काठमाडौं– इन्धनको चरम अभाव भएसँगै सर्वसाधारणको सुविधालाई मध्यनजर गर्दै नेपाली सेनाले राजधानीमा निःशुल्क बस सञ्चालनमा ल्याएको छ ।
सेनाले बिहान र दिउँसो गरि दुई समयमा उपत्यकामा ४ ओटा बस सञ्चालनमा ल्याएको हो । सेनाका अनुसार उपत्यकाका विभिन्न ८ रुटमा बिहान १० बजे र दिउँसो ३ बजे सो बस चल्नेछ ।
यसअघि नेपाल प्रहरीले पनि असोज २४ देखि नै उपत्यकामा निःशुल्क बस सेवा सञ्चालमा ल्याएको छ । प्रहरीले बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म बस सेवा दिइरहेको छ ।
यस्तो छ सेनाको बस चल्न रुट
सेनाको बस चल्ने पहिलो रुटमा बानेश्वर– कोटेश्वरबाट रिङरोड हुँदै बल्खु , कालिमाटी, त्रिपुरेश्वर , रत्नपार्क रहेको छ । यस्तै दोस्रो रुटमा भद्रकालीबाट जमल, लैनचौर, नारायणगोपाल चोक, रिङरोड , बालाजु, सोह्रखुट्टे, कान्तिपथ र माइतीघर रहेको छ ।
तेस्रो रुट भने माइतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, स्वयम्भू, छाउनी, ताहाचल हुँदै टेकु थापाथली रहेको छ ।
चौथो रुटमा माइतीघर , नयाँ बानेश्वर, तीनकुने, रिङरोड , लाजिम्पाट, कान्तिपथ , भद्रकाली रहेको छ ।
www.ratopati.com

काठमाडौं: उपराष्ट्रपति पदमा आज उम्मेदवारी दर्ता र भोलि मतदानको कार्यक्रम छ ।
नेपाली कांग्रेसका तर्फबाट अमियकुमार यादवले उम्मेदवारी दर्ता गरेका छन् ।एमाओवादीसहित सत्तारुढ गठबन्धनको तर्फबाट एमाओवादीका नन्दकिशोर पुन पासाङले उम्मेदवारी दर्ता गर्दैछन् । यसैगरी स्वतन्त्र सांसद अतहर कमाल मुसलमानले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
उपराष्ट्रपति पदको निर्वाचन पनि राष्ट्रपतिसँगै कात्तिक ११ गते तोकिए पनि पहिले राष्ट्रपति निर्वाचनको परिणाम हेर्नुपर्ने भएकोले शनिबारका लागि सारिएको हो। शनिबार बिहान ११ बजेदेखि मतदान सुरु हुने भएको छ। व्यवस्थापिका–संसद् सचिवालयले यसअघि उपराष्ट्रपति पदको निर्वाचन भोलि बुधबारका लागि तोकेको थियो ।
सचिवालयले आज प्रकाशन गरेको निर्वाचन कार्यक्रमअनुसार उपराष्ट्रपति पदमा राजनीतिक सहमति कायम नभएमा १३ गते १० देखि १ बजेसम्म उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने, १:३० बजे उम्मेदवारको नामावली प्रकाशित गर्ने, २ बजे उम्मेदवारको नामावलीउपर दाबी विरोध गर्ने, २:३० बजेसम्म उम्मेदवारी फिर्ता लिनका लागि समय निर्धारण गरिएको छ ।
त्यसैगरी उपराष्ट्रपति पदको उम्मेदवारको अन्तिम नामावली सोही दिन ३ बजे प्रकाशन गर्ने, १४ गते शनिबार बिहान ११ देखि २ बजेसम्म गोप्य मतदान हुने, २:३० बजे मतगणना, ४:४५ बजे निर्वाचनको परिणाम सभामुखसमक्ष पेस गर्ने र अपराह्न ५ बजे निर्वाचन परिणाम व्यवस्थापिका–संसद्मा घोषणा गर्ने निर्वाचन तालिकामा उल्लेख छ ।
www.annapurnapost.com

