एजेन्सी ।
क्यान्सर घातक रोग हो । यसको विषयमा शुरुवात मै जानकारी पाउन सक्यो भने बँच्न र रोकथाम गर्न सकिन्छ । बैज्ञानिकहरुले क्यान्सर भएको वा नभएको भन्ने थाहा पाउन सहज तरिका पत्ता लगाएका छन् ।
नयाँ खोज अनुसार पेटको रोग हुने विरामीहरुलाई क्यान्सरको सम्भावना पनि बढी हुन्छ । नयाँ प्रविधीले पेटको रोग भएकाहरुलाई क्यान्सर भए नभएको सजिलै पत्ता लगाउन सकिन्छ ।
यो जाँचमा स्वासमा रहेका स-साना रासायनिक पदार्थ हेरेर क्यान्सरका लक्षणहरु थाहा पाउने गरिन्छ । यो जाँचको प्रविधी भने शुरुवाती चरणमा रहेको विशेषज्ञहरुले बताएका छन् । यसलाई बजारमा पठाउन अझै केही समय कुर्नु पर्ने छ ।
यो शोध बारेको रिपोर्ट ‘गट’ नामक जर्नलमा प्रकाशित छ ।
पेटको क्यान्सर ढिलो गरि पत्ता लाग्ने र विरामीलाई बचाउँन नसकिने समस्याबाट मुक्ति पाउन चिकित्सकहरुले यो विधी विकाश गरेका हुन् ।

तपाइँ आफ्नो पार्टनरसँग कुन बेला कसरी सुत्नु हुन्छ ? तपाइँलाई थाहा नहुन सक्छ । यस्तो सुताइले तपाइँको सम्बन्धको भविष्य निर्धारण गर्छ ।
तपाइँलाई सुन्दा पनि अचम्म लाग्न सक्छ । तर हालै मात्र यूनिवर्सिटी अफ पिट्सबर्गका शोधकर्ताहरुले गरेको एक अध्यनमा सुताइको तरिकाले सम्बन्धको भविष्य निर्धारण गर्ने देखाएको छ ।
शेप नामक पत्रिकामा प्रकाशित उक्त शोधले यदि कुनै जोडी आफ्नो ओच्छ्यानमा जाँदा समयमै जाने र सँगै सुत्छन् भने त्यस्ता जोडीको सम्बन्ध एकदम राम्रो हुन्छ र एक अर्काको ख्याल पनि गर्ने हुन्छ । यिनीहरुको सम्बन्ध सुमधुर हुन्छ । तर छुट्टा छुट्टै मन लागेको समयमा ओच्छ्यानमा जाने जोडीको सम्बन्ध भने त्यति सुमधुर हुँदैन । यी जोडीले एक अर्काको ख्याल पनि कम गर्छन् ।
शोधर्कताका अनुसार राम्रो बैबाहिक जीवनका लागि ओच्छ्यानमा जाँदा मोबाइल वा ल्यापटप छोड्नुस् । मोबाइल साथमै राखेर सुत्ने जोडीहरुको सम्बन्ध पनि त्यति राम्रो नहुने अध्यनको निष्कर्ष छ ।
त्यति मात्र होइन सुत्ने बेलामा एकैदिशामा फर्केर सुत्ने वा एक अर्कालाई पछाडी पारेर सुत्ने जोडी मध्ये एकैदिशामा सुत्ने वा आमने सामने भएर सुत्ने जोडीको सम्बन्ध राम्रो हुन्छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

म्याग्दी, वैशाख २ । मार्क जकुरवर्गले सामाजिक सञ्जाल फेसबुक केके सोचेर स्थापना गरेथे भन्ने लेखाजोखा संसारकै चासोको विषय बनेको छ ।
यता म्याग्दीको पनि दुर्गम बस्ती मराङमा मोटरबाटो निमार्णका लागि अभियानकर्ताले फेसबुकलाई रोजे । यही माध्यमबाट अभियानले झन्डै करोड रुपैयाँ जुटाउन सक्यो ।
रोजगारीका लाथि जन्मथलो छाडेर राजधानीसमेत विभिन्न मुलुकलाई कर्मथालो बनाएका मराङबासीले अभियानमा आफ्नो योगदान गर्दा रकम संकलन भएको हो । सबैलाई फेसबुकमार्फत बेलायत कर्मथलो बनाएका पदम गर्बुजा नेतृत्वको ‘मराङ कम्युनिटी’ पेजले जोडेको हो ।
फेसबुक अभियानबाट अहिलेसम्म काठमाण्डुसमेत ११ देशबाट ७१ लाख रुपैयाँ जम्मा भएको छ । सामुदायिक सक्रियतामा निर्माणधीन विम–मराङबेसी सडकको करिब ९ किमीमध्ये बाँकी अर्गाला मराङसम्मको ५ किमी पहरा फोर्न समुदायले फेसबुकमार्फत सहयोग संकलन थालेका हुन् । कान्तिपुर दैनिकबाट

२ बैसाख, नयाँ दिल्ली ।
भारतको अर्थतन्त्र यस वर्ष र आउँदो वर्ष निकै द्रुत गतिले अगाडि बढी यसले आउँदो वर्ष प्रतिद्वन्द्वी चीनको आर्थिक वृद्धिदरको गतिलाई पनि उछिन्ने अनुमान अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको छ । यसका लागि तेलको मूल्यमा आएको कमी तथा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले लिएको सुधारको अभियानलाई प्रमुख कारणको रूपमा लिइएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले आफ्नो विश्वको आर्थिक परिदृष्य नामक प्रतिवेदनमा एसियाको तेस्रो स्थानको अर्थतन्त्र सन् २०१५ मा ७.५ प्रतिशतले बढ्ने र आउँदो वर्ष सोही प्रतिशतमा कायम रहने अनुमान गरेको छ । यस संस्थाले जनवरी महिनामा भारतको अर्थतन्त्र सन् २०१५ मा ६.३ प्रतिशतले वृद्धि हुने अनुमान गरेको थियो । यसअघि यस संस्थाले सन् २०१६ का लागि भारतको वृद्धि अनुमान ६.५ प्रतिशत गरेको थियो ।
वासिङटनमा यस संस्थाको केन्द्रीय कायालयले दिएको जानकारी अनुसार हालै गरिएको सुधारबाट भारतको आर्थिक वृद्धिमा फाइदा पुग्नेछ र त्यसका कारण लगानी बढ्नेछ । यसै गरी तेलको मूल्य घट्दा पनि यसको अर्थतन्त्रमा फाइदा पुगेको बताइएको छ ।
प्रधानमन्त्री मोदीले प्रतिरक्षा तथा बिमाको क्षेत्रमा विदेशी लगानीको सीमालाई बढाउनुभएको थियो । गत वर्षको आमनिर्वाचन उहाँले आर्थिक सुधार तथा पुनस्र्थापनाको बचनबद्धतामा लडनुभएको थियो भने उहाँले त्यसपछि निकै पाइला लिनुभएको छ ।
यी सुधार धेरै व्यापारले चाहेको जस्तो दृढ भने देखिएको छैन । यसो भए पनि दक्षिणपन्थी सरकारको व्यापार प्रवर्धन गर्ने नीतिमा जोडले लगानीकर्ताको विश्वास बढेको छ ।
भारतले यस वर्षको मार्चसम्मको आर्थिक वर्षमा अर्थतन्त्र ७.४ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । यसो गर्दा भारतले चीनलाई उछिन्दै विश्वको सबैभन्दा छिटो वृद्धि हुने अर्थतन्त्रको स्थान प्राप्त गरेको छ । यसबीच उसले आफ्नो कूल गार्हस्थ उत्पादनको गणना गर्ने विधिमा पनि परिवर्तन गरेको थियो ।
धेरैले भारतको अर्थतन्त्र सन् १९८० पछि निकै मन्द गतिले बढेको अनुमान गरेका थिए भने नयाँ गणना विधिले प्राप्त भएको नतिजाले धेरैलाई आश्चर्यमा पारेको थियो ।
आईएमएफले चीनको आर्थिक वृद्धि गत वर्षको ७.४ प्रतिशतबाट यस वर्ष ६.८ प्रतिशत हुने अनुमान गरेको छ । यस संस्थाले सन् २०१६ मा यस मुलुकको वृद्धि ६.३ प्रतिशतले हुने अनुमान गरेको छ ।
भारत प्रमुख तेल आयातक मुलुक हो र तेलको मूल्य घट्दा उसलाई निकै फाइदा पुगेको अनुमान गरिएको छ । तेलको मूल्य घट्दा भारतको उच्च मुद्रास्फीति पनि घटेको देखिएको आईएमएफले उल्लेख गरेको छ ।
भारतमा खाद्य तथा आधारभूत वस्तुको मूल्य उच्च हुँदा त्यहाँका दशौँ लाख गरिब जनतालाई निकै कष्टमा पार्ने गर्छ ।
तेलको मूल्य कम हुँदा गरिब घरपरिवारका लागि खर्च गर्ने आय बढ्ने र त्यसले मुद्रास्फीति घटने आईएमएफले अनुमान गरेको छ । यस संस्थाले यस वर्ष उपभोक्ता मूल्य ६.१ प्रतिशतले वृद्धि हुने तथा सन् २०१६ मा यो ५.७ प्रतिशत पुग्ने अनुमान गरेको छ ।
मोदी सरकारले अनुदानको आकार घटाउन डिजेलमा दिइएको अनुदान घटाएको छ । तेलको मूल्य घट्दा किसान तथा अन्य समुदायलाई सहयोग पुगेको अनुमान गरिएको छ । रासस÷एएफपी

