२०७२ असार १८ शुक्रवार
एजेन्सी : अन्डरवर्ल्ड डन दाउ इब्राहिमले दाहिने हात बताइने छोटा सकिलले आफ्नो पुराना दुस्मन छोटा राजनलार्इ मार्ने पछिल्लो प्रयास असफल भएको छ ।
नेपालमा समेत अपराधिक घटना गराइरहने छोटा राजनलार्इ मार्ने योजनामा कयौं पटक असफल हुँदै आएका दाउदले आफ्ना सहयोगी सकिलमार्फत गरेको पछिल्लो प्रयास पनि असफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दाउद इब्राहिमसँग छोटा राजन
सकिलले छोटा राजन बसेको स्थान समेत पत्ता लगाएको अवस्थामा हत्या गर्ने योजना असफल भएको हो । 'हिन्दू डन' का रुपमा पनि चिनिने छोटा राजन लुकेको ठाउँ पत्ता लागेपछ दाउदको योजना फेल खाएको भारतीय सञ्चारमाध्यमले दाबी गरेका हुन् ।
छोटा राजनलार्इ केही सालअघि थाइल्यान्डको बैंककमा आफूमाथि भएको हमलाजस्तै एक पटक फेरि हमला हुने खबर पाएका थिए । आफूमाथि हमला हुने जानकारी पाउनेबित्तिकै छोटा राजन भूमिगत भएका थिए ।
छोटा सकिलले राजनको ज्यान लिएर आफ्ना बोस दाउदलार्इ खुसी बनाउने योजना बनाएका थिए । भारतीय प्रहरीले इन्टरसेप्ट गरेको फोन कल्सबाट यसै सालक अप्रिलमा पाकिस्तानको कराँचीबाट भारतको एक खास स्थानमा धेरै पटक फोन गरेको रहस्य खुलेको थियो ।
भारतीय जासुसी संस्थाहरुले लगातार दाउदसँग जोडिएका नातागोता र परिवारको निगरानी गरिरहेका छन् । भारतीय जासुसी संस्थाहरुले हिन्दी र उर्दू भाषामा टेलिफोनमा गरेको कुराकानी पटक पटक सुनेको थियो । भारतीय जासुसी संस्थाले गरेको फोन इन्टरसेप्टबाट छोटा राजनलार्इ मार्ने दाउदको योजना पत्ता लगाएको हो ।
हत्याको योजना बनाएपछि दाउदका निकटवर्तीले छोटा राजनका नजिकका सहयोगीलार्इ समेत हात लिइसकेको अवस्थामा हत्या योजना तुहिन पुगेको हो ।
फोनमा नै राजनका नजिकका मानिसलार्इ उनको ठेगाना बताउनका लागि प्रलोभन देखाइएको थियो । सकिलले राजनका साथीलार्इ गतिलो पुरस्कार दिने पनि प्रतिबद्धता जनाएका थिए ।
'छोटा राजन हामीलार्इ गलत बनाएर आफू देशभक्त बन्छ । पछिल्लो पटक हामी सानो कुराले चुकेका थियौं', उनले भनेका थिए, 'यो पटक तिमीले हामीलार्इ मद्धत गर । हामी हाम्रो योजनामा कुनै गल्ती गर्दैनौं ,' उनले राजनका साथीको समेत पूरा ख्याल गर्ने बाचा गरेका थिए ।
दाउद इब्राहिमसँग छोटा राजन
प्रलोभनमा परेका राजनका सहयोगीले तत्कालै छोटा राजन बसेको ठाउँबारे बताइदिएका थिए । उनले छोटा राजन पछिल्लो पटक अस्ट्रेलियको न्युकासलमा रहेको सूचना दाउदलार्इ दिएका थिए ।
राजन अस्ट्रेलियमा रहेको सूचना पाएपछि सकिलले मध्यपूर्वको एक देशबाट तत्कालै अस्ट्रेलिया पठाएको भारतीय जासुसी संस्थाको अनुसन्धानबाट खुलेको छ ।