शुक्रबार, १३ कार्तिक
बैशाख १२ गतेको विनासकारी भूकम्पले देश आहत भइरहेको थियो । विभिन्न रानीतिक पार्टीहरु, विद्यार्थी संघसंगठनहरु र सरकारी निकायहरु उद्दार, राहत र पुनःनिर्माणमा जुटिरहेका थिए । ७.८ रेक्टर स्केलको यो विनासकारी भूकम्पले दशौं हजार नागरिकको ज्यान लिएको थियो ।
विनाशकारी भूकम्पकै कारण सयौं वेपत्ता तथा लाखौं मानिसहरु विस्थापित हुन पुगे । करोडौं मूल्यका भौतिक संरचनाहरुको क्षति हुन पुग्यो । भूकम्पका कारण हाम्रो देश शोककुल रहेको बेला हाम्रा छिमेकी देश चीन र भारतले नेपालको लिपुलेक भञ्याङ्गलाई दुई देश (चीन र भारत)बीचको पारस्परिक व्यापारिक नाका बनाउने सम्झौता गरे ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तीनदिने चीन भ्रमणका बेला ०७२ जेठ १ गते भारत र चीनका प्रधानमन्त्रीले विभिन्न ४१ बुँदे सहमति गरेका थिए । उक्त सहमतिको बुँदा नं. २८ मा नेपालको दार्चुला जिल्लाको ब्यास गाविस वडा नं. १ स्थित लिपुलेकंलाई दुई देशबीचको पारस्परिक व्यापारिक नाका बनाउने सहमति गरेका थिए । हाम्रो भूमीमाथि अरु देशले गरेको त्यो सहमतिले हाम्रो देशको राष्ट्रिय स्वाधीनता, सार्र्वभौमिकता र अखण्डताप्रति ठाडो हस्तक्षेप थियो । यो नेपाल र नेपालीलाई ठूलो चुनौती बन्न पुग्यो । यो सहमति गर्दा नेपाल सरकारलाई समेत कुनै जानकारी गराइएको थिएन ।
भूकम्प र त्यसपछिका पराकम्पहरुले देश थिलोथिलो भएको बेला अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक असार १४ गते र पदाधिकारी बैठक १९ गते सम्पन्न भयो । उक्त बैठकले लिपुलेक सम्झौता खारेजीका लागि दवाबपूर्ण अभियान सञ्चालन गर्ने निर्णय गर्योे । भारत(चीनलाई खवरदारी गर्र्नेे, जनतालाई सचेत र जागृत तुल्याउने तथा लिपुलेक सम्झौतालाई अन्तर्राष्ट्रियकरण गर्ने र नेपाल सरकारलाई कुटनीतिक पहलमार्फत् समस्याको समाधान गर्न दवाब सिर्जना गर्ने हाम्रो संगठनको उद्देश्य थियो ।
संगठनको निर्णय कार्यान्वयनका लागि काठमाडांैबाट दार्चुला हुँदै लिपुलेकसम्म पुगेर नेपालको राष्ट्रिय झण्डा फहराउने सपना मनभित्र गडिसकेको थियो । तर यो निर्णय कार्यान्वयन सामान्य कुरा थिएन । यो ऐतिहासिक र साहसिक यात्रा जोखिम र कठिनाइको अर्को पर्याय थियो । कार्यक्रम बनाउने क्रममा दार्चुलाका साथीहरुसँग सुझाव मागियो । साथीहरुले मौसम र भौगोलिक कारण सदरमुकामभन्दा अघि बढ्न नसकिने जानकारी गराउनु भयो । उपयुक्त समय नभए पनि सम्झौता भएको लामो समय बितिसकेकोले कार्यक्रम गर्न ढिला गर्नु हुने थिएन ।
०७२ साउन २२ गते काठमाडौमा विदाई तथा अन्तक्र्रिया गर्ने र २६ गते दार्चुलाको खलंगा पुगेर खवरदारी सभा गर्ने योजना तय गरियो ।
प्रचारात्मक हिसावले पर्चा, पोस्टर र वालपेन्टिङहरु गरियो । हाम्रो प्रचारले भारतीय शासकहरुमा खैलाबैला शुरु भइसकेको रहेछ । छोटै अवधिमा देश–विदेशमा हाम्रो अभियानले चर्चा पायो ।
साउन २२ देखि २६ गतेसम्म जागरण र खबरदारी कार्यक्रमहरु निर्धारित थिए । २२ गते काठमाडौंको प्रज्ञा भवनमा नेकपा– माओवादीका अध्यक्ष कमरेड मोहन वैद्य (किरण)को प्रमुख आतिथ्यमा भव्य अन्तक्र्रिया तथा विदाई कार्यक्रम सम्पन्न भयो । २३ गते सामना परिवारको सांस्कृतिक टोली र पत्रकारहरुसहित ६१ जनाको अभियान टोली काठमाडौंबाट लिपुलेकका लागि प्रस्थान ग¥यो । २३ गते मध्यान्ह १२ बजे चितवनको नारायणगढ, सोही दिन साँझ ४ बजे बुटवल, २४ गते बिहान दाङको लमही र बाँकेको कोहलपुर तथा २५ गते बिहान धनगढी र सोही दिन साँझ डँडेलधुरामा जागरण अभियानअन्तर्गत नाराजुलुश र सांस्कृतिक प्रस्तुतिसहित कोणसभाहरु सम्पन्न गरियो । जहाँ–जहाँ कार्यक्रम गरियो त्यही जनताको उत्साहपूर्ण उपस्थितिमा जिल्ला पार्टीहरुले अबीर–मालासहित अभियान टोलीलाई भव्य स्वागत गरे । हाम्रो टोली धनगढीबाट प्रस्थान गर्ने बेलासम्म अभियान टोलीमा १ सय १७ को सङ्ख्या पुगिसकेको थियो ।
२६ गते हाम्रो टोली दार्चुला सदरमुकाम खलङ्गा पुग्यो । दार्चुला सदरमुकाम खलंगाको टुडिखेलमा हजारौं जनसहभागितामा मार्चपाससहित सभा शुरु भयो । टुडिखेल मैदानमा चारैतिर नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो । लिपुलेक हाम्रो हो ! अखिल (क्रन्तिकारी) जिन्दावाद !! भन्ने नारा लेखिएका सेतो टोपी लगाएका सयौं युवा विद्यार्थीहरु आमसभामा सहभागी थिए । सामना परिवारका कलाकारहरुको देशभक्तिपूर्ण गीत र संगीतले कार्यक्रमा सहभागीहरुलाई उद्वेलित मात्र तुल्याएन राष्ट्रियताप्रति गम्भीर र भावुक बनाएको देखिन्थ्यो । कार्यक्रम शुरु भएपछि मात्र थाहा भयो कि भारतसँग जोडिएको महाकाली नदीको सीमा पुलबाट हाम्रो कार्यक्रममा सहभागी हुन आएका बैतडी जिल्लाको कृषि क्याम्पसका विद्यार्थीहरु सन्दीप गौतम, मोहन आचार्य, खगेन्द्र कँडेल, शिव गौतम, किरण पौडेल, सुशील बस्नेत, दिनेश जमकट्टेल, पुजन खनाल, अंकित तिवारी र सुदर्शन पौडेलसहित १० जना विद्यार्थी साथीहरुलाई भारतीय सीमा सुरक्षा बलले गिरफ्तार गरेको रहेछ ।
लिपुलेक सम्झौताका विरुद्ध काठमाडौं प्रचार(प्रसार हुन थालेपछि एसएसवीले सीमा क्षेत्रमा नेपालीहरुमाथि निगरानी र धरपकड गर्न थालिसकेको रहेछ । खासगरी अखिल (क्रान्तिकारी)को टोली दार्चुला जाने निर्णय सार्वजनिक भएपछि उनीहरुको ज्यादती शुरु भएको रहेछ । नेपालको दार्चुलाको पारितिर भारतको धार्चुलामा नेपालीहरुको आवतजावतमा कडा निगरानी गरिएको रहेछ । साथै गुन्जी, कालापानी र धार्चुलामा काम गर्न जाने नेपाली मजदुरलाई सताउने र दुःख दिन शुरु गरिएको रहेछ । महाकाली नदीका सम्पूर्ण तुइनहरु काटिएका रहेछन् । भारतबाट नेपालतर्फ जोडिएका विद्युत लाइनहरु काटिएको रहेछ । व्यापारीहरुलाई सताउने र सरसामान ओसारपसारमा समेत प्रतिबन्ध जस्तै लगाइएको रहेछ । त्यति मात्र होइन, २६ गते नै भारततर्फका जनतालाई उचालेर हाम्रा विरुद्ध नारा–जुलुश गरिएको रहेछ ।
सीमापुल बाट गिरफ्तार गरिएका विद्यार्थी साथीहरुलाई लगातर ६ घण्टासम्म कुटपिट गर्दै यातना दिएछन् । भारतीय सीमा सुरक्षा बलका अधिकृतहरुले, ‘साला ! कालापानी तुम्हारा नहि हे, हमारा हे, लिपुलेक भारतका हे’ भन्दै करेन्ट लगाउने र यातनाका सबै रुप प्रयोग गर्दै पिटेछन् । हाम्रो चर्को विरोध, जिल्ला प्रशासन र पत्रकारहरुको पहलमा राति ९ बजे मात्र समातिएका विद्याथीहरुलाई पत्रकारहरुको जिम्मामा छोडियो । भारतीय शाषक वर्गले सकेजति सबै हर्कतहरु प्रयोग गरेर हामीलाई आतंकित बनाउने दुष्प्रयास गरे ।
भारतीय पक्षले भारततर्फको बाटो प्रयोग गर्न नदिने निश्चित भएपछि हाम्रो अभियान टोली के गर्ने भन्ने अलमलमा प¥यो । राति ११ बजे मात्र जिल्ला पार्टीसँग छलफल गर्न समय मिल्यो । पार्टीका जिल्ला नेताहरु लक्ष्मीदत्त जोशी र करणसिंह कार्कीले अघि बढ्न कठिन छ भन्ने सुझाव दिनुभयो । लिपुलेकसम्म पुग्नका लागि भारतीय बाटो प्रयोग गर्नेबारे भारतीय पक्षसँग कुराकानी गर्दा उनीहरुले अनुमति दिएका रहेनछन् । भारतीय बाटो प्रयोग गरेर जाँदा तीन–चार दिनमा पुग्न सकिने पुग्न सकिने रहेछ । तर उनीहरुले अनुमति दिनु त कहाँ हो कहाँ, हामीलाई रोक्नका लागि ज्यादती गरिरहेका थिए । नेपालको जिल्ला प्रशासन र प्रहरीले पनि लिपुलेक पुग्न नेपालको बाटोबाट सम्भव छैन, भारतले अनुमति दिंदैन भनेका रहेछन् । यस्तो अवस्थामा हामीले एउटा साहसिक निर्णय गर्न जरुरी देखियो । नेपाली भूमी हुँदै हिंड्ने बाटो राणा र पञ्चायती कालमा बनेको रहेछ । पहिले मानसरोबर जाने सबै भारतीय तीर्थयात्रीहरुले नेपालतर्फको यही बाटो प्रयोग गर्थे रे । भारतले नेपालको भन्दा राम्रो बाटो बनाएपछि नेपाली र भारतीयहरु सबैले भारतर्फको बाटो प्रयोग गर्दारहेछन् ।
मानिसहरु आवतजात गर्न छोडेपछि नेपालतर्फको यो बाटो हराउँदै जान थाल्यो जसले गर्दा अहिले बाटो बनाउँदै हिंड्नु पर्ने, तुइन तर्नु पर्ने, पहिरो छिचोल्नु पर्ने काँडा र सिस्नो घारी पञ्छाउँदै हिंड्नु पर्ने कुरा साथीहरुले बताउनु भयो । जस्तोसुकै खतरा भए पनि हाम्रो माटो प्राणभन्दा प्यारो थियो, त्यसैले यी सबै खतरा र चुनौतिहरु मोलेर अघि बढ्ने सङ्कल्प हामीले ग¥यौं । सम्पूर्ण तयारी पूरा गरेर २७ गते दिउँसो हिंड्ने तय भयो ।
फर्कने टोलीलाई विदाइ गर्ने योजना बन्यो । विहानै कालापानी एफएमले अन्तर्वार्ताका लागि बोलायो । बिहान ८ बजे पत्रकार सम्मेलन तय गरियो । पत्रकार सम्मेलनमा नै लिपुलेक जाने टोलीमा सहभागी साथीहरुको नाम सार्वजनिक गरियो । जसअनुसार रत्न ढकालको नेतृत्वमा संगठनका उपाध्यक्षहरु वीरेन्द्र बस्नेत, खुशीराम चौधरी, सचिवहरु सुशीला चौधरी, कमल न्यौपाने, सचिवालय सदस्यहरु हरि सुवेदी, रविराज दंगाल, केन्द्रीय सदस्यहरु राजन खतिवडा, रञ्जित साह, पत्रकारहरु केशव जोशी, रुपेश बुढाथोकी, राजेन्द्र अवस्थी, मनोज बडु, इन्द्र साउद, रुट गाइड जिल्ला पार्टी नेता करण सिंह कार्की र तीन सहयोगीहरुसहित १८ जनाको टोली निर्धारण गरियो । खाना खाएर फर्कने टोलीलाई विदाइ गरियो ।
जसरी महाकालीको तिरमा अवस्थित दार्चुला सदरमुकाम खलंगा रापिएको थियो त्यसरी नै राष्ट्रियताको भावनाले नेपाली युवाहरुको रगत नसानसामा उम्लिरहेको थियो । युवाहरुको जोशसँगै देशैभरि र स्थानीय जनताले हाम्रो अभियानप्रति जनाएको समर्थनले राष्ट्रिताको भावना साउनको भेलझैं उर्लिरहेको अनुभूति हामीलाई भइरहेको थियो । साउन महिनाको प्रचण्ड गर्मी र भारतीयहरुको हेपाइ र मिचाह प्रवृत्तिका विरुद्ध आक्रोशित जनता सबैको एउटै आवाज थियो– जाउ युवा गएर आफ्नो भूमिमा झण्डा फहराऊ ! निर्धारित कार्यक्रमअनुसार २७ गते दिउँसो २ बजे खलंगाबाट हाम्रो टोली अघि बढ्ने निश्चित भयो । सबैका अनुहार गम्भीर देखिन्थ्यो, अधरमा मन्द मुस्कानसहित हाम्रो यात्राका साक्षी बनेका थिए । शुभचिन्तकहरुले हामीलाई सचेत गराइरहेका थिए र गहन चिन्ता जनाइरहेका थिए । कारण नेपालको इतिहासमा राष्ट्रियताका लागि लड्नेले सुख कम र दुःखका अध्याय थुप्रै सहनु परेका दृष्टान्त हाम्रा सामु थिए ।
शुभेच्छुकहरुले हामीप्रति देखाएको यो चिन्तालाई पनि हामीले हाम्रो अभियानको लागि ऊर्जा ठान्यौं । टन्टलापुर घामको कुनै पर्वाह नगरी अपि नगरपालिकाबाट छापडी, ब्रम्हदेव, धारी गाविस पार गर्दै बाटोमा पर्ने लास्कु, निजाङ र कालागाड खोलाहरु तर्दै राति ८ बजे हुती गाविसको घोडेठा पुग्यौं । हुती गाविस कांग्रेसी नेता दिलेन्द्रप्रसाद बडुको गृहगाविस रहेछ । पहिलो दिन हाम्रो टोली सोही स्थानमा बास बस्यो । मनमा अनेकन प्रश्नले डेरा जमाएका थिए । भोलिको दिनमा कस्ता कठिनाइहरु सामना गर्नुपर्ने हो ? पहिलो दिनको यात्रामै भारतीय एसएसबीका सिभिलमा रहेका दुई जवानले पिछा गरेका थिए । हुती गाविसका शिक्षक संगठनका अध्यक्ष उपेन्द्र कुँवरसँगै हामी बास बस्यौं ।
२८ गते बिहान ६ बजे हाम्रो यात्रा पुनः सुरु भयो । धौलाकोट गाविस हुँदै सुनसेरा गाविसको गल्था पुगेर खाना खाइयो । हाम्रो यात्रा यहींबाटै बढी चुनौतीपूर्ण बन्दै गएको थियो । जुकाहरुको आक्रमण सुरु भइसकेको थियो । प्रायः पहाडी बाटो नहिंडेका र अझ कतिपयले जुका नदेखेका साथीहरु एकैपटक जुके भूमिमा उफ् !
सोही स्थानमा रहेको सम्पाल माध्यामिक विद्यालयका प्र.अ. आएर हाम्रो टोलीलाई सम्मानको तयारी भइरहेको जानकारी गराउनुभयो । करिब आधा घण्टापछि प्र.अ. हरिदत्त भट्टले बोलाउनु भयो । राष्ट्रियताप्रति विद्यालयले देखाएको अभूतपूर्व सहानुभूति शब्दमा वर्णन गर्न गाह«ो छ । विद्यार्थीहरु ‘लिपुलेक हाम्रो हो’ भन्ने नारा लगाउँदै चउरमा लामबद्ध भइरहेका थिए । औपचारिक सम्मान कार्यक्रम शुरु भयो । विद्यार्थी भाइबहिनीहरुले स्वागत गीत गाए । कार्यक्रममा स्थानीय जनताको उल्लेख्य सहभागिता थियो । शिक्षकको तर्फबाट मर्मस्पर्शी स्वागत मन्तव्य राखियो । विद्यार्थीहरुले राष्ट्रियताप्रति ओतप्रोत गजल र कविता सुनाए । ओहो ! सिमानाका विद्यार्थीहरु राष्ट्रियताप्रति कति प्रतिबद्ध थिए ! फूल र अवीरसहित हामीलाई सम्मान र विदाइ गरियो । यो सम्मानले सबै साथीहरुको हौसला बढायो ।
सुनसेरा कटेपछि सिमानाको तुसारपानीमा ठूला दुईवटा खोला रहेछन् । तुइन तरेर गए तेर्सो र छोटो बाटो जान सकिने, पुल तरेर गए घनघोर उकालो चढ्नुपर्ने रहेछ । हाम्रो टोलीले पुल तर्ने र उकालो हिंड्ने निर्णय ग¥यो । तुसारपानीमा एक जना शहिद परिवारका साथीले फूलसहित सम्मान गर्नुभयो । तुसारपानीको गाउँमा साँच्चै तुसारो जस्तै चिसो पानी आउँदो रहेछ । हामी सबैले चिसो पानीले गला भिजायौं । थोरै तेर्सो पार गरेपछि ठूलो पहरो आउँदो रहेछ । त्यहाँ खिया लागेको लागेको एउटा तरबार भेट्यौं । पत्रकार साथी राजेन्द्र अवस्थीले एकछिनसम्म तरबार बोके । हाम्रा पुर्खाहरुले यस्तै तरबार, भाला र ढुंगाको मद्दतमा नेपालको अस्तित्वका लागि लडेका थिए । हामी सबैले हाम्रा ती बीर पुर्खाहरुको स्मरण ग¥यौं । बाटोमा भेटिएको पुरानो तरबार हामीले बोकेर हिंड्दा फेरि अनावश्यक प्रचार हुने समीक्षासहित तरबारलाई एउटा ओडारमा राख्यौं ।
थोरै भिर र पहरो पार गरेपछि ओरालो शुरु भयो । घनाजंगल ओसिलो ठाउँ, जुकाको आक्रमण फेरि शुरु भयो । पुल तरेपछि लगातार तीन घण्टाको उकालो हिंडियो । सबै साथीहरु थकित देखिन्थे । पसिनाको धारा, गह«ौ झोला, भिर र उकालो । अहो ! कति डरलाग्दो । जति उकालो लाग्यो, उति नै ओरालो झरेर एक घण्टा तेर्सो हिंडेपछि मात्र हामी राप्ला गाविसको सगनाडी भन्ने ठाउँमा राति ९ बजे पुग्यौं । खाना खाइसक्दा लगभग ११ बजिसकेको थियो । त्यो रात पसले भाइले हल्का बाबुराम नाम गरेको स्थानीय रक्सी पिएका रहेछन् । त्यो त्यहाको चर्चित रक्सी रहेछ । रक्सी पिएका पसले भाइ र आफूलाई एमाले कार्यकर्ता बताउने दुईजनाले राति २ बजेसम्म हल्ला गरे । तिनीहरुले हाम्रो अभियानको विरोध गर्दै अगाडि बढे स्थानीयबासीले प्रतिकार गर्छन् भन्नेसम्म धम्की दिए । अति भएपछि सुशीला चौधरी उठेर बेस्सरी कराइदिनुभएछ । त्यसपछि मात्र उनीहरुले हल्ला गर्न बन्द गरेछन् । म त थकित थिएँ, केही थाहा पाइन ।
२९ गतेको यात्रा सबैभन्दा कठिन र लामो छ भन्ने जानकारी हामीलाई थियो । त्यसैले त्यस दिन ५ः३० बजे नै हाम्रो टोली हिंड्यो । ८ बजेतिर मल्लुको हुम्लिङमा चिया पियौं । एक घण्टा जति हिंडेर खाना खाएर मात्र यात्रा शुरु गर्ने निधो गरियो । पुम्लिङ पुगेर खाना खाइयो । स्थानीयहरु भन्दै थिए– अब दुई दिनसम्म बस्ती भेटिंदैन । यसले हाम्रो यात्राको असहजता बढ्दै जाने कुरालाई सङ्केत गथ्र्यो । खाना खाएर ११ बजे त्यहाँबाट हिंडियो । अब हामी महाकालीको किनारैकिनार हिंड्नु पर्नेथियो । महाकालीसँग पौठेजोरी खेल्दै हामी अघि बढ्यौं ।
जुम्लिङको कल्जु भन्ने ठाउँमा पञ्चायतकालमा निर्माण गरिएको काठे पुल रहेछ । पुल मक्किसकेको थियो । एक–एक जना गरेर तर्नुपर्ने । तलतिर महाकाली नदी, माथिपट्टी ठूलो छाँगो, चिप्लो र मक्किएको कमजोर पुल– अत्यासलाग्दो । राष्ट्रिय स्वाभिमानको लागि हामी ज्यानकै बाजी लगाएर यात्रा गरिरहेछौं । मनमा एक किसिमको डर पनि थियो कतै आज महाकालीमै समाहित भइने त होइन ? तर पनि हाम्रो दृढ इच्छाशक्तिले हामीलाई अघि बढ्न प्रेरित गरिरह्यो । हाम्रो यात्रा सरल बन्ने त कुनै संकेत नै थिएन, कठिनाइहरु झनै थपिंदै थिए । महाकालीको बगर पार गरिसकेपछि महाकालीको बहावले खिइएर साँघुरिंदै गएको पहरो छिचोल्नु पर्ने चुनौती हामीलाई थियो । हाम्रो मन अत्तालिन थालिसकेको थियो । किनकि अबको यात्रामा हामीले विशाल पहाड र भीरसँग साक्षात्कार गर्नु थियो । मुटुको धड्कन समेत तेज हुन थालेजस्तो लाग्थ्यो ।
त्यसैबेला हामी सँंगै आएका एक सहयोगी हराए । भारी बाटोमा बिसाइएको थियो, मान्छे छैन । अब परेन फसाद ! कसैले महाकालीतिर धकेलिदियो या आफै चिप्लिएर लडे । जे भए पनि यदि उनलाई केही भएको भए हामीलाई थप संकट पर्ने निश्चित थियो । सबैका ओठमुख सुके । महाकालीको उर्लंदो छाल, बाँदर पनि लड्ने भीर । अब के गर्ने ? कतै यतैबाट फर्कनुपर्ने त होइन ? अनेकन प्रश्न उब्जिए । सबैका अनुहारमा एक्कासी बादल लाग्यो । फर्केर जाने कि भन्ने सल्लाह पनि भयो । तनापूर्ण एकघण्टापछि परबाट कोही झर्दै गरेको जस्तो लाग्यो । हेर्दै गर्दा ती हाम्रा सहयोगी प्रेम नै रहेछन् । बल्ल सास आयो । अब सबै ऊमाथि खनिए । उसले सरल उत्तर दियो– घोरल देखेर त्यसकै पछि लागें । सबैलाई हाँसोको विषय बन्यो ।
राप्लाका भीर, पाखा, पहिरो, खोल्सा, गौंडा छिचोल्दै ९ घण्टाको यात्रा तय गरिएछ । अब हामी लिपुलेक रहेको ब्यास गाविस प्रवेश गर्दै थियौं । राप्ला र व्यास गाविसको एउटा सिमानामा ठूलो ढुङ्गे पहरो रहेछ । आवातजावत गर्न समेत कठिन, गोरेटोसम्म छैन । खुट्किलो पनि नभएको उत्तिसको काठ ठड्याएर भ¥याङजस्तो बनाइएको रहेछ । चिप्लो उस्तै । त्यहाँबाट खुस्के सिधै महाकाली नदीमा पुगिने । माथि त जसोतसो जाउँला, माथि पुगेपछि फेरि ढुङ्गाको पहरो मात्र । टेक्ने ठाउँसमेत छैन । अब कसरी अघि बढ्नु एकछिन त अत्यास लाग्यो । यहाँबाट फर्केर फेरि घर पुगिएला भन्ने त आशसम्म बाँकी रहेन । तर यात्रा त तय गर्नु नै थियो । यो बीचमा कतिपटक विचलित भइयो । भनिन्छ, इच्छाशक्ति नै दुनियाँको सबैभन्दा ठूलो शक्ति हो । यहाँसम्म त आइयो अब कसो पार नलगाइएला ? मैले त मनलाई सम्झाएँ तर यसो साथीहरुको अनुहारतिर नियालें– सबैको अनुहारको एउटै आवाज थियो– फर्किऊँ ! हिम्मतका साथ यात्रा अघि बढाउने निधो गरियो ।
लाग्थ्यो हाम्रो इच्छाशक्तिका अगाडि मृत्यु पनि हारिसकेको छ । बाँकी भीर–पहरालाई त जसरी पार लगाउने अठोट थियो । रस्सी (डोरी) कम्मरमा बाँधेर एक–एक गरी पहरो छिचोल्ने हिम्मतका साथ अघि बढ्यौं । तर बाटो कतै थिएन । जता हेरे पनि पहरो मात्र । एकछिनअघि मनमा पलाएका आँट–साहस सबै सेलाए । हात गोडा लल्याकलुलुक भए । मुटुको धड्कन तेज भयो । लाग्यो फर्कियौं । तर फर्केर कसरी जानु ? मैले मेरो देशलाई दिएको वचन पूरा गर्नु थियो । जति आँट र देशभक्तिका कुरा गरे पनि रस्सीका मसिना तारमा ज्यानको बाजी थाप्न कहाँ सजिलो थियो र ? रस्सी चुँडियो भने सिधै महाकालीको छालमा । इन्द्रका बाउ चन्द्र आए पनि बचाउन सक्ने अवस्था थिएन । कसैले आँट गर्न सकेन । ज्यानको माया सबैलाई उत्तिकै थियो । त्यतिखेर महसुस भयो कि संसारमा आफ्नो ज्यान भन्दा ठूलो केही हुन्न ।
आखिर जीवन रहे त हो नि जगत रहने । लाग्यो यही नै हाम्रो यात्राको सबैभन्दा अहम् परीक्षा र चुनौती हो । मात्र दुई कदमले अघि बढ्दा हामी लक्ष्यमा पुग्ने तय थियो । त्यही दुई कदम पछि हट्दा जिन्दगीभर पछुतो । शायद अरुलाई पनि मलाई जस्तै त होला नि ! आखिर मान्छेको डर र खुसी उस्तै प्रकारको त हुन्छ नि ! पहरोको बीचतिर पुगेसँगै मेरो सास नै रोकिएको अनुभूति भयो– यो नै जीवनको अन्तिम पल हो । अप्ठेरो पहरो कट्दै गर्दा देशको भन्दा आफ्नो र आफ्नोभन्दा बढी परिवारको माया लाग्दै जाँदो रहेछ । जब पहरो पार गरियो, लाग्यो हामीले संसार जित्यौं । हामीलाई लक्ष्यमा पुग्नबाट अब कसैले रोक्न सक्दैन । पहरो पार गरिसकेपछि हाम्रो यात्रा सामान्य ढंगले अघि बढ्दै थियो । गिरगिसे भन्ने ठाउँमा पुग्दा साँझ पर्नै लागेको थियो । पारिबाट भारतीय गोरखा रेजिमेन्ट्सका जवानहरुले हाम्रो भिडियो खिचेर हामीलाई तर्साउन खोजिरहेका थिए ।
एउटा चुनौती पार गरेकोमा गर्वले आँखा भरिएर आयो । क्रमशः सबै साथीहरुले डोरीको सहायतामा पहरो पार गरे । सबैको अनुहारमा विजयपूर्ण कान्ति छायो । जीतको उद्घोषसहित गोधुली साँझसँगै यात्रामा अघि बढ्न थाल्यौं । यात्रा अति कष्टकर भइसकेको थियो । घुँडाको दुखाइले मेरो पाइला अघि बढ्न मानिरहेको थिएन । हाम्रो सामु बास बस्नुको विकल्प थिएन । रातिको ८ बजिसकेको थियो हामी पोलामै बास बस्यौं । सँगै हिंडेका केही साथीहरु अघि बढिसक्नु भएको थियो ।
३० गते बिहान ५ बजे नै बुधितर्फ हिंडियो । बिहान ८ बजे बुधि पुग्दा साथीहरु त्यहाँबाट पनि हिंडिसक्नुभएछ । शरीरमा कुनै स्फूर्ति थिएन । गोडा सुन्निएर पाइला चाल्नसमेत धौधौ परिरहेको थियो । साथमा पेनकिलर नलगेको भए शायद थला परिन्थ्यो । बुदी खोला पार गरेर कुन्तीसाउँ पुग्दा असिनपसिन भइयो । दुखाइ यस्तो बढ्यो कि प्रत्येक घण्टामा पेनकिलर खानुपथ्र्यो । दश वर्षको जनयुद्धका क्रममा पनि मैले यति अप्ठ्यारो र कठिन यात्रा गरेको थिइन । मनमनै सोचें बेक्कार यो यात्रा रोजिएछ । कस्तो विडम्बना ! न फर्केर जान सकिन्छ न अघि बढ्न सकिन्छ । साथीभाई घरपरिवारसँग सम्पर्क नभएको दुई दिन भइसकेको थियो । सानी छोरीले कति सम्झेकी होली, कानमा उसैको आवाज गुञ्जिन थाल्यो ।
हामी अपि हिमालको नजिकै बगिरहेको अपि खोलाको किनारमा पुगिसकेका थियौं । अपि खोलाको छङछङ आवाज, मनोरम प्राकृतिक दृश्यले मन केही हल्का बनायो । प्रकृतिको स्पर्श पनि ओखती बराबर भयो– त्यो क्षण । हामी ऐतिहासिक गाउँ छाङरुङ पुग्यौं । महाकाली र तिङकर खोलाको बीचमा अवस्थित यो गाउँबाट नेपाल र भारतलाई जोड्ने सीतापुल नजिकै पर्दौरहेछ । यहाँबाट भारत र चीनबीच पैदलमार्गबाट समेत व्यापार हुनेरहेछ । दैनिक हजारौंको संख्यामा खच्चडहरुमार्फत् भारत र चीनतिर सामान ओसारपसार हुने स्थानीयले बताए । छाङरुङमा सीमा सुरक्षाका लागि नेपाल प्रहरीको एउटा सानो चौकी रहेछ । त्यहाँ राज्यको उपस्थिति भन्नु त्यति मात्र हो । शायद यसैले त होला यो ठाउँमा छिमेकी देशको गिद्धे नजर लागेको । अचम्मको कुरा त के भने एसएसबीका कारण सीता पुलबाट नेपालीले आवातजावत गर्न समेत निकै कठिनाइ भोग्नु परिरहेको छ । आफ्नै सीमामा पनि यस्तो । एसएसबीको चौबीसघण्टे ड्युटीले नेपालीहरुको दिनचर्या नै कठिन बनाएको रहेछ । नेपालीको आवातजावतका लागि नागरिकता अनिवार्य गरिएको रहेछ । व्यास गाविस प्रकृतिको उपहार नै रहेछ । यहाँ हिमशृृङ्खलादेखि अमूल्य जडिबुटीका खानी रहेछन् । यार्सागुम्बाको त यो भण्डार नै रहेछ । सरकारले आफ्नै भूमिको महत्व बोध गर्न सकेन । दुर्लभ बन्यजन्तुको चोरीशिकारी र जडीबुटीको तस्करी भारतीय पक्षबाट हुने गरेको थाहा हुँदाहुँदै पनि नेपाल प्रहरी मुकदर्शक बन्नुको विकल्प नभएको प्रहरीहरुले नै बताउँछन् । त्यस दिनको हाम्रो बास छाङरुङको गागा भन्ने ठाउँ भयो ।
३१ गते बिहान एसएसबीका अधिकारीहरुले हामीसँग भेट्न खोजेको खबर नेपाल प्रहरीमार्फत् जानकारी पायौं । हाम्रो टोलीमा सल्लाह ग¥यौं र उनीहरुसँग भेट नगर्ने निर्णय ग¥यौं । आफ्नै भूमिमा हिंड्न पनि किन अर्काे देशको दबाब सहनुपर्ने ? जुनसुकै अवरोधको पनि सामना गर्न तयार थियौ । हामीलाई त्यहींबाट फर्काउने उनीहरुको उद्देश्य हामीले बुझेका थियौं । विगतका घटनाबाट पनि हामी परिचित थियौं । ०५६ सालमा पनि माले निकट अनेरास्वियुलाई कालापानीको मार्चपार्सका क्रममा आउँदा सितापुलबाटै फर्काइएको इतिहासबाट सिक्दै हामीले अब कोही कसैको अवरोध र दवाबले पछि नहट्ने कसम खाएका थियौं । छाङरुबाट सीतापुल हुँदै भारततर्फको बाटो प्रयोग गरे लिपुलेक छिटो र सजिलै पुग्न सकिने रहेछ । त्यो हाम्रा लागि प्रतिबन्धित थियो । हाम्रो लागि अर्को विकल्प भनेको नेपालको उत्तरपूर्वतर्फको बाटो प्रयोग गर्नुपर्ने थियो । हामी नेपालतर्फको यही बाटो प्रयोग गर्दै अघि बढ्यौं ।
अगाडिको यात्रामा हिउँको सामना गर्दै उकाली ओराली छिचोल्नु थियो । हामी तिङ्करको किनारैकिनार राकाङ हुँदै तिङकर गाउँ पुग्यौं । घरहरु बाक्लै भए पनि तिङ्कर गाउँ सुनसान थियो । छाङरु र तिङ्करमा अधिकांश शौका जातिको बसोबास रहेछ । उनीहरुलाई चलनचल्तीको भाषामा भोटे भनिंदोरहेछ । भौगोलिक हिसावले नेपालमा रहे पनि प्रायः नेपाल र भारतको दोहोरो नागरिकता लिएका यी गाउँका मानिसहरुलाई राष्ट्रियतासँग कुनै सरोकार थिएन । हाम्रो अभियानका कारण उनीहरुलाई भारतीय पक्षले दुःख दिन्छ भन्नेमा मात्र उनीहरुको चिन्ता थियो । भारतीय पक्षले स्थानीय महिलाहरुलाई हाम्रा विरुद्ध लाग्न उचालेका रहेछन् । जसले गर्दा उनीहरु हाम्रो अभियानलाई अवरोध गर्न घेरा हाल्न खोजेको भन्ने जानकारी हामीलाई तिङ्कर स्थिर नेपाल प्रहरीका सईले जानकारी दिएका थिए । तर उनीहरुले देखिने गरी त्यस्तो गर्ने हिम्मत गरेनन् । तिङ्करमा खाना खाएर एक घण्टाको यात्रापछि हामी टिङकर प्रहरी पोष्टमा पुग्यांै । चौकी नाम मात्रको थियो । त्यहाँबाट दुई घण्टा उकालो हिंडेपछि हामी डुङकाङ पुग्यौं । त्यहाँ पाल टाँगेर राखिएको सानो पसल रहेछ ।
त्यस दिनको यात्रा त्यहीं टुङग्याउने निधो गर्दै हामी त्यहीं बास बस्यौं । डुङकाङको खाना हाम्रो यात्राकै सबैभन्दा महङ्गो थियो । यहाँ मात्र राजमाको दाल र भातको ३०० रुपैयाँ, एक कप कालो चियाको ५० रुपैयाँ र एउटा काँचो चाउचाउको १०० तिर्नुप¥यो । जति महङ्गो भए पनि हामीसँग अरु विकल्प थिएन । त्यहाँ पसल त्यो एउटा मात्रै थियो । खाना खाइसकेपछि सबै आराम गर्न थाल्यौं । थकानले शिथिल भएको शरीर हलचल गर्न सक्ने अवस्थामा थिएन । तर मन उडिरहेको थियो । सबैमा भोलिको प्रभातको ब्यग्र प्रतीक्षा थियो । सूर्योदयसँगै हामी सबैको एउटा नयाँ इतिहास कोरिनेवाला थियो । यतिका दिनको अथक परिश्रमले रङ्ग छर्ने पक्का भइसकेको थियो । मनको यो रोमाञ्चकता पूरा महसुस गर्न नपाई बाहिरको होहल्लाले सो रोमाञ्चकता छताछुल्ल बनाइदियो । प्रहरी सईसहित केही स्थानीय ब्यापारीहरु हाम्रो टोलीसँग निकै आक्रोशित हुँदै कराइरहेका थिए । हामीलाई उनीहरुले त्यहींबाट फर्कन दवाब दिन थाले । हामीले उनीहरुलाई सम्झाईबुझाई फर्कायौं । भोलिको सुन्दर दिनको कल्पनासँगै आराम ग¥यौं ।
पूर्वमा लालिमा चढेकै थिएन । ३२ गते बिहान ४ बजे नै रवि सँगसँगै हामी पनि लिपुलेक पुग्ने लक्ष्य लिएर यात्रा शुरु ग¥यौं । लेक लाग्नबाट बच्नका लागि चूक अमिलो, खुर्सानी र मिस्री साथमा बोक्यौं । त्यतिखेर हामीलाई न थकान थियो, न त पीर र डर । मात्र व्यग्रता लक्ष्यमा पुग्ने थियो । हाम्रो लक्ष्यमा पुग्न हामीसँग केही घण्टा मात्र बाँकी थियो । हामी टाटा भन्ने ठाउँमा पुग्यौं । अब मात्र एक घण्टाको दूरीमा हाम्रो लक्ष्यको शिखर थियो । आफैलाई निकै भाग्यमानी महसुस भइरहेको थियो । जो–कोहीले जान आँटसम्म नगर्न स्थानमा हामी पुग्दै थियौं । टाटा त्यही ठाउँ हो जहाँ तत्कालीन राजा महेन्द्रको पालामा तिब्बती राजा दलाई लामाका सेना र नेपाली सेनाबीच लडाइँ हुँदा नेपाली सेनाले तिब्बती सेनालाई लखेटेका थिए । ऐतिहासिक भूमिमा टेक्दा मनै प्रफुल्ल भयोे ।
अलिक पर लिपुलेकको चुचुरो देखापरिसकेको थियो । उकालोको पर्वाह नगरी हामी अघि बढिरह्यौं । केहीबेर अघिसम्मको हाम्रो पीडा अब उत्साह र रोमाञ्चकतामा परिणत हुँदै थियो । हामी नेपाल–चीनको सिमाना रहेको लिपुलेकको १ नं. पिल्लरमा बिहान ११ बजे पुग्यौं । टक्क अडियौं र वरिपरिको दृश्यावलोकन ग¥यौं । मान्छे उडाउलाजस्तो हुरी चलिरहने त्यो ठाउँमा हिउँ र कुहिरोले ढाकिएको थियो । त्यहाँ पुग्दा दश दिनको सबै थकाइ मेटिएको अनुभूति भयो । धेरै चर्चामा रहेको लिपुलेक आज हाम्रो अगाडि थियो । हिउँले ढाकेको दायाँबाँया ठूला चुचुराबीचको समथल भूमि । चिसो हावा र मनमोहक दृश्यले स्वर्गानुभूति गरायो । यो भूमिलाई आँखाभरि, मनभरि कैद गर्न मन लाग्यो ।
१८ जनाको अभियान टोली र दुई जना नेपाल प्रहरीका जवानहरुले यो सानो प्रयास सफल भएको अनुभूति ग¥यौं । माटो समातेर कसम खायौं सबैले । हो तयार छौं, मातृभूमि मेरो देशको सीमाको रक्षा गर्न ! हो तयार छौं, मातृभूमि तिम्रा लागि बलिदानी दिन !!
हामी झण्डै आधि घण्टा जति लिपुलेकको भञ्ज्याङ्मा रह्यौं । त्यस अवधिमा हामीले ‘भारत–चीन खवर्दार ! अखिल क्रान्तिकारी राष्ट्रियताको पहरेदार !!’, ‘लिपुलेक सम्झौता खारेज गर, लिपुलेक नेपालको हो’ जस्ता नाराहरु लगाउँदै सानो कोण सभा सम्पन्न ग¥यौं ।
काठमाडौंबाट हिंडेको दशौं र दार्चुला सदरमुकाम खलंगाबाट हिंडेको छैटौं दिन लिपुलेकमा राष्ट्रिय झण्डा फहराउँदै हामी फर्कियौं ।
०७२
www.nepalsandesh.com

