असार १७, काठमाडौँ । कृषि मन्त्री हरि प्रसाद पराजुलीले धान दिबसमा गरेको हर्कतलाई लिएर सामाजिक संजालमा आलोचना भई रहँदा हास्य कलाकार दिपक राज गिरीले पनि उनीप्रति लक्षित गर्दै फेसबुकमा ब्यङ्ग गरेका छन् । ब्यङ्ग गर्दै उनले लेखेका छन् ” रोपेको फल्न ४ महिना लाग्नु पर्ने हो तर मन्त्री हरि पराजुलीले जे रोपे त्यस्को पर्सि पल्टै फल्यो…..छदॉ खॉदाको मन्त्री पद बदनामीको हिलोमा गाडियो….. एमालेले सहि निर्णय पनि लियो”।
भ्रष्टाचार गरेको भए अदालतबाट प्रमाणित हुनु पर्थ्यो, लामो प्रक्रिया पछि मात्र पद जान्थ्यो , महिला छोको ४८ घन्टैमा जागिर चैट हुने रहेछ भन्दै उनले यस घटना बाट आफु लगायत सबै पुरूषाले ‘आगों छुनु , आइमाइ नछुनु’ भन्ने पाठ लिनुपर्ने समेत बताएका छन् ।
कृषि मन्त्रीले राजिनामा दिई सकेको अबस्थामा उनले अब आउने कृषि मन्त्रीलाई सुझाब दिदै लेखे ” मन्त्रीज्यू साउन १५ मा खेत गोडन पनि बोलाउलान् तपाइलाइ तर त्यो दिन दॉया बॉया नहेरी खेत गोडनु, राम्री महिलाहरू आएमा मुखतिरै नहेरी हात जोडनु ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

म ३३ वर्षको महिला हु। मेरा श्रीमान् ३५ वर्षका छन । हाम्रो विवाह भएको ९ वर्ष भैसकेको छ। सुरु सुरुमा मलाई यौनको विषय नै वाहियात लाग्थ्यो। अधिकांश यौनसम्पर्कमा झगडा हुन्थ्यो तर हिजोआज मेरो श्रीमानमा यौनइच्छा हुँदैन भने ममा बढी यौन इच्छा हुन्छ। जब म इच्छा राख्छु, उनले मुड छैन भनेर टार्छन। यही कारणले म निराश छु। यसको केही समाधान छ कि । ABC… यौन चाहना एउटा प्राकृतिक विषय हो। यसलाई सिकाइरहनु पर्दैन। तै पनि निकै कमले यौनको चरम आनन्द प्राप्त गर्छन्।
यौनसन्तुष्टि प्राप्त गर्न केही सीप सिक्नु आवश्यक छ। यौनसम्पर्क हुने जोडीमा अन्य केही समस्या छैन भने पनि कहिलेकाहीँ यौनका बारेमा वा भनौं दुवैको शरीरलाई राम्रोसँग बुझ्न नसकिएको अवस्थामा ठूलो समस्या हुने धेरै उदाहरण छन्। यौन चाहना प्राकृतिक कुरा मात्र नभै मनोवैज्ञानिक विषय पनि हो। प्रश्न हेर्दा लाग्छ, तिमी अहिले दुविधामा छौ। यौनचाहनामा भिन्नताकै कारण तिमीबीचको यौन सम्बन्ध निराश भएको हो कि भन्ने लाग्छ। धेरैजसो व्यक्तिले महिलामा भन्दा पुरुषमा यौन इच्छा बढी हुन्छ भन्ने धारणा राख्छन्।
महिलाहरू यौन चाहना वा भनौं यौनको विषयमा खुलेर आफ्नो पार्टनरसँग कुरा गर्न सक्दैनन्। वास्तवमा महिलामा पनि यौन चाहना हुन्छ, यो स्वाभाविक पनि हो। प्रश्न पढ्दा तिम्रो श्रीमानको यौन चाहना समयअनुसार कम हुँदै गएको हो कि भन्ने बुझिन्छ। सबैभन्दा पहिले यसको कारण पत्ता लगाउनु आवश्यक हुन्छ। किनभने यो समस्याको स्रोत अनेक हुन सक्छ। तिम्रो श्रीमान् अहिले चिन्तामा छन कि भन्ने बुझिन्छ। दोस्रो, तिमी र तिम्रो श्रीमान् बीच अन्य कुनै कुरामा मतभेद वा झगडा छ भन्ने बुझिन्छ।
एकअर्काप्रति सम्मान गर्ने बानी र स्वाभावमा पनि समस्या थपिन थालेको हुनुपर्छ। एकअर्काप्रतिको आकर्षणमा समस्या पर्न थालेको हुनुपर्छ। यसको कारण परस्त्रीगमन पनि हुनसक्छ वा भनौं मानसिक तनावका धेरै स्रोत हुन सक्छन्। तिनीहरूलाई पत्ता लगाउने र त्यसलाई न्यूनीकरण गर्नेतर्फ जोड दिनुपर्ने हुन्छ। हाम्रो समाजमा धेरै मानिस विभिन्न बाध्यता आशा, प्रभाव, भ्रमपूर्ण प्रेम, खानदान कथित सामाजिक प्रतिष्ठा आदिलाई ध्यान दिन्छन् र तत्काल विवाह गरिहाल्छन्। एकअर्कालाई राम्रोसँग बुझ्ने प्रयास नगरी गरिएका यस्ता कतिपय विवाह पछिसम्म पनि पारिवारिक असन्तुष्टि र कलहको स्रोत बन्न सक्छन्।
तिम्रो श्रीमानमा यौन निस्कृयता सम्बन्धी कुनै समस्या हुनसक्छ। यसका लागि चिकित्सकसँग सम्पर्क गर्नुपर्ने हुन्छ। यदि यौन चाहना सधै बढी छ भने त्यो अस्वाभाविकचाहिँ होइन।खासमा यौन क्रियाकलाप कति पटक भयो भन्नुभन्दा कति गुणस्तरीय भयो भन्ने कुरा महत्वपूर्ण हो। जहाँसम्म यौन चाहना घटीबेसीको प्रश्न छ, हरेक व्यक्तिको यौन इच्छा फरक फरक हुन्छ भन्ने कुरा बुझ्नु आवश्यक छ। कोही दैनिक यौन इच्छा राख्छन् भने कोही महिनामा एक दुई पटक।
तिमीहरू दुवैले कहिलेकाही यौन चाहना हुने ठूलो समस्या वा स्वस्थ नभएको भनेर बुझ्नु उचित हुँदैन। तिम्रो श्रीमानमा कुनै खराबी छ भनेर सोच्नुभन्दा तिमीहरू दुबैको यौन इच्छा फरक छ भनेर बुझ्नु र कसरी एकअर्काको यौन चाहनालाई सम्मान दिने भन्नेतर्फ लाग्नु उचित हुन्छ। एकअर्कालाई दोष लगाउँदा विभिन्न समस्या सिर्जना हुन सक्छ र सम्बन्ध अझ जटिल बन्दै जान्छ। आफ्नो पार्टनर जसको यौन इच्छा कम छ उसलाई दबाब दिनुभन्दा एकअर्काप्रतिको बुझाइलाई बढावा दिनु आवश्यक हुन्छ।

सुनसरी: पूर्वका आठ जिल्लामा नेपाल र भारतबीच रहेका आठ सय २१ सीमास्तम्भ गायब पारिएका छन्। त्यस क्षेत्रमा जंगेपिलरसहित ४६ सीमास्तम्भ भारतले अतिक्रमण गरेको छ।
