एजेन्सी । एक वेभसाइटले मानिसलाई किनमेल गर्दा पनि यौन आनन्द बराबर सन्तुष्टि प्राप्त हुने दावी गरेको छ । वेभसाइट बसल डट कमका अनुसार अनुसन्धानकर्ताहरुले आफ्नो शोधमा ठुलो किनमेलबाट मष्तिस्कमा उद्दिप्त हुने एक विशेष प्रकारको स्पट पत्ता लगाएका छन् ।
साथै यो स्पट आनन्द प्रदान गर्ने अन्य प्रेरकहरु जस्तै रतिक्रियाका कारण पनि उद्दिप्त हुने गर्दछ । अनुहारको भाव–भंगीमा पहिचान गर्ने प्रणालीको उपयोग गर्दै एक ३० वर्षीया महिलालाई किनमेलका लागि मनपर्ने स्टोरमा पठाइएको थियो ।
यस क्रममा शोधकताहरुले महिलाको मष्तिस्कको निगरानी गर्ने एउटा प्रणाली उपयोग गरेका थिए । जसबाट उनलाई प्राप्त हुने आनन्दको स्तर मापन गरिएको थियो। शोधका क्रममा शोधकर्ताहरुले पाए कि महिलाको खुसी व्यक्त गर्ने प्रणाली त्यतिबेला सबैभन्दा उच्चस्तरमा पुग्यो जतिबेला उनले एक जोर पाइन्छ किनिन् । जुन पाइन्ट उनी लामो समयदेखि किन्ने सपना देखिरहेकी थिइन् ।
मुख्य शोधकर्ता स्काँट रिकले भने–‘व्यक्तिलाई छुनुको सट्टा हामीले सिधै मष्तिस्कबाटै यो जान्ने कोशिस गरेका हौ । यसका लागि हामीले मानिसलाई किनमेल गर्ने अवसर दियौ र यसक्रममा उनीहरुको मष्तिस्कको गतिविधिमा चलायमान एमआरआईको माध्यमबाट नजर राख्यौ ।
शोधकर्ताहरुका अनुसार किनमेलका क्रममा अत्यधिक मुल्य तिर्दा यो अनुभूति यसको विपरीत हुने गर्दछ ।

दाङ, वैशाख २९ । देउखुरी उपत्यकाको सतवरिया २ वनघुस्रीकी एक महिलालाई गाउँकै महिलाले कानुन हातमा लिएर मोसो दली सामाजिक बहिष्कार गरेका छन्।
मोसो दली सामाजिक बहिष्कार गर्ने काममा संलग्न ६ जना महिलालाई प्रहरीले पहिचान गरी चारजनालाई पक्राउ गरेको छ।
महिलालाई मोसो दली सामाजिक बहिष्कार गर्ने काममा संलग्न सतवरिया-२ वनघुस्रीकी सीतारामी चौधरी, पानमति चौधरी, हिरामती चौधरी र जानकी चौधरीलाई नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख लक्ष्मणबहादुर शाहीले बताए। घटनामा संलग्न मुख्य ६ जनामध्ये २ जना महिला फरार छन् ।
बाँकी २ जना महिलालाई पनि नियन्त्रणमा लिएर सार्वजनिक अपराधको मुद्दा चलाउने तयारी भइरहेको प्रमुख शाहीले जानकारी दिए।
उक्त गाउँकी ती महिलालाई सोमवार दिउँसो महिलाहरुकै हुलले कपाल मुण्डन गर्नुका साथै मोसो दली जुत्ताको माला लगाएर लखेटेको थियो।
ती महिला भित्री वस्त्रमा मात्रै लेखेटिँदासमेत वनघुस्री गाउँ पूरै मुकदर्शक बनेको थियो। महिला हिंसा न्यूनीकरण गर्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट व्यापक प्रयास भइरहँदा पनि सोमवार चौधरी थरकी ती महिलामाथि यस्तो अमानवीय व्यवहार गरिएको थियो । आजको अन्नपुर्ण पोष्टले समाचार लेखेको छ ।npnewsline.blogspot.com

एजेन्सी । महिला र पुरुष दुबैको ओठको आकार हेरेर गोप्य कुरा थाहा पाउन सकिने तरिकाहरु एक अध्ययनले बताएको छ ।
गुलाबी ओठः जो व्यक्तिको ओठको रङ गुलाबी हुन्छ, उनीहरु कुशल व्यवहार, उदार र बुद्धिमान स्वभावका हुने गर्दछन् । यस्ता ओठ भएका मानिसहरु आफ्नो व्यवहारले सबैको मनलाई पगाल्न सक्दछन् । उनीहरुको साथी पनि धेरै हुने गर्दछन् ।
मोटो ओठः जो व्यक्तिको ओठ सामान्यभन्दा अलि मोटो छ भने उनीहरु रिसाउने प्रकृतिका हुन्छन् । यस्ता मानिसहरु सानो(सानो कुरामा पनि रिसाउने गर्दछन् । कहिलेकाहीँ यिनिहरुको रिसले उनीहरुलाई तनावमा पनि पार्ने गर्दछ । यिनिहरु भावनात्मक र जिद्दि स्वभावका हुन्छन् ।
बाहिर निस्किएको ओठः जो मानिसहरुको ओठ सामान्य स्थितिभन्दा अलि बाहिर निस्केको देखिन्छ भने उनीहरु डरपोक स्वभावका हुन्छन् । यस्ता मानिसहरु कुनै पनि कठिन परिस्थितिको सजिलैसँग समाधान निकाल्न सक्दैनन् ।
भित्र पसेको ओठः जसको ओठ सामान्य स्थितिभन्दा अलि भित्र पसेको छ भने उनीहरु रहस्यमय स्वभाव भएका व्यक्तिहरुमा गनिन्छन् । यस्ता व्यक्तिहरुको मनको कुरा बुझ्न निकै कठिन हुने गर्दछ । ओठ भित्र पसेका व्यक्तिहरु राम्रा योजनाकार हुने गर्दछन् र आफ्नो योजनालाई गुप्त राख्ने पनि गर्दछन् ।
