तनहु । तनहुँमा गएराति भएका विभिन्न दुर्घटनामा परी पाँचको मृत्यु भएको छ ।
चट्याङबाट जिल्लाको कोटदरबार गाविस–६ काम्छे बस्ने वर्ष ३७ का हस्तबहादुर थापा र ४१ वर्षीय झरीमाया
थापाको मृत्यु भएको छ । प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा देवर भाउजु रहेका छन् ।
त्यसैगरी, गएराति मुग्लिनबाट आँबुखैरेनी बजारतर्फ आउँदै गरेको ना १८ प २९५५ नम्बरको मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जनाको घट्नास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा आँबुखैरेनी गाविस–८ बेनीटार बस्ने वर्ष १५ का गणेश थापा र सोही वडा निवासी वर्ष १६ का भक्तबहादुर थापाको मृत्यु भएको हो । सोही वडा निवासी वर्ष २२ का मनोज गुरुङ भने घाइते भएका छन् । पृथ्वीराजमार्गमा गुडिरहेको अवस्थामा माथिबाट पहिरो झर्न जाँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, गएराति नै जिल्लाको बन्दिपुर गाविस–७ खानीगाउँ निवासी वर्ष ३२ का मीनबहादुर गुरुङको घरमा रहेको मिटरबक्समा चट््याङ लाग्दा आगलागी भएको थियो ।
www.nepalsandesh.com

७ जेठ, एजेन्सी ।
नेपालमा निरन्तर भूकम्पका धक्का महसुस भैरहेको समयमा प्रशान्त महासागरीय टापु सोलोमोन आइल्याण्डमा पनि ६ दशमलव ९ रेक्टर स्केलको भूकम्प भएको छ ।
अमेरकी भौगर्भिक विभागका अनुसार टापुको राजधानी होनिआराबाट १ सय ८७ किलोमिटर टाढा रहेको क्षेत्रमा उक्त भूकम्पको केन्द्र विन्दु रहेको छ ।
मुख्य भूकम्पपछि ४ दशमलव ९ रेक्टर स्केलको पराकम्पन पनि भएको समाचारमा जनाइएको छ ।
अहिले सम्म सुनामीको कुनै चेतावनी जारी गरिएको छैन ।
भूकम्पका कारण खासै क्षति नहुने अनुमन अधिकारीहरुले गरेका छन् ।
केही दिन अघी मात्र छिमेकी पुपवा न्यूगिनीमा ७ दशमलव १ रेक्टर स्केलको भूकम्प भएको थियो । त्यसपछी आएको सुनामीले केही मानिसको ज्यान लिएको थियो ।/www.nepaliheadlines.com

भाग्यमानी र अभागीको चर्चा जीवनमा सबैले गर्छन् । भाग्यमानी अर्थात सुख-समृद्धि र श्रेष्ठ जीवन । अभागी अर्थात दुःख र चिन्ताले भरिएको जीवन । कुनै पनि ब्यक्तिको भाग्यले साथ दिइरहेको छ कि छैन भन्ने कुरा उसको परिस्थिति हेरेर भन्न सकिन्छ ।शास्त्रमा यी तीन कुरा भएका ब्यक्तिलाई अभागी भनिएको छ ।
चाणक्य नीति भन्छः
वृद्धकाले मृता भार्या बन्धुहस्ते गतं धनम्।
भोजनं च पराधीनं त्रय: पुंसां विडम्बना:।।
यसको अर्थ हो कुनै पनि पुरुषकी पत्नीको मृत्यु भयो वा अर्कैसँग गइ भनेे यो दुर्भाग्यको कुरा हो । यदि यौवनावस्थामा नै जीवन साथीको साथ छुट्छ भने यस्ता पुरुषले त पुनः विवाह गर्न सक्लान तर अलिक उमेर गएपछि यस्तो हुनु सबैभन्दा दुखःद हुन्छ । लोग्ने मानिसको जीवनमा वृद्धावस्थामा पत्निको साथ सबैभन्दा बढि महत्वपूर्ण मानिएको छ । बुढेसकालमा एक्लो हुनु निराशा र दिक्दारीको कारण बन्छ । यसैले यस्ता पुरुषलाई अभागी भनिएको छ ।