पूर्वी नेपालका सुनसरी, मोरङ, झापा, सप्तरी, सिराहा, इलाम, पाँचथर र ताप्लेजुङमा भएका दुई हजार ६ सय २८ सीमास्तम्भमध्ये आठ सय २१ गायब भएका छन्।
पूर्वका विभिन्न जिल्लामा ४६ सीमास्तम्भ भारतले अतिक्रमण गरेको सीमा निगरानीका लागि जिम्मा पाएको सशस्त्र प्रहरीको उच्च स्रोतले उल्लेख गरेको छ।
सरकारले सीमाको सुरक्षा जिम्मा सशस्त्र प्रहरीलाई दिएपछि उसले गरेको अध्ययन र सीमा निरीक्षणका क्रममा भारतले नेपाली भूभाग अतिक्रमण गरी सीमास्तम्भ गायब पारेको सशस्त्र प्रहरीका ती उच्च अधिकृतले नाम नछाप्ने सर्तमा अन्नपूर्णलाई बताए।
अन्नपूर्णलाई प्राप्त जानकारीअनुसार सबैभन्दा बढी सप्तरीका सीमास्तम्भ गायब पारिएका छन्।
सप्तरीका ६ सय ५० सीमास्तम्भमध्ये चार सय १३ गायब छन्। सप्तरीमा एउटा मुख्य सीमास्तम्भ (जंगे पिलर), पाँचवटा सहायक सीमास्तम्भ र २२ साना सीमास्तम्भ भारतले अतिक्रमण गरेको छ।
सप्तरीकै १३ मुख्य सीमास्तम्भ, २ सय ५० सहायक सीमास्तम्भ र एक सय ५० साना सीमास्तम्भ गायब छन्।
झापा सीमा क्षेत्रका ८ सय ७८ सीमास्तम्भमध्ये २६ वटा मुख्य (जंगे पिलर) र साना एक सय ९२ गायब छन् भने २ वटा रिफ्रेन्स सीमास्तम्भ भारतले अतिक्रमण गरेको छ।
सिराहा सीमा क्षेत्रका ३ सय ८८ सीमास्तम्भमध्ये एउटा मुख्य र ६६ साना सीमास्तम्भ गायब पारिएका छन्। त्यसमध्ये तीनवटा मुख्य र १२ वटा साना सीमास्तम्भ भारतले अतिक्रमण गरेको छ।
सबैभन्दा बढी सप्तरीका सीमास्तम्भ गायब पारिएका छन्।
सुनसरी सीमा क्षेत्रका २ सय ९० सीमास्तम्भमध्ये ४ मुख्य, २२ सहायक र २० साना गायब छन्।
मोरङ सीमा क्षेत्रका एक सय २४ सीमास्तम्भमध्ये ३ मुख्य, ४ सहायक र २९ साना गायब छन्। मोरङको सीमा क्षेत्रमा पर्ने एउटा रिफ्रेन्स सीमास्तम्भ भारतले अतिक्रमण गरेको छ।
इलाम सीमा क्षेत्रका एक सय ४६ सीमास्तम्भमध्ये एउटा मुख्य, १३ सहायक र २५ साना गायब पारिएका छन्। पाँचथरमा पर्ने ९४ सीमास्तम्भमध्ये ८ मुख्य, एउटा सहायक र ८३ साना गायब पारिएको पत्ता लागेको छ।
चीन र भारत दुवै देशसँग सिमाना जोडिएको ताप्लेजुङमा पर्ने ३७ सीमास्तम्भमध्ये भारत—नेपालतर्फको एउटा सहायक र एउटा सानो गायब छन्।
भारतले जंगे पिलरसहितका सीमास्तम्भ अतिक्रमण गरी नेपाली भूभाग कब्जा गर्दासमेत सरकारले कुनै चासो नदेखाएको भन्दै स्थानीय बासिन्दाले आक्रोश व्यक्त गरेका छन्।
नेपाली सिमानामा भूभाग हडप्ने उद्देश्यका साथ सीमास्तम्भ भारतले गायब पारेको आरोप सीमा क्षेत्रका नेपालीको छ।
सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी पुष्पराम केसीले नेपाल—भारत सीमामा रहेका सीमास्तम्भको खोजी गर्न सशस्त्र प्रहरी परिचालन गरिएको बताए।
सशस्त्रले सीमास्तम्भहरूको निगरानी र सुरक्षा गरिरहेको दाबी उनले गरेका छन्। तर उनले दसगजा क्षेत्रमा गायब पारिएका सीमास्तम्भबारेमा केही बताउन चाहेनन्।
नापी विभागका प्रवक्ता अनिल मरासिनीले धेरै सीमास्तम्भ भारतले अतिक्रमण गरेको र धेरैजसो सम्बन्धित स्थानमा नभेटिएकाले विराटनगर, वीरगन्ज तथा भैरहवामा विभागले तीनवटा टोली परिचालन गरी खोजीकार्य गरिरहेको बताए।
उनले आगामी आर्थिक वर्षको सुरुमै जीर्ण सीमास्तम्भको मर्मत र हराएकाको खोजी गरी पुनर्स्थापनाकार्य सुरु गर्ने बताए।
www.annapurnapost.com

काठमाडौं, १७ असार । महिला पुरुषवीच हुने शारीरिक सम्पर्कलाई विवाहले वैधानिकता दिएको छ। तर, त्यस्तो सम्पर्क अरुसँग राख्दा पाँचथरकी एक युवतीले ज्यानै गुमाउनुपरेको छ, जसमा वैदेशिक रोजगारी पनि प्रमुख कारण देखिएको छ । ६ महिनाअघि विवाह गरेका श्रीमान् साउदी अरब गएपछि परपुरुषसँग शारीरिक सम्पर्क राखेकी पाचथरको अमरपुर–९ की शान्ता तामाङको ५ महिनाको गर्भावस्थामा मृत्यु भएको हो।
वाह गर्नुअघि मोरङ बेलबारी–५ का पशुपति तामाङसँग प्रेम सम्बन्ध राख्दै आएकी शान्ताको अन्ततः उनै पशुपतिसँगको शारीरिक सम्पर्कबाट बसेको ५ महिनाको गर्भका कारण शनिवार मृत्यु भएको हो। बिर्तामोडस्थित मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएपछि शान्तालाई ‘दमले मृत्यु भएकी बहिनी’ भन्दै पशुपतिले इलामको गुम्बाडाडामा शव जलाउन खोज्दा अवैध सम्बन्ध खुलेको हो। ताप्लेजुङको फूलबारी–७ का रामप्रसाद तामाङसँग विवाह गरेकी २० वर्षीया शान्ताको पशुपतिसँग अवैध शारीरिक सम्पर्कपछि गर्भ रहेको र झापामा गर्भपतन गर्नेक्रममा गम्भीर हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ।
श्रीमान् बैदेशिक रोजगारीमा गएपछि अमरपुरस्थित माइतीघर बस्दै आएकी शान्ता पशुपतिस”गको सल्लाहबमोजिम गर्भपतन गर्न बैशाख १८ गते पाचथरबाट बिर्तामोड झरेकी थिइन्। ‘झापाको कञ्चनजंघा अस्पतालमा गरेको भिडियो एक्सरे बोकेर सुरुङ्गाको म्यारिगोल्ड सेन्टरमा गर्भपतन गराएको देखिएको छ’ इलामस्थित जिल्ला प्रहरी कार्यालयका सई मनिष थापाले भने, ‘५ महिनाको गर्भपतन गर्दा गम्भीर हुनपुगेकी शान्ताको थप उपचारक्रममा झापाकै मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको रहेछ।’ सुरुङ्गाकै म्यारिल्याण्ड सेन्टरले भने गर्भपतन गर्न नमानेको खुलेको छ।