रसिलो ओठः रातो रंगको, नरम र कलात्मक किसिमको ओठलाई रसिलो ओठ भनिन्छ । यस्ता ओठ भएका मानिसहरु राम्रा, कलालाई माया गर्ने र राम्रा स्वभावका हुन्छन् । रसिलो ओठ भएका मानिसहरु समाज र घरपरिवारमा मानसम्मान प्राप्त गर्ने खालका हुन्छन् । यस्ता मानिसहरु आफ्नो कार्यक्षेत्रमा उच्च स्थानमा जान सक्ने र जीवनमा थुप्रै उपलब्धिहरु हासिल गर्दछन् ।
ठूलो ओठः जो व्यक्तिको ओठ ठूलो हुन्छ उनीहरु मिठो खाना खानमा सौखिन हुने गर्दछन् । उनीहरुलाई विभिन्न प्रकारका खानेकुराहरु बनाएर खान मनपर्छ । सामान्यतया यस्ता व्यक्तिहरु छिट्टै आवेशमा आउने गर्दछन् र उनीहरुको रिस पनि चाँडै नै शान्त हुुने गर्दछ ।
संकुचित ओठः सानो र पातलो ओठलाई संकुचित ओठ भनिन्छ । यदि कसैको यस्तो ओठ छ र ओठ बेरंगी छ भने यस्ता व्यक्तिहरु देखावटी गर्न माहिर हुन्छन् । बेरंगी, सानो र पातलो ओठ भएका मानिसहरु अरु मानिसहरुमा आफ्नो प्रभाव जमाउन क्रियाशिल हुने गर्दछन् ।
ओठमा कोठी छ भनेः यदि कुनै व्यक्तिको ओठमा कोठी छ भने यस्ता व्यक्तिहरु निकै कामुक स्वभावका हुने गर्दछन् । विपरित लिंगप्रति यिनिहरुको मनमा थुप्रै प्रकारको कामुक विचार आउने गर्दछन् । यस्ता मानिसहरु अरु मानिसहरुलाई चाँडै नै प्रभावित गर्न सक्षम हुने गर्दछन् । यदि ओठको ठिक मुनि कोठी छ भने यस्ता मानिसहरु कठिन परिश्रम गर्ने गर्दछन् र सजिलै सँग धन कमाउन सक्दैनन् । यस्ता मानिसहरुले कठिन परिश्रमपछि मात्र धन कमाउने गर्दछन् ।npnewsline.blogspot.com

काठमाडौ, वैशाख २८ - केही दिनअगाडि दिनरात गरी ४१ इन्च पानी परेको थियो । बिहानीपख हुस्सु लागेको थियो । अघिल्लो दिन संक्रान्ति मनाएकाले भोलिपल्ट पनि चाडबाडको हावा अडिरहेको थियो । सोमबारे औँसी परेकाले आइमाईहरू न्वाहीधोई पूजापाठ गरी व्रत बसिरहेका थिए । चाडबाड मनाइसकेका दुनियाँ खेतमा काम गरिरहेका थिए ।
बिहानपख हुस्सु लागे पनि घामको तेज करिब ६० डिग्री चढाउ भएको थियो । तैपनि, आँगन, कौसी र सडकमा समेत घाम तापिरहने धेरै थिए । सहर गाउँका भट्टीमा मतवाली नेवार, भोटेहरूको भीड थियो । गाउँले आफ्ना उब्जाउ बेच्न आएकाले सहरका बजारतिर भीड थियो । सरकारी अड्डामा काम भइरहेको थियो । पल्टन कवाज खेलिरहेका थिए ।
ठीक २ बजी २४ मिनेट २२ सेकेन्ड जाँदा अकस्मात् जमिनभित्रबाट गुडगुडे आवाज आयो र साथसाथै भूकम्प सुरु भयो- २ माघ १९९० को महाभुइँचालो उत्पत्ति भयो । यो जमिनको अपूर्व आवाजले गर्दा भूकम्प हो भन्ने ख्याल झट्ट चढ्न सकेन । पानीको लहरीझैँ जमिनमा लहरी चल्यो । पहिलो अवस्थामा भूकम्पको वेग पूर्वबाट पश्चिम गएको अनुमान गरियो । दोस्रो अवस्थामा जमिन चक्कर खाई बटारिन थाल्यो र सोही वेगमा धेरैजसो घर इमारत लड्न गए । एक बिजुलीबत्तीको ग्लुपसमेत त्यसको सकेटबाट बाहिर उछिट्टएिको देखियो । जमिन कस्तो जोडले काँपेछ भने रूख, बोट हुरीमा परेझैँ लच्के । साना-साना बोटका टुप्पाले जमिन छोला-छोलाजस्तो भयो ।
पोखरीको वा भाँडामा राखिएको पानी बाहिर फ्याँकियो । पोखरीका पानी ठूला-ठूला छालझैँ उछिट्टनि लाग्यो । घरको गाहारा हुरीमा ढोकाझैँ खुल्ने र बन्द हुने गर्न लागे । जमिन तल र माथि गर्दा धमाधम घर लड्न थाले । अग्लाअग्ला पुर्जा गजुर पनि खसे । तोपको बढाइँझैँ घर भत्केको भयंकर आवाज आउन थाल्यो । धूलोले गर्दा अन्धकार भयो । आठ-दस हात अगाडि पनि देखिन नसक्ने भयो । सहरको धूलाले गर्दा टुँडिखेलजस्ता खुला जग्गामा पनि धूलोको कुइरीमण्डल हुन थाल्यो ।
सबै मानिस खुला जग्गातिर भाग्न थाले । कोही अड्न नसकी केही चीजको भर लिई ठाडो रहे, कोही चार हातखुट्टा टेकी चौपायाझैँ भाग्न थाले । कोही छिँडीमा लुके, कोही चोकमा दौडे, औ कोही बारीतिर कुदे कहीँ कहीँ आमाहरू आफू खुलामा आइसकेपछि छोराछोरीको मायाले घरभित्र पस्न जाँदा मृत्युको मुखमा परे । धूलोले अन्धो पारे तापनि अतासले गर्दा सबै मानिस दौडिन थाले । साथसाथै सबले अतासमा ईश्वरको नाम लिई कराउन थाले र चारैतर्फबाट शब्द निस्कन थाल्यो । सो शब्दघर भत्केको आवाजसँग मिल्दा कस्तो भयंकर आवाज आयो होला, विचार गर्नुहोस् । खास गरी स्त्रीहरू धेरै जस्ताले धर्म हुन्छ भन्ने विचारले भाग्ने कोसिस नगरी पानी भर्ने वा औँलाले जमिन छुनेजस्ता रकम-रकममा काम गरे । तर, भाग्ने मानिसले पनि सुख पाएनन् । सहरका ससाना सडक र गल्लीहरू धराप बन्न गए । हजारौँ घरले थिचिई मृत्युको गाँसमा परे । हजारौँ घाइते भए, टुँडिखेलमा कवाज खेलिरहेका सिपाहीहरू उभिन नसकी धेरै जस्ता जमिनमा घोप्टो परे, पूर्वको १ खण्ड जमिन फाटिन गई पानीसमेत निक्लिन गयो ।