काठमाडौ । नेपाली चलचित्रकी चर्चित नायिका रेखा थापा एक सफल नायिका हुन् । उनी पछिल्लो समय नायिकामात्र नभएर सफल निर्देशक, निर्मात्री र लेखकका रुपमा पनि परिचित छ । यिनै रेखाको गतवर्ष अर्थात २०७१ सालमा बनेको हिम्मतवालीले दर्शकको मन जित्न सफल भयो र फिल्मले राम्रो कमाई गर्यो ।
उनी भन्छिन्, ‘मेरा लागि २०७१ सुखद रह्यो । मेरो फिल्म हिम्मतवाली सफल चलचित्र बन्यो । सामाजिक कार्यहरुमा पनि लाग्न पाए । समग्रमाभन्दा गतवर्ष मेरा लागि एकदमै सफल र फलदायी रह्यो ।’ गत वर्ष रेखा सबैभन्दा चर्चाको विषय पनि बनिन् । नेपाली बजारमा आएका ८० मध्य धेरै जसो फिल्मले राम्रो कमाइ गर्न नसकेको अवस्थामा रेखा भने हरपल छाइरहिन्, आफ्नो हिम्मतवाली मार्फत ।
त्यतिमात्र होइन, एसिड प्रकरणका दुई पीडितलाई आपसमा मिलाउनेदेखि लिएन यि नायिकाले थुप्रै सामाजिक काम पनि गरिन् यस वर्ष । यसबारे रेखा भन्छिन्, ‘हो मैले केही गरे होला तर अझै धेरै गर्न बाँकी छ । दर्शकले मलाई यति धेरै माया गर्नुहुन्छ उहाँहरुकै कारण म यहाँसम्म आएकी छु । यसैगरी उहाँहरुको अझ धेरै माया र साथको आशा गरेकी छु ।’ गत वर्ष नायिका रेखालाई नेपालबाट गुगलमा सर्च गर्ने पनि लाखौँ भए । उनी गुगल सर्चमा पनि सबैभन्दा अगाडी देखिइन् । यतिमात्र होइन उनलाई फेसबुक पेजमा पछ्याउनेहरु पनि लाखौँ भए र उनी नेपालकै सबैभन्दा बढी फ्यानले पछ्याउने सेलिब्रेटी पनि बन्न सफल भइन् ।
रेखाले २०७२ मा आफ्नो त्यस्तो कुनै नयाँ योजना नभएको बताइन् । उनले भनिन्, ‘राम प्यारी आउन लागेको छ । लामो समयको प्रर्खाइ र कार्यपछि यस वर्ष यो फिल्म आउँदै छ । यो मेरा लागि खुसीको पक्ष हो । यसलाई पनि दर्शकहरुले उत्तिनै माया गरिदिनुहुने छ भन्ने आशा राखेकी छु ।’ नयाँ वर्षको नयाँ योजनाबारे भने उनले आफू काम गरेर खाने मजदुर भएको भन्दै आफ्नो लागि सधै नयाँ वर्ष हुने बताइन् ।
एकदिनलाई यस्तो गर्छु या उसो गर्छु भनेर नहुने बताउदै रेखाले काम गर्नेका लागि अझ बढी सफलता हात पार्नु नै नयाँ लक्ष्य हुने बताइन् । बिहेको एक प्रश्नमा उनले यसबारे आफूले केही पनि नसोचेको बताइन् । उनले हाँस्दै भनिन्, ‘पत्रकारले नै खोज्दिए त हेरौँँला नत्र मेरो भने त्यस्तो कुनै योजना छैन ।’--कृष्ण आचार्य/काठमान्डूटुडे::

थुप्रै मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् । भारतीय अंक ज्योतिष श्रीमती ज्योतिमा शर्माले बुधबार जन्मेका व्यक्तिहरुको निम्नलिखित गुणहरु बताएकी छिन्ः
१. बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् । २. तपाईंको जीवनमा योजनाहरुको कुनै स्थान नभए पनि तपाईं निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहनुहुन्छ । ३. तपाईं सफा र स्वच्छ विचारधाराका मालिक हुनुहुन्छ । ४. तपाईंलाई नयाँ–नयाँ कुराहरु जान्न निकै मन लाग्छ । ५. तपाईंको कुरा गर्ने तरिका निकै प्रभावशाली छ । ६. तपाईंहरु कुनै पनि कुरामा त्यति तनावमा नहुने भएका कारण तपाईंहरु जीवनमा निकै सन्तुष्ट हुन्छ । ७. सकारात्मक सोच सँगै जीवनमा अघि बढ्ने तपाईंहरुले निकै सफलता हात पार्नु हुन्छ । ८. तपाईंहरुलाई धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसकेपछि तपाईंको रिस शान्त हुन निकै समय लाग्ने गर्दछ । ९. तपाईंहरु कसैलाई पनि सजिलै माफी दिनुहुन्न । कुनै पनि व्यक्ति एक पटक मननपरेमा ती व्यक्तिहरुले जे गरे पनि तपाईंलाई प्रभावित तुल्याउन सक्दैनन् । १०. तपाईंहरु खर्चिलो स्वाभावको हुनुहुन्छ र आफ्नो निर्णय आफैँ लिनुहुन्छ । ११. तपाईंको वैवाहिक जीवन निकै सुखी हुन्छ किनभने तपाईं आफ्नो पार्टनरको निकै हेरबिचार गर्नुहुन्छ । १२. तीब्र बुद्धि हुने भएका कारण बुधबार जन्मिएका मानिसहरु प्रायः शैक्षिक क्षेत्रमा देखिन्छन् । (एजेन्सी)

बनेपा, २ वैशाख ।
सिविन नेपालको बालगृहबाट भागेका दुई किशोरी बलात्कार गर्ने प्रहरी हबल्दार शम्भु राउत अहिर र जवान श्रीराम साहले अपराध स्वीकार गरेका छन् । उनीहरू दुवैलाई निलम्बनपछि थुनामा राखी कारबाही अघि बढाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी राजकुमार केसीका अनुसार अभियुक्तद्वयले बसपार्कनजिक रहेको खेतमा लगेर यौनसम्पर्क गरेको बयान दिएका छन् । ‘ती किशोरी रातको ११ बजे पनौती बसपार्कमा आए ।
उनीहरूलाई कहाँबाट आएको भन्दा एउटीले पिकनिक गएर आएको र अर्कोको फिल्म हेरेर आएको भने,’ बयानमा उल्लेख छ, शंका लाग्यो । ‘तिमीहरू रातको समयमा हिँड्ने, लगेर चौकीमा थुनिदिन्छौं, नत्र हामीले भनेको मान भनेर यौनसम्पर्क गर्यौं ।’
भागेर पनौती आएका तीन किशोरीमध्ये १५ र १७ वर्षीया किशोरीलाई चैत २५ गते राति साढे १० बजे विभिन्न डरत्रास देखाई प्रहरी हबल्दारले बसपार्क नजिकै रहेको खेतमा लगेर बलात्कार गरेका थिए । बलात्कारपछि किशोरीहरू ठमेलमा पुगेका थिए । प्रहरीहरू भने २७ गते बिहानसम्म ड्युटीमै खटिए । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले २६ गते बिहान किशोरीलाई ठमेलबाट नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।
उनीहरूले प्रहरीले आफूहरूलाई जबरजस्ती गरेको तर उनीहरूको अनुहार भने नचिन्ने बयान दिएपछि ड्युटीमा खटिएका राउत र शाहलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पनौती चौकीबाट नियन्त्रणमा लिएको थियो । बयानमा दुवै प्रहरीले अपराध स्वीकारेपछि शनिबारै निलम्बन गरी बालगृहले दिएको निवेदनका आधारमा आइतबार जबरजस्ती करणी मुद्दा दर्ता गरिएको छ । किशोरीहरूलाई भने उनीहरू बस्दै आएको संस्थाले पनौती १३ स्थित सिविन किशोरी शान्ति गृहमै पठाएको छ ।
मुलुकी ऐन जबरजस्ती करणीको महलअनुसार १४ वर्षदेखि माथि १६ वर्षभन्दा कम उमेरका किशोरीलाई बलात्कार गरेमा ६ वर्षदेखि १० वर्षसम्मको कैद सजाय तोक्ने व्यवस्था छ । १६ वर्षभन्दा माथि २० भन्दा कम उमेरकी युवतीलाई बलात्कार गरे ५ वर्षदेखि ८ वर्षसम्म कैद सजाय रहने व्यवस्था रहेको आजको अन्नपुर्ण पोष्ट दैनिकमा समाचार छ ।