शत्रुको हातमा परेको धन
चाणक्य भन्छन् कुनै पनि पुरुषको धनमाल शत्रु वा खराव भाइको हातमा परेको छ भने त्यस्तो ब्यक्ति अभागी हो । आफूले कमाएको धन अरुको हातमा पर्नु दुर्भाग्यको कुरा हो । आफूले कमाएको धन अरुको हातमा पर्नु आफैमा दुःखद त हो नै त्यो धन आफै विरुद्ध समेत प्रयोग हुन सक्छ ।
अरुको घरमा गुलाम
कुनै पनि पुरुषको लागि अरुको घरमा बस्न पर्नु वा अझ गुलामी गर्न पर्नु सबैभन्दा दुखको कुरा हो । यस्ता पुरुषलाई पनि चाणक्यले अभागी भनेका छन् । यस्ता ब्यक्तिलाई कुनै पनि काम गर्दा अर्कैको आदेश पर्खिनु पर्छ । गुलाम बनेर वा अर्काको घरमा बस्ने पुरुषको स्वतन्त्रता भन्ने चिज नै हुँदैन ।
यस्तो ब्यक्ति तन मनले दुःखी हुने भएका कारण पक्का अभागी भएको चाणक्यको भनाइ छ ।अतः कुनै पनि पुरुषले आफूलाई यी तीन अवस्थाबाट जोगाउने प्रयास गर्नु पर्छ ।

काठमाण्डु, ७ जेठ – भूकम्प मापन केन्द्रले विनाशकारी भूकम्प आएको एक महिना बित्न लागिसक्दापनि जमिन कसरी हल्लियो भन्ने तथ्यांक (ग्राउण्ड मोसन डाटा) सार्वजनिक गरेको छैन ।
अन्य विकसित देशमा भूकम्प र त्यसका पराकम्प गएलगत्तै यस्ता तथ्यांक तत्काल वेबसाइटमै राखेर सर्वजनिक गर्ने गरिए पनि नेपालमा सार्वजनिक गर्ने चलन नभएकाले अनुसन्धानमा अप्ठेरो परेको भूगर्भविद् बताउँछन् ।
‘डाँडाका घरहरु किन भत्किए भन्ने अहिले सबैको चासो छ,’ केन्द्रसँग ग्राउन्ड मोसन डाटाका लागि ताकेता गरिरहेका एक विदेशी विश्वविद्यालयका प्राध्यापक एवं भूगर्भविदले डाटा नै नपाएर पूर्ण विवरण छाप्न नपाएको बताए ।
केन्द्रले तथ्यांक सार्वजनिक नगर्दा विभिन्न देशका विभिन्न विज्ञले अनुमानका भरमा विश्लेषण गर्ने हुनाले सही जानकारी नआउने अमेरिकाको क्यालिफोर्निया स्टेट युनिभर्सिटीका सहप्राधपक एवं जियोटक्निकल इन्जिनियर विनोद तिवारीले बताए ।
–अन्नपूर्णपोस्ट् दैनिकबाट

२०७२ जेठ ४ गते
काठमाडौं, ४ जेठ । एकीकृत नेकपा माओवादीका जिल्लास्तरीय एक नेताले पिसाब फेर्न निस्केकी महिलालाई गाईको गोठमा लगेर बलात्कार गरेको खुलासा भएको छ ।
एमाओवादीका मुगुका जिल्ला सचिवालय सदस्य धैनाकोट-६का ३७ वर्षीय रामजंग शाहीले सोही गाविसकी एक महिलालाई बैशाख २३ गते राति बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एमाओवादी जिल्ला सदस्य शाहीले बैशाख २३ गते राति पिसाब फेर्न निस्केकी ति महिलालाई मुख थुनेर गाई गोठमा लगेर बलात्कार गरेका थिए ।
बलात्कार गरेर सोही राति शाही गाउँबाट फरार भएका थिए । दुई सातादेखि फरार शाहीलाई गाउँलेले मुद्दा मिलाउने आश्वासन दिएर घर बोलाएका थिए । शाही गाउँ फर्केपछि घरभित्र थुनेर गाउँलले सोमबार प्रहरीको जिम्मा लगाएका छन् ।
