आठ वर्षका मोहम्मद कलिम विश्वमा सबैभन्दा ठूलो हात भएका मानिस हुन् । भारतको झारखण्डस्थित दुर्गम गाउँका कलिमका दुबै हातका हत्केला तथा औँलाहरु यति भिमकाय हुनुको कारण उनलाई निकै दुर्लभ वंशाणुजन्य रोग गिग्यान्टिज्म भएको छ ।
डरलाग्दा हातकै कारण उनले सहपाठीहरुबाट दुव्र्यवहार सहनुपरेको छ भने अरु विद्यार्थीहरु डराउँछन् भनेर स्कुलहरुले समेत उनलाई भर्ना गर्न मान्दैनन् ।
अझ रुढीवादी गाउँलेहरुले कलिमलाई राक्षसी बच्चा समेत भन्ने गरेका छन् । जसका कारण कलिमको परिवारलाई ठूलो पिर पर्दै आएको छ ।
कलिमका बुवा मोहम्म्द समिमको कमाइले दुइछाक टार्नै मुस्किल थियो । त्यसैले कलिमको उपचारका लागि उनले कतै लग्न सकेका थिएनन् । तर जब कलिमका भिमकाय हातका विषयमा अन्तराष्ट्रिय मिडियाहरुमा खबर छाउन थाल्यो कलिम सबैको आँखामा परे । अन्ततः यी ८ वर्षे बालकले नयाँ जिवन पाउने भएका छन् ।
केही महिनाअघि कलिमको परिवारसँग चर्चित शल्यचिकित्सक डाक्टर राजा सबाप्याथीको भेट भयो र उनै डाक्टरले ती बालकको हातको शल्यक्रिया गरी कलिमको हातलाई सामान्य अवस्थामा फर्काउने चुनौति आत्मसात गरेका छन् ।
कलिमको विषयमा एक नयाँ डकुमेन्ट्री समेत बनेको छ । त्यसमा कलिम आफ्ना परिवार सहित गाउँबाट हजारौँ माइल यात्रा गरेर तमिल नाडुको गंगा अस्पतालमा डाक्टर सबाप्याथीको टोलीलाई भेट्न जान्छन् ।
त्यो बालकको हात देखेपछि डाक्टरहरु त्यो लोकल गिग्यान्टिज्म भएको निधोमा पुगेर त्यसको उपचार सम्भव रहेको टुंगो गर्छन् । अनि निकै सावधानी पूर्वक सुरुमा एउटा हातको मात्र शल्यक्रिया गर्ने र त्यसपछि मात्र अर्को हातमा सुरु गर्ने निर्णय गर्छन् ।
गत नोभेम्बरमा क्वेम्बाटोर अस्पतालमा कलिमको दायाँ हातमा पहिलो शल्यक्रिया सम्पन्न भयो । त्यसपछि पनि उनको श्रृंखलाबद्ध रुपमा विभिन्न अप्रेसनका साथै फिजियो थेरापी गरिँदै आएको छ ।
अब केही समयपछि कलिमको बायाँ हातको शल्यक्रिया गरिनेछ र कलिम तथा उनका अभिभावको यसको प्रतिक्षामा छन् ।
उपचारपछि कलिम निको हुने र हात सामान्य अवस्थामा आउनेछ । तर गाउँमा भने पूरानै रुढीवादी कायमै छ । अझैपनि गाउँलेहरु पूर्वजन्मको श्रापका कारण कलिमलाई त्यस्तो भएको भन्न छाडेका छैनन् ।
एकजना गाउँले अमानुल्लाह खान भन्छन्- समाधान सम्भव छ भन्ने देखिन्छ । त्यो बच्चालाई इश्वरले श्राप दिएका हुन् भन्ने हामी गाउँलेहरुको ठम्याइ हो । तर सायद अहिले उसको भाग्य बदलियो होला र भविष्य राम्रो पनि हुनसक्ला ।
बुवा समिम आफ्नो छोरा कलिमको हात ठिक हुने र छिटै स्कुल जान सक्नेमा आशावादी छन् । कलिमलाई सुरुमा भर्ना गर्न नमानेका स्थानीय स्कुलका प्रधानाध्यापक मोहम्मद सविर भन्छन्, ‘कलिमको बारेमा हामीलाई थाहा छ । ऊ स्कुलमा भर्ना हुन खोजेको थियो तर कतिपय कारणले हामीले उसलाई भर्ना गर्न सकेनौँ ।
अहिले उसको उपचार भैरहेको हामीले सुनेका छौँ । हातमा सुधार आएमा उसले भर्ना भएर पढ्न सक्नेछ । हामीले हाम्रा विद्यार्थीहरुलाई पनि कलिमलाई नजिस्काउन भनेर सिकाउन थालिसकेका छौँ ।’
www.onlinekhabar.com