जीवन हामीले सोंचे भन्दा पनि विशाल र वृहत छ । हामी सँधै नाफा घाटा र सफलता असफलतामा मात्र अड्किरहेका हुन्छौं तर जीवनमा यस भन्दा पर पनि धेरै कुरा छन् ।
खासमा जीवनमा सबै भन्दा आवश्यक चिज हो करुणा । करुणा भाव भएको मानिस मात्र जीवनमा सुखी र खुसी हुन सक्छ । करुणाको विकाशका लागि हामीले निर्जिव ठानेका बस्तुहरुप्रति पनि हाम्रो मनमा प्रेम भाव हुन जरुरी छ ।
रुख वृक्ष, लहरा, वृक्षों, लहरा, पशु-पंक्षि सागर, नदी, पर्वतप्रति प्रेम र कुरुणा भाव विकाश भयो भने जीवन सुखी हुने शास्त्रमा उल्लेख छ ।
हरेक दिन नयाँ सूर्योदले तपाइँलाई स्वागत गर्छ । राति जवन हामी सबै भुलेर सुत्छौं त्यतिबेला हामीलाई जे पनि हुन सक्छ । हाम्रो मृत्यु पनि हुन सक्छ । त्यसैकारण हरेक नयाँ दिनमा सूर्यलाई नमस्कार गरेर हामी जीवनको प्रत्येक नयाँ दिनप्रति कृतज्ञता गर्नु उत्तम हुने धर्मशास्त्रमा उल्लेख छ । कृतज्ञताको भावले मानिसलाई सुखी पनि तुल्याउँछ ।
त्यसैगरी हरेक दिन साँझमा पनि हामीले प्रार्थना गर्नु उत्तम मानिन्छ । प्रकृतिले हामीलाई दिएको यो जीवनका लागि साँझमा प्रार्थना गर्दा रातिमा सुतेको समयमा समेत मनमा शान्ति मिल्छ । यस्तो कुराको वास्ता नगर्ने र भौतिकरुपमा मात्र सोंच्ने मानिसलाई निद्रा नलाग्ने विहान उठ्दा थकान महसुस हुने लगायतका समस्या हुन्छन् ।
प्रकृति र जीवनप्रति कृतज्ञ हुने बानी बसाल्नुस् शान्ति र सुख आफै आउँछ ।

आज २०७२ साल बैसाख ०२ गते बुधवारको दिनमा कुन राशिका ब्यक्तिलाई प्रेम योग कस्तो छ भनेर यहाँ प्रस्तुत गरिएको छः
मेष राशि
आज मानसिक तनाव हुन सक्छ । मुड खराव हुने हुँदा नयाँ काम वा नयाँ सम्बन्धमा हात नहालेको राम्रो । प्रेम वा सम्बन्धका विषयमा अचम्मित तुल्याउने कुरा हुन सक्ने छ । आफ्नो मनको आवाज सुन्नुस् ।
वृष राशि
हुन त प्रेम यस्तो कुरा रमाइलो हुनेछ तर सोंच्दै नसोंचेको कुरा हुँदा भने अनौठो लाग्ने छ । यो राशिका ब्यक्तिलाई अचानक प्रेम प्रस्ताव आउन सक्छ । यस्ता प्रेप प्रस्तावलाई स्वीकार गर्ने कि नगर्ने भन्ने द्विदा हुनसक्छ ।
मिथुन राशि
आज यो राशिका ब्यक्तिका लागि प्रेम प्रसंग अनुकुल छैन । आज मानसिक तनाव हुन सक्छ । मुड खराव हुने हुँदा नयाँ काम वा नयाँ सम्बन्धमा हात नहालेको राम्रो ।
कर्कट राशि
सके सम्म मनलाई काबुमा राख्नुस् । मन चन्चल हुँदा गरिएका कदमले समस्यामा पार्न सक्छ । बोलेर मात्र समाधान नहुने हुँदा सके सम्म कुरा लुकाएर राख्नुस ।
सिंह राशि
तपाइँले अरुको कुरामा लागेर कुनै कदम चाल्नु भो भने परिणाम गम्भिर पनि आउन सक्छ । यदि विवाहको कुरा चलेको छ भने प्रेमको कुरा खुलस्त भन्दिनुस् । आज भन्नु भएन भने तपाइँको प्रेम खतरामा पर्न सक्छ ।
कन्या राशि
प्रेमि वा प्रेमिका नै भएपनि सहन नसक्ने बानीले हानी पुग्न सक्छ । तपाइँ कसैको दवावमा बस्न सक्नु हुन्न । आज अलिकति बानी परिवर्तन गर्नुस ।
तुला राशि
आज तपाइको मन अलि तनावमा रहने छ । तपाइँको जीवनमा कुनै आफू भन्दा मान्यजन महिलाको हस्तक्षेप हुन सक्छ । यस्तो कुराले तपाइलाई निराश बनाउन सक्छ । परिवारका लागि प्रेम छोड्नु पर्ने धर्म संकट आइलाग्छ ।
वृश्चिक राशि
आजको दिन यो राशिका ब्यक्तिलाई प्रेम सम्बन्धका लागि राम्रो छ । आजको दिनले जीवन नै रंगिन बनाउन सक्छ । रोमान्टिक बन्नुस् मनको कुरा भन्नुस् ।
धनु राशि
आज तपाइँ घरमै ब्यस्त रहने योग छ । पाहुनाको सत्कार वा अन्य कसैलाई समय दिनु पर्ने हुन सक्छ । प्रेम वा रोमान्टिक सम्बन्ध आजका लागि अनुकुल छैन ।
मकर राशि
तपाइँले जति नै कोशिस गर्दा पनि प्रेमि वा प्रेमीकाको मुड सुधार्न सक्नु हुन्न । तपाइँलाई आज प्रेमिकाको उदाश अनुहार हेर्नु पर्ने छ ।
कुम्भ राशि
अविश्वासको वातावरण बन्ने योग छ । जति गर्दा पनि प्रेमिल शब्दको अभाव हुने देखिन्छ । तपाइँलाई आफ्नो प्रेम झुठो भएको महसुस हुन पनि सक्छ ।
मीन राशि
आज प्रेमिल बन्न खोज्दा समस्यामा पर्ने योग छ । तपाइँले आज प्रेम ब्यक्त गर्न सक्नु हुनेछैन । आज रोमान्टिक हुनबाट टाढै बसेको राम्रो ।

