क्यान्सर गम्भिर प्रकारको रोग हो । जुनसुकै क्यान्सर लागेपनि पैसा र शरीर दुवैको क्षति हुन्छ । तर क्यान्सरलाई बेलैमा पहिचान गर्न सकियो भने रोकथाम पनि गर्न सकिन्छ ।
क्यान्सरका लक्षण देखिए भने पनि आत्तिइ हाल्नु हुँदैन । तर नियमितरुपमा जाँच र चिकित्सकको परामर्स भने लिनु पर्छ । हरेक जसो क्यान्सरमा देखिने ५ लक्षण यहाँ प्रस्तुत गरिएको छ । यी लक्षण देखिएभने कहिले पनि वेवास्ता नगर्नुस् ।
१ दुखाइ
शरीरको कुनै पनि अंग वा भागमा निरन्तर दुखाइ महसुस भयो भने यसलाई वेवास्ता नगर्नुस् । पेन किलर खाएर दुखाइ कम गर्ने मुर्खता पनि नगर्नुस् । महिलामा हुने स्तन क्यान्सर शुरुमा पत्ता लगाउन निक्कै गाह्रो हुन्छ ।
२ ज्वरो
ज्वरो आउनु पनि शरीरमा सञ्चो नभएको संकेत हो । नियमितरुपमा ज्वरो आउनु पनि क्यान्सरको लक्षण हुन सक्छ । क्यान्सर रोग लाग्ने समयमा विभिन्न प्रकारले लामो समय सम्म ज्वरो आउने समस्या हुन सक्छ । कहिले काँहि सिजलन ज्वरो आएको भनेर लापर्वाही गर्दा गम्भिर समस्या पनि हुन सक्छ ।
३ दुब्लाउँदै जानु वा वजन कम हुनु
यदि तपाइँ एकाएक दुब्लाउन थाल्नु भो वा शरीरको बजन १ वा डेढ सातामै १० प्रतिशत सम्म कम भएमा तत्काल जाँच गराउनुस् । कुनै शारीरक अभ्यास नै नगरीकन तौल घट्नु वा दुब्लाउनु राम्रो संकेत होइन । डाइटिङ नै गर्दा पनि एकाएक तौल घट्नु राम्रो संकेत होइन ।
४ थकान
जतिबेला पनि थकान र कमजोर अनुभव गर्न थाल्नु भो भने बुझ्नुस् शरीर अस्वस्थ छ । क्यान्सरका शुरुवाती लक्षणमा थकान र कमजोर हुनु पनि पर्छन् । खासगरी चुरोट वा खैनी सेवन गर्नेहरुलाई यसमा विशेष ध्यान दिनु पर्छ । कतिपय अवस्थामा रक्तचाप कम हुँदा पनि थकाइ लाग्ने र कमजोर महसुस हुने हुन्छ ।
५ तनाव
जतिबेला पनि तनाव हुन्छ । दिशा र पिसावको रंग बदलिएको छ भने सतर्क बन्नुस् । यस्तो अवस्थामा सके सम्म छिटो डाक्टरकोमा जानु राम्रो हुन्छ । अधिकाँश मानिस ब्यस्त जीवन नै तनावको कारण भन्ने ठान्छन् तर कहिले काँही यस्तो हुनु गम्भिर समस्याको संकेत हुन सक्छ । क्यान्सकार लक्षण मध्ये अत्याधिक तनाव र शरीर चिलाइरहने समेत पर्छन् ।nepaliheadlines.com

एजेन्सी ।
बलिउडमा ट्रेलर लञ्च गरेको चलचित्र ‘हीरो’का अभिनेता सूरज पञ्चोलीले ट्रेलर लञ्च कार्यक्रममा अनौठो ब्यवहार देखाएर चर्चामा आएका छन् ।
‘हीरो’ को ट्रेलर लॉन्च कार्यक्रममा सलमानको अगाडी रोएपछि उनी बलिउडमा हेडलाइन बनेका हुन् ।
ट्रेलर लञ्च गर्ने समयमा उनी यति भावुक बनेकी आँखाबाट आँशु नै झारे । सलमानले अंकमाल गरेपछी उनी धुरु धुरु रोएका थिए । सलमान खानले भने सुरजले बलिउडमा आफूलाई विस्थापिन गर्ने बताएका छन् ।
फिल्मको ट्रेलर सलमान खानले लञ्च गरेका हुन् । यस अघि प्रेमिकाको आत्महत्यामा विवादमा मुछिएका सूरज आफ्नो फिल्मको ट्रेलर लञ्च हुँदा भावुक बनेका हुन् ।
चर्चित अभिनेता आदित्य पञ्चोलीका छोरा सुराज नकारात्मक भूमिकामा देखिएका हुन् ।