सोमबार, २६साउन,
केटा घुमाएको कसैले प्रमाणित गर्छ भने जिन्दगीभर उसको दास बस्न तयार छु
‘तीजकी रानी’ भनेर चिनिने कोमल वली चर्चित संचारकर्मी पनि हुन् । गत बैशाखमा गएको भूकम्पको बेला संचारकर्मीको रुपमा उनको महत्वपूर्ण भुमिका देखियो । हरेक वर्षको तीजमा धेरैले उनलाई सम्झिन्छन् । कारण, उनले गाएका गीतले निकै चर्चा र विवाद दुबै कमाएका छन् । यस वर्षको तीजमा पनि आधुनिक लयमा वलीले तीजको कोसेली तयार पारेकी छिन् । उनै चर्चित गायिका काेमल वलीसँग नेपालीपत्रका लागि रमन पौडेलले गरेको कुराकानी :
भूकम्पको समाचार पढेर देशभर लोकप्रियता कमाउनुभयो कस्तो लाग्दैछ ?
भुकम्प आइरहेको थियो । नडराउने मान्छे कोही पनि थिएन । रेडियो नेपाल लगायत नेपालका सञ्चार माध्यमहरुको भुमिका पनि त्यसबेला निकै सह्रानीय रह्यो । जोखिमको त्यस घडीमा मैले आफ्नो अधिकांश समय रेडियोमा खर्चें । रातभर रेडियोमै हुनुपथ्र्यो । विहान मात्रै म सानेपास्थित घर आउँथेँ । परिवारका सदस्यहरुसँग भेटेपछि फेरि दिउँसो रिपोर्टिङका लागि फिल्डमा जान्थें ।
रेडियोमा मैले बोलेर नआत्तिनुस भन्दा धेरै स्रोताहरुले त मलाई साहस थपिदिनुभयो । मेरो आवाज सुनेपछि भुकम्पको भयबाट थोरै भए पनि मुक्ति मिल्ने बताउनुहुन्थ्यो । भुकम्पकै क्रममा काठमाडौं बाहिरका जिल्लाहरुमा राहत बितरणमा पनि गए म । नुवाकोट, धादिङ, काभ्रे लगायतका जिल्लाहरुमा गएँ । त्यस क्रममा जे जति गरेँ त्यसले थप जिम्मेवारी बोध गरायो र साहस पनि थपियो ।
तीज आइसक्यो, गीतको तयारी कस्तो छ ?
भूकम्पको पीडाले यति बिक्षिप्त भएकी, नयाँ गीत गाउने विषयमा सोच्न पनि सकिन । पछिसम्म गीत गाउने तयारी नै थिएन । तर, साथीहरुको आग्रहमा एउटा गीतको तयारी गरेको छु । अघिल्ला भन्दा भिन्न खालको छ । तीजको गीतलाई आधुनिक लयमा गाउने प्रयास गरेको छु । पारिवारिक समस्यालाई अलि सिरियस तरिकाले गाएकी छु । पहिले जस्तो छमछम नाच्न मिल्ने चाहीँ छैन ।
‘तीजकी रानी’ भनेर चिनिने कोमल वलीलाई नयाँ पुस्तामा आएका एकसे एक गायक गायिकाले बिस्थापित गर्ने खतरा कति छ ?
नयाँ पुस्ताका गायक–गायिकाहरुसँग मलाई सधैँ डर लाग्छ । उनीहरुका गीत हेर्छु । नाच्छु । इन्जोए गर्छु । धेरै मिहिनेत गरेर गाएका छन् । राम्रा पनि छन् । राम्रो गीतमा सिनियर–जुनीयर भनेर हुँदैन । तै पनि आम मानिसहरुलाई तीजको बेला कोमल वलीले कस्तो गीत गाएकी छ भनेर चासो व्यक्त भइरन्छ । यो मैले बनाएको आफ्नो पहिचान पनि हो ।
तपाई गीत हिट बनाउन भन्दै अनेक फन्डा मच्चाउनुहुन्छ । जस्तैः ‘पोइल जान पाम्’ त्यसको उदाहरण पनि हो । जो ब्यापक विवादित पनि भयो ।
त्यस्तो होइन । मेरो त्यो गीत त प्रगतिशिल गीत थियो । क्रान्तिकारी गीत थियो त्यो । हरेक महिलाहरु आफैँ आफ्नो खुट्टामा उभिएर वा सक्षम भएर पोइल जानु राम्रो हो नी ।
‘गोजीमा गाँठ भाको’ भनेर गाएको गीतलाई वलीले पैसावाल केटा खोजी भनेर हल्ला मच्चाइयो । तर, मैले त्यसो भन्नुको पछाडि युवाहरु आँटिलो हुनुप¥यो । उद्यम गरेर पैसा कमाउनुप¥यो भन्न खोजेको हो । तत्कालिन अर्थमन्त्री डा. बाबुराम भट्टराईले अर्थतन्त्रमा डबल डिजिटको कुरा गरेकै रात मैले त्यो गीत बनाएको थिएँ । मेरो आशय थियो युवाहरु आटिलो र पैसावाल हुनुप¥यो भन्ने थियो । तर, गलत तरिकाले बुझियो ।
त्यस गीतलाई म प्रगतिशिल गीत भन्न चाहन्छु । त्यति मात्रै हो र, मैले गाएको गीतको प्रति उत्तरमा अर्को गीत ‘पोइल जान पाम् भन्नेलाई मैले ल्याउन पाम्’ गाएर अर्का गायक सुमन बुढा अमेरिका गएर उतैको बासिन्दा भए । सुमनको गीतसँगै सिक्वेल गीत गाएर अर्का गायक पनि स्थापित भए । खासमा मेरो गीत त उत्पादनशिल पो भयो । मेरै गीतको कारण युवा गायकहरु स्थापित हुने अवसर भयो । यसबाहेक, महिला दिदी बहिनीहरुलाई सक्षम र साहसिलो बनाउनका लागि मेरो गीत प्रेरणादायी भयो ।
तीजको मुल्य–मान्यता जो थियो, तपाईका गीतहरुले भंग गरिदिए र नकारात्मकता भित्र्याउनुभयो होइन ?
नकारात्मक भएको भए किन यस्तो चर्चित हुन्थें र ? किन यति धेरै रुचाइएको गायक हुन्थेँ र म ? एउटा गीत गाउनुअघि म १० चोटी सोच्छु । मेरा गीतमा कुनै पनि चित्र, शब्दहरु अश्लिल छन् भने कसैले मलाई भने हुन्छ । चर्चित हुनु एउटा कुरा तर, लोकप्रिय हुनु अर्को कुरा हो । त्यसो भए तपाई चर्चित कि लोकप्रितय त ? तपाइका धेरै गीत विवादमा छन ।
त्यस्तो होइन । तीजमा एउटा गीत गाएँ भने मैले वर्षभरी अर्को गीत नै नगाए पनि मेरो चर्चा उत्तिकै भइरहन्छ । विदेशमा त्यहाँका महिला दिदी बहिनीहरु र नेपाली बा–आमाहरुले उत्तिकै मेरा गीत रुचाउनुहुन्छ । बारम्बार निमन्त्रण गर्नुहुन्छ ।
गायन, पत्रकारिता र उद्घोषणमा स्थापित हुनुहुन्छ । फेरी, अभिनयमा पनि लाग्नुभयो । यी विविध आयामबिच तपाईँको पहिचान के हो ? किन यसरी चार तिर भौँतारिनुभएको ?
समाजमा मेरो गायन र आवाजको पहिचान बनिसकेको छ । पसलमा केही सामान किन्न जाँदा पनि मेरो स्वरले नै मानिसहरु ‘तपाई त कोमल ओली होइन र ?’ भन्नुहुन्छ । निकै संघर्ष गरेर गायनमा स्थापित भएँ । सानैदेखि मेरो गायकी राम्रो थियो । गीत गाउनुमा नै आनन्द मिल्थ्यो । पत्रकारितामा पनि धेरै संघर्ष गरेकी छु । म पत्रकारिता पढेर यो पेशामा आएको पनि थिइन । धेरै दुःख गर्नुप¥यो । पत्रकारिता पेसा बनेको छ अहिले । आखिर आफ्नो पहिचान गायनमै देख्छु म । अभिनय त ‘हबी’ मात्रै थियो । स्टेज पर्फमेन्समा तपाईँ राम्रो गीत गाउने भन्दा पनि कसरी केटाहरुलाई स्टेजमा उतारेर नचाउने भन्नेमा नै केन्द्रित हुनुहुन्छ, होइन त ?
(ठूलो हाँसो ) मैले कतिपय सन्दर्भमा प्रतिनिधिपात्रको रुपमा युवा दाजुभाइहरुलाई लक्षित गरेर स्टेजमा नचाउँछु । बिचरा उहाँहरु, ‘मलाई कोमल वलीले मन पराई’ भनेर मक्ख पर्नुहुँदोरहेछ । खासमा यसरी स्टेजमा उतारेर नचाउनु पनि एउटा भाग्यको कुरा हो । त्यसो त, युथहरुलाई ‘ग्रीप’मा राखिरहनुप¥यो नी ।
कहिलेकाहीँ स्टेजबाटै च्यालेन्ज दिन्छु : ‘म त छु चिटिक्क परेकी कुमारी, दोहोरीमा मैले जिते तिमी घरज्वाईँ, तिमीले जिते म तिम्रो बाको बुहारी ।’
‘भुवन केसीले केटी घुमाउँछन, कोमल वलीले केटा घुमाउँछिन’ भन्ने हल्ला छ । के हो खास कुरा ?
मैले कुन केटालाई कसरी घुमाए होला ! मैले केटा घुमाएको कसैले देखेर मैले देखें भन्छ भने म जीन्दगीभर उसको दास भएर बस्न तयार छु । मैले कैले कसलाई गाडीमा राखेर घुमाएँ ? कुन केटालाई लिएर रेष्टुराँ गएँ ? कसैले देखाए हुन्छ । म उसको दास हुन राजी छु ।
म त एउटा संयुक्त परिवारमा हुर्केकी र संयुक्त परिवारमै बसेकी मान्छे । म यो २१ औँ शताब्दिकै सुसंस्कृत छोरी हुँ ।
बिहेको विषयमा तपाइको सधैँ रेडिमेड एन्सर हुन्छः ‘भनेजस्तो केटा जुरेपछि विहे हुन्छ ।’ सानैदेखिका संगीहरुका आँगनमा सुन्दर छोराछोरी खेलेको देख्दा तपाईँलाई ईष्र्या हुँदैन ? जीवनमा केही खड्किए झैँ लाग्दैन ?
त्यस्तो इष्र्या त कहिल्यै हुँदैन । मेरा साथीका छोराछोरी पनि ठूलै भइसकेका छन् । म उनीहरुलाई देखेर खुसी हुन्छु । तर, साथीहरुले विहे गरेर पछुताएको छु भन्छन् । अनि आफ्नो जीवन हेर्छु । यसमै खुसी लाग्छ । ‘नो बन्धन, नो टेन्सन’ । कलेज पढ्ने बेलामा साथीहरुको विहे भइरहेको थियो । त्यसबेला चाँही एक पटक मेरो पनि विहे भए हुन्थ्यो जस्तो लागेको थियो । केही केटाहरुसँग कुरा पनि चल्यो । तर, कुरै मिलेन । त्यतिबेला बिहे भएको भए मैले अहिलेको यो करिअर नपाउन पनि सक्थेँ । भान्साभित्रै सिमित रहनुपर्थो होला ।
अचेल त विहेको प्रस्ताव पनि आउन छोड्यो होला हगी ?
हाँस्दै...। किन म राम्री छैन र ? झन भुईँचालोमा मेरो प्रस्तुती पछि त झन धेरै प्रस्ताव आएका छन् । झन् धेरै केटाहरु लाईनमा छन् अहिले । कोही ‘म ईन्जिनियर हो’, ‘म डाक्टर हो’, ‘मसँग अमेरिकाको डिभी–पिआर छ’ भनेर केटाहरुको प्रस्ताव आइरहेको छ ।
अति कम उमेरका युवाहरुले पनि विहेको प्रस्ताव गर्छन् । तर, बाहिर देखेजस्तो नजिक भएपछि हुँदैन नि । उनीहरुसँग दुई चार दिनको आनन्द होला । तर, जिन्दगी लामो छ । नजिक भएपछि कमजोरीहरु देखिन थाल्छ । मलाई अहिले पर्दामा देखेजस्तो हुँदैन नि सधैँ ।
त्यतिधेरै प्रस्ताव आउँदा उनीहरुसँग भेटेर उनीहरुलाई बुझ्ने कोसिस गर्नुहुन्न ?
बुझेको छु नि । पछिल्लो केही महिनायता मात्रै दुई–चार जनालाई त भेटेरै बुझेँ । तर, समस्या के भने, म अमेरिका वा अर्को देशमा गएर बस्न नसक्ने । उता बसेर रमाउन नसक्ने । र वेभलेन्थ नै नमिल्ने भएकाले पनि अगाडि बढ्न नसकेको ।
त्यसो त, हत्तपत्त मेरो नजिक केटाहरु आउनै डराउँछन् । केहीलाई लाग्दोरहेछ, कोमल वलीको ‘ब्वाइ फ्रेन्ड’ छ होला । कसैले त यस्तो केटीलाई विहे गरेर कसरी कजाउन सकिएला भन्ने डरले पनि मेरो नजिक केटाहरु आउन डराउँछन् । यौनको विषयमा तपाईँको के बुझाई छ ?
यौन एउटा फिलिङ्स हो । यो प्राईभेट कुरा पनि हो । यसलाई सार्वजानिक बहसको विषय बनाउनुपर्छ जस्तो लाग्दैन मलाई । यौन निजी कुरा हो र यसलाई यत्तिमै सिमित राख्नुपर्छ । हरेक ब्यक्तिले आफ्नो जीवनमा ब्यक्तिगत रुपमा बुझ्ने र अनुभव गर्ने कुरा हो ।
पश्चिमाहरु यौनबारे यति धेरै संकिर्ण छैनन् । उनीहरु यसबारे निकै खुल्छन् । तर, हामी यसलाई बन्धनमा राख्ने कोसिस गर्छौँ । यौनप्रतिको संकिण धारणाकै कारण बलात्कारका घटना बढेको विश्लेषण पनि हुने गरेको छ होइन र ?
सेक्सबारे वालवालिकाहरुलाई शिक्षा दिनुपर्छ । उनीहरुलाई चेतना दिनुपर्छ । तर, फ्रि सेक्स होइन । हाम्रा कतिपय यस्तै कुराहरुले त परिवारहरु टिकाइराखेको छ । जो पश्चिमाहरुसँग अनुभव नै छैन । उनीहरुको जीवनमा ‘डीयर, डार्लिङ एन्ड डिभोर्स’ अति सहज कुरा बनिसकेको छ । तर, हाम्रा सामाजिक र पारिवारिक सम्बन्धहरु यसैको कारण पनि बलियो बनेको छ ।
नेपालीपत्रका बाट भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौं, श्रावण २६ - सरकारले अत्यावश्यक वस्तुको खुद्रा मूल्य अनिवार्य तोक्नुपर्ने व्यवस्था लागू गर्ने भएको छ । कपडा, खाद्यान्न, निर्माण सामग्री, औषधि, भाँडाबर्तनलगायत वस्तुमा व्यापक ठगी बढ्न थालेपछि वाणिज्य तथा आपूर्ति व्यवस्थापन र भन्सार विभागको संयुक्त पहलमा यस्तो नियम लागू गर्न लागिएको हो । यसबारे विभागले सम्बन्धित व्यवसायी र आयातकर्तालाई जानकारी गराइसकेको जनाएको छ ।
‘करिब १० रुपैयाँमा आयात गरिएको वस्तुहरू २/३ सय रुपैयाँमा बिक्री गरिएको छ । बढी मुनाफाका कारण स्वदेशी उद्योगीले पनि आफ्नो उद्योग बन्द आयाततर्फ केन्द्रित भएका छन,’ वाणिज्य विभागका अनुगमन शाखा निर्देशक हरिनारायण बेल्बासेले भने, ‘बजार व्यवस्थित बनाउन मूल्य तोक्न खोजेका छौं ।’ खुद्रा मूल्य असोज ११ गतेबाट अनिवार्य लागू हुने उनले बताए । व्यवसायीहरूलाई पनि सोही अनुसार तयारी हुन जानकारी गराएको विभागले जनाएको छ । ‘खुद्रा मूल्यसम्बन्धी भन्सारसँग छलफल भइसकेको छ । खुद्रा मूल्य असोज ११ बाट लागू सहमति भएको छ । ११ गते पश्चात भन्सारले तोकेको मूल्यमा सामन बिक्री हुनुपर्छ,’ बेल्बासेले भने, ‘मूल्य नतोके सामान जफत गर्छौं । आयातकर्तालाई कारबाही हुन्छ ।’
विभागका अनुसार सामान आयात गर्दा वस्तुमा उल्लेख गर्नूपर्ने सूचना अनिवार्य हुनुपर्छ । व्यवसायीले पनि वस्तुको मूल्य सार्वजनिक पत्रपत्रिकामा सूचना निकाल्नुपर्छ । सार्वजनिक गरिएको सूचना भन्सार र वाणिज्यमा पठाउनुपर्नेछ । त्यसपश्चात सम्बन्धित निकायमा अनुगमन तथा नियमन गरिने जनाएको छ ।
उपभोक्ता संरक्षण ऐन २०५४ को दफा ९ मा उत्पादक र आयातकर्ताले उपभोग्य वस्तुको लेबलमा उत्पादकको नाम, ठेगाना, मूल्य, ब्याच नम्बर, उत्पादन मिति र उपभोगको म्याद सकिने मितिलगायत आधारभूत जानकारीहरू अनिवार्य खुलाउनुपर्ने भनिएको छ । तर अधिकांश आवश्यक वस्तुमा मूल्य उल्लेख गरिएको पाइँदैन । अहिलेको अवस्थामा उपभोक्ताले अस्वाभाविक मूल्य तिर्नुपर्ने अवस्था देखिएको विभागको दाबी छ ।
भन्सारका महानिर्देशक शिशिर ढुंगानाले खुद्रा मूल्य कार्यान्वयनपछि न्यून बिजकीकरणको समस्या समाधान हुने विश्वास व्यक्त गरे । ‘आयात/निर्यात संकेत नम्बर नम्बर अन्तर्राष्ट्रिय स्तरमै लागू भएको छ । त्यसलाई नेपालमा पनि व्यवस्थित गर्न खोजेका छौं,’ उनले भने, ‘खुद्रा मूल्यले न्यून बिजकीकरण समस्या समाधान गर्न मद्दत गर्नेछ ।’
खुद्रा मूल्यले बजार मूल्य र भन्सार मोलमा हुने फरकलाई ट्रयाक गर्न सजिलो हुने उनले बताए । भन्सारले सबै भन्सार विन्दुमा मूल्य ट्रयाक गर्ने उनले जानकारी दिए ।
विभागले करिब १० भन्दा बढी शीषर्कमा मूल्य तोक्न लागेको छ । पहिरन/कपडा (रेडिमेट कपडा, सुटको कपडा, तन्ना, कपास, धागो, जुत्ता चप्पल, पेटीलगायत) मा पहिलो पटक मूल्य तोक्न लागेको हो । लत्ताकपडामा मूल्य नतोक्दा व्यवसायीहरूले १० गुणाभन्दा बढी असुल्दै आएका छन् । खाद्यान्नमा चामल, कमै, गहुँ, फापर, दाल, गेडागुडी, पिठो, मैदा, आटा, सुजी, तोरी तेल, सूर्यमुखी तेल, भटमास तेललगायत तयारी तथा कच्चा पदार्थमा तोकिनेछ । यस्तै सबै प्रकारका चकलेट, चाउचाउ, चुइगम, बिस्कुट, कुकिज, पाउरोटी, केक, जाम, बटर, घिउ, चिज, मासुजन्य तथा माछाका परिकार, जंक फुड, मसलाजन्य पदार्थ, चिया कफी, पेय पदार्थको खुद्रा मूल्य अनिवार्य हुनुपर्ने जनाएको छ ।
भूकम्पयता निर्माण सामगमा पनि ठगी भएकाले सिमेन्ट, रङ, डन्डी, जस्तापाता, पाइप, मार्बल, टायल, अल्मुनियम तथा काठका तयारी झ्याल ढोका, पीपीभीसीका झ्याल ढोका, रेलिङ लगायतको मूल्य तोक्ने जनाएको छ । भाँडाबर्तन (राइस कुकर, फ्राई प्यान, कराई, थालहरू, गाग्री, ताउलो, करुवा, अमखोरा, थाल, कचौरा, गिलास, थर्मस), औषधिका सर्जिकल सामान (आयुर्वेदिक, एलोपेथिक, होमियोपेथिक, अपरेसन सुईहरू, एक्सरे, सिटिस्क्यान, एमआरआई, ल्याब लगायतको मूल्य तोक्ने तयारी छ ।
यस्तै इलेक्ट्रिकल (हिटर, पंखा, कुलर, बल्ब चिम, बत्तीहरू, तार, केबल, आइरन, पानी ताने पम्प), इलोक्ट्रोनिक्स (टिभी रेडियो, ओभन,बासिङ मेसिन, एयर कन्डिसन, कम्प्युटर/ल्यापटप,रेफ्रिजेरेटर, मोबाइल, यूपीएस), खेलौना/खेल सामग्री (सेरामिक्स, प्लास्टिक, कपडा, कागज, काठ, फुटबल, भलिबल, बास्केटबल, ब्याट) को पनि मूल्य तोकिनेछ ।
स्टेसनरी/अध्ययन सामग्री (पुस्तक, कापी, रजिस्टर, फोटोकपी पेपर, पेन, बलपेन, पेन्सिल, गणितीय सामग्री, स्कुल ब्याग, अध्ययन ब्याग), सौन्दर्य सामग्री (साबुन, पाउडर, सर्फ,सेम्फु लगायत) को पनि खुद्रा मूल्य तोकिनेछ । खुद्रा मूल्यको मूल्यांकन भन्सारले गर्नेछ । केही नमुना भन्सारमै परीक्षण गरिनेछ । यस्तै बजारको खुद्रा बिक्री तहमा वाणिज्यले अनुगमन गर्ने बेल्बासेले बताए ।