कार्तिक १३, २०७२- नेपालगन्ज–रुपैडिहा नाकामा अवरोध गरिरहेका मधेसी मोर्चाका नेताहरूलाई सर्वसाधारणले दशगजामा घेराउ गरी वारि ल्याएर प्रहरीको जिम्मा लगाएपछि बिहीबार सीमामा तनाव भएको छ। इन्धन र दैनिक उपभोग्य वस्तु खरिद गर्न रुपैडिहा जान नपाएको आक्रोशित भीडले उनीहरूलाई घेरेर नियन्त्रणमा लिएको हो। आन्दोलनकारी अगुवाहरूलाई दशगजाबाट तानेर वारि ल्याउने क्रममा हातपातसमेत गरिएको मोर्चाको आरोप छ। भीडको नियन्त्रणबाट मोर्चाका नेताहरूलाई छुटाउन प्रहरीलाई हम्मे परेको थियो। मोर्चाका कार्यकर्ताले नाकामा धर्ना दिएर सवारी आउजाउ बन्द गराएका थिए।
जमुनाहामा जम्मा भएका युवाहरूले सर्वसाधारणलाई दु:ख नदिन मोर्चाका नेतालाई सुझाव दिइरहेका थिए। नेपालगन्जमा आन्दोलन गरे आफ्नो समर्थन रहने दाबी उनीहरूले गरिरहेका थिए। तर, मोर्चाका कार्यकर्ताहरूले अवरोध कायमै राखेपछि आक्रोशित भीडले प्रतिकार गरेको सीमास्थित जमुनाहा प्रहरीले जनाएको छ। दशगजा क्षेत्रमा सुरक्षाकर्मी जान नमिल्ने भएका कारण मोर्चाका नेताहरूलाई अवरोध गर्न सहज थियो। तर, युवाहरू प्रहरीभन्दा अगाडि सरेर दशगजामा रहेका मोर्चाका नेताहरूलाई तानेर वारि ल्याएर आक्रमण गर्न खोजेका थिए। त्यस क्रममा दुवै पक्षबीच ढुंगा हानाहान भयो। नेपालगन्ज–रुपैडिहा नाकामा करिब दुई घण्टासम्म तनाव कायमै रह्यो। ढुंगा प्रहार गर्दै भारतीय भूमितिर जान खोजिररहेका मोर्चाका कार्यकर्ताहरूलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पनि लखेटेको छ। प्रतिकार समूह र भारतीय सुरक्षाकर्मीको दुई पक्षीय चेपुवामा परेका आन्दोलनकारीहरू पारिको जमुनाहा गाउँतिर तितरबितर भएका थिए। पारिबाट ढुंगा हान्न थालेपछि भारतीय सुरक्षाकर्मीले आफ्नो क्षेत्रबाट उनीहरूलाई धपाउने प्रयास गरिरहेका थिए। घटनास्थलमा खटिएका सशस्त्र प्रहरी निरीक्षक अमित मल्लले किनमेल गर्न जान नपाएका सर्वसाधारणहरूले प्रतिकार गरेको बताए। उनले आफूहरूलाई दशगजा क्षेत्रमा बल प्रयोग गर्ने अधिकार नरहेको भन्दै आक्रोशित भीडले नियन्त्रणमा लिएका मोर्चाका नेताहरूलाई सुरक्षा दिएर नेपाल प्रहरीको जिम्मा लगाएको दाबी गरे। तर, मोर्चाका नेताहरूले भने सर्वसाधारणका नाममा सादा पोसाकका प्रहरी परिचालन गरेर आन्दोलनको प्रतिकार गर्न लगाइएको आरोप लगाएका छन्। मोर्चाका नेता ललितकुमार रौनियारले उक्त घटनामा सर्वसाधारणहरूको कुनै हात नरहेको दाबी गरे। ‘सादा पोसाकका प्रहरीले हामीमाथि आक्रमण गर्दा उक्त घटना भएको हो,’ उनले भने, ‘प्रशासनले शान्तिपूर्ण आन्दोलनलाई हिंसातिर भडकाउने प्रयास गरिरहेको छ।’ आक्रोशित भीडले मोर्चाका संयोजक तथा तमलोपा केन्द्रीय सदस्य विजयकुमार गुप्ता, कार्यकर्ता राजेश मिश्रलाई दशगजाबाट घेरेर आक्रमण गरेको थियो। त्यस्तै, सद्भावनाका जिल्ला अध्यक्ष लक्ष्मीनारायण वर्मा, नेपाल जनता पार्टीका कार्यकर्ता रविकान्त गुप्ता र कौशल मिश्रलाई प्रहरीले पक्राउ गरेको छ। आन्दोलनकारीहरू त्यहाँबाट तितरबितर भएपछि जमुनाहा र रुपैडिहाका सुरक्षाकर्मीले सवारी आउजाउका लागि समन्वय गरिरहेका थिए। दुई पक्षका सुरक्षाकर्मीले सुरक्षाको प्रत्याभूति दिइरहेका देखिन्थे। समन्वयपछि मालवाहक गाडीहरू भारतबाट नेपालगन्ज प्रवेश गर्न थालेको प्रहरीले जनाएको छ।
kantipur.ekantipur.com

