काठमाडौं, १३ असार । नेपाल प्रहरीले सशस्त्र प्रहरी बललाई पक्राउ पुर्जी जारी गर्ने अधिकार दिने प्रस्तावित नियमावलीमा आफ्नो सहमति रहेको भनी गृहमन्त्री वामदेव गौतमले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
गृहमन्त्री वामदेव गौतमले सशस्त्र प्रहरीलाई पक्राउ पुर्जी जारी गर्न अधिकार दिने मन्त्रिपरिषदमा विचाराधीन नियमावली नेपाल प्रहरीको सहमतिमा अघि बढाइएको दाबी संसदको राज्यव्यवस्था समितिको बैठकमा गरेको कान्तिपुर दैनिकले समाचार छापेको छ ।
गौतमले सशस्त्रलाई पक्राउ पुर्जी जारी गर्ने अधिकार दिने विषयमा गृह मातहतका दुई सुरक्षा निकायबीच कुनै समस्या नरहेको र त्यसमा नेपाल प्रहरीसमेत सकारात्मक रहेको दाबी गरेका थिए ।
गृहमन्त्रीको अभिव्यक्तिको भोलिपल्ट नेपाल प्रहरीको एक उच्च अधिकारीले कुरा गर्दै सशस्त्रलाई पक्राउ पुर्जी जारी गर्ने अधिकारी दिने विषयमा आफ्नो संगठनको सहमति नरहेको उल्लेख गरेका छन् ।
ती अधिकारीले ‘सशस्त्र प्रहरी स्थापना भएदेखि दुवै संगठन जसरी चल्दै आएका छन्, अब पनि त्यसरी नै चल्न दिनु उपयुक्त हुने’ बताए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

काठमाडौं, १३ असार । आफूले शारीरिक सम्पर्क राखेको भिडियो सार्वजनिक भएपछि एक दम्पत्तीले संसार त्यागेका छन् ।
भारतको मध्येप्रदेशको देवासमा एक दम्पत्तीले आत्महत्या गरेका छन् । निजी क्षणको भिडियो भाइरल भएपछि दम्पतीले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
देवास जिल्लाका यी दम्पतीले आफ्नो मोबाइलमा एक भिडियो खिचेका थिए । केही समयपछि त्यो मोबाइल हराएछ । हराएको मोबाइलबाट उनीहरुको भिडियो इन्टरनेटमा राखिएपछि भाइरल भयो । यो थाहा पाएपलगत्तै उनीहरुले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले यो घटनामा संलग्न भएको आधारमा पाँच जनालाई पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नयाँ पत्रिकामा खबर छ ।
dainiknepal.com

गगन थापा, सभासद
मेरो पुख्र्यौली थलो सोलुखुम्बु हो । मेरो बुवा सरकारी इन्जिनियर हुनुहुन्थ्यो । सिन्धुपाल्चोकको सुनकोसी पावरहाउसबाट बुवाले जागिर सुरु गर्नुभएको हो । म त्यहीबेला नै काठमाडौंमा जन्मेको हुँ । तर, मेरो प्रारम्भिक बाल्यकाल सिन्धुपाल्चोकमा बित्यो ।
हाम्रो काठमाडौं रातोपुलमा घर छ । मैले दुई कक्षादेखि काठमाडौंमा पढेको हुँ । त्यसपछि काठमाडौंमै बसेँ, हुर्कें । म एक प्रकारले काठमाडौंकै बासिन्दा हुँ । मैले ०४८ सालमा एसएलसी पास गरेको हुँ । बुवा सरकारी सेवामै हुनुहुन्थ्यो । योसँगै हाम्रो व्यवसाय पनि थियो– पुस्तक पसल, पब्लिकेसन । मैले सानैदेखि हाम्रो व्यवसायलाई नियाल्ने मौका पाएँ । त्यतिबेला एसएलसी पास भएपछि ६ महिनाजति खालि बस्नुपथ्र्यो । बुवाले पनि ‘पकेट खर्च चाहिने भए काम गर’ भन्नुहुन्थ्यो । त्यतिबेला मैले पसल, पब्लिकेसनमा काम गरें । काम गर्ने बानी पर्यो । भनौं, पैसा कमाउने लत लाग्यो ।
