एसएलसी परीक्षामा छात्रातर्फ नेपाल प्रथम बनेकी रुपन्देही तिलोत्तममा शान्ति नमूना उच्च माध्यमिक विद्यालयकी भावना अर्याललाई अहिले बधाई र शुभकामनाको ओइरो लागिरहेको छ ।
भावनालाई बधाई लिन भ्याई नभ्याई छ भने उनी पढेको विद्यालय प्राङ्गणमा पनि यतिबेला पूरै हर्षाेल्लास छाएको छ । नतिजा निस्केपछि जब धेरैले नेपाल प्रथम भयौं भनेर फोन आउन थाल्यो त्यसपछि उनलाई विश्वास नै थिएन । धेरै ठाउँबाट बधाईको ओइरो लागेपछि उनलाई विद्यालय टप भएको होला भन्ने लागेको थियो । तर जब उनको विद्यालयका सहप्राचार्य कूलप्रसाद लामिछानेले नै फोन गरेर दोस्रो पटक बधाई दिदैं छात्रामध्ये नेपाल प्रथम भएको जानकारी गराए त्यसपछि उनको खुसीको सीमा नै रहेन । रुपन्देहीको तिलोत्तममा नगरपालिका मणिग्राममा पर्ने शान्ति नमूना उच्च माध्यमिक विद्यालयकी छात्रा भावना अर्यालले ९३.८७ प्रतिशत अङ्क प्राप्त गर्दै छात्रामध्ये नेपाल प्रथम भईन् । भावना यसअघिका अन्य परीक्षामा पनि जिल्लामै प्रथम स्थान हासिल गर्दै आएकी थिइन । उनले कक्षा ६ सम्म न्यू इन्भाइरमेन्ट बोर्डिङ स्कूलमा अध्ययन गरेकी थिइन् । उनले कक्षा ७ बाट सामुदायिक विद्यालयमा अध्ययन थालेकी थिइन । भावनाले एक विषयमा पूरा पूर्णाङ्क नै प्राप्त गरेकी छन् । त्यो पनि गणित विषयमा । उनले अनिवार्य गणितमा १०० पूर्णाङ्कमा १०० नम्बर नै प्राप्त गरेकी छन् । त्यस्तै कम्प्यूटर साइन्समा पनि ९९ नम्बर प्राप्त गरेकी छन् । उनले ऐच्छिक गणितमा ९८, विज्ञानमा ९७, अग्रेजीमा ९४, नेपालीमा ९०, सामाजिकमा ८६ र जनसंख्यामा ८७ अंक प्राप्त गरेकी छन्् । उनको कूल अंक ७५१ आएको छ । सँगै उत्तीर्ण भएका साथीहरुका साथमा भावना अर्याल गत चैत १३ गते परीक्षा सकियो । त्यसपछि उनका अभिभावकले कति नम्बर आउँछ भनेर अनुमान गर्न भनेका थिए । त्यतिबेला उनले ९० प्रतिशत त पक्कै आउला भनेकी थिइन । असार ४ गते जब परीक्षाफल प्रकाशित भयो, तब उनले आफ्नो नतिजा हेरेपछि दङदास परिन । ननस्टपखबरसँग कुरा गर्दै अर्यालले भनिन्, ‘रिजल्ट मैले सोचेभन्दा नि राम्रो आयो निकै खुसी लागेको छ ।’ अहिले उनलाई साथीभाइ, आफन्तजनले मात्र होइन, नचिनेका मान्छेहरुले समेत फोन गरेर बधाइ दिन थालेका छन् । त्यतिमात्र होइन, बिभिन्न संचारमाध्यामबाट समेत अन्तरवार्ता र उनको प्रतिक्रियाका लागि फोन आउने गरेको छ । भावनाले यसरी धेरै मिडियाहरु अगाडि आउँलान भन्ने पनि सोचेकी थिइनन । नत उनलाई नेपाल प्रथम नै हुन्छु भन्ने थियो । आफ्नो परीक्षा राम्रो भएकोले राम्रो अंक आउँछ भन्ने मात्र विश्वास उनलाई थियो ।
ननस्टपखबरसँग कुरा गर्दा भावनाले आफ्नो विद्यालय, आफूलाई पढाउने शिक्षकहरु र अभिभावकलाई सम्झिन् । उनले भनिन, “रिजल्टपछि अब अझ राम्रो कसरी गर्ने भन्ने मलाई कता कता डर पनि लागेको छ ।” उनले यसले आफूलाई हौसला पनि बढाएको र आगामी दिनमा अझै मेहनत गर्ने बताइन । पढेपछि के गर्ने भन्ने प्रश्नमा भावनाले आफूलाई समाजसेवा गर्ने मन भएको बताइन । साथै उनलाई देशको सेवा गर्न धेरै मन छ । त्यस्तै उनी एमबीबीएस पढेर डाक्टर बन्ने र दुरदराजका