काठमाडौं, साउन २६ – एमाओवादी अध्यक्ष प्रचण्डले संविधानसभाभित्रको शक्ति सन्तुलनमा पार्टी कमजोर भएकाले धेरै विषयलाई नयाँ संविधनमा संस्थागत गर्न नसकेको स्वीकार गरेका छन् । आजको नागरिक दैनिकमा खबर छ । सिंहदरबारस्थित काार्यलयमा बसेको संसदीय दलको बैठकम सभासद्ले उठाएको प्रश्नको जवाफ दिँदै प्रचण्डले उक्त स्पष्टिकरण दिएका हुन् ।
कैलाली र कञ्चनपुरलगायत जिल्लालाई पहाडी प्रदेशमा समाबेश गरेको लगायत विषयमा सभासद्ले आपत्ति जनाएका थिए । ‘कैलाली र कञ्चनपुरलगायत जिल्लालाई पहाडी भूभागमा समावेश गर्न सहमत जनाएकोमा धेरैको आपत्ति थियो,’ सभासद् राम कार्कीले भने,‘तर, अध्यक्षले संविधानसभाभित्र पार्टीको शक्ति कमजोर भएको र संविधान बनाउन नदिने शक्तिको चलखेल बढ्दै गएकाले बाध्य भएर सहमति गर्नुपरेको जनाउभयो ।’उनका अनुसार संविधानसभाभित्र पार्टीको कमजोर उपस्थितिका बाबजुद धेरै विषयलाई नयाँ संविधानमा संस्थागत गर्न सफल भएको प्रचण्डले जनाए । माओवादी सभासद्ले नवलपरासीदेखि बर्दियासम्म तराइको अलग्गै प्रदेश बनाउनुपर्नेमा सो प्रदेश राप्ती अञ्चलका थप जिल्लासमेत गरेर पहाडसँग जोडेकोमा आपत्ति जनाएका थिए । ‘आठ प्रदेशको अडानमा नअडिएको र रातारात अडान फेरेर गएको भन्ने कुरा पनि आएको छ,’ सहभागी एक नेताले भने,‘कांग्रेस र एमालेको प्रस्तावमा पनि नवलपरासीदेखि बर्दियासम्मका तराई भूभागको अलग्गै प्रदेश बनाउने भन्ने थियो, रातारात कसरी परिवर्तन भयो भन्ने प्रश्न आएका थिए ।’ उनका अनुसार आठ प्रदेशमा अडान राख्न नसकेको , नागरिकता अझै पनि महिलामैत्री नभएको जस्ता गुनासो सभासद्को थियो । www.etajakhabar.com