यो पटक आफ्नो योजना सफल हुनेमा सकिललार्इ पूर्ण विश्वास थियो । तर यो पटक भाग्यले सकिललार्इ धोका दियो । यो पटक छोटा राजनका एक शुभचिन्तकले सकिलको योजनाको जानकारी राजनसम्म पुर्याइदिए ।
खबर पाउनेवित्तिकै छोटा राजन भूमिगत भए । केही घन्टामै छोटा राजन अस्ट्रेलियाबाट अर्को देशमा पुग्न सफल भए । जसको सुइँको सम्म सकिलले पाउन सकेनन् ।
राजनमाथि पहिले पनि पटक पटक आक्रमण हुँदै आएको छ । तर उनी हरेक पटक बाँच्दै आएका छन् । सन् २००० मा दाउदका मानिसले बैंककको एक ब्यस्त बजारमै उनलार्इ घेरा हालेर गोली हानेका थिए ।
घेरा हालेपछि उनलार्इ गोली समेत लागेको थियो । गोली लागेर गम्भीर घाइते उनले ज्यान त बचाए तर शारीरिकरुपमा तन्दुरुस्त हुन सकेनन् । त्यही घटनादेखि छोटा राजन कडा सुरक्षाबीच बस्दै आएका छन् । जसको जानकारी डि कम्पनीले त्यति सजिलै पाउने अवस्था छैन ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

कागतीलाई हामीले हरेक मौसममा खान सक्छौँ । तातो पानीमा कागती निचोरेर पिउनाले शरिरलाई नयाँ शक्ति प्रदान गर्दछ । यसले आँखालाई तेज बनाउनका साथै मानसिक दुर्बलता र टाउको दुखाईलाई कम गर्ने गर्दछ । कागतीलाई भिटामिन ‘सि’ को सबैभन्दा ठूलो भण्डारको रुपमा लिइने भएकाले यो स्वास्थ्यको लागि निकै लाभदायक मानिन्छ । विशेषगरि पेटसँग सम्बन्धित समस्याका लागि कागतीको प्रयोग विभिन्न तरिकाले गर्न सकिन्छ । छालालाई निखार्नका लागि पनि हामी कागतीको प्रयोग गर्ने गर्दछौँ । यसका साथसाथै कागतीमा थुप्रै विशेषता रहेको हुन्छ जसलाई तल उल्लेखित बुँदाहरुमा दिइएको छ ।
१. मसीको दाग हटाउनका लागिः कागतीको गुणको कुनै अन्त्य हुँदैन । यदि मसीको दाग कपडामा लागेमा मसी सुक्नुभन्दा अघि कागतीको रस लगाएर चिसो पानीले धोएमा कपडाबाट दाग गायब हुने गर्दछ । २. नङलाई चम्काउँदछः नङलाई यदि चम्काउन चाहनुहुन्छ भने कागतीभन्दा अर्को विकल्प छैन । यसका लागि तपाईंले एउटा कचौरामा पानी लिनुहोस् र त्यसमा कागतीको रस हाल्नुहोस् । त्यो पानीमा केहि बेर आफ्नो हात डुबाएर बस्नुहोस् र पानीबाट हात निकालिसकेपछि कागतीले नङलाई रगड्नुहोस् । यसो गर्नाले तपाईंको नङ चम्किलो हुने गर्दछ । यस्तै तपाईंले यदि खुट्टाको नङलाई पनि गर्नुहुन्छ भने खुट्टाको नङ पनि त्यस्तै चम्किलो हुने गर्दछ । ३. ब्ल्याकहेडबाट छुटकारा पाउनुहोस्ः सुत्नुभन्दा पहिले आफ्नो अनुहारमा कागती लगाउनुहोस् र बिहान उठेर चिसो पानीले अनुहार धुनुहोस् । केहि दिनसम्म यो प्रक्रियालाई दोहोराउनुहोस् तपाईंको ब्ल्याकहेड गायब हुने गर्दछ । ४. कपाल चम्किलो बनाउन: यदि गर्मी मौसममा कपालमा चमक ल्याउन चाहनुहुन्छ भने यसलाई हानिकारक केमिकलबाट बचाउनु होस् । पानीमा कागतीको रस मिलाएर लगाउनुहोस् र उसलाई घाममा सुकाएर चिसो पानीले पखाल्नुहोस् तपाईंको