काठमाडौं, २६ असार । बच्चा जन्माएर बागमती नदीमा फाल्ने महिलाको नयाँ खुलासा भएको छ ।
ती महिलाले जन्माएको चार दिनमै नाबालक शिशुलाई विहीबार बागमतीमा फालेकी थिईन् । स्थानीयले देखेपछि उनलाई समातेर प्रहरीको जिम्मा लगाएका थिए ।
कसरी जन्मियो बच्चा ?
बागमतीमा बच्चा फल्ने महिलाको नाम हो कान्छीमाया तामाङ । उमेर भयो २२ बर्ष । घर काभ्रे गोकुले–५ मा पर्छ । उनले बच्चालाई पशुपतीमा फालेकी थिईन । उनका श्रीमान वैदेशिक रोजगारका क्रममा खाँडी मुलुकमा छन् ।
गत वर्ष उनी काठमाडौं आउने क्रममा एक बस ड्राइभरसँग चिनजान भयो । श्रीमान विदेश गएकाले यौन प्यास मेटाउन नपाएकी उनले ड्राइभरसँग आफ्नो सम्बन्ध बढाए । जसअनुसार उनीहरु शारीरिक सम्पर्क पनि हुन थाल्यो ।
त्यो शारीरिक सम्पर्क उनी गर्भवती भईन् । शारीरिक सम्पर्क राख्दा ख्याल नगरेकाले उनको गर्भपतन गराउने अवस्था थिएन् । अन्ततः उनले अवैध सम्बन्धबाट बच्चा जन्माईन् ।
बच्चा पाल्दा पोल खुल्ने डरले उनले जिउँदै बच्चालाई पशुपतीस्थित बाग्मती खोलामा फालिन । तर स्थानीयले देखेपछि उनलाई पक्राउ गरे । अचम्मको कुरा के भने ४ दिनको नाबालाक बच्चाको सकुशल उद्धार गरिएको छ ।
कारवाही प्रक्रिया अगाडि बढ्यो
त्यो घटनापछि उनलाई प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ । महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी राकेश सिंहका अनुसार उनले प्रहरी वयानको यो कुरा बताएकी हुन् । पक्राउ परेकी तामाङलाई ज्यानसम्बन्धि मुद्दामा ३ वर्षसम्म कैद सजाय हुने उनले बताए ।
बिहीबार बिहान बाग्मतीमा युवतीले फोहोर फालेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि घटनाको रहस्य खुलेको हो । खोलामा फालिएको झोला निकालेर हेर्दा सानो बच्चा जिउदै भेटिएको थियो । प्रहरीले बच्चालाई अस्पताल पुर्याई तामाङलाई हिरासतमा राखेको छ ।
dainiknepal.com

अन्तराष्ट्रिय बजारमूल्यलाई पछ्याउँदै स्थानीय बजारमा पनि ओरालो लागेको सुनचाँदीको भाउ तीनदिनयता स्थिरप्रायः रहेको छ ।
तीनदिनदेखि सुनको भाउ एउटै कायम भएको तथा चाँदीको भाउ भने प्रतितोला १० रुपैंयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
महासंघका अनुसार प्रतितोला छापावाल सुन ५० हजार ५ सय तथा तेजावी सुन ५० हजार २ सय ५० रुपैंयाँमा खरीदविक्री भएको छ । चाँदी भने प्रतितोला ६ सय ७५ रुपयामा किनबेच भएको छ । अघिल्ला दिन प्रतितोला चाँदीको भाउ ६ सय ६५ रुपैंयाँ कायम रहेको थियो ।

भूकम्पका नाममा ‘नेपालमा बसेर काम गर्न नसक्ने’ भन्दै चिनियाँ कामदार स्वदेश भागेपछि आठ लेनको कोटेश्वर-कलंकी सडकखण्ड अलपत्र परेको छ। समयमा सडक निर्माण गर्ने काम नहुँदा सर्वसाधारण घाममा धुलो खान र वर्षामा हिलो झेल्न बाध्य छन्।
आगामी सन् २०१६ को मे महिनामा सम्पन्न हुनुपर्ने ५० मिटर चौडाइको उक्त सडकखण्ड अहिले पूर्ण रूपमा ठप्प छ।
ठेकेदार चीनको संघाई कन्सट्रक्सन ग्रुपका तर्फबाट श्रमिकदेखि प्रोजेक्ट म्यानेजरसम्म ९० जना चिनियाँ कामदार गत वैशाख १२ गते भूकम्प गएलगत्तै जानकारी नदिई स्वदेश फर्केका थिए।
काठमाडौं चक्रपथ सुधार आयोजनाका प्रमुख अशोक तिवारीका अनुसार चिनियाँ कामदारलाई नेपाल फर्काएर काम नियमित गराउन पटकपटक ताकेता गरे पनि ठेकेदारले हालसम्म चासो देखाएका छैनन्।
‘भूकम्पको बहानामा स्वदेश गएका कामदारहरू अझै नफर्कंदा काम पूर्ण रूपमा ठप्प बनेको छ। तीन महिनादेखि कुनै काम भएको छैन’, प्रमुख तिवारीले शुक्रबार अन्नपूर्ण पोस्ट्सँग भने, ‘पछिल्लोपटक गत बुधबार पनि ठेकेदार गु्रपलाई कामदार फर्काएर काम नियमित गराउन ताकेदा गरेका थियौं।
तर कुनै चासो देखाएन। कुनै जबाफसमेत दिएको छैन’, उनले भने।
संघाईले कामप्रति लापरबाही गरेको भन्दै आयोजनाले आगामी साता चिनियाँ राजदूतावास तथा तिब्बतको ल्हासास्थित चिनियाँ महावाणिज्य दूतावासलाई आवश्यक जानकारी गराउने भएको छ।

काठमाडौं,असार २६ – ‘तपाईंलाई सुन्दर युवती चाहिएको छ भने…नम्बरमा फोन गर्नुहोस् ।’ कोटेश्वरका कृष्ण उराउले केही दिनअघि फेसबुकमा यस्तो स्ट्याटस लेखे ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
उनले वेश्यवृत्तिमा संलग्न व्यक्तिको नभई आफ्नै पूर्वप्रेमिकाको नम्बर त्यसरी स्ट्याटसमा राखेको थिए । उराउका कारण हैरान भएपछि पीढित युवती महानगरीय अपराध महाशाखा पुगिन् । उराउलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
पहिला प्रेमसम्बन्ध भएकी युवतीसँग बदला लिन उनले त्यसरी फेसबुकको दुरुपयोग गरेका थिए । बारम्बार झगडा भएपछि युवतीलाई यातना दिन फेसबुकमा मोबाइल नम्बर राखेर उनले अश्लील कुरा पोस्ट गर्दै आएका थिए । आफ्नो बेइज्जत भएपछि युवतीले उजुरी दिएकी थिइन् । उनीविरुद्द प्रहरीले विद्युत्तीय कारोबार ऐनअनुसार कारबाही अघि बढाएको छ । यस्ता घटना हरेक दिनजसो प्रहरीकहाँ आउने गरेका छन् । अपराध महाशाखाका प्रहरी निरीक्षक पशुपति रायका अनुसार आर्थिक वर्ष ०७१–७२ मा फेसबुकबाट पीडित तीन सय नौजनाले अनुसन्धानका लागि निवेदन दिएका छन् । त्यसमध्ये १३ जनाविरुद्द मुद्दा नै चलाइएको उनले बताए । अन्यमा भने दुई पक्ष आपसमा मिलेर गएका थिए । मुद्दा चलाइएकामध्ये केही जेल चलानसमेत भएका छन् । हरेक महिना नेपाल प्रहरीले १५ देखि २० वटा फेसबुक एकाउन्ट ब्लक गर्न सिंगापुरस्थित फेसबुक कार्यालयलाई पत्राचार गर्दै आएको छ । सामाजिक सञ्जाल फेसबुकको अत्यधिक दुरुपयोग हुन थालेको र धेरैले प्रतिशोधको हतियार बनाउने गरेको प्रहरी अधिकारी बताउँछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