घरजग्गा र सम्पत्तिसहित पत्नी अर्कैसँग हिँडेपछि वैदेशिक रोजगारीका लागि मलेसिया गएका नेपालगन्ज २४ का दानबहादुर शाही निकै तनावमा छन् ।
दु:ख, सुखमा साथ दिने पत्नीले धोका दिएपछि उनलाई ठूलो धक्का पुगेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाभित्र पर्ने लाखौँ मूल्यको घर अरू कसैको भइसकेको रहेछ ।
हाल उनी छोरीसहित आफन्तको घरमा बस्न बाध्य छन् । अर्कैसँग श्रीमती लागेको खबर पाएपछि उनी अघिल्लो सातामात्रै मलेसियाबाट नेपालगन्ज फर्किएका हुन् ।
‘जसको खुसीका लागि पैसा कमाउन विदेश गएँ उसैले मेरो सर्वस्व लुट्यो । विदेशमा दुस्ख गरी कमाएर पठाएको पैसा र घरजग्गा सबै लुटी’ न्यायका लागि प्रहरीमा दौडधुप गरिरहेका उनले भने, ‘घरमा राखेको ८ तोला सुनका गहना, आइफोन, ल्यापटप सबै लगिन् । छिमेकीसँग मेरो नाममा ७ लाख ऋण पनि लिएकी रहिछन् ।’
विदेश जानुअघि शाही नेपालगन्जको एक गैरसरकारी संस्थामा काम गर्थें । धेरै पैसा कमाउने आशामा ५ वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएँ, श्रीमती रुक्माकुमारी र एक छोरीलाई घरमै छोडेर ।
तीन–तीन महिनामा उनले विदेशबाट पैसा पठाउँथे । ५ वर्षमा १५ लाख ५० हजार श्रीमतीलाई पठाएको उनले बताए ।
विश्वास गरेरै घरजग्गा श्रीमतीकै नाममा राखेका थिए । तर पति विदेश गएपछि रुक्माले उक्त घरजग्गा आफ्नो आमाको नाममा पास गरेर बैंकबाट लोन लिइएको छ ।
जुन जग्गा बैंकले पैसा तिर्न नसकेको भन्दै लिलामीमा राखेको छ । उनी बागेश्वरी २ खजुराका सोमनबहादुर पाण्डेसँग दोस्रो विवाह गरेर त्यही घरमा बस्दै आएकी थिइन् ।
‘श्रीमतीका बारेमा छिमेकीबाट टीकाटिप्पणी हुन थालेपछि आत्तिएर कसैलाई थाहै नदिई गत आइतबार घर फर्किए । घर पुग्दा नसोचेको दृश्य आफ्नै आँखा अगाडि देख्नुपर्यो । सोमनबहादुर र श्रीमती मेरै घरमा थिए । म पुगेको थाहा पाउने बित्तिकै दुवै जना भागे,’ दानबहादुरले भने, ‘विदेशबाट जोडेको सम्पत्तिले घरमा सुखसँग जीवन बिताउँला भनेको उल्टो सबै वर्वाद भइसक्यो ।’
उनले सम्पत्ति फिर्ता पाउनका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । उनीहरू भागेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
‘दानबहादुर विदेशमै रहेका बेला रुक्माकुमारीले श्रीमानले घरबाट निकाला गरेको भन्दै सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेकी थिइन् । तर पति विदेशमा रहेकाले घरमै म्याद तामेल गराई मुद्दा फैसला गराएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका इन्चार्ज प्रहरी निरीक्षक हिक्मत बोहराले भने, ‘वैदेशिक रोजगारले बलबहादुर सडकमा आएका छन् ।
फरार रहेका दुवै जनाको खोजी भइरहेको छ । न्याय दिलाउन प्रयास गर्छौं ।’ रुक्मासँग विवाह गर्ने पाण्डेको घरमा जेठी श्रीमती, दुई छोरी र एक छोरा छन् । रुक्मासँग विवाह दर्ता गराएको थाह पाएपछि जेठी श्रीमती बहुविवाह दर्ता गराउन प्रहरी कार्यालय आएकी छन् ।
dainiknepal.com

सेना एक सिपाहीले श्रीमतीको वीभल्स हत्या गरी २४ महिनाकी बालिकालाई जंगलमा फालेको रहस्य खुलेको छ । आजको कान्तिपुरमा खबर छ ।
रामेछाप मन्थली १ को जंगलमा महिलाको शव र नजिकै एक बालिका जिवितै भेटिएको थियो । प्रहरीले अनुसन्धानका क्रममा उत्तः शव रामेछाप ४ की इन्द्रा विश्वकर्माको भएको र निजको हत्यामा पति रमेशकुमार सम्लग्न रहेको जनाको छ । अनुसन्धााका लागि शनिबार साँझ आफ्नै घरबाट पक्राउ परेका रमेशले अपराध स्वीकारेका छन् । www.etajakhabar.com

काठमाडौँ, २६ साउन, लोक गायिका ज्योती मगर यतिबेला निक्कै चर्चामा छिन् । लोकगीत गायन, स्टेज प्रोग्राम तथा भिडियोमा मोडलिङ आदिमा ज्योती कै चर्चा छ । लोक गायिका भए पनि निक्कै हट बनेर प्रस्तुत हुन थालेपछि ज्योतीको चर्चा अहिले चुलिएको हो ।
स्टेज प्रोग्राममा छोटा छोटा लुगा लगाएर गोप्य अङ्ग देखाउने गरेको आरोप ज्योतीलाई यस अघि पनि लाग्दै आएको हो । देशकै विभिन्न ठाउँमा होस् वा विदेशमा हुने स्टेज प्रोग्राममा ज्योती मगर चर्चाको पात्र बनिहाल्छिन् । अहिले हिन्दू नारीहरुको महान चाड तीज नजिकिदै गर्दा फेरी ज्योती मगरकै चर्चा छ । पोहोरको तीजबाट निक्कै अपाच्य शब्द राख्दै गीत गाएर चर्चामा आएका गायक प्रकाश कटुवाल र गायिका श्रीदेवी देवकोटाले यो पटक पनि 'ढाडे बिरालो...' बोलको गीत सार्वजनिक गरेपछि ज्योती मगरको पुन: एक पटक चर्चा चलेको छ ।
गीतमा प्रयोग गरिएका निक्कै छाडा शब्दलाई ज्योती मगरको मोडलिङले उदाङ्गै पारिदिएको दर्शकहरु बताउँछन् । अगष्ट ७ मा युट्युवबाट सार्वजनिक गरिएको गो गीतलाई अहिलेसम्म ३ लाख २२ हजार १०१ जनाले हेरिसकेका छन् भने त्यसमध्ये ३६० जनाले मन परेको भनेर लाइक गरेका छन् यता ४२७ जनाले भने मन नपरेको भनेर डिसलाइक गरेका छन् ।
क–कसले के के भने ज्योतीलाई
विष्णु सुवेदी लेख्छन्ः यस्तो पनि कही तीजको गीत हुन्छ ? लौ चेलीवेटी आफै भन्नु त तपाई तीजमा माईतीमा यही गीत बजाएर नाच्नु हुन्छ ? बाबा, आमा, दाजु भाईको सामुन्ने ? म त भन्छु यो गीत तुरुन्त बन्देज लगाउनु पर्छ ।
रमेश मगर बुढाथोकी लेख्नुहुन्छः यस्तै मनपरि गर्नलाई एक जनाले २–३ वटा श्रीमान राख्ने रे ! शिवजी राई लेख्नुहुन्छः यो फिमेल अधिकार हो केही नभन । फेरि कति नमजाको गाली दिन्छन के भन्नू !
दुःखी मान्छे लेख्नु हुन्छः अङ्ग प्रर्दशन त रोड मै गरे हुन्थ्यो या ब्लु फिल्म खेलेको भए नि हुन्थ्यो । यसरी नेपाली सभ्य सामाजमा बिकृति फैलाएर । के हो यस्तो लाजको मर्नु ।
सेडाई अच्युत लेख्नुहुन्छः यस्तो पनि तीजको गीत रे ! घरका परिवार सँग बसेर हेर्न पनि सरम कस्तो जमाना आयो ल !
भरत बहादुर सापकोटा लेख्नुहुन्छः गीत गाए ल ठिक छ, तर उत्तेजित र छोटो कपडा अनि छाडापनले बिकृति भने भएको छ है साथीहरु ।
राजेन्द्र सिंह धामी लेख्नुहुन्छः यो गीतले हाम्रो छोरी–चेलीको बचेको इज्जत पनि जान्छ, यो गीतलाई बेन्ड गर्न पाए राम्रो ।
दिपेश कोइराला लेख्नुहुन्छः अब त गीत सुन्न नि मन लाउन छोडो । कोमल ओलीले पोइला जान पाम भन्दा बिरोध गर्नी महिला अधिकारकर्मीहरु कता गएछन् ? कि मिनिस्कट किन्न तिर लागे !
प्रेम श्रीष लेख्नुहुन्छः के गर्ने जस्ले, जसरी, जेलेखेर बनाए पनि ज्योतिकै चर्चा हुनेरै छ, मन नपरे पनि भिडियो उसैको चल्यो बजारमा । चर्चामा आउनलाई कि धेरै राम्रो गर्नुपर्ने कि धेरै उत्ताउलोपना देखाउन पर्ने रैछ भन्ने बुझियो ।
सागर रिथेली लेख्नुहुन्छः यस्तो पनि कही तीज गीत हुन्छ ? योत सिधै मलाई आएर रेप गर भनेजस्तो भइगोनी !
मगर जि. ओम लेख्नुहुन्छः ब्यक्तिगत रुपमा भन्नुपर्दा यो भिडियो हेर्दा मलाई त गज्जब लाग्यो । तर मेरो आमा, दिदी बैनीहरुसँग बसेर हेर्न सक्दिन । ज्योती मगर लगायत कलाकारको कुनै दोष छैन । यसको मुख्य डिजाइनर निर्देशक शंकर बि.सी.लाई कडा भन्दा कडा कार्वाही गरियोस् । कम्तिमा यो भिडियो टेलिभिजनबाट प्रशारणमा बन्देज लगाइयोस् ।
करण पंगेनी लेख्नुहुन्छः ब्लु फ्लिम खेल्न गए अझ धेरै दाम कमाईन्छ किन नेपालमा बसेर छोरी चेलीलाई यस्तो भिडियो सार्वजनिक गरेर बिगार्ने कोसिस् गरेकी छौं ए ज्योति मगर... न जातको वास्ता न ईज्यतको वास्ता के यत्रो चाहान्छौं तिमी? वाईयात् !
मोहन केसी लेख्नुहुनछः उत्तेजक अंगप्रदर्शन गरेर रत्यौली गीत गाएर नाचेर निश्चित ठाउमा देखाउने गीतलाई पवित्र तीज चाडको बदनाम गराउने ? यस्ता कलाकार त पश्चिमी देशमा ब्लु फिल्म खेल्न गए रे भन्ने समाचार सुन्न पाइयोस् ्र नेपाली लोक संकृतिका धमिराहरु... ।
दिनेश राउत लेख्नुहुन्छः थुक्क दुखी आत्मा... बिन्दु परियारको जोडी बन्न गए भइ गयो नि तीज जस्तो पबित्र चाडमा यस्तो अस्लिल गीत गाउने र नाच्नेहरु ।
क्रियटिभ भिजन लेख्नुहुन्छः ज्योती मगरलाई गाली गर्नु भन्दा नि यस्ता गीत गाउने गायकरगायिकाहरुलाई सामाजिक रुप मै वहिष्कार गरी दण्ड दिन आबश्यक देखिन्छ । यी गायक र गायिकाहरुले पहिलादेखि नै उत्ताउला, छाडा र समाजलाई अपाच्य हुने गीतहरु गाउँदै आएका थिए । पैसाको लागि जे पनि गर्न चाहनेहरुलाई कडा कार्वाही गर्न अत्यन्त जरुरी छ । अनि ज्योति मगरको त के कुरा गर्नु र ? उनले त आफ्नो धरातल कस्तो थियो र छ भनेर प्रष्ट्याई सकेकि छिन् ।khabartaajaa.blogspot.com