पछि हाम्रो परिवारले पसल र पब्लिकेसनको व्यवसाय छाड्यो । म त्रिचन्द्र कलेज भर्ना भएँ । यसबीचमा मैले ट्युसन पढाएँ । मैले घर–घर गएर र आफ्नै घरमा विद्यार्थी बोलाएर पनि पढाएँ । यहीबीचमा मैले एफएम रेडियोमा काम गरें । त्यसपछि मैले मिडिया एजेन्सी खोलें । ट्युसन सेन्टर पनि खोलें ।
जनआन्दोलन ०६२÷६३ पछि भने बुम इन्टरनेसनल भन्ने कम्पनी खोलें । यसले खासगरी डिजे अर्थात् विभिन्न फेस्टिबलमा म्युजिक बजाउने सम्बन्धमा प्राविधिक तालिम दिन्थ्यो । केहीपछि मैले बुम इन्टरनेसनल पनि छाडें ।
अनि, कृषिमा काम गर्न मन लाग्यो । केही साथीहरुसँग मिलेर सुनखानी एग्रिकल्चर प्राइभेट लिमिटेड खोलें । यसबाट पहिले नुवाकोटमा बाख्रापालन सुरु गरेका थियौँ । पछि बन्द गर्यौं । अहिले काठमाडौंमा दुईवटा मासु पसल छन् ।
अहिले यसमै लागिरहेको छु । यसलाई भर्खरै मात्रै चितवनसम्म विस्तार गरेका छौं । चितवनको कुमरुज भन्ने ठाउँमा पौरखी एग्रिकल्चर प्राइभेट लिमिटेड खोलेका छौं । यो एउटा सोसियल मुभमेन्ट जस्तो पनि हो । अहिले आम्दानी गर्नेभन्दा पनि यसलाई विस्तार गर्न हामी केन्द्रित छौं । चितवनमा जमिन किनेर माछापालन व्यवसाय सुरु गरेका छौं ।
राजनीतिसँगै कुनै पेसा–व्यवसाय पनि गर्नुपर्छ भन्ने मेरो मान्यता हो । मैले यसैबाट अहिले नै नाफा खोजेको त छैन । अहिले त यसलाई विस्तार गर्दै छौं । तर, यसलाई मेरो भविष्यको आम्दानी अझभनौं जीविकोपार्जनको माध्यम बनाउन लागिपरेको छु ।
काठमाडौंमा हाम्रो परिवार नै बस्छ । म, श्रीमती, छोराछोरी, बाआमा सँगै बस्छौं । अहिले घरमा म र साना छोराछोरीबाहेक सबै कमाउने हुनुहुन्छ । मेरो बुवा अहिले पनि काम गर्नुहुन्छ । मेरी श्रीमती डक्टर हुन् । हामी चार भाइ हौं । मभन्दा माथि एकजना दाइ हुनुहुन्छ । मभन्दा मुनि दुई भाइ छन् । दाइ इन्जिनियर हुनुहुन्छ । सानो भाइ डक्टर अर्को भाइ इन्जिनियर छ । तीनैजना विदेशमा काम गर्छन् । एउटा जर्मनी र दुईभाइ अमेरिका छन् । परिवारका सबै कमाउने भएकाले पनि अहिले मलाई थोरै सुविधा छ भनौं । एक किसिमले मैले परिवार चलाउन पैसा कमाउनैपर्ने छैन । सबैले मलाई सपोर्ट गर्नुहुन्छ । तँ आफ्नो बाटोमा अघि बढ् भन्नुहुन्छ । सबैको सहयोगमै भनौँ मेरो गुजारा सहज नै छ ।
अहिलेको मेरो कमाइ भनेको सभासद्को तलब–भत्ता नै हो । चावहिलमा मेरो सांसदको कार्यालय भन्ने छ । यो मेरो सचिवालयजस्तो हो । मेरो निर्वाचन क्षेत्रलगायत अन्य क्षेत्रमा मैले गर्नुपर्ने काम–कार्यक्रमको तय यहीँबाट हुन्छ । यसमा एकजना इन्जिनियर कार्यालय प्रमुख छन्, एमबीए इन्जिनियर । अरु तीनजना कर्मचारी छन् । एउटा फ्ल्याटमा कार्यालय छ । भाडा, कर्मचारीलाई तलब खुवाउनुपर्छ । यसमा मेरो व्यक्तिगत खर्च हुन्छ । तर, मेरो तलब–भत्ताले कार्यालय सञ्चालन गर्न लगभग पुगेको छ । सभासद्को तलब–भत्ता मैले व्यक्तिगत रुपमा प्रयोग गर्न पाउँदिनँ । निर्वाचनकै बेला मैले यो कार्यालय खोल्ने प्रतिबद्धता गरेको थिएँ ।