काठमाडौं: चीन सरकारले दिन लागेको अनुदानको पेट्रोल लिन १२ वटा ट्यांकर केरुङतर्फ प्रस्थान गरेको छ।
चीनले अनुदानस्वरुप उपलब्ध गराउन लागेको पेट्रोल लिन १२ वटा ट्यांकर त्यसतर्फ पठाइएको नेपाल आयल निगमले जानकारी दिएको छ।
निगमका अनुसार थप ट्यांकर शनिबार पठाउने तयारी गरेको छ।
चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेको एक हजार टन (१३ लाख लिटर) पेट्रोलको पहिलो 'लट' शानिबार केरुङसम्म ल्याइदिने भएको छ।
ल्हासास्थित महावाणिज्य दूत हरि बस्यालका अनुसार चीन सरकारबाट उपलब्ध गराउन लागिएको पेट्रोल जतिसक्दो चाँडो नेपाल पठाउन आग्रह गरेअनुसार चिनियाँ पक्षले पर्सी साँझसम्म केरुङ पुर्याउन लागेको जानकारी दिए।
भारतको अघोषित नाकाबन्दीका कारण चर्को इन्धन सङ्कट भएपछि विकल्पका रुपमा सरकारले चीनबाट आयात गर्न लागेको हो। नेपाल आयल निगम र पेट्रो चाइनाबीच चीनबाट इन्धन आयात गर्ने औपचारिक सहमति भएपछि इन्डियन आयल कर्पोरेसन (आइओसी) सँगको एकलौटी व्यापारको विकल्प पाएको हो।

१३ कात्तिक- उपभोक्ताले आजदेखि आधा परिमाण र आधा मूल्यमा ग्याँस पाउने भएका छन् । ग्याँसको चरम अभावलाई मध्यनजर गर्दै थोरै भएपनि धेरैलाई पुर्याउने उद्देश्यले सरकारले यस्तो व्यवस्था गरेको हो ।
१४.२ किलोग्याँसलाई यसअघि १४ सय तिर्नुपर्ने भएपनि उपभोक्ताले अबदेखि ७ सयमै ७.१ किलो ग्याँस पाउनेछन् । तराईका उद्योगले ल्याएका ४० भन्दा बढी बुलेटमध्ये करिब २५ बुलेट काठमाडौंमा ल्याई यहाँका उपभोक्तालाई आधा ग्यास भरिएका सिलिन्डर उपलब्ध गराउने एलपी ग्यास उद्योग संघले जनाएको छ । नेपाल आयल निगमका प्रवक्ता दीपक बरालले बजारमा ग्यास अभाव रहेको र भारतबाट समेत थोरै संख्यामा आयात भएका कारण जतिसक्दो धेरै उपभोक्तालाई वितरण गर्न आधा ग्यास भएका सिलिन्डर प्रचलनमा ल्याउने निर्णय गरिएको बताए । ग्यास उद्योगीले भारतबाट आयात भएका ४० बुलेट ग्यास मुलुकभित्रै विभिन्न स्थानमा रहेका जानकारी दिएका छन् । काठमाडौंमा २६ ब्रान्डका ग्यास सिलिन्डर प्रयोगमा छन् । यी सबै ब्रान्डलाई पालो पुर्याएर तराईबाट ल्याएको ग्यास उपलब्ध गराउने संघले जनाएको छ । शुक्रबार बढी सिलिन्डर प्रयोगमा रहेका करिब दर्जन ब्रान्डलाई मात्रै ग्यास उपलब्ध गराउने संघको योजना छ । भारतको नाकाबन्दीले ग्यास अभाव भएयता काठमाडौंमा सुगम, सिद्धार्थ, साल्ट ट्रेडिङ, नेपाल र त्रिशूल ब्रान्डले काठमाडौंमा ग्यास ल्याएका थिए र यी कम्पनीले उद्योग वा आफ्नै गोदामबाट ग्यास बिक्री गरेका थिए । तर, शुक्रबारबाट आधा ग्यास भरिएका सिलिन्डर भने विक्रेताबाट बिक्री गर्ने निर्णय भएको छ ।www.etajakhabar.com

१३ कात्तिक, काठमाडौ ।
विवादास्पद जनजाति अभियानेता आङकाजी शेर्पाले नवनिर्वाचित राष्ट्रपति र प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बन्धमाथि पुनः प्रहार गरेका छन् ।
करिव १ वर्ष अघि ओलीको हत्या गर्ने चेतावनी दिएर विवादमा परेका आङकाजीले ओली प्रधानमन्त्री बन्नासाथ परस्त्रीसँगको सम्बन्धको विषयमा प्रश्न उठाएका थिए ।
ओलीलाई उखाने प्रधानमन्त्री बन्ने शैलीमा ब्यङ्ग्य गरेका आङकाजीले प्रधानमन्त्री र राष्ट्रपतिको सम्बन्ध सुमधुर रहेको, प्रधानमन्त्रीको उखान तुक्काले खुसी हुने राष्ट्रपति भनेर चित्रित गरेका छन् ।

