका कारण नै समाजमा अप्रिय घटनाहरु हुदै आएको छन् । अझै पनि कतिपय ठाउँमा छुवाछुतको नियो ढल्न सकेको छैन जसका कारण बेलाबखतमा छुवाछुतका घटनाहरु मिडिया मार्फत बाहिर आउने गर्दछन् ।
पर्वतमा पनि छुवाछुत विरुद्धका घटनाहरु बाहिर नआएका भने हैनन् केहि समय अगाडी कुश्मा नगरपालिकामा पर्ने पाङ गाविसमा दलित दलित विचमा छुवाछुतको आरोप र प्रत्यारोपले मुडभेडको दिशमा लियो । जसले दलित दलित विचमा पनि विभेद भएको पुष्टि ग¥यो । दलित दलित विचको विभेदले अदालती बाटो डो¥यायो जसले अझै पनि समाजमा विभेदका अन्त्य भएका छैन भन्ने प्रष्ट पारेको थियो तर धाइरिङकका एक जोडिले भने जातिय विभेद समाजबाट विस्तारै हराउँदै गएको प्रमाणित गरेका छन् ।
पर्वतका एक जोडीले अन्तरजातिय प्रेम विवाह गरेका छन् । सात बर्ष पहिले देखि प्रेम बन्धनमा बाँधिएका पर्वत धाईरिङ ९ बर्ष २२ का विशाल दर्जी र धाइरिङ ७ हाल रत्ननगरपालिका ५ चितवन बस्दै आएकी बर्ष २१ की गीता जैसी विच जेठ ३१ गते अन्तरजातिय प्रेम विवाह भएको हो ।
कक्षा ९ मासँगै पढेका दर्जी र जैसीले आफ्नो प्रेम सम्बन्धलाई सात बर्षपछि बैवाहिक सम्बन्धमा रुपान्तरण गरेका हुन । विशाल दर्जी अखिल नेपाल राष्ट्रिय वुद्धिजीवी संगठनका केन्द्रिय सदस्य तथा एमाओवादीका जिल्ला सदस्य साथै मानबअधिकारकर्मी दुर्गाबहादुर दर्जीका कान्छा छोरा हुन भने गीता जैसी एमाओवादी जिल्ला पाटी सहसचिव दिपक आचार्यकी बहिनी हुन ।
dn (1)
एमाओवादी जिल्ला पाटी सहसचिव आचार्यले आफ्नी बहिने परिर्वतकारीले अङगाल्ने बाटो अपनाएको बताएका छन् । उनले भने समाज परिर्वतनको लागि यस्तै युवायुवतीको आवश्यकता छ । जबसम्म समाजमा जातीय विभेदको अन्त्य हुदैन तब सम्म समाजको विकास हुन नसक्ने भन्दै आचार्यले आफ्नी बहिनीले गरेको विवाह प्रति खुलेर प्रशंसा गरे ।
केटाका बाबु दुर्गा बहादुर दर्जीले लामो समय जातिय छुवाछुत विरुद्ध चलाउदै आएको अभियानले केहि हदसम्म सार्थकता पाएको बताएका छन् । आफृुले लामो समयसम्म नेपाली दलित आन्दोलनमा खेलेको भुमिकाको उपलब्धीका रुपमा लिएका छन् । मानवअधिकारबादी संघसंस्थाहरुले यस विवाहलाई खुलेर प्रशंसा गर्दै समाज परिर्वतनको संज्ञा दिएका छन् । विशाल दर्जी अहिले नेपाल प्रहरीमा कार्यरत छन् भने गीता जैसी उच्चमाविमा अध्यनरत छिन् ।
अन्तरजातिय विवाह गरेकै कारण कतिपय ठाउँमा परिवार समाजबाट बहिष्कार हुनुपर्ने बाध्यता पनि नभएका हैन । पछिल्लो समयमा जातजाती विरुद्ध हुने हिंसाको अन्त्य गर्नका लागि विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरु पनि लागि परेका छन् तर अझै पनि जातिय छुवाछुतका घटनाहरु भने रोकिन सकेका छैनन् । समाजलाई परिर्वतन गर्नको लागि जातिय छुवाछुत जस्ता कलङक लाई अन्त्य गर्न आवश्यक छ । समाजलाई रुपान्तरतर्फ लैजानको लागि दर्जी र जैसी परिर्वतनका बाहक बनेका छन् । उनीहरुले देखाएको समाज परिर्वतनको बाटालाई सवैले आत्मासाथ गरी समाजलाई छुवाछुत मुक्त बनाउनको लागि हातेमालो गर्नु आवश्यक छ । जब सम्म समाजमा मानवले मानवलाई हेर्ने दृष्किोणमा परिर्वतन आउँदैन तब सम्म समाजमा दिगो विकास हुन सक्र्दैन । अन्तरजातिय विवाह गर्नेलाई सरकारले प्रोत्सान गरेता पनि संरक्षण भने अझै गर्न सकेको छैन यस तर्फ पनि सरोकारवाला निकायको विशेष ध्यान जानु आवश्यक छ ।