यौन सम्बन्ध मानवको जीवनको महत्वपूर्ण कुरा हो । यौन सम्बन्धका विषयमा फरक देशमा फरक फरक मान्यता छन् । कतिपय देशमा यौन सम्बन्धबारे कठोर कानून पनि छन् । यहाँ संसारका विभिन्न देशमा रहेका १५ अनौठा सेक्स कानूनको चर्चा गरिएको छ ।
१ दुवइमा सार्वजनिक स्थलमा चुम्बन वा कुनै शारीरक क्रियाकलाप गर्न प्रतिबन्ध छ ।
२ अमेरिका र दक्षिणपूर्वी क्षेत्रमा पर्ने उरुग्वेमा पुरुषलाई आफ्नी धोकेवाज पत्निको हत्या गर्ने अधिकार दिइएको छ ।
३ इङ्ग्ल्याण्डमा पार्किङमा राखिएको बाइकमा सेक्स गर्न पाइँदैन ।
४ स्पेनको समुन्द्री किनारमा सेक्स गर्न प्रतिबन्ध छ ।
५ गुआम भन्ने देशममा कुनै पनि कुमारी केटीले विवाह गर्न पाउँदिन ।
६ बोलिभियामा एक पुरुषले कुनै पनि महिलाका आमा छोरी दुवैसँग शारीरिक सम्बन्ध पाउँदैन ।
७ हंगेरीको बुडापेष्टमा बत्ति बालेर यौन सम्पर्क राख्न पर्तिबन्ध छ ।
८ इण्डोनेशियामा कुनै पनि ब्यक्तिले हस्तमैथुन गर्न नपाउने कानून छ ।
९ स्वीडेनमा बुथमा बसेर पुरा तस्विर खिचाउन मनाही छ ।
१० हङकङमा महिलाले आफ्नो पतिलाई अन्य महिलासँग भेटेमा पति र ती महिलाको समेत हत्या गर्न पाउने कानून छ ।
११ एस्टोनियामा सेक्सको क्रममा चेस खेल्न प्रतिबन्ध छ ।
१२ कम्बोडियामा कुनै पनि केटीको विवाह हुँदा आमा उपस्थित हुन अनिवार्य छ ।
१३ इङ्ल्याण्डको लिभरपुलमा टपलेश अर्थात स्तन देखाएका महिलालाई मात्र ट्रपिकल फिश स्टोरमा जाने अनुमति दिइन्छ ।
१४ लेबनानमा पुरुषले जनावरसँग सेक्स गर्न प्रतिबन्ध लगाइएको छ ।
१५ बहरिन जम्बुद्वीपमा कुनै पनि चिकित्सकले महिलाको यौनाङ्ग हेर्नु पर्दा शीशाको प्रयोग गर्नै पर्ने कानून छ ।

हामीले समाजमा देख्छौं कि मानिसहरु यौन सम्बन्ध कुराकानी गर्न हिच्किचाउँछन् । तर यो कुरा सत्य हो कि सुखद जीवनका लागि सुखद सेक्स लाइफ हुनु
निक्कै जरुरी छ ।
सेक्स पनि मानिसको जीवनको त्यस्तै आवश्यक्ता हो जस्तै खानु, सुत्नु, दैनिक काम गर्नु । तर कतिपयको जीवनमा सेक्सले अन्य कामले जति महत्व
पाउँदैन त्यसैले सेक्स बैबाहिक जीवन नारकीय बन्न पुग्छ ।
खासमा यस्तो हुनुको मुख्य कारण भनेको यौनको विषयमा प्रयाप्त ज्ञान नहुनु हो । आखिर मानिसको जीवनमा सेक्सका लागि उपयुक्त उमेर कुन हो त ?
हालै अमेरिकाको मेडिकल एसोसिएसनले गरेको एक अध्यनका क्रममा पुरुषलाई विहानको समयमा यौन सम्बन्ध राख्न बढी मन पर्छ । तर महिलाहरुलाई
भने विहानमा भन्दा रातिको समयमा रोमान्टिक हुन मन पर्छ ।
यस्तो हुनुको कारण हर्मोन रहेको अध्यनको निष्कर्ष छ । रातिमा महिला सक्रिय हुन्छन् तर पुरुषहरु सुत्न चाहन्छन् ।
विहानमा पुरुष सक्रिय हुन खोज्छन् तर महिला सुत्न मन पराउँछन् । यो अध्यनका अनुसार अधिकाँश पुरुषमा हुने एक प्रकारको हर्मोनले विहानको समयमा
पुरुषलाई उत्तेजित तुल्याउँछ । तर सोही हर्मोन महिलाको हकमा भने रातिमा बढी सक्रिय हुन्छ

काठमाण्डु, १ वैशाख– दिल्ली भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले जनता निराश र कुण्ठित भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
नयाँ वर्ष २०७२ को उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले व्याप्त राजनीतिक अस्थिरताका कारण जनता चरम निराशामा छाएको उल्लेख गरेका छन् ।
ज्ञानेन्द्रले बितेका केही वर्ष नेपाल र नेपालीका लागि उत्साहप्रद नरहेको भन्दै जनशक्ति जाग्ने बेला आएको बताएका छन् । यद्यपि गत वर्षको तुलनामा नयाँ वर्ष मुलुकका लागि सुखद हुने विश्वास उनकले व्यक्त गरेका छन् ।
सबै मिलेर अघि बढ्नुपर्नेमा दलहरु निषेधको राजनीतिमा लागेकाले मुलुक अप्ठेरो अवस्थामा पुगेको निष्कर्ष उनको छ ।
‘सबै मिलेर, सबैमा सामान्जस्य ल्याई सबैलाई समेटेर जानुपर्ने संगीन क्षणमा परस्पर निषेध, विभेद र अनमेल भइराख्नु सुखद होइन’, ज्ञानेन्द्रले सन्देशमा भनेका छन्, ‘मेरो धरातलीय अनुभवमा मैले बुझेको कुरा नेपाली जनता यतिखेर चरम चिन्ता, निराशा, वाधा, वेदना र वितृष्णाको स्थितिमा छन् ।’
निराशा र वितृष्णाबीच जनता जागरुक हुने बेला आएको भन्दै ज्ञानेन्दले जनशक्तिले राष्ट्रिय प्रगतिका लागि प्रयत्न गरिरहनुपर्नेमा जोड दिएका छन् । उनले जनतालाई राष्ट्र र राष्ट्रियताका निम्ति जागरुक हुन अपिलसमेत गरेका छन् ।
‘नियत र नियतिले जति नै निशारा, कुण्ठा र वेदना दिए पनि स्वाभिमानी नेपाली जनता राष्ट्र र राष्ट्रियतानिम्ति जागरुक बन्नुपर्ने अहिलेको बेलाले देखाएको छ’, उनको सन्देशमा छ, ‘जनशक्ति नै अन्ततः त्यस्तो सर्वोत्तम शक्ति हो, जसबाट नै राष्ट्रभक्त र राष्ट्रिय प्रगतिको प्रयत्न परिपूर्ण हुन्छ ।’

हामीले बच्चा बेला देखि नै तातो पानी पिउनुका फायदाबारे सुन्दै आएका छौं । अझ कागतीको रस तातो पानीमा मिलाउँदा त धेरै नै फाइदा पुग्छ भन्ने गरिन्छ ।
तर तातो पानीमा कागती मिसाएर पिउँदा यति धेरै फाइदा बारे तपाइँलाई जानकारी नहुन पनि सक्छ । यहाँ तातो पानीका फाइदाबारे चर्चा गरिएको छ ।
१ पाचन प्रणालीमा सुधार
तातो पानीमा कागती मिलाएर विहानको समयमा पिउँदा यसले हाम्रो पाचन प्रणालीलाई स्वस्थ राख्छ । यसमा हुने तत्वले पाचन प्रणाली मात्र नभएर मुटुलाई समेत २ स्वस्थ राख्छ ।
३ कलेजोलाई सफा पार्छ
कागती हालेको तातो पानीले कलेजो स्वस्थ राख्छ । यसले गर्दा इन्जाइमको काम पनि प्रभावकारी हुन्छ । कलेजोमा जम्मा हुने विकार सफा गर्न कागती पानी निक्कै राम्रो मानिन्छ ।
४ रक्तचाप सन्तुलित राख्छ
कागती हालेको तातो पानीले रक्त चाप पनि सन्तुलित राख्छ । यसमा हुने सिट्रिक एसिडले शरीरमा पसिना निकाल्न सहयोग गर्छ जसबाट विकार शरीर बाहिर निस्किन्छ । त्यसैगरी शरीरमा क्याल्सियम कार्वोनेट बनाउँछ र अन्य शक्तिशाली रसायनलाई विस्थापित गर्छ । यसरी रक्त चाप सन्तुलित राख्छ ।
५ रोगसँग लड्ने क्षमता बढाउँछ
कागती हालेको पानीले हाम्रो शरीरमा रोगसँग लड्न सक्ने क्षमता विस्तार गर्छ । यसमा हुने भिटामिन सी ले चिसोबाट पनि बचाउँछ र शरीरका कोषहरुलाई बलियो तुल्याउँछ ।
५ त्वचालाई जवान राख्छ
कागतीमा हुने भिटामिन सीले त्वचालाई जवान राख्छ भने मरेको छालाका कोषहरुलाई बाहिर फाल्न पनि सहयोग गर्छ । कागती हालेको तानो पानी छालामा लगाउँदा समेत फाइदा गर्छ ।
६ श्वास प्रश्वासका विरामीलाई राम्रो
कागती हालेको पानीले श्वासप्रश्वासमा समस्या हुनेलाई राम्रो गर्छ । यसले ब्याक्टेरियादेखि बचाउँछ ।
७ वजन घटाउन उपयोगी
दिनमा एक गिलास कागती हालेको पानी पिउँदा तपाइँको मोटोपन नियन्त्रणमा आउँछ ।