एजेन्सी / नयाँ सर्वेक्षणले महिलाहरुको २० वर्षभित्रका महिलाहरुमा यौन चाहना उच्च रहने जनाएको छ । भिटामिन कम्पनी हेल्थ स्पानले ल्याएको नयाँ रिर्पोटले यस्तो जनाएको हो ।
यसअघि महिलाहरु ३५ देखी ४० वर्षसम्म यौन सम्बन्ध राख्नका लागि लालयित रहने र त्यतिबेला उनीहरुमा सम्बन्धलाई लिएर उच्च आत्मविश्वास तथा इच्छाशक्ति रहने बताइएको थियो । तर, नयाँ सर्वेक्षणले उमेर बढ्दै गएसँगै महिलाहरुले बेडरुममा असुरक्षित महसुस गर्ने तथ्य बाहिर ल्याएको छ ।
बढ्दो उमेरसँगै महिलाहरु आफूलाई नराम्रो ठान्ने गर्दछन् । त्यस्तै २० वर्षसम्म उनीहरुसँग यौन शक्ति पर्याप्त रहने पनि सर्वेक्षणमा जनाइएको छ ।
नयाँ सर्वेक्षणमा ३० वर्ष कटेका केही महिलाले आफूलाई आर्कषक महसुस नगर्ने बताएका थिए भने दुई तिहाईले यौन सम्बन्धको इच्छा नरहेको बताएका थिए ।
यता, २० वर्षभन्दा कम तथा २५ वर्षभित्रका महिलाहरुले भने यौन इच्छाशक्ति बलियो रहेको प्रतिक्रिया दिए । रिर्पोटमा जनाइएअनुसार ४१ देखी ४५ वर्षको उमेर यौनका लागि सबैभन्दा नराम्रो उमेर मानिन्छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं ।
नेपाली सेनाका मेजर विष्णु कार्कीकी २२ बर्षीया पत्नीको रहस्यमय मृत्यु भएको छ । मेजर परिवारले घरको छतबाट खसेर मृत्यु भएको बताएपनि माइती पक्षले भने हत्या भएको आशंका गरेका छन् । हत्या भएको आशंकामा उनीहरुले प्रहरीमा उजुरी दिएका छन् ।
७ महिनाअघि मात्र नुवाकोट घर भएका मेजर कार्की र धरानकी लतासा विवाह बन्धनमा बाँधिएका थिए । विवाह भएको दुई सातादेखि नै मेजर कार्कीले यातना दिने गरेको माइति पक्षले बताएका छन् । मृत्यु भएकै दिन लतासाले धरानमा रहेकी आमा शारदासँग टेलिफोन संवाद गरेकी थिइन । संवादमा आफ्नो ज्यान खतरामा रहेको आमालाई बताएकी थिइन । श्रीमानले आफुलाई निरन्तर मानसिक र शारीरिक यातना दिने गरेको बताएपछि तत्कालै आमा शारदा काठमाडौं हिडेकी थिइन ।
काठमाडौ आइपुग्दा उनको मृत्यु भइसकेको थियो ।
नुवाकोट घर भएका मेजर कार्की पत्नी लतासासँगै काठमाडौको धापासीमा बस्दै आएका थिए । कार्की परिवारले घरको छतबाट खसेर घाइते भएको उपचारका लागि ग्रान्डी अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको बताएका छन् । तर माइती पक्षले भने उक्त भनाईलाई अस्वीकार गरेका छन् । लतासाको स्वभाविक मृत्यु नभई हत्या भएको दावी गर्दै माइती पक्षले प्रहरीमा जाहेरी दिएका छन् । पत्नीको मृत्युपछि पनि मेजर कार्की सम्पर्कमा आएका छैनन् ।
माइती पक्षले हत्या भएको आशंकामा महानगरीय प्रहरी बृत्त महाराजगन्जमा उजुरी दिएपछि लतासाको अन्त्यष्टी रोकिएको छ । सीतापाइला स्थित एभरेष्ट कजेलमा बीबीए तेस्रो बर्षमा अध्ययनरत लतासाले बुधबार मात्र आफ्ना बाबुलाई भेटेकी थिइन । उनले बाबुसँग आफु अप्ठेरोमा परेको पनि बताएकी थिइन । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौं, २६ असार । पार्टीको तर्फबाट सरकारमा पठाएका अधिकांश मन्त्री विवादमा तानिएको भन्दै एमालेले संस्थागत रूपमै मन्त्रीहरूको समीक्षा गर्दै छ । मन्त्रीहरूको काम–कारबाही, आचरण र गतिविधि समीक्षा गर्नकै लागि शनिबार स्थायी समितिको बैठक बस्दै छ ।
मंगलबार बसेको स्थायी समिति बैठकमा सदस्यहरूले ‘एमालेका मन्त्रीहरू इतिहासमै धेरै विवादित भएको’ भन्दै समीक्षा गर्नुपर्ने माग गरेपछि शनिबार बस्ने बैठकको एजेन्डा बनाइएको हो । एमालेले सरकारमा १० मन्त्रालय सम्हालिरहेको छ । विवादकै कारण अहिलेसम्म चार मन्त्री फेरिएका छन् । तत्कालीन पर्यटनमन्त्रीद्वय भीमप्रसाद आचार्य र दीपकचन्द्र अमात्य तथा तत्कालीन उद्योगमन्त्री कर्णबहादुर थापालाई हटाउँदा र नयाँ पठाउँदा संस्थागत निर्णय नभएको भन्दै पार्टीभित्र नेतृत्वको आलोचना भएको थियो ।
बैठकमा हटाइएका मन्त्रीहरूको पनि समीक्षा हुने एमालेले जनाएको छ ।
१५ दिनअघि बसेको स्थायी समिति बैठकमा उपाध्यक्ष विद्या भण्डारीले अमात्यलाई हटाएर पर्यटनमन्त्री बनाइएका कृपासुर शेर्पाले छोरालाई नागरिकता नदिएको विषयमा छलफल गर्नुपर्ने अडान लिएपछि बैठकको एजेन्डा बनाइएको थियो । तर, पछि अध्यक्ष केपी ओलीकै पहलमा मन्त्री शेर्पाको छोराको नागरिकता विवाद सुल्झिएको थियो । धान दिवसका अवसरमा आयोजित कार्यक्रममा सोझा–सीधा महिलामाथि अभद्र व्यवहार गरेका तत्कालीन कृषिमन्त्री हरिप्रसाद पराजुलीले पार्टीभित्र र बाहिरको दबाब थेग्न नसकेपछि राजीनामा दिएका थिए । राजीनामा दिए पनि उनको विषयमा पार्टीभित्र छलफल चलाउनुपर्ने भन्दै एमाले नेतृहरूले माग गर्दै आएका छन् ।
अधिकांश मन्त्री विवादित
‘यसपालि नेकपा एमालेले पठाएका मन्त्रीहरूद्वारा पार्टीलाई लाजमर्दो बनाउने क्रम बढ्दो छ । दुईजनासम्म चोखै फर्कन्छन् कि ?’ तीनपटक मन्त्री र १० वर्ष पार्टीको उपल्लो निकाय स्थायी समितिमा बसेर काम गरिसकेका नेता प्रदीप नेपालले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको माथिको स्टाटसले यसपटक सरकारमा सहभागी एमाले मन्त्रीहरूको चरित्र र गतिविधिको संकेत गर्छ । धान दिवसका अवसरमा मुलपानीमा आयोजित कार्यक्रममा तत्कालीन कृषिमन्त्री हरिप्रसाद पराजुलीले महिलामाथि गरेको अभद्र व्यवहारपछि नेता नेपालले उक्त स्टाटस लेखेका हुन् ।
हुन पनि यसपटक एमाले मन्त्रीहरू पालैपालो विवादमा तानिए । १० मन्त्रालय भागमा परे पनि एमालेबाट यसपटक १३ जना मन्त्री भइसकेका छन् । डिभी, पिआर प्राप्त सरकारी अधिकारीलाई कारबाही गर्ने सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितबारे नकारात्मक टिप्पणी भएको छैन । कर्णबहादुर थापाको ठाउँमा गएका उद्योगमन्त्री महेश बस्नेतको पनि कामका सन्दर्भमा एमाले पंक्तिमा आलोचना हुने गरेको पाइँदैन ।
को कस्तो विवादमा ?
वामदेव गौतम, उपप्रधानमन्त्री
सरकारमा पार्टीको नेतृत्व गरिरहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम सुरुमै नेपाल प्रहरीको एआइजी बढुवामा विवादमा मुछिए । विवादकै कारण सात हुनुपर्नेमा दुई दरबन्दी थपेर ९ एआइजी बनाइयो । त्यसमा पैसाको चलखेल भएको आरोप लाग्यो । भिसा प्रोसेसिङको जिम्मा विदेशी कम्पनीलाई दिन गौतमले चालेको कदमको पनि सर्वत्र विरोध भयो । चर्को विरोधपछि उक्त निर्णय हुन सकेन । बिना प्रतिस्पर्धा हतियार खरिदको जिम्मा चिनियाँ कम्पनीलाई दिने निणर्यले त गृहमन्त्री गौतमलाई झन् धेरै विवादित बनायो । हतियार खरिद गर्दा कम्तिमा तीन देशका कम्पनीविच प्रतिस्पर्धा गराउनुपर्ने पुरानो नियम उनले संशोधन गराएका थिए । देशको उपप्रधानमन्त्री र गृहमन्त्रीको रूपमा आफ्नो मर्यादा बिर्सेर ट्राफिक प्रहरीले सडकमा राखेको डोरी नाघेपछि गौतम सार्वजनिक आलोचनाको पात्र बने ।
राधाकुमारी ज्ञवाली, उर्जामन्त्री
संवैधानिक व्यवस्था विपरित कानुन सेवाका राजेन्द्रकिशोर क्षेत्रीलाई ऊर्जा सचिव बनाएर मन्त्री राधा ज्ञवाली विवादमा तानिइन् । उनको निर्णयविरुद्ध प्रशासन सेवाका कर्मचारी विरोधमा उत्रिए । विद्युत प्राधिकरणको सहायक चिलिमे जलविद्युत कम्पनीका प्रवन्ध सञ्चालक कुलमान घिसिङलाई हस्तक्षेप गरेर हटाएपछि उनी थप विवाद मुछिइन । चिलिमेको प्रवन्ध सञ्चालक सहायक कम्पनीको अध्यक्ष हुने ब्यवस्था पनि उनले हटाउन लगाइन् ।
ज्ञवालीको निर्णय विरुद्ध आयोजना निर्माणस्थल रसुवाका बासिन्दा करिव २ महिना आन्दोलनमा उत्रिए । चिलिमेको अगुवाईमा निर्माण भइरहेका ३ आयोजनाको निर्माण पनि अवरुद्ध भयो । मन्त्री ज्ञवाली १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको परामर्शदाता छनौट प्रक्रियामा पनि विवादमा तानिइन् । ऋण लगानी गर्ने एसियाली विकास बैंक (एडिबी)को सुपरिवेक्षण परामर्शदाता छनोट मूल्यांकन प्रक्रियामाथि विश्वसनीयताको प्रश्न उठाउँदै उनले छनोट प्रक्रिया रद्द गरिन । ठेक्का प्रक्रियामा सहभागी कम्पनीको स्थानीय दलालको चलखेलमा छनोट प्रक्रिया रद्द गरेको आरोप उनीमाथि लाग्यो । लगानी जुटिसकेको आयोजनालाई अन्यौलमा पारेको भन्दै मन्त्री ज्ञवालीको चौतर्फी विरोध भएपछि उनको निर्णय मन्त्रिपरिषद्ले उल्टायो । एडिबीले गरेको मुल्याङकनै आधारमा परामर्शदाता छनौट गर्ने प्रस्ताव
मन्त्रिपरिषद्ले स्विकृत गर्यो । कर्मचारी पठाउनु पर्ने कार्यक्रममा भाग लिन मन्त्री ज्ञवाली आफै २६ चैतमा बुढीगण्डकी जलविद्युत आयोजनाका ठेकेदारको खर्चमा फ्रान्स गएपछि निकै आलोचना भयो । निर्माणाधिन चमेलिया जलविद्युत आयोजनाको अलिहेसम्मकै सबैभन्दा बढी १ अर्ब ९ करोड ३८ लाख रूपैयाँको लागत स्विकृतिमा पनि उनी विवादमा तानिइन् । ज्ञवाली अध्यक्ष रहेको प्राधिकरण सञ्चालक समितिले कमजोर भु–वनोटका कारण साँघुरिएको सुरुङ खुलाउन एक अर्ब ९ करोड ३८ लाख रूपैयाँ (भ्याट सहित)को लागत स्विकृत गरेको थियो । चलनचल्तीको भन्दा बढी दर स्वीकृत गरि अनियमितरूपमा लागत स्वीकृत गरेको भन्दै संसदको लेखा समितिले भुक्तानी रोक्न निर्देशन दिएको थियो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पनि यसबारे छानबिन गरिरहेको छ ।
दलबहादुर राना, भुमिसुधारमन्त्री
विद्यमान ऐन कानुनको अध्ययन नै नगरि सुकुम्वासी आयोग गठन गरेका कारण भूमीसुधार मन्त्री दलबहादुर राना एमालेभित्रै चर्को आलोचना भयो । आयोगका साथै जिल्ला–जिल्लामा गठन भईसकेको भूमिसुधार समित सर्वोच्च अदालतले खारेज गरिदियो । काम पाईसकेका सयौं एमाले कार्यकर्ता मन्त्रीको काँचो कामका कारण बेरोजगार भए । पुरुषोत्तम पौडेल, युवा तथा खेलकुदमन्त्री मन्त्री पौडेल राष्ट्रय खेलकुद परिषद्को सदस्य सचिव नियुक्ती प्रकरणले विवादमा तानिए । पार्टी अध्यक्ष केपी ओलीले नगर्नु भन्दा भन्दै उनले खेलकुद महासंघका कार्यबाहक महासचिव केशव विष्टलाई सदस्य सचिव नियुक्त गरे । त्यसले पार्टीभित्र ठूलै खैलाबैला मच्चियो । अध्यक्ष ओलीले मन्त्रीको राजीनामा नै मागे । त्यसको विरोधमा माधव नेपाल समुहले ओली विरुद्ध हस्ताक्षर अभियान नै चलायो ।
कृपासुर शेर्पा, पर्यटनमन्त्री मन्त्री
नियुक्त भएकै दिनदेखि शेर्पा विवादमा तानिए । छोरा गणेश शेर्पालाई नागरिकता नदिएको विषयले उनको झण्डै मन्त्री पद नै फुस्किने अवस्थामा पुग्यो । पार्टी उपाध्यक्ष विद्या भण्डारीले स्थायी समिति त्यसलाई बैठकको एजेण्डा नै बनाईन । तर, अध्यक्ष केपी ओलीको पहलमा विवाद साम्य भयो । मन्त्री शेर्पा छोरालाई नागरिकता दिलाउन वाध्य भए । नयाँ पत्रिका दैनिकमा खबर छ