काठमाडौं । नागलाई मार्ने व्यक्तिको तस्वीर नागिनको आँखा घुमिरहन्छ र उनी त्यसको बदला लिनका मौका छोपिरहेकी हुन्छिन् । धार्मिक मान्यता अनुसार नागिनले जीवनकाल कुनै न कुनै दिन बदला लिने गरेको बताईन्छ । उत्तर प्रदेशको बुलन्दशहरको पहासू क्षेत्रमा यो परम्परागत किवदन्तीलाई प्रमाणित गर्दै एक
नागिनले आफ्ना जीवनसाथी नागको हत्याका आरोपीलाई डसेर मृत्युको मुखमा पुर्याएकी छिन् । साबित गढका राजेश सिंह गहलौतले करिब ६ वर्ष पहिले एक कालो नागलाई कुटी कुटी हत्या गरेका थिए । परिवार स्रोतका अनुसार नागको हत्याको वियोगमा बौलाएकी नागिनले ६ वर्षको अवधिमा कैयौ पटक राजेशलाई डस्न प्रयास गरिन तर उनी बारम्बार जोगिँदै आएका थिए । तर, हिजो बेलुका नागिनले राजेशलाई त्यो समयमा डसिन जतिबेला उनी गहुँबाट निस्किएको भूसको ढेरलाई एक किनार लगाउँदै थिए । नागिनको डसाईबाट घाइते युवकलाई वेहासी अवस्थामा अस्पताल लगिएको थियो । जहाँ डाक्टरले राजेशलाई मृत घोषित गरे । ग्रामिण इलाकामा यो घटनाको खुबै चर्चा भइरहेको छ । गाउँलेहरु भन्छन् कि नागिनले आफ्नो नाग श्रीमानको मृत्युको बदला लिन युवको ज्यान लिएकी हुन् । एजेन्सी - dainiknepal.com भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौं, ३ असार । गत वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण घाइते भएका एक युवकको ज्यान गएको छ ।
विनाशकारी भूकम्पबाट चर्किएको घर भत्काउने क्रममा पाँचौ तलाबाट खसेर घाइते भएका काठमाडौँ महानगरपालिका–६ तिनचुले डेरा गरी बस्ने रामेछाप रस्नालु–१ का २३ बर्षीय भरतबहादुर बस्नेतको उपचारका क्रममा आज मृत्यु भएको हो ।
बस्नेतको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
dainiknepal.com

काठमाडौं । नेपाली समाजमा मानवले मानवको पूजासम्म गर्छन् । अधिकांश मानिस शकाहारी छन् । मंसाहारी पनि खसीबाख्रा कुखुरा र केहीले राँगा, भैसीसम्म खाने गरेका छन् ।
तर, ब्राजिलका विभिन्न सहरमा मान्छेले मान्छेकै मासु खाने गरेको खुलासा भएको छ । ब्राजिलका ५४ वर्षीय जार्ज बेल्ट्राओले आफ्नै पत्नी र अन्य दुई महिलालाई निर्मतापूर्वक काटेर हत्या गरी उनीहरुको मासु पकाएर खाएका छन् ।
यो घटनाको अनुसन्धान गरिरहेको प्रहरीले आश्चर्यचकित खुलासा गरेको हो । घटनाको अनुसन्धान गरिरहेको प्रहरीलाई कयौं किताब भेटिए, जसमा जार्ज महिलाका नाङ्गो तस्वीर बनाउथे ।
तस्वीरहरु देख्ने वित्तिकै प्रहरीलाई शंका लाग्यो कि हत्या जार्ज बेल्ट्राओले आफ्नी पत्नीको नसोचेको क्रूर तरिकाबाट गरेका होलान् ।
किनकि उनको किताबमा कोरेको तस्वीरमा यस्तै क्रूरताको झलक देखिएको थियो ।
हत्यारा जॉर्ज बल्ट्राओले आफ्नी श्रीमतीको हत्या गरिसकेपछि उनको मासु यसकारण पकाएर खाएका थिए कि श्रीमतीको आत्मालाई शान्ति मिलोस । प्रहरीले बल्ट्राओको घरबाट कैयौ सबुद प्रमाण समेत बरामद गरेको थियो । जसले उनको योजना र कालो करतूतको पत्ता लगायो ।
हत्या गरिसकेपछि बेल्ट्राओले सबैको लास घरको पछाडितिरको आँगनमा पकाएका थिए । बेल्ट्राओलाई श्रीमती हत्याको आरोपमा त्यहाँको अदालतले २४ वर्षको जेल सजायँ सुनाएको छ । एजेन्सी