परासी : नवलपरासी अर्खला गाविस ९ का हुमबहादुर विकले नुहाउने साबुन नपाएको रीसको झोकमा पत्नीको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ।
हुमबहादुरले आफूभन्दा पहिला पत्नीले नुहाउने साबुन लिएर गएको निहुँमा हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायका अनुसार आफू पनि नुहाउन जाने बताइरहँदा पत्नीले भन्दै नभनी साबुन लिएर गएपछि पछ्याउँदै गएका हुमबहादुरले २१ वर्षीय पत्नीलाई पँधेरानजिक हँसियाले घाँटी रेटेर हत्या गरेको बयान दिएका छन्।
annapurnapost.com

के तपाईलाई थाहा थियो टमाटर प्रयोग गरेर पनि सुनिएको तथा गुजमुजिएको (varicose veins) नसाको सजिलै उपचार गर्न सकिन्छ ?
आज डिसीनेपाल तपाईलाई हरियो काँचो र पाकेको रातो टमाटरको प्रयोगबाट नसा सुनिएको रोग दुई बिधिबाट उपचार गर्न सकिने जानकारी गराउँदै छौं ।
सुनिएको तथा गुजमुजिएको नशामा हरियो टमारटरको घरेलु उपचार बिधि:
केही हरियो टमाटरलाई सफा पानिले पखाल्नु होस् र त्यसलाई डल्लो चिरा पारेर काट्नु होस् । अव हरियो टमाटरको चिरालाई सुनिएको नशा माथि राख्नु होस् । आवश्यक भएमा, ब्यान्डेजले बाँध्न सक्नु हुन्छ । टमाटर राखिएको नशा वरिपरिको छालामा झमझम वा रमरम नभए सम्म टमाटर ननिकाल्नु होस् । यदि तपाईले नशामा देखिएको यो नयाँ अनुभवलाई सहन सक्नु भएन भने, छालामा पोलेको अनुभव हुनासाथै टमाटर हटाई हाल्नु होस् र नशालाई चिसो पानीले धुनु होस् । यदि यो प्रक्रिया स्वभाविक रुपले अगाडी बढेको खण्डमा परिणामा चाँडै नै सकारात्क देखिने छ । यो प्रक्रिया दिनको पाँच पटक एक पछि अर्को गर्दै दोहोर्याउनु होस् ।
यो दैनिक प्रक्रिया दुई हप्ता सम्म जारि राखेको खण्डमा सुनिएको नशा बिस्तारै नरमल हुँदै गएको पाउनु हुनेछ र नशा सुनिने, दुख्ने तथा कालो देखिने सबै आपसे आप हराएर जान्छ ।
हरियो टमाटर मात्र होइर पाकेको रातो टमाटरले पनि नशा सुनिने रोग निको पार्छ ।
पाकेको रातो टमाटरले नशा सुनेको रोग कसरी निको पार्छ:
यो प्रक्रिया पनि हरियो टमाटर उपचार पद्धति जस्तै छ । रातो टमाटरलाई सफा पानीमा पखाल्नु होस् र डल्लो चिरामा बिभाजन गर्नु होस र नशा सुनिएको स्थानमा ब्यान्डेजले बाँधेर ३-४ घण्टा सम्म राख्नु होस् । यो उपचार बिधि सके सम्म साँझ अथवा बिहान अपनाउदा सजिलो हुन्छ ।
उपचार अवधि व्यक्ति व्यक्तिमा भरपर्ने कुरा हो । यो प्रक्रिया तपाईले गर्मि मौसम अवधि भर अपनाउन सक्नु हुन्छ ।
जानकारी:
टमाटर र यसको बिउमा एसपिरीनमा जस्तै रोगलाई निको पार्ने गुण हुन्छ । यसमा एक प्रकारको एसिड हुन्छ जसले रगतलाई पातलो पार्ने काम गर्छ र रगतलाई नियमित संचार गराउन मद्धत गर्छ । साथै टमाटरमा एक प्रकारको अर्को गुण पनि हुन्छ जसले रगत नलीको पर्खाललाई बलियो बनाउन मद्धत पुर्याउँछ ।
२०७२ वैशाख १ गते
ल्याटिन अमेरिकामा यस दिन आफनो मन नपरेको जीवनसाथी छाडेको पाइन्छ । कोरिया र जापानमा विभिन्न किसिमका फुलहरुद्वारा युवालाई कन्याहरुको अगाडि नचाउने गरिन्छ, त्यसपछि मुखियाले उनीहरुलाई चाहेको वरसँग विवाह गर्न दिने गर्दछन ।
नयाँ सालको सुरुवात भएपछि त्यो सालको पहिलो दिनलाई नयाँ वर्ष भनेर मनाउने प्रचलन छ । आ-आफ्नो देशको परम्परा र संस्कृति अनुसार फरकफरक तरिकाले नयाँ वर्ष मनाएको पाइन्छ । विश्वका धेरै मुलुकमा इस्वी सम्वतको जनवरी १ लाई नयाँ वर्ष मनाउँछन् भने नेपालमा विक्रम सम्वतलाई राष्ट्रिय मान्यता प्राप्त गरेकोले वैशाख १ गते नयाँ वर्षको रुपमा मनाउँछन् ।
राजा विक्रमदित्यले विक्रम सम्वतको सुरुवात गरेको प्राचिन भनाइ रहेको छ । नेपालमा विक्रम सम्वतको सुरुवातसँगै नयाँ वर्षको रुपमा मनाउने प्रचलन सुरुवात भएको मान्न सकिन्छ । प्राचिनकालमा नेपालमा नयाँ वर्ष मनाउन विभिन्न मठ मन्दिरमा गई पुजा गरेर मनाउँथे भने अहिले शुभकामना आदनप्रदान गरेर तथा नयाँ कपडा लगाएर नयाँ वर्ष मनाउने चलनको विकास भएको छ । त्यसैगरी नयाँ वर्ष वैशाख १ गतेलाई राष्ट्रिय पर्वको रुपमा लिई नेपाल सरकारले सार्वजनिक विदा समेत दिएको छ । यस दिन भक्तपुर शहरमा बिस्केट जात्रा र काठमाडौको टोखामा लाग्ने सोपनतीर्थ मेला राष्ट्रिय दृष्ट्रिकोणले महत्वपूर्ण मानिन्छ । जसरी हरेक देशमा नयाँ वर्ष मनाउने शैली र परम्परा अलग छ । तर सबैको उद्देश्य भनेको नयाँ वर्ष मानवको लागि शुभ रहोस् भन्ने हो । अहिलेसम्म विश्वमा कहिलेबाट नयाँ वर्ष मनाउन सुरु गरियो कुनै प्रमाण छैन् । तापनी एक अनुमान अनुुसार पृथ्वीमा जहिले समयको गणना वर्षमा गन्ने चलनको विकास भयो , त्यहीँबाट नयाँ वर्ष मनाउने चलन हुन गएको प्राचिन रहेको छ । लिखित रुपमा शुभकामना आदनप्रदान गरेर नयाँ वर्ष मनाउने चलन पूर्वी युनानीहरुले हजारौँ वर्ष पहिले सुरुवात गरेको पाइन्छ ।
लेखक/सङ्कलक: भुपेन्द्र केसी
