उनको जीवन निकै छोटो भयो तर उनको ‘लिगेसी’ भने बाँचिरहनेछ । बेलायतकी एक २३ दिने बालिका अंगदान गर्ने विश्वकी सबैभन्दा कम उमेरकी मानिस बनेकी छिन् । २३ दिनकी बालिकाद्वारा अंगदान, त्यो पनि दुइवटै मृगौला । सुन्दैमा अनौठो, अपत्यारिलो तथा डरलाग्दो लाग्नसक्छ । तर ती बालिकाका बाबुआमाले आफ्नी नाबालिका छोरीका दुइवटै मृगौला दान गरेर दुनियामा अहिलेसम्म कसैले गर्न नसकेको ‘धर्म’ कमाएका छन् भने ती बालिका अमर बनेकी छिन् ।
आमा एमी र बुवा लियाम डग्लेबीको कोखबाट बेलायतको इष्ट योर्कशायरमा जन्मिएकी मिनी डग्लेबी जन्मिँदै मुटु सम्बन्धी जटिल रोगबाट पीडित थिइन् । साथै उनको घाँटीका महत्वपूर्ण मांशपेशी पनि थिएनन् । त्यसैले डाक्टरहरुले ती बालिका जन्मिएको २४ घण्टामै यो दुखद कुरा उनका बुवाआमालाई सुनाए अनि नाबालिकालाई शल्यक्रिया गरेर पनि बचाउन नसकिने दुखेसो पोखे ।
डाक्टरले सुनाएको खबर अवश्य पनि निकै दर्दनाक थियो । तर डग्लेबी दम्पति डगमगाएनन् । उनीहरुले छोरीलाई बचाउने प्रयासमा आशाहीन शल्यक्रिया गरेर दुख दिनुभन्दा उनलाई शान्तपूर्वक मृत्युवरण गर्न दिने हृदयविदारक निर्णय गरे ।
पीडाको त्यो क्षणमा उनीहरुले अर्को स्वार्थहीन तथा महान निर्णय पनि गरे ।
बच्ची जन्मिएको लीड्स जनरल इन्फर्मिटी अस्पतालका डाक्टरहरुसँग उनीहरुले एउटा आश्चर्यजनक जिज्ञासा राखे । २३ दिने छोरीको मृत्यु भएपनि उनका अंगहरु दान गर्न सकिन्छ वा सकिँदैन ? भन्ने प्रश्न उनीहरुको थियो ।
उनीहरुको त्यो प्रस्ताव अस्पतालले पारित गरेसँगै ती बालिकाको मृत्यु लगत्तै उनका दुइवटै मृगौला झिकियो र ती मृगौला एकजना वयस्क मानिसमा प्रत्यारोपण गरियो । बालिकाका मृगौला प्रत्यारोपण गरेका ती व्यक्तिले अहिले स्वास्थ्य लाभ गरिरहेका छन् ।
आमा एमीका अनुसार छोरी नबाँच्ने निधो भएपछि आफुहरुले यस्तो निर्णय लिएको भन्दै छोरी आफु नबाँचेपनि अरुको जिवनमा बदलाव ल्याउन सक्छिन् भन्ने सोँचाइ आफुमा आएको बताइन् । आफुले २८ वर्षसम्म गर्न नसकेको काम छोरीले जन्मिने बित्तिकै गर्न सकेको उनको भनाइ छ ।
३७ हप्तामा जन्मिएकी मिनी जन्मिँदा झण्डै ६ पाउण्डकी थिइन् । हलक्क सप्रिएकी छोरी देख्दा खुसी भएका उनका बुवाआमालाई छोरीको सरीरभित्र त्यस्तो कठीन रोग थियो भने कल्पना पनि थिएन । परिवारमा दोश्री छोरीको जन्म हुँदा बाबुआमा निकै खुसी थिए । बहिनी जन्मिएकोमा ३ वर्षकी लिली पनि पुलकित थिइन् । तर आखिर बालिका जन्मिएपछि डाक्टरहरुले उनको चेकजाँच गर्दा ट्राकियोओइसोफ्याजियल फिस्टुला भन्ने समस्या रहेको एकिन गरे ।
अर्थात् उनको घाँटी र पेट जोड्ने नली राम्रोसँग जोडिएको थिएन । उनलाई तत्कालै आकस्मिक शल्यक्रियाका लागि रातारात लीड्स अस्पतालमा पूराइयो । त्यो शल्यक्रिया सफल पनि भयो । तर डाक्टरहरुले उनको मुटुमा पनि गम्भीर समस्या रहेको र मुटु राम्रोसँग विकशित नभएको पत्ता लगाए । डाक्टरहरुका लागि ती बच्चीको ५ वर्षभित्रमा ३ पटक मुटुको सर्जरी गर्नुपर्ने र त्यसो गर्दा सफल भैहाले पनि बच्ची ३० वर्षभन्दा धेरै नबाँच्ने बताए ।
यति मात्र होइन, ती बच्चीको घाँटीमा महत्वपूर्ण मांशपेशी नै नरहेको र अर्को शल्यक्रिया समेत गर्नुपर्ने बताइयो । अन्त्यमा डाक्टरहरु यो निष्कर्षमा पुगे की मिनीको अवस्था यतिधेरै नाजुक थियो की उनी अब एउटै शल्यक्रिया गर्दा नै ब्युँझिने अवस्थामा थिइनन् । तत्कालै शल्यक्रिया नगरे पनि बालिकाको मृत्यु हुने र शल्यक्रिया गरेपनि सफल नहुने अवस्था आएपछि डाक्टरहरुले उनका बुवाआमालाई सबै कुरा भने । त्यसपछि एमी र लिआमले छोरीको मृगौला दान गरेर मर्न लागेको अर्को मानिसलाई बँचाउने निधो गरे ।
www.onlinekhabar.com

काठमाडौं, २८ असार । सरकारले निजामती सेवाका कर्मचारीलाई जस्तै विश्वविद्यालय, विद्यालय, संस्थान, बैंक तथा वित्तीय संस्थालगायत सरकारी निकायका कर्मचारीलाई पनि विदेशी नागरिकता, डिभी र पिआरमा बन्देज लगाउने गरी कानुन बनाउने भएको छ ।
निजामती सेवा ऐनको चौथो संशोधन विधेयक शुक्रबार व्यवस्थापिका संसदले पारित गरेलगत्तै निजामतीसँगै अन्य निकायका सरकारी कर्मचारी र जागिरेलाई पनि यस्तै कडाइ गर्न लागिएको हो। संसदले शुक्रबार सरकारलाई केही सुझाव तथा निर्देशन दिँदै सरकारी कर्मचारीले विदेशी नागरिकता, डिभी, पिआर, ग्रिनकार्ड लिए जागिरबाट हटाउनसक्ने लगायत व्यवस्थासहित निजामती सेवा ऐन चौथो संशोधन विधेयक बहुमतबाट पारित गरेको थियो ।
निरन्तरको संघर्षपछि निजामती कर्मचारीलाई डिभी, पिआर लिन बन्देज लगाउने कानुन ल्याउन सफल बनेका सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामतीबाहेकका सरकारी कर्मचारीलाई पनि डिभी, पिआरमा कडाइ गर्ने जानकारी दिए । ‘अब राष्ट्र बैंक, विश्वविद्यालय, विद्यालय, संस्थानलगायत सबै सरकारी निकायका कर्मचारीलाई विदेशी नागरिकता, डिभी, पिआर लिन बन्देज लगाउने गरी कानुन बनाउन संसदले निर्देशन दिइसकेको छ,ु मन्त्री पण्डितले आइतबार नागरिकसँग भने, ुसबै सरकारी कर्मचारीलाई डिभी, पिआरमा बन्देज लगाउने गरी केही नेपाल ऐन संशोधन विधेयक तयार गरेर संसदमा पेस गर्छौं ।’