पक्राउ परेका पशुपतिले दिएको बयानअनुसार, तोकिएको अवधि नाघेको गर्भपतन गरेवापत म्यारिगोल्ड सेन्टरले १८ हजार रुपैयाँ लिएको थियो। अवैध सम्बन्धको प्रमाण बनेको गर्भ खेर फाल्न खर्चको जोहो गरेरै बेलबारीबाट बिर्तामोड आएका पशुपतिले गम्भीर भएपछि शनिबारै मनमोहन अस्पतालमा शान्तालाई भर्ना गरेका थिए। त्यहाँ ज्यान गएपछि पशुपतिले ‘बहिनी’ भन्दै शान्ताको शव एम्वुलेन्समा इलामतर्फ ल्याएका थिए। ‘अवैध सम्बन्धले गर्भ बसेको र त्यो पतन गर्नेक्रममा ज्यानै गएपछि अतालिएका पशुपतिले शान्ताको शव बाटैमा अन्त्येष्टि गर्न चाहेको देखिन्छ’ मुद्दा फाँटका सई थापाले भने, ‘त्यसक्रममा चुरेघा”टी नजिकैको गुम्बाडा”डामा एम्वुलेन्स रोकेर शव जलाउने दाउरासमेत खोजिसकेको अवस्थामा रहस्यमयी घटना बाहिर आएको हो।’
त्यहाँ बुद्धजयन्ती तयारीका लागि भेलिएका गाउ”लेले शवबारे प्रहरीमा खबर गरेका थिए। ‘दमको बिरामले उपचार गर्दागर्दै बहिनीको मृत्यु भएको, अमरपुर पुर्याउन खर्च नभएको र गाउमा लामा नभएको कारण देखाएर दाजुको अभिनय गरिरहेका पशुपतिले बाटैमा शव जलाउन चाहेका थिए’ शनिबार गुम्बाडाँडामै रहेका बिब्ल्या”टेका राजेन तामाङले भने, ‘चिता बनाउन दाउरा ठिक पारिसकेपछि एम्वुलेन्सबाट शव झिक्दा पेट ठूलो देखेपछि शंका लागेर केरकार गर्दा अवैध सम्बन्ध निर्क्यौल गर्दै प्रहरी बोलाएका हौं। ओएस नेपालमा समाचार छ ।
dainiknepal.com

काठमाडौं, असार १७
हालै अमेरिका पुगेर कपाल छोटो पारेर चर्चामा आएकी अभिनेत्री निशा अधिकारीले एक कदम अगाडि बढ्दै आफ्नो केश मुन्डन गरेकी छन्। उनले आफ्नो फेसबुकमा मुन्डन गरेको फोटो पोस्ट गरेकी छन्। फोटो पोस्ट गरेकी निशाले आफूले मुन्डन गरेको प्रत्येक पलको मज्जा लिइरहेको लेखेकी छिन्।
त्यसैगरी निशाले सो पोस्टमा आफ्नो मनले भनेको कुरा गर्नुपर्ने पनि लेखेकी छिन्। उनी अमेरिका पुगेपछि क्रिकेटर शरद भेषवाकरसँगको प्रेमसम्वन्ध टुङ्गिएको हल्ला चलेको थियो जसलाई पछि दुवैले खण्डन गरेका थिए।

काठमाडौ, असार १७ - असार १५ गते धान दिवसका अवसरमा राजधानीको मूलपानीमा भएकाे रोपाईं कार्यक्रममा सहभागी हुँदा महिलामाथि अशोभनीय व्यवहार गरेका कृषि मन्त्री हरिप्रसाद पराजुलीले मन्त्री पदबाट राजीनामा दिएका छन् ।
पारजुलीले बिहीबार बिहान एमाले पार्टी अध्यक्ष केपी ओलीलाई राजीनामाबारे जानकारी गराएका छन् । 'मिडियाले गलत प्रचार गरेका कारण म माथि सार्वजनिक रुपमा प्रश्न उठाइए । सोही कारणले गर्दा पदमा बसिरहन उचित नलागेर राजीनामा गरेको हुँ,' उनले राजीनामा पत्रमा भनेका छन् ।
अध्यक्ष ओलीले हिजो बुधबार बेलुकी आफ्नै निवासमा बोलाएर मन्त्री पराजुलीलाई राजीनामा दिन भनेका थिए । ओलीले पराजुलीलाई, 'तपाइँ आफैँ मन्त्रीपद छाड्ने की पार्टीले आफ्नो प्रक्रिया अगाडि बढाउने ?' भनेर सोधेका थिए ।
महिलामाथि अशोभनीय व्यवहार गरेको भन्दै चौतर्फी आलोचना भएपछि पराजुलीले पार्टी अध्यक्ष ओली निवास पुगेर पद छाडेको जानकारी गराएका ओलीका स्वकीय सचिव इन्द्र भण्डारीले जानकारी दिएका छन् । ओलीले बिहानै प्रधानमन्त्री सुशील कोइरालालाई पराजुलीको राजीनामाबारे जानकारी गराइसकेका छन् ।
पराजुलीले पदीय मर्यादा विपरित अशोभनीय र अभद्र व्यवहार गरेको भन्दै पार्टीले फिर्ता बोलाउने संकेत गरेपछि उनले राजीनामा दिएका हुन् । एमालेका शीर्ष नेताले हिजो अपरान्ह छलफल गरी पराजुलीको व्यवहारले पार्टीको छविमा आँच पुर्याएको निष्कर्ष निकालेका थिए ।
पराजुली उपप्रधानमन्त्री बामदेव गौतमको निकट सहयोगी हुन् । गौतमको निकट भएकै कारण केन्द्रीय सदस्य नभएपनि उनलाई मन्त्री बनाइएको थियो ।
पराजुलीले अहिलेसम्म पार्टीको टिकट लिएर चुनाव जितेका छैनन् । बामदेव निकट भएकै कारण केही समयअघि एमाले केन्द्रीय समितिमा समेत मनोनित भएका थिए ।
विद्यार्थीले पुत्ला जलाए
यसैबीच मन्त्री पराजुलीको विरोधमा राजधानीको ठमेलस्थित सरस्वती क्याम्पसका विद्यार्थीले बिहीबार बिहान उनको पुत्ला जलाएका छन् । उनीहरुले मन्त्रीको राजीनामा माग समेत गरेका थिए ।www.ekantipur.com

काठमाडौँ, १७ असार । बिहानै काभ्रे र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पका दुई ठूला परकम्प गएका छन् ।
आज बिहान ७ः४१ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५.० रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसअघि बिहान ५ः२६ मिनेट जाँदा काभ्रे केन्द्रबिन्दु भएर ४.१ रिक्टर स्केलको परकम्प गएको थियो ।
गत वैशाख १२ गते गएको ७.६ रिक्टरको भूकम्पसँगै हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ३३६ परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले राससलाई जानकारी दिनुभयो ।