प्रिय सुशील हजुरबा !
भन्न त हजुरलाई हजुरभन्दा सत्तरी वर्ष कान्छाकान्छीले पनि ‘दा’ भनी बोलाउँछन् केरे । तर, म हजुरको अनुमतिविनै हजुरलाई हजुरबा भनी बोलाइरहेछु । बिहे नगरीकनै तन्नेरीमै म कसैको हजुरबा कसरी भएँ, नभन्नुहोला । मेरा आफ्नै हजुरबा र हजुरको उमेर ७६ वर्षको समान भएकाले मैले यसो हजुरहरुलाई जोख्ने
धृष्टता मात्र गरेको हुँ । नरिसाउनुहोला है !
यता मेरा हजुरबा हजुरले नै नेतृत्व गरेको राज्यको परिभाषाअनुसार ‘वृद्ध’ हुन् । हजुरकै नियमानुसार ५९ वर्ष कटेपछि सक्रिय घेरो कटेका निष्क्रिय जन हुन् । हजुरकै राज्यले हाम्रा हजुरबालाई ‘तँ अब बूढो भइस्, सेवा गर्न सक्तैनस्’ भनेकै १६ वर्ष भइगयो । हजुरबा निवृत्त हुँदा गर्भमै रहेकी मेरी बहिनीले एसएलसी पास गरेर नागरिकता पाइसकी ।
मेरा हजुरबाकै बर्खका हजुर चाहिँ लाजनीतिबाट निवृत्त हुने छाँटकाटै देखिरहेको छैन म । सेना, प्रहरी, कर्मचारी,
शिक्षक, प्राध्यापक सबैजसोले बुढ्यौलीले छोएपछि सेवा गर्न सक्तैनन् भनेर अवकाश दिनुहुन्छ हजुरहरु नै । अनि हजुर चैं यत्रो गरुङ्गो देशै चलाइरहनु भएको छ, कसरी हजुरबा ? लाजनीतिमा अवकाश भनेकै चिता र चिता भनकै अवकाश हो हजुरबा ? स्व. मदन बाजेले लाजनीतिमा थकाइ भन्ने शब्दावली (शब्द भन्नुपर्ने) हुँदैन भनेर लास्टै झुर कुरा बोल्देका छन् । सबका सबले पछ्याका पछ्यायै भए यहाँ ।
फाइल तस्वीर
फाइल तस्वीर
सुशील हजुरबा ! हजुरकै उमेरका सबले ‘बूढ्यौलीभत्ता’ बुझ्न थालेको दसौं बर्ख भइगयो हाम्रो टोलमा । हजुरकै अर्थमन्त्री महत काकाले हजुरजस्ता वृद्धवृद्धाका लागि तलब बढाका छन् त बजेटमा । बृद्ध र रोगी अनि परनिर्भर र निष्क्रिय हुन सक्छन् भनेरै हैन र हजुरहरुले कृपा गरिदिएको ? अनि हजुर कसरी पर्नुहुन्न त आफैले बनाएको घेरोभित्र ?
मेरा हजुरबालाई हाम्रो हेरविचार र मायाको जरुरी छ यो उमेरमा । उसो त हजुर जति धेरै थलिनुभएको पनि छैन । तर पनि बुढ्यौलीले च्यापेर हामीबीच सधैं मस्तराम हुन्छन् बूढा । छोराछोरी र नातिनातिनाले घेरिएर आरामले बस्छन् । उही उमेरका हजुरहरु भने हामी लाठे नाति-नातिनाहरुको उज्यालोका लागि सारा बत्ती निभाएर अहोरात्र खट्नुभएको छ ।
आफ्नो चिन्ता बिल्कुल छैन हजुरलाई । घरमा हजुरआमा, काका-काकी भएको भए पनि हजुर ‘हलिउडको हिरो’ हुन सक्नुहुन्थ्यो होला अझै पनि । तर…(सबैलाई थाहै छ) ।
उ अर्थात् लाष्ट्र, लाष्ट्रियता, छान्ति, छंविधान, लोकतन्त र एक्ताकै चिन्ता छ हजुरलाई हरबखत । तर, यी सब कुरा हजुरको शासनझैं जीर्ण र रुग्ण भए पनि हजुरसँग छैन केही गुनासो । यत्रो भूकम्पका बेला समेत कत्ति पनि नहल्लिई नाथे सय घण्टाभित्रै हामीलाई सम्बोधन गर्न भ्याउनुभो हजुरले । दुई सय घण्टाभित्रै उद्धार र तीन सय घण्टाभित्रै राहत पुर्याइदिनुभयो, हामी धन्य छौं । जाबो असी दिनमै बर्खा नलाग्दै हजुरले उद्धार त के पुनःस्थापनाको कामै सयका सय प्रतिशत फत्ते गरिसक्नुभो ‘जुद्ध’स्तरमा ।
हजुरले कम्ती काम गर्नुभयो त ? धेरै गर्नुभयो । हजुर महान् हुनुहुन्छ हजुरबा । यस्ता हजुरलाई कोटी कोटी प्रणाम । हजुरको जीवनी, व्यक्तित्व र कीर्तित्वको चर्चा हजार जिब्रा भएका पुकदा काकाले पनि गर्न सक्नुहुन्न, हामी नाथे के सकौंला र !
हजुरको यो नाति ३५ वर्ष कटेपछि सरकारी जागिरको ढोका बन्द हुन्छ । यसको अर्थ ३५ कट्नेबित्तिकै ऊ काम गर्नै नसक्ने वा कामै नलाग्ने हुन्छ त ?
हजुरले नै भनेअनुसार हजुर डुल्न र घुम्न अनि मोज र मस्ती गर्न विदेश गइरहने होइन । स्वास्थ्य जँचाउन नै जाने हो । ‘बिरामी हुनुहुन्छ, वृद्ध भइसक्नुभयो, काम गर्नु सक्नुहुन्न’ भन्दा किन रिसाउनुहुन्छ ? हामी साराका सारालाई कति ठूलो अन्याय र पाप बोकाउनुहुन्छ हजुरबा ? मानवअधिकारको विश्वव्यापी मान्यता, विश्व स्वास्थ्य संगठनलगायत हाम्रै ऐनकानुनका बर्खिलापमा गई हामीले हजुरलाई यस्तो अवस्थामा पनि न्यूनतम आराम गर्न दिएका छैनौं । यो उमेरमा यस्तो बिमार हुँदा हजुरले उचित खानपान, निद्रा, आराम, ओखती, हेरविचार, माया, सम्मान पाउनु हजुरको आधारभूत मानवअधिकार हो । मैले भनेको मान्नुहुन्छ भने हामी सब तन्नेरी पीडकहरुविरुद्ध अन्तर्राष्ट्रिय न्यायालयमा मुद्दा हालिदिनुस्- नेपालमा जति धेरै उमेर बढ्दै गयो, काम उति धेरै गर्नुपर्छ भनेर ।
हामी सब नेपाली जन हजुरजस्तो ‘एजिङ पिपल’को मानवअधिकारका गम्भीर उल्लङ्घनकर्ता अपराधी भएका छौं । हामीलाई यस्तो पाप र अपराधबाट मुक्ति दिइदिनुस्न । परेको हामी बेहारौंला, अब चैं आराम गर्नुस् के बड्डा !
मेरो घरमा मात्र किन र, हरेक घरमा हामी तन्नेरी नै ‘कार्यकारी ‘प्रमुख’ छौं । हाम्रा हजुरबा-हजुरआमा सेरेमोनियल रोल लिई सल्लाहकारका रुपमा खटाउनुहुन्छ हामीलाई । हजुरकै नेतृत्वको राज्यले पनि त हामी १५ देखि ५९ वर्षलाई मात्र ‘सक्रिय’ भनेको छ केरे, हैन्त ? तर हजुरको विशालघर (सरकार) मा त ठ्याक्कै उल्टो अर्थात् ६० वर्षमाथिका ‘निष्क्रिय’हरु मात्रै ल्याङल्याङ गरिरहेको देख्छु त म । हजुरंका तन्देरी छोरा-नाति हजुरका उपदेशक-सल्लाहकार, अनि हजुर चैं रातदिन खट्ने गरुङ्गो भारीवाहक गधा-भरिया ? यो त कानुनी, व्यावहारिक र विश्वव्यापी कुनै पनि रीतले सुहाएन है बड्डा !
जलस्रोत समितिका गगन थापा, विकास समितिका रवीन्द्र अधिकारी, लेखा समितिका जनार्दन शर्माजस्ता रातापिरा जिउँदा छोरा-नातिले हजुर जस्तो क्षम्तावान् र शक्तिशाली हजुरबालाई ‘तँ सुड्डोले राम्ररी काम गरिनस्’ भन्दै र्याखर्याख पारेको, सल्लाह र उपदेश अझ निर्देशनै दिएको दृश्य साह्रै अमिल्दो लाग्यो है मलाई त । हाम्रा घरमा बाजेलाई अह्रनखटन गर्ने आँट कसैले गर्न सक्दैन । हजुरलाई कसरी सकेका ती अल्छी बज्जेहरुले अह्रनखटन गर्न ? ‘धेरै नकराओ तिमरु, म बूढाका ठाउँमा बसी हेर त’ भनेर उनीहरुलाई आफ्नो कुर्सीमा थचार्दिनुस् न । अनि बल्ल था‘ पाउँछन् लाठेहरले । के (न)गर्दा रचन्, हेरम्ला नि हामी पनि ।
मेरा हजुरबाले जस्तो हजुर पनि आफ्नो परिपक्क र पाको अध्ययन र अनुभव आफ्ना छोरा-नातिसँग साट्नुहोस् अनि कडा रुपमा अह्रनखटन गर्नुहोस् । सुशील बाजे ! के तपैंले कहीँकतै कसैको घर-परिवारमा हृष्टपुष्ट नाति-नातिनाले वृद्ध र अशक्त (अशक्त भनेर साँचो बाल्नै परेकामा माफी चाहन्छु) बाजेलाई सल्लाह र निर्देशन दिँदै सुतीसुती खाको देख्नुभएको छ ? देख्नुभएको छ भने, तुरुन्त भूमिका फेरिदिनोस् । अनि मात्र घर ठीकठाक हुन्छ, काम पनि प्रभावकारी हुन्छ ।
हजुरबा ! हजुर लोभी र अल्छी अनि भ्रष्ट र बेइमान त हुँदै होइन । यो हामी सबैलाई थाहै छ । अन्यथा नलिनुहोला, हामी नेपालीको औसत आयु ६९ वर्ष छोएर हजुर आठ वर्ष टाढा पुगिसक्नुभो । यस्तो ‘डाँडामाथिको मुन’ जस्तो बितरागी बाजेलाई लोभी र भ्रष्ट भने त हामीलाई झन् महापाप लाग्छ ।
मलाई के लाग्छ भने हजुरले सधैं राम्रो गर्न चाहिरहनु भएको छ । कुन चाहिँ घरमूलीको चाहना हुँदैन र, सबै सदस्यको प्रिय बनी मनमनमा बस्न पाऊँ । हजुरलाई पनि आफ्ना सान्दाजु बीपीझैं केही राम्रो गरेर सुनाम फिँजाऊँ भन्ने चाहना छ, हामी बुझ्छौं । तर हजुरले चाहेझैं भइरहेको छैन । किन त ?
हजुरको उमेर र स्वास्थ्यले धेरै खट्न दिँदैन, यो लुकाउने कुरै छैन । यस्तो बेला हजुर आफ्ना सहयोगी मन्त्री र सल्लाहकारको प्राइभेट इन्ट्रेस्टमा भर पर्नुपर्ने हुन्छ । हजुरको शासनकै आडमा तिनीहरुलाई आफ्ना शाखासन्तानलाई तीस जुनीसम्म पुग्ने गरी धनैश्वर्य जोड्नु छ, सरुवा-बढुवाको सेटिङ मिलाउनु छ, देशविदेश चहार्नु छ । धाक र धम्की, रवाफ र आडम्बर प्रदर्शन गर्नुछ । किन छोडाउँछन् हजुरलाई कुर्सीबाट ? सल्लाहकार समयको आरनमा पाकेको होस्, सम्बन्धित विषयमा अध्ययन-अनुसन्धान वा अनुभवको संग्रह बोकेको होस् । सल्लाह दिने मान्छे जुँगादाडी फुलेको सत्तरी वर्षे ‘सुको’शर्मा ब्राह्मणझैं हुनुपर्छ भन्ने मेरो कुरो होइन तर ऊ हजुरभन्दा निरपेक्ष, निस्वार्थी, त्यागी र दूरदर्शी हुनैपर्छ ।
हजुरलाई पो अब जिन्दगी धेरै सोच्नुछैन । जसरी बीपी, गणेशमान, किसुनजी जस्ता प्रपितामह जानुभयो, हजुर र मसमेत सबै जाने नै हो । तर, यो देश र हजुरका छोरा-छोरी र नाति-नातिनाको निराश-उदास-हतास अनि रित्तो-खल्लो-एक्लो वर्तमान हेर्नुस्त ? आत्मालाई नटाँढी भन्नुस्त बाजे, यही ताल हो भने यो देश दश या बीस वर्षपछि कस्तो होला ? मलाई त डर लाग्छ, पूर्वन्यायाधीश भरत उप्रेतीझैं स्वयंफैसला गर्दै उड्नेको संख्या बढ्दै जाने त होइन ? नहोओस् ।
जोसिला र क्षमतावान् नाति-नातिनीलाई एक्जुकेटिभ पावरसहित काममा खटाइदिनुभयो भने हाम्रो भविष्य त के वर्तमान नै उज्ज्वल हुन सक्छ । हजुर पाकाहरु हातमा अनुशासन र नियमको लौरो लिई बस्नुस्, अल्छी र ढाँटलाई पाखा लाइदिनुस् । देशबाट अभाव र तनाव अनि दबाब र प्रभाव दूर होइजाला कि !
हजुरबा ! हजुर आफै कुद्न छोडेर गगो-अआ (गगन, गोकर्ण, अभिषेकप्रताप, आहूति) जस्ता पहाडै उचाल्ने जोस र जाँगर अनि मिसन र भिजनवाहक ‘हनुमान’हरुलाई आफ्नो भूमिका दिनुस्त । के हामीले गगो-अआ जस्ता बाघहरुलाई हजुरहरुझैं ७६ वर्षमा ल्याङल्याङ र म्याउँम्याउँ गर्दै दिउँसै उङिरहेको अवस्थामा मात्र मन्त्री-प्रधानमन्त्री भएको देख्न पाउने हो ?
हजुरको यो नाति ३५ वर्ष कटेपछि सरकारी जागिरको ढोका बन्द हुन्छ । यसको अर्थ ३५ कट्नेबित्तिकै ऊ काम गर्नै नसक्ने वा कामै नलाग्ने हुन्छ त ? हुँदैन । तर तोकिएको वर्ष सेवा गर्न सकोस्, राज्यको व्ययभार धेरै नहोस्, नयाँ सोचको नयाँ पुस्ता पनि समेटियोस् भनेर यस्तो अनुशासन बनाएको होइन हजुर विधिनिर्माताहरुले ? सबै ठाउँमा छिर्न निरोगिताको प्रमाणपत्र अनिवार्य चाहिने अनि लाजनीतिमा छिर्न चाहिँ रोगिताकै प्रमाणपत्र चाहिने यो के बिल्याँटो नियम हो बाज्या ?
उता ५४ वर्षे ओबामा अंकल राजनीतिबाट विश्राम लिँदै छन् । यता यही असार १७ गतेदेखि ५१ वर्ष टेकेका गोकर्ण विष्ट अंकल भने हाम्रा ‘भविष्यका युवा नेता’ हुन् । हाम्रो यस्तै संरचना यथावत रहने हो भने यी पनि ७६ वर्षमा प्रम वा पार्टी प्रमुख बन्लान् । खै, त्यो पनि कुन्नि ?
केही दिनअघि रवीन्द्र मिश्रसँग बीबीसी नेपालीमा ६२ वर्षे प्रचण्ड बाजेले भन्स्यो, ‘७-८ वर्ष सक्रिय राजनीति गर्ने नै मनस्थितिमा छु ।’ सुनेर म मरें । केपी बाजेको ६४ वर्षे उमेर र त्यस्तो स्वास्थ्यले संसारको कुन कुनामा के जागिर पाइन्छ ? मलाई भन्न पर्यो । तीतीन चोटि प्रम भइसकेका ६९ वर्षे देउवा बाजे अनि १६ चोटि प्रम भइसकेका ७० वर्षे रामचन्द्र बाजेहरुले कार्यकारी हुने सपना नदेख्नुस् है । अब यहाँहरु पनि ४७ र ६३ को पूर्वसंविधानझैं पूर्वनेता हुनपर्यो ।
संविधान मस्यौदा पढेँ । मेरो कुरो : सांसद हुन २५ देखि ३५ वर्ष, मन्त्री-मुख्यमन्त्री हुन २५ देखि ४० वर्ष, प्रधानमन्त्री हुन २५ देखि ५० वर्ष, राष्ट्रपति हुन २५ देखि ६० वर्ष उमेर तोकिदिनुस् । हैन भने मलाई पनि छयहत्तर वर्ष पुगेपछि आर्मी-पुलिसमा भर्ना लिनुस् । हजुरले ७६ वर्षमा गरुङ्गो देशै उचाल्न पाउने, अनि मैले जाबो एउटा बन्दुकै उचाल्न नपाउने ? हजुलको नाम पनि त शिथिल कोइलाला होइन नि ! न्यूनतम मात्र हैन, अधिकतम उमेर ताक्नैपर्छ बाजे !
राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद इत्यादिको सल्लाहकारमा तत्तत् विषयमा अध्ययन र अनुसन्धान तथा अध्यापन र अनुभव लिएका तथा ६० वर्ष पुगेका हजुरहरुजस्ता आजका सबै दलका सबै शीर्ष हजुरबाहरु सल्लाहकार हुनुहोस् ।
सल्लाह र परामर्शको काम निःशुल्क गर्नुपर्ने गरी अनुभवी पेन्सनवाला कर्मचारीलाई खटाउनुहोस् । भर्खर जुँगारेखी बसेका र भर्खर छाती उठ्दै गरेकाहरुले संसदीय समितिका सभापति भई हजुरलाई सुतीसुती निर्देशन र उपदेश दिने तर अहोरात्र खट्नुपर्ने पदमा सत्तरी कटेका शिवशर्मा बाहुनहरु मात्र हुने यस्तो बिब्ल्याँटोलाई पर्लक्क उल्ट्याइदिनुहोस् । एक न एक दिन नउल्ट्याई सुखै छैन केरे । परम्प्रिय‘प्रम’ शिथिल कोइरालाज्यू ! हजुरको पहलमा संविधानमै लेखिने गरी यस्तो प्रस्ताव पारित गर्नुभयो भने धेरै त भन्दिनँ हजुर हाम्रा प्रपितामह बीपी सान्दाजुलाई जितेर सबै नेपालीका ठूल्दाजु हुनुहुनेछ ।
यो चिठी प्रधानमन्त्रीको रोलक्रममा बसेका बिरामी र शिथिल समस्त हजुरबाहरु र पटकपटक प्रम भई केही लछारपाटो नलाएका तमाम हजुरबाहरुलाई पनि हो, अरु हजुरबाहरु मख्ख नपरे हुन्छ । यो अहिलेका मुख्य हजुरबालाई सम्बोधन गरिएको सबै हजुरबालाई बोधार्थ चिठी हो । युवा नेता भनी सबभन्दा बढी प्रचारित गगन दाइ नै ४० वर्षे अंकल भइसके ।
थाहा छ कि नाइँ ? ऋषिकेश जंग शाह, रामकुमारी भाँक्री, चन्द रेणुजस्ता युवाहरुले दलमा विद्रोह नगरेको देखेर म यिनीहरुलाई पनि ‘बाजाबजेई’ नै भन्छु अब । रोलक्रम कुर्दै गए भने यिनीहरु असी वर्ष पुगेपछि पार्टी प्रमुख बन्लान् ।
प्रिय अरु हजुरबाहरु ! बेरोजगार बनाउँदैनौं, चिन्ता नगर्नुस् । हजुरहरु ५९ कटेका जति पनि ‘अयोग्य लडाकु’हरु हाम्रो पदीय लाजनीतिमा उच्चासनमा हुनुहुन्छ नि, हजुरहरु सबैलाई ‘उचित समायोजन र सम्मानजनक व्यस्थापन’ गर्ने आइडिया मसँग छ ।
हजुरहरु हाम्रा विभिन्न कार्यकारी पदका सल्लाहकार-परामर्शदाता, संसदीय समितिका उपसभापति, उपराष्ट्रपति, विभिन्न निकाय र क्लबमा वरिष्ठ सल्लाहकारदेखि वरिष्ठ उपाध्यक्ष, विभिन्न वृद्धाश्रमका सीइओ (जसको समस्या उसको नेतृत्व भए प्रभावकारी हुन्छ नि), पशुपतिलगायत भजनमण्डलीका व्यवस्थापक तथा यी र यस्तै मूर्तिवत् उपाध्यक्ष पदमा नियुक्त हुन वाञ्छनीय योग्यता पुगेका हुनुहुन्छ । हजुरहरु मानसिक र बौद्धिक काम गर्नुस्, हामीलाई यी प्लस शारीरिक काम गर्न दिनुस् ।
हजुरबा ! मलाई थाहा छ, यो चिठीमा हजुरको पहुँच हुनेछैन । हजुरका आसेपासेलाई न्याँकेको यो चिठी उनीहरुले हजुरलाई पढ्न पक्कै दिनेछैनन् । तर पनि मेरो यो सधैंको असन्तुष्ट-आक्रोशित (अ-आ) मन मान्दै मान्दैन ।
ल्याङल्याङेहरुको म्याउँम्याउँ सुनेर हरपल छटपटी र उकुसमुकुस हुन्छ म मुसालाई । मनका कुरालाई बाँधी नराखेको मात्रै हुँ । हजुरहरुले नित्य बाँडिरहने आहतले भरीभराउ बोतलहरु पिउँदापिउँदै हल्का पागल भएको तालमा बेहोसीमै धेरै कराएँ केरे म ।
www.onlinekhabar.com