उनले सरकारी तलब खाएर देश निर्माणको जिम्मेवारी बोकेका कर्मचारीले नै सरकारलाई विश्वास नगरी विदेशी नागरिकता, ग्रिनकार्ड, डिभी, पिआर लिँदा प्रभावकारी सेवा दिन नसक्ने भएकाले सबै सरकारी निकायका कर्मचारीका हकमा विदेशी नागरिकता, ग्रिनकार्ड, डिभी, पिआरमा बन्देज लगाउनुपर्ने बताए । ‘सरकारी कर्मचारीले डिभी, पिआर लिँदा उसको ध्यान, भक्ति विदेशमा हुन्छ, देश र जनतालाई कसरी राम्रो सेवा प्रवाह गर्न सक्छ ?,’ मन्त्री पण्डितले नागरिकसँग भने।
पण्डितले अब कर्मचारीलाई सेवाग्राहीप्रति उत्तरदायी बनाउने अभियानमा लाग्ने बताए। ‘अबको लक्ष्य कर्मचारीले हाजिर गर्न होइन, जनतालाई प्रभावकारी सेवा दिन जागिर खाएको हुँ भन्ने बोध गराउन आवश्यक छ,ु मन्त्री पण्डितले भने, ‘पार्टीपिच्छे कर्मचारी भातृसंगठन हुँदा विकृति बढेको छ। कर्मचारीको हकहितका लागि साझा ट्रेड युनियन बनाउन ट्रेड युनियनको निर्वाचन गर्नेमा मेरो मुख्य जोड रहनेछ।’ नागरिक दैनिकमा समाचार छ ।

काठमाडौं असार २८
वैदेशिक रोजगार व्यवसायीहरुले ५ बुँदे माग गर्दै आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
वैदेशिक रोजगारले देशको कुल ग्राहस्थ उत्पादनको ३० प्रतिशत हिस्सा ओगट्नुका साथै करिब ६० प्रतिशत घरधुरीमा रेमिट्यान्सको योगदान रहेको बताउँदै व्यवसायीहरुले त्यसलाई निमिठ्यान्न पार्न खोजिएको आरोप लगाएका छन् ।
श्रम तथा रोजगार राज्यमन्त्रीले सस्तो लोकप्रियताको आवरणमा लाखौं नेपाली युवाहरुको रोजगारी वन्चित हुने गरि वैदेशिक रोजगारमा जाने १ सय ९ मुलुकहरु मध्ये नेपालको अर्थतन्त्र बचाउने मलेसिया र खाडीका केवल ७ वटा देशमा मात्र फ्रि भिषा, फ्रि भिषा टिकटमा नेपाली कामदार पठाउन गरेको निर्णय अव्यवहारिक भएको नेपाल रोजगार व्यवसायी सघंका महासचिव रोहन गुरुङले सेतोपाटीलाई बताए ।
व्यवसायीले राखेका ५ माग यसप्रकार छन् :
१. श्रम तथा रोजगार मन्त्रालयले रोजगार ऐन २०६४ को दफा४ वमोजिम रोजगारदाता मुलुकसंग द्धिपक्षिय सम्झौता गर्नु पर्ने रोजगारदाता कम्पनी÷मुलुकसँग कुनै छलफल, सहमति, सम्झौता समेत नगरी मिति २०७२-०३-२१ बाट फ्रि भिषा, फ्रि टिकट मात्र नेपाली कामदार पठाउन निर्णय खारेज गर्नु पर्ने।
२. वैदेशिक रोजगार जाने कामदारको लागि हाल २६ सय २५ रुपैयाँ शूल्कमा स्वास्थ परीक्षण भईरहेको एक अवस्थामा एक आपसमा सम्बन्ध नै नभएको वायोमेट्रिक प्रणालीलाई जोडेर सिन्डिकेट प्रथा लागु गरि स्वास्थ परिक्षण शूल्क सरदर ७ हजार हुने गरी कामदारलाई आर्थिकभार पार्ने प्रणाली स्थगित गरिनु पर्ने
३. मलेसियामा नेपाली कामदार जानको लागि भिसा शूल्क ७ सय भएता पनि भिसा प्रोसेसिङ नाममा अन्य कुनै पनि श्रोत मुलुकमा लागु नभएको प्रणली नेपालमा मात्रा लागु गरी थप ३२ सय छुट्टै रकम लिई कामदार माथि आथिर्क शोषण गर्ने भिएलएन खारेज गर्नु पर्ने।
४. नेपाल सरकारले दक्षिण कोरिया मुलुकमा कामदार पठाउँदा १ लाख रुपैयाँ (९सय ९८ अमेरिकन डलर) लिने तर निजी क्षेत्रका व्यवसायीहरुलाई खाडी तथा मलेसिया मुलुकमा कामदार फ्रि भिषा, फ्रि टिकट हनुपर्ने असान्दभिक निर्णय सरकारबाटनै सुरु गरिनु पर्ने
५. वैदेशिक रोजगार ऐन २०६४ कामदार र व्यवसायी प्रतिकुल रहेकाले तत्काल संसोधन र परिमार्जन गरिनुपर्ने भन्दै आन्दोलन जारी रहेको भन्दै व्यवसायीको तर्क छ।

कहिल्यै नभेटका र नदेखेकाहरु फेसबुकमार्फत सहजै साथी बन्छन् ।कतिको घरबार बिग्रिएको छ भने कतिले बिहेबारी समेत यही फेसबुकले गराइदिएको छ । कुरू केहि समय अगाडिको हो चीनमा यस्तै भएको छ । कहिल्यै नभेटेका र नदेखेका जो कोही पनि फेसबुक मार्फत् साथी बन्न सक्छन् । अनलाइनमा साथी बनेर माया प्रेम समेत बसेपछि भेट्न जाँदा आफ्नै ससुरा बुहारी परेपछि वित्यास ।चीनको हेलोगजियांग प्रान्तमा यो घटना भएको थियो । ससुरा बुहारी दुबैले आफ्ना पत्नी र पतिलाई छलेर फेसबुकमा कुराकानी गर्दर्थे ।दुबैले तस्वीर राखेका थिएनन् । नाम र तस्वीर काल्पनिक राखेर कुराकानी गर्दथे । ५७ वर्षे ससुरा वागं र बुहारी लिलीका बिच लामो समय सम्म फेसबुकमै कुराकानी भयो ।
कुराकानीका क्रममा वागंले आफु एउटा कम्पनीको कालीक भएको र श्रीमतीको मृत्यु भएको बताउँथे भने बुहारीले आफ्ना श्रीमान् जेल परेको बताउँथिन् । हरराति यी दुईबीच च्याट्मा कुरा हुन्थ्यो । यस्तै क्रममा उनीहरुका बीच एउटा होटलमा भेट्ने तय समेत भयो । लिलिका श्रीमान् घर बाहिर गएका थिए ।
श्रीमतीले अर्कै केटालाई भेट्न होटल जाँदैगरेको उनले श्रीमतीको उक्त फेसबुक एकाउन्ट चलाउँदा थाहा पाए । यो कुरा थाहापाएपछि उनी रंगेहात समात्न पुगे ।
लिलीले होटलको ढोका टक्टक्याउँदा ससुराले ढोका खेले । दुवै लाजले रातो पीरो ।पछि श्रीमान पनि लिलीलाई पछ्याउँदै होटल पुगेपछि लफ्डा सुरु भयो । लिलीका श्रीमानले बाबु र श्रीमतीलाई कुटपिट गरेपछि प्रहरी आइपुग्यो । अहिले फेसुबक लभको को चक्करमा प्रहरीले सासुबुहारीलाई केरकार गरिरहेको छ ।

हस्त रेखा विज्ञानका अनुसार मानिसको हातको रेखाले उसको बारेमा हरेक कुरा भन्छ । हस्त रेखालाई सबैभन्दा प्राचिन विज्ञान समेत मानिएको छ । हातको मणिबन्ध रेखा हेरेर ब्यक्तिको गोप्य गोप्य जानकारी समेत लिन सकिने हस्तरेखा विज्ञहरुको भनाइ छ ।
के हो त मणिबन्ध रेखा ?
हाम्रो हातमा जहाँबाट हत्केलो प्रारम्भ हुन्छ त्यहाँ हुने केही रेखालाई मणिबन्ध भनिन्छ । हत्केलोको यो भागमा हुने रेखा ब्यक्तिको उमेर र भाग्यसँग सम्बन्धित हुन्छन् ।
कुन मणिबन्द रेखाको अर्थ के ?