छिमेकी देश भारतको कुमाउ– गढवलमा प्रत्येक नयाँ वर्षको शुभारम्भमा पहेला रङ्गको बस्तु आफ्ना बन्धुहरुलाई उपहार प्रदान गर्ने चलन छ । पहेलो रङ्गलाई देव प्रिय रङ्गको रुपमा मानिने भएकाले शुभ प्रतिक चिन्नको रुपमा रुमाललाई पहेलो रङ्गमा रङ्गाएर परस्परमा आदानप्रदान गरिन्छ । राजस्थानमा मीठामीठा पकवान व्यञ्जन र मिष्ठान्न तयार पारी आ–आफनो बन्धुबान्धवलाई आदानप्रदान गर्ने चलन छ । पंचावमा गणेश र लक्ष्मीको पुजा गरेर सामुहिक नाच आयोजना गरी आनन्द व्यक्त गरिन्छ । महाराष्ट्र र त्यसका वरीपरी रंगीबिरंगी फूलहरुमा आफनो घरमा सजाउँछन् । बंगालमा गीत गाउँदै ख्याल ठट्टा गर्ने तथा नाटकको आयोजना गरेर आनन्द व्यक्त गर्दछन । नववर्षको बेलामा भारतमा शुभ चलन हेर्ने चलन छ ।
रोमन ग्रीकमा इन्साइक्लोपेडियामा पार्ने हर्ष र उमङ्गको साथ नयाँ वर्ष मनाउने परम्परा उल्लेख गरिएको देखिएको छ । त्यसैगरी बिट्रिस म्यूजियम लण्डनबाट पुरानो अरवी सोधपत्र अनुसार आजका हजारौ बर्षपूर्व नीलघाटीका मानिसहरुमा नववर्षको पूर्व सन्ध्याको एक सामूहिक भोज आयोजना गरेर नयाँ वर्ष मनाउने गरेको पाइएको छ ।
बर्माको बर्मेली समाजमा नयाँ बर्षको उत्सवलाई विज्ञान भनिन्छ । घर र वरिपरी सजिसजाउ पारेर आफन्तहरुमा भेटघाट र एकसाथ खाना खाई शुभकामना व्यक्त गर्दछन् । सो दिन शान्ति र सत्बुद्धिको प्रतिकको लागी भगवान वुद्धको पुजा गर्ने चलन छ ।
चीनमा नयाँवर्षको प्रारम्भ हुनुभन्दा एक हप्ता अगावै विभिन्न किसिमका भुइचम्पा उडाएर भान्साको देवताको साथै पछिल्लो वर्षलाई बिदा दिएर, फेरी त्यो देवताको आगमन भएकोमा नयाँ वर्षको अभिनन्दन दीपद्धारा स्वागत समारोह हर्षपूर्वक लाग्दछन् । चीनमा रातभर जागा बसेर आमा, बावु र गुरुलाई आदर भाव व्यक्त गरी आशिर्वाद प्राप्त गर्नुको साथै स्वादिष्ट भोजन गर्ने चलन छ ।
यसैगरी बिट्रिसको पुरानो ऐतिहासिक ग्रन्थ अनुसार त्याहँका केही आदिबासीहरु पुरानो वर्षको अन्तिम दिन गाउँ, टोल वा छिमेकमा सबै मानिस एकैठाउँमा जम्मा भएर आ–आफनो इष्टदेवताको त्यसमा पनि विशेषगरी सूर्यको पुजा गरेर नयाँ वर्ष मनाउने गरेको पाइन्छ । त्यतिबेला उनीहरुको अघिल्लो दिन सुर्यस्तको समयदेखि लिएर नयाँ वर्षको सूर्योदय नहुन्जेल सूर्यको पुजा एवं उपासाना गरेर नयाँ बर्ष मनाउने गरेको देखिन्छ ।
जापानमा नयाँवर्षको आगमनमा घरहरुलाई हरिया वृक्षहरुले सजाउनुको साथै शुद्ध जल पिउने गर्दछन्, जसलाई नवजात जल भनिन्छ । नवजात जल पिउनाले आयु वृद्धिमा र देहमा आरोग्य प्राप्त हुनेछ । यही दिन आफू भन्दा मान्यजनबाट आशिष लिने र अरुहरुको ऋण चुक्ता गर्ने गर्दछन् । यस दिनमा चंगा उडाउनुको साथै स–साना बालकहरुलाई अक्षराम्भ गर्न शुभ मान्दछन् । नयाँ बर्षलाई जापानमा “यावुरी” भन्दछन् ।
त्यसैगरी भ्याटिकन सिटीमा क्रिसमसपछि नयाँ वर्ष मनाउने पर्व मानिन्छ । भ्याटिकनमा नयाँ वर्ष मनाउने क्रममा नयाँ सालको पहिलो दिनको बिहान आकाशमा सेता परेवाहरु उडाएर र एउटा ठुलो केक भ्याटिकन सिटीको चर्चको परिसरमा हर्षाउल्लासका साथ बाँड्ने गरिन्छ ।
त्यसैगरी अष्ट्रेलिया र न्युजील्याण्डमा पनि विट्रिस परम्परा अनुसार नयाँ वर्ष मनाउने गरिन्छ । यस दिन शुभकामना पत्र आदानप्रदान गर्नुको साथै अनेकौँ किसिमका उत्सव मनाउने परम्परा छ । भेनिसको जनजाति इलाकामा यस दिन चर्चहरुमा सामूहिक विवाहको आयोजना गरी नयाँ वर्ष मनाउने गरिएको देखिन्छ । त्यसैगरी ल्याटिन अमेरिकाको एक जनजाति विशेषमा यस दिन आफनो मन नपरेको जीवनसाथी छाडेको पाइन्छ । कोरिया र जापानका कुनै ठाउँमा यस दिन विभिन्न किसिमका फुलहरुद्वारा युवाहरुलाई कन्याहरुको अगाडि नचाउने गरिन्छ । त्यसपछि मुखियाले उनीहरुलाई चाहेको वरसँग विवाह गर्ने अनुमति दिने गर्दछन ।
थाइल्याण्डमा प्रत्येक घरमा दियो बालेर दिपावली गरी नयाँ वर्ष मनाउँदछन् । साथै त्यो दिन बौद्ध मन्दिरमा गएर प्रार्थना गर्दछन् । इरान र इराकसहित अरबको देशहरुमा नयाँ वर्षको आगमन उत्सवलाई “नौरोज” भन्दछन् । राती दियो बालेरा त्यसको प्रकाश उत्साहपूर्वक रमाइलो मनाउँछन् ।
फ्रान्समा ‘वासिली दिवस’को रुपमा, पोर्चुगलमा साँढे जुदाएर रमाइलो गरिन्छ । स्पेनमा नयाँ बर्षका दिन कमसेकम एक दर्जन अगुंर खाएर नयाँ वर्ष मनाउछन् । अमेरिकामा यस दिन अभिनन्दन समारोह मनाउने चलन छ भने अष्ट्रेलियामा त्यहाँ नागरिहरुको स्वर्ण मुद्रा, ब्रुस, बत्तीको चिम जस्ता वस्तुहरुको आदानप्रदान गर्नुुको साथै उपहार चढाउने परम्परा छ । अफ्रिाकामा यही नयाँ वर्षको दिन सामूहिक विवाह गर्ने चलन छ ।
निष्कर्षमा के भन्न सकिन्छ भने जहाँ जसरी नयाँ वर्ष मनाए पनि यो एक वर्षमा मानवलाई शुभ होस भन्ने उद्देश्यले मनाइन्छ । यो मानव वा कुनै पनि संघसस्थाले गरेका वर्ष दिनको कामको समिक्षा पनि हो । त्यसैले विगतलाई पाठ सिक्दै वर्तमान राम्रो गराउन प्रयत्न गर्नुपर्छ । नयाँ वर्ष आफ्नो देशको परम्परा र संस्कृति जगेर्ना गर्ने काम गर्छ । यसले आफनो देशको छुट्टै मौलिक पहिचान दिन्छ ।