काठमाडौं: सरकारले निवर्तमान राष्ट्रपति डा. रामवरण यादवको सुरक्षा जिम्मा नेपाली सेनालाई दिएको छ।
सैनिक प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीले सेनाले निवर्तमान राष्ट्रपतिको सम्पूर्ण सुरक्षाको जिम्मा लिएको जानकारी दिए । सहायक सेनानीको नेतृत्वमा एक प्लाटुन सेना निवर्तमान राष्ट्रपतिको सुरक्षामा खटिनेछ।
अंगरक्षकमा भने नेपाल प्रहरीका प्रहरी नायबनिरीक्षक (सई) र सहायक निरीक्षक (असई) रहनेछन्।उनले भने, '१० वर्षका लागि सुरक्षा व्यवस्थापन गरिएको छ। त्यसपछि अवस्था हेरेर थपघट हुनसक्छ।'
प्रवक्ता कार्कीका अनुसार सेनाले निवर्तमान राष्ट्रपति यादवको भवनको सुरक्षासँगै बाहिर कार्यक्रममा निस्कँदा सुरक्षा व्यवस्था मिलाउनेछ।निवर्तमान राष्ट्रपति यादवले भान्से, सुसारेदेखि सरसफाइसम्मका कर्मचारी सरकारी सुविधाबाटै पाएका छन्।
निवर्तमान राष्ट्रपतिलाई आवासको सुविधा, लगाउने चप्पल, बिस्तरा, दराज, सोफा, लत्ताकपडा र भान्साको सामान सरकारले खरिद गरेको छ । बिहीबार बिहान नख्खुस्थित नयाँ निवासमा सेनाका डेढ दर्जनभन्दा बढी सुरक्षाकर्मीले कोठा साजसज्जादेखि सम्पूर्ण सरसफाइ गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
भाडामा लिइएको निवर्तमान राष्ट्रपतिको नयाँ निवासमा सचिवालयदेखि भेटघाटमा आउने पाहुनाका लागिसमेत छुट्टै कक्ष बनाइएको छ।भव्य बिदाइपछि निवर्तमान राष्ट्रपति यादवलाई बलियो सुरक्षा प्रबन्धसहित स्कर्टिङमा नख्खुस्थित घरमा पुर्याइएको थियो।
'हामीले स्कर्टिङ गरी निवर्तमान राष्ट्रपतिज्यूलाई घर पुर्यायौं। अब सुरक्षाको सम्पूर्ण जिम्मा सेनाको हुनेछ', प्रहरी मुख्यालयको कार्य विभागका डीआईजी हेमन्तबहादुर पालले भने।
सुरुमा लाजिम्पाटसम्म गद्दीमा राखी पछि कारगेडमा निवास पुर्याइने योजना रहे पनि झमक्क साँझ परेपछि राष्ट्रपति भवनदेखि नै कारगेडमा नयाँ निवासमा पुर्याइएको एक सुरक्षा अधिकृतले बताए।
annapurnapost.com

काठमाडौं, १३ कात्तिक । उपराष्ट्रपति निर्वाचनका लागि आज दलहरूले उम्मेदवारी दर्ता गराउँदैछन् ।
संसद सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार आज मनोनयन दर्ता गराउनपर्ने हुन्छ ।
सत्तारुढ दलहरूका तर्फबाट एमाओवादीका नेता नन्दकिशोर पुन ‘पासाङ’लाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउने तयारी गरिएको छ ।
तर केही दलहरूले थारु वा मधेसी मुलका नेतालाई उम्मेदवार बनाउन भनेपछि ‘पासाङ’का विषयमा अन्तिम निर्णय गर्न दलहरू छलफलमा छन् ।
कांग्रेसले उपराष्ट्रपतिमा अमियकुमार यादवलाई उम्मेदवारी दिन लगाएको छ । यादव कांग्रेसका सांसद हुन् ।
सत्ता गठबन्धनको समीकरणअनुसार सात्तापक्षले उम्मेदवार बनाउने ले नै उपराष्ट्रपतिमा विजयी हासिल गर्ने पक्का छ ।
dainiknepal.com

१३ कात्तिक । चितवनका एक व्यक्तिले व्यक्तिगत खर्चमा ‘भोकालाई खाना’ अभियान सुरु गरेको दुई वर्षको अवधिमा २८ लाख खर्चेर खाना खुवाएका छन् ।
भरतपुरमा पुस्तक पसल सञ्चालन गर्दै आएका स्थानीय विष्णुप्रसाद पौडेलले सो अभियान थाल्नुभएको हो ।
मुख्य गरी अशक्त, अपाङ्ग, बालबालिका तथा पीडितलाई उहाँले दुई वर्षदेखि खाना र खाजा दिने अभियान चलाउँदै आउनुभएको छ ।
मुलुकका विभिन्न ५४ वटा बजारका ६४ वटा होटलमा त्यस्ता व्यक्तिलाई खाना खुवाउनका लागि सम्झौता भएको र दैनिक करिब ४०० जनालाई खाना खुवाउने गरेको जानकारी पौडेलले दिनुभयो ।
पुस्तक पसलको आम्दानी कटौती गरेर ती होटललाई मासिक रुपमा पैसा तिर्ने र होटलले त्यस्ता व्यक्तिलाई खाना र खाजा खुवाउने गरेको पौडेलको भनाइ छ ।
उहाँले मानव कल्याण समाज गठन गरेरै अभियान थालिएको र अभियानको उद्देश्य नेपालमा कोही पनि भोका नहुन् भन्ने रहेको बताउनुभयो ।
होटलहरुले पनि अभियानमा साथ दिँदै न्यूनतम शुल्क लिने गरेका छन् । यसअघि २० वर्षसम्म कमाएको दुई करोडभन्दा बढी रकम खर्च गर्ने र आगामी दिनमा पनि अभियान जारी राख्ने योजना रहेको उहाँले सुनाउनुभयो ।
चितवनको देवघाटमा जाँदा बूढी आमैले खानेकुरा मागेपछि आफू भोकाहरुप्रति भावुक भएर अभियान थालेको उहाँको भनाइ छ । उहाँको योजनामा परिवारले समेत साथ दिएका छन् ।
नेपालमा कोही भोका हुनु नपरोस् भनेर सरकारी तवरबाट पनि अभियान थाल्नुपर्नेमा उहाँले जोड दिनुभयो । यसअघि २०६० सालमा समेत उहाँले शान्तिका लागि भन्दै नेपालमा पैदलयात्रा गर्नुभएको थियो । रासस

१३ कात्तिक, काठमाडौं ।
इन्धन संकटबाट गुज्रिरहेको नेपाललाई आपतकालीन रुपमा पेट्रोल उपलब्ध गराउने निर्णय गरिएको चीन सरकारले स्पष्ट पारेको छ । बिहीबार आयोजित नियमित पत्रकार भेटघाटमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले स्पष्ट शब्दमा यस्तो बताएका हुन् ।
नेपालको माग अनुसार आपतकालीन अवस्थामा पेट्रोलियम पदार्थ उपलब्ध गराइने निर्णय भएको जानकारी दिंदै उनले दीर्घकालीन रुपमा पेट्रोलियम कारोबार गर्ने समझदारीलाई व्यावहारिकता दिन नेपाली पक्षसँग छलफल भैरहेको जानकारी दिए ।
पत्रकार सम्मेलनमा नेकपा एमालेकी विद्या भण्डारी नयाँ राष्ट्रपति निर्वाचित भएकोबारे चीनको प्रतिक्रिया माग्दा प्रवक्ता काङले राष्ट्रपति निर्वाचित भएकोमा भण्डारीलाई बधाइ दिँदै उनको नेतृत्वमा नेपाल सरकारले नेपाललाई शान्त, स्थिर र सम्पन्न राष्ट्र बनाउने काममा सफलता पाउने विश्वास व्यक्त गरे ।
काङले सोही क्रममा चीन र नेपाल मैत्रीपूर्ण छिमेकी रहेको भन्दै नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमकिता र भौगोलिक अखण्डताको रक्षा गर्ने प्रयासलाई चीनले समर्थन र नेपालको विकासमा सकेको सहयोग गर्ने स्पष्ट पारेका छन् ।nepaliheadlines.com

सत्ता गठबन्धनमा संलग्न दलका नेताले संविधानसभाबाट करिब ९० प्रतिशत प्रतिनिधिले पारित गरेको नयाँ संविधानका बारेमा भारतीय जनतालाई बुझाउने पहल गर्ने भएका छन्।
सत्ता गठबन्धनमा रहेका नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बिहीबार बालुवाटारमा बसेको बैठकले नयाँ संविधानका बारेमा भारतसँग ‘ट्र्याक टु’ संवाद थाल्नुपर्ने निष्कर्ष निकालेको हो।
संविधानसभाबाट संविधान घोषणापछि नाकाबन्दी लगाएर असन्तुष्टि पोख्दै आएको भारतलाई भारतीय जनताबाटै दबाब सिर्जना गराउन नेताहरूले ‘ट्र्याक टु’ संवाद गराउने प्रयास अगाडि बढाउन खोजेका हुन्।
‘नेपालमा बनेको संविधानका बारेमा भारतका बुद्धिजीवी र मिडियालाई जानकारी गराउनका लागि ट्र्याक टु संवाद थाल्ने निधो गरिएको छ’, बैठकमा सहभागी नेकपा संयुक्तका अध्यक्ष गणेश साहले अन्नपूर्णसँग भने।साहका अनुसार उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले भारतीय नेताहरूसँग छलफल गर्दा पनि नाकाबन्दीलाई भारतले सहजीकरण नगरेपछि ट्र्याक टु संवाद थाल्नुपर्ने निष्कर्षमा पुगिएको हो।
नेपालमा लगाइएको नाकाबन्दीको विपक्षमा रहेको भारतीय जनमतलाई संविधानका राम्रा पक्षका बारेमा जानकारी गराएर ट्र्याक टु संवाद थाल्न सकिने नेताहरूले बैठकमा बताएका थिए।तराई मधेसको सुरक्षास्थिति बुझ्न गृहमन्त्री शक्ति बस्नेतलाई बैठकमा सहभागी गराइएको थियो।
गृहमन्त्री बस्नेतले मधेसको सुरक्षास्थिति नाजुक रहेको जानकारी गराउँदै शान्तिसुरक्षा कायम राख्नका लागि राजनीतिक मुद्दालाई राजनीतिक ढंगले नै सम्बोधन गरिनुपर्नेमा जोड दिएको साहले बताए। ‘सुरक्षाकर्मीको मनोबल बढाउन केही बन्दोबस्ती र प्रोत्साहन दिनुपर्ने हुन्छ’, गृहमन्त्रीले बैठकमा भनेका थिए।
पेट्रोलियम पदार्थ चीनबाट खरिद गर्ने सम्झौतापछि तराई मधेसमा उत्पन्न हुनसक्ने शान्तिसुरक्षाको अवस्थाका बारेमा पनि बैठकमा समीक्षा गरिएको थियो। चीनसँग पेट्रोलियम पदार्थ खरिद गर्ने सम्झौतापछि मधेस केन्द्रित दलका नेताले आपत्ति जनाउँदै चीनविरोधी गतिविधि गर्ने चेतावनी दिन थालेको प्रसंगमा नेताहरू गम्भीर देखिएका थिए।आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

काठमाडौ । १२ वैशाख र त्यसपछिका परकम्पले थला परेको नेपालको अर्थतन्त्रमा तराई मधेसको आन्दोलन र भारतीय नाकाबन्दीले करिब पाँच खर्ब रुपैयाँको क्षति भएको छ ।
भूकम्पमा मुलुकको भौतिकतर्फ पाँच खर्ब १३ अर्ब र राजस्वलगायतको नोक्सानी एक खर्ब ८७ अर्ब गरी सात खर्ब रुपैयाँ भएको थियो ।
भूकम्प र भारतीय नाकाबन्दीले मुलुकको कुल गार्हस्थ उत्पादनमा झन्डै आधा अर्थात् करिब १२ खर्ब रुपैयाँबराबरको क्षति पुगेको छ ।
बन्द र नाकाबन्दीले सबैभन्दा बढी क्षति इन्धन आपूर्तिमा भएको छ ।
यसले उद्योग, निर्माण, शिक्षा, स्वास्थ्य, थोक तथा खुद्रा व्यापार, होटेल तथा रेस्टुरेष्ट,यातायातलगायतका क्षेत्र नराम्ररी प्रभावित भएका छन् । जनजीवन कष्टकर बनेको छ ।
अर्थसचिव सुमनप्रसाद शर्माले तराईमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीले नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी)मा करिब २५ प्रतिशत असर पुगेको अनुमान गरिएको जानकारी दिए । नेपालको जिडिपी २१ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँको छ ।
‘वस्तु तथा सेवा आपूर्ति प्रभावित भएको छ, तराई क्षेत्रमा रहेका उद्योग बन्द छन इन्धन अभावमा मुलुकभरको विकास निर्माण ठप्प छ,’ सचिव शर्माले भने, ‘सार्वजनिक र निजी क्षेत्र दुवै प्रभावित भएका छन् ।
यसबाट अर्थतन्त्रमा जिडिपीको करिब २५ प्रतिशत असर पुगेको अनुमान रहेको छ । आजको नयाँ पत्रिकामा समाचार छ ।

काठमाडौं, कार्तिक १३ । अमेरिकाको फ्लोरिडामा उडान भर्न लागेको जहाजमा आगो लाग्दा १५ जना घाइते भएका छन् ।
हलिउड इन्टनेसनल एयरपोर्टबाट भेनेजुएलाका लागि उडान भर्न लागेको डाइनामिक एयरलाइन्सको बोइङ ७६७ को बायाँ इन्जिनमा इन्धन चुहिएपछि आगलागी भएको हो ।
आगलागीपछि विमानमा रहेका यात्रुहरुलाई सकुसल बाहिर निकालिएको थियो । चालक दलका सदस्यहरुले सावधानीपूर्वक जहाजलाई ठूलो दुर्घटना हुनबाट बचाएका थिए । (एजेन्सी)
www.imagekhabar.com