२६ असार, काठमाडौं ।
संसदको राज्य व्यवस्था समितिको प्रतिवेदनसहितको निजामति सेवा चौथो संशोधन विधेयक २०७१ पारित भएको छ । विधेयक पारितसँगै विदेशको डीभी, पीआर लिनेकर्मचारीमाथि कारबाहीको बाटो खुला भएको छ ।
शुक्रबारको संसद बैठकमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका तर्फबाट परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले सो विधेयकमाथि छलफल गरियोस् भनि प्रस्ताव गरेका थिए । डेढ वर्षअघि मन्त्री पण्डितले विदेशको ग्रिनकार्ड लिने कर्मचारीहरुलाई कारबाही गर्ने घोषणा गरेका थिए ।
मन्त्री पण्डितले त्यसका लागि संसदबाट निजामती सेवा विधेयक संशोधन गर्ने बताएका थिए । तर, मन्त्रिपरिषदकै अन्य वरिष्ठ मन्त्रीहरुको अवरोधका कारण लामो समयसम्म निजामती सेवा विधेयक संशोसन हुन सकेको थिएन । मन्त्री पण्डितले यस्तो घोषणा गर्ने वित्तिकै निजामती कर्मचारीहरु त्यसको विपक्षमा उभिन पुगेका थिए । उनीहरुले मन्त्री पण्डितको यो महत्वाकांक्षी संसदबाट पारित हुन नदिन ठूलै लबिङ गरेका थिए । आजको राजधानीमा खबर छ ।
सामान्य प्रशासन मन्त्रालयका अनुसार नेपालको निजामती सेवामा विदेशी मुलुकको स्थायी बसोबाससम्बन्धी परिचयपत्रबाहक १२ हजार भन्दा बढी कमृचारी रहेका छन् । उनीहरुले अमेरिकाको ग्रीनकार्ड, क्यानाडाको पीआर र अष्ट्रेलिया लगायतका मुलुकहरुको स्थायी बसोबासको प्रमाणपत्र लिएका छन् ।

