२७ वैशाख, काठमाण्डौ । बिश्वचर्चित इकमर्स साइट अलिबाबाका संस्थापक एवं चिनियाँ अर्बपति ज्याक मा ले नेपालका भूकम्प पीडितका लागि एक हजार घर बनाइदिने भएका छन् ।
ज्याकले नेपालका अर्बपति बिनोद चौधरीको संस्था चौधरी फाउण्डेसनसँग मिलेर एक हजार घर बनाइदिने भएको हो ।
‘ज्याकले १ हजार घरका लागि रकम दिने र आफ्ना १० जना उच्च पदस्थ कार्यकारीहरुलाई नेपाल पठाउने बचन दिएका छन’ चौधरीले अमेरिकी पत्रिका फोर्ब्ससँग भने ।
हालै मात्र चौधरीले आफ्नो संस्थामार्फत् एक हजार र अन्य संस्थासँग मिलेर बाँकी नौ हजार गरी कूल १० हजार घर निर्माण गर्ने घोषणा गरेका थिए ।
सोही बमोजिम उनले आफ्ना विश्वभरका अर्बपति साथीहरुलाई नेपालमा सहयोगका लागि अपिल गरेका थिए । चौधरीको आग्रह स्वीकार्दै ज्याकले एक हजार बनाइदिने प्रतिबद्धता जनाएका छन् भने भारतीय मूलका इण्डोनेसियाली अर्बपति श्रीप्रकाश लोहियाले पनि एक हजार बनाइदिने प्रतिबद्धता जनाएका छन् । यी दुवै अर्बपति चौधरीको संस्थासँग हातेमालो गर्नेछन् ।
चौधरीले २५ करोड रुपैयाँ लगानीमा १० हजार घर निर्माण गरिदिने घोषणा गरेका छन् । यसका लागि युद्धस्तरमा काम भइरहेको चौधरी समूहका निर्देशक निर्वाण चौधरीले जानकारी दिए ।
www.onlinekhabar.com
काठमाडौं । आठ हजार मानिसको ज्यान, खर्बौं रुपैयाँको क्षति हुनेगरी आएको बिनासकारी महाभूकम्पपछि हाम्रो भविष्य के होला ?
परिवारका सदस्य, घर र सम्पत्ति गुमाएका पिडीतहरुले सायदै सुन्दर भविष्यको गर्न सक्लान यतिखेर । तर, नायक राजेश हमालले भने प्रकृतिको यो कठोर सजायँपछि पनि हाम्रो सुन्दर भविष्य बाँकी रहेको ठान्छन् ।
नेपाल आउनेक्रममा स्वीडेन एयरपोर्टमा रहँदा हमालले निकै भावुक स्टाटस लेखेर आफ्नो मुलुकको भविष्यप्रति आशा देखाएका छन् । मुलुक खण्डहर बनेपनि नेपालीहरु फेरि भग्नावशेष र खरानीबाट उठेर अघि बढ्ने बिश्वास ब्यक्त गरेका छन् ।
‘म विदेश जानु अगाडीको काठमाडौ अहिले छैन, यसकारण काठमाडौ पुुगेर कसरी प्रस्तुत हुने अन्यौलमा छु ।’ हमाल भन्छन- तर, हामी खरानीको थुप्रोवाट पुनः उदाउने छौं ।’
साथै उनले अमेरिकामा डक्टर रहेकी आफ्नी दिदी रेखा भूकम्प पीडितको उपचारका लागि नेपाल आएको पनि उल्लेख गरेका छन् ।
यसअघि हमालले नेदरल्याण्डमा एक अर्ब उठाएको हल्ला चलेको थियो । तर, सो रकम हमालकै अगुवाईमा उठेको नभई सो रकम उठाउने संस्थाको एउटा कार्यक्रममा हमाल पनि पुगेका मात्र थिए ।