कपाल निकै चम्किलो देखिन्छ । ५. चपिङ बोर्डको सफाईः हामी चपिङ बोर्डमा सबै कुराहरु काट्ने गछौँ त्यसकारण केहि समयमा नै यो फोहोर हुने गर्दछ । यसलाई सफा गर्नका लागि तपाईं कागतीको प्रयोग गर्नसक्नुहुन्छ । एउटा कागती लिनुहोस्, त्यसलाई राम्रोसँग बोर्डमा रगड्नुहोस् र करिब २० मिनेट छोड्नुहोस् । सफा पानीले धोइसकेपछि यसबाट लसुन प्याजको दुर्घन्ध पनि हट्ने गर्दछ । ६. सेतो कपाडालाई सधैँ सेतो राख्ने गर्दछः के तपाईंको सेतो कपडाले आफ्नो सेतोपना गुमाइरहेको छ ? यदि हो भने कागतीको रसको प्रयोग गर्नुहोस् । आधा कप कागतीको रसलाई एक बाल्टी पानीमा हाल्नुहोस् र त्यो पानीले आफ्नो सेतो कपडा भिजाउनुहोस् । यसले तपाईंको सेतो कपडाको सेतोपना फिर्ता ल्याउन मद्दत गर्दछ । ७. तपाईंको घाँटीको दुखाईलाई पनि टाढा राख्छः कागतीमा निकै धेरै चिकित्सकीय गुण पनि पाइने गर्दछ । एउटा कागतीको रसलाई मनतातो हुने गरि तताउनुहोस् । फेरी त्यसलाई महसँग मिसाउनुहोस् र पिउनुहोस् । तपाईंको समस्या चट हुनेछ । ८. चाँयाः कागतीले चाँया पनि गायब हुने गर्दछ । एक चम्चा कागतीलाई चिसो कपालमा लगाउनुहोस् र फेरी श्याम्पुले धुनुहोस् । अथवा, दुई ठूलो चम्चा कागतीको रसलाई दुई कप पानीमा मिसाउनुहोस् र त्यसलाई चाँया नजाउन्जेलसम्म लगाउनुहोस् । ९. स्टिल, पित्तल र तामाको भाँडाहरुलाई चम्काउनुहोस्ः कागतीको रससँग नुन मिसाएर भाँडामा लगाउनुहोस् र राम्रोसँग रगड्नुहोस् र पानीले धुनुहोस् । यसले तपाईंको पुरानो भाँडालाई नयाँ जस्तै चम्काउने गर्दछ । १०. खानालाई ताजा राख्न मद्दत गर्दछः तपाईं कति दुखले खाना बनाउनुहुन्छ तर पकाएको केहि घण्टा पछि नै पहिले जस्तो ताजा देखिँदैन । त्यसकारण तपाईं थोरै कागतीको रस त्यसमा लगाउनुहोस्, खाना पहिलेको जस्तै ताजा देखिनेछ । ११. कम खर्चमा घरलाई सजाउनुहोस्ः गर्मीमा घरलाई सजाउनु छ भने कागतीले सजाउनुहोस् । कागतीलाई एउटा भाँडोमा राख्नुहोस् अथवा ढोकाको किनारामा लगाउनुहोस् । कागतीको पहेँलो रङमा घामको किरण पर्दा निकै मनमोहक देखिन्छ । १२. माइक्रोवेभको सफाईः माइक्रोवेभको सफाई गर्नका लागि तपार्ईंले निकै खर्च गर्नुपर्ने हुन्छ तर अब होइन किनभने तपाईंले अब सस्तोमा यसलाई सफा गर्नसक्नुहुन्छ । चार ठूलो चम्चा कागतीको रसमा एक कप पानीलाई माइक्रोवेभमा पाँच मिनेट तताउनुहोस् र यसले माइक्रोवेभको ढोकाहरु सफा गर्नुहोस् । १३. दाग धब्बा हटाउनुहोस्ः खाना खाइसकेपछि हात धुनका लागि तपाईं कागतीको प्रयोग गर्नसक्नुहुन्छ । यसले तपाईंको हात सफा र चमकदार हुने गर्दछ । (एजेन्सी)

काठमाडौं : चीनमा शुक्रबार बिहान ६.१ म्याग्निच्यूडको भूकम्प गएको छ । चीनको पश्चिमी प्रान्त सिन्जियाङमा शुक्रबार बिहान कडा भूकम्पको धक्का महसुस भएको अमेरिकन भूगर्भ विभागले जनाएको छ ।
चीनको पश्चिमी शहर होटनबाट १६० किलोमिटर टाढा केन्द्रबिन्दु रहेको यो भूकम्प पृथ्वीको १० किलोमिटर भित्र गएको अमेरिकन भूगर्भ विभागले जनाएको छ ।
भूकम्पबाट अहिलेसम्म कुनै भौतिक पूर्वाधार र मानवीय क्षतिको विवरण आइसकेको छैन ।
काठमाडौं : बलिउडकी चर्चित अभिनेत्री तथा भारतीय जनता पार्टीकी सांसद हेमा मालिनी बिहीबार राति राति कार दुर्घटनामा घाइते भएकी छन् ।
मथुराबाट भारतीय जनता पार्टीकी सांसदसमेत रहेकी मालिनी सवार मर्सिडिज कार राजस्थानको दौसामा विपरित दिशाबाट आइरहेको अर्को अल्टो कारसँग ठक्कर खाएर दुर्घटनामा परेकी हुन् ।
दुर्घटनामा घाइते भएकी मालिनीलाई उपचारका लागि राजस्थानकै लोक शान्ति अस्पतालमा भर्ना गरिएको छ । कार एकापसमा जुध्दा अल्टोमा सवार एक बालिकाको भने ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्
www.annapurnapost.com

काठमाडौं : आत्महत्या गर्न चितवनको भरतपुरस्थित नारायणी नदीमा हामफालेका एक होटल ब्यवसायीलार्इ सशस्त्र प्रहरीले उद्धार गरी बचाएको छ ।
चितवन भरतपुर-१ रामनगरमा स्वर्गदारी तन्दुरी रेस्टुरेण्ट चलाउँदै आउएका ३७ वर्षीय टेकबहादुर बिक आत्महत्या गर्न वर्षे भेलम उर्लेको नारायणी नदीमा हामफालेका थिए ।
बागलुङको गल्कोट-१ स्थायी घर भएका उनलार्इ उद्धार गरी सशस्त्र प्रहरीको चितवनस्थित आईआरटी पोष्टमा राखिएको छ । उनले आत्महत्या गर्न खोज्नुको कारण खुल्न सकेको छैन ।
annapurnapost.com

२०७२ असार १७ बिहीवार
१७ वर्षे तरुनी भए पो मन्त्री मेरो पछि लाग्नु
काठमाडौं : मुलपानीकी ७० बर्षीया एकल महिला सानु केसी अहिले मर्नु न बाँच्नु भएकी छन् । दमले थलिएकी उनी अहिले गाउँदेखि देश विदेशसम्म अपहेलित हुनुपर्दा थप रोगी भएकी छिन् ।
'लौं न हजुर म जस्तो दमको बिरामीलाई मिडिया भन्नेले जिउँदै मारे, परिबार र समाजका अगाडि मुख देखाउन नहुने भयो, गल्ती नै नगरी मेरो चरित्र हत्या भयो,' डाँको छाडेर रुँदै बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सानुले भनिन्, 'दुःखमा परेकालाई न्याय दिलाउने पत्रकारले आज मेरो सर्वस्व लुटे, मेरो अस्मिता लुटियो । कोसँग न्याय माग्न जाउँ ? कि न्याय दिनुपर्यो, कि त जिउँदै गाडिदेउ। नखाएको बिष पनि पत्रकारले खुवाए ।'
असार १५ को अवसरमा मुलपानीमा आयोजित धान रोपाइँ कार्यक्रममा कृषिमन्त्री हरिप्रसाद पराजुलीसँग खिचिएको तस्बिरमा देखिएकी महिला सानु केसी हुन् । मिडियाले 'नियतवश' अतिरञ्जित गरेर तस्बिर सार्वजनिक गरेकाले परिवरका सदस्यसामू मुख देखाउन नसक्ने भएको उनले रुँदै बताइन् । पढ्नुस् (एमाले नेतृको प्रश्न- हरि पराजुली नामको कलंक अझै पदमा छ ?)
तस्बिर सार्वजनिक भएपछि बुधबारदेखि केही नखाइ रोएर बसेको उनले बताइन्न् । अष्ट्रेलियामा रहेका छोरा, बुहारी, नाति र छोरीका नजरमासमेत आफूलार्इ मिडियाले गिराएको उनको दुखेसो थियो । 'छोरा बुहारीले मन्त्रीसँग किन लसपस गरेको भन्दै मलाई हकारे', उनले भनिन्' 'अब म के गरुँ ? मिडियाले सार्वजनिकरुपमै मेरो इज्जत लुटे ।'
'म १७ बर्षे उत्ताउली तरुनी भए पो मेरो पछि मन्त्री लाग्नु । मलाई किन मन्त्रीले अंगालो मार्ने ? मन्त्रीले आमा भन्दै आर्शिवाद मागेपछि आशिर्वाद दिएँ । उनले अभद्र र गलत व्यबहार गरेनन्', सानुले भनिन्, 'उनले नियतवश नराम्रो गरेका भए हामी महिलाले त्यहीँ प्रतिकार गर्थ्यौं । रोपाइँमा ख्याल, ठट्टा र रमाइलो हुन्छ नै । रोपाइँको रमाइलोलार्इ बंग्याएर महिलाहरुको चरित्र हत्या हुने गरी नराम्रो समाचार पठाइयो । मेरो इज्जत र प्रतिष्ठामा मन्त्रीले होइन, मिडियाले आँच पुर्याए ।’ पढ्नुस् (ओलीले बालकोटमा डाकेर मन्त्री पराजुलीलार्इ झपारे)
केसीले महिला अधिकारबादी संस्था पनि न्याय दिलाउनुको साटो डलरखेती आन्दोलनमा लागेको गुनासो पोखिन । 'तस्बिरलाई भजाएर महिलाबादी संस्थाले डलरको व्यापार गर्न सुरु गरेका छन्,' उनले भनिन्, 'तर हाम्रो पीडा र बेदना एक पटक पनि ती संस्थाका प्रतिनिधिले बुझेनन् । महिला हिंसाको कुरा गर्नेले हाम्रो व्यथा नबुझेर कमाइ खाने भाँडो बनाए ।’
उनले त्यस्ता संघसंस्थाको बिरुद्धमा आफूहरु उभिएको बताइन् । मनोहरा मिश्रित कृषक समूहकी सदस्य सरला ढकालले मिडियाले नियतवश सम्पूर्ण नेपाली महिलाको चरित्रमाथि खेलबाड गरेर तस्बिर सार्वजनिक गरेको आरोप लगाइन् । पत्रकार सम्मेलनमा दुबै कृषक समूहका २०

नासाले आगामी डिसेम्बरमा ६ दिनसम्म अध्यारो हुने दावी गरेको छ । डिसेम्बर १६ मंगलबार देखी डिसेम्बर २२ सोमबार (पुष १ गतेदेखी पुष ७ गतेसम्म)सम्म दिनरात पुरै अध्यारो हुने नासाले बताएको छ ।
सौर्य आँधीका कारण तीनसम्म पूर्ण अन्धकार हुन्छ भने अन्य तीन दिन निकै बाक्लो कुहिरो र धुलोले गर्दा सूर्यको ९० प्रतिशत उज्यालो छेकिने हुँदा अध्यारो नै हुने नासाको भनाई छ ।
नासाका प्रमुख चार्ल्स बोल्डेनले यस घटनाक्रमको जानकारी सार्वजनिक गर्दै सबैलाई शान्त रहन आग्रह समेत गरेका छन् । यो सौर्य आँधीले ल्याउने अवस्था हो र यो विगत २५० वर्षकै सबैभन्दा ठूलो सौर्य आँधी हो । यो करिव २ सय १६ घण्टासम्म रहने छ ।
यस्तो अवस्थामा कसरी रहनुहुन्छ भनेर केही संवाददाताहरूले नागरिकलाई सोध्दा उनीहरूले आफुहरूले कृतिम उज्यालोको सहारामा काम गर्नबे यसले केही फरक नपर्ने बताएका छन् ।source:setopati