काठमाडौं, आषाढ २६ । गत वैशाख १२ को शक्तिशाली ‘गोरखा भूकम्प’पछिका पराकम्पन आउनेक्रम अझै रोकिएको छैन ।
शनिबार बिहानै ४ म्याग्निच्यूडमाथिको एउटा पराकम्पन आएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार बिहानै २ बजेर २८ मिनेटमा दोलखा केन्द्रबिन्दू भएर ४ दशमलव ४ म्याग्निच्यूडको पराकम्पन आएको हो ।
यसअघि, शुक्रबार ४ म्याग्निच्यूडमाथिको पराकम्पन मापन भएन भने विहीबार एकओटा पराकम्पन मापन भएको थियो ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
गर्मीको मौसम शुरु भइसकेको छ । यो मौसममा भुल्नै नहुने कु्रामा पर्छन् छाता, रेनकोट, सजिलो स्लीपर अनि पानी । असिनपसिन भएर काम गर्नु, यात्रा गर्नु गर्मीको विशेषता हो, तर यो मौसम जत्ति रोमाञ्चकारी हुन्छ त्यत्ति नै शरिरमा पानीको अभाव पनि देखापर्छ । पानी मात्रै पिएर भन्दा पनि शरिरमा अन्य खाद्यपदार्थको सेवनबाट पानीको पूर्ति गर्नु बुद्धिमानी हुने फिटनेस एक्सपर्ट र न्यट्रिशनिष्ट नीरज मेहताको सुझाव छ । गर्मीमा प्रशस्त पानी पिउनु त राम्रो नै हो तर ठोस खाद्यपदार्थले एकातर्फ शरिरमा पोषणको मात्रा पु¥याउँछ भने आश्चर्यचकित रुपमा पानीको मात्रालाई पनि सन्तुलित बनाईराख्छ । शरिरमा पानीको मात्र सन्तुलन गर्न कुन कुन खाद्यपदार्थ उपयुक्त हुन्छन् त ?
१. सलाद साग सलाद सागमा ९५ प्रतिशत पानी पाइन्छ । यसमा प्रोटीनको उपयुक्त मात्रा पाइनुका साथै शून्य घृतांश र थोरै मात्र क्यालोरी हुन्छ । ओमेगा थ्री फ्याट्टी एशिड, उच्च फाइबर, आइरन र क्याल्शियम पनि पाइने हुनाले सलाद सागको पोषण मूल्य उच्च छ । यसमा पाइने पर्याप्त पानीले हाम्रो शरिरलाई हाइड्रेट त गराईहाल्छ नै । २.ब्रोकोली एन्टी इन्फ्लेमेन्टोरी गुणका कारण गर्मीमा हुने एलर्जीहरुबाट ब्रोकोलीले त बचाउँछ नै साथै यसमा ८९ प्रतिशत पानी पाईने हुनाले यसले शरिरलाई पर्याप्त पानी पनि उपलव्ध गराउँछ । ३. भात मोटोपना र मधुमेहबाट ग्रसित व्यक्तिका लागि भात खासै राम्रो नमानिए पनि आइरन, कार्बोहाइड्रेट र अन्य तत्वका लागि भात सर्वआहार हुन सक्छ । पाकेको भातमा ७० प्रतिशत पानी पाइने हुनाले शरिरमा भएको पानीको कमीलाई पूर्ति गर्न भातले अवश्य मद्दत गर्छ । ४. स्याउ स्याउको बारेमा एउटा प्रचलित भनाई छ, “स्याउ खाउ, डाक्टर भगाऊ ।”
फाइबर, भिटामिन सी र शरिरलाई अन्य आवश्यक तत्वका लागि स्याउ अत्यन्तै राम्रो श्रोत हो भने यसमा पाइने ८६ प्रतिशत पानीले यसलाई गर्मीको लागि उचित आहार मान्न सकिन्छ । ५.दही ८५ प्रतिशत पानीको मात्रा बोक्ने दही गर्मीको लागि उत्तम रोजाई हुन सक्छ । दहीमा शरिरलाई आवश्यक पर्ने प्रो बायोटिक जस्ता सुक्ष्म जीवहरु पाइन्छ जसले स्वास्थ्यमा सकारात्मक असर त पार्छ नै साथै गर्मीमा हुने एलर्जीसंग लड्न मद्धत गर्दछ । दही प्रोटीन, भिटामिन डी र क्याल्शियमको पनि राम्रो श्रोत हो । www.ratopati.com