काठमाडौं : भूकम्पले ल्याएको विपत्तिपछि नेपाल प्रहरीका उच्च अधिकृतदेखि जवानसम्म एक भएर भग्नावशेष पन्छाउन र उद्धार कार्यमा जुटेका छन्।
सामान्य अवस्थामा आदेश र निर्देशन दिने उच्च प्रहरी अधिकृतहरू अहिले जवानसँगै बेल्चा लिएर सरसफाइ तथा उद्धारमा जुटेको देखिन्छ। राजधानीको स्युचाटारमा शनिबार बिहान प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल आफ्ना जवानहरूसँग इँटा तह लगाउँदै गरेको अवस्थामा भेटिए।
सामान्य अवस्थामा आदेश दिने अर्यालले शनिबार टाउकोमा सेफ्टी हेल्मेट, मुखमा माक्स र हातमा पन्जा लगाएर बेल्चाले भग्नावशेष पन्छाइरहँदा उनी र सँगै रहेका जवानहरूमा कुनै संकोच देखिन्नथ्यो।
अर्यालसँगै उपत्यका प्रहरी प्रमुख एआईजी विज्ञान शर्मा, प्रहरी प्रतिष्ठान प्रमुख एआईजी राजेन्द्रसिंह भण्डारी, मानव स्रोत साधन विभागका प्रमुख एआईजी रमेशशेखर बज्राचार्य, प्रशासन विभागका प्रमुख एआईजी वीरेन्द्रबाबु श्रेष्ठ, केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख डीआईजी हेमन्त मल्ल ठकुरी, एसएसपी सर्वेन्द्र खनाल, ठाकुर ज्ञवालीलगायत प्रहरीका उच्च अधिकृतदेखि जवानसम्म भग्नावशेष पन्छाउने काममा सहभागी थिए।
'आईजी साप' जवानसँगै भनेर सञ्चारकर्मीले सोध्दा उनको जबाफ यस्तो थियो, 'सामान्य समयमा दर्जा हुन्छ, विषम र विपद्को समयमा काम गर्दा दर्जा हुँदैन, सबै सिपाही हुन्छ।'
अर्यालले सर्वसाधारणले नै तिरेको करबाट प्रहरीले तलब र रासनभत्ता पाउने भएकाले जनता विपद्मा परेका बेला उनीहरूको घाउमा मलम लगाउन प्रहरी सधैं कटिबद्ध रहेको बताए। भूकम्पपीडितको उद्धार र सरसरसफाइमा ४१ हजारभन्दा बढी प्रहरी जनशक्ति खटिएको जानकारी उनले दिए।
उपत्यका प्रहरी प्रमुख एआईजी शर्मा स्युचाटारका बासिन्दाको क्षति विवरणबारे बुझ्दै थिए। स्थानीयले पनि प्रहरीका हाकिमसमेत बेल्चा लिएर सरसफाइमा आएको देखेपछि प्रहरीको प्रशंसा गरेका थिए।
मुखमा माक्स र हातमा पन्जा लगाएर असिनापसिन हुँदै इँटा पन्छाइरहेका थिए, डीआईजी ठकुरी। कुर्सीमा बसेर अनुसन्धानको रेखा कोरेजस्तो सजिलो थिएन उनलाई। उनी भन्दै थिए, 'भाइ थाकियो, कम्मर दुखिसक्यो, विपत्तिलाई कसैले टार्न सक्दो रहेनछ, उद्धारमा लाग्न पाएकोमा ज्यादै खुसी छु।'
बिहानैदेखि खटिएका सुरक्षाकर्मीहरूले स्थानीयले आफ्ना भत्केका घरभित्रबाट निकाल्न नसकेको सामान मात्रै निकालेनन्, धराप घरहरू पनि भत्काएर बाटो सफा गरेका थिए।