काठमाण्डौ, असार १७ – काठमाडौको मूलपानीमा असार १५ गते भएको कार्यक्रम निकै विवास्पद बनेको छ । सो विवादले कृषि मन्त्री हरि पराजुलीले राजिनामा मात्र दिनु परेन, पत्रकारहरु पनि विवादमा तानिएका छन् । मन्त्री पराजुली र ती महिलाले पनि पत्रकारहरुले गलत प्रचार गरेको आरोप लगाएका हुन् । पीडित महिलाहरुले त आज पत्रकार सम्मेलन गरेरै सञ्चारकर्मीहरुको उछितो काटेका छन् ।
सञ्चारमाध्यमा आएका तस्विर तथा भिडियोले मन्त्री पराजुली महिलाहरुसँग अश्लिल हर्कत गरेको प्रष्ट देखिन्छ तर ती महिलाहरु भन्छन्, ‘मन्त्रीले आफूहरुसँग आशिर्वाद लिइरहेको बेला पत्रकारहरुले पछाडिबाट तस्विर खिचेका छन् । अगाडिबाट खिचेको भए आशिर्वाद दिएको प्रष्ट देखिन्थ्यो ।’
तर ती महिला भन्दा मन्त्रीको भनाई फरक देखिएको छ । मन्त्री पराजुलीले आशिर्वादको चर्चा कतै गरेको छैन । उनले बिबिसीलाई अन्तरवार्ता दिदै भनेका थिए, ‘हिड्नुस् हिड्नुस् दिदी भनेको त्यही बेला टाउको ठोकिएको होला ।’ मन्त्री पराजुलीले पनि पत्रकारमाथि नै अरोप लगाएका छन् । उनले पनि शुरुदेखि अन्त्यसम्म फोटो खिचेको भए सबै कुरा थाह हुन्थ्यो बीच बीचमा फोटो काटेर खिचेको कारण त्यस्तो देखिएको हो भनि दावी गरेका छन् ।
मूलपानीमा रहेको महांकाल सफल कृषक समूह र मनोहरा मिश्रित कृषक समूहले असार १५ गते भएको हर्कतको तस्बिरमा कृषि मन्त्री पराजुलीको अंगालोबाट उम्किएको देखिने महिला मूलपानीकी ७० वर्षीया सानु केसी हुन् ।
उनले कृषि विभागमा आज पत्रकार सम्मेलन गर्दै सधैँको वर्ष झै यसपटक पनि असार १५ मा कार्यक्रम आयोजना भयो, धान रोपाईमा कृषिका सरकारी कर्मचारीहरु पनि आउने भनियो । पछि कृषि मन्त्री पनि आउने थाह भएको बताइन् ।
त्यो कार्यक्रममा आधुनिक कृषि प्रविधिबारे जानकारी दिने पनि कुरा थियो भन्दै उनले कार्यक्रम ठिक ढंगले अगाडि बढी रहेको थियो, सुरुको कार्यक्रम सकिएपछि कृषकहरु सबैले हिलो छ्यापाछ्याप गर्न थाले । मन्त्री पराजुलीले आफूसँग आशिर्वाद लिएको अरु कुनै नराम्रो व्यवहार नगरेको दावी गरिन् । मिडियाका मान्छेले फोटो खिच्दा अतिरञ्जित हुने किसिमले बाहिर पठाएको आरोप लगाउँदै यसले आफूलाई ठूला आघात परेको बताइन् ।
म ७० वर्षकी वृद्धा हुँ । मसँग मन्त्री पराजुलीले यसो गर्यो उसो गर्यो भन्दै अर्थको अनर्थ लगाएर प्रचार गरियो, उनले भनिन्, महिला अधिकारकर्मी भनाउँदाहरुले पनि डलर पचाउँन कोकोहोला मच्चाए । विदेशमा बस्ने आफन्तहरुले पनि फोन गरेर के भएको हो भनेर सोधे । मलाई लाज मर्नु भयो । मेरो इज्जत प्रतिष्ठामा मन्त्रीले हैन मिडियाले आँच पुर्याए ।’