कोइरालाको पारिवारिक शासन अन्त्य हुँदै
काठमाडौं – अघिल्लो पटक आफ्नो क्षमताको मूल्यांकन गर्न नसक्दा एकीकृत नेकपा (माओवादी) ले राज्यका प्रमुख पदहरू गुमाएजस्तै यसपटक नेपाली कांग्रेसले पनि सबै पद गुमाएपछि सो पार्टीभित्र खैलाबैला शुरु भएको छ । भारतीयको योजनामा प्रधानमन्त्रीमा उम्मेदवारी दिएका सुशील कोइराला नेकपा (एमाले) र एमाओवादीको संयुक्त गठबन्धनका उम्मेदवार खड्ग ओलीसँग पराजित भए । सभामुखमा उम्मेदवार नै नपाएपछि उम्मेदवारी दिन नसकेको कांग्रेसले उपसभामुख समेत गुमाउन बाध्य भयो । हुँदा–हुँदा अहम्को राजनीति गर्दै आएको कांग्रेसले राष्ट्राध्यक्षको पद समेत गुमाएको छ ।
प्रमुख दलहरूबीच गत जेठ २५ गते भएको १६ बुँदे सहमति र सो सहमतिको अन्तर्यमा रहेको भद्र सहमतिलाई लत्याएर भारतको गोटी बनेपछि कांग्रेस इतिहासको कर्नरमा नराम्ररी धकेलिएको छ । भक्तपुरमा मात्रै राजनीतिक अस्तित्व रहेको नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले त कांग्रेस सभापति कोइरालालाई पेस्तोल देखाएर प्रधानमन्त्रीको उम्मेदवार बन्न लगाइएको सार्वजनिक अभिव्यक्ति नै दिएका छन् । राष्ट्रपति डा. रामवरण यादवको निवास शीतलनिवासमा भारतीय संस्थापन पक्षका उच्च अधिकारीले कोइरालालाई पेस्तोल देखाएर प्रधानमन्त्रीको उम्मेदवार बनाएको उनको दाबी छ । कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, भारतीय राजदूत रणजित राय र नाम नखुलेका एक भारतीय दूत समेतको बैठकमा भारतीय पक्षको खुला दलाली गर्ने अमरेश सिंहले कोइरालालाई शीतलनिवासमा पेस्तोल ताकेको बताइन्छ । यस्तो सनसनीपूर्ण खुलासा हुँदा समेत कोइराला चूँसम्म बोलेका छैनन् ।
कमल थापाको राप्रपा नेपाल फुटाउने, राप्रपाको भोट पनि आफूतिर तान्ने र एकीकृत नेकपा (माओवादी) बाट बाहिरिएर क्षेत्रीय दल खोल्ने ध्याउन्नमा लागेका डा. बाबुराम भट्टराई पक्षमा रहेका २० जना सांसद्लाई कोइरालाको पक्षमा मतदान गराउने आश्वासन रणजित राय, केभी राजन र भारतीय खुफिया एजेन्सी ‘रअ’का पूर्व प्रमुखले दिएका थिए । तर राष्ट्रियताको पक्षमा उभिएको एमाओवादी नेतृत्वको एमाले गठबन्धनले भारतीय योजनालाई धुलिसात् पारिदिएपछि कांग्रेसले प्रधानमन्त्री त गुमायो नै, त्योभन्दा बढी राष्ट्रपति र उपराष्ट्रपति समेत गुमाउने अवस्थामा पुगेको छ ।
भारतीय पक्षले कांग्रेस उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवालाई समेत विभिन्न आश्वासन दिएर प्रभावित पारेको थियो । राष्ट्रपति रहेका डा. यादवले त पौडेललाई बोलाएर सभापति बनाइदिने भन्दै तत्कालका लागि कोइरालालाई प्रधानमन्त्री बनाउन अर्ती दिएका थिए । तराई मधेशका भनेर चिनिएका र विगतदेखि नै भारतीय योजनामा चल्ने डा. यादवको कुरा पौडेललाई पनि मनासिब लाग्यो र उनी शीतलनिवासबाट हान्निंदै आएर कोइरालाको प्रस्तावक बने । देउवाको भने अर्कै दाउ थियो, आगामी महाधिवेशनमा सभापति बन्न कोइरालालाई जसरी भए पनि हराउनै पर्ने अवस्था देखिएको थियो । भारतीय संस्थापन पक्ष र खुफिया एजेन्सीको योजनामा कोइरालालाई मोहोरा बनाउन देउवा लागिपरे र समर्थक बनिदिए । कांग्रेसमा यसपटक कसैले बाजी मारेको छ भने त्यो देउवाले नै हो । उनी आगामी महाधिवेशनमा विना रोकतोक कांग्रेस सभापति बन्दैछन् । संविधानसभाको दोस्रो निर्वाचनपछि राज्यका सबै निकायमा कांग्रेसीकरण गरेको कांग्रेस एमाले, माओवादी गठबन्धनपछि कर्नरमा धकेलिएको मात्रै छैन, राजनीतिक परिदृश्यमा ठूलो पार्टी भएर पनि नराम्ररी पछारिएको छ । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

एमाले र मधेसी मोर्चाबीच के–के कुराकानी भयो ?
एमालेले राष्ट्रिय सहमतिको सरकार र संघीय आयोग बनाउने प्रस्ताव आज पनि राख्यो । त्यो कुरा हामीले इन्कार गर्यौँ । अधुरो संविधान बनाउन मिल्दैन । संघीयतामै नजाने षडयन्त्र भएको हाम्रो ठहर रह्यो । संघीयता विनाको संविधान जारी गर्न मिल्दैन भन्ने कुरा हामीले स्पष्ट रुपमा राख्यौँ ।
संघीयताबारे मात्र छलफल भयो कि अन्य विवादित विषयमा पनि ?
अन्य विवादका विषयमा पनि सामान्य ढंगले छलफल भयो । निष्कर्ष केही पनि भएन । फेरि बस्नुपर्छ भनेर एमाले नेताहरुले भन्नुभएको छ ।
अव बैठक कहिले बस्छ ?
त्यो निश्चित भएको छैन । फेरि बस्ने भन्ने कुरा मात्र भएको छ ।
बैठक कत्तिको सकारात्मक पाउँनुभयो ?
कुराहरु राख्ने काम भयो । त्यति मात्र हो । यसलाई सकारात्मक या नकारात्मक के भन्ने । सकारात्मक त तव हुन्छ, जव विषयबस्तुमा सहमति हुन्छ ।
सरकारमा चाँही तपाईहरु जाने कि नजाने ?
सरकारको विषयमा पनि एमालेले प्रस्ताव राखेको थियो । अस्ती हामीले इन्कार गरेका थियौँ । आजफेरि एमालेका अध्यक्षले त्यही प्रस्ताव राख्नुभयो । हामीले यो कुरा मनबाटै हटाउनुहोस भनेर आज स्पष्ट रुपमा भनेका छौँ । मधेसी मोर्चाले संविधान जारी नभइ सरकारमा नजाने निर्णय गरेको छ । त्यसमा हामी अडिग छौँ । तपाईहरु भ्रममा नपर्नुहोस । संविधान जारी भएपछि मात्र सरकारको कुरा आउँछ । अब आइन्दा हाम्रो अगाडि यो कुरा नगर्ने भनेर हामीले भनेका छौँ ।
राष्ट्रिय सहमतिको सरकार बनाएपछि सहमतिको संविधान बनाउँदा के बिग्रिन्थ्यो त ?
सरकार त छदैछ नि । सरकार नभएर देश अड्किएको हो र ?
भनेपछि संविधान जारी नभइ मधेसी मोर्चा सरकारमा जाँदैन ?
त्यो त मधेसी मोर्चाको निर्णय नै हो । संविधान नबनेसम्म हामी सरकारमा जाँदैनौँ । हामी एक, दुई, तीन संविधान नबनेसम्म सरकारमा जाँदैनौँ ।
तपाईहरुको धारणा सुनिसकेपछि एमाले नेताहरुले के भने त ?
राम्रै नियतले हामीले भनेका हौँ । हाम्रो नियतमा कुनै खरावी छैन । सरकारमा एकै ठाउँमा भएपछि संविधान बनाउन पनि सजिलो हुन्छ । त्यसैले हामीले आग्रह गरेका हौँ । यसलाई अन्यथा नलिनुहोला भन्नुभयो ।
तपाईहरु छलफलका लागि बालकोट चाँही किन जानुभएको ?
उहाँले (एमाले अध्यक्ष केपी ओली) आफ्नै घरमा बैठक राख्नुभएको थियो । त्यसैले हामी सहभागी हुन गएका हौँ । हामीले विगतको सहमति अनुसार अगाडि बढ्नुहोस, संघीयता थाँती राखेर संविधान जारी गरिए मान्य छैन भन्ने कुरा स्पष्ट पारेका छौँ । सहमति अनुसार अगाडि बढ्नुको विकल्प छैन, त्यसै अनुसार अघि बढ्नुस भनेर कडाइका साथ भनेका छौँ ।
भनेपछि एमाले नेताहरुलाई चेतावनी दिएर बालकोटबाट फर्कनुभयो ?
हामीले भ्रम दूर गर्यौँ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौँ, १३ कात्तिक । बिहीबारबाट शितलनिवास छाडेका पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई सरकारले घर किनिदिएको विषयमा बिभिन्न टिकाटिप्पणी भइरहेको बेला उनी आफ्नै घर नजानुको खासकारण खुलासा भएको छ ।
राष्ट्रपति निकट स्रोतका अनुसार, आफ्नो पारिवारिक अवस्थाका कारण उनी आफ्नै घर नगएका हुन् । राजधानीको बागडोलमा डा. यादवको आफ्नै घर छ । तर, तीन आना क्षेत्रफलमा बनेको सो घर निकै सानो भएको बताइएको छ । उक्त घरमा दुई वटामात्रै सुत्ने कोठा छन् भने गाडी पार्किङ गर्नका लागि पनि पर्याप्त ठाउँ छैन् ।
छोरी अनिता यादवको नाममा रहेको उक्त घरमा दुईवटा बालबालिका भएको सानो परिवार मात्र बस्न उपयुक्त भएका कारण डा. यादव त्यहाँ नगएका हुन् । अर्कोतर्फ गत वैशाखमा गएको भूकम्पका कारण उक्त घरमा समेत क्षति पुगेको छ । जहाँ राष्ट्रपति बनिसकेका यादवले रात बिताउन निकै अप्ठेरो छ ।
राष्ट्रपति बनिसकेपछिको ओज र सुरक्षा लगायतका कारण हेरेर डा. यादवकै आग्रहमा उनलाई ललितपुरको भैंसेपाटीमा सुविधायुक्त घर किनिएको हो । डा. यादव बिहीबार नै भैसेपाटीको सरकारले उपलब्ध गराएको घरमा सरिसकेका छन् ।
सरकारले आवास र भीआइपी सुविधा दिएपछि सामाजिक सञ्जाल र संचारमाध्यममा डा. यादवका बारेमा नकरात्मक टिप्पणी भएको थियो । तर, यस विषयमा उनको निजी सचिवालयले चासो देखाउँदै दुःख प्रकट गरेको छ । डा. यादवको निजी सचिवालय स्रोतले दैनिक नेपालमा पठाएको इमेलमा पूर्वराष्ट्रपतिको पदीय मर्यादा र बाध्यतालाई बुझिदिन पनि अनुरोध गरिएको छ ।dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौ । भारतिय एकाधिकार तोड्दै चीन संग इन्धन किन्ने सम्झौता गरेको सरकारले बिजुली समेत किन्नका लागी गृहकार्य गरेको छ ।
भारतले गरेको अघोषित नाकाबन्दीमा कडाई हुदै गएको हाल भारतबाट आयात हुदै आएको बिजुली समेत कटौटी हुन सक्ने सम्भावनालाई विष्लेषण गरेर सरकारले चीन संग बिजुली किन्ने प्रक्रिया अगाडी बढाएको हो । आजको राजधानीमा समाचार छ ।

हेल्लो शुभ बिहानी सबैलाई आज वि.सं. २०७२ साल कात्तिक १३ गते। शुक्रबार। इश्वी सन् २०१५ अक्टोबर ३० तारिख। नेपाल संवत् ११३५ कौला गा। कार्तिक कृष्णपक्ष। तिथि– तृतीया, १२:०१ बजेउप्रान्त चतुर्थी हेर्नुहोस आजको राशिफल ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesफाइदा कममात्र हुनेछ। पठन–पाठनमा त्यति समय दिन नसकिएला। अरूले आलोचना गर्नसक्छन्। तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ। सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्। विगतको श्रमबाट भने लाभ हुनेछ। काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusपारिवारिक भेटघाटको समय छ। विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला। ठूलै फाइदाको आश्वासन पनि पाइनेछ। तर, यथार्थमा लाभ भने कमै मिल्नेछ। उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी होला। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। तर, पेटको खराबीले सताउन सक्छ। सहयोगीहरूबाट पनि अलि धोका पाइने सम्भावना छ, सचेत रहनुहोला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiटाढाको यात्रा गर्ने मौका छ। केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक कामकाजमा फाइदा होला। मनको डर उत्साहमा रूपान्तरित हुने योग छ। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ। अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerआम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ। समय उत्साहवर्द्धक रहला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा हुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoकाम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला। प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन्। शासक वर्गबाट पनि धोका हुन सक्छ, सचेत रहनुहोस्। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। पढाइलेखाइमा समय दिन नसकिएला। व्यापारमा भने फाइदै हुनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoआस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। भाग्योन्नतिको समय छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraअप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन्। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ। कठिन चुनौती सामना गर्नुपर्ला।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioसुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusआफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। नगरेका गल्तीको सजाय भोग्नुपर्ला। सरकारी कडिकडाउको सिकार भइनेछ। थिचोमिचो गर्नेहरूले पनि सताउनेछन्। चोरी वा ठगीमा परिने समय छ। आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला। अनावश्यक दौडधुपमा समय बित्नेछ। फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornदिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusपरिवारजनको सहयोगले फाइदा लिन सकिनेछ। तर अनावश्यक शंका जाग्ने र शंकाकै कारण आत्मीय सम्बन्धमा कमी आउने योग छ। मान्यजनको सुझाव अप्रिय लाग्नेछ। उच्च महत्वाकांक्षा र विगतका गलत निर्णयले पनि काममा चुनौती आउने देखिन्छ। मातृधन तथा परिवारजनको सहकार्यबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि फाइदा होला।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesउद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ। आर्जित धन तत्काल खर्च गर्नुपर्ला। पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ। दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ।