३१ असार, बर्दिया
गएरातीदेखि परेको अविरल वर्षाले बर्दियाका धेरैजसो गाउँ डुवानमा परेका छन् । बर्दियाको नेउलापुर, सुर्यपटुवा, मगरागाडी, गोला, धधवार, बनियाभार लगायतका गाविस डुवानमा परका हुन् ।
उता बासगढी नगरपालिकाको ककौराका एकसयभन्दा बढी घर डुबानमा परेका छन् ।
डुवानमा परेकाहरुको उद्धार गर्न बिहानैदेखि सेना प्रहरी परिचालन गरिएको छ । डुबानमा परेको मगरागाडी गाविस जयनगरबाट २३ घर परिवारलाई उद्दार गरिएको छ ।
उद्दारका लागि सशस्त्र प्रहरीको २५ र नेपाल प्रहरीको २५ जना तालिम प्राप्त पौडीबाज टोलीलाई परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी गएरातीको लागातारको वर्षाले पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको परुवा खोलाको डाईभर्सन भत्किएपछि राजमार्ग अवरुद्ध भएको छ । बाटो अवरुद्ध हुँदा गाडीहरु बाटोमा नै रोकिएका छन् ।
त्यस्तै सिन्धुपाल्चोक, खाडीचौर तातोपानी सडकखण्डमा पनि पहिरोले बाटो अवरुद्ध भएको छ । उता स्याङ्जामा पनि पहिरोले बाटो अवरुद्ध भएको छ । त्यस्तै मकवानपुर, कुलेखानी सिस्नेरी सडकखण्ड अन्तरगत सिस्नेरी ३ भाल्टारमा पनि पहिरो गएको छ । पहिरोले अवरुद्ध बाटो खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ ।nepaliheadlines.com

३१ असार, बाबियाचौर (म्याग्दी)।
म्याग्दीको भकिम्लीमा बुधबार साँझ परेको चट्याङ लागेर एक जनाको मृत्युभएको छ ।
भकिम्ली–४ का ४८ वर्षीय दानबहादुर घर्तिमगरको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार चट्याङ लागेपछि बेहोस बनेका घर्तिमगरको जिल्ला अस्पताल बेनीमा उपचारका क्रममा मृत्यु भएको हो । घरमा बसिरहेको अवस्थामा उनलाई चट्याङ लागेको थियो । रासस

इ स २०१५ जुलाई १६ तारिख,
नेपाल संवत् ११३५ अनलागा,
अधिक आषाढ कृष्णपक्षको औशी तिथि प्रात: ०६:१७ बजेसम्म उप्रान्त आषाढ शुक्ल प्रतिपदा,
पुनर्बसु नक्षत्र दिवा ०३:०१ बजेसम्म उप्रान्त तिष्य,
हर्षण योग रात्रि १०:३६ बजेसम्म उप्रान्त बज्र,
नाग करण बिहान ०६:१७ बजेसम्म,किम्स्तुघ्न साझ ०६:२८ बजेसम्म उप्रान्त,
आनन्दादियोगमा सिध्दी योग,
चन्द्रमा मिथुन राशिमा बिहान ०८:४५ उपरान्त कर्कट राशिमा,
काठमाडौंमा सूर्योदय५:१९ बजे सूर्यास्त ७:०० बजे,
दिनमान ३४ घडी १३ पला।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
विशिष्ट व्यक्ति संगको भेटघाट र सामिप्यताले दिर्घकालिन योजनाको थालनी गर्न बिशेष सहायता प्रादान गर्नेछ,माता पिताको लागि समय खर्चिनु पर्ने देखिन्छ,ब्यबसायिक क्षेत्रमा सुधारको संकेत देखिनेछ,नोकरीमा सफलता मिल्नेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
धार्मिक कार्यमा समय बित्नेछ,समाजको लागि बिशेष महत्वपूर्ण भूमिका निर्बाह गर्नु पर्ने समय आएकोछ,इज्जत प्रतिष्ठाको वृद्धि हुनेछ भने तपाइको कामको सबैले प्रशंशा गर्नेछन,हतारो पनले काममा बिध्न ल्याउन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
शरीरमा चोटपटक लाग्न सक्छ,सहकर्मी मित्रहरुबाट असहयोगका साथै बिस्वासघात हुन सक्छ,रिस बढ्नाले काममा अबरोध ल्याउन सक्छ,संयमित भएर चलाखी पूर्ण रुपमा अगी बढ्नु भएमा मात्र केहि सफलता हात लाग्न सक्ने देखिन्छ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
बहुमुल्य रत्न तथा उपहार हात लाग्न सक्ने समय छ,प्रेम सम्बन्धमा सकारात्मक उर्जा प्राप्ति हुने देखिन्छ,लामो र फाइदा जनक यात्राको सम्भाबना देखिन्छ,पशु जन्य व्यवसायमा सन्तोषजनक सफलता हात लाग्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
शत्रु परास्त गर्न सकिनेछ,विरोधीहरु तपाइको सहयोगी बनेर आउनेछन्,बिग्रेको स्वास्थ्यमा क्रमिक सुधारको लक्षण देखिनेछ,बिपरित लिंगी संग साबधानी पुर्बक गरिएको सहकार्यले ब्यापार व्यवसायमा फाइदा पुर्याउने देखिन्छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
पढाइ लेखाइमा बिशेष अवसर मिल्नेछ,साहित्यिक लेखनमा रुची बढ्नुको साथै त्यस्ता कार्यक्रमहरुमा सहभागी हुने सु अवसर मिल्नेछ,सन्तानको उन्नतिमा मन रमाउनेछ, खानपान र यात्रामा कमजोरी आउनाले स्वास्थ्य केहि बिग्रन सक्ने देखिन्छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
मनमा चंचलता बढ्नेछ भने बिभिन्न किसिमका खराब सोचाइहरु बढ्न सक्ने समय रहेकोछ, पारिवारिक स्वास्थ्यमा खराबी आउनेछ.आफन्त संग झैँ-झगडा हुन सक्ने देखिएकाले बिबादबाट टाढा रहनु बुध्दिमानी हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
मनोरंजनात्मक कार्यमा समय व्यतित हुनेछ,मिष्ठान्न भोजन संगै रमाइलो यात्राको अवसर जुट्नेछ,पराक्रमी काम गर्ने प्रेरणा मिल्नेछ,पढाई लेखाइमा सकारात्मक उर्जाको बिकास हुनेछ, आफन्त तथा सहोदरमा खटपट आउन सक्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
संचित धनको नोक्सानि हुन सक्छ,बोलीको शक्ति भने यथावत रहनेछ,छोटा र महत्वपूर्ण यात्राको अवसर मिल्नेछ,कृषिजन्य ब्यबसायमा मनग्य लाभ उठाउन सक्ने समय देखिन्छ,नहड्बडाइ काममा लागे सफलता मिल्नेछ।
मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
निकै उत्साहजनक दिन रहनेछ,पुराना साथि संगी संगको भेटघाटले नया उर्जाको प्रबाह हुनेछ,सकारात्मक सोचको अभिवृद्धि हुनेछ आर्थिक कारोबारमा सुधार आउनेछ,बिशेष प्रितिकारक समय रहनेछ भने मनोरन्जनात्मक रुपमा समय बित्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
सर-सामान हराउन सक्नेछ भने बहुमुल्य बस्तुको क्षति हुन सक्छ,आफन्त संगको सम्बन्धमा कमजोरी आउन सक्नेछ,हात लागेको सफलता आफ्नै हेल-चेक्र्याईले फुत्कन सक्ने देखिन्छ,जरुरि काम बाहेक यात्रामा ननिस्कनु उचित हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
प्रशस्त धनार्जन गर्ने अवसर मिल्नेछ,साथि संगी संगको महत्वपूर्ण भेटघाटमा समय बित्नेछ,
सहयोगीहरुको संख्या बढ्नेछ भने सामाजिक र राजनैतिक रुपमा बिशेष ख्याती कमाइनेछ,पढाइ लेखाइमा केहि सुधार आउनेछ।onlinejyotishnepal.blogspot.co.i