विरामीको सेवा गर्ने मन पनि छ । एक प्रसंगमा उनले अहिले धेरै मान्छेहरु उच्च शिक्षा पढ््न विदेश गएको तर आफू कुनै पनि हालतमा देश नछाड्ने बताइन । उनी भनिन्, देशमा धेरै पढेका जनशक्ति आफ्नो भविष्यको लागि विदेश पलायन हुन्छन् तर म यही देशमा केही गर्न चहान्छु ।” भावनाको विद्यालय शान्ति नमूना उच्च मावि तिलोत्तमा मणिग्रामका प्राचार्य घनश्याम ज्ञवालीको पनि यतिबेला खुसीको सीमा छैन । उनलाई पनि बधाईको ओइरो त्यतिकै छ । उनी भन्छन्, सायद भावनाभन्दा बढी बधाई मलाई आएको होला । उनले लागेपछि केही हुन्छ भन्ने नमूना आफ्नो विद्यालयले देखाउन पाउँदा निकै खुसी लागेको बताए ।नन स्ट्प खबरमा खबर छ । उनले निजी विद्यालयहरुको अस्वथ्य प्रतिप्रर्धाका बीचमा पनि शान्ति नमूनाले पाएको सफलतामा विद्यार्थीहरु, शिक्षकहरु र सबै अभिभावकहरु सबै हिस्सेदार भएको बताए । एसएलसीको पूरा नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

६ असार, काठमाडौं ।
आज यो बर्षकै लामो दिन हो । अँग्रेजी पात्रो अनुसार २१ जुन आज सबैभन्दा लामो दिन परेको हो ।
आजको दिन पृथ्वीको दक्षिणी गोलाद्र्धमा दिन छोटो र उत्तरी गोलाद्र्धमा लामो हुने गर्छ । सूर्योदय र सूर्यास्त समय अनुसार आज नेपालमा दिन मात्रै १४ घण्टाको हुने छ ।
आज बर्षकै लामो दिन भएपनि भोलिदेखि भने दिन छोटो र रात लामो हुँदै जान्छ ।
सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो अक्षमा पृथ्वीको ढल्काईका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले सामान्यतयाः २१ जुन लामो दिन हनेगर्छ ।
डिसेम्बर २१ तारिखमा पृथ्वीमा सूर्यको प्रकाश कम पर्ने हुँदा यस दिन सबैभन्दा छोटो दिन भएपछि अन्तर्राष्ट्रिय समय अनुसार जुन २०, २१ या २२ तारिख मध्ये कुनै एकदिन लामो दिन पर्नेगरेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

काठमाडौं, असार ६ । यस पटकको एसएलसी नतिजामा सामुदायिक विद्यालयका ३३.१८ प्रतिशत विद्यार्थी उत्तीर्ण भए । सामुदायिकको तुलनामा न्यून तलब र सुविधा हुने संस्थागत अर्थात् निजी विद्यालयको उत्तीर्ण प्रतिशत भने ८९.३ रह्यो ।
एकै प्रकारको शिक्षा प्रणाली र परीक्षा प्रणालीभित्र देखिएको नतिजाको यो अन्तरले सरकारले विद्यालय शिक्षामा गरेको लगानीको सदुपयोग हुन नसकेको प्रस्ट देखिएको छ । चालू आर्थिक वर्षका लागि शिक्षामा राज्यले ८६ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । यसको ८० प्रतिशत विद्यालय तहमा खर्च हुने सरकारी तथ्यांक छ, जुन अधिकांश शिक्षकको तलबभत्तामा जान्छ ।
सामुदायिकतर्फ ३ लाख २ हार ३ सय ९९ जना परीक्षामा सहभागी भएकामा १ लाख ३ हजार ४२ जना उत्तीर्ण भए । निजीतर्फका १ लाख २ हजार ९ सय ३९ परीक्षार्थीमा ९१ हजार ९ सय २५ जना पास भए । शिक्षा विद्हरुका अनुसार कम पढाउने र बढी राजनीति गर्ने शिक्षकका कारण सामुदायिकतर्फ नतिजा राम्रो नआएको हो ।
शिक्षक नियुक्त गर्दा क्षमतावानलाई पाखा लगाएर राजनीतिक आस्थाका आधारमा गर्दा पनि यस्तो भएको विज्ञहरुको धारणा छ ।
