काठमाडौं, वैशाख २०– सरकारले भूकम्पबाट घाइते हुनेलाई निःशुल्क उपचारको व्यवस्था मिलाउने भने पनि राजधानीको नर्भिक हस्पिटलले भने पैसा नतिर्नेको उपचार गर्न छाडेको तथ्य खुलेको छ । ललितपुरको हरिसिद्धि उमावि नजिकैको ६ तले भवन ढल्दा घाइते भएकी सुलेखादेवी पटेलको अप्रेसन गर्न नर्भिकले अस्वीकार गरेको उनका भिनाजु नरेश राउतले बताए ।
वैशाख १२ को विनाशकारी भूकम्प जाँदा हरिसिद्धि उमावि नजिकैको ६ तले भवन ढल्दा सुलेखादेवीलगायत केही घाइते भएका थिए भने मकवानपुरका २७ वर्षीय किताब तामाङको मृत्यु भएको थियो । नरेन्द्रको परिवार र सुलेखादेवीको परिवार एक–एकवटा कोठा लिएर लामो समयदेखि सोही भवनमा बस्दै आएका थिए । ‘अहिले दुई परिवारका बालबच्चासहित हामी १५ जना टेन्टमा बस्दै आएका छौँ, साली अस्पतालमा छिन्, हामीसँग पैसा छैन तर नर्भिकले पैसा मागेर हैरान पारिसक्यो,’ नरेन्द्रले भने, ‘सरकारले निःशुल्क उपचार गर्ने भनेको होइन ? लौन भन्दिनुप¥यो ।’ सुलेखादेवीलाई भूकम्प आएको साँझ पाटन हस्पिटलबाट रिफर गरेर नर्भिक लगिएको थियो । शनिबार एमाओवादी नेतृ अञ्जना विशंखे नर्भिकको मुख्य मान्छेको नम्बर खोज्दै थिइन । उनले भनिन्, ‘सिन्धुपाल्चोकको एउटा तामाङ साथीलाई नर्भिकले पैसा मागेर अप्ठेरो पारेछ ।’ उनी आफूभन्दा माथिको नेतालाई बिरामीको बेड नम्बर टिपाउँदै थिइन् । नम्बर टिपाउँदै उनले भनिन्, ‘२३९ हो बेड नम्बर, तपाईंले पनि भन्दिनुप¥यो, म पनि कुरा गर्छु ।’ www.ratopati.com

काठमाडौं । चर्चित हाँस्य कलाकार दिपकराज गिरीले नेपाल आएको शक्तिशाली भूकम्पपछि उत्पन्न परिस्थितिको सामना गर्न सबैले आफूले सकेको गर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत गिरीले नेपाल भूकम्पका कारण क्षतिविक्षत बनेको दुःखको समयमा साथ दिन आएकाहरुलाई शंका नगर्न र कसले कति सहयोग गर्यो वा गरेन भनेर लेखाजोखा नगर्न पनि आग्रह गरेका छन् ।
उनले लेखेका छन्, ‘दुःखमा साथ दिन आएकाहरुलाई शंका मात्रै नगरौं, कसले कति सहयोग गर्यो लेखाजोगा नगरौं, यो लिलाम बडाबड होइन । आफूले सकेजति गरौं ।’
पछिल्लो समयमा विभिन्न सेलिब्रेटीहरुले खुल्लमखुल्ला नेपाललाई सहयोग नगर्ने भने दिएको अभिव्यक्तिबारे आएका समाचारप्रति पनि उनले असन्तुष्टि जनाएका छन् ।
कलाकार गिरीले अरुले सहयोग गर्दिन भनेर दिएको अभिव्यक्तिको वास्ता नगर्न उनको आग्रह छ । पछिल्लो समयमा भारतीय केही कलाकारहरुले नेपाली संकटमा सहयोग नगर्ने सार्वजनिक अभिव्यक्ति दिएका छन् ।
पछिल्लो समयमा भारतीय उद्दार टोली र भारतीय पत्रकारहरुप्रति तिव्र आलोचना भइरहेका बेला उनले अंगे्रजहरुले कब्जा गर्न नसकेको नेपाललाई अब कसैले गर्न नसक्ने समेत गिरीले उल्लेख गरेका छन् ।
/www.nepalsandesh.com

एजेन्सी– भारतीय अभिनेता सलमान खानले आफूले नेपालमा आएको भूकम्पमा कुनै सहयोग नगरेको बताएका छन् ।
बलिउडका थुप्रै सेलिब्रेटीहरुले भूकम्पपीडित नेपालीलाई सहयोगका लागि हात अगाडि बढाए पनि सलमानले भने आफ्नो संस्थाले भारतमा मात्रै काम गर्ने भन्दै नेपाललाई सहयोग गर्ने काम नगरेको बताएका हुन् । यो कुराको जानकारी शनिबार राति उनले आफ्नो फेसबुकमार्फत दिएका हुन् । केही मिडियाले उनको संस्था ‘विइङ ह््युमन’ले भूकम्पपीडित नेपालीलाई आर्थिक सहयोग गरेको समचारको खण्डन गर्दै उनले यो खबर झुटो भएको बताएका हुन् । र, सलमानले आफ्नो संस्थाले भारतमा मात्रै सहयोग गर्ने कुरा पनि फेसबुकमा उल्लेख गरेका छन् । अन्य सहयोगी कलाकारहरुका साथमा सलमानको पनि नाम आएपछि उनले यसको खण्डन गरेका हुन् । एकातर्फ बलिउडका कलाकारहरु टिभीमा छिमेकी छिमेकीका लागि काम लाग्ने सन्देश दिँदै नेपालका पीडितका लागि मद्दत माग्दै अगाडि आइरहेको बेला सलमान अर्काे कित्तमा उभिएका छन् । सलमानका प्रशंसकहरु भने उनले छिमेकी मूलुकमा पनि सहयोग गर्नुपर्ने बताउँदै आएका छन् । kathmandutoday.com