रोल्पा : काठमाडौं, सिन्धुपाल्चोक, रसुवालगायतका जिल्लामा काम गर्न गएका रोल्पालीको परिवारमा गत शनिबार गएको महाभूकम्पपछि रुवावासी चलेको छ।
भूकम्पका बेला नुवागाउँ १ मा घर भत्किँदा दुई वर्षीय बालक शिवराज वलीको मृत्यु भए पनि कामका सिलसिलामा जिल्लाबाहिर गएका दर्जनौं रोल्पाली हताहत भएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए। विपतमा परेका रोल्पालीको खोजी र विवरण संकलनकार्य थालिएको छ।
वैदेशिक रोजगारमा जान काठमाडौं गएका डुबिडाँडा ७ का दुर्गाबहादुर बस्नेत र नुवागाउँ ५ का पूर्णबहादुर घर्तीको बालाजु गेस्ट हाउसमा पुरिएर मृत्यु भएपछि परिवारमा रुवावासी चलेको छ। उनीहरू कमाएर ल्याउने सपना साँचेर काठमाडौं गएका थिए। मृत्युको मुखमा परेको खबर सुनेर परिवार भावविह्वल भएका छन्।
माथिल्लो त्रिशूली ए जलविद्युत् आयोजनासम्म पुग्ने ट्र्याक खन्दै गर्दा भूकम्पसँगै गएको पहिरोमा पुरिएर १४ रोल्पाली बेपत्ता भएका छन्। ह्वामा ३ रोल्पाका एकै परिवारका कमल बुढामगर र पत्नी समीक्षा तथा उनीहरूको छोरो सरोइन बेपत्ता भएका छन्।
लिबाङ नगरपालिका ३ रेउघाका अर्जुन थापामगर, समीर बुढा, बुढागाउँ ५ का मोतीराम बाठामगर, धनबहादुर नेपाली, बुढागाउँ ४ का गमर वली, गाम १ की सीता परियार, करेटी ३ का मिसन घर्ती पहिरोमा पुरिएका हुन्।
रोल्पा जन्म भई हाल जिल्लाबाहिर बस्दै आएका लेखराज डाँगी, मोहन भण्डारी, चित्रबहादुर पुन, दीपक रानामगर, हर्कमान पुनमगर, सुशील शाही ठकुरी, कमला राना, जितेन्द्र विक, सुनिल रोकामगर, सुमन राना, गमानसिंह घर्तीमगर, रोजन पुन, टेकबहादुर रोकामगर, भीमबहादुर बुढामगर, दिलबहादुर खड्कालगायत पहिरोमा पुरिएका छन्।
सिन्धुपाल्चोकको गल्टुङ गुम्बा पातनमा यार्चा टिप्न गएका कोर्चाबाङ ७ दसघरका २५ वर्षीय दलप्रसाद घर्ती र ४५ वर्षीय राजकुमारी घर्ती पनि बेपत्ता भएका छन्। भूकम्प जाँदाको बिहानसम्म फोन सम्पर्कमा रहेका उनीहरू बेपत्ता भएको परिवारले जनाएका छन्।
रोल्पालीको खोजीका लागि राजनीतिक दल, पत्रकार र गैससकर्मी सम्मिलित एक टोली भूकम्प प्रभावित जिल्लातर्फ प्रस्थान गरेको प्रजिअ क्षेत्रीले बताए।
नेता केशबहादुर बाठामगर, पत्रकार हर्क घर्ती, गैससका अध्यक्ष भोलानाथ आचार्य र रोल्पाका सभासद् गोकुल घर्तीमगरसहितको टोली आइतबार रसुवातर्फ लागेको छ।
जलविद्युत् आयोजनाका ठेकेदार खगेन्द्र बुढासँग रोल्पाली काम गर्न गएका थिए। खगेन्द्रका अनुसार रोल्पा, कपिलवस्तु, अर्घाखाँची र दाङका ३३ जना पुरिएका हुन्।
उनीहरूको अझै उद्धार गर्न सकिएको छैन। अन्य हताहती रोल्पालीको तथ्यांक संकलन जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

२१ वैशाख, बिराटनगर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले भूकम्प प्रभावित ११ जिल्लाका ११ वटा गाउँमा घरहरु बनाइदिने घोषणा गरेकी छिन् ।
बिराटनगरमा मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै सुजाताले भनिन्- ‘म आफनै खर्चमा भूकम्प प्रभावित क्षेत्रका ११ जिल्लाका ११ गाउँमा ‘स्माल टाउन’ निर्माण गरिदिनेछु ।’
आफ्ना पिता गिरिजाप्रसाद कोइरालाको स्मृतिमा रहेको जीपी कोइराला फाउण्डेसन मार्फत एघार वटा गाविसका ११ गाउँलाई सुविधा सम्पन्न रुपमा निर्माण गर्ने कोइरालाले घोषणा गरेकी हुन् । सुजाता सो संस्थाकी संयोजक समेत हुन् ।
सुजाताको जीपी फाउण्डेसनलाई चिनियाँ सरकारका तर्फबाट निकै ठूलो फण्ड आएको छ । जीपी फाउन्डेसनका साथै एमालेको मदन भण्डारी फाउन्डेसनलाई पनि चिनियाँ सहयोग आएको छ ।
सुजाताले आफैं घर बनाइदिने भने पनि चीनको पैसाले भूकम्प पीडितलाई सहयोग गर्ने उनको योजना रहेको बुझिएको छ । घर निर्माणका लागि दातृ राष्ट्रहरुलाई आग्रह गरिने उनले बताएकी छन् ।
प्रेस युनियन मोरङले अयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले एघार गाविसमा बाटो, पुलपुलेसा, स्वास्थ्य चौकी, विद्यालय, विद्युतदेखि अन्य भौतिक पूर्वाधारलाई समेत मध्यनजगर गर्दै घर निर्माण गरिदिने जानकारी दिइन् ।
उनले कति रकममा कतिवटा घर निर्माण गर्ने र कस्तो प्रकारका घर बनाउने भन्ने खुलाइनन् । तर, उनले भूकम्पबाट बढी प्रभावित क्षेत्रका गाविसहरु ‘स्माल टाउन’ बनाउने र पहाडी क्षेत्रमा छरिएर रहेका वस्तीलाई एकै स्थानमा एकीकृत गर्ने लक्ष्य रहेको बताइन् ।
नेतृ कोइरालाले भूकम्पबाट बढी क्षति पुगेको गाविस छनोट गर्ने बताउँदै सहयोग र निर्माणमा विदेशी दाताबाट समेत सहयोग प्राप्त हुने जानकारी दिइन् ।
सरकारले सकेसम्म पीडितलाई राहत दिने काम गरिहेको भन्दै कोइरालाले सरकारको बचाऊ गरिन् । उनले अहिले सरकारलाई धेरै चुनौती भएका बेला उसको विरोध गर्नुभन्दा सबैले सहयोग पुर्याउनुपर्नेमा जोड दिइन् ।
भूकम्पमा राहत वितरण गर्नेदेखि पुनःनिर्माणको काम चलिरहँदा पनि संविधान निर्माणको गति भने रोक्न नहुने कोइरालाले बताइन् ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस