२०७२ जेठ २६ गते
२६ जेठ, काठमाडौं । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले १ सय ९५ जना स्थायी कर्मचारी माग गरेको छ । तीन तहदेखि आठसम्मका लागि बैंकले राजधानी र मोफसलमा कर्मचारी माग गरेको हो ।
सम्बन्धित पदका लागि जुन ठाउँका लागि कर्मचारी माग गरिएको हो त्यहीँ ठाउँमा आवेदन दिनुपर्ने बैंकले जनाएको छ । लिखीत परीक्षा र अन्तर्वार्ताबाट उमेद्वारको छनौट गरिने छ ।
लोक सेवा अायोगका प्रतिनिधि सम्मिलित समितिले परिक्षा लिने भएकाले कसैको भनसुनमा बैंकको जागरिमा नपाइने बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्मा बताउँछन् । सबै आवेदकलार्इ खरो प्रतिस्पर्धामा उत्रिन सक्नेगरी पढ्न शर्माको अाग्रह छ ।
(सीइअो शर्माको अन्तर्वार्ता पढ्नुहोस्- वाणिज्य बैंकमा कर्मचारी थपिँदैछन्, भनसुन चल्दैन)
बैंकले मंगलबार एक सूचना प्रकाशित गरी सूचना प्रविधि समूहका लागि आठ तहको एक प्रबन्धक, सात तहका लागि प्रशासनतर्फ लेखा समूहका लागि पाँच जना चार्टर्ड एकाउन्टेन्ट माग गरेको छ । त्यसैगरी, प्रशासनतर्फ ६ तहमा ७५ र विराटनगर तथा भद्रपुरमा १२ जना, वीरगञ्जमा आठ जना, काठमाडौंमा ३५ जना, पोखरामा १० र नेपालगञ्जमा १० जना कर्मचारी माग गरिएको हो ।
बैंकले अावेदन मागेको जागिरमा प्रतिस्पर्धा गर्न अावेदकहरूले व्यवस्थापन वा अर्थशास्त्रमा स्नातकोत्तर उत्तिर्ण भएको हुनु पर्छ ।
त्यसैगरी, बैंकले प्रशासन सेवातर्फ पाँच तहका लागि विराटनगर तथा भद्रपुरका लागि आठ जना, वीरगञ्जमा सात जना, पोखरामा आठ जना र नेपालगञ्जमा आठ जना गरी ३१ जना को माग गरेको छ । स्नातक उत्तिर्णले अावेदकले यी पदका लागि आवेदन दिन सक्ने छन् ।
त्यस्तै, बैंकले सुचन प्रविधितर्फ तह पाँचका लागि १० जना कर्मचारी माग गरेको छ । तह तीनका लागि प्रशासनतर्फ ७३ जना कर्मचारी माग गरिएको छ । यसका लागि प्रमाणपत्र तह उत्तिर्ण हुनु पर्ने छ ।
निकट भविष्यमै राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणका लागि चुक्ता पुँजीको २५ प्रतिशत सेयर जारी गर्ने भएको छ

चितवन, २६ जेठ । गत वैशाख १२ गते गएको भूकम्पपछि आइरहेका पराकम्पन अझै डेढ महिनासम्म आइरहने भूकम्पविद् प्रा. डा. हरिहर पौडेलले बताउनुभएको छ ।
नेपालको भूकम्पीयता विषयमा विद्यावारिधि गर्ने पहिलो भूकम्पविद् पौडेलले वैशाख १२ गतेपछि वैशाख २९ गते ‘ट्रिगर पराकम्पन’ आएको भएपनि अरू सबै पराकम्पन भएको बताउनुभयो । ठूलो भूकम्प आएपछि लामो समयसम्म पराकम्पन आइरहने र यसपटकको ७.६ रेक्टरको भूकम्पले कम्तीमा पनि तीन महिना पराकम्पन ल्याउने बताउनुभयो । भूकम्पभन्दा ठूलो पराकम्पन आउन नसक्ने बताउँदै उहाँले सोही क्षेत्रमा साना पराकम्पनहरु मात्र आइरहने उल्लेख गर्नुभयो ।
मध्य नेपालदेखि पश्चिम भागमा २०० वर्षयता ठूला भूकम्प नगएको हुँदा शक्ति सञ्चय बढी भएकाले त्यस क्षेत्रमा भने बढी जोखिम
उहाँले पराकम्पन भूकम्पको क्षमताभन्दा एक रेक्टरभन्दा कमका मात्रै हुने बताउनुभयो । ठूलो भूकम्पपछि वैशाख २९ गते ट्रिगर पराकम्पन आउनुको पछाडि त्यस क्षेत्रका जमिन धेरै चिरिएको र भूकम्पले थप हलचल मच्चिनु प्रमुख कारण भएको उहाँले बताउनुभयो । यसअघि सन् १८९० को अगस्त २६ मा गोरखा नै केन्द्रबिन्दु भएको ७.६ रेक्टर स्केलको भूकम्प जाँदा गोरखादेखि काठमाडौँ हुँदै सिन्धुपाल्चोकसम्म ठूलो क्षति पु¥याएको बेलायती गजेटमा उल्लेख भएको बताउँदै उहाँले जसका कारण तीन महिनासम्म पराकम्पन आएको बताउनुभयो । अहिलेको भूकम्प पनि सोही स्केलको भएकाले तीन महिनासम्म नै पराकम्पन जाने उहाँले बताउनुभयो ।
त्यस्तै, विसं १९९० साल माघ २ गते उदयपुरमा केन्द्र भएर गएको ८.४ रेक्टरस्केलको भूकम्पले काठमाडौँदेखि भारतको दरभङ्गा, मोतिहारीसम्म ठूलो क्षति पु¥याएको बताउँदै भूकम्पविद् पौडेलले त्यसपछि एक वर्षसम्म पराकम्पन आएको बताउनुभयो । त्यस्तै, २०४५ साल भदौ ५ गते उदयपुर नै केन्द्र बनाएर गएको ६.६ रेक्टर स्केलको भूकम्पपछि ३९ दिनसम्म चार रेक्टरभन्दा माथिका पराकम्पन गएको उहाँले बताउनुभयो ।
नेपालको मध्य र पूर्वी क्षेत्रमा भूकम्प, ट्रिगर कम्पन र पराकम्पनले शक्ति घटाइरहेको भए पनि मध्य नेपालदेखि पश्चिम भागमा २०० वर्षयता ठूला भूकम्प नगएको हुँदा शक्ति सञ्चय बढी भएकाले त्यस क्षेत्रमा भने बढी जोखिम देखिएको बताउनुभयो । हिमालय क्षेत्र भूकम्पका हिसाबले बढी जोखिम भएको बताउँदै पौडेलले हिमालय क्षेत्रको दुई हजार ५०० किलोमिटरमध्ये ८०० किलोमिटर नेपालमा पर्ने र सो क्षेत्रमा भारतीय र तिब्बती प्लेट ठोक्किइरहेको हुँदा ठूलो मात्रामा शक्ति सञ्चय भइरहेको उहाँले बताउनुभयो । रासस
dainiknepal.com

२६ जेठ, चितवन ।
गत वैशाख १२ गते गएको भूकम्पपछि आइरहेका पराकम्पन अझै डेढ महिनासम्म आइरहने भूकम्पविद् प्रा डा हरिहर पौडेलले बताएका छन् ।
नेपालको भूकम्पीयता विषयमा विद्यावारिधि गर्ने पहिलो भूकम्पविद् पौडेलले वैशाख १२ गतेपछि वैशाख २९ गते ‘ट्रिगर पराकम्पन’ आएको भएपनि अरू सबै पराकम्पन भएको बताए । ठूलो भूकम्प आएपछि लामो समयसम्म पराकम्पन आइरहने र यसपटकको ७।६ रेक्टरको भूकम्पले कम्तीमा पनि तीन महिना पराकम्पन ल्याउने बताए । भूकम्पभन्दा ठूलो पराकम्पन आउन नसक्ने बताउँदै उहाँले सोही क्षेत्रमा साना पराकम्पनहरु मात्र आइरहने उल्लेख गरे ।
उनले पराकम्पन भूकम्पको क्षमताभन्दा एक रेक्टरभन्दा कमका मात्रै हुने बताए । ठूलो भूकम्पपछि वैशाख २९ गते ट्रिगर पराकम्पन आउनुको पछाडि त्यस क्षेत्रका जमिन धेरै चिरिएको र भूकम्पले थप हलचल मच्चिनु प्रमुख कारण भएको उनले बताए । यसअघि सन् १८९० को अगस्त २६ मा गोरखा नै केन्द्रबिन्दु भएको ७।६ हेक्टर स्केलको भूकम्प जाँदा गोरखादेखि काठमाडौँ हुँदै सिन्धुपाल्चोकसम्म ठूलो क्षति पु¥याएको बेलायती गजेटमा उल्लेख भएको बताउँदै उनले जसका कारण तीन महिनासम्म पराकम्पन आएको बताए । अहिलेको भूकम्प पनि सोही स्केलको भएकाले तीन महिनासम्म नै पराकम्पन जाने उनले बताए ।
त्यस्तै, विसं १९९० साल माघ २ गते उदयपुरमा केन्द्र भएर गएको ८।४ रेक्टरस्केलको भूकम्पले काठमाडौँदेखि भारतको दरभङ्गा, मोतिहारीसम्म ठूलो क्षति पु¥याएको बताउँदै भूकम्पविद् पौडेलले त्यसपछि एक वर्षसम्म पराकम्पन आएको बताए । त्यस्तै, २०४५ साल भदौ ५ गते उदयपुर नै केन्द्र बनाएर गएको ६।६ रेक्टर स्केलको भूकम्पपछि ३९ दिनसम्म चार रेक्टरभन्दा माथिका पराकम्पन गएको उनले बताए ।
नेपालको मध्य र पूर्वी क्षेत्रमा भूकम्प, ट्रिगर कम्पन र पराकम्पनले शक्ति घटाइरहेको भए पनि मध्य नेपालदेखि पश्चिम भागमा २०० वर्षयता ठूला भूकम्प नगएको हुँदा शक्ति सञ्चय बढी भएकाले त्यस क्षेत्रमा भने बढी जोखिम देखिएको बताए । हिमालय क्षेत्र भूकम्पका हिसाबले बढी जोखिम भएको बताउँदै पौडेलले हिमालय क्षेत्रको दुई हजार ५०० किलोमिटरमध्ये ८०० किलोमिटर नेपालमा पर्ने र सो क्षेत्रमा भारतीय र तिब्बती प्लेट ठोक्किइरहेको हुँदा ठूलो मात्रामा शक्ति सञ्चय भइरहेको उनले बताए । राससwww.nepaliheadlines.com

काठमाडौं । विमानभित्र मौरीकिरा पसेपछि एक विमान दुर्घटनामा परेको छ ।
लण्डनको साउथेम्टनबाट डबलिन तर्फ गइरहेको फ्लाईबेको विमान बीई ३८४ भित्र एकाएक मौरीकिरा छिरेपछि दुर्घटनामा परेको हो । विमान दुर्घटनामा परेपनि यात्रु भने सकुसल छन् ।
दुर्घटनामा परेको विमानको पछाडि भागमा आगो लागेको थियो । त्यही बेला पाईलटले बाटोबाटै फर्काएर एयरपोर्टमा आपतकालिन अवतरण गरेका थिए । अवतरणको बेला पछाडिको भागमा आगो सल्किसकेको थियो ।
‘द इंडिपेंडेंट’ ने एक प्रवक्ताका अनुसार विमानमा सम्वेदनशील भागमा आगो नलागेकाले मानवीय क्षति भएन् । पछाडि भागमा लागेको आगोलाई दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा ल्याइएको थियो ।
उडिरहेका बेला विमानमा एक्कासी आवाज आएपछि पाईलटले तत्काल फर्काएर अवतरण गरेका थिए । विमानस्थलमा पछाडिको भाग परीक्षण गर्दा भित्र मौरीकिरा भेटिएका थिए । मौरी किराले इन्जिनमा असर पारेकाले विमान दुर्घटनामा परेको अधिकारीहरुले बताएका छन् । यद्यपी ठूलो दुर्घटनाबाट भने बाँचेको छ । एजेन्सी

१. शारीरिक तनाव
शल्यक्रिया गरेको अवस्था, दुर्घटना, गम्भीर बिरामी अथवा सामान्य रुघा नै किन नहोस्, कपाल झर्छ । तर, यस्तो अवस्थाको कपाल झराई अस्थायी किसिमको हुन्छ । कपाल झर्ने यस्तो अवस्थालाई ‘टेलागेन इफ्लुभियम’ भनिन्छ ।
कपालको एउटा निश्चित चक्र हुन्छ : बढ्ने चरण, स्थिर भएर बस्ने चरण र झर्ने चरण । न्युयोर्कका छालारोग विशेषज्ञ डा. मार्क ग्लासोफर भन्छन्, ‘जब तपाईं साँच्चिकै तनावमा हुनुहुन्छ भने यसले कपालको चक्रलाई असर गर्छ र झर्ने अवस्थामा पुग्छ ।’ गम्भीर अवस्थाको तीन देखि ६ महिनासम्म कपाल झर्छ ।
२. गर्भधारणका बेला
गर्भधारणको अवस्थामा पनि एक किसिमको शारीरिक तनावको अवस्था हो । यस्तो अवस्थामा पनि कपाल झर्छ । डाक्टरहरुका अनुसार यो सामान्य हो र यसरी झरेको कपाल केही महिनामै पलाउँछ ।
३. बढी भिटामिन सेवनका कारण
४. प्रोटिनको अभाव
५. पुरुषको तालुखुईलेपन
तीनमध्ये दुई जना मानिसको ६० वर्षसम्ममा तालु खुईलन्छ । यसमा जिन र पुरुष हर्मोनले मुख्य भूमिका खेलेका हुन्छन् । कपाल झर्ने यस्तो अवस्था रोक्न केही मल्हम पाइन्छन् भने कपाल रोप्न कस्मेटिक सर्जरी पनि गर्न सकिन्छ ।
६. वंशाणुगत
पुरुषमा तालु खुईलने समस्याजस्तै महिलामा पनि त्यस्तै समस्या पाइन्छ । यसलाई ‘एन्ड्रोजेनिक एलोपेसिया’ भनिन्छ । निश्चित उमेर पुगेपछि कपाल खुईलने समस्या भएका परिवारबाट आएका महिलमा यस्तो खतरा रहन्छ ।
७. मानसिक तनाव
शारीरिक तनावमा जत्तिकै नभएपनि मानसिक तनावका कारण पनि कपाल झर्ने हुन्छ । कहिलेकाही सम्बन्धविच्छेद भएका, आफ्ना प्रियजनको मृत्यु भएका व्यक्तिहरुमा मानसिक तनाव देखिन्छ । त्यस्ता व्यक्तिमा कपाल झर्ने सम्भावना बढी हुन्छ ।
८. एनिमिया
एक तथ्यांकअनुसार २० देखि ४९ वर्ष उमेरसमूहका १० महिलामध्ये एक महिला शरीरमा आइरनको कमीका कारण एनिमियाबाट पीडित भएको पाइन्छ । यसका कारण कपाल झर्ने सम्भावना हुन्छ । एनिमिया भए–नभएको पत्ता लगाउँन डाक्टरहरुले रगत परीक्षण गर्छन् । आइरनको कमीका कारण कपाल झर्नेका अतिरिक्त बेहोसी, टाउको दुख्ने, आँखा धमिलो हुनेजस्ता समस्या देखा पर्छन् ।
९. हाइपोथाइरोडिजम
घाँटीमा भएको थाइराइड ग्लान्डले एक किसिमको हर्मोन उत्पादन गर्छ, जुन मेटाबोलिजम, वृद्धि र विकासका लागि गम्भीर मानिन्छ । जब यस्तो हर्मोन आवश्यकमात्रामा निस्कदैन, कपाल झर्न थाल्छ ।
१०. भिटामिन बीको कमी
अमेरिकाजस्ता देशमा एकदमै कम केश पाइएपनि भिटामिन बीको कमीका कारण पनि कपाल झर्ने समस्या हुन्छ । यसको समाधानका लागि भिटामिन बी पाइने खाद्य पदार्थहरु फलफुल, माछा, मासु, तरकारी प्रशस्त खानुपर्छ।
११. केमोथेरापीः
क्यान्सरमा प्रयोग गरिने केमोथेरापीका कारण पनि कपाल झर्छ । चिकित्सकहरुले केमोथेरापीलाई ‘आणबिक बम’ भनेका छन् । यसले तीब्र रुपमा शरीरका क्यान्सरयुक्त कोषहरुलाई मार्नेकाम गर्छ । यसका साथसाथै कपालका कोषलाई पनि मार्ने काम गर्छ ।
१२. कपाललाई अनावश्यक स्टाइल दिँदा
कपाललाई सुन्दर बनाउँने नाममा अनावश्यक स्टाइल दिँदा, हेयर ट्रिटमेन्ट गर्दा पनि कपाल झर्छ । कपालमा प्रयोग गरिने अनेक प्रकारका रसायनहरुले पनि कपाल झर्न भूमिका खेल्न सक्छन् ।

अत्यधिक मात्रामा भिटामिन सेवन र बढी औषधि सेवनले पनि कपाल झर्छ । वयस्क व्यक्तिका लागि दैनिक भिटामिनको डोज ५ हजार इन्टरनेशनल युनिट र ४ वर्षभन्दा माथिका बालबालिकाका लागि दैनिक २५ सय देखि १० हजार इन्टरनेशनल युनिट दिनसकिन्छ । तर, भिटामिन एको सेवन कम ग¥यो भने कपाल झर्न रोकिन्छ ।
४. प्रोटिनको अभाव
अमेरिकन एकेडेमी अफ डर्माटोलोजीका अनुसार यदि आवश्यक भएजति पनि प्रोटिन शरीरले नपाउने हो भने कपाल झर्न थाल्छ । प्रोटिनको कमी भएको दुई देखि तीन महिनाबाट कपाल झर्ने समस्या देखिन थाल्छ । त्यसैले माछा, मासु, अण्डाजस्ता बढी प्रोटिन पाइने खाद्यपदार्थ खानुपर्छ ।
५. पुरुषको तालुखुईलेपन
तीनमध्ये दुई जना मानिसको ६० वर्षसम्ममा तालु खुईलन्छ । यसमा जिन र पुरुष हर्मोनले मुख्य भूमिका खेलेका हुन्छन् । कपाल झर्ने यस्तो अवस्था रोक्न केही मल्हम पाइन्छन् भने कपाल रोप्न कस्मेटिक सर्जरी पनि गर्न सकिन्छ ।
६. वंशाणुगत
पुरुषमा तालु खुईलने समस्याजस्तै महिलामा पनि त्यस्तै समस्या पाइन्छ । यसलाई ‘एन्ड्रोजेनिक एलोपेसिया’ भनिन्छ । निश्चित उमेर पुगेपछि कपाल खुईलने समस्या भएका परिवारबाट आएका महिलमा यस्तो खतरा रहन्छ ।
७. मानसिक तनाव
शारीरिक तनावमा जत्तिकै नभएपनि मानसिक तनावका कारण पनि कपाल झर्ने हुन्छ । कहिलेकाही सम्बन्धविच्छेद भएका, आफ्ना प्रियजनको मृत्यु भएका व्यक्तिहरुमा मानसिक तनाव देखिन्छ । त्यस्ता व्यक्तिमा कपाल झर्ने सम्भावना बढी हुन्छ ।
८. एनिमिया
एक तथ्यांकअनुसार २० देखि ४९ वर्ष उमेरसमूहका १० महिलामध्ये एक महिला शरीरमा आइरनको कमीका कारण एनिमियाबाट पीडित भएको पाइन्छ । यसका कारण कपाल झर्ने सम्भावना हुन्छ । एनिमिया भए–नभएको पत्ता लगाउँन डाक्टरहरुले रगत परीक्षण गर्छन् । आइरनको कमीका कारण कपाल झर्नेका अतिरिक्त बेहोसी, टाउको दुख्ने, आँखा धमिलो हुनेजस्ता समस्या देखा पर्छन् ।
९. हाइपोथाइरोडिजम
घाँटीमा भएको थाइराइड ग्लान्डले एक किसिमको हर्मोन उत्पादन गर्छ, जुन मेटाबोलिजम, वृद्धि र विकासका लागि गम्भीर मानिन्छ । जब यस्तो हर्मोन आवश्यकमात्रामा निस्कदैन, कपाल झर्न थाल्छ ।
१०. भिटामिन बीको कमी
अमेरिकाजस्ता देशमा एकदमै कम केश पाइएपनि भिटामिन बीको कमीका कारण पनि कपाल झर्ने समस्या हुन्छ । यसको समाधानका लागि भिटामिन बी पाइने खाद्य पदार्थहरु फलफुल, माछा, मासु, तरकारी प्रशस्त खानुपर्छ।
११. केमोथेरापीः
क्यान्सरमा प्रयोग गरिने केमोथेरापीका कारण पनि कपाल झर्छ । चिकित्सकहरुले केमोथेरापीलाई ‘आणबिक बम’ भनेका छन् । यसले तीब्र रुपमा शरीरका क्यान्सरयुक्त कोषहरुलाई मार्नेकाम गर्छ । यसका साथसाथै कपालका कोषलाई पनि मार्ने काम गर्छ ।
१२. कपाललाई अनावश्यक स्टाइल दिँदा
कपाललाई सुन्दर बनाउँने नाममा अनावश्यक स्टाइल दिँदा, हेयर ट्रिटमेन्ट गर्दा पनि कपाल झर्छ । कपालमा प्रयोग गरिने अनेक प्रकारका रसायनहरुले पनि कपाल झर्न भूमिका खेल्न सक्छन् ।
के तपाईंले कहिलेकाहीँ घरझगडामा श्रीमतीलाई माया गर्दिन भनेर बचन लगाउनुभएको छ ? त्यसो भए होसियार हुनुहोस् किनकी तपाईंलाई अदालतले सजायँ दिन सक्छ ।