यदि कुनै ब्यक्तिको मणिबन्ध रेखा हुने भाग भरिएको छ र यसमा हाडको उठेको भाग देखिँदैन भने यो शुभ लक्षण मानिन्छ । यसले मानिसलाई भाग्यशाली बनाउँछ ।
१ मणिबन्ध रेखाः
यदि कुनै ब्यक्तिको मणिबन्धमा एक मात्र रेखा छ भने त्यस्तो ब्यक्ति श्रेष्ठ गुण भएको हुने मानिन्छ । मणिबन्धको रेखा खण्डित भएको छैन र सिधा छ भने यसले जीवनमा प्रगति गर्ने बुझाउँछ । यस्ता ब्यक्ति धनी पनि हुन्छन् ।
उमेर
मणिबन्ध रेखामा १ मात्र रेखा भएमा त्यस्तो ब्यक्तिको उमेर केवल ३० वर्ष सम्म मात्र हुन्छ अझ त्यसमा अशुभ रेखा समेत भएमा उमेर कम समेत हुन सक्ने हस्त रेखा विज्ञहरु बताउँछन् । मणिबन्धको एक मात्र रेखा अल्पायुको संकेत हो ।
यदि कुनै ब्यक्तिको हात्केलामा मणिबन्ध रेखा झरेको र खुल्ला जस्तो देखियो भने यो अशुभ मानिन्छ । मणिबन्ध सुन्दर नहुनेहरुको हत्केलो हल्लाउँदा आवाज समेत आउँछ । यो दुर्भाग्यको संकेत हो ।
भाग्य
गरुड पुराणका अनुसार यदि मणिबन्धमा हाड दखिँदैन भने नारि र हत्केलो बलियो मात्र हुँदैन यो शौभाग्यको प्रतिक हो । मणिवन्ध रेखाहरु विपरित भएमा मानिसलाई जीवनमा दुःख हुने र दुर्घटना समेत सामना गर्नु पर्न सक्ने हुन्छ ।
हरेक मानिसको हातमा मणिबन्ध रेखा हुन्छन् । कसैको एक हुन्छ भने कसैको तीन सम्म पनि हुन्छन् ।
मणिबन्धमा ३ रेखाः
भाग्य
यदि मणिबन्धमा ३ रेखा छन् भने र रेखा टुटेको छैन भने यो असाध्यै भाग्यशाली संकेत हो । यस्तो मणिबन्ध हुने ब्यक्तिले राजसी सुख प्राप्त गर्छन् । यद्यपी मणिबन्धमा ३ रेखा हुनु मात्र शुभ संकेत भने होइन रेखाबीचमा टुटेको छ भने यो अशुभ हो । यस्ता रेखा हुने ब्यक्तिले जीवनभर संघर्ष गर्नु पर्ने हुन्छ ।
उमेर
मणिबन्धमा ३ रेखा छन् र सग्ला छ भने त्यस्ता ब्यक्तिको उमेर ७० देखि ८५ वर्ष सम्म हुन्छ । तर अशूभ लक्षणले भने उमेर कम पनि पार्न सक्छ ।
मणिबन्धमा २ रेखाः
भाग्य
मणिबन्धमा २ रेखा सग्ला भएमा यो शुभ मानिन्छ । यस्ता ब्यक्ति मन्त्री र प्रधानमन्त्री पनि बन्न सक्छन् । यिनीहरुलाई सँधै सुविधा प्राप्त हुन्छ ।
तर यस्ता रेखा २ भएपनि विचमा टुटेको भए भने यो अशुभ हो यस्तो हुने ब्यक्तिले जीवनमा कठिन परिश्रम गर्नु पर्छ ।
उमेरः
यस्ता रेखा हुने ब्यक्तिको उमेर ४५ देखि ५५ वर्ष सम्म हुन्छ तर अशुभ भएमा कम पनि हुन सक्छ ।

अमेरिकामा नेपालीलाई टीपीएस सुविधा
अमेरिकी सरकारले नेपाललाई हालै दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) ले अमेरिकामा रहेका नेपालीमाझ मात्र होइन, नेपालमा पनि निकै चर्चा पाएको छ। भूकम्पपछिको विपत्तिले विश्वकै ध्यान नेपालतर्फ आकर्षित गरेको बेला अमेरिकामा नेपालीमाझ टीपीएसको चर्चा सुरु भएको थियो।
नेपाली समाजमा टीपीएसको विषय प्रवेश अमेरिकाको न्युयोर्कमा भट्ट ल एन्ड एसोसिएट्समार्फत कानुनी व्यवसाय गर्दै डिल्लीराज भट्टले गरेका थिए। भट्ट उक्त संस्थाका प्रबन्ध-निर्देशक हुन्।
उनले विपत्तिको समयमा अमेरिकामा रहेका कागजपत्रविहीन नेपालीलाई टीपीएस सुविधा दिलाउन लबिङ थालेका थिए । टीपीएसबारे कानुन व्यवसायी भट्टसँग अन्नपूर्ण पोस्ट्का लागि विष्णुहरि घिमिरे र माम्पी घोषले गरेको कुराकानी:
नेपालीमाझ टीपीएसले निकै चर्चा पाएको छ, यो के हो ?
अमेरिकी सरकारले अन्य मुलुकमा आन्तरिक तथा बाह्य राजनीतिक द्वन्द्वबाट उत्पन्न संकट, आर्थिक संकट तथा विनाशकारी प्राकृतिक प्रकोपका कारण विपत्ति आएमा सो मुलुकबाट अमेरिकामा कानुनी हैसियत गुमाएर बसेका व्यक्तिलाई निश्चित समयका लागि प्रदान गरिने कानुनी सुविधा हो टीपीएस।
सुरुमा यो सुविधा १८ महिनाको हुन्छ। त्यसपछि सम्बन्धित मुलुकको अवस्था हेरेर समय थप हुन सक्छ। योबीच कानुनी हैसियत गुमाएका व्यक्तिले अमेरिकामा कानुनी रूपमा काम गर्न र यात्रा गर्न पाउँछन्।
कागजपत्रविहीन, कागजपत्र नभएकै कारण जेलमा परेका, विद्यार्थीलगायत यो सुविधाबाट लाभान्वित हुन्छन्। अमेरिकी कानुनले आपराधिक गतिविधिमा लागेको भन्दै सजाय भोगेका बाहेक अन्य कारणले देशनिकालामा (डिपोटेसन) परेका व्यक्तिले पनि टिपीएस अवधिसम्म अमेरिकामै काम गर्न पाउँछन्।
भूकम्पपछिको विनाशका कारण अमेरिकामा रहेका कागजपत्रविहीन नेपालीलाई यो सुविधा दिइएको छ। अमेरिकी तथ्यांकअनुसार १५ देखि २५ हजार नेपालीले अहिले यो सुविधा प्राप्त गर्न सक्छन् । नेपालीका लागि टीपीएसको मुद्दा सुरु गर्ने सोच कसरी आयो ?
भूकम्पपछि विदेशमा रहेका हामी सबै चिन्तित थियौं, सहकर्मी वकिलबीच पनि यसबारे छलफल भयो। यसअघि फिलिपिन्समा प्राकृतिक प्रकोपका बेला टीपीएसका लागि हामीले सँगै लबिङ गरेका थियौं।
ठाउँठाउँमा गएर टीपीएसबारे चेतना जगाएका थियौं। प्राकृतिक प्रकोपका कारण ठूलो जनधनको क्षति भएकाले नेपालले पनि टीपीएस प्रक्रिया सुरु गर्नुपर्छ भनेर मैले अमेरिकामा रहेका नेपालीसँग कुरा थालें।
धेरैबाट सकारात्मक जबाफ आयो। टीपीएसबारे नबुझेकालाई बुझायौं। त्यसपछि टीपीएसका लागि ह्वाइटहाउसको पेजमा मैले निवेदन दर्ता गरेँ। त्यो दर्तालाई सोसल मिडियाबाट सेयर गरें। एक सय ५० जनाले हस्ताक्षर नगरेसम्म त्यो निवेदन सार्वजनिक रूपमा देखिँदैनथ्यो।
सुरुमा मैले त्यो पेज व्यक्तिगत रूपमा साथीहरूलाई पठाएँ। विस्तारै नेपाली समाजमा चासो हुन थाल्यो। सबै नेपाली संघसंस्थाको संयुक्त मिसन बन्यो यो । अमेरिकाका कंगे्रसम्यान र सिनेटरहरूले पनि निकै सकारात्मक भूमिका खेल्नुभयो।
उहाँहरूले डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीलाई पत्र लेख्नुभयो, नेपाली दूतावासले छुट्टै पत्र लेख्यो। सबैको प्रयासले अन्ततः नेपालीका लागि टीपीएस स्वीकृत भयो।
टीपीएसले अमेरिकामा रहेका कागजपत्र विहिन केही नेपाली र उनका परिवारलाई फाइदा भए पनि मुलुकलाइ चाहिँ घाटा हो भनिन्छ नि ?
कानुनअनुसार राजनीतिक, प्राकृतिक र अन्य प्रकोपका कारण जनजीवन असहज भएको समयमा अमेरिकी सरकारले ती देशका नागरिकलाई तत्कालीन सुविधा दिने व्यवस्था हो यो।
नेपालमा भूकम्पपछि मानवीयसाथै आर्थिक रूपमा निकै क्षति भएकाले अमेरिकामा रहेका कागजपत्रविहीन नेपाली नागरिकलाई तत्काल कानुनी हैसियतमा काम दिँदा, अमेरिकी सरकारले आफ्नो खल्तीबाट सहयोग गर्नुपर्ने अवस्थामा आफ्ना नागरिकले काम गरेर आफैं पठाउन पनि सक्छन् भन्ने एउटा उद्देश्य हो।
यसबाट नोक्सानभन्दा नेपाललाई कसरी फाइदा भयो भन्ने हेर्नुपर्छ। नेपालमा पर्यटकीय क्षेत्रमा पनि फाइदा छ। अमेरिकी सरकारले नेपाललाई यस्तो उच्च तहमा अहिलेसम्म सम्बोधन गरेको थिएन। यो एउटा मौका हो, अरू सम्बन्ध विस्तार गर्ने।
भोलि दुई देशबीच हुने व्यापारिक सन्धिदेखि लिएर आर्थिक कारोबार, बिजनेस ट्रान्जेक्सनमा झन् राम्रो गराउन सकिन्छ। भूकम्पपीडित नेपालीलाई सहयोग गर्ने यो पनि एउटा तरिका हो अमेरिकी अधिकृतहरूले भनेका छन्।
अर्को कुरा, नेपालका मानिस एकदमै बहादुर छन्, कोसिस गर्छन् र पीडालाई जितिहाल्छन् भन्ने अमेरिकी धारणा छ, यसले नेपाललाई फाइदा नै भएको छ।
जसरी खाडी मुलुकमा गएको आफ्ना नागरिकको सरकारले सुरक्षा गर्न खोज्छ, यस्तै अमेरिकामा रहेका कागजपत्रविहीन नेपालीको सुरक्षा गर्नु पनि सरकारको कर्तव्य नै हो। एक लाखभन्दा बढीले हस्ताक्षर गरेपछि मात्र टीपीएस स्वीकृत हुन्छ भन्ने थियो, तर थोरैले हस्ताक्षर गरेर पनि स्वीकृत भयो।
यसको श्रेय कसलाई जान्छ ?