सोही बखत धरहरा र घन्टाघर दुवै करौँतीले काटेका रूखझैँ चिराचिरा पर्न गई दुई-तीन टुक्रा भई ढले । धरहराका टुक्राहरू त्यसको पर्खालको चक्काभित्रै परे । अरू घर-इमारत पनि त्यस्तै किसिमले ढलेका थिए । भूकम्पमा घर त्यसै ढलेर भत्कन्छन् भन्ने विचार धेरै दृष्टान्तले सिद्ध भएन ।
खेत र सडक चिराचिरा परेका ठाउँबाट पानी निस्कन थाल्यो । सबै खोलानालामा बाढी आयो । वाग्मती, विष्णुमतीलगायत खोला छिनभरमै कालो र मैलो पानीले ढाकिए । कुनै ठाउँमा ८-१० हात माथिसम्म पानी फोहोरझैँ जमिनबाट फुटी आयो । धेरै जस्ता खेत पानीले जलथल भए । जमिन फाँटिदा तातोपानी र बालुवासमेत बाहिर आएको देखियो । बालाजू र शंखमूल नजिकमा सडक ठाउँ ठाउँमा एक-दुई हातसम्म भासिन गए । चिरान परेका ठाउँको गहिराइ ९-५० हातसम्म पनि हुन गयो, लम्बाइको त कुरै छाडून् ।
भूकम्प बन्द हुनासाथ सबै नातापाताको खोजतलासमा लागे । बेपत्ता भएकाहरूको नाम पुकार्दै सडकमा दौडन थाले ।
आ-आफ्ना घरतिर दौडन थाले । आफ्ना नाता पुरिएकाहरूले सकी-नसकी घरको रासन खोस्रन थाले । सबै आ-आफ्नै नाताहरूको खोजतलासमा लागेकाले मद्दत पाउन कठिन भयो । घरको रासबाट बाँचेकाहरूको स्वर पनि सुनिन्थ्यो, परन्तु झिक्ने पूरा सामथ्र्य भएन । यस्ताका नाताको दिल कस्तो भयो हो, कल्पना गर्न सकिँदैन ।
यस्ता मानिस पल्टन भएका ठाउँमा अथवा काठमाडौँको टुँडिखेलमा आई कराउन थाले । एकैछिनमा सबै खुला ठाउँमा यी आत्तिएका स्त्री-पुरुषहरूले भरिए । केही बेरमै चिफसाहेब, लाठसाहेब र अरू जर्नेल अफिसर जम्मा भए । पहिलो काम त्यहाँ जम्मा भएका सिपाही फौजलाई उत्साह र आधार दिने भयो । त्यसपछि तिनीहरूलाई ठाउँ ठाउँमा पठाउने काम गरियो ।
श्री ५ का छोरी मैयाँ दुई र श्री ३ की नातिनी मैयाँ मरेको खबर त्यहीँ आयो । सिपाहीको गठ-गठ गरी सहर र दरबारमा पुरिएका मानिस झिक्न खटनपठन भयो । तिनीहरू गई सहरमा धेरै पुरिएकालाई बचाइदिए । आफ्ना घरजहान सम्झी मनमा कस्तो ताप परेको हुँदो हो तापनि पल्टनिया जवानहरू आफ्ना कर्तव्यको सोझो रहे । खटाइएका ठाउँमा केही गाह्रो नमानी गए- यस्तो देख्दा खुसी पनि लाग्यो । दया पनि उठ्यो ।
त्यस बखत तीन सहरमा करिब ९ हजार ५ सय सिपाही थिए । घाइतेका साथै अरू सहरका बासिन्दाले अस्पतालको कम्पाउन्ड ढाक्यो । कोही आमा आफ्ना मरेका छोराछोरीलाई हातमा लिई बाँचेका छन् कि भन्ने आशाले डाक्टरलाई देखाउन आएको अपसोची दृश्य पनि देखिन्थ्यो । त्यस बेला अस्पतालको तैनाथवाला भएकाले घाइतेलाई औषधी पुर्याउने काम मलाई पर्न आयो । त्यस बखत सहरभित्र कोही-कोही सज्जनले दु:खी घाइतेको स्याहार-सम्भार गरे तापनि धेरैजसो अत्यासले होसहीन भई बसिरहे ।
श्री ५ महाराजाधिराजको सवारी त्यस बखत नागार्जुनमा थियो । केही बेरका लागि त्यहाँबाट आफ्ना नारायणहिटी दरबारमा सवारी भई- विष्णुमतीको पुल भत्केकाले छाउनीको बाटो गरी नागार्जुन फिर्यो । चलनबमोजिम छाउनी पास गरिबक्सँदा एक तोपको सलामी दिए । नागार्जुन दरबार पनि भत्केकाले पालमै राज भयो ।
सहरका कोही घर र दरबारमा समेत भत्केका घरका काठपात आगामा पर्दा आगलागी हुन गयो तर हावाको जोर पनि कम भएकाले सम्हाल्न सके । खोकनाको तेल पेल्ने ठाउँमा पनि आगलागी भयो तर फिँजिन पाएन । फर्पिङको मुख्य बिजुलीघरमा भूकम्प हुँदा आफसेआफ कल बन्द हुन गयो । आगलागी नहुनु एक भाग्यको कुरा सम्झनुपर्छ । त्यस बखतको अवस्थामा तपसिलको एक बयानबाट राम्रोसँग अनजाम गर्न सकिन्छ ।