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
निकै उत्साहजनक दिन रहनेछ,पुराना साथि संगी संगको भेटघाटले नया उर्जाको प्रबाह हुनेछ,सकारात्मक सोचको अभिवृद्धि हुनेछ आर्थिक कारोबारमा सुधार आउनेछ,बिशेष प्रितिकारक समय रहनेछ भने मनोरन्जनात्मक रुपमा समय बित्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
सर-सामान हराउन सक्नेछ भने बहुमुल्य बस्तुको क्षति हुन सक्छ,आफन्त संगको सम्बन्धमा कमजोरी आउन सक्नेछ,हात लागेको सफलता आफ्नै हेल-चेक्र्याईले फुत्कन सक्ने देखिन्छ,जरुरि काम बाहेक यात्रामा ननिस्कनु उचित हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
प्रशस्त धनार्जन गर्ने अवसर मिल्नेछ,साथि संगी संगको महत्वपूर्ण भेटघाटमा समय बित्नेछ,
सहयोगीहरुको संख्या बढ्नेछ भने सामाजिक र राजनैतिक रुपमा बिशेष ख्याती कमाइनेछ,पढाइ लेखाइमा केहि सुधार आउनेछ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
विशिष्ट व्यक्ति संगको भेटघाट र सामिप्यताले दिर्घकालिन योजनाको थालनी गर्न बिशेष सहायता प्रादान गर्नेछ,माता पिताको लागि समय खर्चिनु पर्ने देखिन्छ,ब्यबसायिक क्षेत्रमा सुधारको संकेत देखिनेछ,नोकरीमा सफलता मिल्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
धार्मिक कार्यमा समय बित्नेछ,समाजको लागि बिशेष महत्वपूर्ण भूमिका निर्बाह गर्नु पर्ने समय आएकोछ,इज्जत प्रतिष्ठाको वृद्धि हुनेछ भने तपाइको कामको सबैले प्रशंशा गर्नेछन,हतारो पनले काममा बिध्न ल्याउन सक्छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
शरीरमा चोटपटक लाग्न सक्छ,सहकर्मी मित्रहरुबाट असहयोगका साथै बिस्वासघात हुन सक्छ,रिस बढ्नाले काममा अबरोध ल्याउन सक्छ,संयमित भएर चलाखी पूर्ण रुपमा अगी बढ्नु भएमा मात्र केहि सफलता हात लाग्न सक्ने देखिन्छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
बहुमुल्य रत्न तथा उपहार हात लाग्न सक्ने समय छ,प्रेम सम्बन्धमा सकारात्मक उर्जा प्राप्ति हुने देखिन्छ,लामो र फाइदा जनक यात्राको सम्भाबना देखिन्छ,पशु जन्य व्यवसायमा सन्तोषजनक सफलता हात लाग्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
शत्रु परास्त गर्न सकिनेछ,विरोधीहरु तपाइको सहयोगी बनेर आउनेछन्,बिग्रेको स्वास्थ्यमा क्रमिक सुधारको लक्षण देखिनेछ,बिपरित लिंगी संग साबधानी पुर्बक गरिएको सहकार्यले ब्यापार व्यवसायमा फाइदा पुर्याउने देखिन्छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
पढाइ लेखाइमा बिशेष अवसर मिल्नेछ,साहित्यिक लेखनमा रुची बढ्नुको साथै त्यस्ता कार्यक्रमहरुमा सहभागी हुने सु अवसर मिल्नेछ,सन्तानको उन्नतिमा मन रमाउनेछ, खानपान र यात्रामा कमजोरी आउनाले स्वास्थ्य केहि बिग्रन सक्ने देखिन्छ।
मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
मनमा चंचलता बढ्नेछ भने बिभिन्न किसिमका खराब सोचाइहरु बढ्न सक्ने समय रहेकोछ, पारिवारिक स्वास्थ्यमा खराबी आउनेछ.आफन्त संग झैँ-झगडा हुन सक्ने देखिएकाले बिबादबाट टाढा रहनु बुध्दिमानी हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
मनोरंजनात्मक कार्यमा समय व्यतित हुनेछ,मिष्ठान्न भोजन संगै रमाइलो यात्राको अवसर जुट्नेछ,पराक्रमी काम गर्ने प्रेरणा मिल्नेछ,पढाई लेखाइमा सकारात्मक उर्जाको बिकास हुनेछ, आफन्त तथा सहोदरमा खटपट आउन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
संचित धनको नोक्सानि हुन सक्छ,बोलीको शक्ति भने यथावत रहनेछ,छोटा र महत्वपूर्ण यात्राको अवसर मिल्नेछ,कृषिजन्य ब्यबसायमा मनग्य लाभ उठाउन सक्ने समय देखिन्छ,नहड्बडाइ काममा लागे सफलता मिल्नेछ।

त्यसो त पितृसत्तात्मक समाजमा महिलालाई पुजनीय स्थानमा राखेपनि पुरुषमाथि निर्भर हुने रहने जातका रुपमा औंल्याइन्छ ।
विवाह अगाडी पिताको, विवाह पछाडी श्रीमानको र बृद्धावस्थामा छोराको सहारामा स्त्री बाँच्छन् भन्ने धारणा पनि पाइन्छ । तर कतिपय यस्ता आधारहरु छन् जसले सोच्न बाध्य नै बनाउँछ, पुरुषहरु पो महिलामाथि बढी आश्रित छन् की ?
के हुन् त ती आधारहरु ?
१. स्त्रीले पुरुषको जीवनमा क्रमबद्धता ल्याँउछिन्
महिलाहरु पुरुषको जीवनमा अनुशासन, क्रमबद्धता र सहजता ल्याउन ठूलो भूमिका खेल्छन् । अस्तव्यस्त कोठालाई सही राख्न होस् वा सामानहरुलाई यथास्थान समेटेर राख्ने काममा होस् महिलालाई यस्तो काममा अगाडी देख्न सकिन्छ । तर पुरुषहरु यस्तो कुरामा लापरबाही गर्छन्, त्यसैले घरको शान्ति, अनुशासन र जिन्दगीमा सन्तुलन ल्याउन महिलाको भर पर्छन् प्रायः पुरुष ।
२.घरको खानामा महिलाको योगदान
जीवनमा घरको खानाको महत्व निकै हुन्छ । किनकी पैसा मात्र भएर पनि हामीले स्वस्थ खाना बाहिर किनेर खान सक्दैंनौं । स्वादका हिसाबले बाहिरी खाना अब्बल भएपनि स्वास्थ्यका दृष्टिकोणले घरको खाना सबैभन्दा उत्तम हुन्छ । महिला घरको एक असल इन्टिरियर डिजाइनर मात्र होईन कुक पनि हुन्छिन् र तपाईको स्वास्थ्यको चाबी पनि उनैसंग हुन्छ ।
३.बालबच्चाको हेरचाहमा महिला अगाडी
बच्चालाई जन्म दिनका लागि मात्रै नभई बालबच्चाको हेरचाह गर्नमा पनि महिलामा प्रकृतिप्रदत्त स्वाभाविक गुण हुन्छ । चाहे कामकाजी महिला हुन् या एक गृहिणी, महिलाले सन्तानको हेरचार र लालनपालनमा देखाउने उर्जा र समर्पणको कुनै जवाफ छैन । बच्चाको जीवनमा पिताको भूमिका महत्वपूर्ण भएपनि आमासंगको भावानात्मक बन्धन अतुलनीय हुन्छ ।
४. मातापिताको हेरचाह गर्न दत्तचित्त
विवाहभन्दा अगाडी महिलाले एक छोरीका रुपमा मातापिताको सेवा गर्छिन् भने विवाह पश्चात पनि आफ्नो श्रीमानको मातापितालाई आफ्नो गुण, प्रेम र स्नेहले आफ्नो बनाउँछिन् । नेपाली समाजमा पुरुषले पनि आफ्नी श्रीमतीका मातापितालाई उत्तिकै स्नेह र आदर त दर्शाउँछन् नै तर पनि आफ्नो जन्मघर छोडेर श्रीमानको घरपरिवार सम्हाल्ने महिलाको त्याग र समर्पणसंग तुलना गर्न सकिंदैन ।
५. फेशन प्रकोपबाट बचाउँछन् महिलाले
प्रकृतिबाट नै सुन्दर रुपमा सृजित महिला, सजिन पनि उत्तिकै रुचाउँछन् । सज्न, श्रृंगार गर्न र फेशनअनुसारका पहिरन लगाउनमा पनि महिला निकै अगाडी हुन्छन् । पुरुषले आफ्नी बहिनी, भाउजु, श्रीमती वा प्रेमिकासंग फेशन सल्लाह पनि लिन सक्छन्, आवश्यक परेको बेला ।
६. महिला आकस्मिक कोष बन्न सक्छिन्
महिलाहरुमा बुद्धिमत्तापूर्वक खर्च गर्ने र बचत गर्ने बानी हुन्छ । हुन त घण्टौं विण्डो शपिङ र पसल पसल बार्गेनिङ गरेर हैरान नहुने कमै पुरुष होलान् तर महिलाको यो बानी आफ्नै परिवारको लागि हो । मितव्ययीता अपनाउने महिलाहरुले बचत पनि राम्रैसंग गर्ने गर्दछन्, जुन भविष्यमा कुनै पनि बेला काम लाग्न सक्छ ।
७. अन्ततः महिला तपाईको सफलताको कुञ्जी पनि त हुन्
पुरानो भनाई छ, “एक सफल पुरुषको पछाडी महिलाको हात हुन्छ” । आफ्नो सपना विर्सिएर सदैव श्रीमानलाई हौसला दिने, जीवनको उतारचढावमा साथ दिने महिला केही हदसम्म पुरुषको सफलताको क्रेडिटहोल्डर पनि हुन् ।
तर नबिसिऔं है, जीवनको रथमा महिला पुरुष दुबैको भूमिका चाँही बराबरी हुन्छ है ?
www.ratopati.com