पीडित महिलाले आफुलाई बलात्कार गरेको भनेर श्रीमानलाई जानकारी गराएकी थिईन् । पीडित परिवारले बलात्कार भएको थाहा पाएपछि शाहीमाथि कारबाही माग गर्दै दुईहप्ता अगाडी नै प्रहरीमा उजुरी दर्ता गरेका थिए ।
गाउँलेको सहयोगमा मुगु प्रहरीले सोमबार अभियुक्त शाहीलाई पक्राउ गरेर हिरासतमा राखेको छ । थप अनुसन्धानका लागि सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पीडित महिलाको सोमबारै स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य परीक्षणमा पनि बलात्कार भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका इन्सपेक्टर मित्रबहादुर आर्चायले घटनाको थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।
स्रोत - दैनिक नेपाल

अनुहार मानिसको सवैभन्दा पहिले देखीने भाग हो, मानिसको सुन्दरताको एउटा प्रमुख कडीको रुपमा पनि अनुहारलाई लिन सकिन्छ् । तर अनुहार राम्रो पार्न व्युटी पार्लर नै धाउन पर्ने वा कुनै कस्मेटिक सर्जरी नै भने गरिहाल्नु पर्दैन् । हामीले मिलाएर खानेकुरा प्रयोग गरेमा पनि त्यसले अनुहारको सुन्दरतालाई बढाउने कार्य गर्दछ ।
राम्रो अनुहारको लागी नछुटाइ प्रयोग गर्नु पर्ने कुरा यस्ता छन्..
१.कागती पानीः कागती सहजै पाइन्छ । ।कागती पानीको नियमित सेवनले अनुहारका पोरलाई सानो पार्दछ भने चिल्लो पदार्थबाट अनुहारलाई मुक्त राख्दछ। यसका साथै यसले अनुहारमा चमक पनि बढाउँछ। पिउनको सातै कागतीलाई अनुहारमा दल्न समेत सकिन्छ ।
२ अण्डाः अण्डा खानलाई मात्र मिठो होइन यसका गुण पनि धेरै छन्।
अण्डलाई फुटाएर अनुहारमा लगाउनाले अनुहारको छाल नरम हुनुका साथै यसले मोस्चराइजिङ इफेक्ट पनि दिन्छ ।
३.महः मह सेवन र अनुहारमा लगाउनले ईनफेक्सन बाट बचाउनका साथै अनुहारको छाला नरम बनाउँछ।
महलाई कागतीसंग मिसाएर प्रयोग गर्दा यसको प्रभाव अझ बढ्दछ।
४.स्ट्रवेरिजः स्ट्रवेरीमा भिटामिन सि, एन्टीअक्सिडेन्ट र एक्सफोलियन्ट्स पाइन्छ ।स्ट्रवेरीलाई धुलो पारेर अनुसार लगाउनले अनुहारको छाला सफा हुन्छ। यसका साथै अनुहारको चमक पनि यसले बढाउँछ ।
५.केराः
महसंग मिसाएर केरालाई अनुहारमा लगाउँदा छाला स्वस्थ र चम्किलो बन्द्छ ।यसले मोस्चराइजको पनि काम गर्दछ ।

जीवनभर दुःख गरेर बनाएको घर काल बन्यो
काभ्रे : जीवनभर दुःख गरेर रगत पसिना बगाई कमाएको पैसाले बनाएको घर बनखुचौरका ४२ वर्षीय गजबहादुर मोक्तानका लागि अहिले अभिसाप बनेको छ ।
बैशा १२ गते विहान खाना खाएर परिवारका सदस्यसँग माथ्लो तल्लाको बरन्डामा दु:खसुख कुरा गरिरहेका उनको परिवार निमेषभरमै सदाका लागि छिन्नभिन्न भयो ।
‘म खाना खाएर दाजुभाइसँग माथ्लो तलामा गफ गर्दै गर्दा एकासी घर हल्लाउन थाल्यो’, उनले भने, ‘तलबाट नानीहरु कराएको आवाज आउनेबित्तिकै क्षणभरमै घर लड्यो । नानीहरु बचाउ बचाउ भन्दै चिच्याउँदै गर्दा म बेहोस भएछु ।’
उनी त्यो दिनको पीडा सम्झँदै भक्कानिन थाले । ‘मलाई दुई घण्टापछि गाउँलेको सहयोगमा परिएको ठाउँबाट उद्धार गरेर बाहिर ल्याएपछि होस आयो’, उनले भने, ‘होस आएपछि परिवारका अन्य सदस्य खोजेँ तर कोही भेटिन । छिमेकीले आएर भने दाइ सबैजनालाई घरले पुरेको छ ।’
होस सम्हालेर हेर्न जाँदा मूलढोकामै परिवारका पाँचजनालाई घरले पुरेको उनले भेट्टाए । मूलढोकामुनि उनका छोरा, भाइका तीन सन्तान र उनका बुवालाई समेत मूलढोकामै घरले एकैथुप्रो बनाइसकेको थियो ।
‘भगवानको लीला हो मैले के नै गर्न सक्थेँ र जीवनभर मेहनत गरेर खाईनखाई बनाएको घरले नै परिवारको एक चिहान बनायो’, उनले भने, ‘त्यो बेला म सँग पुर्पुरोमा हात राखेर रुनेबाहेक अरु उपाय थिएन ।’
भूकम्पले हल्लाईरहँदा छिमेकीले उनका परिवारका पाँचै शव बाहिर निकाले । ढुङ्गामाटोले पुरिएको अवस्थामा आमा र अन्य घाइतेलाई निकालियो । उनीहरुको चित्कारले गाउँ नै गुञ्जिएको थियो । तर पनि गाउँलेले हिम्मत नहारी पुरिएकाको खोजी जारी राखे ।
बैशाख १२ को भूकम्पमा ज्यान गुमाएका आफन्तको उनले भोलिपल्टमात्र दाहसंस्कार गर्न सके । गाउँलेको सहयोगमा उनले पाँचैजनालाई एउटै चितामा राखेर दाहासंस्कार गरी सदाका लागि विदा गरे ।
भूकम्पले आफ्नो उज्यालो भविष्य र सपना चकनाचुर पारेपछि उनको मन चिराचिरा भएको छ । २५ वर्ष अघिदेखि बिरामी रहेकी आमाको उपचार गरिहेका उनीमाथि अर्को विपत्ति आइलागेको छ ।
भूकम्पले उनकी पाँच महिने नातिनीको एउटा खुट्टा नचल्न भएको छ । ‘म उनीहरुको उपचारमा लागौं कि गाँसबासको जोहो गर्न लागौं’ उनले गहभरी आँसु बनाउँदै भने, ‘बस्ने बास छैन, खान अन्न सबै पुरियो । बाँच्ने आधार नै सक्कियो । गरिबलाई बिपत्तिमाथि बिपत्ति आइलाग्यो ।’
सूचना र सञ्चारको पहुँचबाट बञ्चित अधिकांश डाँडापारीबासीकालाई अर्कोतिर सडक नहुनु अभिसाप भएको छ । घाइतेहरुको उपचारका लागि समयमै अस्पताल लग्न सकेको भए गरे बाँच्ने बताउँदै त्यहाँका स्थानीयले आफूलाई राज्यले फर्केर पनि नहेरेको दुखेसो पोखेका छन् ।
annapurnapost.com

६ जेठ, चितवन ।
मुग्लिङ्ग–नारायणगढ सडकखण्ड अन्तर्गत चितवन जिल्लाको चण्डिभञ्याङ्ग ५ स्थित कालीखोलामा गएको पहिरोले बगाउँदा मृत्यु भएका एक व्यक्तिको शव निकालिएको छ ।
भीरमा अड्किएको अवस्थामा फेलापारी एपीएफ टोलीले भीरबाट डोरीको सहायतामा शव निकालेको हो । पहिरोमा परि मृत्यु हुनेमा स्थानि
य करीव ५० वर्षिय मंगले चेपाङ्ग रहेका छन् ।
सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटारको एपीएफ टोलीले -याप्लिङ्ग र क्लाइम्बिङ्गको मेथडबाट भीरबाट चेपाङको शव निकालेको हो । चेपाङ्गको शव सडकबाट करीव एक सय मिटर तल तथा त्रिशुली नदी किनारभन्दा केही माथि भीरमा ढुंगाको च्यापमा अड्कीएर खुट्टा मात्रै देखिएको अवस्थामा भेटिएको थियो ।
गएराति करीव ११ वजे पहिरो गए पछि चेपाङ बेपत्ता भएका थिए । त्यस ठाउँमा स्काभेटरको मद्दतले पहिरोलाई आंशिक रुपमा पन्छाएर बाटो खोलिएको थियो ।www.nepaliheadlines.com

चुरोट पिउने वानी
सूर्तिमा भएको निकोटिनले छालामा रक्तसंचार कम गर्छ, त्यसैले चुरोट पिउनेहरुको अनुहारमा चमक कम हुन्छ । चुरोट पिउनेहरुको अनुहारमा चाउरी समेत छिटो पर्छ । राम्रोसंग अनुहारमा हेर्ने हो भने चुरोट पिउने र नपिउनेलाई सजिलै छुट्याउन सकिन्छ ।
पोषण युक्त खानाको कमी
छाला लगायत शरीरका सवै अंग र मस्तिष्कलाई पोषणयुक्त खानाको आवश्यकता हुन्छ । पोषणयुक्त खानाको कमीका कारण पनि मानिस आफ्नो वास्तविक उमेर भन्दा वढी उमेरको देखिन्छ ।
वढी गुलियो खाना
वढी चिनी, मिठाई, चकलेट, आइसक्रिम आदि खाने गर्दा शरीर र मस्तिष्क दुवैलाई वेफाइदा गर्छ र यसका कारण पनि कम उमेर मै छाला चाउरी पर्छ ।
कम पानी पिउने
शरीरलाई आवश्यक पर्ने पानी नपिउँदा छाला सुख्खा हुन्छ । प्रशस्त पानी पिउदा शरीर भित्रका फोहर पदार्थहरु मल, मुत्र र पसिनावाट वाहीर राम्रो संग निस्कन्छन् । पानीको कमी हुँदा डिहाइड्रेसन हुन्छ र त्यसको असर छालामा पनि देखिन्छ ।
निद्राको कमी
दिनभर दौडधुप र परिश्रम गर्दा शरीर तथा मस्तिष्क थाकी आराम खोजी रहेको हुन्छ । करिव सात घण्टा जती सुतेपछि शरीर र मस्तिष्कले आराम पाउँछन् र पुन काम गर्नको लागि फ्रेस हुन्छन् । यदि शरीर र मस्तिष्कले आफुलाई पुनर्ताजगी गर्न आवश्यक पर्ने आराम पाएनन् भने विहान उठ्दै खेरी फ्रेस हुदैनन् । लगातार यस्तो भइराख्यो भने वास्तविक उमेर भन्दा वढी उमेरको देखिने, छाला चाउरी पर्ने आदि हुन्छ ।
मानसिक तनाव
मानसिक तनाव को असर शरीर र मस्तिष्क दुवैमा नराम्रो पर्छ । कतिपय छालाका रोगहरु जस्तै सोरायसिस, दाद, मानसिक तनाव हुँदा वढ्छन् । अनुहारमा पनि मानसिक तनावको असर नराम्रो पर्छ ।
वढी घाममा वस्ने
सूर्यको किरणले पनि छालालाई नराम्रो असर पार्दछ, त्यसैले धेरै घाममा वस्नु वा घाममा काम गर्नु पनि हानीकारक हुन्छ । वढी घाममा वस्नेहरुको छालामा एक किसिमको क्यान्सर समेत वढी हुने गरेको छ । ओजोनतह नष्ट हुदै गएकोले र सूर्यवाट निस्कने अल्ट्राभाएलेट किरणले यस्ता हानी गर्दछन् । तर यसको मतलव घाममा वस्नै हुदैन वा घाममा काम गर्नै हुदैन भन्न खोजेको भने होइन । शरीरको लागि भिटामिन ‘डी’ आवश्यक पर्छ र यसको लागि घाममा केहि समय वस्नु पनि आवश्यक हुन्छ । अर्थात सोझै मुखमा घाम नपर्ने गरी केहि समय घाममा वस्न सकिन्छ, वढी वस्नु हुदैन ।
हार्मोनहरुको सन्तुलन विग्रने
शरीरको लागि धेरै प्रकारका हार्मोनहरुको आवश्यकता हुन्छ । महिलाहरुमा किशोरावस्था, गर्भावस्था र महिनावारीको साइकलको लागि विभिन्न हार्मोनहरु चाहिन्छन् । त्यस्तै गरेर महिला तथा पुरुष दुवैमा अन्य हार्मोनहरु आवश्यक पर्छन् । ती हार्मोनहरुको सन्तुलन विग्रदा पनि मस्तिष्कमा र शरीरमा असर पर्दछ । छाला सुख्खा हुने, खस्रो हुने यिनै कारण पनि हुन सक्छन् ।
छालामा असर पार्ने कुराहरुवाट हामी टाढै रह्यौ भने मात्र हामी मानसिक र शारीरिक रुपले स्वस्थ्य रहन सक्छौं । स्वस्थ्य मन र स्वस्थ्य शरीर भएपछि मानिस स्वतः राम्रो देखिन्छ । त्यस कारण यी कुराहरुमा विशेष ध्यान राख्यौंै भने वास्तविक उमेर भन्दा कम उमेरको देखिन सकिन्छ ।
- डा. कपिलदेव उपाध्याय

झापा, ६ जेठ– सुनसरीको इटहरी र झापाको सुरुङ्गाका दुई युवतीलाई बन्धक बनाएर होटलमा यौनधन्दा सञ्चालन गर्ने एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेची टप होटलका सञ्चालक जितेन उपनामले चिनिने डिजाइन राजवंशी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
राजवंशीले इटहरी निवासी २२ वर्षीया राई थरकी एक युवती र सुरुङ्गा निवासी २३ वर्षीया जोगी थरकी अर्की युवतीलाई लामो समयदेखि बन्धक बनाएर होटलमा यौनधन्दा सञ्चालन गर्दै आएको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका राजवंशीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान भइरहेको र पीडित युवतीको उद्धार गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । रासस
kathmandutoday.com
पक्राउ पर्नेमा मेची टप होटलका सञ्चालक जितेन उपनामले चिनिने डिजाइन राजवंशी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
पक्राउ परेका राजवंशीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान भइरहेको र पीडित युवतीको उद्धार गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । रासस
kathmandutoday.com
२०७२ जेठ ६ गते
झापा, ६ जेठ । झापाको विर्तामोडमा जताततै पानी निस्किएर गाउँ डुब्न लागेपछि स्थानियहरु आतंकित भएका छन् ।
जमिन चिरिएर पानी को मुहान फुटेको आशंकामा गाउँलेहरु आतंकित भएका हुन । विहान ८ बजे बाट एक्कासी बजारको खाली जमिनमा पानी भरिन थालेपछि स्थानियहरुले सञ्चारमध्यामलाई खबर गरेका थिए ।
विर्तामोड ७ स्थित भद्रपुर रोडको लिटल फ्रवावर्स बोर्डिङ पश्चिमको खाली ५ कठ्ठा जमिन यतिखेर पानीले भरिएको छ भने एक दर्जन बढी स्थानमा पानीको मुहान फुटी पानी निस्कीरहेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरीक्षक सजय रावतले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार एक दर्जन बढी स्थानमा पानीको मुहान फुटी पानी निस्कीरहेकाले अबको केही बेरमा झापाका गहिरो सतहमा रहेका पुरै गाउँमा डुबान हुनेछ ।