काठमाडौं, सरकारले मलेसियामा पठाउने कामदारलाई निशुल्क टिकट र निशुल्क भिसा दिनुपर्ने माग गरेपछि मलेसिया सरकारले नेपालको सट्टा बंगलादेशबाट कामदार लैजाने भएको छ ।
यसअघि मलेसिया सककारले बंगलादेशबाट कामदार लैजान रोक लगाएपछि नेपालबाट लाखौं कामदार मलेसिया पुगेको नेपाल समाचार पत्र दैनिकले छापेको छ । श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले बिना पूर्वाधार मलेसियालगायतका ७ वटा खाडी मुलुकमा नेपाली कामदार पठाउँदा निशुल्क भिसा र टिकट दिनुपर्ने माग गरेपछि त्यहाँको सरकारले कामदार खोज्ने मुलुकको सूचीबाट नेपाललाई हटाउने तयारी गरेको छ ।

‘मलाई थाहा छ, मेरो शरीर किन्ने कोही छैन, अनि मसँग बेच्नलायकको पनि केही छैन ! तैपनि मैले आफ्नो शरीरलाई जबर्जस्ती लिलामीमा राखेकै छु। सधैं यो सडकमा आउँछु, लौन मेरो शरीर सय/पचासमा भए पनि किनिदेऊ भनी बिन्ती गर्छु। कसैले त सय—पचास हैन, हजार नै दिन्छन् ! तर कोही त मसँग रातभरि सुत्छन् र मेरो गोजीमा भएको सय—पचास पनि लुटेर भाग्छन् !’
यो व्यथा हो, यो सहरकी एक यौनकर्मी महिलाको जो दस वर्षदेखि काठमाडौं सहरमा आफ्नो शरीर लिलामीमा राखिरहेकी छन्। सहरका दर्जनौं यौनकर्मी महिलाहरूसँग साक्षात्कार गर्ने क्रममा भेटिएकी एक पात्र सुन्दरी नेपाल (नाम परिवर्तन), वर्ष ५५ की यी महिलासँग अब बन्ने संविधानमा कानुनले के कस्तो व्यवस्था गरिदिए हुन्थ्यो भन्ने लाग्छ भन्ने सवालमा छलफल हुँदै थियो। छलफलको क्रममा कानुन, सरकार तथा समाजको कुरा आउने बित्तिकै उनी एक्कासि भक्कानिइन्। उनी आफू मात्र रोइनन्, उपस्थित सबैका आँखा रसाए र म पनि उनको व्यथा र बाध्यताबाट नि:शब्द भएँ। मलाई उनको वेदनाले यतिसम्म छोयो कि यो लेख नलेखीकन चैनले बस्नै सकिनँ। उनको कथा :
मेरो नाम सुन्दरी नेपाल हो। यो सालले ठ्याक्कै म ५४ पुगेर ५५ वर्षमा लागेँ। मेरो माइती सुदूरपश्चिम र घरचाहिँ मध्यपश्चिमको पहाडी गाउँमा पर्छ। मेरो बाह्र वर्षमा बिहे भयो, जुन बेला मेरो रजस्वला पनि भएको थिएन। मेरो बिहे हुँदा मेरो श्रीमान्को उमेर २२ वर्ष थियो। उनी इन्डियाका लाहुरे थिए। बिहे भएको साल पनि उनी मलाई भित्र्याएर लाहुर गए। घरमा आँखा नदेख्ने सासू, कान नसुन्ने ससुरा र पाँचजना नन्द थिए। म त्यो घरमा बुहारीको रूपमा भित्रिएदेखि नै बुहार्तन खेप्नुपर्यो। बिहानै तीन बजे उठ्नु, झन्डै बीस—तीस मिनेट हिँडेर गोठ पुगेर भैंसीको गोबर सोहोर्नु, घाँस काट्नु, खोले खुवाउनु र उज्यालो हुँदा त आफूभन्दा अग्लो घाँसको भारी बोकेर घरमा आउनुपथ्र्यो र वृद्ध सासूससुरा तथा मेरै उमेरका र मभन्दा साना पाँचजना नन्दहरूको लागि पकाउने, खुवाउने र मेलापात जाने काम गर्नुपथ्र्यो। बेलुकी मेलापातबाट थकाइले लखतरान भएर आउँदा पनि चुलोमा आगो बलेको हुँदैनथ्यो। हतारहतार आगो बालेर खाना तयार पार्दा रातको १० बज्थ्यो। चुलोमा बालेका चिसो दाउराको कारण घरभरि आएको धुवाँबाट निस्सासिएकी मलाई ससुराको तिखो वचनले झन् उकुस—मुकुस बनाउँथ्यो। भान्साको काम सक्दा रातको १२ बज्थ्यो। कतिपटक रछ्यानमा नै निदाउन खोज्थेँ। फेरि सासूको गोडामा तेल नलगाई सुत्न पाइन्नथ्यो र बिहान ४ बजे नै उठ्नुपर्थ्यो।
अर्को साल श्रीमान् लाहुरबाट फर्किएपछि म १३ वर्षमै गर्भवती भएँ र पहिलो सन्तान छोरा जन्मियो। क्रमश: ३ वटा छोरा भए। श्रीमान्ले इन्डियाभन्दा काठमाडौं जानु ठीक सम्झे क्यारे† उनी रोजगारीको लागि काठमाडौं हान्निए। चाडपर्वमा घर आउजाउ गर्थे। २०५८ सालमा काठमाडौंबाट छिमेकीको घरमा फोन गयो, इलेक्ट्रिसियन काम गर्ने क्रममा करेन्ट लागेर श्रीमान्को मृत्यु भयो† जेठो छोरा पनि सहरमै बाबुसँगै बस्थ्यो। काजकिरिया सकेर छोरा काठमाडौं फर्कियो। केही समयपछि उसले काठमाडौंमै विवाह गरेको खबर पठायो। अब घरखर्च सबै मैले नै मेलापात गरेर टार्नुपर्ने भयो। आम्दानीको स्रोत केही थिएन। यतिकैमा एकजना छिमेकी ससुरा पर्नेले गाविसबाट विधवा भत्ता पाइन्छ। त्यसको लागि मृत्युदर्ता प्रमाणपत्र चाहिने भएकाले जुन अस्पतालमा उहाँको मृत्यु भएको थियो, त्यहींबाट मृत्युदर्ता प्रमाणपत्र ल्याउन सुझाए। उनकै सुझावअनुसार म पहिलोपटक काठमाडौं आएँ र छोराले बताए अनुसारको अस्पताल पुगेँ। अस्पतालमा बुझ्दा मृत्युदर्ता प्रमाणपत्र त अस्पतालबाट लास लैजाँदा बखत नै सँगै दिएको बताए। श्रीमान्को मृत्युदर्ता प्रमाणपत्र लगेर २/४ सय भए पनि विधवा भत्ता लिएर घरखर्च हलुको पार्न सकिन्छ कि भन्ने कत्रो आस थियो। अस्पतालबाट पहिले नै लगिसकेको भन्ने थाहा पाएर थचक्क भुइँमा बसेर रुन थालेछु। मैले रोएको देखेर एकजना कर्मचारीले मिति थाहा छ भने एकपटक रेकर्ड हेरिदिने झिनो आशा देखाउँदै सम्बन्धित कर्मचारी बाहिर गएकाले केही समय कुर्नुस् भने। म अस्पतालको ढोकै छेउको बेन्चमा उनै कर्मचारीको तीव्र प्रतीक्षा गरेर बसिरहेको थिएँ। अस्पतालमा बाहिर र भित्र जानेको ओहोर—दोहोर चलिरहेको थियो।
त्यतिकैमा ३०/३५ वर्षकी महिलाले एउटा झोला छेउमा राख्दै भनिन्, ‘दिदी एकैछिन यो झोला यहीं राख्छु है, म रगतको रिपोर्ट लिएर आइहाल्छु’। मैले हुन्छ भनेर टाउको हल्लाउन पनि नभ्याउँदै ती महिला त पर पुगिसकेकी थिइन्। झन्डै आधा घन्टा बितिसकेको थियो, तर झोला राख्ने महिला आइनन्। झोला यही टेबुलमुनि राख्दिन्छु र मचाहिँ भित्र बुझेर आउँछु भनेर झोला उचालेको त झोलाभित्र बच्चा रोएको जस्तो सुनँे। एकैछिनमा हल्लीखल्ली भयो। यो बच्चा कसको हो? किन, कसले छोड्यो यसरी? कस्ती पापिनी आमा† आदिइत्यादि सुनियो। बिस्तारै कालो सलले बेरिएको तर सालनालसहितको त्यो बच्चीलाई हेर्नेको भीड जम्मा भयो।
भीडमा कसैले छोरा भए म लान्थेँ, छोरी त के लानु† भनेर नाक खुम्च्याए। बेलुकी ४ बजेसम्म बच्चीकी आमा आउँछिन् कि भनी पर्खिएँ। उनी आइनन्। अरूले पनि वास्ता गरेनन्। त्यो अबोध शिशुलाई त्यत्तिकै फाल्न सकिनँ। आफ्नो कोखबाट छोरामात्र जन्मिएका थिए। भगवान्ले छोरी उपहार दिएको ठानी शिशुलाई काखी च्यापी छोराको कोठा गएँ। छोरा, बुहारीलाई सविस्तार घटना बताउनै नभ्याई उनीहरूले ‘धेरै नाटक नगर। यो बच्चा कुनचाहिँ नाठोको हो, हामीलाई भन। अस्पतालमा भेटिएको बच्चा अस्पतालले राख्दैन र? बालगृह नपठाएर कसरी तिमीलाई पठाउँछ?’ भनी मलाई जबर्जस्ती आफ्नै अवैध बच्चा स्वीकार गर भन्न थाले। छोराबुहारीको यस्तो व्यवहार देखेर म त छाँगाबाट
खसेँजस्तै भएँ।
हे भगवान् ! १२ वर्षकी हुँदा बुबाआमाले छानेर दिएको श्रीमान्बाहेक पुरुष नामको अन्य व्यक्तिलाई छुँदा पनि नछोएको मलाई आफ्नै कोखबाट जन्मिएको छोराले कुन नाठोका पेट बोकेर यो बुढेसकालमा बच्चा जन्माएको भन्ने प्रश्न गर्यो। अस्पतालमा गएर बुझ् भन्दा पनि नमानी ‘हामीलाई कुनै स्पष्टीकरण चाहिएन। खुरुक्क जुन बाटो आएकी थियौ, त्यही बाटो जाऊ’ भन्दै धकेले। एक हातले बच्ची च्यापेर अर्को हातले आँसु पुछ्दै निस्किएँ। काठमाडौंमा म पहिलोपटक आएकी कहाँ जाने? के गर्ने? केही मेसो थिएन। रुँदैरुँदै म त मैतीदेवी भन्ने ठाउँमा पुगेछु। बाटोमा मकै पोल्दै बेच्ने एकजना अधबैंसे दिदीलाई सारा वृत्तान्त सुनाएँ। बरु तिनको हृदय पग्लियो, उनले आफूसँगै उनको कोठामा लगिन्। त्यो बच्चीलाई खुवाउने ल्याक्टो दूध, दूधदानी र एकजोर भोटो, टोपी किनिदिइन्। भोलिपल्ट बिहानै बच्ची लिएर हिडेँ, कहाँ जान हिँडेकी हुँ आफैंलाई पनि थाहा थिएन। फेरि न छोराबुहारीको मन पलायो कि भनेर एउटा पसलबाट फोन गरेँ। तर छोराले ‘अझै ज्युँदै छेस्, कुन मुखले फोन गर्ने आँट गरिस्’ भन्यो। म फेरि त्यही पसलमा थचक्क बसेर रुन थालेछु। पसले भाइले मेरोबारे जान्ने मन गरे। मैले सविस्तार बताएँ। उनले आफ्नो घरमा लुगा धुने, भाँडा माझ्ने मान्छे चाहिएको छ भन्दै काम गर्ने अफर गरे। मैले सहर्ष स्वीकारेँ र काम गर्न थालेँ। तर भर्खरै जन्मेकी बच्ची आमाको दूध नपाएर २४ सै घन्टा रुन्थी। बच्चीको रुवाइबाट दिक्क भएका ती साहुले मलाई बच्ची प्रहरीको जिम्मा लगाएर आए वा उही अस्पतालमा छोडे मात्रै काममा राख्न सकिने बताए। तर मेरो मनले यो बच्ची भगवान्ले मलाई नै दिएको हो भनिरह्यो र त्यो घर पनि छोडेँ।
त्यही घरमा धारा, बत्ती मर्मत गर्न आउने एकजना भाइको सहयोगले मैले यो सहरको खुला आकाशमुनि आफ्नो शरीर लिलामीमा राखेँ। मरेको लासजस्तै गरी परपुरुषको यौनतृष्ण मेटाउनुपर्दा धेरैपटक आत्महत्या गर्ने विचार पनि आयो। तर आफ्नै जन्म दिने आमाबाट फालिएकी यो छोरी र आफूले जन्माएको छोराबाट त्यागिएकी मबीच केही भिन्नता देखिनँ। हामी दुवै जनाको भाग्य एउटै रहेछ भन्ने सम्झिएँ। अब जति वर्ष बाँच्छु, यही छोरीका लागि बाँच्छु र जे गर्नु छ यही छोरीका लागि गर्छु भनी प्रण गर्दै छोरीका लागि बाँचिरहेकी छु। म कसैले एक रातको एक करोड दिन्छु भन्यो भने पनि रात बस्नेगरी कहीं जान्नँ, किनकि मलाई कसैको विश्वास लाग्दैन।
अहिले मेरी छोरी १० वर्षकी भई। बोर्डिङमा ३ कक्षामा पढ्छे। उसैको फी, कपीकलम, रासनपानी, औषधि—उपचार गर्नका लागि मैले यो उमेरमा आफ्नो शरीर लिलामीमा राखेको छु। तर यो समाज, यो कानुन र सरकारले सधैं मलाई गैरकानुनी काम गरेको भन्दै लखेट्छ, हेप्छ, छि:छि र दुरदुर गर्छ। म जस्तो बाध्यतावश यौनकार्य गर्नेलाई खै त कुन सरकारले हेर्यो? म पनि यही समाजको एक हिस्सा हुँ। एउटी आमाबाट परित्यक्त नवजात शिशुलाई सास भर्नु मेरो दोष थियो र? आफूले नौ महिना गर्भमा राखेर जन्माएको, हुर्काएको छोराले त मलाई ‘वेश्या’ भन्यो। त्यसैले मलाई कुनै सरकार, समाज वा कानुनसँग विश्वास छैन।
यो कथा सुनाएपछि उनी भक्कानिन थालिन्।www.ekantipur.com