काठमाण्डौ । बेला बेलामा नेपाली नायिकाहरुको प्रेम सम्बन्धका कारण नेपाली मिडियाहरु पनि मज्जाले तात्ने गरेका छन् भने बेला बेलामा उनीहरुको प्रेम सम्बन्ध टुट्दा देखिने विभिन्न समस्याहरुले पनि मिडियामा गसिप खबरहरु आउन पछाडी परेका हुदैंन ।
त्यहि क्रममा केहि समय नायिका निता ढुंगानाको पनि यहि खबरका कारण उनी चर्चाको घेरामा आइन । आमेश भण्डारीसँग प्रेमसम्बन्ध रहेको उनले सामाजीक सञ्जालबाट बाहिर ल्याएपछि उनीहरुको प्रेम सम्बन्धले पनि नेपाली मिडिया निकै तात्यो ।
त्यसपछि नायिका निशा अधिकारीको प्रेम सम्बन्धले पनि नेपाली मिडिया खुबै तातेको थियो तर उनीहरुको सम्बन्ध भने लामो समय सम्म टिक्ने पाएन् । क्रिकेटर शरद भेषावकरसँग निशाको प्रेम सम्बन्ध निकै बर्ष अगाडी बढ्यो । निशाले पनि आफ्नो प्रेम पहिलो पटक फेसबुक मार्फत नै व्यक्त गरेकी थिइन । तर उनीहरुको सम्बन्ध लामो समयसम्म टिक्न नपाइ टुटेको छ ।
अहिले निशा अधिकारी अमेरिका हानिइन सायद यसैंले पनि हन सक्छ क्रिकेटर शरद भेषावकरसँग उनको सम्बन्ध टुटेको छ । नेपाली चलचित्रक्षेत्रमा राम्रो छबि बनाएपनि उनका अधिकाशं चलचित्रहरु सफलताको सूचिमा रहन सकेनन् ।
अमेरिका पुगेपछि उनी अहिले सम्र्पक विहिन जस्तैं बनेकी छिन् सायद यस कारण पनि उनीहरुको सम्बन्धमा दरार आएको हुन सक्ने धेरै चलचित्रकर्मीहरु बताउँछन् ।
- See more at: http://www.rastriyakhabar.com स्रोत राष्ट्रिय खबर बाट

एजेन्सी : आमासँगको रिसमा एक १५ वर्षीया किशोरीले दुर्इ वर्षीया नाबालिकाको घाँटी थिचेर हत्या गरेकी छन् ।
भारतको राजधानीस्थित पूर्वी दिल्लीको कल्याणपुरीमा एक २ वर्षीया नाबालिकाको हत्यामा १५ वर्षीया किशोरी संलग्न रहेको तथ्य खुलेपछि प्रहरीले चकित भएको छ ।
ती किशोरीले नाबालिकाको अपहरण गरेपछि हत्या गरेकी थिइन् । उनले यो घटना गराउँदा चलाख अपराधीकै शैली अपनाएकी प्रहरी अनुसन्धानले देखाएको छ ।
हत्या गरिएकी नाबालिका १० जुनमा आफ्नो घरबाहिर खेलिरहेकी थिइन् । खेलिरहेकी नाबालिकालार्इ किशोरीले अपहरण गरेर लगेपछि घाँटि थिचेर ज्यान लिएकी थिइन् ।
हत्यामा संलग्न रहेकी किशोरी ११ कक्षाकी विद्यार्थी हुन् । नाबालिकाको हत्या गरेपछि उनको शव प्लाष्टिकको ब्यागमा पोको पारेर दिनभर घरैमा राखी साँझ भएपछि पोखरीमा फ्याकिदिएकी खुलेको छ ।
पोलिथिन प्लास्टिकको ब्यागमा पोको पारिएको नाबालिकाको शव पोखरीमा फ्याकिदिएपछि उनी घरै फर्केकी थिइन् । उनी एक्लैले गरेको यो घटनाबारे परिवार र साथीहरुलार्इ समेत नबनाएको खुलेको छ ।
यो हत्या नाबालिकाकी आमासँग बदला लिन गरेको खुलेको छ । प्रहरीका अनुसार नाबालिकाकी आमा मिनाले ती किशोरीलार्इ एक छिमेकीको घरमा गुपचुप छिरेको देखेर ती छिमेकीलार्इ बताइदिएकी थिइन् ।
ती छिमेकीले उनलार्इ पटक पटक गाली बर्साएपछि त्यहीकारण उनले नाबालिकाको हत्या गरेको पत्ता लागेको छ । मिनाबाट भएको बेइज्जतीको बदला लिन उनले ती नाबालिकाको हत्या गरेको स्वीकारेकी छन् ।
घटनाको अनुसन्धान पुरा गरेपछि प्रहरीले उनलार्इ जुवेनाइल न्यायालयमा पेश गरेको थियो । जहाँबाट उनलार्इ सुधार गृहमा राख्ने आदेश मिल्यो । annapurnapost.com