आफुहरु आतकित भैइरहेको र अब जे पनी हुन सक्ने भन्दै होशियार रहनुपर्ने स्थानियहरुले बताएका छन् । जिल्ला प्रशासन कार्यालयको टोली विर्तामोड नगरपालिकाको टोली घटनास्थलमा जादैछ भने जिल्ल्ला प्रहरी कार्यालयको टोली समेत घटनास्थलमा तैनाथ रहेको छ ।
जमिन मुनीबाट निरन्तर पानी आइरहेकाले दुई गाउँमा डुबान भइसकेको छ । डुबान हुने गरी पानी निस्किन थालेपछि स्थानीय घर छाडेर उचो स्थानमा गएका छन् ।

सन २०१५ को नोभेम्वर २४ अगावै हस्तलिखित राहदानी प्रतिस्थापन गरी मेशिन रिडेवल राहदानी (MRP) जारी गरिसक्नु पर्ने अन्तरराष्ट्रिय नागरिक उडड्यन संगठन (ICAO) को प्रावधानलाई सफल तुल्याउनका लागि राहदानी विभाग परराष्ट्र मन्त्रालयले एक सूचना सार्वजनिक गरेको छ ।
हस्तलिखित राहदानी लिई बिदेशमा रहेका नेपाली नागरिकहरुले समयमै (MRP) नबनाएमा उहाँहरुको बर्साई गैरकानूनी हुन गई विभिन्न कानूनी तथा प्राविधिक कठिनाईहरु भोग्नु पर्ने अवस्था आउन सक्ने हुनाले यथाशीघ्र आफू रहेको देशको नेपाली नियोगमा सम्पर्क गरी मेशिन रिडेवल राहदानी (MRP) बनाउन अनुरोध गर्दै राहदानी विभाग परराष्ट्र मन्त्रालयले सो सूचना जारी गरेको हो ।

मधेशलाई नेपालबाट अलग्याउँने अभियान नै चलाएका सिके राउतले पछिल्लो पटक दिएको अभिव्यक्ति निक्कै आपत्तिजनक छ ।
देश महाभूकम्पमा प्रताडित भइरहेका बेला उनले पहाडीलाई मधेशमा आश्रय दिन नहुने मात्रै होइन, पडाडीको वेश्यावृत्ति गर्ने पुख्र्यौली पेसा भएको भन्दै उनीहरुलाई मधेशमा वस्न दिन नहुने आशयको टुइट गरेका छन् । उनको यो अभिव्यक्ति अहिले चर्चा र विवादको विषय बनेको छ । पटक–पटक मधेशलाई स्वतन्त्र राज्य बनाउँनु पर्ने भन्दै देशहीतविपरित अनेक कदम चाल्दै आएका राउतको यो टुइटप्रति आम देशभक्त नागरिकको मनमा चोट पुगेको छ ।
को हुन् सिके राउत ?
मधेस नेपालभित्र अटाउन नसक्ने र अलग्गै स्वतन्त्र देश हुने घोषणा गर्दै मधेसी युवालाई देशविरुद्ध भड्काउने अभियान चलाएका व्यक्ति हुन्, सिके राउत । उनले केही समयअघि स्वतन्त्र मधेस राष्ट्रका विषयमा
विराटनगरस्थित रामजानकी मन्दिरमा खुला छलफल चलाएका थिए । कार्यक्रममा प्रबचन दिएका राउतले नेपालबाट अलग्गै ‘मधेस देश’बनाएर स्वराज गर्ने आन्दोलनमा लाग्न युवाहरुलाई आह्वान गरेका थिए । उनलाई पक्राउ गर्न गृह मन्त्रालयमा भएका सुरुक्षा बैठकहरुमा पटकपटक छलफल भएका थिए ।