एजेन्सी । आमा–बाबुले छोराछोरीको विवाह गराउँछन् तर छोराले आफ्नै आफ्नै बाबु आमाको विवाह गराउँनुपर्ने अवस्था समेत नौलो रहेन ।
राजस्थानको आबू सडकस्थित केही आदिवासी बाहुल्य गाउँमा लिभ इन सम्बन्ध धेरैवर्ष पहिलेदेखि परम्परा जस्तो बनेको छ ।
त्यहाँ अप्रिल महिनामा लाग्ने प्रसिद्ध गणगौर मेलामा युवा युवती भेला हुने र आफ्नो लिभ इन टुगेर साथी खोज्ने गर्छन् । नयाँ स्थानमा यी जोडीले पति–पत्नीजस्तै दाम्पत्य जीवन बिताउने गर्छन ।
बच्चा जन्मने निश्चित भएपछि परिवारले विवाहसहित घर लैजाने गर्छन । तर कुनै कारणवश परिवारका सदस्यले यसलाई स्वीकृति दिएनन् भने उनीहरुको जीवन लिभ इन सम्बन्धमै बित्ने गर्छ ।
दाम्पत्य जीवनको दायित्व निर्वाह गर्ने यस्ता जोडीका बच्चाहरु जब विवाहको तयारीमा लाग्छन् र आफ्नो लिभ इन खोज्न थाल्छन् उनीहरुले बाबुआमाको विवाह गराउँछन् । यसपछि मात्रै उनीहरुलाई समाजमा जाने स्वतन्त्रता प्राप्त हुन्छ ।

काठमाडौं ।
नेपाली चलचित्रकी चर्चित अभिनेत्री रेखा थापालाई पछ्याउने नेपाली युवाहरुको संख्याको हजारौ होइन लाखौ छ । चलचित्रको पर्दामा देखेकै आधारमा उनलाईलाई आफ्नो आइडल मान्नेहरुको पनि कमी छैन् । यसको प्रमाण हो उनको फेसबुक पेज । नेपाल भित्र सवैभन्दा बढि फेसबुक फ्रेण्ड रेखा थापाकै छन् । फेसबुक पेजमा उनका झण्डै १२ लाख फलोस्हरु छन् ।
विभिन्न कार्य गरी चर्चामा आइरहने अभिनेत्री थापाको फोन ब्लकगर्ने युवा पनि भेटिएका छन् ।
दैनिक २ देखि ५ कल फोन गर्न थालेपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालले रेखाको फोन कल ब्लक गरेका छन् । झण्डै दुई महिनादेखि उनीहरुबीच फोन सम्वाद पनि हुन नसकेको स्रोतले बताएको छ ।
दैनिक फोन र म्यासेजले दिक्दारी भएपछि उनले कल ब्लक गरेको प्रकाशले आफु निकटका केही पत्रकारलाई नै बताएका छन् । दैनिक ५ कलसम्म फोन गर्न थालेपछि मेरो घरमा पनि शंका भयो, प्रकाशको भनाई उर्दृत गर्दै उनी निकट एक पत्रकारले भने बिनाले पनि शंका गरेपछि रेखाको फोन ब्लग गरेको हुँ ।
अभिनेत्री रेखा थापाको फोन र म्यासेज धेरै आउन थालेपछि प्रकाश र विनाबीचको सम्बन्धमा पनि समस्या परेको थियो । पहिले पहिले रेखाको फोन आउदा प्रकाश विनालाई लुकाएर कुरा गर्थे, पछि विनाले आफै थापा पाइपछि समस्या उत्पन्न भएको हो । दुई श्रीमती छोडेर विना मगरसँग पछिल्लो लगन गाँठो कसेका प्रकाश र रेखाबीचको सम्बन्धलाई लिएर प्रचण्ड निवास लाजिम्पाटमा पनि चर्चा चलेको थियो । तर प्रकाशले आफुहरुबीच केही नभएको जानकारी गराएपनि विनाले स्विकार गरेकी थिइनन् । विनालाई सन्तुष्ट बनाउन प्रकाशले रेखाको फोन कल ब्लग गरेका छन् ।

साताका ७ दिनको अर्थ र प्रभाव फरक फरक मानिएको छ । जन्मदिन अनुसार पनि मान्छेको स्वभाव र भाग्य निर्धारण हुने ज्योतिष शास्त्रको दावी छ ।
आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ ।
ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् ।
आइतबारः
पुरुष
आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ ।
स्त्री
आइतबार जन्मिने स्त्री दान-पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् ।
सोमबारः
पुरुष
सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने ब्यकेति विद्वान, कला कुशल र बहादुर पनि हुन्छन् । सोमबार जन्मिने ब्यक्तिलाई श्वास प्रश्वासको रोग हुन सक्छ यस्ता ब्यक्तिलाई ९, १२, २७ वर्षमा कष्ट हुन्छ ।
स्त्री
सोमबार जन्म भएका महिला सुन्दर हुन्छन् । यस्ता महिलामा मिठो बोली र शान्ति प्रिय र पुत्रवति हुन्छन् ।
मंगलबारः
पुरुष
मंगलबार जन्म हुने ब्यक्ति सामान्यतया धनी हुन्छन् । यस्ता ब्यक्तिको स्वभाव उग्र हुन्छ । यसै कारण उनीहरुसँग मानिसहरु वेखुसी हुन्छन् । यिनीहरुलाई छाला सम्बन्धी रोग हुन सक्छ । दुख र सुख आउने जाने भैरहन्छ ।
स्त्री
ज्योतिषका अनुसार मंगलवार जन्म भएका स्त्री कठोर हृदयका हुन्छन् यस्ता स्त्रीमा दया माया कम हुन्छ । यस्ता स्त्री दुब्ला पातला र झगडालु समेत हुन्छन् ।
बुधबारः
पुरुष
बुधबार जन्मिने ब्यक्ति धर्मकर्ममा मन भएका हुन्छन् । यिनीहरुको बोलीमा मिठास हुन्छन् । यिनीहरुको ८ र २२ वर्षको उमेरमा कष्ट पाउने योग हुन्छ ।
स्त्री
बुधाबार जन्मिने स्त्री कुनै विशेष क्षेत्रमा रुचि राख्ने र विशेषज्ञता हासिल गर्ने हुन्छतन् । सरस्वतीको विशेष कृपा हुने हुँदा यिनीहरु सुन्दर र शुसील पनि हुन्छन् ।
विहीबारः
पुरुष विहीबार जन्मिने पुरुष विद्वान र पराक्रमी हुन्छन् । यिनीहरुले जीवनमा धेरै उतार चढाव र समस्या झेल्नु पर्ने हुन्छ । तर पनि साहसी हुन्छन् । यिनीहरुसँग संगत हुनेहरु खुसी हुन्छन् । विहीबार जन्मिनेहरुलाई ७, १२, १३, १६ र ३० वर्षमा संकट पर्छ ।
स्त्री
जुन स्त्रीको विहीबार जन्म हुन्छ त्यस्ता महिला उच्च शिक्षा हासिल गर्ने र सर्वगुणी हुन्छन् ।
शुक्रबारः
पुरुष
शुक्रबार जन्मिने ब्यक्ति हँसिलो स्वभावका हुन्छन् । बुद्दीमान र मृदुभाषी यिनीहरुको स्वभाव हो । यिनीहरु सहनशिल पनि हुन्छन् । यिनीहरु शौखिन हुन्छन् र २० र २४ वर्षको उमेरमा कष्ट हुन्छ ।
स्त्री
कुनै पनि स्त्री शुक्रबार जन्मेकी छे भने उसको श्वभाव चंचल हुन्छ । यस्ता स्त्री मस्ती मजाक गर्छन् । परिवार र समाजमा विशेष इज्जत हुन्छ । केही काला रंगका भएपनि सुन्दर हुन्छन् ।
शनिबारः
पुरुष
जुन ब्यक्तिको जन्म शनिबार हुन्छ उनीहरु कृषि ब्यावार वा प्रविधीको क्षेत्रमा रुची राख्छन् । यिनीहरुका लागि बाल्यकाल कष्टपूर्ण हुन सक्छ । भाइ बहिनी वा दाइ दिदीबठ्ठ सन्तुष्टी मिल्दैन । यिनीहरुलाई २० र २५ वा ४५ वर्षमा कष्ट हुन्छ ।
स्त्री
शनिबार जन्मिने स्त्री दुबली पातली हुन्छन् तर अग्ला । सामान्यतया यस्ता स्त्री कालो वर्णका हुन्छन । यस्ता महिला अरुका कुरा काट्ने पनि हुन् सक्छन् ।