एजेन्सी : पाकिस्तान आफ्नो आकाशमा जासुसी गर्न आएको एउटा मानवरहित जहाजलार्इ गोली हानेर खसालिदिएको दाबी गरेको छ।
पाकिस्तानले आफनो भूमिमा जासुस गर्न पसेको मानवरहित 'ड्रोन जहाज' लार्इ बुधबार गोली हानेर खसालिदिएको समाचार सार्वजनिक गरेको हो ।
कश्मिरको पाकिस्तान नियन्त्रणमा क्षेत्रमा पसेको सो मानवरहित जहाजलार्इ पाकिस्तानी अधिकृत कश्मीर (पीओके) मा खसालिएको हो । जहाज खसालिएको घटनाको भारतले भने खण्डन गरेको छ । उसले यो घटनालार्इ झुटो भनेको छ ।
पाकिस्तानी जासुसी संस्था आईएसआईले बुधबारै प्रेस वक्तब्य निकालेर यस कुराको पुष्टि गरेको छ । 'पीओकेको भिमबेरमा पसेको भारतीय ड्रोनलार्इ सेनाले खसालिदिएको छ', आर्इएसआर्इले भनेको छ, 'यो ड्रोन वायुसीमाको उलंघन गर्दै पाकिस्तान पसेको थियो ।
पाकिस्तानी पत्रिका डनको रिपोर्टअनुसार यो मामिलामा पाकिस्तानी सेनाले भारतले आफ्नो भूमिमा ड्रोन पठाएर गोप्य जानकारी हाँसिल गर्न खोजेको पाइएपछि जहाज खसाल्न बाध्य भएको जनाएको छ ।
ड्रोनमा लगाइएको स्पाई क्यामेराको सहयोगमा भारतले पाकिस्तानबाट सूचना चर्न खोजेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।
www.annapurnapost.com

धार्मिक अनुष्ठान र विभिन्न रिति-रिवाजको काममा पवित्र मानिने बेसारमा धेरै गुणहरु हुन्छ। बेसारको प्रयोग बिभिन्न प्रकारको खानामा स्वाद र रंगको लागि गरिन्छ । के तपाइलाई थाहा छ बेसारमा औषधीजन्ने गुण हुन्छ भनेर ? यसले छाला र शरीरको धेरै बिमारीलाई निको पर्दछ । बेसार एन्टीसेप्टिक हुन्छ । हेर्नुहोस् बेसारका लाभकारी गुणहरु!
१ .वजन कम गर्दछ
बेसारमा वजन कम गर्ने गुण हुन्छ। यसको नियमित उपयोगले वजन घट्दछ ।
१ . छालाको चाउरीपन हटाउछ
अनुहारमा देखा पर्ने चाउरीपन हटाउन एकदम फाइदाकर हुन्छ । बेसारलाई अलग -अलग चिजमा मिलायर प्रयोग गर्नाले तपाईको मुहारको चाउरीपन हट्छ र अनुहारमा चमक आउदछ । यसको लागि काचो दूध, गोलभोड़ाको रस ,चामलको पिठो र बेसारको पेस्ट बनाएर अनुहारमा लगाउना ले दूधमा रहेको लैक्टिक एसिडले तपाईको डेड स्कीनलाई रिपेयर गर्दछ ।
३. जलेको दाग हटाउछ
भान्छामा खाना बनाउदा वा कुनै दुर्घटनामा यदी तपाइको स्किन जलेको छ भने बेसार एकदम राम्रो एन्टीसेप्टिक हो । बेसारको पेस्टलाई ऐलोवेराको साथ मिलाएर लगाउना ले जलेको घाउको दाग हटाउछ र साथै पोलेको घाउको जलन कम गर्दछ ।
४. साधारण रुघाखोकीबाट बचाउछ
वर्षताको समयमा रुघाखोकीले सताउन सक्छ । साधारण रुघाखोकी भएमा बेलुका सुत्ने बेला एक गिलास दूधमा थोरै बेसार हालेर हल्का उमालेर पिउनाले रुघाखोकी निको हुन्छ ।
५ . त्वचामा चमक आउछ
बेसारलाई दूधमा हालेर पेस्ट बनाएर मुहारमा लगाउनाले मुहारको निखार र त्वचामा चमक आउछ ।
६. अनुहारमा नचाहिदा रौ आएमा
यदी तपाइको अनुहारमा नचाहिदा रौ आएका छन् भने बेसारको धूलोमा मनतातो पानी र नरिवलको तेल मिलाएर पेस्ट बनाउनु होस् र सो पेस्टलाई रौ आएको स्थानमा लगाउनाले नचाहिदा रौ बाट मुक्ति मिल्छ ।
७. मुख भित्र आउने घाउको लागि
मुख भित्र आउने घाउलाई बेसारको धुलोलाई मनतातो पानीमा मिलाएर ४-५ पटक कुल्ला गर्नाले मुख भित्रको घाउ निको हुन्छ ।

कसरी जन्मन्छन् छोराछोरी ?
लोग्ने मानिसमा एक्स र वाई दुवै क्रोमोजम हुन्छ भने महिलामा एक्स एक्स मात्र हुन्छ । त्यसैले लोग्नेमानिस र स्वास्नी मानिसबीच यौन सम्पर्कपछि छोरा पाउन लोग्ने मानिसमा मात्र हुने वाई आउनुपर्छ ।
कलिलो उमेरमा गर्भवती भए के हुन्छ ?
कलिलो उमेरमा गर्भधारण गरे बेथा लामो हुने, शिशु पाउन गा¥हो हुने, शिशु पनि कम तौलको हुने एवं महिना नपुगी बेथा लाग्ने हु“दा आमा र शिशु दुवैको ज्यान जोखिममा हुन्छ ।
शिशु जन्मने मिति कसरी निस्कन्छ ?
नियमित रुपमा महिनावारी भैरहेका किशोरी वा महिलामा अन्तिमपटक महिनावारी भएको दिनमा ९ महिना ७ दिन जोडेमा शिशु जन्मिने मिति निस्कन्छ । यसरी हिसाब गरी निकालेको दिन करिब ५ प्रतिशतले शिशु पाउ“छन् भने अधिकांश (करिब ८० प्रतिशत) महिलाले उक्त दिनको दुई हप्ताअघि वा एक हप्तापछि शिशु जन्माउ“छन् ।
कुनबेला गर्भ बस्छ ?
नियमित रुपमा (प्रत्येक २८ देखि ३० दिनमा) महिनावारी हुने महिलामा महिनावारीको दसौं दिनदेखि अठारौं दिनसम्म यौनसम्पर्क गरे गर्भ रहन सक्छ ।
गर्भवती भएका बेला तौल वृद्धि
गर्भाधानका क्रममा शिशु, सालनाल, शिशु वरिपरिको पानी, पाठेघरको वृद्धि र शरीरका विभिन्न भागमा प्रोटिन एवं बोसो जम्मा हुनाले गर्भको अवधिमा करिब १० देखि १२ किलोसम्म तौल बढ्न सक्छ।
कहिले गर्ने अल्ट्रासाउण्ड ?
आर्थिक विपन्नता वा सेवाको अभावले पटक–पटक अल्ट्रासाउन्ड गराउन नसके पनि गर्भमा रहेको शिशुमा कुनै किसिमको शारीरिक समस्या छ–छैन थाहा पाउन गर्भावस्थाको करिब १६ देखि २२ हप्ताभित्र कम्तीमा एकपटक अल्ट्रासाउन्ड गराउनुपर्छ ।
गर्भमा कहिले चल्छ शिशु ?
गर्भावस्थाको करिब १८ हप्तापछि शिशु चलेको महसुस हुन्छ । गर्भ रहेको करिब ३६ हप्तापछि शिशु तल सर्ने (पुट्ठाको हड्डीभित्र जाने) हुनाले सास फेर्न अलि हलुका महसुस हुन्छ ।
अन्तिम समयमा देखा पर्ने चिन्ह के हुन्
गर्भावस्थाको अन्त्यतिर बेथा लाग्नुपूर्वका चिन्हहरु (तल्लो पेट दुख्ने, हल्का रगत मिसिएको सिंगान जस्तो देखा पर्ने, पिसाबजस्तै पानी बग्ने आदि) देखा पर्न सक्छन् ।
गर्भवतीले के–के जाँच गराउनुपर्छ ?
प्रत्येक गर्भवती महिलाले हेमोग्लोबिन, रक्त समूह, यौन रोग (भीडीआरएल), एचआईभी एवं हेपाटाइटिस बी, ब्लड सुगरसम्बन्धी रगत जा“च, पिसाब जा“च एवं भिडियो एक्स–रे गराउनुपर्छ । यसका अतिरिक्त कतिपय महिलामा देखापरेको स्वास्थ्य समस्याअनुसार थप जा“च गराउनुपर्छ । जा“चमा प्रत्येक पटक तौल लिने, रक्तचाप र नाडीको गति नाप्ने एवं रक्तअल्पता भए नभएको तथा खुट्टा सुन्निएको छ, छैन जा“च्नुपर्छ ।
कस्ता गर्भवतीलाई निगरानीमा राख्नुपर्छ ?
मधुमेह, उच्च रक्तचाप, मुटु एवं मिर्गौलाको रोगी, नेगेटिभ रगत समूह भएकी, पेटभित्रको शिशु सानो शंका गरिएकी, जुम्ल्याहा शिशु बोकेकी, पहिले पटक–पटक गर्भ तुहिएकी गर्भवती महिलालाई निगरानीमा राख्नुपर्छ ।
कहिले–कहिले बढ्छ पेटको उचाई ?
गर्भावस्थाको १२ हप्तापछि मात्र बाहिरी पेट जा“च गरी पाठेघर छाम्न सकिन्छ । गर्भावस्थाको १२ हप्तामा पुठ्ठाको हड्डी अघिल्लो भागसम्म, २० हप्तामा नाइटोको तल्लो भागमा, २४ हप्तामा नाइटोको माथिल्लो भागमा र ३६ हप्तामा मध्यछातीको हड्डीमुनिसम्म पाठेघरको (पेट) को उचाइ बढ्छ।
शिशुको अंग कुन अवधिमा के बढ्छ ?
गर्भ रहेको ५ देखि ८ हप्तामा मानव शरीरका मुख्य अङग तथा स्नायु प्रणालीकेो विकास हुन्छ भने ६ हप्ताबाट मुटुको धड्कन सुरु हुन्छ । गर्भावस्थाको ८ हप्तासम्ममा अनुहार (मुख) को आकार आउछ भने ९ देखि १२ हप्तामा शरीरका भित्री अङग फोक्सो, मिर्गौला कलेजो, अस्थिपञ्जर बन्न थाल्छन् ।
गर्भवतीले ध्यान दिनुपर्ने कुरा के हुन् ?
पहिलो गर्भावस्थामा दुईपटक टीटी खोप लिनुपर्छ भने फोलिक एसिड र आइरन एवं क्याल्सियम क्रमशः पहिलो र दोस्रो त्रैमासिकदेखि खानुपर्छ । यसका साथै शक्ति प्राप्त हुने थप कार्बाेहाइड्रेट तथा प्रोटिनयुक्त खाना खानुपर्छ ।
गर्भावस्थाको चौथो हप्तादेखि दसौं हप्तासम्म गर्भस्थ शिशुको मुटु तथा स्नायु प्रणालीअन्तर्गतका महत्वपूर्ण अंग निर्माण हुने भएकाले अनावश्यक रुपमा जथाभावी औÈधि सेवन तथा चुरोट एवं मद्यपान गरे गम्भीर प्रकारका शारीरिक समस्या भएका शिशु जन्मन सक्छन् ।
गर्भावस्थामा हुन सक्ने समस्या के हुन् ?
गर्भावस्थामा हुन सक्ने साधारण समस्यामा बिहानीपख वाकवाकी लाग्ने, मुखमा अमिलो पानी आउने र छाती पोल्ने, पिसाब छिटो–छिटो लाग्ने, योनिश्राव (सेतो पानी) अलि बढी बग्ने, पि“डौला एवं जननेन्द्रीय वरिपरिका नसा फुल्ने, कब्जियत हुने, खुट्टा सुन्निने, कम्मर दुख्ने, पिडौला बाउडिने हुन् ।
उच्चरक्तचाप, मधुमेह, मुटुको समस्या, मिर्गौलाको खराबी, मूत्रनली संक्रमण, थाइरोइड ग्रन्थीको काममा घटीबढी, छारे रोग, रक्तअल्पता, हेपाटाइटिस, यौन रोग, एचआईभी एड्स, दम, संक्रामक तथा परजीवीजन्य रोग, औंलो र शल्यक्रियाको आवश्यकता पर्ने कतिपय पेटको पीडा आदि गर्भावस्थासगै हुनसक्ने अन्य स्वास्थ्य समस्या हुन् ।
गर्भाधानका क्रममा शुक्रकीट र डिम्बको मिलन डिम्बवाहिनी नलीमा निÈेचित भएर पाठेघरमा बस्ने क्रममा हल्का रातोपन जस्तो रक्तस्राव देखिनुबाहेक गर्भावस्थामा बढी मात्रामा रगत देखिनु राम्रो मानिदैन । गर्भपूर्वको अवस्थामा किशोरी वा महिलामा कुनै जोखिमपूर्ण समस्या छ, छैन ? छ भने त्यसलाई कसरी कम गर्न, नियन्त्रणमा राख्न वा हटाउन सकिन्छ भन्ने कुरा थाहा पाइने हुनाले शिशु पाउनुपूर्व सम्बन्धित चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ।
dainiknepal.com

८ दिनअघि टोखास्थित २ तले घरको छतबाट लडेर मृत्यु भएकी लताशा क्षेत्रीको मृत्यु रहस्यमय भएको भन्दै परिवारले निष्पक्ष छानविनका लागि प्रहरीलाई आग्रह गरेका छन्। प्रहरीले लताशाले आत्महत्या गरेको अनुसन्धानबाट खुलेको बताएको छ भने लताशाका परिवारले उनको हत्या भएको हुन सक्ने बताएका छन्। ७ महिनाअघि नेपाली सेनाका मेजर विष्णु कार्कीसँग विवाह बन्धनमा बाँधिएकी नुवाकोट समुन्द्रदेवीकी २३ वर्षीया लताशाको मृत्युबारे कार्की परिवार र उनका माइती पक्षबीच कुरा बाझिएको छ।
छिमेकीले प्रहरीलाई दिएको बयान
टोखामा कार्की परिवारको घरसँग घर भएकी मञ्जिला श्रेष्ठले लताशाले छतबाट हाम फालेको देखेकी थिइन। उनले प्रहरीलाई दिएको बयान अनुसार दिउँसो ४ बज्न लाग्दा उनका श्रीमान सेनाकै पोशाकमा घरभित्र छिरे। अन्दाजी २ मिनेटपछि लताशा छतमा आइन् । छतको डिलमा २ वटा खुट्टा तल झारेर हात टेकेर उनी बसेकी थिइन्। श्रेष्ठ बसेको छततिर उनी फर्किएकाले देखादेखा हुन्थ्यो। लताशाले दुबै खुट्टा तल झारेर बसेपछि श्रेष्ठले उनलाई लडिएला, कसरी बसेको भनिन्। नभन्दै लताशा खस्न पुगिन्। उनी लडेको आवाज र श्रेष्ठ चिच्चाएपछि उनका श्रीमान बाहिर आए। छिमेकीहरु पनि जम्मा भए।
आत्महत्या जस्तो नै देखिन्छः प्रहरी
लताशाको मृत्यु भएदेखि नै अनुसन्धान गर्दै आएको महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले लताशाको हत्या नभइ उनले आत्महत्या नै गरेको जनाएको छ। महाशाखाका एसएसपी सर्बेन्द्र खनालले अनुसन्धान गर्दा लताशाले आत्महत्या नै गरेको खुल्न आएको बताए। महाशाखाले लताशाको मृत्युपछि कर्तव्य ज्यान, भवितब्य र आत्महत्या मुद्दालाई आधार मानेर अनुसन्धान गरेको थियो।
कार्की दम्पतीबीच सामान्य विवाद भएको हुनसक्ने प्रहरीले आंशका गरेको छ। प्रहरीले दुवै जनाको मोबाइलको कल डिटेल र एसएमएस प्रहरीले हेरेको छ। ७ महिनादेखि उनीहरुबीच एसएमएसमा कुनै विवाद नदेखिएको अनुसन्धानमा संलग्न डिएसपी दीपक रेग्मीले जानकारी दिए। प्रहरीले दुवै जनाको अन्यसँग अफेयर नभएको पनि प्रष्ट पारेको छ। लताशा सासू र श्रीमानसँग बस्दै आएकी थिइन्। परिवारमा कलह पनि नभएको डिएसपी रेग्मीले बताए।
५ बजे जागिर छुट्ने मेजर कार्की एक्कासी ४ बजे कसरी घर पुगे भन्ने पनि अनुसन्धानको घेरामा रहेको प्रहरीले जनाएको छ । त्यस दिन घरमा बिहान कसैले पनि खाना नखाएको र पकाएको खानेकुरा जस्ताको त्यस्तै भाडामा नै रहेको प्रहरीले बताएको छ।
छोरीको मृत्यु रहस्यमय छःलताशाकी आमा
लताशाका माइती पक्षले भने हत्या रहस्यपूर्ण भएको भन्दै निष्पक्ष छानविन गर्न माग गरेका छन्। अनुसन्धानमा प्रहरीले नै असहयोग गरेको उनीहरुको दाबी छ। आफ्नी छोरीको हत्या रहस्यपूर्ण रहेको, घटनास्थलमा रगत नदेखिएको र छोरीको मृत्युका विषयमा ज्वाईं विष्णु कार्कीले ढिलो खबर गरेको लताशाकी आमा शारदा क्षेत्रीले प्रहरी सामू वयान दिएकी छन्।
विवाह भएदेखि नै लताशाले आमासँग विष्णुले आफूलाई शंका गर्ने गरेको र उसलाई खुसी पार्न नसकेको भन्दै गुनासो गर्ने गरेकी थिइन्।
घटनास्थलको प्रकृति हेर्दा पनि लताशाले माथिबाट जानाजान हाम्फालेकी होइनन् भन्ने अनुमान गर्न सकिन्छ । घरको छतमा रहेको स्लोप र उनी तल खसेको स्थान लगगभ धागो तानेजस्तो सिधा छ । फाल हालेकी भए पर पुग्थिन् होला ।
माथिबाट खस्दा कम्पाउण्ड वालमा रहेको फलामे बारको चुच्चोमा उनको शरीर अल्झेको देखिन्छ । फलामे बारको एउटा चोसो नै भाँचिएको छ । त्यसमा अल्झेका कारणले नै उनी घोप्टिएर टाउको तल बजारिएको अनुमान गर्न सकिन्छ ।
लतासाका माइती पक्षले उनी खसेको भनिएको स्थानमा रगतको थोपा पनि नदेखिएको भन्दै आशंका व्यक्त गरेका छन् । तर, विष्णुका आफन्त र छिमेकीहरु भने केहीबेरमा भएको भारी वर्षाले रगत पखालेको बताउँछन् ।
होहल्ला भएपछि तत्कालै वरपरका मानिसहरु घटनास्थलमा जम्मा भएका थिए । त्यहीँ नजिकै घर भएका विष्णुका ठूलोबुवाका छोराले गाडी निकालेर उनलाई १० मिनेटमा हस्पिटल पुर्याए । विष्णु पनि सँगै गए । हस्पिटल पुर्याउनुअघि नै लतासाको मृत्यू भइसकेको थियो ।
डाक्टरले मृत घोषित गरेपछि विष्णु निकैबेर अचेत भएको उनका दाजुले सुनाए ।
लतासालाई अस्पताल लगिसकेपछि विष्णुकी बहिनीले लतासाको माइतीघरमा फोन गरी घटनाबारे जानकारी दिएकी थिइन् । लतासाको परिवारले विष्णु आफैंले किन फोन गरेनन् भन्ने प्रश्न उठाएका छन् । तर, विष्णुका आफन्त उनी फोन गर्न सक्ने अवस्थामा नरहेको बताउँछन् ।
डाक्टरले मृत घोषित गरेपछि लतासाको शवलाई ग्राण्डीबाट पोष्टमार्टमका लागि टिचिङ हस्पिटल लगियो । लतासाका बाबुआमा धरानबाट गाडी रिजर्भ गरी राति २ बजे काठमाडौं आइपुगे । उनीहरु आउँदा शवलाई टिचिङ पुर्याइसकेको थियो । लतासाका हजुरबुवाले मुचुल्कामा सही गरेका थिए ।
भोलिपल्ट बिहान महाराजगञ्ज प्रहरीमा पुगेर लतासाका बाबुआमाले ज्यानसम्वन्धी जाहेरी दर्ता गरे । उनीहरुले ज्वाइँ विष्णुविरुद्ध किटानी जाहेरी दिन चाहे पनि प्रहरीले लिन मानेन । महाराजगञ्ज प्रहरी वृत्तका प्रहरी प्रमुखले जाहेरीमाथि अनुसन्धान भइरहेको अनलाइनखबरलाई बताएका छन् । ‘अहिले निस्कर्ष आइसकेको छैन, त्यसैले यसबारे केही बोल्नु हतार हुन्छ,’ उनले भने ।www.dcnepal.com

३० असार, काठमाडौं ।
सुनको मूल्यमा बुधबार थोरै मात्रामा गिरावट आएको छ । ३ दिन सम्म उस्तै मूल्य कायम रहेको सुन बुधबार भने घटेको हो ।
सुनचाँदी ब्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य २ सय रुपैयाँ घटेको छ ।
मंगलबार सम्म प्रतितोला ५० हजार ७०० को दरले कारोबार भएको सुन बुधबार सुन तोलाको ५० हजार ५ सयमा किनबेच भएको हो ।
चाँदीको भाउमा भने घटबढ भएको छैन ।

काठमाडौं, ३० असार । पाकिस्तानमा बुधबार एकैदिन दुई ठूला भूकम्प गएका छन् ।
अमेरिकी भौगर्भिक संस्थाका अनुसार पाकिस्तानको खुजदार प्रान्तलाई केन्द्रविन्दु बनाएर भूकम्पको ठूलो धक्का महसुस गरिएको हो । पाकिस्तानको स्थानीय समय अनुसार बुधबार बेलुका पाँच बजेर २६ मिनेटमा भूकम्पको पहिलो धक्का महसुस भएको थियो
त्यसको १ मिनेटमै अर्काे ठूलो धक्का महसुस गरिएको थियो । पाकिस्तानमा गएको भूकम्पको धक्का ५ दशमलब ६ रेक्टर स्केलको हो । पहिलो धक्का ५ दशमलब ५ रेक्टर स्केलमा महसुस भएको थियो । भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार लगातारको भूकम्पको ठूलो धक्काले लाखौंको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।

बेइजिङ, ३० असार । चीनमा ४२ हजार भन्दा बढी दम्पतिले दोस्रो सन्तान जन्माउने स्वीकृति माग गर्दै सरकारसमक्ष निवेदन दिएका छन । विगतका धेरै वर्षदेखि चीनमा ‘एक दम्पतिको एक सन्तान’ लागू गरिँदै आएको विवादास्पद नीति गत वर्षमात्र परिवर्तन भएको थियो ।
गत मे महिनाको अन्त्यसम्ममा चिनियाँ परिवार नियोजन विभागमा ४२ हजार ७५ वटा निवेदन परेकोमा ३८ हजार ७९८ वटा निवेदन स्वीकृति भइसकेको समेत सो विभागले जनाएको छ ।
स्वीकृत निवेदनहरूमध्ये ३१ देखि ३५ वर्षसम्मका महिलाको सङ्ख्या ५७ प्रतिशत रहेको बेइजिङस्थित स्वास्थ्य तथा परिवार नियोजन आयोगले जनाएको छ ।
गत फेबु्रअरीमा सो आयोगले चीन सरकारलाई सुझाव दिएअनुसार बेइजिङको जनसङ्ख्या अनुपात कम हुँदै गएकाले सन् २०१९ सम्म दुई लाख ७० हजार नवजात शिशुको भएमा उपयुक्त हुने बताइएको थियो । नवजात शिशु यो अनुमानित सङ्ख्यामा सामान्य शिशु जन्मदर भन्दा ५४ हजारले वृद्धि हुने छ ।
सन् २०१९ पछि ठूलो परिवारको सङ्ख्या इच्छुक जोडीहरू सबैका दोस्रो सन्तान भइसक्ने छन् ।
हाल चीनभरि १४ लाख ५० हजार दम्पति दोस्रो सन्तान जन्माउनुका लागि कानुनी प्रक्रियाको हैसियत राख्छन् । तीमध्ये १३ प्रतिशतले दोस्रो सन्तान जन्माउने स्वीकृतिको लागि निवेदन दिइसकेका छन् ।
सन् २०१३ मै चीनमा एकदम्पति एक सन्तानको नीति परिवर्तन गर्न प्रस्ताव भनिए तापनि सन् २०१४ को सुरुवातदेखि मात्र यो परिवर्तित नीति व्यवहारमा ल्याइएको थियो ।