प्यूठान, २५ साउन । प्यूठानको सदरमुकाम खलङ्गाबाट बाङ्गेफेदी जाँदै गरेको ना ३ ख ८३८३ नंको यात्रुबाहक बस आज सदरमुकाम नजिकै दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या दश पुगेको छ ।
घटनास्थलमै छ र उपचारका लागि लैजाँदै गर्दा चार जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो । एकजनाको शव च्यापिएकाको अवस्थामा बसभित्रै रहे पनि निकाल्न सकिएको छैन । घटनामा परी घाइते भएका २४ जनालाई उद्धार गरी स्वर्गद्वारी लाइफकेयर अस्पताल बाग्दुला र जिल्ला अस्पताल बिजुवारमा उपचारका लागि लगिएको छ । घाइते सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सदरमुकाम खलङ्गाबाट बाङ्गेफेदी जाँदै गरेको ना ३ ख ८३८३ नंको यात्रुबाहक बस सारीवाङको घुम्तीबाट खोलामा खसेर दुर्घटना भएको थियो । www.etajakhabar.com

सिड्नी, २५ साउन । सोमबार सोलोमोन द्वीपमा ६.९ रेक्टर स्केलको भूकम्प गएको समाचार छ । सो भूकम्पको सोलोमोन द्वीपको राजधानीमा होनीयारमा समेत महसुस गरिएको जनाइएको छ । सो भूकम्पपछि सुनामी चेतावनी भने नदिइएको अधिकारीहरुले जनाएका छन् ।
अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले पनि यस भूकम्पको सोमबार पुष्टि गरेको छ । यस भूकम्पको केन्द्रविन्दु राजधानी होनीयारबाट २१४ किलोमिटर पश्चिममा समूहको सतहमा रहेको पनि सो संस्थाले जानकारी दिएको छ ।
सोलोमोन राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयका निर्देशकले पनि यस भूकम्पपछि सुनामी चेतावनी भने नदिइएको बताएको छ । गत महिनामा पनि सोलोमोन द्वीपमा ७ .रिक्टर स्केलको भूकम्प गएको तर सुनामी चेतावनी भने दिइएको छैन । सो भूकम्पबाट मानवीय सम्पत्ति क्षति पनि नभएको जनाइएको थियो ।
सन् २०१३ मा आएको ८ रिक्टर स्केलको भूकम्पपछिको सुनामीमा परी १० व्यक्तिको मृत्यु भएको थियो । यस भूकम्पको कारण हजारौं व्यक्ति घरबारबिहीन भएका थिए । रासस/एएफपी