एजेन्सी / वैज्ञानिकहरुल गरेको एक अध्ययनकाअनुसार ‘ग्रिन टि’ नियमित सेवन गर्नाले प्रोटेस्ट क्यान्सरको खतरा कम हुने देखिएको छ । यसको नियमित सेवनले पुरुषहरुमा हुनसक्ने यस्तो क्यान्सरको जोखिमलाई कम गर्न मद्दत गर्छ ।
भारतीय मुलका वैज्ञानिक नागी कुमारले गरेको अध्ययनले यस्तो देखाएको हो । मोफफित क्यान्सर सेन्टर अमेरिकाकातर्फबाट उनले गरेको अध्ययनमा ‘ग्रिन टि’ ले क्यान्सरका जीवाणुको विकासमा रोक लगाउने र यस्तो समस्या भएकाहरुमा समेत थप विकास हुनबाट जोगाउने देखिएको छ ।
अध्ययन कर्ताहरुले ‘ग्रिन टि’ क्याप्सुलहरु पनि बनाएका छन् । जसको नाम ‘पोलिफेनन ई’ राखिएको छ । यसलाई दिनमा दुई पटकसम्म सेवन गर्नाले प्रोटेस्ट क्यान्सर हुने सम्भावना निकै कम हुने अध्ययनकर्ताको दाबी छ । उनीहरुले ‘ग्रिन टि’ को सेवनले क्यान्सर सेलको विकासमा रोक लगाउने र विकसित भएका क्यान्सर सेल पनि मर्ने दाबी गरेका छन् ।
उनीहरुले एक वर्षको अवधिमा ४९ जना बिरामीमा उपचारका क्रममा ‘ग्रिन टि’ क्याप्सुलको प्रयोग गरेर यस्तो निश्कर्षमा पुगेको बताएका छन् । अध्ययनकर्ताहरुकाअनुसार ‘ग्रिन टि’ क्याप्सुल प्रयोग गरिएका बिरामीहरुमा यसको प्रभाव निकै सकारात्मक देखिएको उनीहरुले दावी गरेका छन् ।

के तपाईंको दाँत पहेँलो छ ? जति राम्रोसँग दाँत माझ्दा पनि सेतो नभएर हैरान हुनुभएको छ ? यदि हुनुभएको छ भने चिन्ता नगर्नुस्, घरेलु उपचार विधिबाटै तपाईंको समस्या समाधान हुन सक्छ ।
दाँतमा जमेको फोहोर राम्रोसँग नपखालिँदा दाँत पहेँलो हुने गर्छ । साथै, दाँत पहेँलो गराउनेखालका खाना बढी खाँदा अथवा बढी औषधी सेवन गर्दा पनि दाँत पहेँलो हुने गर्छ ।
पहेँलो दाँतले तपाईंको मुहारको सुन्दरतामा ह्रास ल्याउने मात्र गर्दैन, तपाईंको आत्मविश्वासमै कमी ल्याइदिन्छ । तर नआत्तिनुस्, घरेलु उपचार विधिबाटै यस्तो समस्याबाट छुटकारा पाउन सकिन्छ :
तुलसीमा दाँतको पहेँलोपन हटाउने गुण हुन्छ । तुलसीको पातलाई घाममा राम्रोसँग सुकाएर यसको पाउडरलाई टुथपेस्टमा मिलाएर ब्रस गर्न थाले दाँत बिस्तारै चम्किन थाल्छ ।
नुनले दाँत सफा गर्ने विधि पुरानै हो । नुनमा सस्र्युंको तेल दुई–तीन थोपा हालेर ब्रस गर्ने हो भने दाँतको पहेँलोपन बिस्तारै हट्दै जान्छ ।
सुन्तलाको बोक्रा र तुलसीको पात सुकाएर यसलाई पाउडर बनाउने र ब्रस गरेपछि यस्तो पाउडरले नियमित दाँत मसाज गर्दा पनि दाँतको पहेँलोपन हट्न थाल्छ ।
भोजनपछि गाँजर नियमित खाने गर्दा पनि दाँतको पहलोँपन हट्छ । गाँजरमा भएको रेसाले राम्रोसँग दाँतको सफाइ गर्छ ।

काठमाडौं : टी–ट्वेन्टी विश्वकप छनौट प्रतियोगिता अन्तरगत शुक्रबार भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको छ ।
अमेरिकाले दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपालले ज्ञानेन्द्र मल्लको अर्धशतकीय पारीको मद्धतमा जित निकालेको हो ।
नेपालले १९.४ ओभरमा ४ विकेट गुमाउँदै अमेरिकाले दिएको लक्ष्य भेट्टाएको हो ।
नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ४२ बलको सामना गर्दै ५२ रनको अर्धसतकीय पारी खेल्दै जितको आधार खडा गरे ।
पहिलो विकेटको रुपमा सागर पुनलाई मात्र ६ रनमा गुमाएको नेपालले सुरुवाती ओभरमा सम्हालिएर खेलेको थियो ।
अनिल मण्डल र ज्ञानेन्द्र मल्लले ७८ रनको उत्कृष्ट साझेदारी गरेपछि नेपालको जित सुनिश्चित भएको हो । अनिल मण्डलले २९ रन बनाए । यस्तै विनोद भण्डारी ७ रन बनाउँदै पवेलियन फर्केका थिए ।
कप्तान पारस खडका २१ र शरद भेषवाकर २ रनमा नटआउट रहे ।
यसअघि टस जिती ब्याटिङ्ग रोजेको अमेरिका निर्धारित पुरै ओभर खेल्दै सबै विकेट गुमाएर १ सय २१ रनको सामन्य स्कोरमा समेटिएको थियो ।
अमेरिकालाई सस्तैमा समेट्न शक्ति गौचन र बसन्त रेग्मीले ३–३ खेलाडीलाई पवेलियनको बाटो देखाए ।
यस्तै सोमपाल कामीले २ र सागर पुनले १ विकेट झारे । अमेरिकाका लागि ओपनर अकिम डोडसनले सर्वाधिक ३९ रन बनाए ।
फहाद वावरले २३ वाहेक अन्यको प्रदर्शन भने कमजोर रह्यो । दोस्रो खेलमा नेपालले नामिवियाको सामना गर्नेछ ।
annapurnapost.com

दाल तरकारी या अन्य अचार मसलामा राखेर धनियाको पात सेवन गर्ने सामान्य चलन छ । तर बजारमा गएर पनि चाट वा अन्य खानेकुरा खाँदा धनियाको पात मागेर खाने बानी छ भने आजै छोड्नुस्
सही तरिकाले नधोएको धनियाको पातबाट खतरनाक किरा (टेपवर्म) पेटमा पुग्ने र पेट हुँदै दिमाग सम्म पुग्ने विज्ञहरुले बताएका छन् ।
टेपवर्म मस्तिस्कमा पुगेमा मानिसको मृत्यु समेत हुन सक्छ । भारतको ब्याङ्लोरस्थित नेशनल इन्स्टीट्यूट आफ मेडिकल हेल्थ एण्ड न्यू साइन्स (निमहाम्स) का चिकित्सकले गरेको शोधमा यस्तो कुरा पत्ता लागेको हो ।
यो संस्थामा रहेको एक मात्र ब्रेन म्यूजियममा मस्तिष्क सम्बन्धी शोध भैरहेको छ । यसै क्रममा धनियाँको पातमा किरा पत्याङ्ग्राको संख्या बढी हुने र त्यस्ता पात राम्रोसँग नपखाली खाएमा निक्कै खतरनाक हुन सक्ने चिकित्सकहरुले बताएका छन् ।
होटल वा सडकमा राखिएका खानेकुरा खाँदा धनियाको पात भुलेर पनि खान नहुने समेत उनीहरुको भनाइ छ ।
राम्रोसँग नधोएको धनियाको पात सेवन गर्नु हेलमेट नलगाइ बाइक चलाउनु जस्तै खतरनाक रहेको समेत एक शोधकर्ताले टिप्पणी गरे । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