'राजधानीमा लगभग उद्धार कार्य सकिएजस्तै भएको छ, सहरभन्दा गाउँको अवस्था झन् बिजोग देखियो। अब भत्किएका र धराप संरचनालाई तह लगाएर पीडितलाई गाँस, बास र कपासको व्यवस्थामा सबै निकाय जुट्नुपर्ने आवश्यकता छ', डीआईजी ठकुरीले भने।
मुख्यसचिव लीलामणि पौडेलको निर्देशनमा शनिबार उपत्यकाका विभिन्न स्थानमा भूकम्पबाट ध्वस्त संरचना पन्छाउने कार्यक्रम आयोजना गरिएको थियो। बागमती सफाइका अभियन्ताहरू पनि भूकम्पले ध्वस्त बनाएका संरचनाको भग्नावशेष पन्छाउन लागेका थिए। भक्तपुरमा पौडेलको नेतृत्वमा सरसफाइ टोली खटिएको थियो।
www.annapurnapost.com

एजेन्सी । भारतको एक अदालतले शुक्रबार भारतीय चलचित्रका ठूला कलाकार सलमान खानलाई यसअघि करिब एक दशक अगाडि मादक पदार्थ खाएर गाडी चलाइ दुर्घटना गरी भागेको मुद्दामा दोषी प्रमाणित गरिएकोमा पुनरावेदन दिँदा त्यसको सुनुवाईसम्म जमानमा रिहा गर्ने आदेश दिएको छ ।
खानलाई बुधबार सन् २००२ मा मुम्बईमा गाडी चलाएर पाँच मानिसलाई कुल्चेको र एकको मृत्यु भएको घटनामा दोषी ठहर गरी पाँच वर्षको कारावासको सजाय तोकिएको थियो ।
न्यायाधीश अभय थिप्सेले मुम्बई उच्च अदालतले खानको पुनरावेदनमा जुलाइदेखि सुनुवाइ गर्ने बताउनुभएको वकल आभा सिंहले बताए । न्यायाधीशले खानलाई ३० हजार भारतीय रूपैयाँ धरौटीमा राख्न आदेश दिएको बताइएको छ ।
उनन्चास वर्षीय खान बलिउडका लोकप्रिय कलाकार मानिनुहुन्छ र उहाँले २७ वर्षको कलाकार जीवनमा हिन्दी भाषाका ९० वटाभन्दा बढी चलचित्रमा काम गर्नुभएको छ । एपी

एजेन्सी । सन्नी लियोन पछिल्लो समय सबैभन्दा चर्चामा रहेकी बलिउड सेलिब्रेटी हुन्। गत वर्ष उनी इन्टरनेटमा सर्च गरिने पहिलो नम्बरकी बलिउड सेलिब्रेटी घोषित भइन्। भारतीय मुलकी क्यानेडिन पोर्न स्टार सन्नीले प्रवेश गरेको छोटै समयमा धेरै सफलता पाइसकेकी छिन्। उनका साना-साना कुरा पनि मिडियामा छाउने गर्छ। अर्थात सन्नी अहिले बलिउडकी ‘हककेक’ एक्ट्रेस बनेकी छिन्।
सन्नीकै प्रवेशले काजोल, रानी मुखर्जी, करिना कपुरजस्ता हिरोइनहरुको करिअरमा असर पारेको चर्चा चलेबाट पनि उनको लोक प्रियता कुन हदसम्म माथि उठिसकेको रहेछ, सहजै अनुमान लगाउन सकिन्छ। सोही कारण सन्नीको बलिउड प्रवेशलाई लिएर कुरा काट्नेहरुको अहिले मुख बन्द भएको छ। यसरी बलिउडमा रातारात चम्किरहेकी सन्नीको रोमान्चक जीवन कहानी संक्षिप्त रुपमा यहाँ प्रस्तुत गरिएको छ। सन्नीको जन्म १३ मे १९८१ मा क्यानडाको सार्निया सिटीमा भएको थियो।