वसन्त रानाभाट, स्पेन
घरेलु कामदारको रुपमा साईप्रस पुगेका नेपाली चेलीहरु असुरक्षित रहेको खबर आईरहँदा गत साता फेरि अर्को दुखद घटना घट्यो। भारतदेखि साईप्रसको लारनाकामा घरेलु कामदारको रुपमा आएकी एक महिलाको मृत्यु भएको त्यहाँको प्रहरीले पुष्टि गरेको छ।
साईप्रसका स्थानीय मिडियाहरुका अनुसार उमेर र नाम नखुलाईएकी ति भारतीय महिला कामदार, घरको पाँचौ तल्लाबाट हाम फालेपछि मृत्यु भएको हो । तर उनको आत्महत्या थियो, दुर्घटना वा उम्कने प्रयास गर्दा घटना घटेको हो भन्नेबारे अनुसन्धान भईरहेको स्थानीय प्रहरी अधिकारीलाई उदृत गर्दै स्थानीय संचार माध्यमहरुले लेखेका छन् । आप्रवासीहरुको हितमा काम गर्ने संस्था किसाले स्वतन्त्र छानबिनको जोडदार माग गरेको छ।
रोजगारदाताहरुले कामदारलाई दिने मानसिक तनाब तथा शारीरिक दुर्ब्यवहारका कारण यस्तो घटना घटेको हुन सक्ने धेरैको अनुमान गरिएको छ। किसाका अनुसार घर मालिकले पटक पटक कामदार फेर्दै आएका थिएँ।
अगष्ट २ तारिक साईप्रसमा घटेको यो घटना पछि घरेलु कामदारको रुपमा आएका आप्रबासी नेपाली महिलाहरुको सुरक्षाको बिषयलाई चासोपूर्बक हेरिएको छ। केही महिना अगाडि एसिड आक्रमणमा परेकी एक नेपाली महिला सिता भट्टराईको दुखद घटनाले यसअघि सबैलाई स्तब्ध बनाएको थियो।
दोषीलाई कारबाही र उचित क्षतिपूर्ति माग गर्दै पिडित भट्टराईले अझै न्यायको लागि लडिरहेकी छन्। एसिडका कारण उनको खुट्टामा बनेको घाउँ अझै निको भईसकेको छैन। घटना बारे समाचार बाहिर ल्याएपछि केहि दिन घर परिवारका सदस्यहरु आत्तिए,कसैको हेर्ने दृष्टिकोण पनि फरक भयो, तर आफूले जस्तो अरुले भोग्न नपरोस् भन्नाका खातिर घटना बाहिर ल्याएको पिडित भट्टराई बताउँछिन्।
अनलाईनखबरमा समाचार प्रकाशित भएपछि त्यहाँस्थित नेपाली अबैतनिक बाणिज्य दुताबास, गैरआवासीय नेपाली संघ, उनलाई काम लगाईदिएको एजेन्टले समेत चासो देखाएका छन्। साईप्रसमा एसिड आक्रमणबारे घटना बाहिर आएपछि अन्य घरेलु हिँसाका घटनाहरु पनि बिस्तारै सार्बजनिक हुन थालेका छन्।
घरेलु कामदारहरुले कस्ता समस्याहरु भोगेका छन् त ?
घरेलु कामदारको रुपमा साईप्रस आएका सबै महिला कामदारहरु समस्यामा परेका छैनन् । महिला कामदारहरु असुरक्षित छन् भन्दा उनका आँफन्त, घर परिबार त्रसित हुनु,चिन्तित हुनु स्वभाबिक नै हो । तर रोजगार दाताहरु असल भएको घरमा काम गर्दै गरेका महिलाहरु मात्र सुरक्षित भएको बताईन्छ। तर यस्तो अवसर धेरै कमलाई मात्र मिलेको कामदार महिलाहरु बताउँछन्।
साईप्रसमा घरेलु कामदारको रुपमा आएका आप्रबासी धेरैलाई समस्या परेको पीडित महिलाहरु गुनासो रहेको छ। तर उनीहरु आफूले भोगेको पीडालाई बाहिर सार्बजनिक गर्न चाहदैनन्। प्रवासको ठाँउमा, न्यायका लागि लड्ने शक्ति बटुल्न सकेका छैनन्।
महिलाहरुले भोग्न समस्याहरु मुख्यत: कन्ट्राक पेपरमा तोकिएको भन्दा बढी काम गर्नु पर्ने,बताईएको भन्दा कम तलब दिने, अतिरिक्त काम गरे बापतको रकम नपाउँने, एउटा मात्र घरमा काम गर्नुपर्ने भनेर सम्झौता गर्ने तर २-३ वटा घरमा पनि काम गर्नुपर्ने, कहिँले काहिँ घरको काम भनेर फिल्डमा समेत लैजाने, कतिपयले कामबाट छुट्टी नै नदिने, घरबाट बाहिर निस्कन र सम्पर्क गर्न समेत नदिई जेलमा राखे जस्तै ब्यबार गर्ने, करिब ३-४ महिना सम्म पनि तलब पाउँने हो या नपाउँने अनिश्चित जस्तै बन्ने वा थोरै दिने तलब पनि समयमा नदिने,रकम दिएँ पनि पुरा नदिने, एक वर्ष पुरा भएपछि पनि दिनुपर्ने बोनसहरु नदिने जस्ता थुप्रै समस्याहरु नेपाली महिला कामदारहरु झेल्दै आएका छन्। पीडित कामदारहरुका अनुसार यी समस्याहरु त साईप्रसमा सबैका साझा समस्या बनिसकेका छन्।
फेरि केही महिलाहरु यो भन्दा फरक र डरलाग्दो पिडाहरु भोगेका छन्। घर मालिक वा रोजगार दाताले शारीरिक दुर्ब्यबार गर्न खोज्नु र मानसिक तनाव दिनु। पटक पटक दुर्ब्यवहार गर्नु वा दुर्ब्यवहारको प्रयास गर्नु निकै जटिल समस्याको रुपमा हेरिएको छ। यस्तो समस्यामा परेका महिलाहरुलाई रोजगारदाताले जेल जस्तै गरी घरबाट बाहिर निस्कन वा कसैसँग सम्पर्क गर्न नदिने बताईन्छ।
कतिलाई त मोबाईल प्रयोग गर्नबाट बन्चित गर्नुले पनि घटना लामो समयसम्म बाहिर आउँन नसक्नुको कारण मानिन्छ। दुर्ब्यबारको प्रतिकार गर्न खोज्दा रोजगारदाताले कामदारलाई कुटपिट गर्ने, घाईते बनाउँने, त्रसाउँने जस्ता ब्यवहार गर्ने गरेको बताईन्छ।
तर यस्तो पिडाबाट उम्केर आएका महिलाहरुले, घटनाहरु आफू आफूबीच बताउँने गरे पनि सामाजिक कारणले गर्दा बाहिर सार्बजनिक गर्न चाहदैनन्। घटना सार्बजनिक हुँदा घर परिबार, समाज, साथीभाईले हेर्ने दृष्टिकोणमा फरक आउँने उनीहरुमा डर रहँदै आएको छ।
नेपालमा के भनिएको हुन्छ साईप्रसको बारेमा ?
नेपालमा साईप्रसको सपना देखाउँने एजेन्ट वा मेनपाबरले भने जस्तो यता आए पछि २० प्रतिशत पनि नमिल्ने, काम गर्दै आएका महिलाहरु बताउँछन्। उनीहरु भन्छन् नेपाल र साईप्रस दुवै तिर एजेन्टले रकम असुल्छन। जे काम भनी पठाईएको हुन्छ त्यो काम वा विवरण मिल्दैन।
कतिपय चेलीहरुको भनाई अनुसार साईप्रस आएपछि पनि एजेन्टले १- २ हप्ता सम्म कोठामा थुनेर पनि राक्ने गर्छन्। नेपालमा जुन किसिमको काम,परिबारको बिबरण बताईन्छ यता आउँदा नमिल्ने गरेको पाईने उनीहरुको गुनासो रहेको छ। महिलाहरुको भनाई अनुसार ३ देखि ५ लाख रुपैयाँ सम्म खर्च गरेर आएका हुन्छन्। मेडिकल रिपोर्ट,पुलिस रिपोर्ट र अन्तरर्वार्ता, साईप्रस आउँनको लागि मुख्य आधार मानिन्छ। पछिल्लो क्रममा भने अग्रेसी भाषालाई पनि प्राथमिकता दिईएको छ।
साईप्रस आईपुगेपछि, काम परिबर्तन गर्न होस् वा काम लगाउँन होस् एजेन्टहरुको महत्वपूर्ण हात रहेको हुन्छ। महिलाहरुले कहाँ कस्तो घरमा काम गर्दै छ यो सबै एजेन्टहरुमा नै निर्भर रहेको हुन्छ। पटक पटक कामदार परिवर्तन गर्ने, समयमा तलब नदिने, शारीरिक दुर्ब्यवहार गर्ने रोजगारदाताहरुलाई एजेन्टले पैसाको लागि पुन: कामदार पठाई दिदा यस्ता घटनाहरु पुन:दोहोरिने गरेको जानकारहरु बताउँछन्।
कतिपय एजेन्टको लापार्बाहीको कारण कामदारहरुको पासपोर्ट लगायत डकुमेन्टहरु हराईदिने गरेको पनि भेटिएको छ। बिना डकुमेन्टका कामदारहरुलाई ईमिग्रेसनले समातेर जेलमा राख्ने गरेको पनि पाईन्छ। यस्तो घटना नेपाली कामदारलाई समेत घटिसकेको छ। एक नेपाली चेली(नाम नखुलाईएको) बिगत पाँच महिनादेखि सोहि कारणले गर्दा जेलमा नै रहेदै आएको कामदार महिलाहरुले जानकारी दिएका छन्। जेलबाट बाहिर निकाल्ने प्रकियामा धेरै रकम खर्च हुने पिडितहरु गुनासो रहेको छ।
एनआरएन साईप्रसका अध्यक्ष के भन्छन् ?
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साईप्रसका अध्यक्ष सुवास मल्लले नेपाली महिलाहरुले थुप्रै समस्याहरु भोग्दै आएको बताउँछन्। साईप्रसमा आप्रबासीहरुलाई विभेद पूर्ण ढंगबाट हेर्ने बताउँदै महिलाहरुलाई गर्ने दुर्ब्यवहारका घटनाहरु दिनप्रतिदिन बढ्दै गएको जानकारी दिए।
उनका अनुसार करिब ६०- ७० बर्ष उमेर समुहका रोजगार दाता (घरमालिक) ले घरेलु महिला कामदारलाई हात लगाउँने,कामदार सुतेको कोठामा गईदिने, दुर्ब्यवहारको प्रयास गर्ने जस्ता घटनाहरु सार्बजनिक भई रहेका छन्। ८ देखि १० घण्टा काम गर्ने भनिए पनि १२, १४ देखि १६ घण्टा सम्म पनि काम गर्नु पर्ने बाध्यता रहेको उनको भनाई रहेको छ।
साईप्रसमा अन्दाजी ३-४ सयसम्म नेपालीहरु रहेको अनुमान रहेको अध्यक्ष मल्ल बताउँछन्। त्यस मध्ये करिब एक सयको संख्यामा मात्र पुरुष र बाँकी महिलाहरु नै रहेका छन्।