हालै टर्कीमा एक पुरुषलाई यस्तै अभियोगमा सजायँ सुनाइएको छ । श्रीमान-श्रीमतीवीच भएको झगडामा श्रीमान्ले आफुलाई मायाँ गर्दिन भन्दै बचन लगाएको भनी श्रीमतीले अदालतमा उजुरी दिएपछि त्यहाँको सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो ।
डेलि सबाह दैनिकका अनुसार श्रीमतीलाई मायाँ गर्दिन भनेर श्रीमानले ‘भावनात्मक हिंसा’ गरेको न्यायाधीशले ठहर गरेका छन् ।
तल्लो अदालतले उनीहरु दुवै जना खराव रहेको भन्दै फैसला गरेको भएपनि सर्वोच्च अदालतले पुरुषले महिलामाथि हिंसा गरेको ठहर गरेको छ ।
अदालतको आदेशअनुसार अब श्रीमानले म तिमिलाई माया गर्दिन भनेबापत क्षतिपूर्ति तिर्नुपर्ने छ ।
श्रीमान्ले भने श्रीमतीले पनि आफुलाई भावनात्मक रुपमा चोट पुर्याएको दावी गरेका छन् ।
उनीहरु दुवै जना सँगै बस्न नसक्ने भन्दै डिभोर्सका लागि प्रकृया अगाडी बढाएका छन् । डिभोर्स भए पनि श्रीमानले श्रीमतीलाई म तिमीलाई माया गर्दिन भने बापत क्षतिपूर्ति तिर्नुपर्नेछ ।

धनगढी, २५ जेठ । माग अनुसारको आपूर्ति हुन नसकेपछि फलफूलको मूल्यमा अत्यधिक वृद्धि भएको छ ।
मूल्य आकासिएपछि उपभोक्ता मर्कामा परेका छन् । अहिले प्रतिकिलो अनार रु ३५०, स्याउ रु ३८०, अङ्गुर रु ४०० र लिची रु २२० पुगेको छ । मूल्य वृद्धि भएर केरा प्रति दर्जन रु ८० देखि रु १०० पुगेको छ । तीन महिना अघिसम्म प्रति किलो स्याउ रु २००, अङ्गुर रु १५०, अनार रु २०० र केरा प्रतिदर्जन रु ५० देखि रु ६० मा कारोबार हुने गरेको थियो ।
फलफुलको सिजन नभएकाले व्यवसाय गर्न टाढावाट फलफूल आयात गर्नु परेकोले मूल्य वृद्धि भएको स्थानीय व्यापारी इकवाल खाँनले बताउनुभयो । अहिले लिची पाइने समय भए पनि स्थानीय उत्पादन पर्याप्त हुन नसक्दा यसको मूल्यमा वृद्धि भएको हो ।
कैलाली कञ्चनपुरलगायतका जिल्लामा केही वर्षदेखि केराखेती व्यावसायिक रुपमा भइरहेको भए पनि गर्मी मौसममा केराको उत्पादन कम भइ माग अनुसारको आपूर्ति हुन सकेको छैन । यहाँ भारतीय बजारबाट आयात गरिएका कारण केरा महंँगो भएको हो । यहाँ अहिले अधिकांश फलफूल भारतीय बजारबाट आयात गरिँदै आएको छ ।
फलफूलको राजा भनेर चिनिने आँप उत्पादन समेत स्थानीय क्षेत्रमा यसवर्ष निकै कम भएकाले यसको मूल्य समेत वृद्धि भएको हो । आँप प्रतिकिलो रु १०० रहेको छ । वैशाख र जेठ महिनामा आएको हावाहुरीले क्षति पु¥यापछि यसवर्ष आँप र लिचीको उत्पादन घटेको कृषकहरु बताउँछन् । रासस

इलाम, २५ जेठ । होस् गर्नुस् है, नत्र दलालले फसाउलान् । आजभोलि भूकम्पको फाइदा उठाउँदै जताततै मानव तस्कर सल्बलाउन थालेका छन् । भूकम्प प्रभावित जिल्लाका चेलीबेटी दलालको प्रलोभनमा पर्न थालेको पाइएको छ ।
भूकम्प प्रभावित दोलखा, नुवाकोट, सिन्धुपाल्चोक, गोरखा, धादिङलगायत जिल्लाबाट अवैध तरिकाले इलामका अवैध सीमा नाका हुँदै दलालले भारतका कोठीहरूमा पु¥याउने गरेको रहस्य खुलेको छ । भूकम्पबाट अभिभावक गुमाएका किशोरी दलालको प्रलोभनमा पर्ने गरेका छन् ।
भूकम्प प्रभावित जिल्लाबाट चेलीबेटीलाई ललाइफकाई, जागिरको प्रलोभन देखाउने, आफन्तसँग भेट गराइदिने भन्दै पूर्वी नाका पशुपतिनगरबाट भारतको दार्जिलिङ, सिक्किम, मुम्बइलगायत क्षेत्रका कोठी, होटलमा लैजाने गरेको पाइएको पशुपतिनगरस्थित माइती नेपालको सम्पर्क कार्यालयले जनाएको छ ।
भूकम्पयता मानव तस्करी फैलन थालेपछि माइती नेपालले सीमावर्ती क्षेत्र पशुपतिनगर, श्रीअन्तु, समालबुङ, गोर्खे, जोगमाई, जिर्मलेलगायतका गाविसमा उच्च सतर्कता अपनाउन थालेको माइती नेपाल पशुपतिनगरका प्रमुख होम ढकालले बताउनुभयो ।
“यतिबेला दलालले विभिन्न बहाना बनाएर नेपाली चेली भारततर्फ लैजान थालेका छन्, भूकम्पको मौका छोपी मानव तस्करी बढ्न थालेको छ, ढकालले रासससँग भन्नुभयो – “यो बुझेर माइती नेपालले विभिन्न सङ्घसंस्थाको सहयोगमा नियन्त्रण सुरु गरेको छ ।”
बितेको एक वर्ष सन् २०१४ मा ८८ जनालाई परामर्श सेवा उपलब्ध गराइएको थियो । माइती नेपाल पशुपतिनगरका अनुसार जनवरीदेखि मे महिनासम्ममा ३५ जनालाई सीमावर्ती क्षेत्रमा रोकेर आवश्यक परामर्श दिइएको छ ।
विगतको तुलनामा यो सङ्ख्या अत्यन्तै बढी हो, ढकालले भन्नुभयो –“उच्च जोखियुक्त क्षेत्र भएकाले उच्च निगरानी बढाएका छौँ ।” यही समयमा हराएका ११ जनामध्ये चार जना फेला परेको र बाँकी सात जनाको कुनै पत्तो नभएको माइती नेपालले जनाएको छ । हराउनेमा भूकम्प प्रभावित जिल्ला र इलाम, पाँचथरका समेत रहेको जनाइएको छ । हराउनेमा १५ देखि २० वर्ष उमेर समूहका युवती रहेका छन् ।
दलालले इलामका आठ गाविसका दर्जनौँ अवैध नाकालाई प्रयोग गर्न थालेपछि माइती नेपालले ती गाविसमा गठित चेलीबेटी बेचबिखनविरुद्ध सक्रिय महिला समूहलाई परिचालन गर्न थालेको छ । अरुबेला त्यति सक्रिय नबन्ने समूह यतिबेला गाउँ–गाउँमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, माइकिङ, पोष्ट पम्प्लेटिङका साथै गाउँमा कोही नौलो व्यक्ति आएको छ भने उसको समेत सोधीखोजी गर्न सुरु गरेको छ ।
विभिन्न समूहको सक्रियतामा प्रहरीले समेत सीमा क्षेत्रमा दैनिक गस्ती सुरु गरेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक पदम थपलिया बताउनुहुन्छ । माइती नेपालले मुख्य नाका टासीगाउँ, हिले, छब्बीसे, मानेभञ्ज्याङ, चित्रे, छिरुवाजस्ता नाकामा निगरानी बढाएको छ ।
चेलीबेटी बेचबिखन नियन्त्रणका लागि माइती नेपालले भारतीय सीमा सुरक्षा बल (एसएसबी), भारतीय विभिन्न सङ्घसंस्थासँग समेत समन्वय र सहकार्य सुरु गरिएको प्रमुख ढकालले बताउनुभयो । माइती नेपालले सीमा क्षेत्रका होटल व्यवसायीको सहकार्यमा निगरानी सुरु गरेको छ । रासस

हस्तरेखा विज्ञानका अनुसार जीवनमा हुने सबै कुराको निर्धारण हस्तरेखाले गरेको हुन्छ । जीवनका हरेक कर्म र तीनको समय हस्तरेखाबाट भविष्यबाणी गर्न सकिन्छ ।
विवाहको बारेमा पनि हातको रेखाबाट भन्न सकिने ज्योतिषशास्त्रीको भनाइ छ । कसरी थाहा हुन्छ कहिले हुन्छ विवाह भनेर ?