उनको बाबु तीब्बत र आमा हिमाञ्चल प्रदेशका हुन्। सन्नी जन्मनुभन्दा केही पहिले उनीहरु क्यानडा पुगेका थिए। सन्नी बाल्यकालमा बास्केटकल खेलमा निकै पोख्त थिइन्। उनले पहिलो किस स्कुलमा पढ्दा ११ वर्षको हुँदा गरेकी थिइन् भने १६ वर्षमै आफ्नो भर्जिनिटी गुमाइसकेकी थिइन्। त्यतिबेलादेखि सेक्सप्रति उत्सुक हुँदै गएको उनले मिडियालाई बताएकी थिइन्। पोर्न फिल्म खेल्न थाल्दा सन्नी जम्मा १९ वर्षकी थिइन्। जब उनले आफ्नो पेशाको बारेमा परिवारलाई भनिन्, तब उनको पञ्जाबी परिवारले ठाडै अस्विकार गरें। तर उनले परिवारलाई ढाँटेरै काम गर्न थालि्न्। एकैपटक सन् २००३ मा ‘पेन्टहाउस अफ द इयर’ घोषित भएपछि मात्र परिवारले सन्नीले पोर्न फिल्म खेलेको थाहा पाएका थिए।
‘पेन्टहाउस अफ द इयर’को उपाधी पाएपछि पोर्न उद्योगमा सन्नीको माग निकै बढेको थियो। सोही कारण उनलाई चर्चित वीवीद प्रोडक्सनले तीन वर्षको कन्ट्रयाक साइन गराएको थियो। जतिबेला पोर्न उद्योग आर्थिक रुपमा संकटमा परेका थिए। सन्नी पोर्न फिल्मकी हिरोइन मात्र होइन, निर्मात्री पनि हुन्। सनलस्ट पिक्चर नामक उनको आफ्नो प्रोडक्सन कम्पनी रहेको छ। सन्नीका पति डानियल बेबर पनि पोर्न स्टार हुन्। तर उनले पनि बलिउडमा डेब्यु गरिसकेका छन्। सन्नीकै लिड रोल रहेको ‘ज्याकपट’मा डानियललाई पनि देख्न सकिन्छ। डानिलय पतिसँगै उनको पर्सनल म्यानेजर पनि हुन्। सन्नी इटालियन परिकारकी पारखी हुन्। खासगरी पास्ता भने पछि उनी हुरुक्कै हुन्छिन्। भ्रमण उनको अर्को सोख हो।
वासिङटन डिसी उनको मन पर्ने स्थान हो। कुकुर उनको मिल्ने साथी हो। उनको घरमा अहिले पनि २ वटा कुकुर छ। घरमा हुँदा अधिकाशं समय उनी कुकुरसँगै खेल्छिन्। सुरक्षाको हिसाबले पनि उनी कुकुर घरमा पाल्नु उपयुक्त भएको ठान्छिन्। सन्नीले हालसम्म करिब ३० भन्दा बढी पोर्न फिल्म खेलिसकेकी छिन् तर अब उनी बलिउडको मेनस्ट्रिम हिरोइन बन्न चाहान्छिन्। त्यसैले हाल उनी बलिउडमा संघर्ष गर्दैछिन्।
उनी अभिनीत ‘जिस्म २’ रिलिज भइसकेको छ भने ‘रागिनी एमएमस २’, ‘ज्याकपट’ र ‘टिना एण्ड लोलो’ प्रदर्शनको क्रममा छन्। ब्लकबस्टर ‘सुट आउट एट वाड्ला’मा उनले आइटम डान्स गरेकी छन्। बलिउडमा प्रवेश गर्नुभन्दा पहिले सन्नीले तीन वटा हलिउड फिल्ममा केमियो रोल गरेकी थिइन्। तर ती फिल्मले उनको करिअरमा कुनै फाइदा पुराएन। - स्रोत www.hamrosandesh.com