नीतिगत सुधार नहुनु, व्यवस्थापन समितिमा राजनीति, हुनेखाने र सचेत वर्गले सामुदायिक विद्यालयलाई आफ्नो नठान्नु, शिक्षकलाई जागरुक बनाउने नीतिगत तहका अधिकारीले जिम्मेवारी वहन नगर्नु पनि सामुदायिक विद्यालयले पछि पर्नुका कारण हुन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

काठमाण्डु, ६ असार–मध्यपूर्वी नेपालमा दैनिक भूकम्पका धक्का महसुस भइरहेको अवस्थामा पश्चिम नेपालमा पनि नयाँ भूकम्पको धक्का मापन गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिवार साँझ रुकुमको उत्तरी क्षेत्र जंग गाविसको भेरी नदीको मुहाननजिकै ५ दशमलव ४ रेक्टर सकेलको भूकम्प गएको छ ।
गोरखा भूकम्पपछि पराकम्पनहरु आउने क्रम जारी भए पनि पछिल्लो समयमा त्यो क्रम जारी भएपनि पछिल्लो समयमा त्यो क्रम घट्दै गएका छन् । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले भने, ‘तर, शनिबार रुकुममा भूकम्प गएपछि नयाँ तरंग सिर्जना भएको छ ।
रुकुमको उत्तरी भागमा भूकम्प्को केन्द्रविन्दु भएपनि सदरमुकाममा भने कुनै असर नपरेको केन्द्रले जनाएको छ । सानो धक्का भएकाले त्यसपछि अन्य कुनै पूर्वानुमान गर्न नसकिने केन्द्रले जनाएको छ । भूगर्भविद्हरुले मुलुकको मध्य र पूर्वी क्षेत्रमा भूगर्भमा भएको शक्ति सञ्चय भएको बताउँदै आएका छन् ।
राधजानी दैनिकबाट
kathmandutoday.com

एजेन्सी – पृथ्वी जीवन समाप्त हुनेतर्फ नयाँ दौडमा रहेको अमेरिकाका तीन विश्वविद्यालयको अध्ययनले देखाएको छ ।
अध्ययनमा सबैभन्दा पहिले समाप्त हुने प्रजाति मानव भएको दाबी गरिएको छ । स्टेनफर्ड, प्रिन्सटन र बर्कले विश्वविद्यालयका उक्त सोधमा मेरुदण्ड हुने जीव लोप हुने दर सामान्यभन्दा १ सय १४ गुणा वृद्दि भइरहेको जनाएको छ । यस प्रकारको निष्कर्ष गतवर्ष ड्युक युनिभर्सिटीको एउटा सोधका बारेमा साइन्स एडवान्सेज जर्नलमा छापिएको हो । सोधकर्तामध्येका एकजनाले भने,‘हामी लोप हुन लागेका जीवहरुको पंत्तिमा छैठौं स्थानमा प्रवेश गरिसकेका छौं ।’ ठूलो परिमाणमा प्रजातिहरु लोप हुने यसप्रकारको पछिल्लो घटना साढे ६ करोड वर्ष पहिला भएको थियो । त्यतिबेला डायनोसरस लोप भएको थियो । प्रमुख सोधकर्ता गेरान्डो सेबालोसले भने,‘यदि यही स्थिति कायम रहने हो भने पृथ्वीमा जीवन पुनः आउनका लागि कैयौं लाख वर्ष लाग्नेछ र मानव पनि प्रारम्भिक चरणमा लोप हुनेछ । प्रतिवेदनमा सन् १९०० देखि हालसम्म मेरुदण्ड भएका ४ प्रजाति लोप भइसकेको उल्लेख छ । वैज्ञानिकहरुको अनुसार यति ठूलो नोक्सान सामान्यतया १० हजार वर्षमा मात्र हुने गरेको छ । स्टेनफर्ड युनिभर्सिटीका प्रोफेसर पल एलिर्चले हामी आफैें आफू बसेको हाँगा काटिरहेको बताए । समाचारपत्रमा खबर छ ।/www.ratopati.com

टेक्सास, अमेरिका, जुन २० । यहाँको कोलोनी भन्ने ठाउँमा आफ्नै स्टोरमा गोली हानी हत्या गरिएकी नेपाली चेली समिरा शिवाकोटीको हत्यारालाई प्रहरीले पक्राउ गरेको छ । कोलोनी शहरको प्रहरीले आज एक पत्रकार सम्मेलन गरी शिवाकोटीको हत्यारा पक्राउ परेको जानकारी दिएको छ । हत्यारा १९ वर्षको अश्वेत वर्णको डियोन किङ्ग्सटन जुनियर नामको किशोर रहेको प्रहरीले जारी गरेको प्रेस रिलिजमा उल्लेख छ ।