यो श्रेय एक व्यक्ति तथा एक संस्थालाई मात्र दिन मिल्दैन। राजदूत पनि लाग्नुभयो, उहाँले कानुनी रूपमा चिठी लेख्नैपर्छ। नेपाल सरकार सकारात्मक भयो, अमेरिकाका कग्रेसम्यान र सिनेटरहरूले पनि ठूलै लबिङ गरे नेपालीका लागि।
नेपाली इमानदार छन् भन्ने उनीहरूको बुझाइ छ। नेपालीले मेहनतसाथ काम गरिरहेका छन् पनि। नेपाली संघसंस्था र व्यक्तिले पनि निकै लबिङ गरे। सबै संयुक्तरूपमा लागेरै अमेरिकी सरकारले सजिलै दिएको हो।
हामीले यसको फाइदा कसरी लिने ?
जेलमा बसेका कागजपत्रविहीन कम्तीमा तीन चार हजार नेपाली विनासर्त मुक्त भएर काम गर्न पाउँछन्। उनीहरूको परिवार नेपालमा छ। त्यसरी काम गरेको सबै पैसा नेपालमै जाने हो। यहाँ बसुन्जेल पैसा कमाउँछन्, नेपाल पठाउँछन्। रेमिट्यान्स बढ्छ।
आउट अफ स्टाटस भएर बसेका विद्यार्थीले स्टुटेन्ड स्टाटसलाई निरन्तरता दिन पाउँछन्। कागजपत्र नभएका कारण उच्च शिक्षा अध्ययन पूरा गरेका नेपाली विद्यार्थीले निकै कम पैसामा काम गरिरहेका थिए, उनीहरूले योग्यताअनुसार काम पाउँछन्। त्यो रिभेन्यु नेपाल जान्छ।
ट्राभल डकुमेन्ड लिएर नेपाल गएर आउन पनि पाउँछन्। पर्यटन क्षेत्रलाई पनि फाइदा हुन्छ। नेपाललाई प्रत्यक्ष आर्थिक लाभ हुन्छ।
अहिले हामीले अमेरिकामा रहेका नेपालीका विभिन्न संघसंस्थासँग मिलेर टीपीएसका प्रावधानबारे निःशुल्क सल्लाह र सुझाव दिने र त्यसबापत केही चन्दा संकलन गर्ने गरेका छौँ। त्यो पैसा हामी सोझै भूकम्पपीडितलाई पठाउँछौं।
भूकम्पपछिको विनाशका कारण अमेरिकामा रहेका कागजपत्रविहीन नेपाललीलाई यो टीपीएस सुविधा दिइएको छ।तथ्याङकअनुसार १५ देखि २५ हजार नेपालीले अहिले यो सुविधा प्राप्त गर्न सक्छन्।
सारा नेपाली अहिले अमेरिकामा एकजुट भएका छन्। भोलि नेपाली नागरिक विदेशमा सशक्त भयो भने नेपाललाई प्रत्यक्ष फाइदा हुन्छ भन्ने सिकिएको छ।
अहिले केही अन्योल छ, टीपीएसका फाइदा-बेफाइदाबारे १८ महिनापछि के हुने हो भन्ने पनि छ। टीपीएस स्वीकृत भएन भने के हुन्छ ?
पहिला सबै कुरा बुझ्नु पर्दछ, कसलाई फिट हुन्छ हुँदैन भन्ने। साधारणतया आपराधिक गतिविधिमा पक्राउ परेकाबाहेक सबै टीपीएसका लागि योग्य मानिन्छन्।
टीपीएस फाइल गर्दैमा अरू सुविधामा रोकावट हुँदैन। १८ महिनापछि पनि यो अवधि थप हुन सक्छ। टीपीएस स्वीकृत भएन भने पनि सबै यथावत् अवस्थामै हुन्छन्।
अहिलेसम्म कागज नभएर काम गरिरहेका नेपालीहरू टीपीएस फारम भरेर स्वीकृति भएन भने झनै अप्ठेरो पर्ने हो कि भन्ने चिन्तित पनि देखिन्छन् नि ?
अहिलेसम्म १३-१४ मिलियन कागजपत्रविहीनहरू अमेरिकामा काम गरिरहेका छन्। अमेरिकी सरकारलाई त्योबारे थाहा छ।
अमेरिकाले चाह्यो भने त दुई मिनेटमा सबै पत्ता लगाउँछ। चाहने हो भने टीपीएस स्वीकृत नहुँदैमा कुनै असर पर्दैन।
यो त तत्कालका लागि देशनिकाला नहोस्, वैधानिक रूपमा काम गर्ने अवसर मिलोस्, अत्यावश्यक परेका बेला आफ्नो देशको पनि भ्रमण गर्न पाओस् भनेर दिएको सुविधा हो।
वकिलसँग छलफल गर्नुस्। व्यक्तिअनुसारको समस्या फरक हुन सक्छ । चिन्ता लिएर बस्नुभन्दा कानुनी सल्लाह गर्नु राम्रो हुन्छ। २०१५ डिसेम्बर २१ भित्र टीपीएस फाइल गर्नुपर्छ।
धेरै नेपालीको चासो टीपीएस स्वीकृत भए पछि नेपाल गएर पुन अमेरिका फर्कन पाइन्छ कि पाइँदैन भन्ने छ। के हुन्छ ?
ट्राभल डकुमेन्ट लिएर निश्चित समय जस्तो– १५ दिन, एक महिना, ९० दिन नकटाउने गरी अमेरकिा छोड्न पाइन्छ भनेर कानुनमा भनिएको छ।
जसलाई अत्यावश्यक परेको छ, परिवारमा ठूलै संकट आएको छ भने उनीहरू छोटो समयका लागि जाने हो। सामान्यतया जान-आउन पाउँछ, तर कस्टम बोर्डर प्रोटेक्सनले प्रश्न सोध्न सक्छ। डेपोटेसनमा परेका व्यक्ति ट्राभल डकुमेन्ट लिएर पनि अमेरिकाभन्दा बाहिर जानुस् भनेर मचाहिँ भन्दिनँ।
अमेरिकी सरकारले नेपालीलाई यस्तो उच्चतम तहमा अहिलेसम्म सम्बोधन गरेको थिएन। यो एउटा मौका हौ, अरु सम्बन्ध विस्ता गर्ने। भोली दुई देशबीच हुने व्यापारिक सन्धिदेखि लिएर आर्थिक कारोबार, बिजनेस ट्रान्जेक्सनमा झन् राम्रो गर्न सकिन्छ।
राजनीतिक शरणार्थीको हैसियत पाउन आवेदन दिएका तर त्यो अस्वीकृत भएका कारण डेपोटेसनमा परेका व्यक्तिले टीपीएस भर्न पाउँछन् ?
त्यस्ता मान्छेलाई टीपीएसले तत्काल अमेरिकामा कानुनी हैसियतमा बसेर काम गर्ने अवसर दिन्छ। टीपीएस त राम्रो हो त्यस्तालाई।
लाइसेन्स निकाल्न पाउँछन्। परिचयपत्र बनाउन पाउँछन्। डिपोटेसनमा परेको व्यक्तिलाई पक्राउ गरेर, जेलमा राखेर नेपाल पठाउनुभन्दा वैधानिक रूपमा
केही समय काम गर भन्नु राम्रो हो। टीपीएस लिएपछि ग्रिनकार्ड फाइल गर्न पाइन्छ ?
टीपीएसकै आधारमा ग्रिनकार्ड फाइल गर्न पाइँदैन, तर कुनै रोजगारदाता संस्था, परिवारका सदस्यले स्पोन्सर गर्नुपर्छ। टीपीएसको मिसन त सफल भयो। अब
नेपाली समाजको हितका लागि के योजना छन्?