अन्तहः भारतीय क्रिकेट टिमका कप्तान धोनीको जीवनमा आधारित चलचित्रमा श्रीमतीको भुमिकामा नायिका परिनिति चोपडाले अभिनय गर्ने भएकी छिन् ।
उक्त चलचित्रमा नायकको भुमिकामा सुशान्त सिंह राजपूतले धोनीको भुमिका निर्वाह गर्ने छन् । भारतिय पत्रिका मिड डे ले खबरमा जनाय अनुसार धोनीको श्रीमती साक्षी जस्तै परिणितीको अनुहार अलि बढि नै मिल्ले भएकोले निमार्ताले उनलाई रोजेका हुन् । यसाअघि धोनीको श्रीमतीको भुमिकामा आलिया भट्ट, श्रद्धा कपूर ,परिनिति चोपडा र कृति सैनन जस्ता प्रसिद्ध नायिकाको नाम आएको भएपनि अन्त्यमा परिणिति चोपडाले यसमा बाजी मारेकी छिन् ।

महंगो स्मार्टफोन साथमा हुँदा कतिबेला खस्ला कि कतै के होला कि भनेर डराइरहनु पर्छ । तर अव भने यसको समाधान आएको छ । संसारकै सबैभन्दा बलियो भनिएको स्मार्टफोन बजारमा आउन लागेको छ ।
कम्पनीले दावी गरे अनुसार यो फोन न त फुट्छ न त ह्याक नै हुन सक्छ । टुरिङ मोबाइल ब्राण्डले संसारकै सबैभन्दा बलियो स्मार्टफोन बजारमा लञ्च गर्न लागेको हो ।
आगामी महिना बजारमा आउने यो फोन लिक्विडमोरफियमबाट बनेको बताइएको छ । यसमा भएको बनोट स्टील र एल्युमीनियम भन्दा बढी बलियो हुन्छ ।
एप्पलले पनि आइफोनमा यो धातु प्रयोग गर्छ तर सिम राख्ने ठाउँमा मात्र । साढे ५ इन्चको स्क्रिन भएको यो स्मार्टफोनको अपरेटिङ सिष्टम एण्ड्रोइड 5.1 छ तर यूएसबी पोर्ट छैन भने म्युजिकका लागि अडियो ज्याक समेत छैन । यद्यपी ब्लुटूथले भने यसमा काम गर्छ ।
यसमा सुरक्षाका विभिन्न प्रविधी प्रयोग गरिएको छ जसले कुनै पनि हालतमा यसलाई ह्याक गर्न नसकोस ।
यो फोनमा केवल औंठाको छाप अर्थात फिङ्गर प्रिन्टमात्र पासवर्ड बन्न सक्छ
पानीमा पनि असर हुँदै
रमाइलो कुरा त टुरिङको नयाँ स्मार्टफोनमा पानीले समेत असर गर्ने छैन । पानीमा डुबिहालेमा पनि बाहिर निकालेर पुछ्ना साथ फोनले सामान्य काम गर्छ । यो फोनले स्मार्टफोन को दुनियाँमा क्रान्ति गर्ने दावी कम्पनीले गरेको छ ।nepaliheadlines.com

असार ३० गते
मुम्बई । फिल्ममा अभिनय गरेको पारिश्रमिक लिन गएकी एक हिरोइन सामुहिक बलात्कारको सिकार बनेकी छिन् ।
मराठी फिल्ममा केही समयदेखि निरन्तर अभिनय गरिरहेकी हिरोइनलाई निर्देशकसहित ५ जनाले सामूहिक बलात्कार गरेका हुन् । यो घटनामा संलग्न एक जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
औरंगाबाद स्थानीय अपराध शाखा (ग्रामीण)का निरीक्षक कंचन कुमार चातेका अनुसार मुम्बईमा बस्दै आएकी बलात्कृत अभिनेत्रीले मराठी फिल्म ‘लहनपन’ मा काम गरेको पारिश्रमिक पाएकी थिइनन् ।
तर, निर्देशकले पैसा दिने भन्दै आफ्नो साथीकोमा पैसा लिन जान नायिकालाई आग्रह गरे । जब पीडित अभिनेत्री आफ्नो पारिश्रमिक लिन निर्देशकका साथीकहाँ गईन् तब उनीहरुले ५६ किलोमिटर टाढा पुर्याए । ४ साथीसँग मिलेर निर्देशकले उनको सामुहिक बलात्कार गरे ।
प्रहरीले घटनालाई पैठन पुलिसको जिम्मा लगाएको छ र घटनाको छानविन तथा अनुसन्धान चलिरहेको छ । प्रहरीका अनुसार गिरफ्तार गरिएका एक जना बलात्कारमा संलग्न गोविन्द चितलांगे हुन् । घटनामा संलग्न निर्देशकसहित चार आरोपी फरार छन् ।dainiknepal.com
भिडियो हेर्न तल किल्क गर्नुहोस:

आर्ट भनेको चित्रकारिता र थेरापी भनेको उपचार हो । कुनै पनि कुरालाई सकारात्मकतातिर लैजानेलाई थेरापी भनिन्छ । आर्ट थेरापी चित्रलाई आधार बनाएर सकारात्मकतातिर लैजाने प्रक्रिया हो । आर्ट थेरापी कुनैपनि व्यक्तिलाई प्रश्न गरेर अर्थात् काउन्सिलिङ गरेर समस्या सोध्ने होइन ।
यसमा कुनै पनि व्यक्तिलाई निश्चित प्रकारका चित्र बनाउन लगाइन्छ । चित्र बनाएर त्यसकोमात्र कुरा गरेर सकारात्मक धारणा ल्याउने प्रक्रिया आर्ट थेरापी हो । जसरी मानिसले प्रश्न सोध्दा त्यसको जवाफ दिन्छ, चित्र
बनाउँदा आफूभित्रका समस्या के छ आफै भन्न थाल्ने हुन्छ । अवचेतन मनका कुरा चित्रमार्फत् निस्कन्छन् ।
कुनै पनि समस्या अर्कालाई बाँड्नु भयो भने तपाईलाई आनन्द आउछ । आर्ट थेरापी भनेको काउन्सिलिङ जस्तै हो । तपाईसँग इमेजको कुरा गर्दागर्दै ‘हिल’ हुन्छ अर्थात् उपचार हुन्छ ।
पेन्ट गर्न, आर्ट गर्न सबैलाई मनपर्छ । आनन्दले पेन्ट गर्दा केही भावना आउछ । आर्ट गर्नु भनेको सकारात्मकता ल्याउनु हो । आर्टको माध्यमबाट आफूभित्रका समस्या निकाल्न सक्नुभयो भने ‘हिलिङ’ सुरु हुन्छ ।
यो आर्ट साइकोलोजीमा पर्छ । आर्ट गर्नुभयो, एक्सप्रेसन गर्नुभयो, त्यसका बारेमा कुरा गर्नुभयो, त्यो नै आर्ट साइकोलोजी हो । आर्ट थेरापी तब सुरु हन्छ जब तपाईले आफैंले भन्नुहुन्छ, यस्तो समस्या रहेछ भनेर । मानिसभित्र रहेका तनावलाई आर्टका माध्यमबाट उपचार गरिन्छ भने त्यो नै आर्ट थेरापी हो ।
आर्ट साइकोलोजी र आर्ट थेरापीमा फरक छ । आर्ट साइकोलोजीमा चित्रमार्फत् स्वतन्त्र रुपमा अभिव्यक्त गरिन्छ । यसपछि मात्र समस्याका बारेमा थाहा हुन्छ, त्यसको उपचार गर्ने प्रक्रिया आर्ट थेरापी हो । कसैलाई एक–दुईपटकमै उपचार हुन्छ भने कसैलाई धेरैपटक गर्नुपर्ने हुन्छ ।
आर्ट थेरापीअन्तर्गत मानिसले आफ्ना समस्या भनिसकेपछि विभिन्न प्रकारका चित्र बनाउन लगाइन्छ । हरेक सेसनमा भिन्न–भिन्न चित्र बनाएर त्यसका बारेमा कुरा गरेर बिस्तारै त्यसलाई ठिक पार्न सकिन्छ ।
एक परिवारमा निकै नै समस्या रहेछ । उसको परिवारभित्र सब गन्जागोल थियो । हामीले परिवारका चार सदस्यलाई सँगै बसाएर वातावरणका बारेमा चित्र बनाउन लगायौं । सबैले आ–आफ्नै तरिकाले बनाए । कसैले पानी परिरहेको, कसैले घाम लागिरहेको आदि ।
यसपछि सबैलाई आफ्नो चित्रका बारेमा व्याख्या गर्न लगायौं । सबैको चित्र सकारात्मक थियो । तर घाम लागिरहेको बनाएपनि त्यसको व्याख्या नकारात्मक गर्छ (जस्तो कि घाम मलाई मन पर्दैन, घामले पोल्छ, सुख्खा हुन्छ, धुलो उँड्छ आदि) । उसले आफूलाई बाहिरबाट सकारात्मक देखाएपनि भित्रैबाट भने दिक्दारी व्यक्त गरेको हुन्छ । त्यसबाट नै उसको अभिव्यक्ति नकारात्मक भनेर थाहा हुन्छ । त्यसपछि यसमा कुनै समस्या छ भन्ने थाहा भयो । त्यसपछि उसँग एक्लै सेसन गर्दा परिवारभित्रको सबै कुरा पत्ता लाग्यो ।
परिवारभित्र उसको कुरा मिल्दो रहेनछ । श्रीमतीसँग कुरा नमिल्ने, सँगै नबस्ने कुरा थाहा भयो । त्यसपछि उसलाई श्रीमतीसँगै थेरापी गरायौं । जब हामीसँग सेसन गर्दै गए अनि मात्र उनीहरुले एक अर्काको सोचाई बुझ्न सुरु गरे । समस्या भनेको ‘मिस कम्युनिकेसन’ थियो । उक्त व्यक्ति सकारात्मक भएर निस्कियो ।
मनोरोग चिकित्सकमा जानु भयो भने औषधि दिन्छन् ।
तर आर्टमा औषधि चाहिँदैन । औषधिले साइड इफेक्ट पनि गर्न सक्छ तर आर्ट थेरापीले भित्र जे छ निकाल्ने हो । यसमा साइड इफेक्ट भनेको मनका कुरा निकाल्दा भावुक हुने, रुन मन लाग्ने हुन्छ । यसले नै मन हल्का हुन्छ । जसले औषधि लिनुभएको छ उहाँहरु औषधि सँगसँगै आर्ट थेरापी गर्नुभयो भने छिटो निको हुन्छ । यसका लागि मनोरोग चिकित्सकले पनि रिफर गर्नु पर्छ ।
हाल बच्चाहरुमा ग्रुप सेसन गरिरहेका छौं । त्यो आर्ट साइकोलोलोजी हो । बच्चाहरुसँग धेरै कुराकानी हुँदैन तर चित्रमा देखिएको समस्या नै हामी परिवारसँग छलफल गछौं । त्यसपछि एक्लाएक्लै सेयर गर्नेगछौं । जसबाट बच्चालाई स्वतन्त्र अभिव्यक्त गर्ने कला सिकाउँछौं । चित्र बनाउन हामी बायोमेडिककै भित्ता उपलब्ध गराउछौं । त्यसका लागि आवश्यक पर्ने सामग्री दिइन्छ । आर्ट थेरापी गराउने भनेको आत्मविश्वास बढाउने, सकारात्मक भावना ल्याउने हो ।
विद्यालयहरूमा पनि आर्ट थेरापी गराउने तयारी हामी गरिरहेका छौं । यस्तै, सामूहिक रुपमा काम गर्नुपर्ने कार्यालयहरूमा कर्मचारीबीच कुरा नमिल्ने, काममा अवरोध आउनेजस्ता समस्या देखिन्छन् । यस्तो अवस्थामा हामीले टिम बिल्डिङको सेसन दिने गरेका छौं । टिम बिल्डिङ सेसनले कर्मचारीबीच सकारात्मक धारणा सिर्जना गराउछ ।