ठूलो भूकम्प गएको दुई महिनाभन्दा बढीको अवधिमा पनि साना चारदेखि पाँच रिक्टर स्केल आसपासका परकम्प जाने क्रम जारी रहेको र पहिलाको तुलनामा यो कम हुँदै गएको केन्द्रको भनाइ छ । रासस

फेसबुक अव हाम्रो जिन्दगीको महत्वपूर्ण हिस्सा बनिसकेको छ । एक अर्कासँग सम्पर्कका लागि फेसबुक नै प्रमुख माध्यम बनेको छ । यसको माध्यमबाट हामीले जीवनमा जोडिएका कैयौं चिज आफन्त र साथीभाइसँग जोड्न सकिन्छ ।
हामीलाई लाग्छ यस्ता अपडेट हामीले आफ्ना साथीभाइसँग शेयर गरिरहेका छौं । तर यसका साथमा हामी यो तथ्यबाट भने विल्कुल अन्जान छौं कि हाम्रो पोष्टहरु कस कसले पढिरहेका छन् ।
हामीले यहाँ फेसबुकमा शेयर गर्न नहुने ५ कुराको चर्चा गरेका छौं ।
आफ्नो परिवारको पुरा जन्ममिति
पछिल्लो समयमा फेसबुकबाट जन्मदिनको शुभकामना दिने चलन आम भैसकेको छ । सबैले फेसबुकमा नै यस्तो जानकारी शेयर गर्छन् । तर यसो गर्दा हामीले हाम्रा गोप्य जानकारी जान अनजान मानिससँग पनि शेयर गरिरहेका हुन्छौं । र साइवर चोरहरुले यस्ता जानकारीबाट अनेक फाइदा लिन्छन् । कहिलेकाँहि त समस्यामै पार्छन् । त्यसकारण फेसबुकमा आफू र आफ्ना आफन्तका जन्ममिति पुरा लेख्ने भूल कहिल्यै नगर्नुस् ।
तपाइँको सम्बन्ध
फेसबुकमा रिलेशन स्टेटस लेख्ने भूल कहिल्यै पनि नगर्नुस् । यसबाट तपाइँमाथि निगरानी गरिरहेका खराब मनस्थितिका मानिसलाई फाइदा पुग्छ । अनि अर्को कुरा सम्बन्धहरु कहिले सम्म टिक्छन् र कहिले धरापमा पर्छन् कहिल्यै पनि थाहा हुँदैन ।
तपाइँ भएको स्थान
फेसबुका लोकेसन अन नगर्नुस् । करेन्ट लोकेसन अन गर्दा यसले समस्यामा पार्न पनि सक्छ । तपाइँको बारेमा खोजी र निगरानी गरिरहनेका लागि फेसबुकको लोकेसनले सबै जानकारी दिन्छ । तपाइँ कहाँ जानु भो के गर्नु भो भन्ने खोज्नेका लागि यो सहज माध्यम हो । त्यतिमात्र होइन तपाइँको घर वा कोठामा चोर्न चाहनेले त सबैभन्दा सजिलै तपाइँ विदा मनाउन गएको वा अन्यत्र बस्न गएको चाल पाउँछ ।
घरमा एक्लो भएको कुरा
फेसबुकमा म एक्लै छु वा फिलिङ लोन्ली एट होम टाइपका स्टेटस नराख्नुस् । यसो गर्दा तपाइँका आफन्त र शुभचिन्तक मात्र होइन खराव मनसाय भएका मान्छेले पनि यो जानकारी पाउँछन् । सके सम्म आफ्नो फेसबुक प्रोफाइलमा प्राइभेसी सेटिङ गर्नुस् र जानकारीहरु गोप्य राख्नुस् ।
आफ्ना बच्चाको तस्विर नाम सहित ट्याग
फेसबुकमा मानिसहरु आफ्ना र साना सान बच्चा बच्चाकी समेत नाम सहित तस्विर ट्याग गर्छन् । तर यो बानी नराम्रो बानी हो । यस्तो गर्नु हुँदैन । सके सम्म अभिभावकले आफ्ना बच्चाको तस्विर अन्य ब्यक्तिको नाममा ट्याग गर्ने बानी आजै देखि छोडिदिनुस् ।

काठमाडौँ, १६ असार । नेपाल र मध्यएसियाली मुलुक कजाखस्तानबीच द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।
योसँगै नेपालसँग कूुटनीतिक सम्बन्ध स्थापना गर्ने मुलुकको सङ्ख्या एकसय ३९ पुगेको छ ।
द्विपक्षीय सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा मङ्गलबार न्युयोर्कमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उक्त मन्त्रालयका अनुसार कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी दस्तावेजमा संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली प्रतिनिधि एवम् राजदूत दुर्गाप्रसाद भट्टराई र राष्ट्रसङ्घका लागि कजाखस्तानका राजदूत केइरात अब्ड्राखामनोभले हस्ताक्षर गर्नुभयो ।
युरोपका केही भागसहित मध्य एसियामा फैलिएको कजाखस्तान विश्वको सबैभन्दा ठूलो भूपरिवेष्टित मुलुक हो ।
दुवै मुलुकका राजदूतले मङ्गलबार नै संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनलाई नेपाल र कजाखस्तानबीच स्थापना भएको कूटनीतिक सम्बन्धबारे जानकारी गराउनुभएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस

काठमाडौं, १६ असार । राजु भट्टराईले कुञ्जना घिमिरे ‘सुन्तली’को जन्मदिनमा पाँचलाख रुपैयाँ उपहार प्रदान गरेका छन् । उक्त उपहार कुञ्जनालाई प्रयोग गर्न भने प्रदान गरेका होइनन् ।
काभ्रेको पाँचखालमा थालनी भएको नव निर्माणको लागि उनले उक्त रकम उपहारस्वरुप प्रदान गरेका हुन् । सगुन डटकम, भद्रगोल र मेरी बास्सै टिमले संयुक्त रुपमा पलान्चोक डाँडागाउँमा पहरी बस्तीको निर्माण गरिरहेको छ ।
जसको अगुवाई गरिरहेका छन्, धुर्मुस, सुन्तलीले । नवनिर्माण अभियानमा सहयोग पुगोस भनेर आफूले उक्त रकम प्रदन गरेको भट्राईले बताए । निर्माणाधिन पहरी बस्तीको भ्रमणले आफ्नो मन छोएपछि रकम प्रदान गरेको पनि उनले थपे

काठमाडौँ, १६ असार । काठमाडौंको किर्तिपुरमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।
किर्तिपुर नगरपालिका–१० पाँगा लाछी स्थित नारायण मन्दिरको परिसरमा ५ बर्षदेखि भरिया काम गर्दै आएका ५५ बर्षीय राम बहादुर नाम गरेका पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक

१६ असार, काठमाडौं ।
बुधबार तेस्रो पटक भूकम्पको धक्का महसुस भएको छ । दिउँसो ३ बजेर ३४ मिनेट जाँदा नुवाकोट र रसुवा केन्द्र भएर ४ रेक्टर स्केलको भूकम्प गएको छ ।
आज बिहान दोलखा केन्द्र भएर ९ बजेर १२ मिनेटमा ४ रेक्टर स्केलको भूकम्पको पराकम्पन गएको थियो । त्यस्तै एकाबिहानै ३ बजेर ३३ मिनेटमा पनि ४ रेक्टर स्केलकै पराकम्पन गएको थियो । सो पराकम्पन सिन्धुपाल्चोक केन्द्र भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

काठमाडौं, १६ असार । कृषिमन्त्री हरि पराजुलीले रोपाइँ कार्यक्रममा महिलाहरूसँग गरेको अभद्र व्यवहारलाई लिएर संसदमा कारबाहीको माग उठेको छ ।
व्यवस्थापिका संसदको आजको बैठकमा सांसदहरूले कृषिमन्त्री पराजुलीलाई कारबाही गर्न माग गरेका छन् । उनीरूले आफ्नो पदीय मर्यादा भूलेर मन्त्रीले महिलाहरूको सम्वेदनशील अंगसम्म हात पुराएको भन्दै आलोचना गरे ।
काठमाडौंको मूलपानीमा मंगलबार आयोजित रोपाइँ कार्यक्रममा स्थानीय महिलालाई कृषिमन्त्री पराजुलीले जथाभावी समोतेको आरोप सांसदहरूले लगाए ।
एमाओवादीका सांसद जनार्दन शर्माले मन्त्री पराजुलीले नेपाली संस्कृतिको समेत ख्याल नगरी सार्वजनिकस्थानमै महिलालाई समातेको भन्दै आपत्ति प्रकट गरे ।
उनले मन्त्री पराजुलीलाई पदबाट हटाउन माग पनि गरे ।
सांसद अनुराधा पौडेलले पनि मन्त्री पराजुलीको गतिविधि नेपाली समाजका लागि अपाच्य रहेको उल्लेख गरिन् ।
पौडेलले मन्त्री पराजुलीलाई तत्काल हटाउन माग गरिन् ।

एजेन्सी : नेपालमा धान दिवसका दिन कृषिमन्त्री हरिप्रसाद पराजुलीले अभद्र शैलीमा महिलाहरुलार्इ समाएको खबरले हंगामा गरिरहँदा भारतमा त्यस्सै घटना हुन पुगेको छ ।
भारतको जम्मु कश्मीर सरकारका मन्त्री चौधरी लाल सिंहले एक महिला डाक्टरलार्इ छोएको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
मनत्री चौधरी लाल सिंहलले जम्मु कश्मीरकै एक महिला डाक्टरको कलर छोएको फोटो सार्वजनिक भएपछि उनको पद नै धरापमा परेको छ । सामाजिक सञ्जालमा यो फोटो हालिएपछि उनीमाथि गालीगलौज शुरु भएको छ।
भारतीय स्वास्थ्य मन्त्री तथा बीजेपी नेता लाल सिंह अमरनाथ यात्रा जानुपहिले यात्राको तयारीबारे बुझ्न मन्त्री चौधरी लाल सिंह लखनपुरको सरकारी अस्पतालमा पुगेका थिए । अस्पतालमा उनले एक महिला डाक्टरको कलर नमिलेको देखेपछि उनले मिलाइदिएका थिए ।
‘मन्त्री महिला डाक्टरकव नजिक गए अनि उनीसँग भने, ...नानी तिम्रो कलर मिलेको छैन', एक प्रत्यक्षदर्शी सरकारी अधिकारीले भने, 'मन्त्रीले महिला डाक्टरको नमिलेको कलर मिलाइदिए । महिला डाक्टरले कुनै विरोध गरिनन् ।'
ती अधिकारीका अनुसार यो दृश्य देखिरहेका अन्य महिला डाक्टरहरुले पनि आफ्नो कलर मिलाएका थिए । ‘त्यहाँ धेरै भीड थियो । मलार्इ पनि लाग्छ, मन्त्रीले सरकारी अस्पतालमा गलत आसयले महिला डाक्टरलार्इ छोए', ती अधिकारीले भने ।
मन्त्री चौधरी लालसँगै स्वास्थ्य र चिकित्सा शिक्षा विभागका सचिव डाक्टर मन्दीप भण्डारी र भारतीय प्रहरीका एसपी नासिर खान पनि थिउ ।
यसै वर्षको फेब्रुअरीमा सिंहमाथि एक महिला डाक्टरले मानसिक यातना दिएको आरोप लगाएका थिइन् । त्यो बेला पनि मन्त्री चौधरी लालले एप्रन नबोकेको भन्दै ती महिला डाक्टरलार्इ छेडछाड गरेको आरोप लागेको थियो ।www.annapurnapost.com

सरोजकुमार पोखरेल, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षका उम्मेदवार
असार १६ गते
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चको प्रतिनिधित्व गर्दै तपाईं वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षको उम्मेदवार बन्नुभएको छ, तपाईको प्रतिबद्धता के हुन्छ ?
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ लामो इतिहास बोकेको संस्था हो । यसले वैदेशिक रोजगारको क्षेत्रमा आफ्नै खालको भूमिका स्थापित गरेको छ । यसलाई हामीले आम व्यवसायीको छाता संगठनको रूपमा विकास गर्दै लगेको छौँ । यद्यपि पछिल्लो समयमा यहाँभित्र विभिन्न समस्याहरू पनि देखिएका छन् । मेरो प्रतिबद्धता भनेकै मुल रूपमा यो संघलाई संस्थागत ढंगले चलाउने, आम व्यवसायीको पक्षमा यसलाई उपयोग गर्ने र आम व्यवसायीहरूको हक, हित र सुरक्षाको निम्ति बनाउने, व्यवसायलाई भरपर्दो, व्यवस्थित र मर्यादित बनाउनका लागि मेरोे उम्मेदवारी हो । संघमा मेरो उपस्थितिले आम व्यवसायीमाझ संघको कार्यशैली पारदर्शी र भूमिका बढी प्रभावकारी बन्नेछ ।
वैदेशिक रोजगार व्यवसायी र कामदारको हक, हित र अधिकारका कुरामा प्रतिबद्धता त सबैले ब्यक्त गर्ने गरेका छन तर काम भने भनेजस्तो भएको देखिदैन । तपाइँबाट चाँहि कसरी बिश्वस्त हुन सक्लान र व्यवसायीले ?