सप्तरी महादेबा–७ मा जन्मिएका राउत लामो समय अमेरिका बसेर फर्किएका व्यक्ति हुन् । उनले अमेरिकी सरकारको मातहतको कम्पनीमा केही समय जागिर खाएका थिए । सामान्य परिवारका उनी देश टुक्राउने काममा लाखौं रकम खर्च गर्दै कसरी देश दौडाहा गर्दै छन् र युवालाई भड्काउन लागेका छन् भन्ने जानकारी सुरुक्षा निकायले पाउन सकेका छैनन् । उनी पटकपटक स्थलमार्ग हुँदै भारतका विभिन्न सहरमा जाने गरेका रिपोर्ट गृह मन्त्रालयमा छ । काठमाडौं इन्जिनियरिङ पढेर क्याम्ब्रिज विश्वविद्यालयबाट पीएचडी गरेका राउत कम्प्युटर बैज्ञानिक पनि हुन् । उनी सन् २०११ मा अमेरिकाबाट नेपाल फर्किएका थिए । राउत अमेरिकामा दर्ता गरिएको गैरआवासीय मधेसी संघ र स्वतन्त्र मधेस गठबन्धनका केन्द्रीय संयोजक हुन् ।
स्रोत -yeskathmandu.com
देश महाभूकम्पमा प्रताडित भइरहेका बेला उनले पहाडीलाई मधेशमा आश्रय दिन नहुने मात्रै होइन, पडाडीको वेश्यावृत्ति गर्ने पुख्र्यौली पेसा भएको भन्दै उनीहरुलाई मधेशमा वस्न दिन नहुने आशयको टुइट गरेका छन् । उनको यो अभिव्यक्ति अहिले चर्चा र विवादको विषय बनेको छ । पटक–पटक मधेशलाई स्वतन्त्र राज्य बनाउँनु पर्ने भन्दै देशहीतविपरित अनेक कदम चाल्दै आएका राउतको यो टुइटप्रति आम देशभक्त नागरिकको मनमा चोट पुगेको छ ।
को हुन् सिके राउत ?
मधेस नेपालभित्र अटाउन नसक्ने र अलग्गै स्वतन्त्र देश हुने घोषणा गर्दै मधेसी युवालाई देशविरुद्ध भड्काउने अभियान चलाएका व्यक्ति हुन्, सिके राउत । उनले केही समयअघि स्वतन्त्र मधेस राष्ट्रका विषयमा
सप्तरी महादेबा–७ मा जन्मिएका राउत लामो समय अमेरिका बसेर फर्किएका व्यक्ति हुन् । उनले अमेरिकी सरकारको मातहतको कम्पनीमा केही समय जागिर खाएका थिए । सामान्य परिवारका उनी देश टुक्राउने काममा लाखौं रकम खर्च गर्दै कसरी देश दौडाहा गर्दै छन् र युवालाई भड्काउन लागेका छन् भन्ने जानकारी सुरुक्षा निकायले पाउन सकेका छैनन् । उनी पटकपटक स्थलमार्ग हुँदै भारतका विभिन्न सहरमा जाने गरेका रिपोर्ट गृह मन्त्रालयमा छ । काठमाडौं इन्जिनियरिङ पढेर क्याम्ब्रिज विश्वविद्यालयबाट पीएचडी गरेका राउत कम्प्युटर बैज्ञानिक पनि हुन् । उनी सन् २०११ मा अमेरिकाबाट नेपाल फर्किएका थिए । राउत अमेरिकामा दर्ता गरिएको गैरआवासीय मधेसी संघ र स्वतन्त्र मधेस गठबन्धनका केन्द्रीय संयोजक हुन् ।
स्रोत -yeskathmandu.com
६ जेठ, काठमाडौं ।
नेपाल टेलिकमका सिम प्रयोगकर्ताहरुले अव नयाँ सुविधा पाएका छन् । एनटिसीका सबै सीम कार्डमा अव एउटै कार्डबाट रिचार्ज गर्न सकिने छ भने पोष्टपेड मोबाइलको महसुल समेत भुक्तानी गर्न सकिनेछ ।
टेलिकमले एक सूचना जारी गर्दै ‘एनटी रिचार्ज कार्ड’बाट नयाँ सुविधा दिएको घोषणा गरेको हो । अव एनटिसीमा पनि ५० रुपैयाँको रिचार्ज गर्न सकिने छ भने १४१५ मा डायल गरेर समेत रिचार्ज गर्न सकिने छ ।