दिक्तेल : विवाहित महिलासँग यौन सम्बन्ध राख्ने दिक्तेल नगरपालिका-२ का ४८ वर्षीय तुलसीराम आचार्य पक्राउ परेका छन्। गाउँलेले समाएर उनलाई प्रहरीकहाँ बुझाएका हुन्।
जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएका आचार्यविरुद्ध प्रहरीले जिल्ला अदालत दिक्तेलमा मुद्दा दर्ता गराएको छ। आचार्यले पीडित महिलामाथि चैत २७ गते बलत्कार गरेको भनी स्थानीयले प्रहरीलाई खबर गरेपछि आरोपितलाई सोही दिन दिक्तेलबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दिक्तेलका डीएसपी विनोदराज खरेलले जानकारी दिए। आचार्य जिल्ला हुलाक कार्यालय दिक्तेलमा हल्कारा पदमा कार्यरत छन्।
घटनापश्चात पीडितले दिएको जाहेरी र स्वास्थ्य परीक्षण रिपोर्टको आधारमा आरोपितविरुद्ध मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको छ। पीडित महिलाको जिल्ला स्वास्थ्य कार्यालय दिक्तेलमा चैत २७ गते स्वास्थ्य परीक्षण गरिएको थियो। पीडित महिलाका पति वैदेशिक रोजगारीमा छन्।
डीएसपी खरेलका अनुसार उनीहरूबीच लामो समयअघिदेखि यौन सम्बन्ध हुँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। यता पीडकले भने सहमतिमा सम्बन्ध राखिएको भए पनि अरुले थाहा पाएपछि जबरजस्ती भनेर उजुरी दर्ता गरेर आफूलाई फसाउन खोजेको आरोप लगाएका छन्। अहिले हुने गरेका अधिकांश यौनजन्य घटना सहमतिमा भए पनि आफन्तले थाहा पाएपछि जबरजस्ती करणी हुने गरेको इन्सेक खोटाङका प्रतिनिधि डीएम चाम्लिङले बताए।

महोत्तरी: महोत्तरीको कोल्हुवा बगेया गाविस–८ बस्ने रामकिशोर मण्डलले कमाउन लागि मलेशिया पुगेका २२ वर्षीय छोरा राकेश मण्डलको लास पाउन पनि एक महिना कुर्नुपर्यो। मलेशिया पुगेको दुई महिनामै उनको मृत्यु भएको थियो र मृत्यु भएको एक महिनापछि मात्र उनको शव गाउँमा आएको छ।
२०७१ माघ १ गतेका दिन काठमाडौँको गौशालामा अवस्थित मिथिला मेनपावरमार्फत मण्डल मलेसिया गएका थिए भने चैत १ गते उनको मृत्यु भएको थियो । मेनपावर सञ्चालक महोत्तरीकै परिकौली फुल्हट्टा गाविसका नवल सिंह र पवन सिंहका एजेन्ट कोल्हुवा बगेया– ८ बस्ने मुकेश पाण्डेले रु एक लाख ७५ हजार लिएर राम्रो, सजिलो र धेरै पैसा कमाउने काम पाउने भन्दै मण्डललाई मलेसिया पठाएका थिए।
तर मलेसियामा पुग्ने बित्तिकै युवक मण्डललाई घनघोर जङ्गलमा लगिएको, कुनै काम नदिएको, खान बस्न नदिएको, पानीको सुविधा नभएको र मोबाइलमा समेत घर परिवारसँग कुरा गर्न नदिएको उनकी १९ वर्षीया पत्नी कामनी देवीले भक्कानिँदै सुनाएकी छिन् ।
करिब एक महिनापछि छिमेकी गाविस बलबाका एक साथीले जङ्गलमा हिँडडुल गरेको र मागी खाने गरेको देखेर युवक मण्डलको घरमा लुकेर फोन गराइदिएपछि युवक मण्डलकी सासू जिल्लाको बनौली गाउँ बस्ने जीवछी देवीले गाउँमा रु ५० हजार कर्जा लिएर पुनः एजेन्टलाई दिएर मेरा ज्वाइँलाई मगाइदिनुस् भनेकी थिइन् ।
तर एजेन्ट पाण्डेले त्यो रु ५० हजार पनि खाइदिए तर उनका ज्वाइँलाई ल्याइदिएनन् र आखिर चैत ३ गते युवक मण्डलको ससुराली बनौलीमा उनी मरेको खबर आएको उनकी सासू जीवछीले बताएकी छिन् । रासस

एजेन्सी । चीनमा एउटा यस्तो पार्क निर्माण गरिएको छ जहाँ केबल होचापुठडका मात्र छन् । ‘किङ्गडम अफ लिटिल पिपुल’ नामक यो पार्क पर्यटकका लागि विशेष आकर्षण बनेको छ। होचापुड्काहरुलाई रोजगारी उपलव्ध गराउने उद्देश्यले यो पार्क सन् २००९ मा निर्माण गरिएको हो ।
चीनमा अन्धविश्वासका कारण यस्ता नागरिकलाई आमरुपमा अलगथलग रहन बाध्य पारिन्छ । यद्यपि पार्कको यो विचारलाई केहीले पार्कका कर्मचारीहरुलाई समाजबाट अलग गरेको भन्दै अलोचना पनि गरेका छन् । पार्कमा गार्ड मध्ययुगीन पोशाक र प्लास्टिकको कवजमा तैनाथ गरिएको छ। पार्कमा फायर सर्भिस, प्रहरी, संसाद र लोकतान्त्रिक ढंगले चुनिएको छ। जसले डान्स वा अन्य कला प्रस्तुत गर्न सक्दैनन् उनीहरुलाई सुरक्षा, हस्तशिल्प, क्याटरिङ वा सरसफाईमा रोजगारी दिइएको छ।
छिमेकी सहर कुनमिङ्गभन्दा यो पार्क बढी व्यवस्थित छ । कुनमिङ्ग सहरको विकासको तुलनामा यस उपलव्ध सुविधा भने निकै कम छ। यहाँ कलाकारहरुको विशेष परेड हुन्छ, जसमा कलाकार राजाका इर्दगिर्द हुन्छन् । यहाँ उनीहरुलाई मात्र बस्ने अनुमति छ, जसको लम्बाई निश्चि रुपमा कम छ । यहाँ आउने पर्यटकहरुमा अधिकांश चिनियाँ नागरिक नै हुने गर्दछन् । पर्यटकहरुले कलाकारको तस्वीर लिएर उनीहरुको उत्साह बढाउने गर्दछन्। एक कालाकार वेट लिफ्टिङ शोमा आफूभन्दा ठुलो भार उठाउँछन् ।
यो शोमा ठुलो भिड जुट्ने गर्दछ । यहाँ बस्ने होचापुड्काहरु निकै खुसी र सन्तुष्ट देखिन्छन् । किनभने चीनका अधिकांश सहरमा होचापुड्काहरुले आफूजस्तै साथी पाउन सक्दैनन् । यहाँ उनीहरुलाई भाषा सिकाइन्छ । फिट हुने कपडा उपलव्ध गराइन्छ र उचित पारिश्रमिकसमेत दिइन्छ । बीबीसी सम्वाददाताले एक प्रस्तुतकर्ता शिआओ शिआओसँग भेट गरे । उनको नामको अर्थ हो–सानो सानो । उनको यहाँ एक ब्वाइफ्रेण्ड पनि छन् । जसका साथ उनी निकै सुख छिन् । उनी भन्छिन्–यहाँ रहेका २०० जनामध्ये केही गए । किनभने उनीहरुलाई घरको यादले सताइरहेको थियो । उनले भनिन्–म पहिला एउटा बारमा गाउँथे ।
तर, त्यहाँ मानिसहरु ममाथि ड्रिङ्ग फयाँक्थे । तर, मानिसहरु शालीनतासँग प्रशंसा गर्छन् र फूल फ्याँक्छन् । अन्य एक महिलाले भनिन्–फलाम पगाल्ने एउटा कारखानाको खतरनाक जागिर छोडेर म यहाँ आएकी हुँ । अन्य मुलुकमा जस्तै चीनमा पनि होचापुड्काका लागि रोजगारीको अवसर कमै प्राप्त हुन्छ । जो यहाँ रहन्छ उनीहरुका लागि एउटा ठुलो कारण प्रेम पनि हो ।
बाहिर यस्ता नागरिकले साथी पाउन निकै संघर्ष गर्नुपर्ने हुन्छ । तर यहाँ कयौको विवाह भएको छ र सबै खुस छन् । यहाँका घरमा ताला लगाइन्न किनभने यहाँ अपराध हुँदैन । विवाह वा अन्य कुनै विवाद मिलाउनका लागि समिति पनि गठन गरिएको छ। एजेन्सी