प्रहरीले फोटोसहित समिरालाई गोली हानी हत्या गर्ने हत्याराको विवरण सार्वजनिक गरेको हो । कोलोनी शहरको मेन स्ट्रिटमा रहेको -यापिडो कन्भेनियन्स स्टोरमा गतसाता बुधवार दिउँसो करीब एघार बजेतिर सोही व्यक्तिले स्टोरभित्र पेस्तोल प्रहार गरी शिवाकोटीको हत्या गरेको थियो ।
यो व्यक्तिले अस्ति बुधवार पनि हतियार देखाएर फ़्रिस्को भन्ने ठाउँको अर्को पसल लुटेको थियो । प्रहरीले समिरा हत्याराको शंकास्पद सूचीमा राखेर डियोन किङ्ग्सटनलाई खोजी गरिरहेको थियो । किङ्ग्सटन बुधवार फ़्रिस्को कन्भेनियन्स स्टोरमा पेस्तोल देखाएर लुटपाट गरी फरार थियो । यसैगरी बिहीवार अपरान्ह करीब चार बजेतिर यही व्यक्तिले कोलोनीकै टेक्साको ग्याँस स्टेशनमा हतियार देखाई स्टोर लुटेर भाग्दै गरेको अवस्थामा प्रहरीले तत्काल उसलाई पक्राउ गरेको थियो । सिलसिलावर लुटपाटमा संलग्न किङ्ग्सटन नै समिराको हत्यारा भएको पुष्टी भएको भन्दै प्रहरीले आज यसरी समिरा हत्यारालाई पक्राउ गरेको जानकारी गराएको छ ।
३१ वर्षीया समीराका नौ महिना र दुई वर्षकी दुई नावालिक छोरीहरु छन् भने पति नवराज डेन्टनमा बस्छन् । नवराजले पारिवारिक व्यवसयको रुपमा विगत चार वर्षदेखि विगत चार वर्षदेखि टेक्सासको कोलोनीमा ग्याँस स्टेशन र कन्भेनियन्स स्टोर सन्चालन गर्दै आएका थिए । सोही स्टोरमा काम गर्दै रहेकी समीरालाई जुन १० तारिख बुधवार किङ्ग्सटनले गोली प्रहार गरी हत्या गरेका थिए । हत्या गरिएकी समिराको गत आइतवार दाहसंस्कार गरिएको थियो।

ज्योतिष शास्त्रका अनुसार फरक-फरक राशीका मानिसहरूको भाग्य पनि फरक-फरक उमेरमा चम्किन्छ । तपाईको जीवनका महत्वपूर्ण कामहरू कुन वर्षमा बन्छन् ।
थाहा पाउनुस्:
मेष: चू, चे, चो, ला, ली, लू, ले, लो, अ, अक्षरबाट नाम सुरु हुने मानिसहरूको जीवनमा १९, २२, २३, र २८ वर्षको उमेर महत्वपूर्ण हुने गर्दछ ।
वृष: ई, उ, ए, ओ, वा, वी, वू, वे, वो अक्षरबाट नाम सुरु हुने मानिसहरूको जीवनमा २०, २२, २४ र ३१ वर्षको उमेरमा महत्वपूर्ण उतारचढाव आउने गर्दछ।
मिथुन: का, की, कू, घ, ङ, छ, के, को, ह अक्षरबाट ना सुरू हुनेहरुको भाग्य १८, २१, ३०, र ३९ वर्षको उमेरमा चम्किन्छ ।
कर्कट: ही, हू, हे, हो, डा, डी, डु, डे, डो अक्षरबाट नाम सुरु हुने मानिसहरुको १३, २२, र ३१ वर्षको उमेर महत्वपूर्ण हुने गर्दछ ।
सिंह: मा, मी, मू, मे, मो, टा, टी, टू, टे अक्षरबाट नाम सुरू हुनेहरुलाई २३, ३२, ४२, र ५० वर्षको उमेरमा धन, पद-प्रतिष्ठा प्राप्त हुने गर्दछ ।
कन्या: ढो, प, पी, पू, ष, ण, ठ, पे, पो अक्षरबाट नाम सुरु हुने मानिसहरुको १५, १८, २४, र ३३ वर्ष निकै नै उपलब्धी पूर्ण हुने गर्छ ।
तुला: र, री, रू, रे, रो, ता, ति, तू, ते अक्षरबाट नाम सुरु हुने मानिसहरुको जीवन १६, २५, र ३४ वर्षमा बदलिन्छ ।
वृश्चिक: तो, न, नी, नू, ने, नो, या, यि, यू अक्षरबाट नाम सुरू हुनेहरुले १७, २६, २८ वर्षमा सफलता प्राप्त गर्दछन् ।
धनु: य, यो, भा, भि, भू, ध, फा, ढ, भे अक्षरबाट नाम भएकाहरूको जीवनमा १८, २७, ३०, र ३६ वर्षमा अकल्पनिय सफलता प्राप्त हुने गर्दछ ।
मंकर: भो, जा, जी, खी, खू, खे, खो, गा, गी अक्षरबाट नाम सुरु हुने मानिसहरूले २४ र २५ वर्षको उमेरमा सफलता हासिल गर्ने गर्छन् ।
कुम्भ: गू, गे, गो, स, सी, सू, से, सो, द अक्षरहरूबाट नाम सुरू हुनेहरूको जीवनमा ३० र ३५ वर्ष महत्वपूर्ण हुने गर्दछ ।
मीन: दी, दू, थ, झ, ञ, दे, दो, च, ची अक्षरबाट नाम सुरू हुने मानिसहरू २१, ३०, ३३, र ३९ वर्षको उमेरमा सफलतामा रमाउन पाउनेछन् ।

५ असार, काठमाडौं ।
रुकुम केन्द्रबिन्दु भएर शनिबार बेलुकी ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको छ । ६ बजेर ८ मिनेट जाँदा ५ दशमलव ४ रेक्टरको भूकम्प गएको छ । यो नयाँ भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीले रुकुममा गएको भूकम्पको वैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पसँग कुनै सम्बन्ध नभएको बताए ।
यो भूकम्पबाट भएको क्षतिको कुनै विवरण अहिलेसम्म आएको छैन । जिल्लाको विकट वस्ती भएकाले भुकम्प वारे विस्तृत विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । भुकम्पको केन्द्र विन्दु भएको क्षेत्रमा प्रहरी पुगिसकेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी प्रमुख गोविन्द थपलियाले जानकारी दिए ।

एजेन्सी । अमेरिकाका तीन विश्वविद्यालयले गरेको अध्ययनमा पृथ्वी ‘नयाँ चरणको संकटतर्फ’ प्रवेश गरेको र मानव जीवनको अस्तित्व मेटिने खतरा रहेको प्रतिवेदन सार्वजनिक भएको छ ।
अध्ययनमा सबैभन्दा पहिले बिनाश हुने प्रजातिमा मानव रहेको औल्याइएको छ । पछिल्ला वर्षहरुमा देखिएका संकट ६ करोड वर्ष अगाडिको जस्तै रहेको निष्कर्ष प्रतिवेदनमा उल्लेख छ ।
स्टेनफर्ट विश्वविद्यालयको नेतृत्वमा प्रिन्सटन र बर्कले जस्ता ख्यातिप्राप्त विश्वविद्यालयका अनुसन्धान प्रतिबेदनमा पृथ्वीमा सामान्यभन्दा ११४ गुणा छिटो गतिमा विनाश भइरहेको उल्लेख छ ।
यस्तै निश्कर्ष गत वर्ष ड्युक विश्वविद्यालयको प्रतिवेदनमा पनि निकालिएको बीबीसीले जनाएको छ ।
ताजा अध्ययन साइन्स एडभान्सेज जर्नलमा छापिएको छ । जसमा यस्तैखाले डरलाग्दो अवस्था साँढे ६ करोड वर्ष अगाडि देखापरेको र त्यसबेला डायनोसर जस्ता जनावर लुप्त भएको जनाइएको छ ।
त्यसबेला पृथ्वी अत्याधिक तात्दा जीवन भएका सबैखाले प्राणी सखाप भएका थिए ।
पछिल्लो रिपोर्टका अनुसार सन् १९०० देखि अहिलेसम्म पृथ्वीमा रहेको हाड भएका ४ सय प्रजातिका जनावरहरु लोप भइसकेका छन् ।
अनुसन्धानको नेतृत्व गरेका गेरारडो सेबालोसले अहिलेकै अव्यवस्थालाई छाडिदिने हो भने हाम्रा थुप्रै प्रजातिलाई पुनर्जीवन पाउन लाखौं वर्ष लाग्नसक्ने जनाएका छन् ।
इन्टरनेशनल युनियन फर कन्जभेसन अफ नेचरका अनुसार प्रत्येक वर्ष कम्तिमा पनि ५० प्रजातिका जनावरहरु लोप हुदै जानेछन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

आफ्नै आमाका सौता अर्थात् आफ्नो बुवाका कान्छी श्रीमतीहरुलाई आफ्नै श्रीमती बनाएर भित्राएका घटनाहरु बिरलै होलान् । तर यो दुनियामा यस्तो देश छ, जहाँ सामान्य जनताले होइन की स्वयं राजाले नै बाउको शेषपछि सबै सौतेनी आमाहरु बेहोर्नुपर्छ । अर्थात् बुवाका श्रीमतीहरुलाई अर्थात् आफ्ना सानीमाहरुलाई आफ्नै श्रीमती बनाएर भित्राउनुपर्छ । त्यो पनि एक दुइवटा कहाँ हो र, दर्जनौँ सानिमाहरुलाई ।
अफ्रिकी देश क्यामरुनको बाफुट क्षेत्रका राजा अबुम्बी द्वितीयका झण्डै एक सय श्रीमती छिन् । तर ति श्रीमतीहरु उनी आफैले पहिलोचोटी बिहे गरेका भने होइनन् । ती मध्ये ७२ जना उनका भुतपूर्व सौतेनी आमाहरु हुन् । अर्थात् आफ्ना बुवाले कान्छी रानीहरु बनाएर भित्राएका मुमाज्यूहरुलाई बुवाको मृत्युपछि उनले आफ्नै रानी बनाएर भित्राउनुपर्यो ।
११ औँ राजा अबुम्बी द्वितीयका बुवाको सन् १९६८ मा मृत्यु भएकेा थियो । त्यहाँको चलन नै राजाको मृत्युपछि रानीहरु स्वतः नयाँ राजाको रानीहरु बन्ने चलन छ । अर्थात् रानीहरु नमरुन्जेल राजाको पदेन श्रीमती बन्दछन् ।
अबुम्बीले आफ्ना बाबुबाट बेहोरेका ७२ जना सेकेण्ड ह्याण्ड श्रीमतीका साथै आफुले पनि दुइ दर्जनभन्दा बढि श्रीमतीसँग विवाह गरेका छन् । सबै श्रीमतीहरुबाट गरेर उनका झण्डै ५ सय सन्तान छन् ।
उनकी तेश्री श्रीमती रानी कन्स्टेन्सका अनुसार हरेक सफल पुरुषका पछाडि निकै सफल तथा ससक्त महिलाको हात हुने बताउँछिन् । उनका अनुसार यसरी पूराना रानीहरु नयाँ राजाको समेत श्रीमती बन्ने परम्पराको ठूलो अर्थ छ । पहिले नै रानी भैसकेका पाका महिलाहरुले नयाँ राजाहरु तथा नयाँ रानीहरुलाई राजकाज लगायतका कुराहरु सिकाउन सहज हुने उनी बताउँछिन् ।
राजाले बिहे गर्ने रानीहरु शिक्षित हुन्छन् र प्रायः धेरै भाषा बोल्नसक्ने तथा वाकपटु हुन्छन् ।
अफ्रिकी देश क्यामरुनमा पुरुषका लागि बहुविवाह छुट छ, तर पछिल्लो समयमा भने यो प्रचलन घट्दै गएकेा छ । तर जनताले यो संस्कारलाई चुनौति दिँदै गएको भएपनि राजा अबुम्बी भने आफ्ना जनताको संस्कृतिको रक्षा गर्ने काम आफ्नो रहेको भन्दै मौलिक संस्कृति बचाउनकै लागि आफुले सय जना रानी बनाएको तथा आफ्ना लागि संस्कृति र सबै रानीहरु महत्वपूर्ण रहेको दाबी गर्छन् ।
यी राजाको राजदरबारलाई टोह भनिन्छ । यो क्यामरुनको पर्यटकीय आकर्षण भएको स्थल हो र यसलाई विश्वको सबैभन्दा संकटापन्न सम्पदाको रुपमा लिइएको छ ।
www.onlinekhabar.com

मैदी (धादिङ) : शुक्रबार प्रकाशित एसएलसीको नजितामा असफल भएपछि मैदीका एक विद्यार्थीले आत्महत्या गरेका छन् ।
मैदीमा रहेको ठुलोचौर माद्यमिक विद्यालयबाट एसएलसी दिएका सुनिल भारतीले शुक्रबार साँझ झुन्डेर आत्महत्या गरेका हुन् ।
दिउसो गाइबस्तु चराउन गएका भारती साँझ घर नफर्केपछि खोजी गरिएको थियो । फेल भएको थाहा पाएपछि आत्महत्या गरेको हुनसक्ने उनका साथीहरुले बताएका छन ।
जिल्ला अस्पताल धादिङमा शनिबार पोष्टमार्टपछि भारतीको दाहसंस्कार गरिएको छ ।
त्यसैगरी एसएलसी परीक्षामा अनुत्तीर्ण भएपछि तनहुँमा एक छात्राले शनिबार आत्महत्या गरेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार भानु गाविस(२ निवासी १७ वर्षीया मनिषा पाण्डेले आत्महत्या गरेकी हुन् । मृतक पाण्डे संस्कृत माध्यमिक विद्यालय चुदीबाट एसएलसी परीक्षामा सहभागी भएकी थिइन् ।