एजेन्सी– भारतमा सोमबार दिउँसो ३ बजेर ४० मिनेट जाँदा भूकम्पको झड्का महसुस भएको छ । भूकम्पपछि दिल्लीमा मानिसहरु घर छाडेर बाहिर किक्लिएका छन् ।
भारतीय संचार माध्यमले जनाएअनुसार उत्तर भारतको सबै स्थानमा महसुस भएको हो । भारतको चंडिगढ र हिमाचल प्रदेशमा पनि भूकम्पको झड्का महसुस भएको छ । भूकम्प ६ रेक्टर स्केलको रहेको संचार माध्यमले बताएका छन् ।
त्यस्तै, पाकिस्तानमा पनि भूकम्पको झड्का महसुस भएको जनाइएको छ । यस सम्बन्धि थप जानकारी आउन बााकी छ ।
kathmandutoday.com

मिडिया एनपी, सुर्खेत २५ साउन । अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा भएको प्रदर्शनलाई नियन्त्रणमा लिन भन्दै प्रहरीले केही राउन्ड हवाइ फायर गरेको थियो।आन्दोलन हिंसात्मक हुँदा एकजनाको ज्यान गएको छ । मृतक बिरेन्द्र-४ भैरबनगर का टीकाराम गौतम रहेको र उनको शव अहिले जिल्ला प्रहरी कार्यालय परिसरमा राखिएको छ ।
प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले भिड नियन्त्रण गर्न हवाइ फायर गरिँदा घटना भएको बताए । प्रदर्शनकारीले सुर्खेतका आधा दर्जन भन्दा बढी सरकारी कार्यालयमा तोडफोड गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको हो ।दोहोरो झडपमा डिएसपी नमराज देवकोटा सहित आधा दर्शन प्रहरी र १ दर्जन प्रदर्शनकारी घाइते भएका छन् ।
प्रदर्शनकारीहरुले सोमवार बिहान जिल्लाका सरकारी कार्यालयहरुमा तोडफोड गरेपछि प्रहरी र आन्दोलनकारीहरुबीच झडप हुँदा केही प्रदर्शनकारी घाइते भएका छन् । आन्दोलनकारीले वीरेन्द्रनगरमा रहेका मूख्य दलका तीनवटा पार्टी कार्यालयमा आगजनी समेत गरेका छन् । उग्र बनेका आन्दोलनकारीले कांग्रेसका सह–महामन्त्री पुर्णबहादुर खड्काको घरमा आक्रमण गरेका छन् । खड्काको घरमा आगजनी गर्न खोज्दा प्रहरीले करिब १२ राउन्ड हवाई फायर गरेको छ । घरमा आगजनी गर्न नदिएपछि आन्दोलनकारीले नजिकै रहेको एक सार्वजनिक वस जलाइदिएका छन् ।
शान्तिपूर्ण आन्दोलन गर्दा नेताहरुले नसुनेको भन्दै प्रदर्शनकारीहरुले तोडपफोड गरेका थिए । प्रदर्शनले उग्ररुप लिएपछि प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले अहिले साढे १ बजेदेखि लागू हुने गरी सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा राति ९ बजे सम्मका लागि कर्फ्यु जारी गरेका छन् ।

सरकारले इजरायल जान मापदण्ड तय गरेको छ। श्रम तथा रोजगार मन्त्रालयले इजरायल जानका लागि नेपाली कामदारको मापदण्ड तय गरेको हो । २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको महिला वा पूरुष, हाइट ५ फिट भएको, तौल ३८ केजीभन्दा माथि रहनुपर्ने मापदण्ड तय भएको श्रमराज्यमन्त्री टेकबहादुर गुरुङका सल्लाहकार रमेश कोइरालाले जानकारी दिए ।
साथै मान्यताप्राप्त संस्थाबाट ३ महिना केयर गिभरसम्बन्धी तालिम लिनुपर्ने इन्टरमिडिएट लेवलको अंग्रेजी भाषा जान्नुपर्ने पनि मापदण्डमा उल्लेख रहेको मन्त्रालयका निमित्त सचिव सूर्य श्रेष्ठले जानकारी दिए । श्रीमान, श्रीमती, छोराछोरी र आफन्त इजरायलमा भए त्यस्तालाई नपठाउने कोइरालाले बताए ।
मेडिकल फिट र आपराधिक गतिविधिमा सम्लग्न नभएकाहरु पनि इजरायल जान सक्ने उनले बताए। इजरायल जानका लागि हिब्रु भाषा आवश्यक नभएको मन्त्री गुरुङले बताए । इपीएस मोडेलमा दक्षिण कोरियाजस्तै इजरायलमा पनि कामदार पठाउन लागेको उनले बताए ।
इजरायलले ५ वर्षदेखि नेपाली कामदार लैजान रोक लगाएपनि गत शुक्रबारबाट केयर गिभरमा कामदार लैजान सम्झौता गरेको छ । पहिलो चरणमा दसैंअघि ६० जना नेपाली महिला कामदार त्यसतर्फ उड्ने छन । पाइलट प्राजेक्टमा रुपमा ३ सय कामदार लैजान इजरायल राजी भएको छ । त्यसपछि उनीहरुको काम हेरेर थप कामदार मगाउने इजरायल सरकारको तयारी रहेको मन्त्री गुरुङले जानकारी दिए ।/kinmel.setopati.com

७ जना घाइतेको उपचार हुँदै
सुर्खेत : अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतको वीरेन्द्रनगरमा आन्दोलित सर्वसाधरणको समूहमाथि प्रहरीले गोली चलाउँदा सातजना घाइते भएका छन् ।
वीरेन्द्रनगरस्थित कांग्रेस सह–महामन्त्री पूर्णबहादुर खड्काको घरमा आगजनी गर्न खोजेपछि प्रहरीले गोली हान्दा सातजना घाइते भएका हुन् ।
आगजनी गर्न घरमा पस्न खोजेका आन्दोलनकारीले नेता खड्काको घर अगाडि एउटा सार्वजनिक बस जलाएका छन् ।
प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीहरुको स्थानीय नर्सिङ होमहरुमा उपचार भइरहेको छ ।
annapurnapost.com

इलाम, २५ साउन । दुग्ध उत्पादक किसानको लाखौं रकम हिनामिना गरेको आरोपमा आइतबार एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पशुपतिनगर तीनखुट्टेमा दर्पण चीज उत्पादक संस्था सञ्चालन गरी बस्दै आएका भारत दार्जिलिङ–४ का डोनिट क्षेत्रीलाई किसानले पक्राउ गरी इलाका प्रहरी कार्यालय पशुपतिनगरमा बुझाएका थिए ।
दुई वर्षदेखि पशुपतिनगर आसपासका किसानले उक्त चीज उद्योगमा दुध विक्री गर्दै आएका थिए । किसानले ढुवानी गरेदेखि चीज उद्योगले दुधको रकम नदिई ठगी गर्दै आएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार उक्त चीज उद्योगले किसानलाई दुई वर्षदेखिको करिब रु ४५ लाख रुपैयाँ तिर्न बाँकी छ । दुधको रकम भुक्तान नदिई सञ्चालकहरु फरार भएका थिए । डेरीका तीन÷चार जना सञ्चालक भएपनि अन्यको नाम गोप्य राखिएको छ ।
चीज उद्योगले किसानबाट दुध लिएर चीज उत्पादन गरेर विक्री गरेपनि किसानलाई भने भुक्तान नदिएका कारण पक्राउ गरिएको र थप अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक पदम थपलियाले जानकारी दिए। रासस

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्कमा वैसाखको भूकम्पले चर्किएको घर गएराति भत्कँदा एक जनाको ज्यान गएको छ । घटनामा दुईजना घाइते भएका छन ।
सन्धिखर्क नगरपालिका–बांगला खरीपाटाका रामप्रसाद खत्रीको घर भत्कँदा प्युठान जिल्ला अर्खा गाविस–२ का प्रशान्त थापाको छोरा ९ वर्षीय तिलक थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरीक्षक युवराज तिमिल्सिनाले बताए ।
घर भत्कँदा तिलककी आमा र ६ वर्षीय भाइ घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ । प्युठान घर भएका प्रशान्तको परिवार मजदुरीको सिलसिलामा अर्घाखाँचीमा बस्दै आएको थियो ।
उनका बाबु कामको सिलसिलामा घर बाहिर रहेका र दिदी पनि घरमा नभएकोले उनीहरु बाँचेका जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ ।www.annapurnapost.com

दमौली : तनहुँको मिर्लुङ-६ आरुबोटस्थित मामाको घरमा बस्दै आएका दुई वर्षीय बालकको आइतबार राति घाँटीमा केरा अड्किएर मृत्यु भएको छ ।
मृत्यु हुनेमा सङ्गीता अधिकारीका छोरा टेलिङ अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । हजुरआमाले दिएको केरा खाँदा घाँटीमा अड्किएर ती बालकको मृत्यु भएको बताइएको छ ।
राति २ बजे डुम्रेस्थित मोती मेडिकल हलमा पुर्याइएका ती बालकलाई त्यहाँका स्वास्थ्यकर्मीले मृत्यु भइसकेको बताएका थिए । मृतक बालकको शव परीक्षणका लागि दमौली अस्पताल ल्याइएको छ ।
यसैगरी तनहुँको जामुने गाविस-५ पसले निवासी २० वर्षीय अभिषेक सुनार विष सेवनबाट गम्भीर विरामी भएका छन् । मुसा मार्ने औषधि खाई विरामी भएका सुनारको अहिले दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सोमबार बिहान सुनारले विष खाएको थाहा पाएपछि परिवारजनले अस्पताल पुर्याएका थिए । उनले विष सेवन गर्नुको कारण खुल्न सकेको छैन । राससannapurnapost.com