होस-हतास हराएको दुई मिनेटपछि आँखा खोलेर हेर्दा चारैतिर प्रलयको दृश्य, प्रलयको कोकोहोलो स्वरले चिच्याउन र कराउन लागेको देखियो, सुनियो । मानिसको ता के कुरो मानिसका शरणमा परेका चराचुरुंगी पनि च्याँच्याँ र चँुचुँ गरेर आकासमा कराउन लागेका थिए । मुसोजस्तो छरितो जन्तुले पनि भाग्ने मौका पाएन, जहाँको तहीँ थिचिएर मर्नुपर्यो ।
छोराको सबै शरीर किचिरहेछ, मुख पक्कपक्क बाएको इँटका अन्तरबाट अलिअलि देखिन्छ आ...मा... भनेको मलिन आवाज अलिअलि सुनिन्छ, इँट-काठ पन्छाएर छोरो झिक्ने मद्दत पुग्दैन । यस्तो अवस्थामा त्यस अभागिनी आमाको तस्बिर खिच्नुहोस्, जहानमा ११ जना थिए, सबै किचिएर मरे, एउटा पाँच वर्षको बालक बाँच्यो । यो टुहुरोको सम्झना गर्नुहोस् । विवाह गरेको वर्ष दिन पनि भएको छैन, १५ वर्षकी बाहुनी विधवा भई, यसले छाती पिटीपिटी रोएको करुण क्रन्दनको विचार गर्नुहोस् ! जहानमा कसैको टाउको फुटेको छ, कसैको हात भाँच्चिएको छ । कुनै बेपत्ता छन् । कसैलाई खोस्रेर झिक्दै छन् । कसैलाई पोल्न लगिसके । घ्याम्पो फुट्यो, अन्नको गेडो छैन । घरमा मुर्दा लडिरहेछ । कात्रो किन्न जाने पसल छैन । दाउरा किन्ने पैसा छैन । घर भत्केका काठपातले मुर्दा पोलिए । बाबु मर्यो, छोराले किरिया गर्नलाई कपाल खौरन छुरा पाएन । पुरेत बाजेसँग किरिया गराउने पुस्तक छैन । घरले किचिएको छ वा कहाँ छ पत्तो छैन । किरियापुत्रीले नयाँ धोती नपाएर पुरानो पटुका फेरेर किरिया बस्नुपर्यो । सारा सहर भत्क्यो, पसल भत्के केही किन्न पाइँदैन । रात पर्यो, माघे झरी पर्ने डर छ, ओत छैन ।
लास जलाउनलाई दाउरा नपाउँदा धेरैले भत्केका घरको काठले जलाए । सबै घाटमा ठेलमठेल भयो । मुर्दाको सत्गत् गर्न नसक्नेहरूले घाटमा मुर्दाहरू त्यसै फ्याँक्न थाले, गाईवस्तुको कुरै छोड्नु । वीरगन्जसम्मको एक्लो टेलिफोन लाइन पनि टुट्न गएको र चारैतिर नोक्सान पर्न गएकाले बाहिरको खबर लिई घोडचढी गए । बाटो बिग्रेकाले भादगाउँ र वरिपरि गाउँको खबर पाउन पनि कठिन भयो । केही गोलमाल वा चोरीको बचाउलाई कौसी -सरकारी ढुकुटी) झेलखाना, तोपखाना र ठूलठूला दरबारमा पालो थप गरियो । खोरका थुनुवाहरू भाग्न कोसिस गरेकामा सिपाहीको मद्दतले भाग्न सकेनन् । हिउँदको छोटो दिन-रात चाँडै पर्यो तर बिजुलीबत्ती आएन । आफ्ना नातेदारको खबर लिन पनि फुर्सद भएन ।
स-साना कम्पनहरू रातभर गइरहे । तिनको गन्ती भएन । ठूलादेखि सानासम्म सबैका खेतबारी या खुला मैदानमा बास भयो । हजारौँले ओत नपाई खुला मैदानमा बसे । त्यस रातमा खान पनि थोरैले मात्र पाए । पानी जम्न थाल्यो । त्यो रात जरोको निद्राझैँ बित्यो ।
भोलिपल्ट पुरिएका मानिस र मुर्दा झिक्ने काममा मद्दत दिन सिपाहीलाई ठाउँ-ठाउँमा पठाए । धेरै जिउँदा मानिस निस्के । एकै ठाउँमा ४०-५० जनासम्म पुरिए । अफिसरहरू गाउँगाउँमा बुझ्न गए । दृष्टान्तका लागि एक भूकम्प सेवक पं प्रेमराजको बयान :
'म घुमेका ठाउँमध्ये सानागाउँ र लुभु सहरको दृश्य अन्तको भन्दा हृदयविदारक छ । १५००-२००० छाना अघि जुन ठाउँमा थिए, आज त्यही ठाउँमा चार-पाँचवटा छाना पनि देखिँदैन । अघिको झिँगटीका छानाले भरिभराउ भएको बस्ती अहिले पटपटी फुटेको नांगो डाँडो देखिइरहेछ ।'
वीरगन्जसम्मको टेलिफोनको लाइन भोलिपल्टै खुल्यो । परन्तु, रक्सौलभन्दा परको खबर केही पाइएन । वीरगन्ज स्वाहा भएको छ । रक्सौलदेखि माथिसम्म रेल लाइन टुटेको छ । नेपाल सरकार लाइट रेलवेमा पनि नोक्सान पर्न गएको छ । तारको खुट्टा टुटेकाले हिन्दुस्तानपट्टकिो केही खबर छैन ।
महाभूकम्प गएको दिनैदेखि हररोज साना-साना भूकम्प जान थाले । ४ माघ राती अर्को निकै ठूलो कम्प गयो । आत्तिएका दुनियाँमा झन् हतास बढ्न गयो । तीन-चार दिनसम्म यस्तो कोलाहल बराबर चलिरह्यो । पछि-पछि यस्तो कराउने कम हुँदै गयो । दुनियाँलाई भूकम्पमा बानी पर्न गयो ।
@नेपाल साप्ताहिकबाटwww.ekantipur.com

काठमाडौं । बलिउड स्टारहरुले नेपालमा गएको महाभूकम्पमा सहयोग गरिरहेका बेला अभिनेत्री मनिषा कोइरालाले पनि महाभूकम्पमा विस्थापित भएका गर्भवती, सुत्केरी र तिनका शिशुहरुलाई सहयोग गर्ने तयारीमा जुटेकीछन् ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) नेपालकी सद्भावना दूत मनिषाले भूकम्पबाट विस्थापित गर्भवती महिला, सुत्केरी र तिनका शिशुहरूलाई सघाउने भएकी हुन् ।