www.ratopati.com

कृषि मन्त्रीले केही नगरेको तर संञ्चार माध्यमले गलत प्रचार गरेको भनि पत्रकार सम्मेलनमा रुदै ७० वर्षिया
सानु केसी । उनको तस्वीर मन्त्रीले समेतको भनि बाहिर आएको थियो । तस्वीरः राज श्रेष्ठ/काठमाण्डु टुडे kathmandutoday.com

गोलीसमेत हानिएपछि गाउँले त्रसित
इटहरी : नेपाली सेनाका एक क्याप्टेनले रक्सीले मातेर सुनसरीस्थित नेपाल–भारत सिमाना नजिकैको कप्तानजगञ्ज गाविसका बासिन्दालाई कुटपिट गरेका छन् ।
बुधबार बेलुका मदिरा खाएर मातेका नेपाली सेनाको बटुकदल गणका क्याप्टेन छत्रजंग कार्कीले कप्तानगञ्ज गाविसका बासिन्दालाई कुटपिट गर्दा सातजना घाइते भएका छन् ।
क्याप्टेन कार्कीले कुटपिट गर्दा कप्तानगञ्ज–३ का गंगाप्रसाद मेहता, सन्तोष मेहता, दिलिप मेहता र गणेश मेहता, देवानगञ्ज–३ का दीपक मेहता, कप्तानगञ्ज–४ का अनन्तलाल मेहता, र रुपदेव मेहता घाइते भएका छन् ।
बटुक दल गणको कप्तानगञ्जस्थित गुल्मका प्रमुख समेत रहेका कार्कीले स्थानीयलाई कुटपिट गर्ने क्रममा ६ राउन्ड गोली समेत चलाएका थिए ।
क्याप्टेनले कुटपिट गरेरपछि गाउँलेले बिहीबार इनरुवास्थित जिल्ला प्रशासन कार्यालयमा घेराउ गरेका छन् । करिब २२ जनाको संख्यामा ६ राउन्ड गोलीका खोखासहित प्रशासन आएका उनीहरुले विनाकारण गाउँलेलाई कुट्ने क्याप्टेनमाथि कारबाही माग गरेका छन् ।
स्थानीयबासिन्दा उमेशप्रसाद मेहताले सेनाका क्याप्टेनले मातेको सुरुमा आएर विनाकारण गाउँलेमाथि कुटपिट गरेको बताए ।
घटना सार्वजनिक भएपछि बटुक दलका गणका प्रमुख गणपति श्याम खड्का नेतृत्वको टोलीले नेपाल–भारत सिमाना नजिकै रहेको गुल्ममा पुगेर छानविन थालेको छ । सो टोलीले घटनामा संलग्न क्याप्टेन छत्रजंग कार्कीसहितसँग बयान लिइरहेको सैनिक स्रोतले जानकारी दियो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले घटनाको जानकारी आएको जनाउँदै आवश्यक छानबिन प्रक्रिया अघि बढाइएको उल्लेख गरे ।

श्रीमानको नामै थाहा छैन, कहाँ खोज्ने, कसलाई सोध्ने १६ असार काठमाडौं - विवाह गर्ने बेलामा तपाईं विहे गर्ने मान्छेका बारेमा के के सोधखोज गर्नुहुन्छ ? धेरै कुरा थाहा नभएकोसँग त विहे नै गर्नुहुन्न होला । तर रामेछापको फुलासी–८ की शान्ता तामाङले असली नाम नै थाहा नभएकोसँग विहेवारी गर्नुभयो । अनि अहिले आइलाग्यो आपत ।