चीनले नेपाललाई हेर्ने आफ्नो धारणा पहिलो पटक सार्वजनिक गरेको छ ।
भारतको अघोषित नाकाबन्दीपछि चीनले नेपालमा बाह्य हस्तक्षेप सहन नसकिने जनाएको हो । उसले नेपालमा भौगलिक अखण्डता हुनुपर्नेमा जोड दिएको छ । अर्थात नेपाललाई एक अर्काे जातको नाममा टुक्रयाउन नहुने धारणा बाहिर ल्याएको हो ।
भारततर्फ संकेत गर्दै चीनले दक्षिणको छिमेकीले संविधानमा संशोधन गरी सीमांकनमा हेरफेर गर्न र तराईका अन्य जिल्लाहरुलाई मधेस प्रदेशमा गाभ्न नेपाललाई दबाव दिइरहेकै बेला नेपालको भौगोलिक अखण्डतामा जोड दिएको हो ।
जसअनुसार नेपालको हिमाल पहाड तराई जोडिनुपर्ने चाहना चीनले राखेको छ । साथै नेपाललाई राष्ट्रिय स्वतन्त्रता, सम्प्रभुता र भौगोलिक अखण्डता कायम राख्न चीनको समर्थन रहने विहीबार चिनियाँ विदेश मन्त्रालयले स्पष्ट पारेको हो । नेपालको विकासका लागि चीनको सहायता पनि जारी राख्ने भनाई चिनियाँ विदेश मन्त्रालय प्रवक्ता लु खाङले विहीबारको नियमित पत्रकार सम्मेलनमा राखे ।
उनले नेपालका नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाइ दिँदै नेपालको राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डतामा चीनले समर्थन जनाउने बताए । भौगलिक अखण्डतामा जोड दिएको चीनले भारतको सहयोगमा नेपालको तराईमा एक प्रदेश बनाउनुपर्ने मागको विरोध गरेको हो ।

काठमाडौँ, १२ कात्तिक । गृहमन्त्री शक्तिबहादुर बस्नेतले समयानुसार प्रहरी सेवामा परिवर्तन ल्याउनुपर्ने बताउनुभएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालको निरीक्षणका क्रममा गृहमन्त्रीले बदलिँदो परिस्थितिमा राष्ट्रिय आवश्यकता पूरा गर्न सक्ने प्रहरी सङ्गठन निर्माण गर्नु आफ्नो पहिलो प्राथमिकता भएको स्पष्ट पार्नुभयो ।
गृहसचिव सूर्यप्रसाद सिलवालले अपराधको बदलिँदोे प्रवृत्ति र तरिकालाई हेरी प्रहरी सङ्गठनलाई प्रविधिमैत्री र दक्षता अभिवृद्धि गराउनेतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आन्तरिक सुरक्षाको विश्लेषण गरी राष्ट्रिय सुरक्षा नीतिनिर्माण गर्नुपर्ने बताउँदै प्रहरी सङ्गठनलाई अझै बढी व्यावसायिक, सुदृढ र बाह्य हस्तक्षेप न्यूनीकरण गर्नेतर्फ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो

यसरी गरियो पूर्वराष्ट्रपति डा रामवरण यादवको बिदाई, नयाँ घर सर्दा गाडीको ताँती
१२ कात्तिक
काठमाडौं – पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई शीतल निवासबाट विदाइ गरिएको छ नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यभार सम्हालेसँगै एक कार्यक्रमको बीच यादवको बिदाइ गरिएको हो । कार्यक्रममा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, लगायत शीर्ष नेताहरुको उपसिथति थियो । समारोहपछि उनी शीतल निवासबाट बाहिरएका थिए।
उनी शीतल निवासबाट ललितपुरको बागडोलस्थित सरकारले व्यवस्था मिलाइदिएको घरमा बस्ने छन् भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौं । इन्धन सम्झौता गरेको भोलीपल्टै छिमेकी मुलुक चीनले नेपालमा आपतकालीन रुपमा सहयोग गरेको प्रष्ट पारेको छ ।
भारतीय आयल कर्पोरेशनका अध्यक्ष बी अशोकले चीनसँगको सम्झौता पर्ख र हेरको अवस्थामा रहेको बताएको केही घण्टा पछि चिनियाँ विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा चिनले नेपालमा तेलको अभाव भइरहेका बेला आपतकालीनरुपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउने निर्णय भएको स्पष्ट पारेको हो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु खाङले नियमित पत्रकार भेटघाटमा नेपालमा भइरहेको तेलको कमीलाई पूर्ति गर्न चीनले आपतकालीन रुपमा तेल दिन लागेको बताए ।
उनले व्यापारीक रुपमा इन्धन आपुर्तिका बारेमा पनि सघन छलफल भैरहेको र त्यसकालागि नेपाली उच्च अधिकारीहरु चीन आएको बताउँदै उनले आफुहरु छिमेकीको दुःख सहेर बस्न नसक्ने बताए ।
तेल व्यापारबारे छलफल भैरहेको र नेपालमा तेल लाँदाका अफ्ठ्याराहरुका बारेमा पनि छलफल जारी रहेको र भौगोलीक असहजतालाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफल चलीरहेको उनले बताएका छन् ।

काठमाडौँ, १२ कात्तिक । लामो समयदेखिको इन्धन सङ्कट समाधान गर्ने उद्देश्यका साथ ग्यास उद्योगी सङ्घले शनिबारदेखि राजधानीमा ग्यास वितरण गर्ने भएको छ ।
व्यवसायीले ७.१ किलोको दरले ग्यास वितरण गर्न लागेका हुन् । हाल वितरणमा रहेको ग्यासको सिलिन्डर १४.२ किलो छ । आधा क्षमताको ग्यास वितरण गरिएपछि मूल्य पनि आधा मात्रै लिने तयारी गरिएको छ । प्रतिसिलिन्डर रु एक हजार ४०० मा बिक्रीवितरण हुँदै आएको ग्यास रु ७०० मा बिक्री गरिने छ र परिणाम पनि आधा मात्रै रहने छ । राजधानीमा दैनिक ५० हजार सिलिन्डरको माग छ ।
मुलुकभर करिब ६२ लाख सिलिन्डर ग्यासका ग्राहक छन् । दुई महिनादेखि जारी तराई–मधेस आन्दोलन र एक महिनाभन्दा बढीदेखि जारी भारतको अघोषित नाकाबन्दीका कारण खाना पकाउने ग्यासको चरम अभाव रहँदै आएको छ । ग्यास नपाएपछि राजधानीका उपभोक्ताले वैकिल्पक उपाय अपनाउन थालेका छन् । कालोबजारी गर्नेले प्रतिसिलिन्डर रु पाँच हजारसम्म बिक्री वितरण गर्ने गरेको गुनासो आएको छ ।
पछिल्ला केही दिनमा भारतबाट आएका २५ बुलेट ग्यास राजधानीमा ल्याउने तयारी गरिएको हो । तराईमा रोकिएका बुलेटलाई प्रहरी सुरक्षामा राजधानी ल्याइएको हो । एक बुलेट ग्यासमा एक हजार २०० सिलिन्डर ग्यास भर्न सकिन्छ । आधा परिणाम मात्रै दिँदा एक बुलेटबाट दुई हजार ४०० सिलिन्डरमा ग्यास भर्न सकिन्छ ।
नेपाल आयल निगमका प्रवक्ता दीपक बरालले उद्योगी व्यवसायीले ७.१ किलो ग्यास वितरण गर्न लागेको जानकारी दिनुभयो । उहाँका अनुसार तराईका विभिन्न नाकामा रोकिएका ग्यासको बुलेट ल्याएर वितरण गर्ने तयारी गरिएको छ ।
ग्यास बिक्रेता महासङ्घका महासचिव चन्द्र थापाले उद्योगबाट ग्यास वितरण गर्दा वास्तविक उपभोक्ताले नपाएकाले बिक्रेतामार्फत वितरण गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार बिक्रेतामार्फत ग्यास वितरण गर्दा काठमाडौँ उपत्यकाका कुना कुनाका उपभोक्तालाई ग्यास उपलब्ध गराउन सकिने भएकाले वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागमा प्रमाणित भएका बिक्री केन्द्रबाट ग्यास बिक्री गर्न लागिएको हो ।
बिक्री केन्द्रबाट ग्यास वितरण गर्दा कालोबजारीसमेत कम हुने व्यवसायीको भनाइ छ । ‘‘उद्योगीले उद्योगबाट ग्यास वितरण गर्दा कालोबजारी मौलायो, त्यसलाई नियन्त्रण गर्न पनि डिलरलाई दिन लागिएको हो ’’ थापाले भन्नुभयो ।
काठमाडौँ उपत्यकामा हाल छ हजारभन्दा बढी ग्यास बिक्री गर्ने डिलर छन् । उद्योगमा शुक्रबारसम्म ग्यास बुलेट आइपुग्ने र पुनःभरण गरेर वितरण गरिनेछ । हाल मुलुकमा ५३ ग्यास उद्योग र करिब ६२ लाख सिलिन्डर छन् । मासिक २० लाख सिलिन्डर ग्यासको खपत हुने गरेको छ ।
ग्यास ढुवानी गर्ने करिब ४०० बुलेट छन् । ती सबै भारतका हुन् । भारतसँगका धनगढी, नेपालगन्ज, भैरहवा, वीरगन्ज, विराटनगर र काँकडभिट्टा नाकाबाट ग्यास भित्रिन्छ ।
सामान्य अवस्थामा छ नाकाबाट दैनिक सरदर ६६ बुलेट ग्यास आयात हुने गरेका छन् । दुई महिनादेखि बन्द भएको रक्सौल नाकाबाट ७० प्रतिशत ग्यास भित्रिन्छ । हाल रक्सौलमा ग्यास बोकेका ३०० बुलेट रोकिएका छन् । अन्य नाकामा करिब ५० बुलेट रोकिएका छन् । यस्तै करिब ५० बुलेट तराईमा भित्रिएका छन् । रासस/dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस

बिहीबार १२ कार्तिक, २०७२
नेपालगन्ज– रुपेडिहा नाकास्थित दसगजा क्षेत्रमा धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्ता र नाकाबन्दीको प्रतिकारमा उत्रिएका युवाबीच दोहोरो ढुंगा हानाहान भएको छ।
मोर्चाका कार्यकर्ताहरु बिहानदेखि दसगजा क्षेत्रमा धर्नामा बसी आवत जावत बन्द गराएपछि ठुलो संख्याका युवा जमुनाहामा पुगेर प्रतिकार गरेका थिए। त्यसक्रममा प्रहरीले मोर्चाका बाँके संयोजक विजय गुप्ता, राजेश मिश्र लगायत ५ जनालाई पक्राउ गरेको थियो।
युवाहरुले प्रतिकार गर्दै लखेटेपछि मधेसी मोर्चाका कार्यकर्ताहरु भारतीय भूमिमा पुगेर त्यहाँबाट ढुंगा प्रहार गरेपछि यताबाट युवाहरुले पनि ढुंगा हानेको प्रहरीले जनाएको छ । दोहोरो ढुंगा हानाहान हुदाँ रुपेडिहा नाका तनावग्रस्त बनेको छ। इलाका प्रहरी कार्यालय जमुनाहा इन्चार्ज प्रहरी नायव निरीक्षक विष्णु गिरीले धर्नामा बसेका मधेसी मोर्चा र प्रतिकारमा उत्रिएका युवाबीच दोहोरो ढुंगा हानाहान भएको बताए । प्रतिकारमा उत्रिएका युवाहरु अहिले पनि जमुनाहा क्षेत्रमा परिचालित भएका छन्।
'युवाहरुको समुहले प्रतिकार गरेपछि मोर्चाका कार्यकर्ताले भारतीय भूमिबाट ढुंगा हाने, उनीहरु अहिले उतैतिर छन,' उनले भने । मोर्चाले भारतीय भूमि प्रयोग गरी नेपाल तर्फ ढुंगा हानेको धेरै बेरपछि मात्र भारतीय सुरक्षाकर्मीले आन्दोलनकारीलाई लखेटे जस्तो गरेको प्रत्यक्षदर्शीले बताएका छन्।
आन्दोलनकारी मोर्चाका कार्यकर्ता अहिले पनि भारतीय भूमिमै बसेका छन् । भारतीय सुरक्षाकर्मीले उनीहरुलाई संरक्षण दिएको नेपाली सुरक्षाकर्मीको गुनासो छ। मोर्चाका कार्यकर्ताले रुपैडिहामा किनमेलका लागि पुगेका नेपाली नम्वर प्लेटका मोटरसाईकलमाथि ढुंगा प्रहार गरेका छन् । प्रहरीका अनुसार मोर्चाका कार्यकर्ताले सिमापारी पुगेको भे२ प ५८५३ नम्वरको मोटरसाईकललाई पल्टाइदिएका हुन्।nagariknews भिडियो हेर्न तलको बाकस थिच्नुहोस

बिहीबार, १२ कार्तिक
काठमाडौं । पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको नाममा सपथ लिएकी छिन् । राष्टपति निवास सितल निवासमा आयोजित भव्य समारोहमा भण्डारीले सपथ ग्रहण गरेकी हुन् ।
भण्डारीलाई प्रधान न्यायाधीश कल्याण श्रेष्ठले सपथ गराएका थिए । भण्डारी नेपालको इतिहाँसमा राष्ट प्रमुख हुने पहिलो महिला हुन् ।
उनलाई नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो । सपथ लगत्तै उनले कार्यभार सम्हालेकी छिन् ।
समारोहमा निवर्तमान राष्टपति रामवरण यादव, उपराष्टपति परमानन्द झा, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती, मन्त्रीपरिषद्का सदस्य लगायत उच्च पदस्थ अधिकारीहरुको सहभागिता थियो ।