मलाई संसद्ले बैंक खाता खोलिदिएको छ । मेरो व्यक्तिगत बैंक ब्यालेन्स छैन । सामान्यतः मैले पैसा बोकेर हिँड्दिनँ । घरखर्च चलाउनुपर्दैन । श्रीमतीले नै घर चलाउँछिन् । बुवाको घरमा बस्छु । मेरो नाममा जग्गा छैन ।
म जनताको गुजाराबारे पनि जानकार नै छु । सुरुमा मैले पब्लिकेसनमा काम गरें । ट्रेनिङ सेन्टर चलाएँ । मैले चलाएको ट्रेनिङ सेन्टरबाट कति कामदार उत्पादन भएका छन् । विभिन्न रेडियोमा काम गर्छन् । त्यसैले म काम र गुजारासँग जानकार नै छु ।
अन्य राजनीतिककर्मीभन्दा गुजारामा मलाई सजिलो होला । म काठमाडौंको भएँ । बुवा जागिरे । मेरा दाजुभाइको उच्च आर्थिक हैसियत छ । परिवारको सुविधाको घेरामा परेकाले मलाई अरुको तुलनामा सजिलो होला । मेरो जस्तै सबै राजनीतिककर्मीको अवस्था छ भनेर हेरिनुहुन्न । बाहिरी जिल्लाका अझ भनौं दुर्गम भेगका सभासद् जो काठमाडौंमा बस्नुहुन्छ, जिल्ला आतेजाते गर्नुहुन्छ, उहाँहरुलाई तलब–भत्ताले एकछेउ पनि पुग्दैन जस्तो लाग्छ ।
www.ratopati.com

१३ असार, काठमाडौं ।
पूर्वी क्षेत्रमा आईतबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६:५० बजे भारतको आसाम तथा भुटानको थिम्पु दक्षिण केन्द्र बिन्दु बनाएर ५ दशमलब ८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का पूर्वका मोरङसहित, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, सुनसरी, धनकुटा लगायतका जिल्लाहरुमा अनुभव भएको थियो । भूकम्पबाट भएको क्षतिको विबरण अहिलेसम्म प्राप्त भएको छैन ।

कुनै कारणबिना नै हातबाट पसिना आउँछ अनि कुनै काम गर्दा, लेख्दा या यत्तिकै बस्दा पनि पसिना आएर हैरान बनाउँछ भने त्यस्तो अवस्थालाई चिकित्सा भाषामा ‘हाइपरहाइड्रोसिस‘ भनिन्छ। हाइपरहाइड्रोसिस विशेष गरी ११ वर्षको उमेर देखि सुरु हुन्छ र सँधै भरी नै रहिरहन्छ। यसको कुनै उपचार भने छैन तर यसलाई कम गर्न भने पक्कै पनि सकिन्छ।सँधै हातबाट बेकाममा पसिना आएर सताइरहन्छ भने यसो गर्नुहोस् त, अलिकति भएपनि तपाईँको समस्यामा कम हुन सक्छ।
१. चिसो पानीले हात धुनुहोस्
पसिनायुक्त हात यत्तिकै सुक्दैन, त्यसैले उक्त हातलाई आफैले सफा गर्नुपर्दछ। साधारण व्यक्तिले भन्दा धेरै मात्रामा नै हात धुनु जरुरी हुन्छ। तर हात धुँदा साबुन पानीले नधुनुहोस्, किनभने साबुनले तपाइँको हातलाई अझै धेरै सुख्खा बनाउँदछर झन् बढी पसिना आउँन टेवा पुग्दछ। अनि हात धोइसकेपछि सुख्खा र सफा कागजको रुमालले पुछ्ने गर्नुहोस्।
सँधै पानी उपलब्ध नहुने ठाउँ छ भने, आफ्नो साथमा ‘अल्कोहल बेस्ड ह्याण्ड स्यानिटाइजर‘राख्ने गर्नुहोस्। अल्कोहलको हलुका छिर्काले पसिनालाई एकछिन भएपनि सुकाउन मद्धत गर्दछ।