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७१ साल मङ्सिर/पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७०) को ग्रामीण विकास विषयको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार मङ्गलबार प्रकाशित गरेको छ।
त्यसैगरी, परीक्षा नियन्त्रण कार्यालयले २०७१ सालमा सञ्चालित शिक्षाशास्त्र सङ्कायतर्फ तीन वर्षे स्नातक तह प्रथम वर्ष आंशिकतर्फको परीक्षाको परीक्षाफल पनि प्रकाशित गरेको छ ।nepaliheadlines.com

हस्तरेखा विज्ञानका अनुसार जीवनमा हुने सबै कुराको निर्धारण हस्तरेखाले गरेको हुन्छ । जीवनका हरेक कर्म र तीनको समय हस्तरेखाबाट भविष्यबाणी गर्न सकिन्छ ।
विवाहको बारेमा पनि हातको रेखाबाट भन्न सकिने ज्योतिषशास्त्रीको भनाइ छ । कसरी थाहा हुन्छ कहिले हुन्छ विवाह भनेर ?
ज्योतिषशास्त्र भन्छः हातमा विवाह रेखा हुन्छ । त्यसकै आधारमा विवाहको बारेमा भन्न सकिन्छ । विवाहको रेखा सूर्य रेखालाई स्पर्श गर्दै तलपट्टि गएमा यस्ता ब्यक्तिको विवाह अनमेल विवाह हुन्छ । त्यसैगरी विवाह रेखाले मस्तिस्क रेखालाई स्पर्श गरेको छ भने त्यस्ता ब्यक्तिको विवाह पति वा पत्निको हत्यामा टुङ्गिन सक्छ ।
त्यसैगरी बुध पर्वतमा विभिन्न खण्ड छन् भने यस्ता ब्यक्तिको इन्गेजमेन्ट नै टुट्न सक्छ ।
विवाहको रेखामा कालो धब्बा छ भने यस्ता ब्यक्तिलाई पत्नि सुख प्राप्त हुँदैन । यदि विवाह रेखा कान्छी औंलीको दोश्रो खण्ड सम्म पुगेको छ भने यस्ता ब्यक्तिको विवाह हुने सम्भावना कम हुन्छ ।
विवाह रेखा विचविचमा मोटो र पातलो छ भने यस्ता ब्यक्तिका जीवन साथी रोगी पर्न सक्छन् ।
भिडियो हेर्न तल किल्क गर्नुहोस :

काठमाडौं, ३० असार । नेपालमा बुधबार फेरि नयाँ भूकम्प गएको छ ।
गत वैशाख १२ गतेको विनाशकारी ‘गोरखा’ भूकम्पपछि बुधबार दार्चुला केन्द्रविन्दु भएर नयाँ भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दार्चुला केन्द्र विन्दु भएर बुधबार विहानै नयाँ भूकम्प गएको हो ।
यूटीसी टाईम अनुसार २ बजेर २९ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको धक्का ४
दशमलब १ रेक्टर स्केलको हो । दार्चुलाबाट पत्रकार नरेन्द्र कार्कीले जनाएअनुसार भूकम्पको धक्काले पुरै जिल्ला नै हल्लाएको थियो ।
पहाडी क्षेत्र भएकाले भूकम्पको धक्का अधिक कडा महसुस गरिएको केन्द्रले जनाएको छ । यसअघि सुदूरपश्चिमको बाजुरामा पनि नयाँ भूकम्पको धक्का महसुस गरिएको थियो ।