युएनएफपीएका अनुसार यो विपत्तिले २० लाखभन्दा बढी प्रजनन उमेरका महिला प्रभावित भएका छन् । तीमध्ये धेरै अनिच्छित गर्भधारणको जोखिममा छन् ।
त्यसअतिरिक्त, करिब एक लाख २६ हजार महिला गर्भवती छन् । ती महिलालाई सुरक्षित सुत्केरी गराई जन्मेका शिशुको हेरचाह गर्न सक्षम बनाउन जरुरी रहेको युनएफिएले जनाएको छ ।
शिविर र अन्यत्र रहेका महिला तथा बालिकालाई बलात्कारलगायत लैंगिक हिंसाबाट जोगाउनु पनि जरुरी रहेको युनएफिएले जनाएको छ । -न्यूज अभियान बाट

काठमाडौं, २८ वैशाख । एउटा भनाई छ पैसामा डुबेको मान्छे अन्धो हुन्छ । यो भनाई साच्चै नै प्रमाणित भएको छ । मुम्बईमा एक सौतेली आमाले करोडौं पाउने लोभमा आफ्नै छोरीलाई बेचेकी छिन् ।
मुम्बईमा ति आमाले आफ्नी सौतेनी छोरीलाई करोडौं पैसा पाईने भन्दै सौदा गरेकी हुन् । यो घटना शनिवार बाहिर आएको हो ।
धनी बनाइदिने नाम चलेको बाबा कहाँ ति महिला गत सोमबार पुगेकी थिईन् ।
बाबाले उनलाई छिट्टै करोडपति योग रहेको बताए । तर त्यसका लागि मेरो शारीरिक सुख पूरा गर्न तिमिले आफ्नो नाबालिका छोरीलाई दक्षिणा चढाउनुपर्छ । बाबाले भनेअनुसार ति महिलाले श्रीमानलाई जबरजस्ती सहमत बनाई सौतेली छोरीलाई बाबाको हातमा सुम्पिएकी थिईन् ।
धनी बनाउने भन्दै ति ढोगी ढोंगी बाबा विजय ठोमारेले अहिलेसम्म २३ वटा नाबालिकासँग शारीरिक सुख मेटाएका छन् । त्यसमा बाबाले भनेअनुसार केही परिवारले करोड सम्पत्ति समेत हासिल गरेका छन् ।
२३ वटा नाबालिकासँग शारीरिक सम्पर्क राखिसकेका बाबामाथि प्रहरीले निगरानी बढाएको थियो । निगरानी बढाएका बेला सौतेली आमाले छोरीलाई बाबाको हातमा सुम्पिएपछि यो घटना बाहिर आएको हो ।
सौतेली आमाको हातबाट बाबाको शरणमा ति नाबालिका सुम्पिएपछि प्रहरीले आश्रममा छापा मारेको थियो । छापा मार्ने क्रममा ति नाबालिका सहित १२ जनालाई आश्रमबाट मुक्त गरिएको पुलिस आयुक्त वी वी लक्ष्मी नारायणले जानकारी दिएका छन् ।
आश्रमबाट ढोंगी बाबा विजय ठोमारे र उनका एक महिला सहयोगीलाई पनि पक्राउ गरिएको छ । प्रहरीले बालिकालाई ढोंगी बाबाको जिम्मा लगाउने सौतेली आमा र बाबुलाई समेत गिरफतार गरेको छ ।

- कमलराज भट्ट/समाचार टिप्पणी
काठमाडौं, २८ वैशाख । देशमा राष्ट्रिय सरकारको चर्चा सुरु भएको छ । भूकम्पपछि तीनदलबीच चलिरहेको छलफलमा राष्ट्रिय सरकारको चर्चा सुरु भएको हो । सबै दलका नेताहरुले अहिले राष्ट्रिय सरकार निर्माणमा जोड दिइरहेका छन् । राष्ट्रिय सरकार बनाएर विपत्तिको सामना गर्नुपर्ने उनीहरुको जोड छ ।
राष्ट्रिय सरकारको बहस चलिरहँदा नेतृत्व कस्ले लिने भन्ने विषयमा पनि टिकाटिप्पणी सुरु भएका छन् । नेतृत्वका दाबेबार प्रमुख तीन दलको फरक धारणा छ । शनिबार संसदमा सम्बोधन गर्दै एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अबको राष्ट्रिय सरकारको नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताएका थिए ।
उनले अब बुढापाखाले सत्ताको लोभ गर्न नहुने भन्दै देशको तिव्र विकासका लागि युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राखेका थिए । उनको भनाई अनुसार एमाओवादी अबको राष्ट्रिय सरकारको नेतृत्व युवाले गर्नुपर्छ भन्ने पक्षमा छ । उसो त एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता भट्टराई प्रधानमन्त्री भइसकेका छन् । उनीहरुलाई अब प्रधानमन्त्रीको बोझ उठाउन इच्छा पनि नहोला । जसका कारण युवालाई दिने प्रस्ताव अगाडी ल्याएका छन् ।
प्रचण्ड पनि बाबुरामले ल्याएको प्रस्तावमै सहमति जनाउने अवस्थामा छन् । तर माओवादीमा प्रधानमन्त्री बन्न क्षमता भएको युवा नेताको अभाव छ । तसर्थ माओवादीमा प्रधानमन्त्री बन्न क्षमता भएका नेता बाबुराम नै हुन् । बौद्धिक रुपमा प्रभावशाली मानिने नेता बाबुराम नै प्रधानमन्त्री बन्नुपर्छ भन्ने जमात पनि पार्टीमा छ । तर बाबुराम प्रधानमन्त्री बन्ने मनस्थितीमा छैनन् ।