म माथि विश्वास गर्ने भनेको प्रथमतः मेरो प्रतिबद्धता हो र भोलि मैले गर्ने काम कारबाहीको आधार हो । अहिले नै तैँले यो गर्दैनस्, ऊ गर्दैनस् भनेर भन्नु त्यत्ति उचित होइन होला भन्ने लाग्छ । आम व्यवसायीको बिश्वास प्राप्त भएपछि मतले दिएको म्यान्डेड पूरा गर्न म सक्षम र तत्पर छु । बिगतमा धेरैले कुरामात्रै गरे होलान् र काम भने भनेजस्तो भएन होला तर म चाहिँ काम गरेर नै देखाउँछु । प्रतिबद्धता ब्यक्त गरेपनि अहिलेसम्म संघको नेतृत्वमा आएका हरूमध्ये धेरैमा व्यवसायीप्रतिको जिम्मेवारीबोध नभएको कारण संघको प्रभावकारीता दिनप्रतिदिन घट्दै गएको अबस्था पनि छ । त्यसलाई सुधार गर्दै आमव्यवसायीको हितका लागि म संघलाई व्यवसायीमैत्री र जिम्मेवारीबोधका साथ अगाडि बढाउने प्रतिबद्धता सबै साथीहरूमाझ जनाउन चाहन्छु ।
संघमा हुर्केको गलत प्रबृति सुधार्ने के कस्तो योजना छ त तपाईसँग ?
अहिले संघ अध्यक्ष एकजनाको मनोमानीमा चल्दै आएको अबस्था छ । यो कुनै व्यक्तिको निजी सम्पत्ति होइन, न कि उसले खल्तीमा हालेर संघ चलाओस् । अब यसलाई संस्थागत बनाउनुपर्छ, संस्थागत रूपमा चलाउनुपर्छ र त्यसको अनुभुति आम व्यवसायीलाई म दिलाएरै छाड्ने छु । म टिमवर्कमा बिश्वास गर्छु । यो संघमा करिब साँढे सातसय व्यवसायी साथीहरू सदस्य हुनुहुन्छ, उनीहरू सबैको अपनत्व हुनेगरी संघलाई अगाडि बढाउँछु । त्यसो हुँदा सबै सदस्य साथीहरूले हाम्रो पनि संघ छ, संघले हाम्रो लागि पनि केही गर्छ भन्ने कुराको आभास म दिलाउने छु । यसका अलावा व्यवसायीको हक, हित र अधिकारका कुरा त आधारभूत भई नै हाले । यसअघिका नेतृत्वले संघलाई खल्तीमा हाल्दा र टिमवर्कमा बिश्वास नगर्दा संघ आम ब्यबसायीको हितमा भएन र संघमा समस्या आएको भन्न खोज्नु भएको हो ?
यो कुरा मैले भन्नु भन्दा पनि आम व्यवसायी र तपाइँ मिडियाका साथीहरूलाई समेत राम्रैसँग थाहा छ नि, के कसरी संघका गतिविधि भइरहेका थिए र छन् भनेर । विगत एक वर्षदेखि संघको नामबाट जे–जस्ता कामहरू भएका छन् के त्यसले संघको प्रतिष्ठा बढेको छ त भन्दा छैन बरु घटेको छ हैन र !
तपाईँ नै निर्वाचित हुने आधार चाहिं के देख्नु हुन्छ त ?
मलाई व्यवसायीले पत्याउने वा जिताउने धेरै आधारहरू मैले माथि नै उल्लेख गरिसकेको छु । मेरो मुल उद्देश्य भनेकै संस्थालाई संस्थागत रूपमा अगाडि बढाउने र व्यवसायीलाई परेको समस्यासँग जुध्ने र समाधान खोज्ने यही नै हो, मेरो प्रतिबद्धता । यहाँ धेरै र ठूला कुरा गर्नेहरू पनि मेरा प्रतिस्पर्धी होलान् तर म धेरै कुरा गरेर व्यवसायीलाई भुलभुलैयामा राख्दिनँ । सक्ने काम गर्छु /भन्छु र नसक्ने काम साथीहरुलाइ साथै लिएर प्रयत्न गर्नेछु । कतिपय काम कागजमा नलेखे पनि काम गर्न सकिन्छ । काम गर्न कागजमै लेखिनुपर्छ भन्ने मान्यता म मा छैन । त्यसले गर्दा थोरै बोल्छु र धेरै काम गरेर देखाउँछु । यससँगै वैदेशिक रोजगारमा जाने आम नेपाली कामदारहरूलाई सुरक्षित ढंगले रोजगारमा जाने वातावरण निर्माण गर्दै वैदेशिक रोजगारको सम्पूर्ण क्षेत्रलाई नै व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने महाअभियान तिर मेरो अर्जुनदृष्टि रहनेछ । व्यवसायी साथीहरुमा यो कुरा राखिराखेको छु र यो नै मेरो अध्यक्ष पदमा निर्बाचित हुने आधार हो ।
विगतका विभिन्न उम्मेदारका घोषणापत्र र व्यवहारलाई हेर्दा त तपाइँका यी कुराहरू पनि आदर्शमै सीमित हुने व्यवसायीमा आशंका रहला नि त ?
मेरो योजना सफल बनाउन पहिलो कुरा त मलाई व्यवसायीले म्यान्डेड दिनुप¥यो । त्यसपछि मात्रै अहिले मैले भनेको कुरा कार्यान्वयनको पक्ष सुरु हुनेछ । हो, पहिलेका धेरै घोषणापत्रहरू कार्यान्वयन नभएकै हुन् र मैले भनेका कुराहरू पनि शतप्रतिशत कार्यान्वयन नहुन पनि सक्छन् । अहिले यस क्षेत्रमा धेरै चुनौती र समस्याहरू छन् । ती समस्याहरू क्लियर गर्दै जाने हो भने काम गर्न सहज हुन्छ र मैले भनेजस्तो कामहरू गर्ने वातावरण बन्छ । त्यसका लागि पहिलो कुरा त म वातावरण निर्माणतिरै लाग्नेछु । तर आम व्यवसायीको साथ नेतृत्वले पाउने हो भने जस्तोसुकै समस्यासँग पनि जुध्न सकिन्छ । त्यसका लागि व्यवसायिक एकताका लागि मेरो जोड रहनेछ ।
धेरै चुनौती र समस्याहरू छन भन्नु भो ! समस्या चाहिँ के छन त अहिले ?