उनले आफ्नै घरमा आत्महत्या गरेकी हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।www.annapurnapost.com

मोन्टेरी (मेक्सिको), ५ असार । मेक्सिकोको उत्तरी भागमा शुक्रबार बन्दुकधारीहरूले एक बियर व्यवसायमा आक्रमण गरी दिउसै १० व्यक्तिको हत्या गरेको र केही व्यक्तिलाई नाङ्गो रूपमा छोडेको अधिकारीहरूले जानकारी दिएका छन् ।
उक्त आक्रमण दुई समूहबीच शत्रुताका कारण भएको देखिएको अधिकारीहरूले बताएका छन् ।
मोन्टेरी औद्योगिक केन्द्रबाहिर अवस्थित गार्सिया नगरपालिकाको एक बियर वितरण केन्द्रमा केही व्यक्तिहरू दुई गाडीमा आई आक्रमण गर्न थालेको सरकारी वकिलहरूले बताएका छन् ।
सरकारी महान्यायाधीवक्ता ह्याभियर फ्लोरेसले यो गोली प्रहार दुई आपराधिक समूहबीच भएको र अनुसन्धान यसैमा आधारित भएको बताए । उनले घटनास्थलमा सात किलो गाँजा फेला परेको उल्लेख गरे ।
सात व्यक्तिको घटनास्थलमै मृत्यु भएको र उनीहरू कोही नाङ्गो वा अर्ध नाङ्गो अवस्थामा फेला परेको उनले जानकारी दिए । अन्य तीन व्यक्तिको अस्पतालमा मृत्यु भएको थियो ।
उनले मृतकहरूलाई नै छानेर आक्रमण गरिएको र बियर वितरण केन्द्रका अन्य कर्मचारीहरूलाई छोडिएको बताए ।
उनले मृतकहरू आपराधिक क्रियाकलापमा संलग्न भएको विषयमा आफू निश्चित नभएको तर उनीहरूमाथि आक्रमण भएको अवस्था हेरी उनीहरू त्यस्तो क्रियाकलापमा संलग्न भएको देखिएको बताए ।
सरकारी अनुसन्धानकर्ताहरूले आफ्नो परिचय नदिने सर्तमा जेटाज लागुपदार्थ व्यापारीहरूले आफ्नो व्यापारका लागि उक्त क्षेत्र उपयोग गरेको बताएका छन् ।
प्रहरीले गाँजाका साथमा एक बन्दुक तथा १० वटा गोली फेला पारेका छन् । अर्का अधिकारीले आक्रमणकारीले १० हजार पेसो लुटेर लगेको बताए ।
dainiknepal.com

काठमाडौँ, ५ असार । सिन्धुपाल्चोक इचोक गाविसका निमा तामाङ, सूर्यमान तामाङ र मङ्गले तामाङले आफ्ना छोरीहरु हराएको भन्दै खोजिदिन गत जेठ २४ गते माइती नेपालमा निवेदन दिएका थिए ।
घरबाट सहमतिमै दुबई जाने भनेर स्थानीय दलाल नातामा मामा पर्ने अशोक तामाङको साथ लगाएर उनीहरुले आफ्ना छोरीहरु कान्छीमाया तामाङ, आरती तामाङ, मायाँ तामाङ, सुष्मा तामाङ, सुनिता तामाङलगायत आठ जनालाई काठमाडौँ पठाएका थिए ।
काठमाडौँ आएलगत्तै सम्पर्कविहीन भएपछि अभिभावकले छोरी खोजिदिन निवेदन दिएर प्रहरीको सहायताले खोज्दै जाँदा दुबई लैजाने भन्दै झुक्याएर भारततर्फ लैजान लागेको अवस्थामा हेटौँडाबाट नेपाल प्रहरी, माइती नेपाल मानव बेचबिखनसम्बन्धी सञ्जालले नियन्त्रणमा लिएको माइती नेपालका निर्देशक विश्वराम खड्काले जानकारी दिनुभयो ।
उहाँले हेटौँडा बसपार्कमा केही शङ्कास्पद युवती देखेर प्रहरी र आफूहरुले सोधखोज गर्नथालेपछि उनीहरुलाई त्यहाँसम्म पु¥याउने अशोक भने फरार भएको र युवतीलाई बिहीबार काठमाडौँ ल्याई आफूहरुको संरक्षणमा राखिएको जानकारी दिनुभयो । उनले वेश्यालयमा ग्राहकका लागि ठिक्क उमेरका जवान भाञ्जीलाई बेच्न खोजेको बताइएको छ ।