मानिस दुई हिसाबले रुन्छन् । एउटा खुशीमा र अर्को दुःखमा । तर, सामान्यतः रुन कसैलाई पनि मन पर्दैन । तर, डाक्टरको भनाई मान्ने हो भने मानिसले बेलाबेलामा रुनु पनि पर्छ । रुनु स्वास्थ्यका लागि लाभदायी मानिन्छ, विशेषगरी आँखाका लागि । रुँदा आँखा चम्किलो हुन्छ । जसरी हाँस्नु मानिसका लागि स्वस्थकर मानिन्छ, त्यसैगरी, रुँदा मन हल्का हुनेमात्र नभई स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ ।
मेडिकल युनिभर्सिटी अफ ओहियोले गरेको अनुसन्धानलाई मान्ने हो भने रुँदा शरीर पनि हल्का हुन्छ र्। दुःखलाई लुकाएर राख्नुभन्दा त्यसलाई बाहिर निकाल्नु नै श्रेयस्कर हुन्छ । भावनात्मक, शारीरिक र सार्वभौमिक रुपमा व्यक्तिको आँखाबाट आँसु निस्कन्छ । रुँदा के–के फाइदा हुन्छ, हेरौं है त । आँखा चम्किलो हुन्छ ः आँखामा आँसु आउँदा नानी चिसो हुन्छ र आँखा सुख्खा रहनु पाउँदैंन । यदि आँसु आएन भने र सुख्खा रह्यो भने दृष्टि समस्या हुन सक्छ ।
किटाणु समाप्त हुन्छ : आँसुमा लिसोजाइमक नामक तरल पदार्थ हुन्छ, जसले ५ देखि १० मिनेटमा ९५ प्रतिशतसम्म ब्याक्टेरिया अर्थात् किटाणु हटाइदिन्छ ।
विषाक्त पदार्थ बाहिर निकाल्छ : जब दुःखका कारण रुन्छ, त्यतिबेला शरीरमा विषाक्त पदार्थ बन्न थाल्छ । यस्ता विषाक्त पदार्थ आँसुमार्फत् बाहिर निस्कन्छन् ।
मूड राम्रो हुन्छ : शरीरमा म्याग्नीज बढी हुँदा घबराहट, उल्झन्, थकाई, रिसजस्ता समस्या आउँछन् । रुनाले शरीरमा म्याग्नीजको स्तर कम हुन्छ, जसबाट मूड राम्रो हुन्छ र मानिसले हल्का महसुस गर्छन् ।
तनाव कम हुन्छ : अत्यन्त तनाव महसुस गरिरहेका बेला रुने हो भने तनाव कम भएको महसुस गर्न सकिन्छ । रुँदा शरीरमा एन्डोर्फिन, ल्युकाइन–एन्काफालिन तथा प्रोल्याक्टिन नामक तत्वको स्तर कम हुन्छ, जसबाट तनाव पनि कम हुन्छ ।

उत्तर प्रदेश: भारतको उत्तर प्रदेश स्थित कानपुरमा एक पुजारीले श्रीमतीले परपुरुषलाई फ्लाइङ किस गरेको भन्दै हत्या गरेका छन् ।
प्रहरीका अनुसार उनले कैची प्रहार गरेर हत्या गरेका हुन् । हत्या १५ दिनअघिको भएपनि शुक्रबार मात्रै प्रहरीले घटना सार्बजनिक गरेको हो ।
कानपुरको गोविन्दनगर इलाकामा बस्दै आएका पुजारी शिव प्रकाशले छिमेकी एक युवकसँग श्रीमतीको सम्बन्ध रहेको आशंकामा हत्या गरेको प्रहरीलाई बयान दिएका छन् ।
प्रहरीका अनुसार श्रीमतीले छिमेकी युवकलाई फ्लाइङ किस गरेको पुजारीले देखेका थिए । श्रीमतीको त्यस्तो व्यवहार देखेर आक्रोशमा कैचीले गोपेर हत्या गरेको पुजारीले प्रहरीसामु हत्या स्विकार गरेको समाचारमा जनाइएको छ ।

काठमाडौं, २५ असार । सोलोमोन द्वीपमा शुक्रबार ७ रिक्टर स्केलको भूकम्प गएको समाचार छ । सो भूकम्पको कारण सुनामीको चेतावनी भने दिइएको छैन ।
सो भूकम्पको केन्द्रविन्दु दादालीदेखि १५४ किलोमिटर दक्षिणपश्चिम र सोलोमान द्वीपको राजधानी होनीयारदेखि १७० किलोमिटर पश्चिममा २० किलोमिटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ ।
सोलोमोन द्वीपको राष्ट्रिय प्रकोप नियन्त्रण कार्यालयका प्रवक्ताले यस भूकम्पको कारण मानवीय र भौतिक नोक्सानीको कुनै विवरण हालसम्म प्राप्त नभएको बताएका छन ।
अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाका यो भूकम्पको लगत्तै ६.५ रेक्टरको अर्काे भूकम्प गएको थियो । यो भूकम्पपछि फेरि ५.३ रिक्टर स्केलको पराकम्पन आएको बताइएको छ ।
सन् २०१३ मा सोलोमोन द्वीपमा आएको ८.० रिक्टर स्केलको भूकम्पपछि आएको सुनामीमा परी कयौँ व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी कयौँ भवनहरु ध्वस्त भएका कारण हजारौँ व्यक्ति घरवारबिहीन भएका थिए । यसअघि नेपाल, जापान, मलेसिया र चीनमा ७ रेक्टर स्केलका शक्तिशाली भूकम्प गइसकेको छन् । रासस/सिन्ह्व

२५ असार, काठमाडौं ।
नेकपा माओवादीका नेता नेत्रविक्रम चन्द विप्लवले नेपालमाथि आँखा नलगाउन विदेशीहरुलाई चेतावनी दिएका छन् । हालै भारत र चीनबीच भएको लिपुलेक सम्झौताप्रति इङ्गित गर्दै विप्लवले यस्तो चेतावनी दिएका हुन् ।
लिपुलेक सम्झौताको विरोधमा खुल्ला मञ्चमा आयोजित पार्टीको शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै विप्लवले ‘हाम्रो देशमा कसैले पनि आँखा नलगाओस् हामी जे पनि गर्न तयार छौं’ भने ।
फाइल तस्विर
विप्लवले भने-‘भारत र चीन ठूलो हुँदैमा नेपाललाई हेप्न पाइँदैन । सरकार सिंह जस्तै सुतेर बसेको छ तर हामीले यो कुरा सहँदैनौं मान्दैनौं’।
उनले आफूहरु अधिकार प्राप्तीका लागि लिडरहेका र जनयुद्ध र क्रान्तिका अधिकार गुम्ने खतरा रहेको पनि बताए ।
एक साता अघि पनि विप्लव माओवादीका कार्यकर्ता र प्रहरीबीच राजधानीमा झडप भएको थियो । भारत र चीनबीच भएको लिपुलेक सम्झौताको विरोध गर्दै प्रदर्शनमा उत्रिएका माओवादी कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेपछि झडप भएको थियो ।