वैदेशिक रोजगारको क्षेत्रमा देखिएको अहिलेको मूल समस्या भनेको वैदेशिक रोजगार ऐन २०६४ नै हो । यो ऐन समय सापेक्ष नभएको कारणले अन्तर्राष्ट्रिय बजारमा हामीले फेस गर्न सकिरहेका छैनौँ । हाम्रो जस्तो ‘सेन्डिङ कन्ट्री’ मा डकुमेन्टेशनका कुराहरू धेरै हुने गरेका छन् । यसले गर्दा ‘रिसिभिङ कन्ट्री’सँगको तालमेल मिलाउनै गाह्रो भइरहेको छ । यसभन्दा बाहेकका समस्याहरू पनि धेरै छन्, जस्तो व्यवसायी र कामदारका सुरक्षा, ‘जिरो कस्ट’ का कुरा, ‘जीटुजी’ का कुरा लगायतका गम्भीर समस्याहरू पनि देखिएका छन् । यसले गर्दा हामी व्यवसायी मर्कामा पर्न थालिसकेका छौँ । अब हामी सहेर बस्ने समय छैन । जतिसक्दो छिटो व्यवसायिक एकताको सन्देशसहित हामीले आफ्ना आवाजहरूलाई बुलन्द पार्नुपर्ने बेला आइसकेको छ ।
तपाईंले भने अनुसार सबैभन्दा ठूलो समस्या भनेको विद्यमान ऐन समयसापेक्ष नहुनु हो, त्यसो त तपाइँहरूले त्यो ऐनको धारा १५–१९ सम्ममा बुँदाहरू नै हटाउने र आफू छाडा हुने कोशिस गरिरहनु भएको छ भन्ने आरोप पनि छ नि ?
हामीले ऐन चाहिँदैन, वा ऐनले बाँध्नै हुन्न भनेका छैनौँ । भएको ऐनलाई परिमार्जन गरौँ, समय सापेक्ष बनाऔँ, अन्तर्राष्ट्रिय बजार सुहाउँदो नीतिहरू निर्माण गरौँ भनेका छौँ । प्रविधिको विकासले डाँडा काटिसक्दा हामीचाहिँ किन १६औँ शताब्दीको झैँ भएर बस्ने ?
अन्तर्राष्ट्रिय अभ्यासहरूलाई पनि ‘फलो’ गरौँ भन्ने आम व्यवसायीको माग हो । तपाइँले उल्लेख गर्नुभएको धार १५–१९ सम्मका बुँदाहरूचाहिँ बढी झन्झटिलो भएको छ । अन्तर्राष्ट्रिय अभ्यासमा सबै भिसाका कागजातहरू अनलाईनमार्फत लिने, दिने र ल्याउने भईसक्यो तर हामी कहाँ अहिले पनि फाइल बनाएर ढड्डामा लेखेर बस्ने नै छ । त्यसले गर्दा १५–१९ सम्मका बुँदालाई करेक्सन गरेर व्यवसायी र कामदारले छिटो, सरल र सुरक्षित ढंगले काम कसरी गर्न सकिन्छ त्यसरी नै त्यसलाई विकास गरी प्रविधिमैत्री बनाउन जरुरी छ । प्रविधिमैत्री नभए अन्य देशका कामदारहरू माग भएको १०/१५ दिनमै रोजगारदाता मुलुकमा पुग्न सक्ने भए, तर हाम्रा कामदार भने महिनौंसम्म पनि उड्न सक्ने वातावरण नबन्ने भयो भनेर हामीले त्यसलाई समय सापेक्ष भन्दै आएका हौँ ।
सरकार आफैले कामदार पठाउँने कुरामा पनि तपाईहरुको बिरोध छ रे ! सरकार आफैले कामदार पठाउँदा तपाइँहरूलाई के समस्या हुन्छ र ?
हामीले पनि नेपाली कामदारले जतिसक्दो सस्तो वा सित्तैमा रोजगारमा जाउन् भन्ने नै चाहन्छौँ । तर सरकारले ‘जिरो कस्ट’ को नाममा व्यवसायीलाई असर पर्ने गरी गरेका केही निर्णयहरूप्रति हाम्रो आपत्ति रहेको छ । राज्यले जसको पायो त्यसैको कुरा सुनेर हामी सरोकारवालाहरूसँग छलफल नै नगरी निर्णयहरू गर्दा हामी अचम्ममा परेका छौँ । फेरि यसरी ‘जिरो कस्ट’ मै झार्ने हो भने पनि एकैचोटी भन्दा विस्तारै घटाउँदै लगेको भए पनि हुन्थ्यो । ‘तातै खाउँ, जलेरै मरौँ’ भन्ने जसरी गरिएको यी निर्णयका कारण सरकारले पछि पछुताउनुको विकल्प छैन । अर्को अचम्मको कुरा त राज्य आफैले कोरिया पठाउँदा चाहिँ मनग्य रकम असुल गर्न हुने अनि हामी व्यवसायीले चाहिँ सित्तैमा कामदार पठाउनु पर्ने यो कस्तो अभ्यास हो, सरकारको । राज्यको यस्तो द्वैध चरित्रको विरुद्धमा पनि आमव्यवसायीको साथमा निर्बाचित भएलगत्तै मेरो नेतृत्वको संघ लाग्नेछ ।
सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने भन्दै ‘जिटुजी’ को अवधारणा ल्याएको छ, तपाइँहरूले आपत्ति जनाइरहनु भएको छ, तर सरकारले भने हामी डिमाण्ड ल्याईदिन्छौँ, विजिनेस त व्यवसायीकै हो भन्दै आएको छ नि ?
यो कुराको कुनै तुक छैन, सबै कुरा हाँस्यास्पद हो । हामी अहिले खुला बजार अर्थतन्त्रतिर लम्किरहेका छौँ । यस्तो अवस्थामा सरकारले सबै काम गर्ने भए हाम्रो के काम ? सरकारले व्यापार नै गर्ने भए वा सक्छ भने दैनिक उपभोग्य वस्तुहरू आयात गरेर आम उपभोक्तालाई सस्तो दरमा बिक्री गरोस् न । किन वैदेशिक रोजगारको व्यापार गर्नुप¥यो ? यसो भन्दैमा यो काम सरकारले गर्नै हुन्न भन्ने हाम्रो तर्क पनि होइन । तर, सरकारले यसो गर्नुअघि हामीले अहिलेसम्म गरेका उपलब्धि र वैदेशिक रोजगारीका क्षेत्रमा निजी तवरबाट भएका विभिन्न खालका प्रयासहरूलाई किन मूल्याङ्कन नगरेको ? हामीले दुःख गरेर डिमाण्ड खोजेर ल्याउने अनि सरकारले त्यसको व्यापार गर्ने ? सरकारको काम व्यापार गर्ने भए हामी व्यापारिक संस्थाहरूको लाईसेन्सको के अर्थ छ ? त्यसले गर्दा यो जीटुजीको अवधारणा नै गलत छ ।
तपाईंहरूले पठाएका कामदारहरूमा बढी समस्या आयो, कतिपय व्यवसायीहरू जिम्मेवार भएनन्, तोकिएको काम र दाम पाउँदैनन् भन्नेजस्ता आरोपहरू पनि व्यवसायीमाथि छ, यसले गर्दा पनि सरकारले हस्तक्षेप गर्नुपर्ने अबस्था आएको पो हो कि ?