टीपीएस मिसनले सबै जुटेपछि केही गर्न सकिन्छ भन्ने हामी सबैलाई अनुभव भएको छ। यो एकतालाई निरन्तरता दिने हो भने अमेरिकासँग नेपालका लागि केही लबिङ गर्न सक्छौं, नेपाल सरकार र दूतावाससँग मिलेर।
अमेरिकी सरकारसँग गार्मेन्ट व्यापार, करका सबालमा फाइदा लिन सक्छौं। अमेरिकाजस्तो बजारलाई बेवास्ता गरेर नेपाललाई फाइदा हुँदैन। केही अमेरिकी कम्पनीलाई पनि नेपालमा पहुँच पुर्याउने कोसिस गर्नुपर्छ, जसले दीर्घकालीन फाइदा हुन्छ।
जलस्रोत, पूर्वाधार, पर्यटनमा लगानी बढाउन सकिन्छ। हामीले यसका लागि वातावरणको पहल गर्न सक्छौं। हामीले नै गर्दा हुन्छ भन्ने होइन तर कोसिस गर्न सक्छौँ।
www.annapurnapost.com

यी कुराहरुले विभिन्न शंकाहरु उब्जाएको छ । लतासाका साथीहरु र आफन्तहरुले सत्यतथ्य बाहिर ल्याउन माग गर्दै प्रदर्शन गरेका छन् । तर केटा पक्षका मानिसहरु अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।
के भन्छिन् लतासाकी आमा शारदा क्षेत्री ?
मेरी छोरी पहिले निकै चुल्बुले थिई । एभरेस्ट इन्जिनियरिङ कलेज सीतापाइलामा ब्याचलर थर्ड इयर पढ्दै थिई । हिँड्दा पनि उडुँलाजस्तो गर्थी । तर, बिहेपछि अर्कै भई ।
बसुन्धरामा घर भएको, सेनाको मेजर केटो छ भनेर छिमेकीले प्रस्ताव ल्याए । सोधखोज गर्दा सबैले भने, केटो गज्जब छ, आँखा चिम्लेर छोरी दिए हुन्छ । केटो हेर्दा हामीलाई पनि चित्त बुझ्यो । छोरीलाई भन्यौं । ऊ त पहिल्यैदेखि ‘मामु म त हजुरले खोजेकै केटासित बिहे गर्छु, भन्थी । छोरी पनि बिहे गर्न तयार भई ।
बिहे हुनुभन्दा ४–५ दिन अगाडि हामीले केटाको घर काठमाडौंमा नभएको र सेनामा मेजर पनि भइनसकेको थाहा पायौं । त्यसपछि म अलि हच्किएँ । घर नभएकोलाई त कसरी छोरी दिनु जस्तो लाग्यो ।
तर, कुरा ल्याउने छिमेकीले काठमाडौंमा जग्गा किनिसकेका छन्, बिहेपछि घर बनाइहाल्छन् भनेर आश्वस्त बनाए । सेनाको मेजर पनि चाँडै हुन्छन् भन्ने कुरा गरे । हामी पनि ठिकै छ नि त भनेर छोरी दिन राजी भयौं ।
गत मंसिर २० गते धुमधामले बिहे भयो। उनीहरुले धापासीमा रहेको डेरामा बुहारी भित्र्याए । बिहे गरेको केही दिनसम्म व्यवहार ठिकै थियो । १५ दिनपछि उनीहरु पोखरा घुम्न पनि गए । पोखरा गएर आउँदासम्म पनि छोरी उज्यालै थिई ।
तर, एक महिनापछि छोरीको अनुहार मलीन देख्न थालेँ । सधैं हाँसिरहने छोरी हाँस्नै छाडेकी थिई । तर, केही सोधेकी थिइनँ । एक दिन आफैंले भनी, मामु, केटा मान्छेहरु कस्तो शंकालु हुँदा रहेछन् है ।
मैले सोधेँ, किन र छोरी के भो ?
अनि बल्ल उसले भनी, हेरिस्यो न, हजुरको ज्वाइँले सानोतिनो कुरामा पनि शंका गरिसिन्छ ।
उसको कुरालाई त्यतिबेला मैले धेरै सिरियसली लिइँन । ठट्टा गर्दै मैले भनेँ ‘केटाहरु त्यस्तै त हुन् नि ।
मैले ठट्टा गर्न खोजे पनि ऊ हाँसिन । त्यसपछि मैले आफू ठीक ठाउँमा बस्नु, शंका गर्दै गर्छन् भनेर सम्झाएँ । तर, मैले सोचेको भन्दा समस्या धेरै ठूलो रहेछ ।
उनीहरु बस्ने घरको साइडमा जोडिएको एउटा घरमा इन्जिनियरिङ पढ्ने तीनजना केटा बस्दा रहेछन् । भान्सामा भात पकाउँदा ती केटासित आँखा सन्काइस भनेर गाली गर्थे रे ज्वाइँले ।
पहिले गाली गर्ने अनि मेरी छोरी रोइदिएपछि तुरुन्तै अंगालो मारेर माया गरेजस्तो गर्दा रहेछन् ।
हुँदाहुँदा मेरी छोरीको मोबाइलमा ट्रयाकर राख्न पनि भ्याएछन् । एक दिन माइती जान भनेर हिँडेकी रहिछ । बाटोमा मिठाई किन्न मन लागेर नक्शालतिर गइछ । हामीकहाँ भेटघाट गरेर बेलुकी घर फर्की । घर फर्केपछि ज्वाइँले उसित मोबाइल हेर्न मागेछन् । बिहेमा ज्वाइँले गिफ्ट गरेको आइफोन बोक्थी उसले ।
मोबाइल हेरेर ओहो तिमी त नक्शाल गएको रहिछौ नि बेबी । भनेछन् । मेरी छोरीले छक्क पर्दै, ‘हजुरले कसरी थाहा पाइस्यो, भनेर सोध्दा ‘मैले तिम्रो मोबाइलमा ट्र्याकर राखेको छु नि त भनेर जवाफ दिएछ ।
सासू पनि त्यस्तै अपजसे रहिछन् । मैले त सासू रिझाउनै नसक्ने भएँ, उहाँलाई खुशी पार्न त साह्रै गाह्रो रहेछ भन्थी । मैले सासू भनेका यस्तै हुन्, भनेर सम्झाउँथे ।
छोरी बिहान कलेज जाँदा ११ जसरी पनि घर आइपुग्नैपर्ने उर्दी थियो रे । ११ बजे आइपुगिन् भने कहिले छोरीकी साथीलाई त कहिले कलेजमै फोन गरेर सोध्ने रे ज्वाइँले ।
त्यत्रो शंका लागेको भए मेरी छोरीलाई मकहाँ ल्याएर फ्यालेको भए पनि त हुन्थ्यो नि । कमसेकम बाँच्ने त थिई ।
लोग्ने र सासूको टर्चरले मेरी छोरी सातो गएझैं भएकी थिई । हाँस्नै छोडी । माइती आयो कि फर्किन हतार गर्थी । साथीहरुसित ‘मलाई त डिप्रेसन हुन्छ कि क्या हो भन्थी रे ।
घटना भएको दिन
अस्ति बुधबार म धरानमा थिएँ । दिउँसो ३ बजेतिर मोबाइलमा छोरीको म्यासेज आयो । “आइ लभ यू मामु हजुरसँग धेरै धेरै धेरै” लेखेकी थिई । किन यस्तो म्यासेज पठाई भन्ने लागिरहेको थियो, एकैछिनमा फोन आयो । फोनमा पनि “मामु आइलभ यू” भनी । मैले “लभ यू बेबी” भनेँ । त्यसपछि भनी “मामु हजुरसित धेरै कुरा गर्नुछ, हजुर कहिले आइसिन्छ” मैले शनिबार आउँछु बेटा भनेँ ।
अनि “होइन चाँडै आइस्यो न” भन्दै सुँक्क सुँक्क गर्न थाली ।
मैले “के भयो बेबी तिमीलाई” भनेर सोधेँ । उसले भनी, “मामू मलाई एकदम गाह्रो भइरहेको छ, यिनीहरुले के गर्न आँटेका हुन् बुझ्नै सकेकी छैन । हजुरको ज्वाइँले के के शंका गर्छ ।” यति भनेर ऊ डाँको छोडेर रुन थाली ।
मैले एकचोटि सासूमासित कुरा गर्न सल्लाह दिएँ । उसले भनी, ‘सासूमालाई थाहा छ । सबैलाई थाहा छ । हजुरको ज्वाइँ मसित बोल्दैन । ऊ फोनमा रोएको रोयै गर्न थाली ।
त्यसपछि मैले “तँ हाम्रो घरमा जा न त, रिफ्रेस हुन्छ” भनेर सम्झाएँ ।
फोन राखेपछि मलाई साह्रै पेट पोल्यो । घरमा आफ्नी सासूलाई फोन गरेँ । “एकचोटि नातिनीलाई फोन गरेर घरमा बोलाउनुस् न” भनेँ । उहाँले फोन गर्नुभएछ । छोरीकी सासूले फोन उठाइन् रे । ‘बुहारीले भात खाएकी छैन, सुतिरहेकी छ” भनिछन् । त्यसपछि लतासालाई कुरा गर्न दिइछन् । सासूले लतासालाई खाना खान यतै आउ भनेपछि हुन्छ भनेकी थिइन् रे ।