मेरो पहिलो अन्तरंग मेरी प्रेमिकाकै कोठामा भयो, जो अहिले मेरी एकाघरकी पत्नी (मीना ढकाल गजुरेल) छिन्। म बागबजारमा र उनी पुतलीसडकमा बस्थिन्।
त्यो बेला मलाई भेटघाटका लागि टाढाटाढा जानुपर्छ भन्ने लाग्दैनथ्यो। र, रिसोर्टहरूमा पुग्ने यथेष्ट स्रोतसाधन पनि भएन।
सस्तो, भरपर्दो र सुरक्षित अन्तरंगको उत्तम गन्तव्य आफ्नै सुन्दर बासस्थान हो भन्ने मीनाको धारणा थियो।
म त झन् मितव्ययितामा आनन्द खोज्ने मान्छे परेँ। यसैलाई मेरो पहिलो हनिमुन भनौं।
दोस्रोपटक हामी नगरकोट गयौं। त्यहाँको मनोरम प्रकृति, स्वच्छ वातावरण र सुन्दर दृश्यमा हामी खुब रमायौं।
प्रकृति र पर्यावरणसँग कति लठ्ठियौं भने हामी हनिमुन मनाउन आएको विषय त दोस्रो प्राथमिकतामा पर्यो।
अर्को अर्थमा भनौं, हाम्रो नगरकोट यात्रा 'हनी' भयो तर 'मुन' हुन सकेन।
अर्थात्, त्यहाँको वातावरण नै यति हनी थियो कि हामीले अर्थोक सोच्नै परेन।
अर्को कुरा, आमा र भतिज पनि सँगै गएकाले मुन देख्ने गरी त्यहाँ नबसी साँझ घरमै फर्कियौं।
उसो त हामी अहिले पनि वर्षमा पाँचसातपटक आउटिङ जाने गर्छौं। ककनी, धुलिखेल, पोखरा, नगरकोट हामीलाई मन पर्ने स्थानहरू हुन्।
छोरा मिरोज, छोरी मेमोरीसहित हाम्रो जोडी धेरै रिसोर्टमा बास बसेका छ।
विगतका घटनाहरू याद गर्ने, प्रेमकालीन कथाहरू सम्झने र अहिलेको अवस्थालाई मूल्यांकन गरेर रिफ्रेस हुने गर्छौं।
सायद यो पनि एक खालको हनिमुन नै हो भन्ने मलाई लाग्छ।
विदेशका हनिमुन पनि सम्झनलायक छन्। २०११ मा हामी मलेसिया पुग्यौं।
यो मेरो चौबीसौं विदेश यात्रा थियो भने मीनाको तेस्रो रहेछ।
मीनाकै शब्दमा भन्ने हो भने यसअघि उनले प्रजातान्त्रिक गणतन्त्र भारतको जोगबनी सहर र जनवादी गणतन्त्र चीनको खासा प्रदेश घुमिसकेकी थिइन्।
मलेसियामा म एनआरएनको कार्यक्रममा गएको थिएँ भने उनी पर्यटकका रूपमा।
कलाकार वा पर्यटकमध्ये कुनैतिर पल्ला भारी नहोस् भनेर मलेसिया यात्रालाई हामीले हाम्रो पहिलो अन्तर्राष्ट्रिय हनिमुन यात्रा भनेर नामकरण गरेका थियौं।
मलाई भेटघाटका लागि टाढाटाढा जानुपर्छ भन्ने लाग्दैनथ्यो। र, रिसोर्टहरूमा पुग्ने यथेष्ट स्रोतसाधन पनि भएन।सस्तो, भरपर्दो र सुरक्षित अन्तरंगको उत्तम गन्तव्य आफ्नै सुन्दर बासस्थान हो भन्ने मीनाको धारणा थियो। मेरो पहिलो अन्तरंग मेरी प्रेमिकाकै कोठामा भयो, जो अहिले मेरी एकाघरकी पत्नी (मीना ढकाल गजुरेल) छिन्।
एनआरएन मलेसिया आयोजक थियो। लगभग एक हप्ता बस्यौं।
पाँचतारे होटलमा हाम्रो हनिमुन सम्पन्न भयो। यसपटक साँच्चिकै हनिमुन भयो भने पनि हुन्छ।
किनभने मेरो यसपटकको पारिश्रमिक लगभग उतै चढाएर आइयो।
आफूलाई सपिङ, आफन्तलाई उपहार, छोराछोरीलाई गिफ्ट सबै गरेर लगभग दुई लाख रुपैयाँमात्र खर्च भएकाले हाम्रो आन्तरिक इतिहासको सबैभन्दा महँगो हनिमुन यही नै हो क्यारे।
२०१२ मा हाम्रो दोस्रो अन्तर्राष्ट्रिय हनिमुन कार्यक्रम आयोजना भयो। एक हप्ताको हङकङ र तीनराते बैंकक बसाइ हनीमा हनी भयो मुनमा मुन पनि भयो।
त्यसैगरी २०१४ को अगस्ट र सेप्टेम्बर महिनालाई पनि हनिमुनमय बनायौं।
बेलायतको दुईमहिने यात्रा अहिलेसम्मकै सबैभन्दा लामो हनिमुन भन्दा अत्युक्ति नहोला।
किनभने आधुनिक बेलायतमा हामीले अहिलेसम्मकै सबैभन्दा आनन्द, खुसी र रमाइलो गर्यौं।
मेरो विचारमा हनिमुनको अर्थ अन्तरंग हो। अन्तरंगले शारीरिक सम्बन्धभन्दा पर मानसिक र आत्मिक सम्बन्धलाई पनि छुनुपर्छ।
अन्तरंगले सम्बन्धलाई पुनर्ताजगी पार्ने र प्रेमलाई समयसापेक्ष बनाउन मद्दत गर्छ।
विवाहपछि वा वैवाहिक वर्षगाँठमा मात्र हनिमुन मनाउनुले तत्कालका लागि रमाइलो गर्ला तर दीर्घकालीन आनन्द र खुसीका लागि प्रत्येक दिन हनिमुनमय बनाउनु जरुरी छ।
हरेक साँझलाई हनिमुन नै मान्ने हो भने पतिपत्नी सम्बन्धलाई सुन्दर, सफल र आनन्दमय बनाउन मद्दत पुग्छ। प्रत्येक पललाई हनिमुनझैं बनाउसके संसारको सुख र आनन्द त्यहीँ छ।
www.annapurnapost.com

महोत्तरी, २५ असार । विवाहको प्रलोभनमा पारेर विवाहित महिलालाई भारत बेच्न लैजान लागेका एक युवक पक्राउ परेका छन् ।
विवाह गर्छु भनी महिलालाई ललाई फकाई भारततर्फ लैजान खोज्ने सर्लाही गौरीशंकर–२ घर भएका २८ बर्षीय बिरेन्द्र बैठालाई प्रहरीले पक्राउ गरेको हो ।
बैठाले उदयपुर गाईघाट घर भई धरान भानु चोकको ताप्लेजुङ होटलमा काम गर्ने ३० बर्षीया महिलालाई विवाह गर्छु भनी भारततर्फ लैजान लागेको अवस्थामा प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरी टोलीले विहीबार चेकजाँच गर्ने क्रममा सम्सी–४ बाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२५ असार, एजेन्सी ।
चीनको शियाङ्ग्सी प्रान्तिस्थित सडकमा एक महिला एकाएक अर्ध नग्न अवस्थामा अनौठो प्लेकार्ड बोकेर घुम्न थालिन् । उनको प्लेकार्डमा लेखिएको थियो ‘म मेरो शरीर बेच्न चाहन्छु’ ।
डेली मेलका अनुसार उनले आफ्नो शरीर कुनै पसलमा बेच्नका लागि यसो भनेको होइन । उनका पतिले उनलाई अर्कै पुरुषसँग सम्बन्ध बनाएको फेला पारेपछि पत्निलाई सजाय दिन यस्तो काइदा निकालेका थिए ।
ती महिलाले केवल भित्री बस्त्र मात्र लगाएको देखिन्छ । ३३ वर्षकी वाङ नीलाई पतिले पिटेनन् मात्र नाङ्गो बनाएर शरीर बेच्न चाहन्छु भन्ने प्ले कार्ड बोकेी देखिन्छिन् ।
स्थानीय सञ्चार माध्यमका अनुसार १० वर्ष देखि विवाहित यो जोडीका २ छोरी समेत छन् ।
चीनमा पर पुरुष वा परस्त्री गमनका घटना सार्वजनिक भएपछि यस्तै दृष्यहरु देखिने गरेका छन् ।