आफ्नो साथमा सँधै पेपर टावल (Paper towel) राख्ने बानी बसाल्नुहोस्, कसैसँग हात मिलाउनु छ भने उक्त टावलले पुछ्नुहोस्, किनभने पसिनाबाट किटाणुहरू सर्ने सम्भावना हुन्छ।
२. हातलाई चिसो बनाइराख्नुहोस्
धेरैजसोको हातमा पसिना आउने कारण भनेको उनिहरूको शरीरमा बढी तापक्रम हुनाले हो, त्यसैले तपाइँ घर अथवा अफिसमा हुँदा पङ्खा लगाउनुहोस् र शरीरलाई सकेसम्म चिसो राख्नुहोस्। शरीरलाई तातो हुन नदिनको लागि तातो पेय पदार्थहरू नपिउनुहोस्, जस्तै कफीको सेवन बन्द गर्नुहोस्, चिया सकेसम्म कम खानुहोस्।
३. हातमा हलुका पाउडर छर्किनुहोस्
यदि तपाईँ घरमा हुनुहुन्छ र हातमा हलुका सेतो पाउडर लगाउन समस्या हुँदैन भने नहिच्किचाउनुहोस्। पाउडरले पसिनालाई सोस्दछ र विहान व्यायाम गर्दा पनि सजिलो गराउँदछ।यस्तो किसिमको पाउडर लगाउन सक्नुहुन्छ।
बेबि पाउडर, सुगन्धीत अथवा सुगन्ध नभएको दुवै प्रयोग गर्न सक्नुहुन्छ।
बेकिङ्ग पाउडर अथवा मकैको पीठोको पनि प्रयोग गर्न सक्नुहुन्छ।
पसिनालाई कम गर्न चाहनुहुन्छ भने यी कुराहरूमा ध्यान दिनुहोस्।
हातमा लगाउने पन्जाको प्रयोग नगर्नुहोस्।
पेट्रिलियमबाट बनेको लोसनहरूको प्रयोग नगर्नुहोस्।
तातो पेय पदार्थको सेवन नगर्नुहोस्।
घाममा हिँड्दा छाताको प्रयोग गर्नुहोस्।
लुगाको रुमालको सट्टा कागजको रुमाल प्रयोग गर्नुहोस्।
हातले कपालमा नछुनुहोस्, किनभने कपालले अत्याधिक मात्रामा घर्षण गराउँदछ र तापक्रम बढाउँदछ।

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी २५ वर्षीय एक युवतीको लास बोराभित्र बन्द गरिएको अवस्थामा स्कुलमा फेला परेको छ ।
मध्य लखनऊको अलीगञ्ज इलाकाको केन्द्रीय विद्यालय नजिकैको प्रांगणमा शुक्रबार विहान बोराभित्र बन्द अवस्थामा युवतीको नाङ्गो अवस्थामा लास भेटिएको हो । उनलाई बलात्कार गरी हत्या गरिएको आशंका गरिएको छ । प्रहरी अधिकारीले यो जानकारी दिएका छन् ।
युवतीको मुख नचिनिने अवस्थामा सडेको छ । अहिलेसम्म युवतीको सनाखत हुन सकेको छैन् । इलाका पुलिस अधीक्षकले भनेका छन् कि शुक्रबार विहान सेक्टर जे नजिकैको केन्द्रीय विद्यालयको प्रांगणमा त्यहाँका स्थानीयले एक लावारिस बोरा देखेर हामीलाई सूचना दिएका थिए ।’
सूचना पाएपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले जब बोरा खोल्यो तब बोरामा एक २५ वर्षकी युवतीको नाङ्गो लास भेटियो । पुलिस अधीक्षकले भने, ‘पुलिसले ने स्थानीयको मद्दतबाट लासको पहचान गर्न कोसिस गरेपनि अहिले सम्म पहिचान हुन सकेको छैन् । छानविनपछि मात्रै पुलिसले शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको थियो । आशंका छ कि उनको बलात्कार पछि हत्या गरिएको देखिन्छ ।’
गाउँलेको सहयोगमा प्रहरीले शवको पहिचान गर्ने प्रयास गरिरहेको छ । शवको पहिचानपछि मात्रै घटनाको कारण र हत्यारा पत्ता लाग्ने प्रहरीले जनाएको छ । एजेन्सी