कुरा गर्दागर्दै फोन डिस्कनेक्ट भएछ । त्यसपछि धेरैचोटि ट्राइ गर्दा कसले हो, काटेको काट्यै गरेछ ।
त्यसपछि साढे पाँच बजेतिर ल्याण्डलाइनमा फोन आएछ । बच्चाजस्तो आवाजमा कसैले “लतासा भाउजू त छतबाट हाम्फालेर ग्रान्डी हस्पिटल लगेको छ” भनेर सुनाएछ । सासूमा अत्तालिँदै ग्राण्डी जानुभो । त्यहाँ उहाँले नातिनी देख्नुभएनछ । ज्वाइँ त्यही थिए रे । तर, जति घच्घच्याए पनि केही बोलेनन् रे ।
लतासाको शव शिक्षण अस्पतालबाट लैजाँदै । उनको माइतीले भने शव लैजान नदिने बताएका थिए ।

मलाई पौने ६ मा कान्छी छोरीले फोन गरी । उसले भनी “दिदी घरबाट लडेर हस्पिटल लगेको छ रे ।” मैले सम्धिनीलाई फोन लगाएँ । ‘“सम्धिनीज्यू के भएको हो ?” भनेर सोधेँ ।
उनले भनिन्, ‘हेरिस्यो न हजुर, लतासाले त के गरिन्, के गरिन् । घरको छतबाट हाम्फालिन् । ‘कहाँ छ त मेरी छोरी भन्दा ‘हस्पिटल पो लगेको छ हजुर भनिन् । मैले केही झगडा भएको थियो र ? भनेर सोधेँ । उनले जवाफ दिइन्, “मलाई केही थाहा छैन हजुर । उनीहरु दुईजना लोग्नेस्वास्नी बीचको कुरा हो ।”
त्यसपछि हामी घर फर्किन भनेर बिराटनगर एयरपोर्टमा गयौं । साढे ५ बजेको प्लेन उडिसकेको रहेछ । अनि गाडी रिजर्भ गरेर काठमाडौं हिड्यौं । तर, छोरीको अनुहार हेर्न पाएनौं ।
हस्पिटल पुर्याउनासाथ छोरीलाई मृत घोषित गरिएछ । तुरुन्तै लासलाई ग्राण्डीबाट टिचिङ लगेछन् । यत्रो हुँदासम्म ज्वाइँले हामीलाई एक कल फोन गरेनन् ।
हस्पिटलमा प्रहरीले मुचुल्का उठाउने बेला आफन्त को हुनुहुन्छ भनेर खोजेछ । हाम्रो बुवाले म हजुरबा हुँ भनेर जानुभएछ । नपढेको र आँखा राम्रो नदेख्ने बुबालाई मुचुल्कामा ल्याप्चे लगाउन लगाएछन् । लासलाई टिचिङ लगेपछि ज्वाइँ घरतिर लागेछन् ।
मेरा दाइहरु प्रहरीसित गएर लास हेर्नुभएछ । एउटा आँखा बाहिर निस्किएको छ रे । घाँटी र पाखुरामा निलडाम छ रे । खुट्टामा पनि चोट लागेको छ रे । टाउकोमा पछाडिपट्टी चोट छ रे ।
हामी राति २ बजे काठमाडौं आइपुग्यौं । टिचिङ पुग्दा हामीलाई बिहान प्रहरी कार्यालयमा आउनू भने । भोलिपल्ट बिहान महाराजगञ्ज प्रहरीचौकीमा पुग्दा सम्धिनी, ज्वाइँं त्यही थिएँ । मैले रुँदै भनेँ, ‘“सम्धिनीज्यू मेरी छोरी हजुरको पोल्टामा राखेकी थिएँ । कहाँ छे मेरी छोरी ? उनले “मलाई केही थाहा छैन हजुर” मात्र भनिरहिन् ।
डीएसपी साबको कोठामा ज्वाइँसित भेट हुँदा उनले अनुहारमा सम्म हेरेनन् । त्यतिबेला ज्वाइँले मसित ‘घटना यस्तो(यस्तो भएको हो भनेर बेलीबिस्तार लगाएको भए पत्याउँथ्यौं होला । दुईवटा परिवार एउटै भएर अन्तिम संस्कार गथ्र्यौं होला । घरमै रोएर बस्थ्यौं होला, यसरी निसाफ माग्दै सडकमा उभिँदैनथियौं होला ।
हाम्फालेको ठाउँमा रगतको थोपा पनि छैन । उसलाई बेरेको कपडामा पनि रगत छैन । हाम्फालेको हो भने त रगतको खोलो बग्नुपर्ने थियो नि ? यसबाट पनि हामीलाई धेरै शंका उब्जेको छ । अहिले उनीहरुको व्यवहार देखेपछि त हामी १०० प्रतिशत नै विश्वस्त भइसकेका छौं कि यो हत्या नै हो ।
प्रहरीले किटानी जाहेरी लिन मानेन । तर, जाहेरीमा हामीले सबै कुरा लेखेका छौं, ज्वाइँको व्यवहारको विषयमा । हामी चाहन्छौं, घटनाको सत्यतथ्य के हो, त्यो बाहिर आओस् । हामीले सोधेका प्रश्नहरुको जवाफ दिइयोस् ।
फोटोः अनलाईन खबर डट कम
पहिलो पटक यौन सम्पर्क राख्दा नै गर्भ रहन सक्छ ।
- पुरुषले वीर्य योनीमा नझारी यौन सम्पर्क राखे पनि गर्भ रहन सक्छ तर परिवार नियोजनका साधनको प्रयोग गरेमा गर्भ रहन सक्दैन ।
- आफूसंग यौन सम्पर्क राख्ने पुरुषलाई यौन प्रसारित संक्रमण भएको छ भने महिलालाई पनि यौन प्रसारित संक्रमणहरु वा एचआइभीको संक्रमण हुन्छ तर कन्डमको प्रयोग गरिएको छ भने संक्रमण सर्दैन ।
- यौन प्रसारित संक्रमणहरु महिलाले पुरुषमा सार्नेभन्दा पुरुषले महिलामा सार्ने क्रम वढी हुन्छ किनकी यौन सम्पर्क राख्दा युवतीको योनीस्राब पुरुषमा जाँदैन तर पुरुषको वीर्य महिलाको योनीमा जान्छ ।
महिलाको योनीमा घाउ भएमा त झन् चाँडै नै यौनरोगका किटाणु रगतमा पुग्छन् ।
यौन प्रसारित संक्रमणहरु र एच.आई.भी. बाट बच्नका लागि संधै कन्डम प्रयोग गर्नुपर्छ तर गर्भवती हुनबाट वा यौन प्रसारित संक्रमणहरुबाट बच्ने सबैभन्दा सचिलो उपाय भनेको यौन सम्पर्क कायम नगर्नु नै हो ।
स्रोतः महिलाका लागि डाक्टर नभएमा (तेस्रो संस्करण)
www.newsabhiyan.com

एजेन्सी ।
भारत सरकारले देशमा कुन उमेरका बयस्कहरुले यौन सम्बन्ध राख्न पाउने र कुन उमेर सम्म नपाइने भन्ने विषयमा नियम बदल्ने भएको छ । एक सरकारी प्यानलले युवा युवतीलाई यौन सम्बन्ध राख्नका लागि कम्तिमा १८ वर्ष हुनु पर्ने नियम बदलेर १६ वर्षको उमेरमा नै राख्न पाउने सिफारिस गरेपछि यो नियम बदलिन लागेको हो ।
भारतमा अहिले १८ वर्ष नपुगेका युवा युवतीले यौन सम्बन्ध राख्नु गैरकानूनी मानिन्छ ।
भारतमा कायम प्रोटेक्शन अफ चिल्ड्रेन अगेन्स्ट सेक्सुअल अफेन्स (पोक्सो) र क्रिमिनल ल अमेन्डमेन्ट ऐक्ट (ऐन्टी रेप ल) दुवैमा कम्तिमा १८ वर्षका युवा युवतीले आपसी सहमतिमा यौन सम्बन्ध राख्न सक्ने उल्लेख छ ।
सरकारी समितिले महिला तथा वाल विकाश मन्त्रालयलाई दिएको रिपोर्टमा अव युवा युवतीलाई १६ वर्षमा यौन सम्बन्ध राख्न स्वीकृती दिनु पर्ने उल्लेख छ ।
भिडियो हेर्न तल किल्क गर्नु होस् :

काठमाडौं । नेपाली समाज सेक्सबारे प्राय: खुल्दैन् । चाहे सर्वसाधरण हुन्, चाहे सेलेब्रेटी नै किन नहुन् । तर, स्टेजमा निकै भल्गर रुपमा प्रस्तुत हुने लोकगायिका ज्योती मगर भने एक अन्तर्वार्तामा सेक्सबारे खुलेर गफिएकी छिन् ।
अविवाहित रहेको ज्योतीले आफूले धेरै पटक सेक्स गरिसकेको खुलासा गरेकी छिन् । उक्त अन्तरवार्तामा उनले सेक्सलाई निकै सामान्यकरण गर्न खोजेकी छिन् । भन्छिन्, ‘नेपाली समाजमा सेक्स भन्न गाह्रो तर, गर्न एकदम सजिलो छ ।’ उनले आफूले सेक्स गरेको छैन भन्दा मानिसहरुले होइनकी भनेर शंका गर्न सक्छन् भन्दै कन्ट्रोभर्सी जवाफ दिएकी छिन् । उनले विहे भने अझै एक दुई वर्ष नगर्ने बताएकी छिन् ।