सरकारले पठाएको दक्षिण कोरियाको रोजगारीमा समस्या छ कि छैन ? त्यहाँ कार्यरत सबै कामदारले तोकिएको तलव र काम पाएका छन त भन्दा छैनन्, डिप्रेसमा परेर कतिपय कामदारहरूले आत्महत्या गरिरहेका छन् । कामको सिलसिलामा त्यहाँ पनि मानिसहरू अंगभंग भइरहेका छन् । कामको दुःख भयो भनेर दिनदिनै पत्रपत्रिकाहरूमा दुःखका भोगाइहरूले भरिएका अक्षरहरू हामीले किन पढ्नुपरेको त, त्यहाँ हामीले पठाएर हो ? सरकार किन मुकदर्शक भएर बसेको ? यसको जिम्मा सरकारले लिनु पर्दैन ? समस्यालाई व्यवस्थित गर्न छोडेर सरकार आफै व्यापार गर्न लाग्नुलाई कसरी जायज मान्न सकिन्छ ? सरकारको काम के यही हो त ? सरकार भन्दा त हामी धेरै जिम्मेवार छौँ । कम्तिमा दुःख पाएर फर्केका कामदारलाई क्षतिपूर्ति त दिएका छौँ । समस्या त जहाँ पनि हुन्छन् नि, केवल एक/दुईओटा समस्याले पुरै ९९ प्रतिशत राम्रा कामलाई ढपक्कै ढाक्ने काम कसैले पनि गर्नु हुदैन । नेपाली जनमानसको मानसिकता र तपाइँ मिडियाकर्मीहरू पनि दोषी हुनुहुन्छ यसमा, १ प्रतिशत नराम्रोको पछि लाग्नुहुन्छ तर खोई ९९ प्रतिशत राम्रो कामको चर्चा ! हामीले गरेका राम्रा कामको चर्चा खोइ ?
त्यसो हो भने यस्ता समस्याहरू समाधान कसरी गर्न सकिन्छ भन्ने लाग्छ तपाईलाई ?
हामी व्यवसायी त ‘मोरल हाई’ बनाएर यस व्यवसायमा लागेका छौँ । व्यवसायीका लागि पनि आचारसंहिता छ, कोही पनि त्योभन्दा बाहिर जान पाउँदैन । मुनाफा कमाउने हाम्रो संस्था भए पनि नेपाली कामदारहरू कसरी सुरक्षित रूपमा वैदेशिक रोजगारीमा जान सक्छन त भन्नेमा हामी सँधै नै चनाखो भइरहेका हुन्छौँ । यति गर्दा गर्दै पनि कहिलेकॉहि देखिने समस्या समाधानका लागि यससँग सम्बन्धित विभिन्न सरोकारवाला निकाय, संघ÷संस्थाहरूको भूमिका प्रभावकारी हुनसक्यो भने यस्ता समस्याहरू समाधान हुने देखिन्छ । यद्यपि सरकारको सहभागिता त छँदैछ । तर सरकारको भूमिका भन्नुस वा सहभागिता सहयोगीका रुपमा हुनुपर्छ ।
वैदेशिक रोजगार व्यवसायीहरू विभिन्न ध्रुवमा बॉडिएको अबस्थामा बिगत १ बर्षको अबधीलाई हेर्ने हो भने जसले जितेपनि आउने कार्यसमितिले पनि राम्रोस‘ग काम गर्न नपाउने वातावरण देखिन्छ, सबै व्यवसायीहरूलाई कसरी समेटनु हुन्छ त ?
निर्वाचनको पूर्वसन्ध्यामा सम्पूर्ण व्यवसायी, यससँग सम्बन्धित संघ संस्था, हामीलाई माया गर्ने अन्य सम्बन्धित संघ संस्थाहरू सबैलाई म के आग्रह गर्दछु भने अहिले वैदेशिक रोजगारको क्षेत्र निक्कै अप्ठेरो अवस्थामा छ, यसको विकल्प पनि राज्यले दिन सकिरहेको छैन । यस्तो अवस्थामा हामी धेरै जिम्मेवार र संयमित बन्नुपर्ने बेला छ । राज्यले आफ्नो दायित्व पूरा गरेन भन्दैमा हामीले पनि आफ्नो कर्तव्यलाई भुल्नु हुँदैन र नैतिकवान भएर अगाडि बढ्नुपर्दछ । विगतमा के–के भए भन्दा पनि भावी दिनमा कसरी राम्रो काम गर्न सकिन्छ भन्ने तिर हामी सबैको ध्यान केन्द्रित हुन जरुरी छ । विगतका कुराहरू भोलि इतिहासले समीक्षा गर्नेछ । आज हामी लोकतान्त्रिक विधि र प्रक्रिया अपनाइरहँदा भोलि एकजनाले जित्ने र अर्कोले हार्ने निश्चित छ, तर त्यसलाई व्यवसायीको जित ठानेर जित्नेलाई होर्नेले सहयोग गरेर र होर्नेलाई पनि हारको फिलिङ्स हुन नदिईकन समेटेर लैजानुपर्दछ र आजको आवश्यकता पनि यही हो । त्यसकारण हिजोको तितो बिर्सनुनै भविष्यका लागि उज्ज्वल मार्गदर्शन हो भन्ने मलाई लागेको छ । हिजोका विवाद र विरोधले गर्दा अल्टिमेट्ली हामीलाई निक्कै ठूलो घाटा भइसकेको छ, यसतर्फ सबैले सोच्न जरुरी छ ।
दलिय राजनीतिमा व्यवसायीहरू घुसेको बेला तपाईले ब्यक्त गर्नु भएको आर्दशले व्यवसायीहरूमा ब्यबसायिक एकता सम्भब होला त ?
विचार नभएको धेरै मान्छे जोगी हुन्छ, यदि त्यो नभए पनि थोरै मात्रै त्यसरी आस्थाको विचार नराख्ने साथीहरू हुनुहुन्छ होला । म स‘ग जो जो साथिहरु प्रतिस्पर्धामा आउ‘दै हुनुहुन्छ उहॉ पनि कुनै राजनीतिक संगठनबाटै आउ‘दै हुनुहुन्छ । तर आज निर्वाचनका बेला जुनसुकै वादको झण्डा बोकेपनि जितेर संघभित्र प्रवेश गर्दा राजनीतिक टोपी खोलेर व्यवसायीको टोपी लगाउनुपर्छ । सबैले व्यवसायिक भावना उजागर गर्नुपर्छ । दलिय राजनीतिको हयाङ्गओभर यहॉ कसैले पनि देखाउनु हुदैन ।