चिरञ्जीवी पौडेल
३० असार, काठमाडौं । नेपाली सेनाका मेजर विष्णु कार्कीकी पत्नी लतासाको हत्या वा आत्महत्या दुबै नहुन सक्ने आधारहरु फेला परेका छन् । लतासाका माइतीले श्रीमानबाटै हत्या भएको जिकिर गरे पनि सिक्काको अर्को पाटो खोतल्दा कथाको फरक रुप देखियो ।
सुरु गरौं विष्णुकी आमा, ६१ वर्षीया सीता कार्कीको बयानबाट । उनी आफ्नी बुहारी लतासाका विषयमा एउटा पनि नकारात्मक शब्द भन्न र सुन्न चाहन्नन् । अविरल आँशुका धारा बगाउँदै सीताले बुहारीका स्मृतिहरु अनलाइनखबरसित यसरी उजागर गरिन् :
‘लक्ष्मीजस्ती थिइन् बुहार
सात महिनाअघि बुहारी भित्र्याएको क्षण मेरो जीवनकै खुशीको क्षणमध्ये एउटा थियो । हँसिलो अनुहार भएकी बुहारीको प्रवेशले घर नै उज्यालो भएको जस्तो लाग्थ्यो । हामी सासू-बुहारीको जोडी आमाछोरी जस्तै छ भन्थे सबैले । बाहिर हामी हात समाएर हिँडेको देख्दा छिमेकीहरु छक्क पर्थे ।
सात महिनासम्म एकचोटि पनि बुहारीले मेरो चित्त दुखाएको थाहा छैन । उनको व्यवहारमा खोट लगाउने कुरा केही पाइँन । मलाई छोरीले जस्तै माया गर्थिन् । सधैं आफूसँगै खाना खान बसाउँथिन् । ‘एक्लै खाँदा हजुर थोरै खाइसिन्छ’ भन्थिन् ।
मेरो स्वास्थ्यको ख्याल गर्थिन् । पुरुषोत्तम महिना छल्न भनेर १ महिना माइती बस्न गएकी थिइन् । तर, एक हप्तापछि नै मलाई फोन गरेर ‘छोरालाई लिन पठाइदिस्यो न’ भन्दै कर गरिन् । १० दिनपछि छोराले लिएर आयो । मलाई लाग्थ्यो, यस्ती बुहारी भाग्यमानीले मात्रै पाउँछन् ।
मेरी बुहारीको लास ५ दिनसम्म अलपत्र पर्यो । उनको आत्मा कति छट्पटियो होला
उनको माइतीसित पनि हाम्रो सम्वन्ध राम्रो थियो । सम्धिनीसित मेरो धेरै गफ हुन्थ्यो । ‘मेरी छोरी हजुरको पोल्टामा हालिदिएकी छु है’ भन्नुहुन्थ्यो सधैं । बुहारीलाई हामीले गर्ने व्यवहारका विषयमा कहिल्यै कुनै गुनासो गर्नुभएन । म थुप्रैचोटि सम्धिनीकहाँ गएर खाना खाएकी छु ।
छोराबुहारीबीच कुनै खटपट थियो कि थिएन, मैले कहिल्यै थाहा पाइँन । मेरा अगाडि दुबैजना मिलेका, रमाएका नै हुन्थे । बाहिर घुम्न गइरहन्थे । बिहेलगत्तै पोखरा गए । केही समयअघि भारत पनि गए । न छोराले कहिल्यै बुहारीको विषयमा मसित नराम्रो कुरा गर्यो, न बुहारीले छोराको केही कुरा गरिन् । उनीहरुबीच ठूलै झगडा हुँदो हो त मैले अलिअलि अनुमान लाउथेँ होला । अहँ, त्यस्तो भएजस्तो लाग्दैन ।
त्यसदिन छोरो अफिसबाट घर आयो । किन हो, अलि उदास थियो । सर्टको टाँक खोल्दै उ भित्र पस्यो । छोरा-बुहारीले केही बोलेको सुनिनँ । बुहारीले फोनमा कुरा गरेको पनि मैले थाहा पाइँन ।
एक छिनपछि म बाहिर बार्दलीमा निस्केर पल्लो घरकी बहिनीसित गफ गर्न थालेँ । ती बहिनी दोस्रो तल्लाको बार्दलीमा थिइन् । अचानक उनी हाम्रो छतमा देखाउँदै चिच्याइन् । केही बेरअघि बुहारी माथी छतमा उक्लेको थाहा पाएकी थिएँ । मलाई के अनिष्ट भयो भन्ने लाग्यो । म माथि जान नभ्याउँदै ठूलो आवाज आयो । त्यसपछि के भयो मलाई केही थाहा छैन । मध्यरातमा मात्रै मेरो होस खुल्यो ।
मेरी बुहारीको लास ५ दिनसम्म अलपत्र पर्यो । उनको आत्मा कति छट्पटियो होला । मैले उनको मुखमा एक थोपा पानी हालिदिन पनि पाइनँ । आफूलाई एउटी अभागी सासू सम्झेकी छु ।
बुहारीका माइतीले हामीमाथि नानाथरी कुरा गरिरहेको सुनेकी छु । मलाई केही भन्नु छैन । आफ्नी छोरीको मृत्यू कसरी भयो भनेर सोध्न पाउने हक उहाँहरुलाई छ । यतिबेला मलाई भन्दा उहाँहरुलाई ठूलो चोट परेको होला । उहाँहरुलाई चोट सहने शक्ति भगवानले दिउन् ।
तर, हाम्रो चोट पनि त सानो छैन । छोरो इन्तु न चिन्तु अवस्थामा छ । म आफैं अहिलेसम्म सम्हालिन सकेकी छैन ।
विक्षिप्त अवस्थामा मेजर
अनलाइनखबरको टोली सोधखोज गर्दै मेजर विष्णु कार्की बस्ने घरमा पुग्यौं । नीलो रंगको तीन तल्ले घर भाडामा लिएर बसेका रहेछन् कार्की परिवार ।
पहिलो तल्लाको ढोका ढक्ढक्यायौं । ढोका खुल्यो । भित्र एक युवक टाउकोमा हात राखेर भूईंमा बसिरहेका थिए । नमस्ते गर्दै हामीले आफ्नो परिचय दियौं । उनले बस्न आग्रह गरे । मेजर कार्की उनै हुन् भनेर चिन्न कठिन भएन । उनी विक्षिप्त अवस्थामा देखिन्थे । आँखाहरु धसिएका र उजाड थिए । स्वर भासिएको थियो ।
‘म त अहिले मिडियासित केही बोल्न मिल्दैन,’ मेजर कार्कीले सुरुमै भने, ‘प्रहरी अनुसन्धान भइरहेकाले अहिले नबोल्नु भन्ने हेडक्वार्टरको आदेश छ ।’ एकातिर श्रीमतीको मृत्यु र अर्कोतिर आफूमाथिका लाञ्छनाहरुले विष्णु आहत भएको त्यहीँ बसिरहेका एक आफन्तले बताए ।
ती आफन्तका अनुसार घटना भएको दुई दिनसम्म उनी अर्द्धचेत अवस्थामा थिए । अहिलेसम्म राम्रोसित खान र निदाउन सकेका छैनन् ।
हामी गएपछि त्यहाँ थप आफन्त र छरछिमेकी जम्मा भए । सबैले एक स्वरमा भनिरहेका थिए, ‘श्रीमान-श्रीमतीबीच औधी प्रेम थियो ।’ कसैले त श्रीमतीलाई पुल्पुल्याएर राखेको थियो पनि भने ।
लतासाको मृत्युपछि सीमित कुराहरु विष्णुले साथीहरुसित सेयर गरेका रहेछन् । एक मित्रले विष्णुको भनाइ उद्वृत गर्दै भने, ‘लतासा अलि जिद्दी स्वभावकी थिई । आफूले भनेको कुरा भएन भने औधी घुक्र्याउँथी । रिसाएको बेला सँधै अप्ठेरो ठाउँ खोजेर बस्ने स्वभाव थियो । अनि लोग्नेले उठाएर बोकेको, ‘सरी बेबी’ भन्दै फकाएको उनलाई मन पर्थ्यो । त्यसो तर, त्यो दिन चाहिँ विष्णु किन झुक्ने भनेर नबोली बसेका थिए ।’
बर्थ डे गिफ्ट अलपत्र
घटना भएको भोलिपल्ट विष्णुको जन्मदिन थियो । लतासाले सरप्राइज गिफ्ट ल्याइसकेकी थिइन् । उनले ल्याएको एक्वारियम अहिले भान्साको टेबुलमा झोक्राइरहेको छ ।
लतासाको मृत्युपछि मात्र उनले ल्याएको गिफ्ट परिवारले फेला पारेका थिए । यसअघि श्रीमतीको जन्मदिनमा पनि विष्णुले सरप्राइज गिफ्ट दिएका थिए ।
त्यो दिन के भयो ?
त्यस दिन लतासाले पटक पटक अफिस गएका श्रीमानलाई फोन गरेर चाँडै घर आउन भनेकी थिइन् । विष्णुले नमानेपछि उनी नराम्रोसित रिसाइन् । दिउँसो तीन बजे विष्णु घर आउँदासम्म उनले खाना खाएकी थिइनन् ।
विष्णु घर आएर पनि लतासासित नबोली बसिदिए । रिसाएका बेला सधैं फकाउने श्रीमान त्यसदिन नबोली बसेपछि लतासा व्यग्र बनिन् । यसअघि उनले धरानमा रहेकी आमा र आफ्नी कलेजकी साथी अनिमासित कुरा गरेकी थिइन् ।
आमासित फोनमा उनले ‘हजूरको ज्वाईं मसित बोलिसिन्न’ भन्दै रोइकराइ गरेकी थिइन् । आमासित उनको ३ः४१ सम्म कुराकानी भाइबरमा भएको थियो ।
श्रीमानसित कुनै बोलचाल नभएपछि लतासा झोक्किँदै छतमा उक्लिन् । विष्णु पहिलेजसरी उनलाई फकाउन गएनन् । सासूले पनि खासै चासो दिइनन् ।
प्रत्यक्षदर्शीको बयानका आधारमा बनाइएको स्केच
कसरी खसिन् लतासा ? (प्रत्यक्षदर्शीको भनाइ)
लतासा छतमा उक्लिँदा सामुन्नेमा रहेको घरमा बस्ने निनी आफ्नो घरको बार्दलीमा भदाहा खेलाइरहेकी थिइन् । आफूले देखेको दृश्य उनले अनलाइनखबरलाई यसरी सुनाइन् :
म बार्दलीमा थिएँ । सीता आन्टी पनि बार्दलीमा नै हुनुहुन्थ्यो । हामी बार्दली-बार्दलीमै गफ गरिरहेका थियौं । एक्कासी छतको अगाडिपट्टि स्लोपमा लतासा भाउजूलाई देखेँ । उहाँ स्लोपमा दुई खुट्टा टेकेर टुक्रुक्क बस्नुभएको थियो । दुबै हातले पनि टेक्नुभएको थियो ।
म ‘लौन के गर्नुभएको ?’ भन्दै चिच्याएँ । लतासा भाउजू अलि आत्तिएझैं गरी पछाडि फर्केर हेर्नुभयो । त्यत्ति नै बेला उहाँको खुट्टाको ब्यालेन्स बिग्रियो । अलि-अलि पानी परेकाले सायद उहाँको खुट्टा चिप्लियो, र ह्रवात्तै तल खस्नुभयो । खस्दाखेरि उहाँ चिच्याएको आवाज आएन । सायद आतेसले गर्दा चिच्याउन सक्नुभएन ।
९० डिग्रीमा खसिन्
घटनास्थलको प्रकृति हेर्दा पनि लताशाले माथिबाट जानाजान हाम्फालेकी होइनन् भन्ने अनुमान गर्न सकिन्छ । घरको छतमा रहेको स्लोप र उनी तल खसेको स्थान लगगभ धागो तानेजस्तो सिधा छ । फाल हालेकी भए पर पुग्थिन् होला ।
माथिबाट खस्दा कम्पाउण्ड वालमा रहेको फलामे बारको चुच्चोमा उनको शरीर अल्झेको देखिन्छ । फलामे बारको एउटा चोसो नै भाँचिएको छ । त्यसमा अल्झेका कारणले नै उनी घोप्टिएर टाउको तल बजारिएको अनुमान गर्न सकिन्छ ।
लतासाका माइती पक्षले उनी खसेको भनिएको स्थानमा रगतको थोपा पनि नदेखिएको भन्दै आशंका व्यक्त गरेका छन् । तर, विष्णुका आफन्त र छिमेकीहरु भने केहीबेरमा भएको भारी वर्षाले रगत पखालेको बताउँछन् ।
होहल्ला भएपछि तत्कालै वरपरका मानिसहरु घटनास्थलमा जम्मा भएका थिए । त्यहीँ नजिकै घर भएका विष्णुका ठूलोबुवाका छोराले गाडी निकालेर उनलाई १० मिनेटमा हस्पिटल पुर्याए । विष्णु पनि सँगै गए । हस्पिटल पुर्याउनुअघि नै लतासाको मृत्यू भइसकेको थियो ।
डाक्टरले मृत घोषित गरेपछि विष्णु निकैबेर अचेत भएको उनका दाजुले सुनाए ।
लतासालाई अस्पताल लगिसकेपछि विष्णुकी बहिनीले लतासाको माइतीघरमा फोन गरी घटनाबारे जानकारी दिएकी थिइन् । लतासाको परिवारले विष्णु आफैंले किन फोन गरेनन् भन्ने प्रश्न उठाएका छन् । तर, विष्णुका आफन्त उनी फोन गर्न सक्ने अवस्थामा नरहेको बताउँछन् ।
डाक्टरले मृत घोषित गरेपछि लतासाको शवलाई ग्राण्डीबाट पोष्टमार्टमका लागि टिचिङ हस्पिटल लगियो । लतासाका बाबुआमा धरानबाट गाडी रिजर्भ गरी राति २ बजे काठमाडौं आइपुगे । उनीहरु आउँदा शवलाई टिचिङ पुर्याइसकेको थियो । लतासाका हजुरबुवाले मुचुल्कामा सही गरेका थिए ।
भोलिपल्ट बिहान महाराजगञ्ज प्रहरीमा पुगेर लतासाका बाबुआमाले ज्यानसम्वन्धी जाहेरी दर्ता गरे । उनीहरुले ज्वाइँ विष्णुविरुद्ध किटानी जाहेरी दिन चाहे पनि प्रहरीले लिन मानेन । महाराजगञ्ज प्रहरी वृत्तका प्रहरी प्रमुखले जाहेरीमाथि अनुसन्धान भइरहेको अनलाइनखबरलाई बताएका छन् । ‘अहिले निस्कर्ष आइसकेको छैन, त्यसैले यसबारे केही बोल्नु हतार हुन्छ,’ उनले भने ।
सलामीसहित अन्त्येष्टि
टिचिङ हस्पिटलबाट शव निकाल्ने बेलामा दुई पक्षबीच तनाव उत्पन्न भएको थियो । लतासाको माइतीपक्षबाट ल्याइएको भिडले शव श्रीमानको जिम्मा लगाउन अवरोध गर्यो । विष्णुलाई ठूलो संख्यामा प्रहरीले सुरक्षा दिएर पशुपति आर्यघाटसम्म पुर्याएका थिए ।
आर्यघाटमा नेपाली सेनाको टुकडीले लतासालाई सलामी अर्पण गरेको थियो । सेनाका अधिकृतकी पत्नी मृत्यु हुँदा सेनाले सलामी दिने प्रचलन छ । अन्त्येष्टिमा माइती पक्षका व्यक्तिहरु न्यून संख्यामा उपस्थित थिए ।
के छ पोष्टमार्टम रिपोर्टमा ?
लतासाको शवको पोष्टमार्टमको औपचारिक रिपोर्ट अस्पतालले दिएको छैन । स्रोतका अनुसार पोस्टमार्टममा उनलाई कुनै किसिमको शारीरीक यातना दिएको पाइएको छैन । उनको खप्पर फुटेर अत्यधीक रक्तस्राव हुँदा मृत्यु भएको देखिएको छ ।
तर, पोष्टमार्टम रिपोर्टप्रति माइतीपक्षले असन्तुष्टि जनाएका छन् । लतासाका भाइले भने, ‘टाउको कसरी फुट्यो भनेर सोध्दा डाक्टरले प्रहरीलाई सोध्नु भन्छन्, प्रहरीले डाक्टरलाई सोध्नु भन्छन् । डीएसपीले आफूहरुकहाँ पोष्टमार्टम रिपोर्ट आइनसकेको बताए ।
अनलाइनखबरलाई प्राप्त लतासाको शवको तस्बिरमा उनको एउटा आँखा निलाम्य भएर सुन्निएको देखिन्छ । टाउको ठोक्किदा आँखामा रगत जमेको अनुमान गरिएको छ ।
भ्वाइस रेकर्ड गरेको दाबी
लतासाकी साथी अनिमाले लतासाको बोलेको भ्वाइस रेकर्ड गरेर विष्णुले राखेको र त्यसलाई केही दिनदेखि लतासाले इस्यू बनाइरहेको बताएकी छिन् । अनिमाका अनुसार लतासाको पहिलेदेखि नै एक्लै बोल्ने आदत थियो ।
‘केही दिनअघि एक्लै बोलिरहेका बेला श्रीमानले भ्वाइस रेकर्ड गरेको लतासाले सुनाएकी थिइन् । त्यो रेकर्ड फेमिलीमा अरुलाई पनि सुनाएर हैरान पारेको बताएकी थिइन्,’ अनिमाले भनिन् । रेकर्डमा के थियो भन्नेचाहिँ लतासाले नखुलाएको उनको भनाइ छ ।
निस्कर्ष
यो कुनै निस्कर्ष होइन, सामान्य आँकलन हो । अनलाइनखबरले तीन दिन लगाएर गरेको रिपोर्टिङका क्रममा लतासाका माइती पक्षले लगाएको हत्याको आरोपलाई पुष्टि गर्ने आधार देखिएन ।
तर, घटनाको परिवेस, घटनस्थलको प्रकृति र प्रत्यक्षदर्शीको भनाइका आधारमा यो आत्महत्याको जस्तो पनि देखिँदैन ।
त्यसोभए के यो एक दुखद दुर्घटना थियो ? के उनी चिप्लिएरै खसेकी थिइन् ? के उनी श्रीमानलाई घुक्र्याउनकै लागि मात्र घरको स्लोपमा गएर बसेकी थिइन् त ? यी प्रश्नहरुलाई प्रहरी अनुसन्धानले मात्रै पुष्टि गर्न सक्छ ।
घटनाको अर्को पाटो भनेको विष्णु र लतासाको सम्वन्ध हो । के भित्रभित्र विष्णु र लतासाको वैवाहिक जीवन तनावग्रस्त थियो ? के लतासाको माइतीले आरोप लगाएजस्तो विष्णु आफ्नी सुन्दर श्रीमतीप्रति अत्यधीक शंकालु थिए ? के उनले श्रीमतीलाई कुनै किसिमको मानसिक टर्चरमा राखेका थिए ? यी लगायत कतिपय प्रश्नहरुबारे चाहिँ मेजर कार्कीले नै कुनै दिन मुख खोल्नुपर्ने हुन्छ । जुन यसपटकको भेटमा सम्भव भएन । स्रोत : अनलाइन खबर