विभिन्न प्रलोभनमा पारेर भूकम्प प्रभावित जिल्लाका युवतीलाई अहिले अवैधरुपमा भारत र तेस्रो मुलुक लैजान थालेपछि माइती नेपालले अहिले काठमाडौँबाट बाहिरिने नाका र भन्सार नाकामा आफ्नो गतिविधि बढाउँदै लगेको छ । यस क्रममा भूकम्पपछि मात्र अवैधरुपमा विदेश लैजान आगेको अवस्थामा अहिलेसम्म ३२२ जनाको उद्धार गरिसकेको जनाएको छ ।
युवतीका अनुसार उनीहरुलाई काठमाडौँबाट भैंसे मकवानपुर हुँदै हेटौँडा पु¥याइएको र त्यहाँबाट काँकडभिट्टा हुँदै भारतको बैङ्गलोर जाने र त्यहाँका १५/२० दिन बसेपछि सम्पूर्ण प्रवेशाज्ञा प्रक्रिया पूरा गरी दुबई लैजाने भनिएको थियो । उनीहरुको सबैको राहदानी समेत अशोकले नै लिएर फरार भएका छन् ।
काठमाडौँ दक्षिणकाली हुँदै हेटौँडा लैजाँदा कसैले पनि शङ्का नगर्ने र पक्राउ नपर्ने भएकाले दलालले नयाँ बाटो प्रयोग गरेको प्रहरीको भनाइ छ । पछिल्लो समयम दक्षिणकाली हेटौँडा तथा विपी राजमार्गको बनेपा बर्दिवास हुँदै पनि युवतीको तस्करी बढेकाले उक्त ठाउँमा समेत नयाँ अस्थायी चेकपोस्ट खडा गरी जाँचमा कडाइ गरिएको प्रहरीको भनाइ छ ।
पीडित आरती तामाङले शुक्रबार माइती नेपालको कार्यालयमा भनिन्, “भूकम्पपछि नेपालबाट विदेश जान नमिल्ने भन्दै अशोकले सबै प्रक्रिया भारत गएर गर्नुपर्ने भएकाले भारत जानुपर्ने बताएको थियो ।”
उनले भनिन्, “मामाको विश्वासमा परी बुबाले हामीलाई पठाउनुभयो, तर, उहाँको नियत खराब रहेछ अहिले आएर थाहा भयो, अब यतै बस्ने सिकाइ सिक्ने अनि गाउँका अन्य दिदीबहिनीलाई पनि दलालको लहैलहैमा लागेर विदेश नजान सचेत गराउँछु ।”
किशोरीहरुको राहदानीसमेत तिनै दलाल अशोक तामाङले नै बनाइ दिएको पीडित युवतीले बताए ।
उनीहरु परिवारकै सहमतिमा जान लागेका भनिएपनि दलालमार्फत गैरकानुनी तरिकाले भारतको बैङलोर हुँदै दुबई लैजान खोजिएकाले उद्धार गरिएको माइती नेपालले जनाएको छ ।
माइती नेपालका निर्देशक खड्काले आफन्त पर्ने दलाल अशोकमार्फत आठजना विदेश जान लागेका र काभ्रे अनिकोटकी कान्छीमाया तामाङलाई भने दलालले घुम्न जाउँ भनेर फकाएको पाइएको बताउनुभयो ।
कान्छीमाया यसअघि पनि मलेसिया बसेर आएकाले घुम्न नभई उनीहरुलाई विदेश पठाउन सहयोगीको भूमिका खेलेको आशङ्का माइती नेपाल र प्रहरीले गरे पनि उक्त कार्यमा उनको संलग्नता भए नभएको यकिन भएको छैन । राससepahiilodainik.blogspot.co.i

नेपालगन्ज : एसएलसीमा अनुत्तीर्ण भएको भन्दै बाँकेमा एक छात्राले आत्महत्या गरेकी छन् । बाँकेको खजुरास्थित बागेश्वरी–५ मनकानापुरकी १७ वर्षीया सीता भण्डारीले आत्महत्या गरेकी हुन् ।
नेरा मावि मनकामनापुरबाट एसएलसी दिएकी उनलाई विज्ञान बिषय लागेको थियो । विज्ञानमा ७ नम्बर कम आएपछि उनी फेल भएकी थिइन् । ५ ग्रेस मार्क दिँदा पनि उनलाई २ नम्बर पुगेको थिएन ।
घर कोही नभएको अवस्था माथिल्लो तलाको सिलिङमा झुण्डिएर भण्डारीले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहरी निरीक्षक भरतसिंह राठौरले जानकारी दिए ।
आमालगायत घरका अन्य सदस्य नभएको मौकामा उनले आत्महत्या गरेकी प्रहरीले जनाएको छ । मृतक भण्डारीका बाबु वैदेशिक रोजगारीमा छन् । annapurnapost.com