उनले आफ्नो गीतको रेट ३० देखि ४० हजार भएको पनि बताएकी छिन् । उनले गीतमा घुमाई फिराई सेक्सलाई नै जोड्ने र सेक्सलाई फरक तरिकाले प्रस्तुत गर्ने उल्लेख गरेकी छिन् । भनेकी छिन्, ‘जे बिक्छ त्यही दिने हो ।’ आफू फ्रिडम हिँड्न चाहने र यस्तो चाहना नेपाली समाजलाई नपचेको पनि उनले बताएकी छिन् ।
dainiknepal.com
dainiknepal.com
काठमाडौं : आइतबार साँझ काठमाडौंको कीर्तिपुरलाई केन्द्रबिन्दु बनाएर परकम्प गएको छ ।
साँझ ६ बजेर ३५ मिनेटमा कीर्तिपुर केन्द्रबिन्दु भएको ३.३ म्याग्निच्यूडको परकम्प महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । वैशाख १२ मा शक्तिशाली भूकम्प गएयता लगातार परकम्प महसुस भइरहेको छ । बैशाख १२ को शक्तिशाली भूकम्पपछि हालसम्म ३६४ वटा परकम्प महसुस भइसकेको छ । यसअघि आइतबार दिउँसो २ बजेर २८ मिनेटमा दोलखालाई केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्यूडको परकम्प महसुस भएको थियो । annapurnapost.com

काठमाण्डु, २७ असार– १२ बर्षअघि भएको रानीबारी हत्या घटनाको अभियोग लागेका मनराज गुरुङ र प्रमेश चौहानका परिवारले प्रहरीले झुटो विवरण पेश गरी फसाउन खोजेको आरोप लगाएका छन् ।
आईतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आरोपित मनराज गुरुङकी श्रीमति ललिता अधिकारी र प्रमेश चौहानकी श्रीमती कुमारी चौहानले घटना भएको समय र अदालतमा पेश गरिएको कागजात असत्य र झुटो भएको दाबी गरे ।
उनीहरुले अदालतमा बिचाराधिन मुद्दालाई गृह मन्त्रालयले सफल अनुसन्धान गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरीलाई सम्मान गर्नु अदालतमा बिचाराधिन मुद्धालाई नियतबस प्रभावित गर्न खोजेको दाबी गरे ।
मनराजकी श्रीमति ललितले प्रहरीले अनुसन्धानको क्रममा हत्यारा भनिएका मनराज र प्रमेशलाई रानीबारी हत्याकाण्डको प्रमाण नखोजी राजधानीका कन्ट्रयाक किलर भएको पुष्टि गर्न खोज्ने तर हत्याको योजनाकार र आदेश दिने अभियुक्त पहिचान भइसकेको भनेपनि १२ बर्षसम्म गिरफ्तार गर्न नसक्नुले गंभिर आशंका उत्पन्न गरेको बताईन ।
उनले रानीबारी हत्याकाण्डका मुख्य अभियुक्त भनिएका इश्वर गुरुङ र प्रकाश लामालाई पक्राउ नगरेको, अभियुक्त भनि प्रहरीले पहिले नैं प्रकाशित गरेको स्केचसँग प्रमेश र मनराजको अनुहार नमिलेको, ब्लड ग्रुप नमिलेको भनी सीआईबीको सबैजसो दाबी असत्य भएको वताईन् ।
अधिकारीले सिआईबीलाई बयान दिने क्रममा साक्षी भनिएका काठमाण्डु २६ सिआईबी ४९ र ५० (प्रहरीले सुराकी गर्न खटाएका सुराकीहरुको सांकेतिक नाम) ले अनुसन्धानको क्रममा प्रहरी समक्ष उक्त घटना मनराज र प्रमेशले घटाएको भनेर कागज गरेको भनिएतापनि अदालत समक्ष बयान दिँदा प्रहरीले आफुहरुलाई जबरजस्ति लेखीएको व्याहोरा पढ्न नदिई सहिछाप गराएको भनेको बाट प्रहरीको अनुसन्धान शंकास्पद र बिबरणहरु झुटो भएको पुष्टि भएको बताईन ।
उनले ५० ले प्रमेशलाई सोहखुट्टेस्थित एक रेष्टुरेन्टमा २०६८ मा भेटेको र उक्त रानीवारी हत्याकाण्डको बारेमा जानकारी पाएको भनेर बयान दिएपनि उक्त समयमा प्रमेश कारागार मै रहेको र २०६९ साल असोजमा थुनामुक्त भएको तथ्य जिल्ला कारागार दोलखाको रेकर्डबाट पुष्टी हुने ललिताले बताइन् ।
प्रहरीले गुरुङ र चौहानले अकुत सम्पति कमाएको भनी पेश गरेका सम्पति बिबरणका कतिपय कागजात झुटो र फर्जी भएको उनले दाबि गरिन् ।
उनले दुबै अभियुक्तको फ्रिङ्गर प्रिन्ट, ब्लड गु्रप प्रहरीले दाबी गरेबमोजिम नमिलेपछि तत्काल नमुन संकलन गरी परिक्षण गर्न माग गर्दा अस्विकार गरेकोले प्रहरी अनुसन्धान झनै शंकास्पद बनेको दाबी गरिन् ।
उनले पक्राउ परेपछि दुबैजनालाई हत्याको जिम्मेवारी लिन जबर्जस्ती गरेको र नमान्दा प्रहरीले मुखमा मुखुण्डोल लगाएर जंगलमा लगी दिनेश अधिकारी चरीलाई झैं गोली ठोक्ने चेतावनी दिने गरेको गम्भिर आरोप लगाईन् । उनले सो घटनाको जिम्मेवारी लिन भन्दै लामो समयसम्म यातना दिएको आरोप लगाइन् ।

पृथ्वी ‘मिनी आइस एज’ तिर लम्कदै गरेको हुनसक्ने भन्दै अनुसन्धानकर्ताहरुले सावधान गराएका छन्।
एक नयाँ अनुसन्धान अनुसार सन् २०२० देखि सन् २०३० को बिचतिर सौर्य चक्रले एक अर्कालाई रद्ध गर्नेछ। यस्तो घटनालाई ‘माउन्डर मिनिमम’ भनिन्छ। यसले पृथ्वीमा अर्को हिम युग ल्याउने खतरा रहेको अनुसन्धानकर्ता बताउँछन्। यस्तो हिम युग सन् १६४६ देखि १७१५ सम्म पृथ्वीमा घटिसकेको छ, जुन बेला ठुला ठुला नदीहरु पनि जमेर बरफ भएका थिए। ल्यान्डुडनोमा भएको नेशनल एस्ट्रोनोमी मिटिङमा प्रोफेसर भ्यालेनटिना जारकोभाले यसबारेको अध्ययनको खुलासा गरेका थिए।
सौर्य चक्र
सुर्यबाट निस्कने शक्ति सधै एकनास हुदैन। कहिले घटी तथा कहिले बढी हुने गर्छ। कुनै बेला सुर्यको सतह शान्त हुन्छ। सौर्य ज्वाला निकै कम हुने गर्छ भने कहिले सुर्यको सतहमा सनस्पटहरु ज्यादा देखिन्छन् अनि सौर्य बतास अत्याधिक बढ्छ। यस्तो प्रक्रिया ११ वर्षमा दोहोरिरहन्छ, कहिले शान्त त कहिले अशान्त। सुर्यको यस्तो गतिविधि जुन दोहोरिरहन्छ यसलाई नै सौर्य चक्र भनिन्छ। सौर्य चक्रकै कारण सुर्यको वातावरणमा फेरबदल आउँछ साथै पृथ्वीको मौषममा यसले प्रत्यक्ष सम्बन्छ राख्छ।
शान्त सुर्यः सन् २०११ मा खिचिएको यो तस्बिरमा सुर्यको सफा तस्बिर छ, अनुसन्धानकर्ता भन्छन् करिब १५ वर्षपछि यस्तो स्थिति साच्चैको आउन सक्छ।
नयाँ रिसर्च अनुसार ११ वर्षमा दोहोरिरहने यो सौर्य चक्र नियमित नभएको बताइन्छ।
सुर्यको नमुना तयार पारि गरिएको अध्ययनले सहि नतिजा दिएको जनाइएको छ। ११ वर्षको सौर्य चक्र सम्बन्धि नौला तथ्यहरु बाहिर आएको छ। यो अध्ययन अनुसार सन् २०३० पछि सुर्यको गतिविधिमा ६० प्रतिशतले कमी आउनेछ जसले सन् १९४५ को जस्तो पृथ्वीको मौसम र वातावरणमा नै परिवर्तन गरिदिनेछ।