ज्योतिषशास्त्र भन्छः हातमा विवाह रेखा हुन्छ । त्यसकै आधारमा विवाहको बारेमा भन्न सकिन्छ । विवाहको रेखा सूर्य रेखालाई स्पर्श गर्दै तलपट्टि गएमा यस्ता ब्यक्तिको विवाह अनमेल विवाह हुन्छ । त्यसैगरी विवाह रेखाले मस्तिस्क रेखालाई स्पर्श गरेको छ भने त्यस्ता ब्यक्तिको विवाह पति वा पत्निको हत्यामा टुङ्गिन सक्छ ।
त्यसैगरी बुध पर्वतमा विभिन्न खण्ड छन् भने यस्ता ब्यक्तिको इन्गेजमेन्ट नै टुट्न सक्छ ।
विवाहको रेखामा कालो धब्बा छ भने यस्ता ब्यक्तिलाई पत्नि सुख प्राप्त हुँदैन । यदि विवाह रेखा कान्छी औंलीको दोश्रो खण्ड सम्म पुगेको छ भने यस्ता ब्यक्तिको विवाह हुने सम्भावना कम हुन्छ ।
विवाह रेखा विचविचमा मोटो र पातलो छ भने यस्ता ब्यक्तिका जीवन साथी रोगी पर्न सक्छन् ।

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको दिल्ली बसाई मुलुकको लोकतन्त्रका र केही नेताका लागि ज्यादै महँगो हुने संकेत देखिएको छ । राजसंख्या पुनबर्हालीको मिसन बोकेर दुई महिनाअघि भारतको राजधानी दिल्ली गएका पूर्वराजा शाह यदाकदा मात्रै स्वदेश आउने गरेका छन् । अरु बेला मिडिया देखेपछि बोलिहाल्ने पूर्वराजा शाह मुलुक यति ठूलो विपत्तिमा परेको अवस्थामा समेत मौन र गुमनाम देखिनुलाई पनि रहस्यमय मानिएको छ ।
साधै नेपालको राजसंस्थालाई गालि गरेर आफुनो अक्षमताको ढाकछोप गर्ने दलहरुले मुलुकमा आई परेको यो विपत्तिमा जनताप्रति देखाएको उदासीनताले पनि पूर्व राजा ज्ञानेन्द्रलाई विकल्प खोज्न सहज बनाएको हो । समाचार स्रोतका अनुसार भुटानी मोडलमा बस्न मञ्जुर रहे पुनर्बहालीका लागि मद्दत गर्ने बचत भारतीय शक्तिकेन्द्रले दिएपछि निराश हुँदै उनी स्वदेश फर्किएका थिए ।
यसका लागि कस्मिरका पूर्वराजकुमार एवं कांग्रेस आईका वरिष्ठ नेता करण सिंहले मध्यस्थता गरेका थिए । तर किशोरबहादुर सिंह, प्रभाकरशमशेर राणालगायतसँग यस बारेमा करण सिंहले दोहो¥याएर कुरा गरेपछि भुटानी मोडलमा जान पूर्वराजा शाह लचक भएको समाचार स्रोतले जनाएको छ । रक्षा र परराष्ट्र मामिला भारतको रहने गरी भुटानी राजसंस्थाले आफूलाई जोगाएको छ । पञ्चायती व्यवस्थाको अन्तिम समयमा तत्कालिन राजा वीरेन्द्रसँग भारतले यही मोडेलको प्रस्ताव राखेको तर उनले अस्वीकार गरेका कारण पञ्चायती व्यवस्था समाप्त भएको दरबारियाहरु बताउने गर्दछन् ।
त्यसैगरी २०५२/०६३ को जनआन्दोलनको पूर्वसन्ध्यामा पनि भारतले यही प्रस्ताव राखेका तर तत्कालिन राजा ज्ञानेन्द्रले स्वीकार नगरेको दाबी दरबारियाहरुको छ । भुटानी मोडलमा जान भारतले राखेको प्रस्ताव स्वीकार नगरेकै कारण पूर्वराजा शाह र छोरा पारसबीचको सम्बन्ध बिग्रेको बताइन्छ । पहिलेदेखि नै पारस भुटानी मोडेलको पक्षमा रहेको दरबार निकट स्रोतको दाबी छ ।
तर हिमानी र पारसबीच के कारणले सम्बन्ध बिग्रियो भन्ने कुरा भने अझै रहस्यमै छ । भारतीय चेली हिमानी किशोरबहादुर सिंहकी भान्जी हुन् । यतिबेला भुटानी मोडलमा जाने भारतीय शक्तिकेन्द्रहरुको प्रस्तावप्रति पूर्वराजा शाहलाई लचक बनाउन किशोरबहादुरले नै भूमिका खेलेको समाचार स्रोतले जनाएको छ । यता मुलुकमा निराशा बढ्दै जानु, उता विकल्पको अभ्यास हुनुले केही हुने संकेत दिएको छ । आजको तरुण साप्ताहिकमा खबर छ ।
For more See at: http://www.newsabhiyan.com