अर्काेतर्फ सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसमा पनि अबको नेतृत्व युवालाई दिने विषयमा छलफल भइरहेको छ । कांग्रेसका प्रवक्ता दिलेन्द्र बडूले राष्ट्रिय सरकारको नेतृत्व लिन प्रधानमन्त्री सुशील कोइरालापछि हटे युवालाई नै नेतृत्व दिन कांग्रेस तयार रहेको बताए । कांग्रेसले युवा नेता गगन थापालाई नेतृत्व हस्तान्तरण गर्ने सम्भावना छ । गगन थापालाई पार्टी तथा विपक्षी दलबाट समेत सहयोग मिल्ने हुँदा प्रधानमन्त्री बन्ने सम्भावना प्रबल छ । तर त्यसका लागि प्रधानमन्त्री कोइरालापछि हट्नुपर्ने हुन्छ ।
अहिले देशैभरी राष्ट्रिय सरकारको बहस चलिरहँदा जनताहरुले पनि क्षमता भएको व्यक्ति नेतृत्व लिनुपर्ने बताएका छन् । जनताहरुले अबको प्रधानमन्त्रीमा बाबुराम र गगन थापालाई मनपराएका छन् । पश्चिम तराईका जिल्लामा गरिएको एक सर्वेक्षणमा बाबुराम र गगन थापालाई धेरै प्रधानमन्त्रीमा चुनेका छन् ।
जसमा गगन थापालाई चुन्ने बढी छन् । करिब १५ हजार नागरिकमा गरिएको सर्वेक्षणमा ९ हजारले गगन थापालाई मन पराएका छन् । बाँकी ५ हजारले बाबुराम र १ हजारले अन्य नेतालाई मन पराएका छन् । फ्याक्ट नामक संस्थाको सर्वेक्षणमा यस्तो देखाएपनि नेपालको राजनीति बुढापाखा कै हातमा छ । त्यसकारण तीन दलका शिर्ष नेता कै निर्णय अनुसार अब राष्ट्रिय सरकारमा प्रधानमन्त्री को हुने भनेर निर्धारण हुनेछ ।
स्रोत - दैनिक नेपालबाट

काठमाडौ, वैशाख २८ - काठमाडौँको सुन्धारास्थित धरहरा अर्थात् भीमसेन स्तम्भ १२ वैशाखको भूकम्पमा जग मात्र बाँकी रहने गरी भत्कियो । झन्डै दुई सय वर्ष पुरानो यो ऐतिहासिक सम्पदा भग्नावशेषमा परिणत मात्र भएन, ६० जनाभन्दा बढीले मृत्युवरण गरे । भूकम्प जाँदा धरहराबाट काठमाडौँको दृश्यावलोकन गर्न सातौँ तलामा पुगेका र उक्लिने क्रममा रहेकाहरू सबैको ज्यान गयो । त्यति मात्र होइन, फेदमा रहेका र बाटो हिँड्दै गरेकाहरूसमेत धरहराको भग्नावशेषमा पुरिए ।
भूकम्पका बेला धरहराभित्र र बाहिर कति मान्छे थिए भन्ने यकिन छैन । यस्तो तथ्यांक न त धरहरासहित सुन्धारा क्षेत्र भाडामा लिएको साइड वाकर्स प्रालिसँग छ, न भाडामा दिने काठमाडौँ महानगरपालिकासँगै ।
क्षतिले धरहरालाई सार्वजनिक निजी साझेदारी अन्तर्गत भाडामा दिने महानगरको निर्णयमाथि सीधै चोर औँलो उठाएको छ । सम्भावित जोखिमको आकलन नगरी र त्यसबाट हुने सम्भावित क्षतिलाई रोक्न कुनै उपाय अवलम्बन नगरी काठमाडौँ महानगरपालिकाले पैसा कमाउनकै लागि निजी ठेकेदारलाई धरहरामा मान्छे चढाउने ठेक्का दिएकामा कुनै विमति छैन । सम्पदा संरक्षण गर्ने नाममा विस्तृत प्राविधिक र जोखिम अध्ययनबिना धरहराजस्ता पुरातात्त्विक सम्पदा व्यापारिक प्रयोजनका लागि भाडामा दिने काम गलत भएको बताउँछन्, पुरातत्त्वविद् तारानन्द मिश्र । भन्छन्, "प्राविधिक परीक्षणबिनै पैसाको लोभमा टिकट लगाएर मान्छे चढ्न दिइएको हो । यसमा सरकार र अझ महानगरपालिका पूर्ण रूपमा दोषी छन् ।" संरचनाको आयु र प्राविधिक अध्ययन नगरी नागरिकलाई अवलोकन गर्न दिएका कारण मानवीय क्षति भोग्नुपरेको मिश्रको कथन छ ।
हुन पनि धरहराको सञ्चालन र संरक्षणका लागि निजी क्षेत्रसँग साझेदारी गर्नुअघि कुनै अध्ययन गरिएको थिएन । ०६१ सालमा महानगरपालिकाले व्यापारी सिद्ध गुरुङको कम्पनी साइड वाकर्स प्रालिसँग गरेको २० वर्षे सम्झौताअनुसार ऐतिहासिक धरहरा अवलोकनका लागि खुला गरिएको हो । त्यो सम्झौता गर्दा विज्ञहरूको सुझाव र स्थानीयको चासोलाई समेत बेवास्ता गरिएको थियो । जसका कारण महानगर र साइड वाकर्सबीच भएका प्रत्येक सम्झौता विवादमा तानिएर अदालतसम्म पुगेका छन् ।
महानगर प्रमुख केशव स्थापितसँग साइड वाकर्सको पहिलो सम्झौता २८ जेठ ०५५ मा भएको थियो । तर, सरकारले १ कात्तिक ०५५ मा मात्र काठमाडौँ महानगरपालिकालाई वडा २२ स्थित धरहराको कित्ता नं १०४ को ५ रोपनी २ आना ३ पैसा क्षेत्रफल जग्गाको स्वामित्व उचित संरक्षण एवं संवर्द्धन गर्ने प्रयोजनका लागि ५० वर्षका लागि भोगचलन अधिकार दिएको थियो । त्यसैले यसअघिको साइड वाकर्ससँगको सम्झौतालाई सर्वोच्च अदालतले नै खारेज गरिदियो, २३ फागुन ०५८ मा ।