आर्थिक अभाव परेपछि १२ वर्षअघि काठमाडौं छिरेकी शान्ता तामाङ जोरपाटीको एउटा गलैंचा कारखानामा काम गर्नुहुन्थ्यो । त्यति बेलै भेट भयो तराईतिर घर बताउने अनिल तामाङसँग । अनि डेरा पनि दुईको एकै भयो ।‘एक दिन, दुई दिन गर्दा गर्दै नजिक भइयो । उसलाई कोही अनिल भनेर बोलाउँथे, कसैले गोरे पनि भन्थे । मैंले अनिल भनेर नै चिनें ।’ शान्ताले भन्नुभयो, ‘नजिक भएपछि उसको बारेमा धेरै धेरै सोधीखोजी गरिन ।’तर, ६ वर्ष नबित्दै त्यहीं कुराले शान्तालाई समस्यामा पार्यो । छोरी जन्मिसकेकी थिइन, अर्को सन्तान पेटमा । विहान काम गर्न निस्केका अनिल फर्केनन् ।
‘दुईचार दिन त तराइतिर घरमा पो भेटघाटका लागि गयो कि भन्ने भयो, तर पछि पो उसका साथीले अनिल त विदेश गयो भने ।’अनि शुरु भए शान्ताका दुःखका दिन । ‘खोज्न जाउँ कहाँ जाउँ, अनि सोधौं कोसँग ? न मलाई उसको घर थाहा थियो, न त कोही आफन्तसँग नै चिनाएको थियो ।’ उहाँले भन्नुभयो, ‘त्यति बेला त केही लागेको थिएन, अहिले पो सोच्दा त यसरी छोडेर भाग्नलाई पो रहेछ घर नलगेको रहेछ ।’श्रीमान छोडेर हिँडेपछि शान्ताको एउटा मात्रै विकल्प बन्यो माइतीको शरण लिने । अनि, दुई छोरी च्यापेर उहाँ रामेछापको फुलासी अर्थात माइती नै फर्किनुभयो । माइतीले पनि सहयोगै गरे ।
अहिले उहाँले फुलासी–८ को कालीदेवी उच्च मावि छेउमा होटल र पसल खोल्नुभएको छ । नागरिकता कसले बनाइदिने.. ? श्रीमानले छोडेर हिँडेपछि शान्तालाई हिजोआज नागरिकता कसले बनाइदेला भन्ने चिन्ता थपिएको छ । विहेअघि माइतीबाट नागरिकता बनाएको थिएन । ‘ऊ बेला नागरिकता के हो र भन्ने लाग्थ्यो । अहिले जे गर्न खोज्यो नागरिकता नै खोज्छन ।’ माइतीले नागरिकता बनाइदिन नमिल्ने सुनेपछि पीडा झनै थपिएको छ । नागरिकता नबनेपछि शान्ताका छोरीहरुको जन्मदर्ता पनि भएन ।
‘नागरिकताले धेरै बाटा बन्द भएका छन ।’ पीडाले आँखा भरिएका उहाँले भन्नुभयो, ‘नागरिकता नहँदा न केही सिप सिक्न पाएको छु, न त व्यावसाय चलाउने तालिम लिन नै । अबका बाटा अप्ठ्यारा देखेकी शान्ता तामाङको आग्रह छ, ‘म यही देशको नागरिक हुँ भनेर प्रमाणित गर्न के गर्नपर्छ, कसैले मलाई बाटो देखाइदिनुस् ।’

१७ असार – मापसे चेकजाँचका क्रममा घुसबापत किस माग्दै युवतीलाई यौन दुव्र्यवहार गर्ने ट्राफिक प्रहरीका असई सात महिनापछि कारबाहीमा परेका छन् ।
असई पुरुषोत्तम ढकाललाई विभागीय कारबाहीस्वरुप तीन ग्रेड रोक्का गरिएको छ । मापसे चेकिङका क्रममा उनले स्कुटरचालक युवतीलाई बिलबुक नवीकरण नगरेको भन्दै कारबाही गर्न खोजेका थिए । तर, एकपटक किस गर्न दिए कारबाहीबाट जोगाईदिने भन्दै उनले युवतीसँग बार्गेनिङ गरेका थिए ।
–नयाँ पत्रिका दैनिकबाट
भिडियो हेर्न तल क्लिक गर्नुहोस :