यो तस्बिरमा सन १९९१ अगस्ट देखि सन् २००१ सेप्टम्बरसम्म ‘योकह सफ्ट एक्सरे टेलिस्कोप’ले खिचेको सुर्यको गतिविधि देख्न सकिन्छ। सुर्यमा उठेका ज्वाला अनि सनस्टप यो तस्बिरमा देखिन्छ।
थप जानकारी को लागि यो पढ्नुहोस।
सनस्पट
सुर्यको सतहमा देखिने कालो धब्बा नै सनस्पट हुन। यी धब्बाहरु परिवर्तन भइरहन्छन्। साथै कहिले थौरै धब्बा अनि कहिले धेरै धब्बा देखिन्छन्। यी धब्बाहरुले सुर्यको चुम्बकिय क्षेत्रसंग प्रत्यक्ष सम्बन्ध राख्ने गर्दछन्। सनस्पट भएको क्षेत्रमा अन्तत्र भन्दा कम तापक्रम हुने गर्छ। सामान्यतया एउटा सनस्पट देखिएको ठाँउमा अर्को सनस्पटपनि संगै हुन्छ तर दुवैको चुम्बकिय ध्रुव भने विपरित हुन्छ।सन् १६७७ मा अब्राहम होन्डिउसले कोरेको चित्र। यसमा त्यो बेला हिम युगको कारण जम्न पुगेको थेम्स नदि देखाइएको छ।
‘माउन्डर मिनिमम’
सौर्य सतहमा सौर्य बतास र सनस्पटमा कमी आउनाले हुने घटना हो यो। पहिलो पटक सन् १६४५ बाट १७१५ सम्म यस्तो घटना घटेको थाह भएको थियो, जुन बखत खगोलविद्हरुले सुर्यमा निकै कम सनस्पट देखेका थिए। सौर्य गतिविधिले मानिसमा कस्तो असर पार्छ भन्ने विषय अझै पनि खोजकै बिषय छ।nepaliheadlines.com

काठमाडौं, २७ असार । शान्ति स्थापना हुनुपर्ने माग राख्दै दक्षिणी सुडानका महिलाले ‘सेक्स हड्ताल’ गरेका छन् ।
देशमा चलिरहेको हिंसात्मक गतिविधी साम्य पार्न माग राख्दै शान्तिको पक्षमा कार्यरत महिला कार्यकर्ताहरुले जब सम्म देशमा शान्ति हुँदैन तब सम्म आफ्ना पतिसँग शारीरिक सम्बन्ध नराख्ने बताएका हुन् । उनीहरुले सबै महिलाहरुलाई सेक्स हड्तालमा उत्रिल आव्हान समेत गरेका छन् ।
अन्तर्राष्ट्रिय संचारमाध्यममा आएका समाचारमा उनीहरुले भने छन्, ‘जबसम्म देशमा शान्ति कायम हुँदैन, तबसम्म महिलाहरुले आफना पतिसँग शारीरिक सम्बन्ध अस्वीकार गर्नुस् ।’ देशभरका सबै महिलाहरुलाई सेक्स हड्ताल आन्दोलनमा सहभागी हुन अपील गरेका महिला कार्यकर्ताहरुले यस आन्दोलनले मुलुकमा शान्ति स्थापना हुने विश्वास लिएका छन् ।
महिलाले अपनाएको सेक्स हड्तालको घट्ना यो पहिलो होइन । सन २००३ मा लाइबेरियामा महिलाले अपनाएको सेक्स अवज्ञा आन्दोलनको दवावले १४ वर्र्ष देखि जारी गृहयुद्ध समाप्त गर्न सहयोग पुर्याएको थियो । लाइबेरियामा सेक्स हडतालको नेतृत्व गर्ने लेयमाह गबोवीलाई सन २०११ को नोवेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।
सुडान ट्रिब्यूनका अनुसार दक्षिण सुडानको राजधानी जुवामा बसेको महिला कार्यकर्ताहरुको बैठकले सेक्स हड्ताल आन्दोलनको घोषणा गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

जनकपुरधाम : बेवारिसे अवस्थामा फालिएकी नवजात छोरीले १५ दिनपछि आमाको काख पाएकी छिन् ।
जनकपुर उपमहानगरपालिका–१ रेल्वे स्टेशननजिकै झाडीमा फालिएको अवस्थामा स्थानियवासीले उद्धार गरेकी नवजात शिशुलाई जनकपुरकै एक दम्पत्तिले धर्मपुत्रीको रुपमा अपनाएपछि छोरीले आमाबुवाको साथ पाएकी हुन् ।
छोरी अपनाउन गाह्रो मान्ने मधेसी समुदायमा उदाहरण बन्दै ३५ वर्षीय रामकुमार साह र ३१ वर्षीया निर्मला साहले नवजातलाई ‘गोद’ लिएका हुन् ।
विहे भएको १७ वर्ष भईसक्दा पनि निसन्तान साह दम्पत्तिले सन्तान पाउन धेरै उपचार गराउँदा पनि सफल भएका थिएनन् ।
टेस्टट्युब बेबी लिन प्रयास गर्दा त्यो पनि गर्भमा रहन सकेको थिए । त्यसपछि सन्तान पाउने आशा मेटिएका बेला अनायास बच्ची फालिएको खबर पाएपछि छोरीको रुपमा अपनाएको निर्मलाले बताइन् ।
सबै सुख सुविधा भएर पनि जीवन खुशी नभएको बेला एक्कासी छोरी घरमा आएपछि खुशियाली आएको रामकुमारले सुनाए । ‘जसले फाल्यो उसको लागि दुर्भाग्य होला’, उनले भने, ‘तर, हाम्रो लागि यो बच्चीलाई पाउनु ठूलो सौभाग्य हो ।’
छोराछोरी जेसुकै भएपनि आफूहरुलाई सन्तानको आश रहेकोले नवजात शिशु भेटिएको थाहा पाउनेबित्तिकै उसलाई अपनाउने प्रक्रियामा लागेको रामकुमारले बताए ।
भेटिँदा डेढ किलोमात्र तौल रहेकी शिशुलाई स्यहार सुसार गर्दै दुई किलो बनाएको उनले बताउ । अब यीनै छोरी आफुहरुको जीवन भएकाले स्यहारसुसारमा कमी हुन नदिने निर्मलाले खुशी हुँदै सुनाइन् ।
शिशुलाई १४ दिनसम्म जनकपुर अञ्चल अस्पतालमा राखिएको थियो । छोरी भेटेर आफूहरुको सपना पुरा भएकोले उसको नाम पनि सपना राखेको निर्मलाले बताइन् । पछिल्लो समयमा जनकपुरमा नवजात शिशु फाल्ने क्रम बढ्दै गएको छ ।
फालिएका शिशुमा छोरा भेटिए धर्मपुत्र राख्न निवेदन दिनेहरु थुप्रै आउने गरेका छन् । तर छोरी भेटिएमा त्यसलाई अपनाउने इच्छा थोरैलेमात्र गर्ने गरेको जिल्ला बाल कल्याण समितिका बाल अधिकृत सञ्जीव महतोले बताए । www.annapurnapost.com

चर्चित कलिङ र शेयरिङ साइट भाइबरले नयाँ सुविधा थपेको छ । पछिल्लो समयमा नयाँ नयाँ सुविधासहित आफूलाई प्रस्तुत गरिरहेको भाइबरले नयाँ क्रोमबुक्स भर्सनमा एचडी कलिङ सुविधा दिएको हो ।
गुगलको क्रोमबाट डेस्कटप भाइबर चलाउने संख्या बढेपछि नयाँ क्रोमबुक्स भर्सन ल्याएको भाइबरले जनाएको छ ।
नयाँ फिचरबाट हाइडेफिनिसन भिडियो कल, भ्वाइस कल तथा भाइबारबाट मोबाइल तथा ल्यान्डलाइनमा फोन गर्न सकिन्छ ।
भाइबरको क्रोमबुक्स भर्सनमा फोटो तथा म्यासेजका सुविधा कायमै छन् भने थोरै पैसामा राष्ट्रिय र अन्तराष्ट्रय कल गर्ने सुविधा पनि छ ।
क्रोमबक्स भाइबर चलाउन के गर्ने ?
नयाँ क्रोमबक्स भाइबर चलाउनका लागि क्रोम वेब स्टोरमा गएर ‘एभाइलेबल अन क्रोम’ क्लिक गर्नुस् । त्यो एप डाउनलोड गरेपछि त्यहाँ दिइएका निर्देशन अनुसार अघि बढ्नुस् ।
क्रोमबक्स भाइबर इन्स्टल गर्नका लागि मोबाइलमा भाइबर सक्रिय रहेको हुनु पर्छ भने फोन नम्बर पनि चाहिन्छ । यो एपबाट एचडी भडियो तथा फोन कल गर्ने सुविधा छ ।
यस अघि भाइबरले नेपालका भूकम्प पीडितका लागि निशुल्क कलिङ सुविधा दिएको थियो ।