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा महानगर प्रमुखमा मनोनीत भएपछि स्थापितले पुनः साइड वाकर्ससँगको सम्झौता प्रक्रिया अगाडि बढाए । र, ३१ वैशाख ०६१ मा नयाँ सम्झौता गरे । २० वर्षे उक्त सम्झौता अनुसार मासिक ५० हजार रुपियाँ महानगरपालिकाले पाउने भयो । सम्झौताको बुँदा २ मा सुन्धारा-धरहरा क्षेत्र निजी क्षेत्रलाई दिन सकिने भनी गरिएको निर्णय महानगरपालिकाको बोर्डले पटकपटक पारित गरेको दाबी गरिए पनि उक्त सम्झौतामाथि सर्वोच्चले ०५८ मा दिएको फैसलामा नगरप्रमुखलाई त्यस किसिमको सम्झौता गर्न पाउने अख्तियार प्रत्यायोजन नभएको उल्लेख छ । साथै, महानगर प्रमुखलाई त्यस किसिमको अधिकार नभएकाले सम्झौताले कानुनी मान्यता नपाउने भनिएको थियो ।
त्यही आधारमा ०६१ को सम्झौताका विरुद्धसमेत सर्वोच्चमै मुद्दा पर्यो । त्यसको प्रारम्भिक सुनुवाइमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेन । र, त्यसैको आडमा साइड वाकर्सले अन्तिम फैसला आउनुअघि नै निर्माण कार्य अगाडि बढायो । त्यो सम्झौताको सात वर्षपछि ४ माघ ०६७ मा सर्वोच्चले फैसला सुनायो । जसमा फेरि एकपटक महानगरपालिकाका तर्फबाट दीर्घकालीन सम्झौता गर्ने अधिकार नगरप्रमुखमा नरहेको उल्लेख थियो । त्यसै गरी सम्झौतामा भएका कतिपय व्यवस्था अपारदर्शी र अव्यावसायिक भएको ठहर गर्दै खारेज नगरे पनि तत्काल पुनरावलोकन गर्नसमेत सर्वोच्चले आदेश दियो । सर्वोच्चको उक्त आदेशलाई आधार बनाउँदै महानगर र साइड वाकर्सबीच २२ माघ ०६८ मा नयाँ सम्झौता भयो ।
धरहराजस्तो ऐतिहासिक सम्पदाप्रति स्वदेशी/विदेशी सबै खाले पर्यटकको आकर्षण हुनु स्वाभाविकै थियो । त्यसैले त्यस्तो सम्पदालाई सार्वजनिक निजी साझेदारीमा संरक्षण र रेखदेख गर्न दिँदा त्यस किसिमको व्यवस्थापनको अनुभव सँगालेका कम्पनीलाई प्राथमिकतामा राखेर खुला प्रतिस्पर्धा गराउनुपथ्र्यो । तर, त्यसो नगरी काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख स्थापितको एकल निर्णयको बलमा साइड वाकर्ससँग सम्झौता गरिएको थियो ।
जबकि, त्यस किसिमको सम्झौताका लागि नगरपरिषद्बाट निर्णय गराउनुपर्ने हुन्छ । स्थानीय स्वायत्त शासन ऐन, २०५५ अनुसार नगरपालिका भन्नाले नगरप्रमुख, उपप्रमुख तथा सदस्यहरूको सामूहिक स्वरूपलाई बुझाउँछ । उक्त कानुनी व्यवस्थाका आधारमा नगरप्रमुख नै नगरपालिका होइन र ऐनमै नगरप्रमुखले गर्ने भनी तोकिएको कामबाहेक नगरपालिकाका नाममा हुने अन्य सम्पूर्ण कामकारबाहीको सञ्चालन नगरपालिकाको बैठकको निर्णय अनुसार मात्र हुनुपर्छ ।
त्यही कानुनी व्यवस्थाका आधारमा ४ माघ ०६७ मा न्यायाधीशद्वय दामोदरप्रसाद शर्मा र भरतराज उप्रेतीको संयुक्त इजलासले महानगरपालिकाबाट सम्झौता गर्ने अधिकार प्रत्यायोजन नगरेका कारण तत्कालीन प्रमुख स्थापितलाई त्यस्तो सम्झौता गर्ने अधिकार नभएको आदेश दिएको थियो । त्यसै गरी २० वर्ष लामो अवधिका लागि व्यावसायिक प्रयोजनमा प्रयोग गर्न पाउने गरी अपारदर्शी तथा अप्रतिस्पर्धात्मक किसिमले सम्झौता भएको हुँदा समयसापेक्ष हुने गरी पुनरावलोकन गर्नसमेत भनिएको थियो । त्यही आदेशकै आधारमा २२ माघ ०६८ मा महानगरपालिका र साइड वाकर्सबीच संशोधित सम्झौतामा हस्ताक्षर भयो । जसमा साइड वाकर्सले मासिक बुझाउनुपर्ने ५० हजारलाई बढाएर २ लाख ७५ हजार रुपियाँ पुर्याइयो ।
महानगरपालिका नेतृत्वले सम्झौता गर्दा वित्तीय लाभलाई मात्र प्राथमिकता दिएको देखिन्छ । भुइँचालोबाट भएको क्षतिमा पनि महानगरपालिकाको फितलो नियमन र अनुगमन उत्तिकै जिम्मेवार छ । न त भएका सम्झौताहरूको पालना नै गरिएको छ । पुनरावलोकन गरिएको सम्झौतामा साइड वाकर्सले प्रत्येक वर्ष धरहराको स्थायित्व र दिगो व्यवस्थापनका लागि नेपाल सरकारबाट मान्यताप्राप्त विषयविज्ञ प्राविधिक परामर्शदाताबाट प्राविधिक परीक्षण गराउनुपर्ने उल्लेख छ । त्यही प्रतिवेदनले सिफारिस तथा सुझाव गरेबमोजिम मर्मत सम्भार गराउने, धरहरा आरोहण गराउनुपर्ने उल्लेख छ । तर, त्यस्तो परीक्षण गराउनेतर्फ कुनै चासो देखाएको पाइँदैन, न त महानगरपालिकाले नै त्यो मागेको कुनै रेकर्ड भेटिन्छ ।