१२ कार्तिक, काठमाडौँ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको प्रधानमन्त्रित्वकालको करिब दुई वर्षको अवधिमा एक दर्जन बढी शीर्षकमा मिलेमतोमा राष्ट्रको ढुकुटीबाट दुई अर्ब ८४ करोड ७० लाख ७३ हजार पाँच सय ९० रुपैयाँ ‘सहयोग’ वितरण गरिएको तथ्य फेला परेको छ । सबै रकम दोस्रो संविधानसभा निर्वाचनपछि मात्र निर्णय गरेर वितरण गरिएको हो ।
अर्थ मन्त्रालयका अनुसार २०७० साल असोज २४ गतेदेखि २०७२ साल असोज १४ गतेसम्म फरक–फरक मितिमा निर्णय गर्दै उक्त रकम वितरण गरिएको हो । अधिकांश रकम पहुँचको आधारमा वितरण गरिएको देखिएको छ । कोइराला प्रधानमन्त्री हुनुअघि खिलराज रेग्मी नेतृत्वको सरकारले माघ २७ भन्दा अघि असोज २४ गतेबाट माघ २३ गतेसम्म आर्थिक सहयोग गर्ने २७ वटा निर्णय गरेको थियो । ती निर्णयमध्ये १९ वटा निर्णयबाट मात्र उपचार खर्च दिएको थियो ।
कोइराला २०७० साल माघ २७ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । राष्ट्रको त्यति ठूलो रकम उपचार, आर्थिक सहायता, क्षतिपूर्ति, जीवन निर्वाह, आर्थिक सुविधा, सम्मेलन आयोजना, महाधिवेशन आयोजना, समारोह, मेला व्यवस्थापन, राहत, पुरस्कार, कार्यक्रम आयोजना र यात्रा कार्यक्रम शीर्षकमा खर्च गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
रकम पाउनेमा स्वयम् सुशील कोइराला, तत्कालीन नेकपा एमालेका संसदीय दलका नेता एवं हालका प्रधानमन्त्री केपी शर्मा ओली, कोइराला सरकारका अर्थमन्त्री डा। रामशरण महत, तत्कालीन सभासद् प्रेमकिशोर साह तेली र शयन्द्र वन्त, उपराष्ट्रपति परमानन्द झाकी श्रीमती नविना झा, पूर्वसंविधानसभाका उपाध्यक्ष पूर्णकुमारी सुवेदीका छोरा अच्यूतराज सुवेदी, पूर्वगृहराज्यमन्त्री महेन्द्र यादव, पूर्वसांसद् एकनाथ रानाभाट, पूर्वसभासद् रामचरण चौधरी थारु, सांसद् शेरधन राई, सत्यमोहन जोशी, अम्बर गुरुङ्ग, भरतमणि जंगम, काँग्रेसका नेता सिद्धराज ओझा, सांसद् तप्तबहादुर विष्ट, पूर्वमन्त्री गोविन्दराज जोशी र चक्रप्रसाद बाँस्तोला, वामपन्थी नेतृ साहना प्रधान, पूर्वसभासद् शान्ता चौधरी, रामप्रीत पासवान, चार वर्षीय बालक आदित्य दाहाल, सोमबहादुर थापा, बद्रिनारायण फैजु, ऊर्जा मन्त्रालयका इन्जिनियर महेन्द्र विलास बज्राचार्य, जनअधिकृत रामप्रित मौर्य, पत्रकार गोपाल थपलिया लगायत छन् ।
उक्त रकममध्ये अधिकांश उपचार खर्चका लागि निकासा भएको समेत अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार कोइराला र ओलीसहितका झण्डै तीन सय जनालाई औषधि उपचार भन्दै रकम वितरण गरिएको छ । औषधि उपचारको रकम ठूला नेता र पहुँचवालालाई मात्र धेरै दिइएको छ भने अन्यलाई नाममात्रकै रकम दिइएको छ । १९ जनालाई उपचार खर्च ७२ हजार नौ सय ४९ रुपैयाँ मात्र दिइएको छ । उक्त रकम २०७० साल फागुन २९ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार उपलब्ध गराइएको हो । त्यस्तै, २०७१ साल असार २० गतेको मन्त्रिपरिषद् बैठकले १४ जनाको उपचारको लागि ३२ लाख र एक सय छ जनाको उपचारको लागि एक करोड ४८ लाख रुपैयाँमात्र उपलब्ध गराएको थियो । अरु एक अर्बभन्दा बढी रकम ठूला नेता र पहुँचवालालाई मात्र दिइएको छ ।
उपचार खर्च बढी पाउनेमा काँग्रेस, एमाले र एमाओवादीका नेता तथा उनीहरुका परिवारका सदस्य र उनीहरुको सिफारिसका व्यक्ति छन् । राज्यकोषबाट रकम राजनीतिक दलका नेता, कार्यकर्ता, सरकारी कर्मचारी मात्र होइन पत्रकार, पत्रकार महासंघ, आर्थिक पत्रकार समाज, रिपोटर्स क्लबजस्ता सञ्चार संस्थालाई समेत वितरण गरिएको छ । त्यस्तै, विभिन्न धार्मिक संस्था, थारु कल्याणकारी सभा, नेपाल मगर संघ, दलित विकास मञ्च, नेपाल भारत दलित मैत्री संघ, न्हूदँ राष्ट्रिय समारोह, भानु प्रतिष्ठान, सञ्जय पण्डित फाउण्डेसन नेपाल, दोस्रो पूर्ण महाकुम्भ मेला व्यवस्थापन समिति, बीपी चिन्तन प्रतिष्ठान लगायतका संस्थालाई समेत पहुँचको आधारमा वितरण गरिएको छ ।
सरकारले उपचार र सहयोगको नाममा वर्षेनी खर्च बढाउँदै लगेको र पहुँचको आधारमा रकम पाउने भएपछि आफ्नो सामथ्र्य भएकाहरुले समेत उपचारमा आफैंले खर्च नगरी राज्यकोषबाट लिने बानीको विकास हुँदै गएको छ । ‘क्षमता हुनेले समेत धमाधम औषधि उपचार खर्च लिएका छन्’, अर्थ मन्त्रालयका एक अधिकारीले भने, आफ्नो घर, जग्गा र नगद जोगाउन राज्यबाट रकम लिने प्रचलन बढेको देखियो ।’
मासिक घरभाडा, परिवारका सदस्यको तलब, भत्ता तथा सेयर लगानीबाट मासिक लाखौं रुपैयाँ आम्दानी गर्नेहरुले समेत राज्यकोषबाट रकम लिएर उपचार गर्ने गरेको देखिएको छ । ‘उपचार गरेर अहिले आफ्नो काममा फर्केकाहरुको आम्दानी हिजो बिरामी हुँदा पनि थियो, अहिले पनि छ र भोलि पनि भइरहने देखिन्छ’, अर्थका अर्का अधिकारीले भने, ‘आर्थिक हैसियत राम्रो, कमाउने सामथ्र्य र उपचारपछि पूर्ववत् काममा फर्किनसक्नेले उपचार खर्च नलिई जीवनभर अपांग भएका र खान समेत नपुग्नेलाई सहयोग गर्ने वातावरण बनाउनुपर्नेमा त्यो भएको देखिएन ।’ राज्य कोषको रकम सिंहदरबारमा पहुँच पुग्नेले मात्र पाउने गर्नाले ग्रामीण क्षेत्रमा सरकारले सामान्य औषधि समेत पुर्याउनसकेको छैन ।
-आर्थिक दैनिक बाट
newspati.com
काठमाडौं । भारतले संविधानमा आफ्नो स्वार्थ उल्लेख नगरेको नाममा नेपालमाथि नाकाबन्दी लादेको छ । यस्तो अवस्थामा नेपाल सरकारले उपयुक्त विकल्पको रुपमा अर्को छिमेकी मुलुक चीनसँग इन्धन सम्झौता गरेको छ ।
भारतले अघोषित नाकाबन्दी लगाउनु ठिक अघि नाकाबन्दीको घोषणा गरेर सीमा नाकाहरुमा केही कार्यकर्ताको भिड जम्मा गर्दै आएका आन्दोलनरत मधेसवादी दलहरुलाई चीनसँगको इन्धन सम्झौताले निद हराम पारेको छ ।
यस बीचमा मधेस आन्दोलनको मसिहा ठान्ने केही नेताहरुको अगुवाइमा यतीबेला मधेसमा चीन विरोधी गतिविधिले पनि तिब्रता पाएको छ ।
आन्दोलनरत मधेसी मोर्चाका अग्र नेताका रुपमा रहेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई पनि सरकारले चीनसँग गरेको इन्धन सम्झौताले पोल्न थालेको छ ।
उनले चीनले नेपाल सरकारसँग इन्धन आपुर्ति गर्ने सम्झौता गरेर आफुहरुसँग दुश्मनी साँध्न खोजेको आरोप लगाएका छन् । महतोले मधेस आन्दोलनलाई कमजोर पार्न चीनले षड्यन्त्र गरेको आरोप लगाउँदै चीन विरोधी गतिविधि नेपालमा बढ्ने बताए ।
उनले चीनले आफुहरुसँग जोरी खोज्न खोजेकाले त्यसको हिसाव किताव हुने बताए । महतोले अब तराईमा चीनको झण्डा जल्नु स्वभाविक हुने टिप्पणी समेत गरेका छन् ।
उनले चीनले मधेसमा भैरहेको अधिकारको आन्दोलनलाई कमजोर पार्न सम्झौता गरेर आफुहरुसँग दुश्मनी बढाएको बताउँदै चीन विरुद्ध घोषीत आन्दोलन थाल्ने बताए ।
मधेसमा चीनको झण्डा जलाएको विषयमा आन्दोलनरत मोर्चाकै एक नेता संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले विरोध गरिरहेका बेला महतोले भने चीन विरोधी आन्दोलनको उद्घोष गरेका हुन् ।
उनले चीनसँग जोडीएका नाका बन्द गर्नकालागि जनजाती र थारु आन्दोलनकारीहरुसँग छलफल भैरहेको बताउँदै त्यसमा आफुहरुले सहयोग गर्ने बताए ।

काठमाडौं : राष्ट्रपति निर्वाचनको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बालुवाटारमा दिवा भोजको आयोजना गरेका छन्।
संविधानको सफल कार्यान्वयन भएको भन्दै आयोजना गरिएको दिवाभोजमा नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारी प्रमुख अतिथि थिइन् भने संसद्मा रहेका सबै दलका शीर्ष नेता तथा सांसदहरुलाई बोलाइएको थियो ।
दिवा भोजमा कांग्रेसका सभापति सुशील कोइरालालगायतका नेताहरु सहभागी थिए। दिवाभोजमा शीर्ष नेताहरुले नयाँ संविधानको कार्यान्वय मिलेर गर्नुपर्नेमा जोड दिएका थिए।
प्रधानमन्त्री ओलीले नयाँ संविधान जारी भएपछि प्रधानमन्त्री, सभामुख उपसभामुख र राष्ट्रपतिको निर्वाचन भएर संविधानको सफल कार्यान्वयन भएकोमा धन्यवादज्ञापनका लागि कार्यक्रम आयोजना गरिएको बताएका छन् ।

वीरगन्ज : तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले चीनबाट पेट्रोलियम पर्दाथ भित्रयाउने सरकारको निर्णय जनविरोधी रहेको बताएका छन्।
वीरगन्जमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले भने , ‘चीनबाट पेट्रोलियम पर्दाथ भित्र्याउदा समय र ढुवानी खर्च दुवै बढी लाग्छ , त्यसैले नेपाल सरकारले चीनसंग गरेको सम्झौता नेपाली जनताको हितमा छैन , यो जनविरोधी छ ।
चीनबाट इनधन आयात गरिदा ६ सय ५० किलो मिटर भन्दा बढी दुरी सम्म ढुवानी गर्नुको साथै ठाउँ–ठाउँमा लोड अन्लोड गर्नु पर्ने भएकाले ढुवानी खर्च बढनुको साथै लागत खर्च बढने भएकाले आयात गरिएको इन्धन नेपली उपभोक्ता र उद्योग दुवैलाई महङगो पर्ने दावी गरे ।
भारतको सिमा देखी काठमाण्डौ सम्मको दुरी २ सय किलो मिटर भन्दा बढी नभएको र एक चोटि लोड भएपछि गन्तब्य सम्म सोझै पुग्ने भएकाले भारतसंग नै इन्धन आयात गर्दा नै नेपाली जनतालाइ सस्तो पर्ने उनले बताए ।
तमलोपा अध्यक्ष ठाकुरले मधेशको माग प्रति सरकार अझै पनि गम्भिर नभएको बताए ।घर भित्रको समस्या सुल्झाउनुका सटटा चीनसंग इन्धन आयात गर्ने सम्झौता गरेका कारण सरकार मधेशको माग प्रति गम्भिर नभएको पुष्टि भएको उनको भनाइ थियो ।
मधेशमा जारी आन्दोलनको निकास मुलुक भित्रै खोज्नुको सट्टा सरकारले विदेशमा गएर खोजीरहेकोले यसले नेपालको विदेश निती प्रभावित हुने खतरा उत्पन्न भएको ठाकुरले बताए ।
अधिकारका लागि मधेशी जनता आन्दोलित हुनु मुलुकको आन्तरिक विषय भएपनि सरकारले त्यसको निकास अरु देशमा गएर खोज्दा मुलुकको विदेश निति कमजोर हुनुको साथै मित्र राष्ट्रहरुसंगको सम्बन्ध विग्रिने सम्भावना पनि बढेको अध्यक्ष ठाकुरले बताए।
उनले अहिले सम्म भएका औपचारिक र अनौपचारिक वार्ता तथा छलफलमा मधेशका मुद्धा सम्बोधनका लागि ठोस मार्गचित्र लिएर सरकारी वार्ता टोली नआएकै कारण पनि उ मधेशको माग प्रति गम्भिर नभएको पुष्टि भएको जिकिर गरे।
अध्यक्ष ठाकुरले आन्दोलनका कारण बन्द विधालय र कलेज सन्चालन नहुनुमा सरकार नै जिम्मेवारी रहेको बताए । राज्य पक्षले मधेशका माग सम्बोधन गर्न वास्ता नगरेकै कारण आन्दोलन लम्बिएर विद्यालय र कलेजहरु खुल्न नसकेको उनको भनाइ थियो ।
मधेशका माग पुरा नभए सम्म आन्दोलन जारी रहने भन्दै उनले मधेशी दलसंग विगतमा भएका आठ र २२ बुदे सम्झौतालाइ लत्याएर संविधान जारी गरिएकै कारण मुलुक जटिलतामा फसेको बताए ।
उनले नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीलाइ आफुले बधाइ तथा सफल कार्यकालका लागि शुभकामना दिइसकेको जानकारी गराए । पत्रकार सम्मेलनमा तमलोपाका महामन्त्री जितेन्द्र सोनल , केन्द्रिय सदस्यहरु जनार्दन यादव , चन्दा चौधरी , जितेन्द्र सिंह र सांसद रमेश पटेलको पनि उपस्थिती रहेको थियो ।