सम्झौता गर्दै जाने तर त्यसमा उल्लेखित सर्तहरूको पालना गर्नतर्फ भने महानगर र साइड वाकर्स दुवैले चरम लापरबाही देखाएका थिए । २२ माघ ०६८ मा भएको पुनरावलोकन गरिएको सम्झौतामा एक महिनाभित्र सुन्धारा-धरहरा क्षेत्रमा संरचना निर्माण तथा सञ्चालन सम्बन्धमा विस्तृत डिजाइन बनाएर पेस गर्नुपर्नेमा करिब दुई वर्षपछि मात्र साइड वाकर्सले त्यस्तो डिजाइन प्रस्ताव पेस गरेको थियो । त्यो नयाँ प्रस्तावमा एकपटकमा धरहरा चढ्न पाउनेको संख्या १५ बाट बढाएर ७५ पुर्याइएको थियो ।
पुरातत्त्व विभागले समेत स्वीकृत गरेको उक्त प्रस्तावमाथि महानगरपालिकाको बोर्डमा छलफल भयो । बोर्डका केही सदस्यले प्रस्ताव हुबहु पारित गर्ने अडान लिएका थिए भने केहीले स्वतन्त्र विज्ञबाट थप अध्ययन गराउनुपर्ने अडान लिए । यस्तो विवादपछि प्रस्ताव पारित हुन सकेन । त्यसपछि पुल्चोक इन्जिनियरिङ कलेजका विज्ञहरूलाई अध्ययनका लागि पठाउने र उनीहरूको सुझाव आएपछि मात्र पारित गर्ने निर्णय लिइयो । तर, विज्ञहरूबाट सुझाव आउनुअघि नै १२ वैशाखको विपत्ति आएको महानगरपालिका सम्पदा विभाग प्रमुख नारायणबाबु भट्टराई बताउँछन् । भन्छन्, "साइड वाकर्सको प्रस्ताव पेस गरेको हो तर त्यसको अन्तिम निर्णय हुनुअघि नै दुःखद घटना भयो ।"
साइड वाकर्स मात्र होइन, सम्बन्धित निकायले पनि चरम बेवास्ता गरेको देखिन्छ, धरहराको संरक्षण र सुरक्षामा । न ऐतिहासिक सम्पदा धरहराको बिमा सुरक्षण गरिएको छ, न त त्यहाँ दृश्यावलोकन गर्नेहरूकै । सम्झौताको पहिलो वर्ष ०६१ मा धरहराको १० करोड रुपैयाँको र अवलोकनमा जानेको प्रतिव्यक्ति दुई लाख रुपैयाँका दरले बिमा गरिएकामा पछि त्यसलाई निरन्तरता दिइएन । महानगरका तत्कालीन प्रमुख स्थापित भन्छन्, "मैले सम्झौता गर्दा बिमा गराएको थिएँ, पछि नवीकरण नगरिनु मेरो दोष होइन ।"
खासमा बिमा कम्पनीले धरहराको स्वामित्व सन्दर्भमा सवाल उठाएपछि अर्को वर्षदेखि बिमाले निरन्तरता नपाएको हो । त्यसमा महानगर प्रशासन र पुरातत्त्व विभागले समेत चासो देखाएन । गजब त के भने महानगर र साइड वाकर्सका बीचमा भएका कुनै पनि सम्झौतामा बिमाका सम्बन्धमा केही उल्लेख छैन । काठमाडौँ महानगरपालिकाका प्रवक्ता शान्तराम पोखरेल भन्छन्, "यदि बिमाका सम्बन्धमा सम्झौतामा केही उल्लेख छैन भने महानगरपालिकाका तर्फबाट त्रुटि नै भएको हो ।"
दोस्रोपटक ०६८ मा सम्झौता पुनःलेखन हुँदासमेत सम्झौतापत्रमा बिमाका बारेमा केही उल्लेख नहुनुले पनि महानगरपालिका र पुरातत्त्व विभागको बेवास्ता पुष्टि हुन्छ । साइड वाकर्सका सञ्चालक सञ्जीव तुलाधर भने सम्झौतामा बिमाका बारेमा केही उल्लेख नभएको र महानगरपालिकाले पनि त्यसमा चासो नदेखाएको दाबी गर्छन् । भन्छन्, "हाम्रो र महानगरपालिकाको लापरबाहीका कारण मानवीय क्षतिपूर्ति नभए पनि आर्थिक राहत भने मिल्थ्यो ।" उनी सम्झौतामा उल्लेख नभए पनि मृतकका परिवारलाई कम्पनीका तर्फबाट क्षतिपूर्ति दिइने बताउँछन् ।
त्यसो त महानगरपालिकाले ०६१ मा गरेको सम्झौतामा धरहराको सुरक्षा, रंगरोगन तथा कुनै कारणवश भत्के/चर्केमा पुनःनिर्माणको जिम्मा साइड वाकर्सकै हुने उल्लेख छ । १२ वैशाखमा भएको भौतिक क्षतिको त निश्चित मूल्य होला र त्यसका लागि साइड वाकर्सले नै स्रोत जुटाउन पनि सक्ला । मानवीय क्षतिको हकमा भने त्यसको परिपूरण असम्भव छ । अझ बिमा नगरिएको हुँदा धरहरा ढलेर ज्यान गुमाउनेहरूले क्षतिपूर्ति पाउने सम्भावना झन् कम छ । यदि धरहरा र त्यसमा चढ्नेहरूको बिमा गरिएको भए भौतिक क्षति त वहन हुन्थ्यो नै, मानवीय क्षतिले पुर्याएको घाउमा थोरै भए पनि राहत पुग्थ्यो । जबकि, निश्चित शुल्क लिएर कुनै पनि सेवा दिएपछि त्यसबाट आइपर्ने जोखिम वहन गर्नुपर्ने विश्वव्यापी प्रचलन छ । तर, धरहराको सन्दर्भमा त्यसको पूरै बेवास्ता भएको छ ।
(नेपाल साप्ताहिकबाट)www.ekantipur.com